गजल का पानाहरु
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गजल का पानाहरु, Airport, arava, Lod.
भ्रष्ट सरकारलाई गतिलो जबाफ
ए ।
https://www.youtube.com/watch?v=a0cKAVWwWG8
Amrit Prasad Pokhrel
Kushma, Parbat
08/18/2015 12:41PM
गजल का पानाहरु
Rotaract Club Of Parbat ले आयोजना गरेको रोटर्याक्ट सप्ताहमा गजल वाचन प्रतियोगितामा गजल वाचन गर्दै... 2070/11/25 Sunday at 7:00 AM
महाभारत दोहोराउदै छन् आफ्नै मितहरू
कूरूक्षेत्र बन्दैछन जिवनका ति गितहरू ||
सपनाका पातहरू झरेर सूक्दा खेरी यहाँ
हाँगामा नै झुन्डि रहे विहानीका सितहरू ||
निस्टूरीको बाणले प्रेमिको छाति चिर्दा
मैनाले नि सुसेल्दै सम्झिन्छ ति प्रितहरू ||
हरेक चिजको हून्छ रे राम्रो नराम्रो पक्क्ष
मिलन पछि बिछोड कस्तो अनौठो रितहरू||
Rk sharma
गजल
समाजमा मेरो एउटा कहानी थियो
कहानिले मूसिएको निसानी थियो||
पलासिए पाईलाहरू शुन्य रातमा
अंन्धकारको प्रतिक विहानी थियो||
आकास छानो,बादल ओड्ने! अनि
त्यो धर्ति,जमिन मेरो सिरानी थियो||
चन्द्रमाले टोलाएर हेर्दा जबअंग्गहरू
ताराहरू मेरो वरिपरि निग्रानी थियो||
हावामा छ'दूबै बिछोडीएको आत्मा
मरिजाने चोला यो जिन्दगानी थियो||
उन्कै देन उन्कै स्रिस्टि उनै रचनाकार
हामी केवाल पात्र,दैवै बेमानी थियो||
आर.के.शर्मा
''गजल'''
पिलाई दिन्छन सपनाहरू यिनै रातहरूले
लोलाई दिन्छन्आँखाहरू'तिनै मातहरूले||
तरंगले छायो शरिर वस्त्र बिहिन हूदा खेर
त्यो तिम्रो स्पर्समा लम्किएका हातहरूले||
मिठो प्यार मिर्मिरेमा मूस्कूरायो चारैतिर!
भन्छन मलाई'ति'शितसरीका पातहरूले||
मौसम सँगै परिवर्तन भएर होला गर्छन् !
आकर्षित भमराहरू,फूलका जातहरूले||
ति शिशिरका कूरा बसन्तले सुनाए पछि
लठ्ठै बनायो मलाई सेऊसी बातहरूले||
आर.के.शर्मा
गजल'
गुड्ने भन्दा उड्ने धेरै झर्न थाले पछि
अनगन्ति मानिसहरू मर्न थाले पछि||
भुक्मप र बाढि पैरो कम छैन देशमा
शिकारीले बलात्कार गर्न थाले पछि||
नेताहरू तल्बे चाट्ने,छिमेकी देशको
यो भुमिमा गिद्ध नजर पर्न थालेपछि||
अशान्ति र हत्या पनि बड्दै'गा'छ धेरै
गरीबि का राहतहरू हर्न थाले पछि ||
मृत्युको त मूल्यछैन बिड्मबना देशको
बायुलेनी असुल ग्यास छर्न थालेपिछ||
आर.के.शर्मा
गजल
मेरो आशा भरोसा लाई चूकाएर गयौ तिमी
सामाज सामू मेरो नजर झूकाएर गयौ तिमी ||
पवित्र यो प्रेमको पाठ हर्दम मलाई सिकाएर
मूटुका मेरा ति गाँठाहरू फूकाएर गयौ तिमी ||
बग्थे तिम्रो सम्झना मा आँखा बाट परेलिमा
निश्चल तिनै तालहरू नै सूकाएर गयौ तिमी ||
खूल्ला थियो आकास,सुनसान यो धर्ति पनि
कस्को साथमा तिम्रो मूटु लूकाएर गयौ तिमी ||
ज्ञ्यानको ज्योति निभ्न नदेऊ भन्थे मैले सधै
हृर्दयमा क्रोधको विरूवा हूर्काएर गयौ तिमी ||
आर.के.शर्मा
''गजल''
धेरै पछि याद बनि छाएका ति रहरहरु
