सोंथर बेँसी फार्महाउस एन्ड होमस्टे / Sothar Besi Farmhouse & Homestay

सोंथरबेशी फार्महाउस एण्ड लजको अधिकार

Photos from सोंथर बेँसी फार्महाउस एन्ड होमस्टे / Sothar Besi Farmhouse & Homestay's post 28/07/2023
11/06/2023

उमेश गुरुङ
वडा सदस्य मादी - १० , कास्की

Photos from सोंथर बेँसी फार्महाउस एन्ड होमस्टे / Sothar Besi Farmhouse & Homestay's post 06/06/2023

गर्मी छल्न सोंथर बेँसी (सुन्दर बेँसी) पुग्न सकिन्छ । वार्दी खोलाको सफा पानीमा पौडी खेल्दै आनन्द लिन सकिन्छ ।
पोखरा बाट जम्मा ३० किमि मात्र । पोखरा -२६ बिजयपुर कालिका सौरे भगवतीटार थुम्सीकोट मकैखोला कयारे ढोडेनी लुम्दी हुँदै सवारी साधनमा सजिलै पुग्न सकिने ।

Photos from सोंथर बेँसी विकास समिति-Sbdc's post 06/06/2023
28/04/2023

फार्महाउस नजिकै रहेको वार्दी खोला.........

Photos from सोंथर बेँसी फार्महाउस एन्ड होमस्टे / Sothar Besi Farmhouse & Homestay's post 27/04/2023

सोंथर बेँसी फार्महाउस तथा होमस्टे द्वारा आयोजित Open 4A Side Football Tournament & Free Health Camp
(2080 Baishakh 8 & 9)
# फुट्बल तर्फ : २१ टीम सहभागी (कास्की, लमजुङ र पोखरा)
प्रथम = लम्तरी युवा क्लब मादी -१० भाचोक (पुरस्कार २५,०००/- ,शिल्ड मेडल र प्रमाणपत्र) , दृतिय = आर पि गाइज पोखरा -२७ (पुरस्कार १५,०००/- ,शिल्ड मेडल र प्रमाणपत्र)

# निशुल्क स्वास्थ्य शिबिर तर्फ : मादी ८ ,१० र ९ नं. वडाका २०९ जनाको चेकजाँच (प्रायोजन : पोखरा हस्पिटल प्रालि, पोखरा -१० अमरसिङ चोक)

Photo : Ashish Gurung

सोंथर बेँसीमा सम्पन्न 4A साइड फूटबल प्रतियोगिताको उपाधि मादी -१० भाचोक लाई: दोस्रो विजेतामा आर प 26/04/2023

प्रथम बिजेता लम्तरी युवा क्लब मादी -१० भाचोक र दोस्रो बिजेता आर पि गाइज पोखरा -२७ लाई हार्दिक बधाई .........

सोंथर बेँसीमा सम्पन्न 4A साइड फूटबल प्रतियोगिताको उपाधि मादी -१० भाचोक लाई: दोस्रो विजेतामा आर प बैशाख १०, पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ र १० को सिमानामा पर्ने सोंथर बेँसीमा सम्पन्न खुल्ला 4A साइड फ...

Photos from सोंथर बेँसी फार्महाउस एन्ड होमस्टे / Sothar Besi Farmhouse & Homestay's post 26/04/2023

हार्दिक आभार ............
हामी सोंथर बेँसी फार्महाउस एन्ड होमस्टेले सोंथर बेँसी साथै त्यहाँ सन्चालित फार्महाउस एवम् होमस्टेको प्रवर्धन तथा प्रचारप्रसार गर्ने उदेश्यले यहि मिति २०८० बैशाख ८ र ९ गते आयोजना गरेको फूटबल प्रतियोगितामा हाम्रा तपशिलका शुभचिन्तक ज्युहरुले आर्थिक सहयोग गर्नुभएकोमा सबै सहयोगी दाताहरु प्रति हामी आभार प्रकट गर्दछौँ ।
तपशिल............
१, विमल बस्याल पोखरा -१४ , पोखराका प्रतिस्ठित ब्यवसायी तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि = २५,०००/-
२, आस बहादुर थापा मादी -८ लुम्दी हाल सन्चालक होटेल क्रीस पोखरा -३१ बेगनास माझिकुना =१५,०००/-
३, समाजसेवी नर बहादुर गुरुङ नागीधार चौतारीडाँडा हाल काठमान्डौँ =१०,०००/-
४, प्रताप गुरुङ नागीधार चौतारीडाँडा हाल काठमाडौं =१०,०००/-
५, राम बहादुर गुरुङ नागीधार चौतारीडाँडा हाल पोखरा =५,०००/
६, किरण बराल वडाध्यक्ष पोखरा -१३ = २ थान फुटबल सहयोग
७, भवसागर बराल नेपाली कांग्रेस पोखरा महानगरपालिका उपसभापति = १ थान फुटबल सहयोग

