Eng. Dharama Raj Aryal

"Scientists investigate that which already is; Engineers create that which has never been.”
By Albert Einstein

Photos from Eng. Dharama Raj Aryal's post 22/10/2023

Information needed for Civil Engineer

28/05/2023

जान्नै पर्ने कुराहरु।

26/04/2023

One day a farmer’s donkey fell into a well. The animal cried loudly for hours, while the farmer tried to find something to do to get him out.

Finally, the farmer decided that the donkey was old and the well was already dry and needed to be covered anyway; that it really wasn't worth pulling the donkey out of the well..

He invited all his neighbors to come help him. They each grabbed a shovel and began to throw dirt into the well.

The donkey realized what was happening and cried horribly loud. Then, to everyone's surprise, he quieted down after a few shovelfuls of dirt.

The farmer finally looked down into the well and was amazed at what he saw... with each shovelful of dirt, the donkey was doing something incredible: It was shaking off the dirt and stepping on top of the dirt.

Very soon everyone saw surprised how the donkey reached the mouth of the well, went over the edge and trotted out...

Life is going to throw dirt at you, all kinds of dirt... the trick to getting out of the hole is to shake it off and use it to step up. Each of our problems is a step up. We can get out of the deepest holes if we don't give up...

Use the land they throw you to get ahead!!!

Remember the 5 rules to be happy:

1. Free your heart from hate.

2. Free your Mind of distractions.

3. Simplify your life.

4. Give more and expect less.

5. Love more and... shake the dirt, because in this life you have to be a solution, not the problem!

Author Unknown

16/02/2023

Bitter OF

13/02/2023

दुनियाँ यत्तिकै बदलिँदैन, ब्रदर !

जीवनको ऐश्वर्यहीनता मास्न
उनीहरूले उठाए बन्दुक
र, हामी गुलाबी डायरीमा
ऐश्वर्या रायमाथि गजल लेखेर बसिरह्यौँ

भूगोलका मैला, घिनलाग्दा र निर्मम
प्रतिष्ठापनहरू बढार्न
उनीहरूले आह्वान गरे आँधीतुफान
र, हामी सन्नाटाको कीर्तन गाएर बसिरह्यौँ

नक्साका धर्सा–धर्सालाई
आफ्ना रगताम्य पाइतालाले टेकेर
उनीहरूले देश चिने, बुझे, महसुस गरे
र, हामी गुगलमा देश खोजेर बसिरह्यौँ

१०… २०… ५०… १००…१०००
ढलिरहेका थिए उनीहरू
खेत, जंगल, बगर, जेल, ब्यारेक र यातनागृहमा
र, हामी मृत्युलाई केवल अंक ठानेर बसिरह्यौँ

छाती च्यातिएर मुटु बाहिर निक्लँदा
उनीहरूले आमा सम्झे
तर गरेनन् आत्था एक खेप
न निकाले क्रन्दन एक लवज
र, हामी आलपिनको घोचाइमा रोएर बसिरह्यौँ

उनीहरू हिँडिरहे, दौडिरहे, भौँतारिरहे
र, हामीहरू बसिरह्यौँ

पलेटी कसेर बसिरह्यौँ
उपरखुट्टी लाएर बसिरह्यौँ
गोडा पसारेर बसिरह्यौँ
सुविस्तासँग बसिरह्यौँ
सुविधापूर्वक बसिरह्यौँ

उनीहरू हरेक अश्लीलताको विरोधमा
मुट्ठी उठाएर हिँडिरहे
हामी उनीहरूलाई भद्दा गाली गरेर बसिरह्यौँ

उनीहरू हरेक अपमानको बदला लिन
आगो ओकल्दै हिँडिरहे
हामी उनीहरूमाथि हेलाको फोहोर पानी छ्यापेर बसिरह्यौँ

दुनियाँ यसरी बदलिँदैन, ब्रदर !
दुनियाँ यत्तिकै बदलिँदैन, ब्रदर !

