M & M Suppliers

We Provides Pure and Organic Himalayan Food.

Photos from M & M Suppliers's post 17/11/2023

आदरणीय ग्राहक एवं शुभेच्छुक सबैमा नमस्कार । अब हामीसँग सिसाको जारमा पनि गाईको शुद्द ध्यू तयार भएको छ र प्लास्टिक जारमा पनि १ लिटर र १/२ लिटरको उपलब्ध छ । आवस्यक भएमा सम्झनुहोला ।
9827673792
9827673793

13/11/2023

गौमाताको महत्व :

"भुक्त्वा तृणानि शुष्कानि पीत्वा तोयं जलाशयात् !
दुग्धं ददाति लोकेभ्यो गावो विश्वस्य मातरः"!
-गर्ग संहिता
(सूक्ख़ा घाँस पराल र पानी खाएर
अमृत जस्तो दुध दिने गाई यो लोकको लागि पूजनीय माता समान हुन )।

पौराणिक कालका गर्ग ऋषिले गाईलाई विश्वकै माताको रूपमा मानदैं गर्ग संहितामा भनेका छन की "जसले घरमा गाई पाल्दछ त्यो गोपाल हो , गोपाल हूनू नै सर्वश्रेस्ठ धर्म हो । सबभँदा ठुलो सुखसन्तोष र उन्नति र प्रगतिको मार्ग समेत हो । जसले मातामयी गाईप्रति घृणा र बैरभाव राखेर गोहत्या गर्दछ , गाईको बंस नास गर्दछ तेसको बिनास निश्चित छ "।

महाभारतकालमा भगवान श्रीकृष्ण गोपालक थिए । भगवान कृष्णले गोपाल बंसमैं जन्म लिएका थिए र गाईप्रति उनको अगाध प्रेम थियो भनेर श्रीमद् भागवतमैं उल्लेख छ ।
त्यो बेला १ लाख गाई पालनेलाई गोप भनिनथ्यो । ५ लाख गाई पालनेलाई नन्द भनिनथ्यो भने १० लाख गाई पालनेलाई बृषभानुको उपाधि दिने गरिन्थ्यो । बृषभानुकी छोरी राधा त कृष्णकी परम प्यारी नै थियींन ।

भारतिय भूखण्डमा ४३ प्रजातिका गाई थिए ।जसमा गंगातिरी , कामधेनु , सुरभि, सबला, कपिला, कामदूह, मुख्य हुन ।

हिमाली क्षेत्र नेपालमा चाहि मालती, नौमुठे , लूलू , श्रीगाई , चौंरीगाई जस्ता दुर्लभ प्रजातिका साना क़दकाठीका गाई हुनछन जसले दुध थोरै दिने भएपनि अति पोशक हुने गर्दछ । स्थानीय प्रजातिका गाईको दुध मात्र हैन गहुत र गोबर समेत औषधिको रूपमा प्रयोग हुनछ ।

जर्सी ,होलिस्टिन ,एबरदिन, लिमुजीन , सिमलटेन, प्रजातिका गाई युरोपतिरका गाई हुन । जसले दुध त धेरै दिनछ तर तेति पोशिलो भने हुदैंन ।

हाम्रो हिन्दू धर्ममा हरेक धार्मिक कार्य सम्पन्न गर्दा खेरि गोदान गर्नु पर्ने शाश्रको नियम छ जो अहिले पनि निरन्तर चलेकै छ । त्यो समयमा १७ पैसा गाईको मूल्य तोकिएको थियो रे !

सिंग , ज़ुरो र घाँटीमा माल भएको गाई शुद्ध नश्ल हो ।यस्तो गाई जो जंगलमा चर्ने गर्दछ तेसको दूध ,दही ,नौनी,घिऊ ,गोबर र गहुत समेत सबै रोगको उत्तम औषधि हो भनछन पतंजलीका बालकृष्ण र रामदेव बाबा ।

भारतमा स्व इन्दिरा गांधी सन्त करपात्री महाराजको आशीर्वादले प्रम बनेकी थिईन रे। पछि ऊनै करपात्रीको नेतृत्वमा गोबध निषेध क़ानून बनाईयोस भनी साधु सन्तहरूले संसद भवन अगाड़ी आन्दोलन गरेछन ।
तर सत्ताको अहंकारले ग्रस्त भएकी प्रम इन्दिरा गांधीले सन्तहरू ऊपर गोली चलाउन आदेश दिएर ४० जना साधुसन्त शहीद भएछन । जेलमा बन्दी भएका करपात्रीले इन्दिरा गांधीलाई बंस नास हुने श्राप दिएकाले सोही श्रापले गर्दा उनि सहित छोराहरू राजीव र संजय बीभत्स रूपले मारिए भने कांग्रेस पार्टीको पत्ता साफ़ हूँदई छ ।

-इटालियन नाविक क्रिस्टोफ़र कोलंबस गाईप्रेमी थियो रे । उसले जहाँ जाँदा पनि गाई संगै लिएर जानथ्यो रे । सन 1492 मा दलबल सहित अमेरिका पुगेको कोलंबसले २ वोटा गोरू र ४० वोटा गाई पनि लिएर गएको थियो रे । अमेरिकी भूमिमा गाई थिएनन बरु जंगली भैंसी धेरै थिए रे । त्याहांका आदिबासी रेड इण्डियनहरू ती भैंसीबाट दुध दुहूँन जानदैंनथे बरु मारेर मासु खाने गर्दथे रे ।