छछल्किदै पोखिएर आएका ति रहरहरु||
वसन्तको पाखाहरु हेर्ने डुल्ने मन थियो
मूना भर्दै चारै तिर पलाएका ति रहरहरु ||
हेर्छू त्यो चन्द्रमा जुन ताराको देशमा म
ख़ुशी छर्दै वरिपरी निधाएका ति रहरहरु||
धेरै छन यहाँ साहित्यिक मनहरू प्रतिको
मेरो जस्तै हृदयमा छाएका ति रहरहरु ||
हरेक क्षण मेटिए पाठकहरूका यहाँ
गजलका सेरले तिर्खाएका ति रहरहरु||
आर.के. शर्मा
अोझेलमा परेको
''गजल''
सम्झना छ मलाई पल-पल त्यो दिन्को
मेटिऐको रै'न छ तल-तल त्यो दिन्को।।
रातै भरि वेहोसिमा के गरिएछ कून्नि
विहान भा'थ्यो छल-फल त्यो दिन्को।।
दिनौँ दिन सर्लक्क हूर्किदै गै'राछेऊ
पोसिलो रै'छ खूब मल-जल त्यो दिन्को।।
आज भोलि आँखामा आऊछ त्यो दृिस्य
उत्तेजित यो मनै चन-चल त्यो दिन्को ।।
क्षितिज पारि तिम्लाई भेटे भने फेरि कतै
मेटौँलानी तिर्खा कल-कल त्यो दिन्को।।
आर.के.शर्मा
यो मेरो गजल post गर्दिनु भए म आभारी हुने थिए ।
https://www.youtube.com/watch?v=a0cKAVWwWG8
Amrit Prasad Pokhrel
Kushma, Parbat
manab dhk.
कातिल त्यो नजरले हेरी हेरी मारी दियौ।
बाचेकै थिए हासी खुसी मशानघाटमा सारि दियौ।।
उठाएथियेउ अंजुलिले मेरो भाग मा दुइ थोपा।
मेरै मुटु भित्र बसी अरुलाई नै छहारी दियौ।।
कति मीठा कुरा तिम्रा आकाश का तारा झार्ने।
नागरेरै आनाकानी बाचा बिस्वास टारी दियौ।।
आफै गरयौ भागबण्डा दुबै तिर बराबरी।
खुसी जती कुम्लायेर मलाई दुःख पारी दियौ।।
बैशाखी नै खोसी दिने निर्दयी छन भगवान् पनि।
कुन जन्म को सजाय मा मलाई येस्ती नारी दियौ।।
कातिल त्यो नजरले हेरी हेरी मारी दियौ।
बाचेकै थिए हासी खुसी मशानघाटमा सारी दियौ।।
manab dhk (ढकाल) मोरङ्ग पथरी (हाल दुबई).
आफ्नू अर्कों भन्ने हैन,जातले फरक पार्दो रैछ|
दोष निर्दोष हेर्छन कहाँ?हातले फरक पार्दो रैछ||
मदिराले मतिएर अरूलाई दू:ख दिने हरूलाई |
प्रमाण खोज्छन मान्छे!मातले फरक पार्दो रैछ||
अनायासै पछि पर्छन ! बूझेर कि नबूझी यहाँ |
घात माथि घात गर्दा, घातले फरक पार्दो रैछ||
रूखहरु पलाऊदा हाँगां,फूल सँगै काँडाहरू |
कोपिलाको सुन्दरता,पातले फरक पार्दो रैछ||
आर.के.शर्मा
घेरै दिन पछिको सानु भेट अग्रज तथा मित्रहरु सँगको )
बादल सँगै आकासमा घूलुँ घूलुँ लाग्छ मलाई |
चन्द्र सूर्य खूल्दा उस्तै खूलुँ-खूलुँ लाग्छ मलाई ||
फक्रिएर कोपिलाहरू बोट बोटमै रमाऊदा |
हाँगै भरी फल सरी झूलुँ-झूलुँ लाग्छ मलाई ||
डालि डालि फूलहरूले चारैतिर सुवास छर्दा |
रड्ग़ी चड्ग़ी फूलहरू फूलुँ-फूलुँ लाग्छ मलाई||
सुस्त-सुस्त मन्द-मन्द हावाको त्यो वेग बनी |
बतास सरि चारै तिर डूलुँ-डूलुँ लाग्छ मलाई ||
यस्तै कूरा सम्झी मन भरी यो बहार छाऊँदा |
मानब्य जिवन त्यो भूलुँ-भूलुँ लाग्छ मलाई ||
आर.के.शर्मा
कर्म हो जिन्दगीको पर्म ितरेरै बित्छ रातदिन
परिश्रमी हातहरू लाई फ़ुर्सत छैन एकैछिन !!