हामी पर्खेर बसिरह्यौँ–
आउनेछ कुनै महानायक
अदृश्य अनि तिलस्मी हतियार भिरेर
जसले
एक बिहान हामी बिउँझदा
यो धर्ती बदल्दिसकेको हुनेछ
सर्वत्र हुनेछन् समृद्धि र खुसीयाली
मधुर संगीत गुञ्जिनेछ दशै दिशामा
कहीँकतै आर्तनाद हुने छैन

तर, उनीहरूले यो प्रतीक्षालाई
मूर्खता भने
आत्मघात भने

उनीहरू आफैँ महानायक हुन तम्सिए
ब्रदर !
उनीहरू
एउटा प्रचण्ड
एउटा किरण, वा
एउटा डा. बाबुराम भट्टराईका लागि मरेका थिएनन्

एक न एक दिन
आफ्नै कायरताले अवश्य हमला गर्नेछ हामीलाई
र, त्यो दिन हामी खूब रुनेछौँ
हामीजस्ता कृतघ्नहरूका लागि पनि मरिदिने
उनीहरूलाई सम्झिएर

हो, खूब रुनेछौँ हामी
जसरी रोएका थिए
उनीहरूका प्रेमिका÷पत्नी÷छोराछोरी र आमाबाबु

कुनै सर्कस टोलीको खेला होइन
यो धेरथोर बदलाव

दुनियाँ यत्तिकै बदलिँदैन, ब्रदर !

-विनाेद विक्रम केसि Yubraj Dahal

#फागुन१
#जनयुद्धदिवस काे शुभकामना

30/01/2023
28/01/2023

हल्का रमाईलो🤣🤣

Photos from Eng. Dharama Raj Aryal's post 28/11/2022

जान्नै पर्ने कुरा।

06/08/2022

Engineer VS Architect

05/08/2022

मुस्कानको तागत !
===========
१, डाक्टरले मुस्कुराउँदै बिमारी जाँच्दा बिरामीको आत्मबिश्वास दुईगुना बढी हुन्छ !

२, गृहिणीले मुस्कुराउँदै घरको काम गर्दा पुरै परिवारमा खुसियाली आउँछ ! अझै खाना खानेबेला मुस्कुराएर दिदा त खानाको स्वादमा वृद्धि हुन्छ !

३, बुवा कामबाट घरमा मुस्कुराउँदै फर्कदा पुरै परिवारमा खुसीको बाताबरण बन्छ !

४, शिक्षक मुस्कुराउँदै कक्षा कोठामा प्रबेश गर्दा सबै बालबालिकाहरूको अनुहारमा पनि मुस्कान छाउँछ, पढाएको बुझिन्छ, नबुझेको सोध्न मन हुन्छ, सिक्ने हौसला मिल्छ !

५, हाकिम मुस्कुराउदै कम्पनीमा प्रबेश गर्दा सबै कर्मचारीहरूको मनमा दबाब कम हुन्छ, मनोबल बढ्छ !

६, पसलेले मुस्कुराउँदै आफ्नो ग्राहकहरूलाई सम्मान गर्दा ग्राहकहरू खुसी हुँदै पसलबाट धेरै भन्दा धेरै सामानहरू किन्छन् !

७, कर्मचारीहरूले मुस्कुराउँदै सेवाग्राहीहरूलाई सेवा दिएमा सेवाग्राहीहरूमा कर्मचारीहरू प्रतिको नकारात्मक भावना हराएर जान्छ !

८, कहिले काँही सडकमा हिँड्दा अनजान ब्यक्तिलाई हेरेर मुस्कुराउँदा उसको मुहारमा पनि मुस्कान आउँदछ, यसले दुबैजनाको व्यक्तित्व बढाउछ ।

त्यसैले तपाई पनि सक्दो मुस्कुराउँनु होस् !

किनकि
👇️
१, मुस्कुराउँदा पैसा लाग्दैन यो खुसी, सुखी, सरलता, महानता एवं सम्पन्नताको पहिचान हो !

२, तपाई हाम्रो एक मुस्कानले कयौं अनुहारमा खुशी ल्याइदिन सक्छ !

३, क्रोधमा दिएको आशीर्बाद पनि खराब लाग्छ र मुस्कुराउँदै दिएको गाली पनि कर्णप्रिय लाग्दछन् !

