Dr. Kumar Gurung

Dr. Kumar Gurung

You may also like

Femorex
Femorex
CMO Uttarkashi
CMO Uttarkashi

Hi, i am Dr. Kumar Gurung. I am an Orthopedic surgeon. I have created this page to provide awareness

23/04/2024

तातो हावा / लूबाट जोगऔं

जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका भू-भागहरूमा आगामी ५ दिन (२०८१ बैशाख १० गते देखि २०८१ बैशाख १४ गते) सम्म तातो हावा तथा तातो लहर (Heat wave) को सम्भावना रहको छ ।
सो को असरबाट बच्न नक्सामा रातो रंगले चिन्हित क्षेत्रहरुमा बसोबास तथा यात्रा गर्नेले उच्च सतर्कता अपनाउनु होला ।
विभागले पहाडी भू- भागका उपत्यका तथा खाँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेको पनि जनाएको छ ।

👉🏻 साथमा सधैभरी पानीको बोतल राखि राखौं ।

👉🏻 कागती पानी, नरिवल पानी, ताजा फलफूलको रस नियमित रुपमा सेवन गरौं।

👉🏻 हल्का र‌ङ्गको सुतीको कपडा लगाऔं।

👉🏻 टाउको ढाकी राख्न लगाऔं, कपडा, टोपी, छाताको प्रयोग गरौं।

👉🏻 गर्मीको समयमा पत्रु खाना (जङ्क फुड) को प्रयोग नगरौं। ताजा फल, सलाद र घरमै बनाएको खानेकुरा खाऔं।

👉🏻 दिउँसो १२ बजेदेखि ४ बजेसम्मको कडा घाममा घरबाहिर सकेसम्म निस्कन नदिऔं। बिहान वा साँझको समयमा खेलौं वा खेल्न लगाऔं।

👉🏻 यदि बालबालिकालाई रिंगटा लागेमा, वान्ता भएमा, धेरै टाउको दुखेमा वा सास फेर्न अप्ठ्यारो भएमा तुरुन्त नजिकैको अस्पताल वा स्वास्थ्य चौकी लैजाऔं।

11/04/2024
01/10/2022

२०७९ सालको महान चाड विजया दशमी, शुभदिपावली, नेपाल संवत् ११४३ तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण शुभ चिन्तक , साथी भाई तथा मलाई चिन्नु हुने सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दुछु ।।

डा. कुमार गुरुङ्ग/निलिमा लिम्बु गुरुङ्ग
तथा
समस्त गुरुङ्ग परिवार

Photos from Dr. Kumar Gurung's post 27/05/2022

Monkey Pox

28/12/2021

जाडोको बेला जान्नु पर्ने केही कुराहरु

12/10/2021

२०७८ सालको विजया दशमी,तिहार तथा छठ पर्बको उपलक्ष्यमा यहाँ र यहाँको परिवारमा सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
धन्यवाद
डा. कुमार गुरुङ्ग तथा परिवार

Photos from Dr. Kumar Gurung's post 29/09/2021
10/08/2021

के बालबालिकाले मास्क लगाउन जरुरी छ?

07/06/2021

बालबालिकाहरुलाई मानसिक रूपमा स्वास्थ्य कसरी राख्ने ?

15/04/2021

बैशाख ६ र ७ गते

14/04/2021

Happy New Year and Stay Safe

11/03/2021

कोभिड खोप लाउन मिल्छ की मिल्दैन?२२ प्रश्न र उत्तर

१. एसप्रिन वा/र क्लोपिलेट खानेले खोप लगाउन हुन्छ कि हुन्न?
– ढुक्क भएर लगाउन मिल्छ

२. रगत पातलो बनाउने औषधि वारफारिन खानेले लगाउन मिल्छ?
– आईएनआर माथिल्लो लिमिटभन्दा कम भएकाले लगाउन मिल्छ । खोप लगाई सकेपछि केही मिनेट खोप लगाएको ठाउँलाई थिचेर राख्न जरुरी हुन्छ ।

