Yoga Dhyan Shadhana
योगाभ्यास एवं अध्यात्म
ॐ
योग वाणी !
मनुष्य को मनोवृत्ति कहिले कसरी र कुन ? हेतुले परिवर्तन हुन्छ यसै भन्न सकिन्न ! तर जेजस्तो भएता पनि जनकल्याण निमित्त नैतिक परिवर्तन र आध्यात्मिक परिवर्तन भएको नहिच्किचाई राम्रो हो भनेरभन्न सकिन्छ !
ॐ
योग वाणी !
मुर्ख लाई मन्त्रणा र निमन्त्रणा गर्दा नत मूर्ख ले मन्त्र को महत्त्व नै बुझेर मन्त्रलाई गुप्त राख्न सक्छ ! नत निमन्त्रणामा नियम को सहि पलना नै गर्नसक्छ ! जे गर्छ उट्पटाङ्ग चैं भएनभएको अवश्य गर्छ । सत्य कुराको ज्ञान र यथार्थ को बोध नभएका मुर्ख लाई के भन्नू ? कुरै नबुझी जे पायो त्यही दर्शाउँछन् ।
ॐ
योग वाणी !
साधु लाई दुःख र कष्ट हुँदैन भन्न सकिन्न किनकि साधु जीवन असाध्य कष्टकर एवं दुःखदायी हो ! तर जस्तै बिकट संकट र प्रलय को परिस्थिति आइलागे पनि साधुले मुसुक्क मुस्कुराउँदै त्यसलाई परपरै उडाई दिन्छ सामना गर्ने आवश्यक नै पर्दैन ।
ॐ
योग वाणी !
दाता ले त आफू अनुरुप राम्रो नराम्रो मिठो नमिठो मनपर्ने मननपर्ने उपयोगी अनुपयोगी जे पनि दान दिन्छन् ! लिने ले लिन सक्नुपर्छ तर ईच्छा र याचना अनुसारको दान त अनायासै .....
ॐ
संस्कृत भाषा मा सपथ लिने नेपाल कै पहिलो धार्मिक नेता माननीय सांसद किरण कुमार शाह- ज्यु ले संकृत भाषामा सपथ लिएर नेपालको राजनीति मा नयाँ कृति रचना गर्नु भएको मा शुभकामना का साथसाथै धन्यवाद !
प्रजा सुखी भए भने राजा पनि सुखी हुन्छ र प्रजा दुःखी हुँदा राजा पनि दुःखी हुन्छ त्यसैले कुनै पनि स्थिति परिस्थिति र हालतमा पनि प्रजा लाई सन्तुष्ट राख्नु राजाको कर्तव्य हो भन्ने भावना सबै राजनैतिक मा जग्रित हुनुपर्छ ।
ॐ
रोटी र धोती का लागि धौधौ हुन्छ आफूलाई साधु हुँ भन्न पनि जालमर्दो हुने कुरा कसरी भन्नु ?
ॐ
योग वाणी !
देशभित्र भएको धार्मिक र राजनैतिक आन्तरिक आपसी मतभेद कै कारणले गर्दा वैदेशिक निति र परधर्म को वर्चस्व कायम भइसक्यो र पनि चेतना खुलेको छैन ।
संस्कृत भाषामा सपथ लिने नेपालकै पहिलो माननीय सांसद किरणकुमार साहसंग जंगी बाबाको एक पोज ।
ॐ
योग वाणी !
सम्बन्ध पनि जगत जंजाल को परिधिभित्र बाँधिने एउटा शुत्र मात्र हो र प्रायःजसो सम्बन्ध हरू जोडिने र टुक्रिने गर्दछन् । तर आत्मियता यस्तो अटुट सम्बन्ध हो जो एकपटक जोडिए पछि युगौं पर्यन्त सम्म पनि अटुट नै रहन्छ ।
ॐ
योग वाणी !
राम्रो काम गर्न खोज्नेलाई प्रायःजसो आफन्तले नै सर्वत्र विरोध गर्छन् र बिचमै बाधा पुर्याएर कार्यलाई अवरुद्ध गरेर गरिखान नसक्ने गरि अपांग बनाएर भकुण्डो उफारेर फ्याँके झैं फालिदिन्छन् तर नराम्रो र दुई नम्बरी काम गर्नेलाई शत्रु ले पनि हातमा हात मिलाएर साथ दिन्छन् !
यस्तै छ वर्तमानको परिस्थिति ।
ॐ
योग वाणी !
सत्ययुग मा स्वर्ग का देवता ले पृथ्वी मा आएर राजा हरिश्चन्द्र को पुण्यप्रताप द्वारा प्राप्त भएको पुण्यप्रसाद ले पृथ्वी लोकका सबै प्राणी हरूलाई स्वर्ग द्वार खुल्ला गरिएको छ ! हाम्रो पुष्पक विमान तपाईंहरूलाई लिन आएको हो हिंड्नुहोस् स्वर्गमा तपाईंहरूलाई ससम्मान स्वागत छ ! भन्दा सुंगुरले सोधेछ के तपाईंको स्वर्गमा नर्क खान पाइन्छ ? देवता ले उत्तर दिंदै भने स्वर्गमा त अमृत मात्र पाइन्छ अरू पाइदैन भन्दा सुंगुरले भनेछ त्यसो हो भने नर्क खान नपाउने ठाउँमा सुँगुर जाति नजाने भनेर इन्कार गरेछ र स्वर्ग देखि बन्चित भएछ । तर विडम्बना यस्तो छ कि त्यही सुगुर
घोर कलियुगमा आएर उही नर्कमा बसेर नर्कै खाएर स्वर्ग को अधिकार मा दाबी गर्दै दलबल सहित स्वर्गमा आक्रमण गर्दै रहेछ ।
सुन्दा र देख्दाअचम्म मात्रै नभएर तीन छक्क कुरा
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Telephone
Website
Address
संगम चोक, बजार शिरान
Jhapa District
Rupa Medical Hall has been providing pharmacy services to people in Mechinagar Municipality since the last 20 years. We have a well equipped pathalogy lab, video xray USG services ...
Durga Mandir Purba
Jhapa District, 57204
Medicine and Doctors home delivery
Barhadashi-2, Rajgadh Bazzar, Opp. Rajgadh Hulak
Jhapa District
Senior Opt. Officer and consultant Optometrist & Ocularist worked in Mechi & Drishti Eye Hospital
Damak
Jhapa District, 57217
Book your physiotherapy treatment appointment at the comfort of your home with well-experienced physiotherapist across Nepal at affordable price. FREE ONLINE CONSULTATION.