Photos from सोंथर बेँसी फार्महाउस एन्ड होमस्टे / Sothar Besi Farmhouse & Homestay's post 22/04/2023

आज बैशाख ९ गते शनिवार १०:०० बजेदेखि ५ :०० बजेसम्म सोंथर बेँसीमा हुने निशुल्क स्वास्थ्य शिबिर मा सहभागी भइ स्वास्थ्य लाभ लिनु होला !!! चेकजाँच गर्न आउने प्रत्येक लाई हस्पिटलको कार्ड दिइने र सो कार्डको आधारमा १ वर्स सम्म विशेष छुट समेत गराइने हस्पिटलले जनाएको छ । यो अवसर सबैले लिनुहोला । आ आफ्नो छरछिमेकमा सबैले खबर गरिदिनु होला ।
साथै हिजो बाट सोंथर बेँसीमा शुरु भएको २१ टीम सहभागी फुटबल प्रतियोगिता को समेत आज फाइनल हुने भएको छ ।

21/04/2023

पोखरा निबासी हाम्रा शुभचिन्तक समाजसेवी रामबहादुर गुरुङ् बाट ५ हजार सहयोग

हामी सोंथर बेँसी फार्महाउस एन्ड होमस्टेले २०८० बैशाख ८ गतेबाट आयोजना गरेको २१ टीम सहभागी खुल्ला 4A साइड फूटबल प्रतियोगिता सफल पार्न नागीधार चौतारीडाँडा पुर्ख्यौली घर भइ हाल पोखरा बसोबास गर्नुहुने हाम्रा शुभचिन्तक, नादा तमु समाज हङकङका पुर्व अध्यक्ष समेत रहनुभएका समाजसेवी रामबहादुर गुरुङले ५ हजार आर्थिक सहयोग गर्नुभएको छ । आदरणीय सहयोगी ब्यक्तित्व रामबहादुर गुरुङ प्रति हामी आभार प्रकट गर्दछौँ ।

सोंथर बेँसी फार्महाउस एन्ड होमस्टे परिवार

20/04/2023

सोंथर बेँसीमा हुने 4A साइड फूटबल प्रतियोगिताको तयारी पुरा , २१ टीम सहभागी, भोलि बैशाख ८ गते पहिलो खेल नागीधार र भाचोक बिच हुने ।

कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ र १० को सिमानामा पर्ने सोंथर बेँसीमा आयोजना गरिएको खुल्ला 4A साइड फूटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।

मादी -८ मा पर्ने नागीधार ,पाखुरीकोट गाउँ र मादी -१० मा पर्ने भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सो बेँसीमा हुने प्रतियोगितामा कास्की ,लमजुङ र पोखराको टीम गरी २१ टीमले दर्ता गराएको खेल संयोजक किशान बिकले जानकारी दिएका छन् ।

भोलि ८ गते बाट सुचारु हुने उक्त प्रतियोगिताको पहिलो खेल नागीधार भुपु र लम्तरी युवा क्लब भाचोक बिच हुने प्रतियोगिताका सहसंयोजक बिशाल घलेले जानकारी दिए ।

प्रति टीममा ४ जना खेलाडी साथै ३ जना बैकल्पिक हुनेछन् ।

प्रतियोगितामा बिजेता टीम लाई नगद २५ हजार , उपबिजेता लाई नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

सोंथर बेँसी फार्महाउस एन्ड होमस्टेको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता सम्पन्न गर्न २ लाख बढि अनुमानित खर्च लाग्ने आयोजक सोंथर बेँसी फार्महाउस एन्ड होमस्टे समुहका सदस्य एवम् सोंथर बेँसी विकास समितिका उपाध्यक्ष आस बहादुर गुरुङले बताए


प्रतियोगिताको अवसर पारेर ९ गते शनिवार निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम त्यस्तै त्यस क्षेत्रका विभिन्न गाउँहरुमा सन्चालित होमस्टे तथा फार्मस्टे हरु विच एक आपसमा समन्वय गर्न अन्तरक्रिया कार्यक्रम समेत राखिएको होमस्टे समुहका अध्यक्ष ओम प्रकाश गुरुङले बताएका छन् ।

सोंथर बेँसी फार्महाउस एन्ड होमस्टे र सोंथर बेँसी विकास समितिको संयुक्त आयोजना तथा मादी ८ र १० को समन्वयमा पोखरा हस्पिटल प्रालि अमरसिङले निशुल्क स्वास्थ्य शिबिर समेत सन्चालन गर्ने छ ।

