Rastriya Swatantra Party-Rupandehi
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rastriya Swatantra Party-Rupandehi, Political Party, Butwal.
#हार्दिक_निमन्त्रणा :
स्थान : बिदि चौर तम्घास, गुल्मि
मिति : २०८० कार्तिक १९ गते
समय : बिहान ठिक ११ बजे
#हार्दिक_निमन्त्रणा :
स्थान : सन्धिखर्क टुडिखेल
मिति : २०८० कार्तिक २० गते
समय : बिहान ठिक ११ बजे
हार्दिक निमन्त्रणा
बर्दघाट नगरपालिका नगर भेला
पार्टी सभापति तथा उपसभापतिको विशेष उपस्थितीमा सम्बोधन हुने नगर भेलामा सम्पूर्ण महानुभाव एवम् शुभचिन्तकज्यूहरूलाई हार्दिक निमन्त्रण गर्दछौं ।
मितिः २०८० श्रावण २७ गते शनिबार
समयः बिहान ७ः३० देखि १०ः३० सम्म
स्थानः दाउन्ने पार्टी प्यालेस, बर्दघाट
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले संस्थापक सभापति ,नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेबारे सर्बोच्चको फैसलालाइ आत्मसाथ गर्दै कानुनी राज्यको अवधारणा नै पार्टी को मुल सिद्दान्त भएकोले सम्माननिय अदालतको फैसलाको सम्मान गर्दै यस चुनौतीपूर्ण घडीमा राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही जिल्ला भित्रका सदस्य तथा शुभचिन्तकहरु संयम रही विधि र कानुनको सम्मान गर्न राष्ट्रीय स्वतन्त्र पार्टी रुपन्देही जिल्ला सबैमा हार्दिक अनुरोध गर्दछ ।
प्रेम पुन
सभापति
राष्ट्रिय स्वतन्त्र पार्टी
रुपन्देही जिल्ला
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले आगामी जेठसम्ममा देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ । पार्टीको निर्णय अनुसार चैतसम्ममा जिल्ला निर्वाचन समितिहरुको गठन र जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरु गठन गर्ने रणनीति तय गरेको छ । त्यस्तै यसै माघ मसान्तभित्र पार्टीले तपसिल बमोजिम प्रदेश समितिहरुको विस्तारित भेला आयोजना गरी प्रदेश समतिहरुको पुनर्गठन गर्ने कार्यक्रम तय गरेको छ ।
माघ १४ गते – प्रदेश नं.१ – विराटनगर
माघ १६ गते – मधेश प्रदेश – जनकपुर
माघ १८ गते – बाग्मती प्रदेश – मकवानपुर
माघ २१ गते – गण्डकी प्रदेश – पोखरा
माघ २४ गते – लुम्बिनी प्रदेश – दाङ
माघ २६ गते – सूदुरपश्चिम प्रदेश – धनगढी
माघ २८ गते – कर्णाली प्रदेश – सुर्खेत
पार्टीको विधान बमोजिम तपसिलमा उल्लेखित विभिन्न केन्द्रीय आयोग, विभाग तथा समितिहरु पनि गठन गरेको छ ।
आयोग
१. केन्द्रीय निर्वाचन आयोग – नारायण प्याकुरेल (सदस्य)
२. केन्द्रीय लेखा आयोग – अभिषेक घिमिरे (प्रमुख)
समिति
१. केन्द्रीय अनुशासन तथा आचरण समिति – डा.भरतमणि देवकोटा (प्रमुख) रामहरि सुवेदी (सदस्य) रमाकान्त रिमाल (सदस्य), यज्ञमणि न्यौपाने (सदस्य)
२. विवाद समाधान समिति – विष्णु कुमार श्रेष्ठ (प्रमुख)
३. पुनरावेदन समिति – विपिन कुमार आचार्य (प्रमुख), दिपक बोहरा (सदस्य)
विभाग
१. नीति तथा विचार विभाग – डा. मुकुल ढकाल (प्रमुख)
२. अभियान तथा प्रचार प्रसार विभाग – विपिनकुमार आचार्य (प्रमुख)
३. मानवीय विकास प्रवद्र्घन विभाग– कुशुम महर्जन (प्रमुख)