४, दुनियाँका हरेक ब्यक्तिले फक्रेको फूल र हँसिलो अनुहारलाई मन पराउँछन् !

५, तपाई हाम्रो मुस्कान धेरैको लागि प्रेरणा र खुसीको कारण बन्न सक्छ !

६, सम्बन्धहरू तबसम्म कायम रहन्छन् जबसम्म हामी एक अर्कालाई देखेर मुस्कुराई रहन्छौं !

८, मुस्कान मानिस हुनुको पहिचान हो,
पशु सामान्यतया कहिल्यै पनि मुस्कुराउन सक्दैन !

यसकारण तपाईं पनि मुस्कुराउनु होस् र अरूको अनुहारमा पनि मुस्कान ल्याउने प्रयत्न गर्नुहोस् !

यो नै हामी सबै, सधै सुखी र खुशी हुने,
सबभन्दा सजिलो, सस्तो र स्थायी उपाय हो ।

(सामाजिक संजालमा भेटिएको कुरामा थपथाप गरेर)

03/08/2022

Road Design..

30/07/2022

आईज आँशु तँ
साउने भेल सरि
वर्खामा लगातार परेको पानी सरि
खोलानालामा उर्लिएको बाढि सरि
तँ आँखाबाट आई रह ओईरो लागेर

जब तँ मेरा यी नयनबाट बाहिर निस्किन्छस्
मन हलुङ्गो हुन्छ
ढुङ्गा जस्तो साह्रो मन
छिन भरमा कपास जस्तो हलुङ्गो भईदिन्छ
मन भित्र खिल बनेर बसेका व्यथा
विस्तारै विस्तारै बाहिर निस्किदिन्छ

आईज आँशु तँ
कल धाराबाट पानी आए सरि
चर्को घाँमले हिउँ पग्लिएर जोडसँग बगे सरि
मुल फुटेर पानीको रफ्तार बढे सरि

मनभित्र पीर बोकेर
दुःख लाई कयौँ पटक सहेर
मैले सयौँ रातहरू आँखा नचिम्लि कटाएको छु
मन भित्रका लाखौ वेदनाहरू
आँशु तैले बरफको डल्लो पगाले झै पगालि दिन्छस्
एक टन भारी बोके झै गरूङ्गो मस्तिष्क
हजार चिज लिए झै भारि भयको मन
आँखाबाट तँ आउन साथ सितल भईदिन्छन्

आईज आँशु तँ
मेरा शरिरका हरेक अङ्ग अङ्ग रूजाउने गरि
मन भित्रका सम्पूर्ण पीर बगाउने गरि
फेवाताल भन्दा पनि ठूलो ताल बनाउने गरि
मेघ गर्जन सहित आएको पानी जसरी

मन भित्रका पीडा कसैलाई सुनायो भने
दुःख कसैलाई देखायो भने
घाउँमा नुन खुर्सानी छरे झै छर्कि्दिन्छन
दुःखिको झन मजाक बनाएर उडाई दिन्छन

आईज आँशु तँ
दुःख र पीडाको साथी बनेर
लागेको घाउँमा मलम बनेर
सँगसँगै यात्रा गर्ने सारथी बनेर

13/06/2022

Stay positive.

08/06/2022

Truth😀😀

14/05/2022

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा ५०० मत गणना गर्दाको नतिजा

नगरप्रमुख पदमा सूर्य २६१
नगरप्रमुख पदमा रुख २२८

नगर उपप्रमुख पदमा सूर्य २४९
नगर उपप्रमुख पदमा हसिया हतौडी २२७

14/05/2022

सन्धिखर्कमा खसेका मत।

27/04/2022

के मोबाईल धेरै प्रयोग गर्दा असर गर्छ त??? Dr. Sanduk Ruit

09/02/2022

Good, better, best. Never let it rest. 'Til your good is better and your better is best.