मोति फल्छ आफ्नै भूमि पाखूराले गोडेपछि
दूई छाक गर्जो टार्न विदेश पलान हूनेकिन?
म पनि त यास्तै सोच्थे अप्सोचमा परे आज
पानी चूदा घरको छानो थाले पछि खिन !!
बोलाई र भोगाई मा फरक पर्ने रैछ यहाँ
ग़रीबीले परिवारको सकिएन आँशू पिन !!
महँगी त्यों बजार भाऊँ चर्किदै गऐ पछि
बाध्य भैयों साहूको चर्कै ब्याजमा ऋणलिन!!
::::गजल::::
आउ सजाँऊछु मनको रहर मा सजाँऊछु तिमीलाई ||
मेरो मनको झिली मिली शहर मा सजाँऊछु तिमीलाई||
खाली कागज हैन यो मन साहित्यले भरिएको छ
प्रतेक पाना भित्र गजलको बहरमा सजाँऊछु तिमीलाई ||
सुबाश छरी हरियाली बशन्तमा रमाउली सदै
बादल पारी क्षितिजको त्यो लहरमा सजाँऊछु तिमीलाई||
हरेक पल आँशुले मात्र कहाँ भिज्छ र जिन्दगी
एकदिन पक्कै खुशी मिल्ने ठहरमा सजाँऊछु तिमीलाई||
जिन्दगीका यात्रा हरु कष्ठकर होलान तर पनि
मेरा जिवनका ति हरेक प्रहरमा सजाँऊछु तिमीलाई ||
सातमाइको मिलन हुन्छ,कन्काईका सूस्केराहरूमा
म्रितक आत्मा सदै घुम्छ,कन्काईका सूस्केराहरूमा !!
धर्मवलम्बी उतिकै छन वारी पारी कोटिहोम मा
भजन क्रितनले मनै छुन्छ,कन्काईका सूस्केराहरूमा !!
हुर्केका हामी झापालीहरु खेल्दै खोला बगर मा
माघे मेला कस्ले भुल्छ,कन्काईका सूस्केराहरूमा !!
दोमुखाको द्रिस्य झन हेर्दै कती रमणिय बग्दै नहर
थोपा थोपा पानी चुन्छ,कन्काईका सूस्केराहरूमा !!
मनोकामना पूरा हुन्छ माथा टेक्न जाऊँ हामी
अक्षेता,पर्साद,फुल्छ,कन्काईका सूस्केराहरूमा !!
माई भगवतीले रक्षा गरून सारा हामी नेपालीको
भनौ पाठकहरू को डूल्छ,कन्काईका सूस्केराहरूमा!!
आर के शर्मा
गजलकारहरु धेरै भेटे कन्काईका सुस्केराहरुले
साहित्यमा पाइला टेके कन्काईका सुस्केराहरुले!!
झापालीको मन मुटु कन्काईका पुल भन्दा लामो
तेसैले त'गजल लेखे कन्काइका सुस्केराहरुले !!
जगाएें ति नव युवा कृतिमाम राख भन्दै कलम
कापी अरु के'दे? कन्काईका सुस्केराहरुले !!