शिबिरमा आँखा, दाँत , हाड जोर्नी नसा, पेट फिस्टुला, मुटु, महिला तथा बालबालिकाको समस्य, मानसिक समस्य लगायतको चेकजाँच हुनेछ । साथै चेकजाँच गर्न आउनेलाई हस्पिटलले कार्ड समेत दिइने र उक्त कार्डको आधारमा १ वर्ससम्म हस्पिटलमा चेकजाँच गर्दा विशेष छुट दिइने हस्पिटलले जनाएको छ ।

सोंथर बेँसीको प्रवर्धन साथै सोंथर बेँसीमा सन्चालित सोंथर बेँसी फार्महाउस एन्ड होमस्टेको प्रचारप्रसारका लागी प्रतियोगिता आयोजना गरिएको मादी ८ का जनप्रतिनिधि एवम् सोंथर बेँसी विकास समितिका अध्यक्ष समेत रहेका ओम प्रकाश गुरुङले बताएका छन् ।

सोंथर बेँसी कृषि र पर्यटनको ठुलो सम्भावना रहेतापनि प्रचारप्रसारको अभावमा पछि परेको भन्दै समय समयमा यस्ता विभिन्न प्रवर्धनात्मक कार्यक्रमहरु गरिराख्नु पर्ने गुरुङले बताए ।

लम्तरी डाँडा र सबुपोखरी डाँडा जस्ता आकर्षक र एतिहासिक महत्व बोकेको डाँडाको फेदमा वार्दी खोला संगै लामो क्षेत्रफलमा फैलिएको छ सोंथर बेँसी । सबुपोखरी डाँडामा रहेको ताल हो । उक्त पोखरी तालको पानी जस्तो सुकै खडेरी लाग्दा समेत नसुक्ने र जस्तो सुकै ठुलो पानी पर्दा समेत बगेर नजाने विशेषता रहेको पाइन्छ । सो ताल वरिपरी डाँडामा पुस माघ तिर पानी पर्दा हिउँ पर्छ भने चैत बैशाखतिर विभिन्न थरीका लालीगुराँसहरु फुल्ने गर्छन् । त्यस्तै लम्तरी डाँडामा समेत विभिन्न थरीका लालीगुराँस फुल्ने गर्छन् भने सो डाँडामा पहिले बाइसे चौबिसे राजाहरुको पालामा दरबार बसेको किम्ब दन्ती रहेको पाइन्छ । त्यहाँ हाल ब्यवस्थित लम्तरी माईको मन्दिर समेत निर्माण गरिएको छ भने त्यहाँ पुगेका पर्यटकका लागी धर्मशाला ठाँटी र खानेपानी तथा बिजुलीको समेत ब्यवस्था रहेको छ । त्यस्तै सोंथर बेँसी नजिकै मिजुरेको आकर्षक भालेचुचुरा डाँडा समेत रहेको हुँदा निकट भविष्यमा सोंथर बेँसी , लम्तरी, सबुपोखरी , भालेचुचुरा, मिजुरेडाँडा, क्रपुडाँडा लगायत लाई समेटेर इको टुरिजम पुर्वाधारको रुपमा ब्यवस्थित ट्रेकिङ रुट समेत विस्तार गरी सो क्षेत्रमा पर्यटन प्रवर्धन गर्न सकिने गुरुङ्ले बताएका छन् ।

यस अघि सोंथर बेँसी विकास समितिको आयोजनमा २०७९ फागुन १ ,२ र ३ गते एतिहासिक सोंथर बेँसी टारी बजार मेला समेत सम्पन्न गरिएको थियो ।

३५ वर्स अघि निकै प्रख्यात रहेको सोंथर बेँसी मेला थप परिस्कृत गर्दै पुन ३५ वर्स पछि आयोजना गरिँदा गाउँबासीहरु निकै खुशी भएको र मेलाले सोंथर बेँसी लगायत सो क्षेत्रको राम्रो प्रचार गरेको सोंथर बेँसी विकास समितिकी कोषाध्यक्ष रमा क्षेत्रीले बताएकी छिन् ।

