Jeevan Jyoti Foundation

Jeevan Jyoti Foundation

Jeevan Jyoti Foundation Social Organisation of Takdah TeestaValley Kshetra. We support needy people

10/04/2024

जीवन ज्योति फाउन्डेशन को सदस्यता वृद्धि हुँदै गईरहेको छ। यसै क्रममा गत 19 मार्चको दिन दार्जीलिङ कालीका रेस्टुरेन्टकी प्रोप्राइटर कामिनी बम्जन ज्युले जीवन ज्योति फाउन्डेशनको सदस्यता ग्रहण गर्नुभएको छ। यहाँलाई फाउन्डेशनमा हार्दिक बधाइ एवम् स्वागत गर्दछौँ।

24/03/2024

Happy Holi 🙏🏻

Photos from Jeevan Jyoti Foundation 's post 23/03/2024

जीवन ज्योति फाउन्डेशन आर्थिक रूपमा कमजोर रहेका बिमारीहरूलाई सहयोगार्थ हेतु विभिन्न प्रकारका कार्यक्रम मार्फत सहयोगी हातहरू द्वारा प्रदान गरिएको सहयोग राशी संग्रह गरी बिमारी परिवार पक्षलाई हस्तान्तरण गर्दै आइरहेका छौं। यसै क्रममा 23 मार्च शनिबार पनि रंगली रंगलीयट खण्ड अन्तर्गत कोलबुङ निवासी लैला राई उनको उपचार हेतु आर्थिक सहयोग राशी प्रदान गर्न पुग्यौँ। लैला राई स्तन क्यान्सर जस्तो बिमारले पीडित छिन् जसको लागि गत महिनामा डोनेशन क्याम्पहरू राखेका थियौँ। यसै क्याम्पबाट संग्रह गरिएको आधा रकम रू. 10 हजार हस्तान्तरण गरेका छौं।
स्मरण रहोस्, बिमारी लैला राई अनि दिव्या तामाङ को उपचार हेतु दार्जीलिङ बजारमा सामाजिक संस्था'जीवनदान सेवा समिति' ले पनि डोनेशन क्याम्प राखिसकेको छ।

20/03/2024

Jeevan Jyoti foundation ani Jeewan Dan sewa samti dwara jointly Darjeeling ma bimari ko nimti donation camp gareo

Photos from Jeevan Jyoti Foundation 's post 09/03/2024

हामी असहाय तथा आर्थिक रूपमा कमजोर रहेका बिमारीहरूप्रति केही हदसम्म भएपनि उभिन सक्ने क्षमता राख्दै 'जीवन ज्योति फाउन्डेशन' तकदाह टिस्टाभेल्ली क्षेत्र नामाकरण गरि बिमारीहरूलाई सहयोग पुऱ्याउँन अघाडि आएका हौं। यसै क्रममा Jeevan Jyoti Foundation को नयाँ सदस्यता ग्रहण पनि गर्दै आइरहेका छौं। पूमोंग चियाबारीबाट रोशनी राईले हामीलाई साथ, सहयोग पुऱ्याउन फाउन्डेशनमा सामेल हुनुभएको छ।

08/03/2024
Photos from Jeevan Jyoti Foundation 's post 05/03/2024

हामी दुखोसुखो गर्दै आज 6 माइल बजार परिसरमा बिमारीहरूलाई सहयोगार्थ आर्थिक संकलन गर्न पुग्यौँ। फाउन्डेशनको पक्षबाट सभापति बिशाल गोले, सचिव केशव शर्मा, सह-सचिव दिल ठकुरी, प्रमुख सल्लाहकार एचबी प्रधान, नारी प्रकोष्टको पक्षबाट लिलीमाया तामाङ, अनु तामाङ आदि रहेका थिए। 6 माइल बजारको यस महत कार्यमा सहयोग पुऱ्याउनु हुने सम्पूर्ण सहयोगी हातहरूलाई हामी Jeevan Jyoti Foundation हार्दिक आभार प्रकट गर्दछौँ।

Photos from Jeevan Jyoti Foundation 's post 03/03/2024

हाम्रो एउटा प्रयासमा बिमारीलाई आर्थिक सहयोग संकलन गर्न Jeevan Jyoti Foundation को टोलीले गेल भञ्ज्याङ बजारमा क्याम्प राख्यौँ।
हामी सम्पूर्ण सहयोगी हातहरूलाई ह्रदयबाट आभार प्रकट गर्दछौँ।

Photos from Jeevan Jyoti Foundation 's post 18/02/2024

हाम्रो आग्रहलाई स्वीकारी कलिलो उमेरमै आफ्नो कलालाई मञ्चन गर्दै यी बालकलाकार।
नानीलाई हार्दिक आभार साथै आउँदो भविष्यको अग्रिम शुभकामना व्यक्त गर्दछौँ।

Photos from Jeevan Jyoti Foundation 's post 18/02/2024

कवि दिल ठकुरी कृत कविता संग्रह 'खोज्दैछु मेरो अनुहार' लोकार्पण अनि डीसीसीएन हिमाली च्यानललाई सम्मान समर्पण कार्यक्रमको तस्वीरहरु...