जुट्ने छ्न धेरै हातहरु!अनी ति बलिया साथहरु
अत्ती राम्रो खेल खेले कन्काईका सूस्केराहरूले!!
आर के शर्मा
देशले मागे पसिना बगाउँनू पर्छ
रोएे हिमाल हामीले हसाउँनू पर्छ !!
हामी सबै नेपाली हाते मालो गर्दै
आफु बाची अरुलाई बचाउँनू पर्छ !!
हाम्रो धर्म सस्क्रिती सबैले मिलेर
भाषा हाम्रो भेश भुषा सजाउँनू पर्छ !!
जात जातिय मन्को मैलो पखालेर
चेतना एक आपस्मा बढाउँनू पर्छ !!
देशको नाममा शोषक भ्रस्टचार गर्ने
सामन्ती त्यो राज्य ढलाउँनू पर्छ !!
आर के शर्मा
आकाश मा छ जुन तिमीले माग्ने भएे
सागर मा छ मोती तिमीले छाम्ने भएे !!
खुलेर आउ रितु बनी बसन्तमा तिमी
अनी रमाउछ सिसिर तिमी साम्ने भएे !!
तिम्रो मन्को इटाले जोडेको मेरो मन
प्रखाल मात्र न हो ! तिमीले नाग्ने भएे !!
लजाएर हेरेउ किन लालुपाते फुले झै
अहिले माया गाडा हुँदा अन्तै भाग्ने भएे!!
तिम्ले गरेको भुलले मेरो आत्मा जल्दा
तिमी मात्र हैन सारा दुनियाँ हास्ने भएे !!
आर.के.शर्मा
एक्लै जीवन जिउदा सारै भएन जिन्दगीमा |
धेरै चोटि हार्दा पनि हारै भएन जिन्दगीमा||
आफ्नै मुटु घोची रहन्छन आफ्नै भन्नेहरु...
बचनभन्दा तिखोकुनै धारैभएन जिन्दगीमा||
नजानेर हो'की जिउन?जीवनभोअन्धकार
साँझपख चम्किने जुनतारै भएन जिन्दगीमा||
मन मुटु र माया परिपक्क मिलन हुँदा
बिछोडले बार हाल्ने पारै भएन जिन्दगीमा||
भावना र सद्भाबको कदर नभए पछी!सार्थक
जीवन जिउने कुनै सस्कारै भएन जिन्दगीमा ||
आर.के शर्मा
गजल
दुनियाँले यहाँ देखे जस्तो हुन्न जीवन |
साहित्य गजल लेखे जस्तो हुन्न जीवन ||
जिन्दगी भरी संघर्ष संघर्षमा बाधाहरु
आँखाले सप्ना समेटे जस्तो हुन्न जीवन ||
खुशी सँगै ब्यथा पनि ब्यथा भित्र क्रन्दन
फुलै फुल बिच्मा भेटे जस्तो हुन्न जीवन ||
आफ्नु कर्मा आफ्नु भाग्य पेल्सिङले लेखेर
इलेजरले बारम्बार मेटे जस्तो हुन्न जीवन ||
बिरहीमा एक्लै बसी दुनियाँ लाई सुनाउदै
सारङ्गीले आफ्नु भाका रेटे जस्तो हुन्न जीवन ||
आर .के शर्मा
मेरो प्रेम सागरको ताल बनी देउ !!
छ्छ्ल्किने मायाको छाल बनी देउ!!
सबै जात धर्म भेश-भुशा अटाउने
तिमी मेरो छाती बिशाल बनी देउ!!
चन्द्र सुर्य फर्फराउछ मैले नाच्दिएे
डाफे मुनाल रम्ने हिमाल बनी देउ!!
बुद्ध जन्मेको हाम्रो यो देशमा सदै
शान्ति मार्ग तिमीले नेपाल बनी देउ !!
आर के शर्मा
सतासी-धाम -४ झापा
तिमी सँग जिवनको यो सातै रमाइलो!!
पिरतिका मिठा -मिठा बातै रमाइलो !!
झझल्को तिम्रै रुपको सपनीमा आउने
मुहार हो माया प्रेमको जातै रमाइलो !!
