TU Student Connect

त्रिभुवन बिश्वबिद्धालय, शिक्षा तथा ज्ञान मुलक समाग्री....

02/04/2024

एउटा विषयको परीक्षामा अर्को विषयको प्रश्न आएपछि अटोमोबाइल इन्जिनियरिङको परीक्षा स्थगित भएको छ।
TU भन्छ: Question paper भेटिएन, त्यसैले Exam सर्यो ।

Photos from TU Student Connect's post 02/04/2024

स्नातक तह दोस्रो बर्षको परीक्षा यहि २०८०/१२/२८ गते बाट सञ्चालन गर्ने भनिएको परीक्षा विशेष कारणवश यहि आगामी २०८१/०१/१६ गते बाट सञ्चालन हुने भएको छ। ✅

20/02/2024

अब नेपालीहरुले भारतीय भ्रमणमा जाँदा सजिल्यै भारतीय सिम कार्ड पाउने भएका छन् ।

16/02/2024

Result Published: MBS 1st Semester 2080

15/02/2024

नेपालीको टाउकोमा प्रति व्यक्ति ८१ हजार ८३८ रुपैयाँ ऋणको भार रहेको छ ।

15/02/2024

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ह्याक भएको १५ दिनपछि सञ्चालनमा आएको छ । कार्यालयले गएको माघ १५ गतेदेखि ट्रान्सक्रिप्टलगायतका सेवा अनलाइनमार्फत् शुरु गरेसँगै वेबसाइट ह्याक भएको थियो ।

14/02/2024

Breaking: कुवेतलाई पराजित गर्दै नेपाल जारी ACC महिला प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । ❤️🇳🇵 #बधाई

14/02/2024
14/02/2024

आज सरस्वती पुजा: सरस्वती माताले हामी सबैलाई बिद्या र ज्ञान दिउन । ❤️

13/02/2024

लोकसेवाले लिने परिक्षाकोप्रकृया

13/02/2024

engineer work

13/02/2024

चलाख काग कति कक्षामा थियो याद छ्🤔

13/02/2024

विश्व रेडियो दिवस: रेडियोसँग सम्बन्धित धेरै सम्झनाहरू छन्। तपाईंको मनपर्ने कार्यक्रम के थियो? ❤📻

12/02/2024

A poem based on recent trending content:

कवित‍ा- (म मिडल बेन्चर्स)

फस्ट बेन्चर्स खरद‍ारम‍ा छ,
ल‍ास्ट बेन्चर्स सरक‍ारम‍ा छ,
म मिडल बेन्चर्स,
संघर्ष र अभ‍ावको बिचमै पिसिएको छु।

फस्ट बेन्चर्स अमेरिक‍न क‍ारम‍ा,
ल‍ास्ट बेन्चर्स घोट‍ाल‍ा र ठेकेद‍ारम‍ा,
म मिडल बेन्चर्स,
दुबै बेन्चर्सको पुल बन्द‍ा बन्दै,
ख‍ाडी मुलूकको सव‍ारम‍ा छु।

फस्ट बेन्चर्स क‍ालो कोटम‍ा छ,
ल‍ास्ट बेन्चर्स र‍ातो क‍ार्पेटम‍ा छ,
म मिडल बेन्चर्स,
न कोटम‍ा न नोटम‍ा,
बिचमै पिल्सिएको छु।

फस्ट बेन्चर्स म्य‍ानिजरम‍ा छ,
ल‍ास्ट बेन्चर्स ऊसकै बोस बनेको छ,
म मिडल बेन्चर्स,
न म‍ाथि उठ्न सकेको छु,
न शून्य हुन सकेको छु,
बस् जिन्दगी तम‍ास‍ाम‍ा जिएको छु।

- रमेश जङ्ग, दाङ ।

12/02/2024

भोलि सार्वजनिक बिदा नहुने|

10/02/2024

India's UP Chief Minister Yogi Adityanath praises Nepal & says, "पशुपतिनाथ धाम, मुक्तिनाथ धाम, गोरखानाथ धाम र जानकी धाम जस्ता सैंयौ नेपालमा पवित्र धामहरु छन्। जहाँ हरेक भारतिय जान चाहान्छन्। भारतको पर्यटनको लागि नेपाल महत्वपूर्ण माध्यम बन्न सक्छ। प्राकृतिक पर्यटकको लागि नेपाल सबैभन्दा ठुलो केन्द्र बन्न सक्ने सम्भावना छ। जसका लागि मान्छे युरोपमा जाने गरेको छन् ति सबै नेपालमा छ। म त बारम्बार यही कुरा भनिरहेको छु नेपालमा सबै सम्भवना छन् नेपाल यसको लागि तयार हुनुपर्छ। ❤️"