हाम्रो अफिसियल फेसबुक पेजलाई फलो गर्न नभुल्नुहोला।

Photos from Jeevan Jyoti Foundation 's post 18/02/2024

जीवन ज्योति फाउन्डेशन द्वारा आयोजित"सम्मान समर्पण एवम् पुस्तक लोकार्पण समारोह' का केही तस्वीरहरू...
Dr. Karan Joshi, MD Vishal Golay

02/02/2024

हार्दिक निमन्त्रणा

आगामी 18 फरवरी आइतबारको दिन 'सम्मान समर्पण एवम् कृति लोकार्पण कार्यक्रम' स्थानीय गेल हाई स्कूल परिसर, गेल चियाबारीमा तकदाह टिस्टाभेल्ली क्षेत्रका सामाजिक संगठन 'जीवन ज्योति फाउन्डेसन' द्वारा आयोजना गरिने तय भएको छ। यसर्थ, हजुरहरू सबै सबैलाई यस पुनित कार्यक्रममा हार्दिक स्वागत तथा निमन्त्रण गर्दछौँ।

सम्मानित व्यक्तित्वहरू: डा. बिशाल गोले, डा. करण जोशी, डा. दिपेन्द्र तिमसिना, समाजसेवी कृष्ण अग्रवाल

लोकार्पण: कवि दिल ठकुरी कृत 'खोज्दैछु मेरो अनुहार' कविता संग्रह

दिनाङ्क: 18 फरवरी, आइतबार
स्थान: गेल हाई स्कूल परिसर, गेल चियाबारी।

27/01/2024

कोषाध्यक्ष नरेश तामाङ

Photos from Jeevan Jyoti Foundation 's post 27/01/2024

Jeevan Jyoti Foundation ७५औं गणतन्त्र दिवसको उपलक्षमा हामी बनभोज कार्यक्रममा।

26/01/2024

Happy 75th Republic Day, Jai Hind

दिदी भाई दुवै किडनी रोगले ग्रस्त साथै वृद्ध मामा प्यारालाइज भएको घर सोचनीय अवस्था!!! 18/01/2024

आउनुहोस्, यथासक्य आर्थिक सहयोग गरौँ अनि मानवतालाई दर्शाउ।

जीवन ज्योति फाउन्डेशन

दिदी भाई दुवै किडनी रोगले ग्रस्त साथै वृद्ध मामा प्यारालाइज भएको घर सोचनीय अवस्था!!! नयेन्द्र देवान (किड्नी रोगी)बिना कुमारी देवान (किड्नी रोगी)गोरे राई (प्यारालाइसिस)चप्लेटी पेशोक टी0 ई0, दार्जीलिङअ.....

03/01/2024

अप्पर लामाहट्टा निवासी देवेन तामाङ जो मुटु रोगले ग्रसित हुनुहुन्छ उहाँलाई हामी जीवन ज्योति फाउन्डेशनको तर्फबाट उपचार हेतु आर्थिक सहयोग राशी १०,००० हजार रूपियाँ हस्तान्तरण गऱ्यौ। एक थुकी सुकी, सयौं थुकी नदी भने झैं हामी सम्पूर्ण सहयोगी हातहरूलाई पनि मुटु रोगले ग्रसित देवेन तामाङ लाई अझ सहयोग पुऱ्याउनु हुनेछ भन्ने कुरामा विश्वस्त छौँ।