नरम कोमल मायालुका स्पर्सले मलाई
सुम्सुमाउदै अङ्गाल्ने ति हातै रमाइलो!!
आकाशमा जुन तारा हावा मन्द-मन्द
प्रियासी साथ्मा हेर हरेक रातै रमाइलो!!
गुलाब जस्तो अोठ,रस भरीएको जोवन
निखारेर पिउदाको त्यो मातै रमाइलो!!
आर के शर्मा
सतासिधाम -४ झिल्झिले (झापा )
दिप -ज्योती चौक )
न रहर थियो मलाई न कसैको कहर थियो
बिदेशीएे दु:ख मिल्छ भन्ने मेरो ठहर थियो !!
मिठा मिठा सपनालाई पोको पारी पलासिएे
सुन्दर संसार बसाउछु,भन्ने मन्मा रहर थियो!
कहाँ फुल्थ्यो उमङ्गका ति,रङ्गिन फुल्हरु
उराठ लाग्दो बन्जर, मरुभुमी शहर थियो !!
कर्मा गरे आफ्नै भुमी हरबरा हुन्छ,सिचाइका
लागि खोला नाला गाउ गाउमा नहर थियो!!
आश्वासनको प्याला पिलाउदा उस्ले मलाई
बल्लआज चालपाएे थोपाथोपामा जहर थियो!!
आर के शर्मा
सतासीधाम ४ ( झिल -झिलझिले )
दिप ज्योति चौक )
गजल::
कैले आयौ नदिको ताल बनेर,
सावनको भेल सँगै छाल बनेर,१
रुपको वर्णन गर्ने यहाँ सबैले ,
तिम्रो नयन म्रिगको चाल बनेर,२
मरुभुमी जीवन चैत बैशाख मा,
बशन्तले छायौ नयाँ साल बनेर,३
जन्म सँगै मृत्यु,साथ लाग्ने भएर,
दिन दसा जुर्यो आज काल बनेर,४
आर के शर्मा
छेउमा बस्ता लजायौ भने मै पर सरी दिउला
परै बाट हेरी माया सदै तिम्लाई गरी दिउला!!
मख्खमली बनोश जिवन सयपत्री फुलोस सदै
बिहानिको शितसँगै मिठो सुबाश छरी दिउला!!
कहाँ हुन्छ जीवन पनि आफ्नु बस मा सदै भरी
कर्मापर्ला भर्मापर्ला विश्वाश तेस्मा भरी दिउला!!
कती कोशमा पर्बत हुन्छ कती कोशमा यात्रा
जिन्दगी यो बगीजाने नदी साथ्मा तरी दिउला!!
तिमी जिउनु जनम जनम यो जन्नत मा सदै
हरेक पल्ट मृत्यु तिम्रो मै अङगाली मरी दिउला!!
Rk.sharma
न त साथ छुटेर लग्यो उस्ले
न त माया लुटेर लग्यो उस्ले !!
अन्योल मा परे बुझ्न नसकेर
न त बाचा टुटेर लग्यो उस्ले !!
रोएर गुनासो पोख्दा तिमीले ?
न त उल्टै कुटेर लग्यो उस्ले!!
सौभाग्य लुटिएर टिका,सिन्दुर
साथ्मा चुरा फुटेर लग्यो उस्ले !!
आर के शर्मा
उत्तारचढाव त'आउछ हरेक को जीवनमा
समय पाबन्दीले छाउछ हरेकको जीवनमा !!
भुलेर अतित जीवन संघर्स मय बनाउनु'छ
रित्तुले पालुवा ल्याउछ हरेक को जीवनमा !!
वनको न्यौली मरे'मनको न्यौली बच्चाउ
आशा बोकी रमाउछ हरेक को जीवनमा !!
न'रोएर जान्छ न धोएर तनाब त्यो मन्को
पोल्छ राप्ले जलाउछ हरेक को जीवनमा !!
जीवन कहाँ रोकिन्छ तिमीले चादैमा शुख:
दु:खले दोहोरी गाउछ हरेक को जीवनमा !!
आर। शर्मा
अब बाच्छु जिन्दगी मा खुब उमङ्गले
सदै हास्छु जिन्दगी मा खुब उमङ्गले !!