३. पेनिसिलिन एलर्जी भएकाले लगाउन मिल्छ कि मिल्दैन?
– लगाउन मिल्छ ।

४. मैले प्रेसरको दबाई खाइरहेको छु, के खोप लगाउन सकिन्छ?
– सकिन्छ ।

५. मैले मधुमेहको मुखबाट खाने दबाई र इन्सुलिन लिइरहेको छु, के मैले खोप लगाउन मिल्छ ?
– मिल्छ ।

६. मैले केही वर्ष पहिला स्तन क्यान्सरको अप्रेसन गरेको थिएँ, के खोप लगाउन मिल्छ?
– मिल्छ ।

७. मेरो केही समय पहिला एपेनडिक्सको अप्रेसन भएको थियो, मैले खोप लगाउन मिल्छ?
– मिल्छ ।

८. मैले क्यान्सरको केमो सकेको ३ महिना भयो, मैले खोप लगाउन मिल्छ?
– मिल्छ ।

९. मेरो बुवा ९३ वर्षको हुनुहुन्छ के गरौं?
– निर्धक्क खोप लगाउने ।

१०. म एचआईभी संक्रमित हुँ, एआरटी खाएको १२ वर्ष भयो, सबै ठिक छ । खोप लगाऊँ कि नलगाऊँ?
– लगाउने ।

११. मेरो मामाको पेटमा एनुरिजम छ, लगाउन मिल्छ ?

– मिल्छ ।

१२. मलाई रुघाखोकी लाग्या छ, खोप लगाउन मिल्छ ?
– कोभिड टेस्ट गराउनु पहिला, अनि सल्लाह गरौं ।

१३. मेरो बुवा मानसिक रोगको दबाइ खाँदै हुनुहुन्छ, खोप लगाउन हुन्छ ?
– लगाउन जरुरी छ ।

१४. मैले बाथको दबाई खाइरहेको छु के गरौं?
– खोप लगाउने ।

१५. मलाई कोभिड पोजिटिभ भएको १ महिना भयो, खोप लगाउनुपर्छ अब?
– लगाउनुपर्छ ।

१६. मैले प्रोस्टेट सम्बन्धी दबाई खाँदै छु, के गर्ने ?
– खोप लगाउने ।

१७. र मेरो स्पाइनल सम्बन्धी समस्या छ, दबाई खाँदै छु, के गर्ने ?
– खोप लगाउने ।

१८. मलाई किड्नी सम्बन्धी समस्या छ, दबाई खाँदै छु, खोप लगाउन मिल्छ?
– मिल्छ ।

१९. मैले डायलाइस गर्दै छु, के गरौं?
– खोप लगाउने ।

२०. मिर्गौला प्रत्यारोपण गरेको छु, के गर्ने ?
– लगाउने ।

२१. मलाई रक्त क्यान्सर देखिएको छ, उपचार गराउँदै छु, खोप लगाउनु कि नलगाउनु?
– आफ्नो उपचार विधि, अवस्था र रगतको जाँच गरेको रिपोर्ट देखाएपछि सरसल्लाहा मा ।

२२. मैले चिल्लो कम गर्ने दबाईको सेवन गर्दैछु, लगाउन मिल्छ ?
– लगाउन मिल्छ
डा.अनुप बास्तोला को फेसबुक बाट साभार।।।

27/01/2021

जानकारीको लागी

07/10/2020

कुन खोप के को लागी, कहिले लगाउने ..