31/12/2023

Happy New Year all of You....💐🌲💐💐💐🌲🌲🌲🙏🙏🙏

26/12/2023

बिमारी सरू तामाङलाई आर्थिक सहयोग हस्तान्तरण।

26 डिसेम्बर, गेल चियाबारी।
आर्थिक रूपमा कमजोर रहेका बिमारीहरूलाई शारीरिक रूपले खटेर अर्थ संग्रह गर्दै सहयोग पुऱ्याउँदै आइरहेका तकदाह टिस्टाभेल्ली क्षेत्रका सामाजिक संगठन 'जीवन ज्योति फाउन्डेशन' । तकदाह टिस्टाभेल्ली क्षेत्रका सामाजिक संस्था 'जीवन ज्योति फाउन्डेसन' ले केही दिनअघि गेल चियाबारी 2 नम्बर 6 धुरे निवासी फुर्बा तामाङको पत्नी सरू तामाङलाई आर्थिक सहयोग हेतु मिडिया मार्फत अपिल गरिसकेका छन्। उक्त अपिलको आधारमा अहिले घरि देश-विदेशबाट बिमारी सरू तामाङलाई आर्थिक सहयोग प्राप्त भइरहेको जीवन ज्योति फाउन्डेसनको अध्यक्ष बिशाल गोले तामाङले जनाएका छन्। यसै क्रममा इज्रराइलमा रहेका सहयोगी हातहरूले 22 हजार 3 सय 12 रूपियाँ आर्थिक सहयोग जीवन ज्योति फाउन्डेसनलाई पठाएका थिए भने दार्जिलिङ निवासी सोनाम शेर्पाद्वारा पाँच हजार सहयोग पुऱ्याउनु भएको थियो। मंगलबार फाउन्डेसनका एक टोली उक्त रकम परिवार पक्षलाई हस्तान्तरण गर्न गेल 2 नम्बर 6 धुरे पुगे। जसमा फाउन्डेसन सभापति बिशाल गोले, उप-सभापति दिल ठकुरी, सचिव केशव शर्मा, अनि प्रमुख सल्लाहकार एचबी प्रधान रहेको फाउन्डेसनका प्रेस पब्लिसिटी सचिव अनुप थुलुङ राईले जानकारी गराएका छन्।

Photos from Jeevan Jyoti Foundation 's post 25/12/2023

Jeevan Jyoti foundation ani batkeshwar jyan kyalan samiti ko joint venture ma sampana bayeka blood donation ani free health check up camp ko kehi tasvir haru .

24/12/2023

बड़ा दिन क्रिसमस को शुभकामना

21/12/2023

Thank You 𝐊𝐚𝐧𝐜𝐡𝐞𝐧𝐣𝐮𝐧𝐠𝐚 𝐎𝐧𝐥𝐢𝐧𝐞 - कञ्चनजङ्घा अनलाइन

Photos from Jeevan Jyoti Foundation 's post 21/12/2023

हामी Jeevan Jyoti Foundation का चार प्रतिनिधि टोलीले बिहीबार रंगली रंगलीयट खण्ड अधिकारीसँग भेटवार्ता गर्ने सौभाग्य जुऱ्यो। यसै भेटघाटमा फाउन्डेशनको नयाँ वर्षको क्यालेन्डर पनि बीडीओ महाशयलाई हस्तान्तरण गरियो। यति मात्र नभएर फाउन्डेशनको भावी कार्यक्रमहरूमा पनि उहाँको सहयोग प्राप्त रहिरहोस् भनी अवगत गराउँदै फाउन्डेशनको पक्षबाट सभापति बिशाल गोले, उप-सभापति दिल ठकुरी, सचिव केशव शर्मा, प्रमुख सल्लाहकार एस.बी. प्रधान ले खदा अर्पण गर्दै बीडीओ महाशयलाई धन्यवाद दियौं भने बीडीओ महाशयले सक्दो भर फाउन्डेशनको कार्यक्रमहरूलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको फाउन्डेशनका प्रचार-प्रसार सचिव अनुप थुलुङ राईले जनाएका छन्।

क्यान्सर रोगले ग्रसित सरू तामाङलाई गरियो आर्थिक सहयोग हस्तान्तरण 18/12/2023

https://youtu.be/0-NzEAZoEwQ?si=13bkRX3ognlFvqEB

क्यान्सर रोगले ग्रसित सरू तामाङलाई गरियो आर्थिक सहयोग हस्तान्तरण क्यान्सर रोगले ग्रसित बिमारी सरू तामाङलाई हस्तान्तरण गरियो आर्थिक सहयोग।१३ डिसेम्बर, गेल चियाबारी।आर्थिक रूपम....

Want your organization to be the top-listed Government Service in Darjeeling?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Happy Holi
Happy Holi 🙏🏻
कोषाध्यक्ष नरेश तामाङ
छुकर मेरे मन को सदस्य लाडुप तामाङ
Happy 75th Republic Day, Jai Hind#JeewanJyotiFoundation #republicday2024 @followers
Happy New Year all of You....💐🌲💐💐💐🌲🌲🌲🙏🙏🙏
Jeevan Jyoti foundation ko active member Umika Gurung dwara mito prastuti
Happy Durga Pooja
Happy Gandhi Jayanti
Happy Krishna Janmashtami 🙏🙏🙏#krishnajanmashtami #jeevanjyotifoundationttk
Happy Raksha Bandhan 🙏❤️🙏❤️🙏❤️

Category

Telephone

Website

Address

Gielle TeaEstate
Darjeeling
734226