पोखरा बाट ३० किलोमिटरको दुरीमा पर्ने सोंथर बेँसी विभिन्न ठाउँहरु बाट सजिलै पुग्न सकिन्छ । पोखरा -२६ बिजयपुर बाट कालिका सौरे भगवतीटार हुँदै थुम्सीकोट २० किलोमिटरमा पुगिन्छ । पोखरा -१३ भद्रकाली चोक बाट काहुँखोला कसेरी चितेपानी भैंसे तारकाङ बेँसी बाट भगवतीटार हुँदै थुम्सीकोट १८ किलोमिटरमा पुगिन्छ । त्यस्तै पोखरा -३१ बेगनास बाट स्याङखुदी सौरे भगवतीटार हुँदै थुम्सीकोट १६ किलोमिटरमा पुगिन्छ । त्यस्तै लमजुङको भोर्लेटार करापुटार बाट कल्याङबेँसी हुँदै मुग्रीबेँसी भएर पनि थुम्सीकोट पुगिन्छ । थुम्सीकोट बाट मकैखोला कयारे ढोडेनी भाचोक लुम्दी गाउँ हुँदै १० किलोमिटरमा सोंथर बेँसी सजिलै पुगिन्छ । हाल पोखरा बाट सोमबार र शुक्रवार गरी हप्ताको २ दिन सोंथर बेँसी बस समेत सन्चालन भएको सोंथर बेँसी विकास समितिका सचिव डिल्लीराज गिरीले बताए । ८ गतेबाट हुने फुटबल कार्यक्रम अवधिभर भने पोखराबाट नियमित बस आवतजावत हुने गिरीले बताए ।

सोंथर बेँसीमा हाल फार्महाउस तथा होमस्टेहरु समेत सन्चालनमा रहेको छ । ठुलो टारी फाँटमा फैलिएको सोंथर बेँसी नजिकै लेक बाट बगेर आएको वार्दी खोला र पशुचौपायका गोठहरु समेत रहेकोले सोंथर बेँसीमा पुगेका जोकोहि आनन्दित हुने सोंथर बेँसी विकास समितिका सल्लाहकार इमनाथ अधिकारीले बताए ।

सोंथर बेँसीमा बग्ने वार्दी खोलामा दुवाली थुनेर असला माछा मार्दै पौडी खेल्दै आनन्द लिन सकिने छ । बेँसीको सिरान देखि पुछार सम्म सबै समयमा वार्दी खोलाको पानी ल्याउन सकिने र खेतका गराहरु समेत समथर रहनुका साथै अन्नबाली समेत राम्रै फल्ने हुँदा कृषिको प्रचुर सम्भावना रहेकोले आफुहरु कृषिमा सक्रिय पुर्वक लागेको सोंथर बेँसी कृषक समुहका अध्यक्ष इन्द्र गिरीले बताए । समुहले कृषि ज्ञान केन्द्र कास्कीको विउ अनुदान सहयोगमा यस वर्स मात्रै ३ हजार केजी आलु विउ लगाई आलु उत्पादन गरी बिक्री समेत गरेको गिरीले बताए ।

19/04/2023

सुचना :-
सोंथर बेँसीमा यहि मिति २०८० बैशाख ८ गते बाट हुने फूटबल कार्यक्रम र ९ गते हुने निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम लाई लछित गरेर पोखरा बाट जम्मा ३० किमि टाढा रहेको सोंथर बेँसी भोलि बैशाख ७ गतेबाट कार्यक्रम अवधिभर प्रत्येक दिन दिउँसो १ बजे अमरसिङ चोक बाट छुटी बस आवतजावत हुने भएको ब्यहोरा सबैमा जानकारी गरिन्छ ।

# अ्मरसिङ बाट दिउँसो १ :०० बजे छुट्ने र
# सोंथर बेँसी बाट बिहान ८:०० बजे छुट्ने
सम्पर्क : समिर तिमिल्सिना 9856070794
क्यु संयोजक राखीमिजुरे बस सन्चालन समित

Photos from सोंथर बेँसी फार्महाउस एन्ड होमस्टे / Sothar Besi Farmhouse & Homestay's post 18/04/2023

जनकल्याण मावि मकैखोलाका शिक्षक , विब्यस टीम ......
२०८०/०१/०५

18/04/2023

सोंथर बेँसीमा बैशाख ९ गते शनिवार हुने निशुल्क स्वास्थ्य शिबिर बारे सम्पुर्णमा सुचना !!! चेकजाँच गर्न आउने प्रत्येक लाई हस्पिटलको कार्ड दिइने र सो कार्डको आधारमा १ वर्स सम्म विशेष छुट गराइने हस्पिटलले जनाएको छ । यो अवसर सबैले लिनुहोला । आ आफ्नो छरछिमेकमा कृपया सबैले खबर गरिदिनु होला ............