24/08/2020

Covid 19 : RT PCR test
बारम्बार सोधिने प्रश्नहरू
1. RT PCR के हो?
Ans: Reverse Transcription Polymerase Chain Reaction
2. किन PCR Test केवल 67% विशिष्ट (Specific) छ, १००% छैन? यस्का कमजोरीहरू के हो?
Ans:
- नमूना संकलनको समयमा भाइरल लोड धेरै कम भएर
- नमुना संकलन गर्न नजानेर
- नमूनाको अनुचित ट्रान्सपोर्ट
- अनुचित प्रयोगशाला टेकनीक
त्यसैले उच्च क्लिनिकल शंका लागेमा परीक्षण दोहोर्याउनु पर्छ।
3. परीक्षणको सही अर्थ कसरी लगाईन्छ?
Ans: सहि व्याख्या –
कम्तिमा दुई वा बढि एन्टीजेन्स (antigens) त्यहि ऋि-एजेन्ट(reagent) र त्यहि प्रयोगशालाको साथ परीक्षण गरिनु पर्छ।
4. फल्स्- पोजेिटभ (False-positive) औने कुनै सम्भावना?
Ans: फल्स्- नेगेिटभ (false-negative) हुन सक्छ तर फल्स्- पोजेिटभ (False-positive) हुन सक्दैन ।
(परीक्षण दोहोर्याउनुहोस् - यदि उच्च शंका लागेमा)
5. COVID - 19 भाइरसमा कति प्रकारका एन्टिजेनहरू हुन्छन्?
Ans: COVID - 19 भाइरसमा छ प्रकारका एन्टिजेनहरू हुन्छन्:
- E
- S
- N
- ORF 1a
- ORF 1 b &
- RDRP.
6. कुन एन्टीजेन सबै कोरोना भाइरसमा पाइन्छ?
Ans: E
7. के सबै देशहरूले समान (same) एन्टीजेन्सको परीक्षण गर्छन्?
Ans: एन्टिजेनको परिक्षण एक देश देखि अर्को देशमा फरक हुन्छ। त्यसैले एक देशमा नेगेिटभ भएका व्यक्ति अर्को ठाउँमा पोजेिटभ हुन सक्छ । यो भाइरसको एन्टीजेन परीक्षणमा निर्भर गर्दछ।
8. के पोजेिटभ / नेगेिटभ रिपोर्ट पर्याप्त छ?
Ans: छैन, प्रमाणपत्रमा केवल पोजेिटभ / नेगेिटभ उल्लेख गर्नुको कुनै अर्थ छैन।
9. कसरी डाक्टरले प्रमाणित गर्न सक्छ कि बिरामी संक्रामक हो?
Ans: पोजेिटभ / नेगेिटभ रिपोर्टको साथ, डाक्टरले निम्न सर्तहरूमा प्रमाणित गर्न सक्षम हुनुपर्दछ कि व्यक्ति संक्रामक / गैर संक्रामक हो :
- बिरामीले एन्टिजेनको उपस्थिति बिना वा आईजीजी एन्टिबडीहरूको उपस्थिति प्रदर्शन गर्दछ।
- बिरामी एन्टिजेन परीक्षण नगरी १० दिन पछि एसिम्प्टोमेटिक (asymptomatic) हुन्छ।
- बिरामी दुई हप्ताको लागि पोजेिटभ छ र उनको ईएसआर(ESR), सीआरपी(CRP) सामान्य छन् ??
10. शरीरमा भाइरस कति दिन पछि पुनरुत्पादित (replicate)/ विकासको लागि उपयुक्त अवस्थामा(culturable) हुदैन?
Ans: १० दिन पछि भाइरस पुनरुत्पादित(replicable) हुदैन । त्यसैले १० दिन पछि परीक्षण आवश्यक पर्दैन।
Copied

Photos from Dr. Kumar Gurung's post 03/06/2020

First Aid..how to do

13/04/2020

नयॉं बर्ष २०७७ को उपलक्ष्यमा स्वोदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण इस्ट/मित्र, दाजू/भाई, दीदी/बहिनी तथा शुभ चिन्तकहरु प्रति सुख, शान्ति , सुस्वास्थ्य, दीर्घायु एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु
डा कुमार गुरुङ

08/04/2020

मुख्य लक्षणहरू

एक्कासी उच्च ज्वरो आउनु। ज्वरो ५-७ दिन सम्म रहन सक्छ। ज्वरो संगै तलका लक्षणहरू देखा पर्दछन्:
• आँखाको गेडी तथा टाउकोको पछिल्लो भागमा धेरै दुख्नु।
• शरीर कटकटी दुख्नु।
• शरीरमा बिविरा आउने र रक्तस्राव हुने।
• हाड, जोर्नी, तथा मांसपेशिहरु दुख्नु।
धेरै ज्वरो आई माथिका मध्ये दुई वा दुई भन्दा बढी लक्षणहरू देखा परेमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। यसका साथै वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, शरीरमा निलडाम देखापर्ने, बेहोश हुने आदि लक्षणहरु पनि देखा पर्न सक्छन्। यस्ता लक्षण देखा परेमा नजिकको स्वास्थ केन्द्र वा अस्पतालमा गएर जाँच गराऔ।