४. प्रशिक्षण विभाग – डा. मुकुल ढकाल (प्रमुख)
५. सङ्गठन विभाग – कविन्द्र बुर्लाकोटी (प्रमुख), विष्णुकुमार श्रेष्ठ (उपप्रमुख), शंकर श्रेष्ठ (सचिव)
६. उत्पादन प्रवर्धन विभाग – रामकृष्ण भट्टराई (प्रमुख)
७. विकास योजना तथा नीति तर्जुमा विभाग– डा. अरनिको पाँडे (प्रमुख)
८. केन्द्रीय RAT संयोजन विभाग – विष्णुकुमार श्रेष्ठ (प्रमुख)
९. सूचना तथा प्रविधि विभाग – विपिन कुमार आचार्य (प्रमुख)
पार्टीको आजकै बैठकले संगठन विस्तार सम्बन्धी कार्यविधि तथा पार्टीको संसदीय दलको विधान र केन्द्रीय RAT कार्यविधि समेत पारित गरेको छ । बैठकमा पार्टीको विधान बमोजिम केन्द्रीय पार्टी पदाधिकारी सम्मिलित केन्द्रीय कार्यसम्पादन समिति गठन लगायतका विषयहरुमा निर्णयहरु गरेको छ ।
त्यसैगरी आजै बसेको पार्टीको संसदीय दलको बैठकले दलको प्रमुख सचेतक माननीय सन्तोष परियार र दलको उपनेता माननीय श्री विराजभक्त श्रेष्ठलाई मनोनयन गरेको छ ।
डा. मुकुल ढकाल
प्रवक्ता तथा महामन्त्री
साँस्कृतिक पर्व सोनाम ल्होछारको देश तथा विदेशमा रहनुभएका सम्पूर्णमा हार्दिक शुभकामना |
सबै माननीयज्यू हरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति हालको समितिलाई अझै विस्तार र प्रभावकारी बनाउन यस रुपन्देही जिल्लाबाट पनि केन्द्रिय सदस्यमा मनोनितको लागि रुपन्देही जिल्लाबाट सिफारिश गर्नु परेकोले रुपन्देही जिल्लाका सम्बन्धित पालिकाबाट व्यक्ति सम्पर्कमा आइदिनुहुन राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही जिल्ला हार्दिक स्वागत गर्दछ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना ! 🇳🇵
प्रतिनिधि सभा बैठकमा सहभागी गृहमन्त्री रबि लामिछाने
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केपी ओलि उपप्रधानमन्त्री शीर्ष नेताहरू।
भ्रष्टाचारका फाइल खोलेर सुशासनको जनतामा आशा जगाउने छौं। गृहमंन्त्री रवि लामिछाने।
देवदह ११ मा रहेको रेहरा खानेपानी तथा सरसफाई संस्थाका पदाधिकारीहरुले किर्ते कागज गरी राज्यले खानेपानीको लागि विनियोजन गरेको रकम हिनामिना तथा नीतिगत भष्ट्राचार गरिएकोले राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी भई निष्पक्ष जाँचको लागि देवदह नगरपालिकामा
सम्पूर्ण सम्पूर्ण मा नमस्कार
रुपन्देही जिल्ला देबदह नगरपालीका वाड न.11 मा खानेपानी योजना मा अनियमित भष्टाचार भयको हुदा गाउ टोल लाई खबर नगरी काम गरेको हुदा जिल्ला र प्रदेश का साथीहरूमा गरिमय उपस्थित को लागी हार्दिक अनुरोध गर्दछु
बिहान ठीक 9 बजे
स्थान देबदहनगर पालीका
रुपन्देही जिल्लाका उपमहानरपालिका नगरपालिका तथा गाउपालिका तथा वडाहरुमा आबद्ध भई समितिमा बसी काम गर्न चाहने शुभेच्छुकहरु ले राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही जिल्लाद्वारा आउँदो समयमा समिति गठन गरिने भएकोले तपसिल बमोजिम नजिक या सम्बन्धित व्यक्तिसँग सम्पर्कमा रही रहन राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही जिल्ला हार्दिक अनुरोध गर्दछ ।
क्षेत्र 1
देवदह 1 देखी 11 वडा
तिलोत्तमा 7देखी 12र 15 देखी 17 वडा