17/04/2023

काठमाडौं निबासी हाम्रा शुभचिन्तक समाजसेवी प्रताप गुरुङ् बाट १० हजार सहयोग

हामी सोंथर बेँसी फार्महाउस एन्ड होमस्टेले २०८० बैशाख ८ गतेबाट आयोजना गरेको खुल्ला 4A साइड फूटबल प्रतियोगिता सफल पार्न नागीधार चौतारीडाँडा पुर्ख्यौली घर भइ हाल काठमाडौं बसोबास गर्नुहुने हाम्रा शुभचिन्तक समाजसेवी प्रताप गुरुङले १० हजार आर्थिक सहयोग गर्नुभएको छ । आदरणीय सहयोगी ब्यक्तित्व प्रताव गुरुङ प्रति हामी आभार प्रकट गर्दछौँ ।

सोंथर बेँसी फार्महाउस एन्ड होमस्टे परिवार

Photos from सोंथर बेँसी फार्महाउस एन्ड होमस्टे / Sothar Besi Farmhouse & Homestay's post 17/04/2023

सम्पुर्ण इच्छुक खेलाडी साथीहरु लाई समयमै आफ्ना टीम दर्ताका लागी अनुरोध छ .!!!!

Photos from सोंथर बेँसी फार्महाउस एन्ड होमस्टे / Sothar Besi Farmhouse & Homestay's post 16/04/2023

सम्पुर्ण खेलाडी , दर्शक , अतिथि तथा शुभचिन्तक हरुमा सादर निमन्त्रणा एवम् सुचना .........
टीम दर्ता अन्तिम मिति : २०८० बैशाख ६ गतेसम्म
Tie Sheet प्रकाशन : २०८० बैशाख ७ गते
खेल सन्चालन : २०८० बैशाख ८ गते ठिक १० बजेबाट
निशुल्क स्वास्थ्य शिबिर : २०८० बैशाख ९ गते १० बजेदेखि ५ बजेसम्म

14/04/2023

काठमाडौं निबासी हाम्रा शुभचिन्तक समाजसेवी नरबहादुर गुरुङ् बाट १० हजार सहयोग ...............

हामी सोंथर बेँसी फार्महाउस एन्ड होमस्टेले २०८० बैशाख ८ गतेबाट आयोजना गरेको खुल्ला 4A साइड फूटबल प्रतियोगिता लाई भब्य सब्य रुपमा सफल पार्न मादी गा. पा. -८ नागीधार चौतारीडाँडा पुर्ख्यौली घर भइ हाल काठमाडौं बसोबास गर्नुहुने हाम्रा शुभचिन्तक समाजसेवी नर बहादुर गुरुङ तथा उहाँका परिवार ले १० हजार आर्थिक सहयोग गर्नुभएको छ । आदरणीय सहयोगी ब्यक्तित्व नर बहादुर गुरुङ र उहाँका परिवार प्रति हामी आभार प्रकट गर्दछौँ ।

सोंथर बेँसी फार्महाउस एन्ड होमस्टे परिवार

सोंथर बेँसीमा बैशाख ८ गते बाट खुल्ला 4A साइड फूटबल प्रतियोगिता हुने - Nepalayanews 12/04/2023

सोंथर बेँसीमा बैशाख ८ गते बाट खुल्ला 4A साइड फूटबल प्रतियोगिता हुने - Nepalayanews पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ र १० को सिमानामा पर्ने सोंथर बेँसीमा अगामी बैशाख ८ गते शुक्रवार बाट ख...

08/04/2023

खेलप्रेमी सम्पुर्ण खेलाडी साथै दर्शक महानुभावहरुमा हार्दिक निमन्त्रणा ............

30/03/2023

सम्पुर्ण कृषक दाजुभाइहरुको लागी यो अवसर नगुमाउनु होला । यहि चैत २१ गते सोंथर बेँसी गइ आफ्न पशु सम्बन्धी सम्पुर्ण समस्य हरु राखौँ, आवश्यक थप परमर्श लिउ साथै औसाधी समेत वितरण गरिने हुँदा सबै सहभागी बनौँ साथै आफ्न टोल छरछिमेक सबै लाई सुचना गरौँ ।

28/03/2023
22/03/2023

जानकारीका लागी............

Photos from सोंथर बेँसी फार्महाउस एन्ड होमस्टे / Sothar Besi Farmhouse & Homestay's post 20/03/2023

सोंथर बेँसी मा उत्पादन भएको आलु .........