रोकथाम तथा डेंगु ज्वरोबाट बच्ने मुख्य उपायहरु :

• डेंगु रोगबाट बच्नका लागी लामखुट्टेको बृद्धि विकासमा नियन्त्रण गर्नु पर्दछ।
• आफु बस्ने ठाँउ वरिपरि फालिएका खाली बट्टा, टुटे फुटेका कप बोतल अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरु, पुराना टायर आदिमा पानि जम्न नदिने उपाय गर्नु पर्दछ।
• अनावश्यक पानी जमिहालेको खण्डमा हपताको २ पटक पानी वरिपरि डढेको मोविल वा मट्टितेल छर्कने र खानेपानीका ट्याङ्कीलाई पनि लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नु पर्छ। पानी टंकीलाई हरेक हप्ता खाली गरी सफा गर्नुपर्दछ।
• कुलरमा रहेको पानीमा प्रत्येक हप्ता १/२ चम्चा मट्टितेल हालिदिने गर्नुपर्छ र ५/५ दिनमा कुलरमा जम्मा भएको पानी साफा गर्नु पर्छ।
• फुलदानीमा रहेको पानी हप्तामा २ पटक फेर्नुपर्छ।गमलाको पानी पनि हप्तामा २ पटक सुक्न दिनुपर्छ।यदि सुकाउन सम्भव नभए २ चम्चा डढेको मोविल वा मट्टितेल हालिदिनु पर्दछ।
• लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएको पूरा शरीर ढाक्ने लुगा लगाउनु पर्छ। यसका साथै लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउनु पर्छ।

26/03/2020

अधिकांश क्लिनिक तथा हस्पिटल को ओ. पी.डि. सेवा बन्द भाको अवस्था लाइ ध्यानमा राखी आफ्नो स्वास्थ्य को बिषय मा कुनै परामर्श लिन परेमा एक चिकित्सक को नाता ले मलाई बिहान 9बजे देखि साझ 6 बजे सम्म मेरो messenger मा text गर्न सक्नु हुनेछ.
धन्यवाद!

विदेशबाट नेपाल फर्किएकी युवतीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि 23/03/2020

विदेशबाट नेपाल फर्किएकी युवतीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट फर्किएकी एक नेपाली विद्यार्थीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्...

22/03/2020
Mask for CORONA Virus in nepali 22/03/2020

Mask for CORONA Virus in nepali Dr Bhupendra Shah demonstrated the type and technique of mask suitable for corona virus prevention.

21/03/2020

I am not a hero. I am also scared just like you. I am going to Hospital cause I have vowed to treat the sick.

Want your practice to be the top-listed Clinic in Dharan?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Dharan

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 10:00 - 14:00
Sunday 09:00 - 17:00

Other Medical & Health in Dharan (show all)
Neelkantha Pharmacy,Dharan Neelkantha Pharmacy,Dharan
Camp Gate West
Dharan, 56700

Medical with surgical item.....

Tulsi Medical Hall Tulsi Medical Hall
Dharan-12, Chhata Chowk
Dharan, 00977

Dharan Eye Care Center,  Dharan-10, Putali line Dharan Eye Care Center, Dharan-10, Putali line
Dharan Eye Care Center Pvt. Ltd. Dharan 10, Putali Line
Dharan, 56700

All Eye Care Services @ a point

Medicine Update, 30th May-1st June, 2024 Medicine Update, 30th May-1st June, 2024
B. P. Koirala Institute Of Health Sciences
Dharan

Dharan Organic Health Enterprises Dharan Organic Health Enterprises
Dharan, Sunsari
Dharan

Jyoti Optical House Jyoti Optical House
Putali Line/9
Dharan, 977

LiZa pharmacy LiZa pharmacy
Dharan 18 Bpkihs
Dharan

Well come to Liza pharmacy

Holistic Herbs Dharan Holistic Herbs Dharan
Deep Path
Dharan

Organic non-side effect nutritious food suppliments

Amrit medical hall Amrit medical hall
Dharan 15
Dharan, 9825007172

Hello sir/myam how can i help you

Dharan Upachar Clinic Dharan Upachar Clinic
Dharan 15 Shaym Chowk
Dharan, 44600

Treatment for piles, fistula, hydrosil & sinuses from Ayuervedic process