ओमसतिया 1,3,4,5 वडा
रोहिणी 1 देखी 7 वडा
प्रेम खत्री 9847559877
नरेश पछाई 9857071325
प्रेम पुन 9815494170
लक्षमण खड्का 9857038934
क्षेत्र 2
तिलोत्तमा 1 देखी 6 वडा
बुटवल 1 देखी 13 वडा
सैनामैना 1 देखी 4 वडा
राजन पाण्डे 9847367021
गणेश पौडेल 9847492676
प्रेम पुन 9815494170
लक्षमण खड्का 9857038934
क्षेत्र 3
सिद्धार्थनगर 1 देखी 13वडा
सियारी1 देखी 3,6र 7 वडा
शुद्दोदन 1 देखी 7 वडा
ओमसतिया 2वडा
बुटवल 14 देखी 19
तिलोत्तमा 13,14 वडा
शक्ति क्षेत्री 9847005530
शेखर गुप्ता 9857023538
प्रेम पुन 9815494170
लक्षमण खड्का 9857038934
क्षेत्र 4
लुम्बिनी 2,12,13 वडा
सम्मरीमाई 1 देखी 7 वडा
मर्चवार 1 देखी 7 वडा
कोटहीमाई 1 देखी 7 वडा
मायादेवी 1 देखी 6 वडा
सियारी 4,5वडा
प्रेम पुन 9815494170
लक्षमण खड्का 9857038934
क्षेत्र 5
सैनामैना 5 देखी 11 वडा
कञ्चन 1 देखी 5 वडा
गैडहवा 1 देखी 7 वडा
लुम्बिनी 1,3 देखी 11
दुर्गा खनाल 9849817042
प्रेम पुन 9815494170
लक्षमण खड्का 9857038934
सियारी गाउँपालिका जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको पालिका तदर्थ समिति गठन हुन लागेकोले समितिमा बसेर काम गर्न चाहने साथिहरुको लागि सम्पर्क नम्बर :-
प्रेम पुन - 9815494170
शेखर गुप्ता -9857023538
लक्षमण खड्का -9857038934
अच्युत कँडेल -9857054345
स्थान - अमुवा पुरानो विद्युत अफिस
समय -2079साल पौष 15 गते दिउँसो 3 बजे
सैनामैना नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको नगर तदर्थ समिति गठन हुन लागेकोले समितिमा बसेर काम गर्न चाहने साथिहरुको लागि सम्पर्क नम्बर :-
प्रेम पुन - 9815494170
दुर्गा प्रसाद खनाल -9849817042
लक्षमण खड्का -9857038934
स्थान कलोनी शिवालय मन्दिर
समय -2079साल पौष 15 गते बिहान 8 बजे
शुद्दोदन गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको पालिका तदर्थ समिति गठन हुन लागेकोले समितिमा बसेर काम गर्न चाहने साथिहरुको लागि सम्पर्क नम्बर :-
प्रेम पुन - 9815494170
शेखर गुप्ता -9857023538
लक्षमण खड्का -9857038934
अच्युत कँडेल -9857054345
स्थान -मानपकडी चिल्ड्रेन पार्क
समय -2079साल पौष 15 गते 11 बजे
नेपाल सरकारका उप प्रधामंत्री,गृहमन्त्री तथा प्रवक्ता माननीय रवि लामिछनेको स्वकीय सचिवमा राष्ट्रिय स्वतन्त्र पार्टीका केंद्रीय सदस्य दीपक बोहोराज्यु नियुक्ति हुनुभएको राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही जिल्ला हार्दिक बधाई ज्ञापन गर्दछ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति आदरणिय रवि लामिछाने ज्यु नेपाल सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