02/12/2021

काग मात्र यस्तो पन्क्षी हो जसले उडिरहेको बाजको पिठिउँमा बस्छ र गर्दनमा ठुँग्न थाल्छ। तर बाजले तुरुन्तै कुनै पनि प्रतिक्रिया दिँदैन। न त कागसँग लड्छ, न त हतोत्साहित हुन्छ, न त आफ्नो समयलाई खेर फाल्छ।
आफूलाई ठुँगिरहेको कागको वेवास्ता गर्दै बाजले आफ्नो पखेटा फिँजाउछ र आकाशमा उचाइतर्फ उडानको रफ्तार बढाउछ । उचाइको तीव्रता बढेपछि अक्सिजनको कमीले गर्दा कागलाई सास फेर्न गाह्रो हुन्छ र तल खस्छ।
यसकारण; जिन्दगीको मोडहरूमा भेटिने कागजस्ता उल्झनलाई बेवास्ता गर्न सिक्नुपर्छ । पिठ्युँ पछाडि बसेर ठुँग्नेहरूको निम्ति समय खेर फाल्नु हुदैन ।
केवल आफ्नो लक्ष्यको उचाइतर्फ बढ्नुपर्छ । तिनीहरू आफै खस्नेछन्, तिनीहरूले आफैलाई गुमाउने छन् जो तपाईंको बुई चढेर कु-नियतका साथ सासन गर्न र सासक बन्न चाहन्छन्।....

23/07/2021

आखिर के पाइन्छ र, अरुको आलोचना गरेर,
पहिला हेरौं आफूलाई परिवर्तन गरेर,
अरुप्रति गुनासो गर्न छोडेर,
जीवन एक सुन्दर बगैंचा हो,
सबै फूलको आफ्नै अस्तित्व हुन्छ,
मनपरे स्वीकार गरौं तर हेला नगरौं।

23/07/2021

खुसि पैसामा हाेईन परिस्थितिमा निर्भर पर्छ, किनकि एउटा बच्चा बेलुन किनेर खुसि हुन्छ, भने अर्काे बच्चा बेलुन बेचेर।🙏🙏

Want your business to be the top-listed Engineering Company in Butwal?
Click here to claim your Sponsored Listing.

Videos (show all)

के मोबाईल धेरै प्रयोग गर्दा असर गर्छ त??? Dr. Sanduk Ruit

Telephone

Website

Address

Kathmandu
Butwal

Other Butwal engineering companies (show all)
Nawa Kamal Nirman Sewa Pvt. Ltd. Nawa Kamal Nirman Sewa Pvt. Ltd.
Butwal

"Building Dreams, Shaping Reality: Engineering Excellence for a Better Tomorrow"

Butwal Engineering Prayogshala pvt.Ltd Butwal Engineering Prayogshala pvt.Ltd
Devinagar-11, Kabi Path
Butwal, 32907

Scopiq Engineering Consultancy Scopiq Engineering Consultancy
Kalikapath, Kalikanagar
Butwal, 32900

A consulting firm that provides skill based, optimized, cost effective analytical services in planning, design and implementation.

SRK Engineering fabrication and construction pvt ltd SRK Engineering fabrication and construction pvt ltd
Butwal 13 Jitgadhi
Butwal, 32907

trush i beam giril gate steel almuniyam and home solution & all metal work

Dakshinkali Consultants Dakshinkali Consultants
Butwal, Rupandehi
Butwal, 977

घर तथा अन्य संरचनाको नक‍्सा बनाउने तथा परामर्श लिने ठाउँ ।

Swargadwari Engineering Works Swargadwari Engineering Works
Tillottama-4, Rupandehi
Butwal

Hami kha aadhunik design ka sampurna iron ka channel gate, shutter, fancy gate,truss , I-Beam(prefab

Samunnat Nepal Engineering Pvt. Ltd. Samunnat Nepal Engineering Pvt. Ltd.
Butwal/4 Aadarshnagar
Butwal, 977

CONSULT . CREATE . CONSTRUCT

Delight Structural and Engineering Consultants Delight Structural and Engineering Consultants
Kalikanagar
Butwal

Delight engineering consultants is all about designing the steel structures of all kinds.

Concept design engineering  consultant pvt.ltd Concept design engineering consultant pvt.ltd
Butwal

Architectural and structural design of buildings with analysis ,cost estimation & valuation,planning

CompServe CompServe
Sukhanagar
Butwal, 32907

IT Expert services & consultation