09/02/2024

Happy Chocolate day to all. 🍫❤️

Photos from TU Student Connect's post 09/02/2024

नेपाल प्रहरी तर्फ प्रहरी सहायक निरिक्षक ( ASI) र प्रहरी जवान पदको बिज्ञापन :-
🔹 सरकारी सेवामा प्रबेश गर्ने राम्रो अवसर छ है !

08/02/2024

तबस्सुम सिद्दिकी नेपालमा संस्कृत भाषामार्फत वास्तु विषयमा पीएचडी विद्यावारिधि गर्ने #पहिलो मुसलमान महिला बन्नु भएको छ।

07/02/2024

Bachelor 1st Year Result Published !

07/02/2024

आज मिति २०८०/१०/२३ गतेका दिनमा M.A अन्तर्गतको दोस्रो बर्ष (२०७९) को मिति २०८० साल असोज महिनामा सञ्चालित परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ ।

07/02/2024

'जनयुद्ध दिवस'को अवसरमा सार्वजनिक बिदाको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ......
बिदा हुदैन है

07/02/2024

SadNews: कक्षा १२ मा अध्ययनरत १६ बर्षिय नाबालकले Hack गरेको TU को वेबसाईट १ हप्ता बितिसक्दा पनि अझै चल्न सकेको छैन। 😥

07/02/2024

Rose day को शुभकामना । 🌹

Photos from TU Student Connect's post 07/02/2024

दार्चुला,नेपाल
-१७° तापक्रममा गस्ती गर्दै नं. ५० गुल्म छाङ्गरु दार्चुलाको सशस्त्र प्रहरीको टोली।
तस्बिर : APF Nepal

07/02/2024

बुझी_राख्नु: संसारमा काग मात्र यस्तो पक्षी हो, जसले उडिरहेको बाजको पिठ्युँमा बस्छ र गर्दनमा ठुँग्न थाल्छ तर बाजले तुरुन्तै कुनै पनि प्रतिक्रिया दिँदैन । न त कागसँग लड्छ, न त हतोत्साहित हुन्छ, न त आफ्नो समयलाई खेर फाल्छ।

आफूलाई ठुँगिरहेको कागको वेवास्ता गर्दै बाजले आफ्नो पखेटा फिँजाउँछ र आकाशमा उचाइतर्फ उडानको रफ्तार बढाउँछ ।

उचाइको तीव्रता बढेपछि अक्सिजनको कमीले गर्दा कागलाई सास फेर्न गाह्रो हुन्छ र तल खस्छ ।

जिन्दगीका मोडहरूमा भेटिने कागजस्ता मान्छेहरूलाई बेवास्ता गर्न सिक्नुपर्छ ।
पिठ्युँ पछाडि बसेर ठुँग्नेहरूका निम्ति समय खेर फाल्नु उचित हुँदैन । केवल आफ्नो लक्ष्यको उचाइतर्फ बढ्नुपर्छ । तिनीहरू आफैं खस्नेछन् । आफैंलाई गुमाउने छन् । पश्चाताप मान्ने छन् ।

06/02/2024

लाग्यो त Valentine: भोलि बाट Valentine Week सुरु हुँदै छ, यो Valentine मा तपाईंको योजना के छ त ?🤭

01/02/2024

२ दिन अगाडि TU को website Hack भयो । Hack गर्ने भाइ जताततै अन्तरबार्ता दिदै हिडिरहेका छन् । उनी भन्दै छन् मैले राम्रो काम गरेको छु, गलत गरेको छैन । Website Hack भएपछि साइट अहिले सम्म चलेको छैन । यसले गर्दा कयौं विद्यार्थीले TU को सूचना तथा रिजल्ट हेर्न पाएका छैनन् ।

हिजो MA को रिजल्ट आयो तर साइट डाउन भएर विद्यार्थीले रिजल्ट हेर्न पाएनन् । यसबारेमा ती भाइले विद्यार्थीलाई पर्न गएको असुबिधा प्रति कुनै माफी मागेको छैनन् । उसको अन्तरबार्ताको कमेन्ट सेक्सनमा मानिसहरुले ठिक गर्यौ भाइ भन्दै उक्साइरहेका छन् ।