रबि लामिछाने सरकारमा जाने कुरालाइ लिएर कतिपय साथीहरुले आलोचना गरेको देखियो, समर्थन फिर्ता लिन्छु भनेको पनि सुनियो, प्रतिपक्षी भएर खबरदारी गरेको भए पनि हुने थियो भनेर बिचार राखेको पनि पाइयो! सबै आलोचना र बिचारहरुलाई आत्मसात गर्दै म चाहिँ के भन्छु भने रबिले सरकारमा जाने निर्णय गरेको जनताकै लागि हो र यो हुनै पर्ने थियो! किनकी चुनाबमा रबिलाइ अत्याधिक मतले जनताले जिताएको काम गरून् भन्नका लागि हो र काम गर्न फगत साम्सद मात्रै भएर सम्भब हुदैन किनकी साम्सदको भुमिका सीमित हुन्छ जहाबाट जनतालाइ प्रत्यक्ष रुपमा delivery दिन चाहेर पनि सकिन्न।खबरदारी मात्रै गर्नका लागि त पत्रकारिता नै काफी थियो नि हैन र?तसर्थ यो देशको राजनीतिको फोहोर सफा गर्न जसरी पनि फोहोरमै डुब्नु पर्छ। बा हरुको कानमा घण्टी बजाउन पनि बाहरुकै पूजाकोठामा छिर्नु पर्छ! बर्षौ देखिको त्यो फोहोर सफा गर्न बल्ल रबि दाई फोहोर भरिएको पोखरीमा छिर्दै छ्न । यसलाई आलोचना हैन प्रसंशा गरौं र नतिजा कुरौ! अहिल्यै बिरोध गर्न हतार नगरौ! सरकारमा गएर पनि जनताको लागि काम गरेनन र जनहित बिपरित गए भने नाइटोदेखिको बल लगाएर भएभरको गाली गरौला नि हुन्न ?रास्ट्रीय स्वोतन्त्र पार्टी सता मा गयो भने र मुर्छा पर्ने हरु , हिजो घण्टी बजाउने मात्र हो मन्दिरमा चुनाब एस्को के हि अस्तित्वो रहदैन भन्ने हरु , पत्रकार को राज्नैतिक भन्ने हरु , सामाजिक सन्जाल को नेता , भन्ने हरु हो देखेउनी आज तिमिहरुकै सता मा गएर तिमिहरुलाइनै घण्टी बजाउदै छ । रबि लामिछाने ले पोइलानै बोलेको कुरा हेक्का रहोस " राजनिती नेपाल्का लागि फोहोरी खेल हो र म पनि त्यो खेल मा खेल्न जान्छु केही समय म पनि फोहोरी नै बन्छु बन्नुपर्छ र त्यो फोहोर्लाइ सफा गरेर निस्कन्छु " हो बास्तब्मै फोहोर फ्याल्न ठुला भासण ले मात्र पुग्दैन फोहोर्माइ हात छिराउनु पर्छ र छिरेको छ अब हेरुम फोहोर खेलाउदा खेलाउदै घण्टी बिलाउने होकि पसुपतिको जत्रो भएर निस्किने हो अब को दिन ले तर्जुमा गर्छ । हाम्रो खर्दारी रबि लामिछानेलाइ : घन्टिलाइ प्रयोग नगरियोस प्रयोग्मा ल्याइयोस । हामिलाइ स्क्नको लागि सता मा सामेल गराएको भन्ने आभास भोइरहेको हरुलाइ घण्टी बजाइयोस जय घण्टी ।
हामी नयाँ अभ्यासमा छौं।जनताले भोट दिएर आफ्नो जिम्मेवारी निभाउनु भयो ।अब हाम्रो पार्टीले आफ्नो जिम्मेवारीको काम को शुरुवात गर्दैछ ।
मिति 2079 साल पौष महिना 11 गतेका दिन 12 बजे रुपन्देही जिल्ला कार्यसमितिले पालिका तथा वडा समिति संगठन विस्तार सम्बन्धी छलफल गर्नु पर्ने भएकोले प्रतिनिधि सभा 2079 का उम्मेदवारहरुसहित को उपस्थितिमा पालिका सहितको विस्तार बैठक राखिएको छ ।सम्पूर्ण पालिका (बुटवल देवदह तथा सिद्धार्थनगर)पदाधिकारी सहित सदस्यहरू राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश कार्यालय (रुपन्देही जिल्ला कार्यालय) कलिकानगर अनिवार्य उपस्थिति भई सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछौं ।
जो कोही शुभ चिन्तकहरु राष्ट्रीय स्वतन्त्र पार्टी संग आबद्द हुन चाहनु हुन्छ । सबै जना यही सामाजिक सञ्जाल मार्फत जोडिनुहुनको लागि हार्दिक अपिल गर्दछौं ।
प्रेम पुन
राष्ट्रीय स्वतन्त्र पार्टी
रुपन्देही जिल्ला
सम्पर्क :9815494170
विज्ञप्ति