23/02/2023

मादी १२ भगवती टारमा प्रथम आलु महोत्सबको तयारी तिब्र

गाउँले मिडिया

ऋषिराम रानाभाट

पोखरा, ८ फागुन । कास्की जिल्लाको मादी गाउँपालिका वडा नं.१२ भगवती टारमा प्रथम आलु महोत्सबको तयारीलाई तिब्र पारिएको छ ।
आगामी फागुन १३ गते हुन गइरहेको आलु महोत्सव सम्पन्न गर्न विभिन्न ५ वटा उपसमिति गठन गरी उपसमिति मार्फत तयारीलाई तिब्रता दिइएको मूल समारोह आयोजक समितिका संयोजक प्रकाश आचार्यले बताए ।
भगवती टार आलु महोत्सव आयोजक समितिको आयोजनामा आगामी फागुन १३ गते हुने आलु महोत्सवको मूख्य उद्धेश्य भगवती टारको जग्गा आलुको लागि अति नै उर्वरा भूमि भएको यस क्षेत्रलाई मादी गाउँपालिकाको पकेट एरियाको रुपमा विकास गर्ने मूख्य उद्धेश्य रहेको आचार्यले बताए ।
भगवती टारमा अर्गानिक आलु उत्पादन हुन्छ भन्ने स्थानको पहिचान गर्नुका साथै आगामी दिनमा संघिय सरकारसँग मादीको पानीलाई प्रयोग गर्दै सिंचाइको व्यवस्था गरी आलुको अलवा अन्य तरकारी तथा फलफुल उत्पादन गर्ने पनि योजना रहेको उनले बताए । यस महोत्वसले यस क्षेत्रका कृषकहरुको आय आर्जनमा समेत थप टेवा पुग्ने विश्वसा आयोजकले लिएको छ ।
आलुबाट बनेका परिकारहरु, आलु सँग सम्बन्धित खुल्ला भजन प्रतियोगिता, ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिका साथै विविध सांस्कृतिक कार्यक्रमहरु महोत्सवका आकर्षणका कार्यक्रम रहेको संयोजक आचार्यले जानकारी दिए ।
यसै गरी खूल्ला भजन प्रतियोगितामा प्रथम पुरस्कार ८ हजार, द्धितिय पुरस्कार ५ हजार, तृतिय पुरस्कार ३ हजार र सहभागी समूहरुलाई सहभागी प्रमाण पत्र दिइने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा १५ समूहको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ ।
भगवती टार जाऔं, अर्गानिक आलुका परिकारमा रमाऔं भन्ने नाराका साथ हुन गइरहेको मादी गाउँपालिका सह आयोजकको रहेको महोत्वसमा करिब २ लाख ५० हजार खर्च हुने र बाँकी बचत रकम हराभरा भगवती कृषक समूहको कोषमा जम्मा गरी कृषकको लागि कृषि कार्यमा खर्च गरिने उनले बताए ।
सबै सामाजिक संघ संस्थाहरुलाई पत्रचार गरिसकिएको बताउँदै महोत्वसमा कम्तिमा पनि ७ सय दर्शकले महोत्वसको अवलोकन गर्ने उनले बताए ।
महोत्सवमा पूराना लोप हुँदै गएका ढिकी, जाँतो, सन्जेकी, मधुस, सिको, रोचा लगाएतका सामग्रीहरु प्रदर्शनीमा राखिने मुल समारोह आयोज समितिका सदस्य मनोज खत्रीले बताए ।

Photos from सोंथर बेँसी फार्महाउस एन्ड होमस्टे / Sothar Besi Farmhouse & Homestay's post 19/02/2023

सोंथर बेँसी टारी बजार मेला २०७९ फागुन १,२,३ को अवसरमा आयोजित **सोंथर बेँसी तथा त्यस क्षेत्रको पर्यटन प्रवर्धन** विसयक अन्तरक्रिया कार्यक्रम सम्पन्न......
महत्वपुर्ण ब्यक्तिहरुको उपस्थिति ...
# माननीय ज्युहरु
# स्थानीय जनप्रतिनिधिहरु
# नेपाल पर्यटन बोर्ड गन्डकी
# टान गन्डकी
# एक्याप प्रतिनिधि
# पत्रकार हरु
# लेखक हरु
# स्थानीय सामाजिक अगुवाहरु

आयोजक : सोंथर बेँसी विकास समिति

14/02/2023

https://m.facebook.com/story.php?story_fbid=621844976618776&id=100063798380485&mibextid=Nif5oz