ती भाइले एउटा सार्बजनिक संस्थाको सूचना प्रणालीमा अनाधिकृत पहुँच पुर्याइ TU को नतिजा हेर्न खोज्ने सबै विद्यार्थीलाई आफ्नो फेसबुक प्रोफाइलमा पुर्याएका छन् । जुन गैरकानुनी कुरा हो । अझ उनले अन्तरबार्ताको क्रममा वेबसाईटको Backup समेत डाउनलोड गरेर राखेको बताएका छन् । यसले उनको गैरकानुनी कामलाई अझै support गरेको छ ।

ती भाइले के गर्नुपर्थ्यो ?

कुनै पनि वेबसाइट कमजोर छ कि छैन भनेर जाच्ने अधिकार सबैलाई हुँदैन । यसको लागि लिखित स्वीकृति लिनुपर्ने हुन्छ । तपाईंको घरको ताला बलियो छ कि छैन भनेर कोहि नचिनेको मान्छे आएर जाच्न पाँउछ त ? पाउदैन । तर तपाइँले अनुमति दिनुभयो भने केही फरक पर्दैन । हो त्यस्तै हो यो कुरा । हरेक वेबसाइट Hack गर्न सकिन्छ । फेसबुक, Google समेत Hack भैरहेका हुन्छन् । तर सुरक्षा प्रणाली कमजोर छ भन्दैमा अनुमति नै नलिई जाच्ने अधिकार कसैलाई हुँदैन । सुरक्षा प्रणाली जाच्नु नै छ भने ती भाइले पहिले अनुमति लिनुपर्थ्यो । अनुमति नपाए जाच्न मिल्दैन, चुपचाप बस्ने हो । Website लाई आफ्नो फेसबुक अकाउन्टमा पुर्याउने हैन ।

केही महिना अगाडि नेपाल आर्मीको सर्भरमा पहुँच पुर्याएको भन्दै एकजना स्याङ्जाका विद्यार्थी पक्राउ परे । उनले सिक्दै गर्दा यस्तो भएको र आफ्नो नियत गलत नभएको बताएपनि अदालतले उनलाई दोषी ठहर गर्यो । केही बर्ष अगाडि भायानेटका प्रयोगकर्ताको बिवरण सार्वजनिक गरेको भन्दै एकजना नाबालक प्रकाउ परे । केही दिन हिरासत बसे । अन्ततः अदालतले उनलाई पनि दोषी ठहर गर्यो । यी भाइ पनि सोही दिशामा गैरहेका छन् ।

के यो बिषयमा TU पनि दोषी हो ?

राम्रो पुर्वाधार नबनाईकन अनलाइन सिस्टम बनाउनु TU को पनि गल्ती हो । त्यसमाथी गोपनियता र सुरक्षाको ख्याल नगर्नु, साइबरसुरक्षा विज्ञसंग समन्वय नगर्नु TU को कमजोरी हो । अझ लाज पचाएर सेना, पेन्टागनको पनि Website Hack हुन्छ, TU को वेबसाईट Hack हुनु सामान्य कुरा हो भनेर VC जस्तो जिम्मेवार पदमा बसेका मान्छेले मिडियामा बोल्नु निकै गैरजिम्मेवार कुरा हो । थाहा नभएको/नजानेको कुरामा नबोल्दा ठिक हुन्छ । Controller sir भन्दै छन् : ती जो जो देखिएका छन्, तिनीहरुले आफैंले Hack गरेका होइनन्, अरु कोहि त्यसको पछाडी छन् । तिनीहरुलाई हामीले गरेको काम राम्रो लागेको छैन । सरले बुझ्नु पर्ने कुरा: सूचना प्रविधिको जमानामा अहिलेका विद्यार्थीले १३-१४ बर्षमै राम्रो Hacker बन्न सक्छन् । उमेर हेरेर केही जान्दैन भन्नू गलत हो ।

अनि यता मानिसहरु भन्दै छन् : बिदेशमा भए यस्तो Hack गर्नेलाई सम्मान गर्थ्यो/जागिर दिन्थ्यो, नेपालमा जेल हाल्छ । के यस्तो साच्चिकै हुन्छ ?