रुपन्देही उद्योग संघ बुटवल, लुम्बिनी प्रदेश उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ काठमाण्डौको संयुक्त पत्र चलानी नं. ३२,०७९/०८० मिति २०७९/०९/०२ मा सम्मानिय राष्ट्रपति ज्यूबाट हुने समुद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही जिल्ला अध्यक्षज्यूलाई आथित्यता ग्रहण गरिदिनुहुन अनुरोध भइ आएको पत्र राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही सभापतिलाई पत्र हस्तान्तरण नगरि कुनै पनि खालको जानकारी नगराई विधी नै मिचेर लोकतान्त्रिक पार्टीको सांगठनिक संरचनालाई नै खुलेआम धज्जिया उडाउने कार्य गरी राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश सदस्य श्री लक्ष्मण कुमार खड्का सो समारोहमा आथित्यता ग्रहण लिनुभएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही जिल्ला घोर निन्दा प्रकट गर्दछ। यसरी लोकतान्त्रिक पार्टीको खुलेआम धज्जिया उडाउने गरि साँगठनिक संस्थालाई नै प्रतिकूल हुने गरि अनुशासन विपरित कार्य गरेको पाइएकोले राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश सदस्य श्री लक्ष्मण कुमार खड्काज्यूलाई अनुशासित कारबाही गरिदिनु हुन सम्बन्धित सरोकार समितिलाई राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही जिल्ला समिति हार्दिक अनुरोध गर्दछ ।
प्रेम पुन
सभापति
राष्ट्रिय स्वतन्त्र पार्टी
रुपन्देही जिल्ला
No Visa, Free Ticket
यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनु भएका ब्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न इक्छुक ब्यक्तिको हामीलाई खाँचो परेको छ। हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत CEO भएर बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा सहित म एयर्पोटमा स्वागत गर्न तयार छु। कति बाकसमा मात्र फर्किने? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन त? शुरूवात एक जना बाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो CV मलाई पठाउनु होला। म तपाईं लाई लिन आफै एयर्पोर्ट आउछु।
आज ३ ओटा पोस्ट गर्नेछु, यो पहिलो हो।
हामीलाई संसद सम्म पुर्याउन मद्दत गर्नु हुने देश भरीका तथा विदेशमा समेत रहनु हुने सम्पुर्णमा आभार व्यक्त गर्दछौं। मलाई विश्वास गरेर सर्वाधिक मतान्तरले विजयी गराउनु हुने चितवन २ का आदरणीय मतदाता ज्युहरुलाई विशेष धन्यवाद दिन चाहन्छु। देश भरिका नागरिकका मुद्दा हाम्रो जिम्मेवारी हो। तर शुरूवात चितवन २ बाट गर्दैछु। चितवन २ मा जे परे पनि मलाई सूचना दिनु होला। अहिलेलाई WhatsApp म्यासेज मार्फत (कल होईन) गुनासो सुचना संकलन गर्नेछु।हाम्रा अन्य प्रत्यक्ष निर्वाचित सांसदज्यु हरुले पनि आफ्ना मतदाताका लागि आफ्नो नम्बर सार्वजनिक गर्दै हुनुहुन्छ। थप २ वटा पोस्ट आजै केही समयको अन्तरालमा ।
RAVI LAMICHHANE
दोस्रो:
वाचापत्रमा लेखे बमोजिम संसदीय योजना तर्जुमा बोर्डको अवधारणा अघि सारेको छु। सचिवालयकालागि ५ जना (वैतनिक), विषय बिज्ञहरु १० जना ( बैठक भत्ता दिइने ) र पालिका वडा तथा टोल प्रतिनिधिहरु (अवैतनिक ) आव्हान गर्दछु। चितवन बाट प्रारम्भ गर्दै देश भरी यसै गरि काम गर्नेछौं। आउनुहोस् अब मिलेर काम गरौं। यस पछिको पोस्ट अझै अर्थ पुर्ण हुनेछ।