साेथर वेसि विकास समितिकाे आयाेजनामा साेथर वेसि टारी वजार कृषि ,पर्यटन ,संस्कृति तथा खेलकुद मेला फागुन १ गते वाट संचालनमा आएकाे छ । मादी गाउपालिका वडा न ८ मा पर्ने नागिधार , पाखुरिकोट गाउ र वडा न १० मा पर्ने भाचोक गाउको संगम स्थल हो सोथर बेसी ( सुन्दर बेसी ) | स्थानीय स्तरकाे विकास ,स्थानिय उत्पादनलाई वजारिकरण ,स्थानीय पशुचाैपायकाे प्रदर्शनी साथै पर्यटन प्रबर्दनका लागि टेवा पुग्ने उदेश्यका साथ मेला आयाेजना गरिएकाे हाे । मेलामा स्थानिय कलाकारहरूकाे विशेष प्रस्तुति रहेको छ भने वडा तथा गाउँ स्तरीय भलिबल प्रतियाेगिता , भजन प्रतियाेगिता , ठेलाे हान्ने प्रतियाेगिता, सामुहिक नृत्य प्रतियाेगिता , वकतित्वकला प्रतियाेगिता रहेकाे छ । मेलामा अतिथिहरूलाई स्वागत गर्दै मेलाका संयाेजक एंवम साेथर विकास समितिका अध्यक्ष ओमप्रकाश गुरूङले स्थानीय स्तरमा गरिएकाे मेलाले एक अर्को विच भेटघाट चिन्जान र आत्मिएता वडने वताउदै यस क्षेत्रकाे विकासका लागि मेला आयाेजना गरिएकाे वताउनु भएकाे छ । स्थानीय उत्पादन , स्थानीय संस्कृति , खेलकुदमा समेत टेवा पुग्ने उदेश्य रहेकाे जानकारी गराउदै । कास्की जिल्लाकाे सदरमुकाम पाेखरा वाट नजिकै रहेकाे याे सुन्दर वेसि वति मुनिकाे अध्यारो भएका कारण स्थानिय सरकार ,प्रदेश सरकार र केन्द्रीय सरकारले ध्यान दिनुपर्ने कुरा राख्दै पर्यटन , कृषि र संस्कृतिको जगेर्ना का लागि यी र यस्ता पछाडिएका क्षेत्रमा विशेष ध्यान दिन आग्रह गर्नु भएकाे छ । आफ्ना बाउ-वाजेले पहिला पहिला यहि ठाउँमा मेला गर्ने गरेकाे र करिव ३५ बर्ष पहिलावाट मेला संचालन नभएकाे वताउदै अब वाट मेला संचालन गरेकाे र आगामी बर्षमा समेत मेला आयाेजना गर्ने उदेश्य रहेकाे वताउनुभएकाे छ । मेला सफल पर्ने स्थानीय वुवा आमा दाजुभाइ तथा दिदिबहिनीहरूकाे ठुलाे भुमिका रहने हुदा सवैकाे साथ र सहयाेगकाे अपेक्षा राखेकाे वताउदै मेलामा सवैलाई उपस्थिति भइ मेलालाई सफल गराउन समेत अनुरोध गर्नु भएकाे छ । मेलाकाे उद्घाटन प्रमुख अतिथि मादि गाउँपालिकाका अध्यक्ष देविजंङ गुरूले गर्नु भएकाे थियाे प्रमुख अतिथिको मन्तव्य राखदै गुरूङले स्थानीय स्तरमा सडक विस्तारले विकासमा ठुलाे भुमिका खेल्ने र सडक विस्तारका लागि गाउँपालिकाले विशेष याेजना वनाई अगाडि बडेकाे ,कृषि उत्पादन पश्चात वजारिकरण गर्ने कठिन भएकाे हुदा गाउँपालिकाले याेजना बनाई सकेकाे कार्यान्वयनको लागि केही समय लाग्ने र केही समय पश्चात् कार्यान्वयन गर्ने बताउदै कृषिमा विशेष जाेड दिन समेन आग्रह गर्नु भएको छ । मेलाका विशिष्ट अतिथि काेलासाेतर गाउँपालिकाका अध्यक्ष सुर्य प्रसाद गुरूङले विशिष्ट अतिथिकाे मन्तव्य राख्दै मादि र लाजुङकाे पुरानाे सम्बन्ध भएकाे र मेलाले अजै सम्वन्धलाई अगाडि वडाउन ठुलाे भुमिका खेल्ने जिकिर गर्नु भएको छ । मादि र लमजुङको विकासका लागि गाउँपालिकाले गर्ने सक्ने कुरामा सधै सकरात्मक भएकाे वताउनुभएकाे छ । मेला फागुनकाे १ गतेवाट ३ गतेसम्म संचालन हुने छ भने मेलामा भलिबल प्रतियाेगिताका लागि विभिन्न गाउँ तथा वडा स्तरवाट १९ टिमकाे सहभागी रहेकाे छ । ३ दिन सम्म चल्ने मेलामा पाँच हजार दर्शकले मेलाकाे अवलाेकन गर्ने मेलाका संयाेजक गुरूङले जानकारी दिनुभएको छ ।

Photos from सोंथर बेँसी फार्महाउस एन्ड होमस्टे / Sothar Besi Farmhouse & Homestay's post 04/02/2023

यहि मिति २०७९ फागुन १ ,२ र ३ गते सोंथर बेँसी (सुन्दर बेँसी) मा बजार मेला हुँदै ...............