बिदेशमा होस् या नेपालमा: कुनै पनि सुचना प्रणालीमा अनाधिकृत पहुँच पुर्याउनेलाई कडा कारबाही हुन्छ । अझ बाहिर तिर नेपालमा भन्दा कठोर कारबाही गरिन्छ । यसका प्रसस्त उदाहरणहरु ईन्टरनेटमा पाइन्छ । आफैं खोज्नुहोला । अझ फेसबुक /गुगलले भए जागिर दिन्थ्यो भन्ने कुरा समेत गलत हो । फेसबुक/गुगलमा जागिर पाउन Talent भएर मात्र हुँदैन । त्यहाँ Background check समेत हुन्छ । ब्यक्तिको सोचाइ कस्तो छ, कुनै गैरकानुनी काम गरेको छ कि छैन सबै हेरिन्छ ।

त्यसैले समग्रमा भन्नुपर्दा TU लाई सबक सिकाउने भन्दै Website hack गर्ने कामलाई support गर्न बन्द गरौं ।पछि कानुन थाहा छैन भनेर उम्किन मिल्दैन । र अहिले यस घटनाको बारेमा TU र साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । हेरौं अब के के हुने हो ।

By: Saugat Pokharel

Want your university to be the top-listed University in Birgunj?
Click here to claim your Sponsored Listing.

Videos (show all)

आज सरस्वती पुजा: सरस्वती माताले हामी सबैलाई बिद्या र ज्ञान दिउन । ❤️
लोकसेवाले लिने परिक्षाकोप्रकृया
चलाख काग कति कक्षामा थियो याद छ्🤔
😂🤣
#indiansuperstar Gobinda in Maulapur २०८०/११/२५ mahashvratri
Paul Shah in maulapur Rautatat
हेर्दा कति अचम्म लाग्यो हामिलाई....   तर बास्तबिकता हाम्रो संस्कृतिको रक्षा गर्नु नै हो...
बिदेश जादै गरेको युवाहरूको लागि बालेनको सन्देश.....
आमा देवी पाथीभरा माता जस्तोसुकै परिस्थितिमा पनि कसैलाई कमजोर हुन नदिनु! माता पाथीभराको चरणमा हामी सबै ❤️🙏 जय पाथीभरा मात...
आहा कति राम्रो 😀
Bbs 1st year को रिजल्ट कहिले आउछन् सुनौ....

Address

Kathmandu
Birgunj
44400

Other Colleges & Universities in Birgunj (show all)
Madhesh University Madhesh University
National Trading Building
Birgunj, 44300

Madhesh University is the university opened in Birgunj with the aim of providing quality education.

Haldia Institute of technology,  Admission office Haldia Institute of technology, Admission office
Main Road Birgunj
Birgunj, 44300

𝙩𝙤𝙥 𝙩𝙚𝙣 𝙚𝙣𝙜𝙜𝙞𝙣𝙚𝙚𝙧𝙞𝙣𝙜 𝙘𝙤𝙡𝙡𝙚𝙜?

Masum Rn Masum Rn
Birgunj

I like this product because that parts are very

Good Good
Birgunj
Birgunj

life line motivation

RK University Asmission office Nepal RK University Asmission office Nepal
Birgunj Ghantaghar
Birgunj, 43000

We believe that RKU is a place where "Change"happens. Our Student are challenged & motivated to chan

Ayush patel Ayush patel
Birgunj, CUTE���

Myself is name Ayush patel

Prabha Education Foundation & Training Center Pvt. Ltd.,Birgunj Prabha Education Foundation & Training Center Pvt. Ltd.,Birgunj
Panitanki/08
Birgunj, 442800

Prabha Education Foundation & Training Center Pvt.Ltd. Panitanki-8 , Birgunj (Prabhu Hospital Road)

Saitan Saitan
Birgunj

म तिम्रो कल्पनामा यति हराएँ कि अब त गुगल पनि खोज्न सक्दैन ।

RIT Roorkee Admission Office, Nepal RIT Roorkee Admission Office, Nepal
Ghantaghar, Link Road
Birgunj

Roorkee Institute of Technology, Roorkee is an Engineering college located in Roorkee, Uttarakhand, India. It is affiliated with Uttarakhand Technical University, Dehradun and appr...

Topup nepal Topup nepal
Birgunj, BIRTA

topup nepal