जहाँ हुन्छ मधुहुर सुर संगीत यात्राको
त्यही नाच्छु जिन्दगीमा खुब उमङ्गले !!
यात्राको दौडान ठेस लागे पाईलाहरु
हेरी चाल्छु जिन्दगीमा खुब उमङ्गले!!
माग्ने छैन कसैसँग मन उध्रे टालाहरु
आँफै टाल्छु जिन्दगीमा खुब उमङ्गले!!
बिर्सी सबै अतितलाई नयाँ जीवन अब
फेरी थाल्छु जिन्दगीमा खुब उमङ्गले!!
आर के शर्मा
अन्धकार भो जिन्दगी मा जुन अस्ताएर
जुका टासिएर शरीर को खुन सुकाएर !!
बिरहमा एक्लै बसी सुन्थे बियोगीहरु गीत
कता गयौ सारङ्गी दाई धुन सुनाएर !!
मिस्ठभोजन परिकार स्वाद भिन्न भिन्नै
आफुले त स्वाद नै पाइन नुन नखाएर !!
मेरो लागि त सदै बारै मासे भो मौसम
जिन्दगीमा स्पर्सको न्यानु उन नपाएर!!
आर। के शर्मा
सम्झेर सम्झी नसक्नु अतितका ति पलहरु
विश्वाश माथी गरेका तिमीले तिनै छलहरु !!
बुझ्न मैले गल्ती गरे तिमी भित्रको भावना
थाहा भएे तेती बेला निकाल्थे कुनै हलहरु!!
हृदयको बगैचामा रोपी तिम्लाई गोडी रहे
रितुहरुले बिष छर्दा बेकार'नै भो बलहरु!!
यता आत्मा सुकाएर उता सिचाइ छोडेउ
मनको बाध भत्के पछी खेर गएे जलहरु !!
लत्याउदा अनायसै आज तिम्ले मलाई हेर
बगीरहेछन आँखाबाट आँसुका ति भलहरु!!
आर ।के शर्मा
मनै भरी तराइ पहाड हिमाल हाँस्दछ
जहाँ बसेनी यो मुटुमा नेपाल बाच्दछ!!
हिमाल मेरो छातीमा गुरास फुलाउदै
झर्ना खोला हृदय भरी ताल नाच्दछ !!
मासिदा बन्जङल लोभभये पशुपङ्छी
पक्कै मलाई यस्तो आज्काल लाग्दछ!!
माया लाग्छ आफ्नै भुमी पसे पनि मुग्लान
सम्झी म्रिग कस्तुरी मन्लेजाल थाप्दछ!!
प्रक्रितीले जन्म दियो सुन्दर हाम्रो भुमी
पुज्न आज यो मन्ले पुष्पथाल माग्दछ !!
Rk sharma
गजल (धोका )
गल्ती गरी पापिनी ले फसेपछी थाहा भो
नाना थरी जाल बुनी कसेपछी थाहा भो !!
आश्वासनको डोरी बाटी विश्वाशमा अडे म्
एकै चोटि झारी मलाई खसेपछी थाहा भो!!
समाल्दै छु आफ्नै लाई भर रहेन कसैको अब
सबै आफ्ना बैरी मन मा बसेपछी थाहा भो !!
आफ्नु मन आँफै सँग डाट्न कहाँ मिल्छ र
उस्को हृदय भित्र जब पसेपछी थाहा भो !!
जो जो थिए सामेल सणेन्त्रको दाएरा भित्र
एक जुट भैं मलाई छुरा धसेपछी थाहा भो !!
Rk. Sharma
उठान यो महान कार्य उठ्ने का लागि सलाम
नारी पुरुष एक साथ जुट्ने का लागि सलाम !!
अभियान हो,यो परिवर्तनका लागि अगी बडौ
पाइला हरु पछी सारी छुट्ने का लागि सलाम
कार्यसिल महिला हुन एकतामा जुट्ने नारी
समाज यो अस्तित्यो उन्को लुट्ने का लागि सलाम!!