Photos from सोंथर बेँसी फार्महाउस एन्ड होमस्टे / Sothar Besi Farmhouse & Homestay's post 07/01/2023

जिल्ला ज्ञान केन्द्र कास्कीका कार्यालय प्रमुख शालिकग्राम अधिकारी , हिमा राइ लगायत को टीम सोंथरबेसी फार्महाउस तथा सोंथरबेसी तिर आलु खेती अवलोकन तथा अनुगमनको क्रममा । साथै सोंथरबेसी कृषक समुह लाइ एक दिने तालिम समेत दिएका छन ।
२०७९/०९/१८

Photos from सोंथर बेँसी फार्महाउस एन्ड होमस्टे / Sothar Besi Farmhouse & Homestay's post 04/01/2023

जिल्ला भेटनरी अस्पताल कास्कीका कर्मचारी सरहरु सोंथरबेसी फार्महाउस साथै सोंथरबेसी तिर कृषक दाजुभाइ हरुको बाख्रा भैसी अवलोकन तथा अनुगमनको क्रममा ........
२०७९/०९/१८

28/12/2022

सोंथरबेसी एकिकृत कृषि फर्म प्रालिले पालन गरेको बङ्गुर को बच्चा हरु हाल बिक्री अवस्थामा रहेको छ । चाहिएमा सम्पर्क गर्नुहोला ।
सम्पर्क :-
९८०२८५३३३५ , ९८०६५४८४४३, ९८२२४६१७२८, ९८१८२२१२८२ ,

Want your hotel to be the top-listed Hotel in Kaski?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Madi Gaupalika Ward No 8 Nagidhar, Kaski
Kaski
33700

Other Resorts in Kaski (show all)
Begnas Camp Begnas Camp
Saldanda-29, Lamasware, Pokhara
Kaski

Begnad Camp is a delightful retreat with spectacular views of Begnas Lake and The Himalayan Range.

Dipang adventure camp Dipang adventure camp
Pokhara
Kaski, 132011773

Best place , where you can have all the fun .Dipang Adventure Camp is luxury tent Villa forest camp ,with great panoramic view. Authentic place with adventure activities.

Shangrila Guest House & Restaurant Shangrila Guest House & Restaurant
Ghandruk Annapurna
Kaski, 11

Himalayan Deurali Resort Himalayan Deurali Resort
Naudanda
Kaski, 977

Our resort offers 55 rooms (27 Super Deluxe, 24 Deluxe and 4 Suite rooms).The highlights of the room

Sikles Guest House Sikles Guest House
Siklesh
Kaski, 977

New Sikles Guest House is a neat, cozy and affordable guest house located at Sikles, Kaski.

Jhinu Guest House & Restaurant Jhinu Guest House & Restaurant
Jhinu Danda-11, Annapurna Rural Municipality
Kaski, 33700

Annapurna Guest House & Resturant Annapurna Guest House & Resturant
Pothana, Lumle
Kaski

Hello there and a warm welcome to the Annapurna Guest House & Restaurant We’ve been expecting y

Annapurna Guest House Annapurna Guest House
Sikles
Kaski, 00977

Annapurna Guest House is situated in Sikles Near Eco Mesuem with Peace Environment , Good Accomodati

Gurung guest house & restaurant Gurung guest house & restaurant
Gurung Guest House & Restaurant
Kaski

Hôtel & restaurant with aim to serve with fusion of modern & traditional facilities and cusine

Dhaulagiri View Hotel Pvt Ltd,Dhampus Dhaulagiri View Hotel Pvt Ltd,Dhampus
DHAMPUS, Machhapuchhre RM 7
Kaski

Dhaulagiri View Hotel offer an unmatched accomodation with facilities and services to make your stay

Hotel Peace Karma View & Restaurant Hotel Peace Karma View & Restaurant
DHAMPUS, KASKI
Kaski

NAMASTE: Welcome to Hotel Peace Karma View & Restaurant present in Dhampush 222 k.m from KATHMANDU,

See you lodge and restaurant and pothana See you lodge and restaurant and pothana
Pothana Kaski
Kaski, 33700

It's a family owned business.We have comfortable rooms to allow you maximum comfort.we provide hygienic food,wifi,hot shower,there's a garden area along with magnificent view.you c...