RAVI LAMICHHANE
आज ३ ओटा पोस्ट गर्नेछु, यो पहिलो हो।
हामीलाई संसद सम्म पुर्याउन मद्दत गर्नु हुने देश भरीका तथा विदेशमा समेत रहनु हुने सम्पुर्णमा आभार व्यक्त गर्दछौं। मलाई विश्वास गरेर सर्वाधिक मतान्तरले विजयी गराउनु हुने चितवन २ का आदरणीय मतदाता ज्युहरुलाई विशेष धन्यवाद दिन चाहन्छु। देश भरिका नागरिकका मुद्दा हाम्रो जिम्मेवारी हो। तर शुरूवात चितवन २ बाट गर्दैछु। चितवन २ मा जे परे पनि मलाई सूचना दिनु होला। अहिलेलाई WhatsApp म्यासेज मार्फत (कल होईन) गुनासो सुचना संकलन गर्नेछु।हाम्रा अन्य प्रत्यक्ष निर्वाचित सांसदज्यु हरुले पनि आफ्ना मतदाताका लागि आफ्नो नम्बर सार्वजनिक गर्दै हुनुहुन्छ। थप २ वटा पोस्ट आजै केही समयको अन्तरालमा ।
९ राजनैतिक दलका प्रतिनिधिबाट निर्वाचन अधिकृत लाई ज्ञापान पत्र
१४ दलका उम्मेदवारबाट पुन : निर्वाचन को लागि प्रेस वक्तव्य
बारम्बार नियोजित ढंगले कर्मचारीको मिलोमतो धाधली मतदान भएको र लोकतन्त्र धजिया उडाइएकोले बारम्बर हामी तपसील पार्टी हरुले रुपन्देही क्षेत्र नं. २ प्रतिनिधि सभा तथा प्रदेश सभा मा भएको मतदान रद्द गरि पून मतदान गर्ने गरि ज्ञापन पत्र तथा प्रेस वक्तव्य जारी गर्दछौ । साथै देश विदेशमा रहनु हुने सम्पूर्ण शुभ चिन्तक तथा समर्थकहरू उपस्थित वा धेरै भन्दा धेरै Group वा व्यक्तिमा share तथा like गरिदिनु हार्दिक अनुरोध गर्दछौं
राष्ट्रिय स्वतन्त्र पार्टी
नेपाली कांग्रेस
माओवादी केन्द्र
कांग्रेस वि पि
हाम्रो नेपाली पार्टी
जनसमाजवादी पार्टी नेपाल
राष्ट्रिय जनमुक्ति पार्टी
सहित स्वतन्त्र उम्मेदवार
बारम्बार नियोजित ढंगले कर्मचारीको मिलोमतो धाधली मतदान भएको र लोकतन्त्र धजिया उडाइएकोले बारम्बर हामी तपसील पार्टी हरुले पून मतदान गर्ने गरि ज्ञापन पत्र तथा प्रेस वक्तव्य जारी गर्दछौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी
नेपाली कांग्रेस
माओवादी केन्द्र
कांग्रेस वि पि
हाम्रो नेपाली पार्टी
जनसमाजवादी पार्टी नेपाल
राष्ट्रिय जनमुक्ति पार्टी
सहित स्वतन्त्र उम्मेदवार
रुपन्देही क्षेत्र नं २ को वाकसमा धेरै मत भेटिएकोले vote counting बुटवलमा रोकाइएको छ । अहिले vote को धेरै फरक नभएको र कर्मचारी तन्त्र हावी भएका छन्। देशमा विसंगति, कुशासन तथा कर्मचारी तन्त्रले देशमा अहिलेको जर्जर स्थिति आएको छ त्यसैले भष्ट्राचारी बालुवाटार काण्डका राजालाई हराउन सबै शुभचिन्तक तथा देशवासीमा वुटवलमा आएर विरोध प्रदर्शन गराइ समर्नथन जनाउनु हुन हार्दिक अनुरोध गर्दछौं । Share and like गरि धेरै भन्दा धेरै माल पुर्याउन हार्दिक अनुरोध पनि गर्दछौं
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the organization
Telephone
Website
Address
32900
Butwal
Official page of Technical Students' Association Nepal (TSAN) , Rupandehi Committee.
Devinagar
Butwal, 32907
अनेरास्ववियु लुम्बिनी वाणिज्य क्यापस कमिटी परिवार
Provincal Office Butwal
Butwal
This is an official page of Naya Shakti Party Nepal, Province 5.