ममता कि खानि हुन सृस्टि कर्ता पनि उनी
दुधले हुर्की उन्कै रगतले मुख चुठ्ने का लागि सलाम !!
बुझेर सन्देश गजलको यो नारीका लागी नारी
तिम्ले बोली कलमको गोली भुट्ने का लागि सलाम !!
Rk sharma
गजल !!
बिशेष मज्दुर दिवस ) देश बिदेश रहनु भएका सबै मज्दुर मित्र मन हरुमा मज्दुर दिवशको हार्दिक शुभ कामना !!!
स्वदेशमा धेरै पसिना बगाए मज्दुरले
बिदेशमा नि सडकहरु बनाए मज्दुरले !!
ठुला ठुला महल अनी बिजुली बत्तिले
झिली-मिली शहरहरु सजाए मज्दुरले !!
पसिनको मोलमा दुई पैसा पाउदा बरै
खुशीयाली परिवार सँग रमाए मज्दुरले!!
मोहङ्गीले सिमा नाग्दा धेरै गाह्रो हुँदा
परिवारमा भोक हर्ताल गराए मज्दुरले !!
मान्नु पर्छ मज्दुरलाई सिप जागर उन्का
हाम्रा सपनाका महलहरु बसाए मज्दुरले!!
आर के शर्मा
सतसिधाम - ४ झापा
गजल ''///( buddha was born in nepal) बुध जयन्तिको हार्दिक सुभ कामना )
ढुङ्गो बोल्छ माटो बोल्छ,बुद्ध नेपालमा जन्मेका हुन् |
गल्लि चोक बाटो बोल्छ,बुद्ध नेपालमा जन्मेका हुन् ||
बिस्वाश नहुने बैरी हरु लुम्बुनी तिर प्रथान गरेर हेर |
खेत बारीको पाटो बोल्छ,बुद्ध नेपालमा जन्मेका हुन् ||
बाठा नेता चुप लागे बैरीले देशमा यत्रो आरोप लाउदा |
हदै हुदा अब लाटो बोल्छ,बुद्ध नेपालमा जन्मेका हुन् ||
जति सिमा मिचे धर्ति माँ को पेट काटी काटी अब त |
तिनै घाउको खाटो बोल्छ,बुद्ध नेपालमा जन्मेका हुन् ||
आर.के .शर्मा
''बुद्धम् शरणम् गच्छामी''
नारी का लागी नारी ले नै अब केही गर्नु पर्छ
हरेक जिल्ला गाउटोल बाट उनि अगी सर्नु पर्छ !!
हेपिएर बसेकाछन पुर्खौली खोल ओडेर अझै
ढुङे युगका समाजको जङगार हाम्ले तर्नु पर्छ !!
दिन दुखी बेसहरा निमुखालाई उद्दार गर्ने गरौ
मुठी खोली एक अर्कामा आत्मा बल भर्नु पर्छ !!
पुरुस्वार्थ को घमन्ड यो तोड्नु पर्छ नारीले नै
बाचुन्जेल नै केही गरौ सब्ले एक दिन मर्नु पर्छ !!
अत्याचार मा बाच्नु हुन्न आजको यो युग्मा
नारी एकता नारा लाउदै हाम्ले सन्देश छर्नु पर्छ !!
Rk.sharma. ( jhapa)
राम नाम सत्य हो,भन्छन मान्छे मरे पछी
बाचुन्जेल त बर्थ भयो रुखो बचन गरे पछी ||
स्वोर्ग नर्क यहि छ,जीवित हुदै भोग्नु पर्छ
पाप पुन्य कमाउछन रे बैतरणी तरे पछी ||
माया मह दुइ दिनको यहि जुनीमा बाडौला
छुटे पछी तिर्सना,आखामा आसु झरे पछी ||
बाँसको डोली चडाउछन,शंखबाजा बजाउछन
नीति नियम पुरा हुन्छ,भुटेर धान छरे पछी||
अस्त्र बस्त्र सारा सरिर जलेर नै खरानी हुने
आगो बाली हार माथि दाउराको हार भरे पछी||
आर.के शर्मा
झापा..
हात समाइ उनलाई खोला तार्नुको,मज्जा बेग्लै थियो
सारीको सर्को अली माथि सार्नुको,मज्जा बेग्लै थियो !!
मस्त मस्त जवानीले भरिएको उनको सारा बदन
हरेक रात बैन्सको नसा झार्नुको,मज्जा बेग्लै थियो !!
तिर्खाएकी उनी पनि प्यासी त म पनि थिएे..;
चाटी अोठहरु मैले तिर्खा मार्नुको,मज्जा बेग्लै थियो !!
दुबै जना मस्त हुँदै एक अर्कामा लठ् पर्दै ....
अस्त्र बस्त्र सरिर सर्लङ पार्नुको मज्ज बेग्लै थियो!!
जुनेली रात मन्द मन्द हावा घमासान बन्द कोठामा
युध्ध हुँदा अचानक मैले हार्नुको,मज्जा बेग्लै थियो !!
आर के .शर्मा
{कस्तो बन्यो त गजल सिंगारिक, कि सेउसी मुल्यान्ग्कन अग्रज हरुको हातमा }
हतार किन गर्छौ अहिले बसौला नि भरे राती
ढोका खोली कोठा भित्र पसौला नि भरे राती !!
चन्चल नयन कोमल मुहार सर्लक्क खोलेर
च्याप्प समाइ अङालोमा कसौला नि भरे राती!!
लपक्क छेउमा टासिदा तिमी नशा लागे जस्तो
तेही नशाले मात्तिएर डसौला नि भरे राती !!
हात माथि हात राखौ खुट्टा माथि खुट्टा राखी
अङ अङ जोडी यो दारी धसौला नि भरे राती !!
मच्की मच्की नसा आहा स्वद छ सुकुन को
त्यो स्वर्गको गैराहीमा खसौला नि भरे राती !!
चर्को भये चर्काउला यता उता फर्काउला जब
हुन्छ मज्जा गहिरो दहमा फसौला नि भरे राती !!
आर.क शर्मा
तिम्ले आज मेरो मन चर्काएउ मज्जाले
सरक सरक चुनरिया सर्काएउ मज्जले !!
नाच्न पनि ओहो कती जानेको तिमीले
बारुली कम्मर लौ आज मर्काएउ मज्जाले!!
रुप मै राइछ जादु तिम्रो चाल मारुनी को
एकोहोरो भये म नजर तर्काएउ मज्जाले !!
गीत पनि कस्तो हो कान्टा लगा भन्छ
छम छम नाच्दै टाङ फर्काएउ मज्जाले !!
रङग मन्च नै राइछ रङ्लीला देखाउने
अनेकौ कला देखाइ थर्काएउ मज्जाले !!
Rk.sharma
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Lod
Ben Gurion Airport, BP 7, 70100 Lod, Israël
Lod, 7010000
SHALOM WELCOME TO ISRAEL שלום וברוכים הבאים לישראל
Hativa 8 Road. B. G. Airport, 7010000
Lod
ACG, is a leading general cargo sales and services provider .
Ben Gurion, International Airport,, Israel Facebook
Lod, 70100
Tal LImousine - We Set The Standards For Transportation & VIP Services
Ben Gurion Airport
Lod, 7015001
Taxis from Israel International Airport - "Ben Gurion Airport" to Tel Aviv, Jerusalem, Haifa, Eilat, Dead Sea, Nazareth, Haifa, Beer Sheva, Raanana, Herzliya, Netanya, Bat Yam and ...
יצחק רבין 1
Lod
פוקוס הנה חברת הפצה ולוגיסטיקה בפריסה ארצית המספקת שירותי הובלה ומשלוחים והפצה לבתים מהיום להיום ומהיום למחר
יוספטל 1
Lod
בעמוד הקריירה של רכבת ישראל תחשפו למגוון התפקידים הייחודיים, המשפיעים על עתיד התחבורה בישראל, אליהם נ
Israel Sderot Tsahal 4
Lod
Travel quest is a marketplace for quests and scavenger-hunts games. Players - we have urban and virtual games for you to discover, solve and enjoy. Creators - we have the tools for...
Terminal 3
Lod, 70100
The Dan Lounges (VIP Lounges at Ben Gurion Airport)