-कोलमबसले लगेका ४० वोटा गाईको संख्या बढ़दैं गएर सन 1935 सम्म सात करोड़ पुगेको थियो रे। तेस बेला प्रत्येक अमेरीकी किसानले 10 देख़ि 50 वोटा गाई पालन गरेकै कारणले अमेरिकाको कृषि अर्थतन्त्रको आधारस्तम्भ मज़बूत भएको हो भन्ने एकथरि विश्लेषकको भनाई रहेको छ।

-ग्रीसको इतिहासकार मेगास्थनीजले ३०० ईपू तिर भारतको भ्रमण गरेर लेखेको पुस्तक ’इण्डिका’ मा भारतको अर्थव्यवस्था गाई पालनमा आधारित भएकाले बहुत समृद्ध छ भनी उल्लेख गरेका छन । तेस समयमा भारतको केन्द्र पटना थियो भने चंद्रगुप्त मौर्य राजा थिए र जो गौभक्त थिए । त्यो समयमा भारतको जनसंख्या 19 करोड़ थियो भने गाईको संख्या ३८ करोड़ थियो रे ।
तर आज भारतको जनसंख्या एक अरब ३५ करोड़ छ ,गाईको संख्या दुई करोड़ मात्र छ ।

-मुगल राजा अकबर सन १५५६/१६०५ को शासनकालमा भारतको जनसंख्या २० करोड़ र गाईको संख्या ३० करोड़ थियो रे ।
अकबर मुस्लिम राजा भएपनि ब्रामहण मन्त्री बीरबलको सल्लाह अनुसार गोहत्या निषेध गरेको थियो भने गाई पालक किसानलाई प्रोत्साहन गरेको थियो ।
आजकल पश्चिमा देशहरूमा पनि गाई पालन व्यावसाय धेरैले गर्ने गरेका छन ! तेतातिर आजकल गाईसंग बसेर गाईलाई अंकमाल गरेर घाँटीको माल सूमसुम्याएर बस्ने गरिएको छ । यसबापत दुई सय डलर सम्म तिरेर गौ आलिंगन (Cow Cuddling) गरेर मानसिक शान्ति प्राप्त गर्न सकिनछ र तनाव कम हुनछ भन्ने बिस्वास गर्ने गरिएको छ ।
जनस्वास्थ्य , कृषि उत्पादन र शुद्ध हावापानी एवं पर्यावरण सन्तुलनका निमित्त गाईको आवश्यकता र महत्वपूर्ण योगदान भएकाले गाईपालनमा जोड़ दिने नीति बनाऔँ । अस्तु

आलेखश्रोत -विभिन्न पत्रपत्रिका

गाईका प्रजाति

10/11/2023

दुग्धजन्य पदार्थको खपत घटेपछि डेरी उद्योगीसँग ९ अर्ब ४२ करोडको धूलो दूध र बटर मौज्दात रहेको दुग्ध विकास बोर्डले जनाएको छ ।

👉 विस्तृत: https://ekantipur.com/business/2023/11/09/9-and-a-half-billion-powdered-milk-butter-stock-27-28.html

25/10/2023

धेरै पहिले सुनेको एउटा लोककथा आज फेरि याद आयो ।................
कुनै राजाले एक रात जम्मै दाँत झरेको सपना देखेछन् । सपनाको फल के हुन्छ भनी ज्योतिषीलाई सोध्दा एक ज्योतिषीले भनेछन् ः महाराज हजुरका सबै सन्तान मरेको तपाईँ आफैँले देख्नुपर्नेछ । राजा रिसाए र ज्योतिषीलाई जेल हाले ।
राजा न हुन् । भोलिपल्ट अर्को ज्योतिषीलाई बोलाएर सपनाको लक्षण के हो भनेर सोधे । नयाँ ज्योतिषीले भनेः महाराज हजुरको सन्तान, आफन्त र परिवारजनमध्ये सबैभन्दा लामो आयु हजुरकै छ । हजुर दीर्घजीवी हुनुहुन्छ, सबैभन्दा बढी बाँचनुहुन्छ । राजाले उनलाई ठूलो धनराशीको उपहार दिएर पठाए ।.........
सबैको भन्दा बढी आयु हुनु, धेरै बाँच्नु र आफन्त मरेको आफैँले देख्न पर्नु भनेको एकै हो तर भन्ने तरिका र अभिव्यक्ति कौशल फरक छ । त्यसैले त भन्छन्, बोल्ने कुरा जति महत्वपूर्ण छ, बोल्ने तरिका पनि त्यत्तिकै महत्वपूर्ण छ ।
सत्य कुरा भन्दा पनि भनिने शिल्पको शैली नभुलूँ । दशैँ अझै बाँकी छ, सबैलाई शुभकामना ।

Photos from M & M Suppliers's post 22/10/2023

अष्टमिको दिन छोराको सब लिन एयरपोर्ट जानुपर्ने😥: इजरायलमा ज्यान गुमाएका मध्ये ३ जना विद्यार्थीको शव नेपाल आइपुगेको छ। परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् ! 🙏

21/10/2023

Happy 😃 Dashain. 🌈✨⚡️
सम्पूर्ण शुभेच्छुक एवं उपभोक्ताहरूमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना ।
, , ,

20/10/2023

डिडिसी कै कर्मचारीको यस्तो हर्कत ।

Photos from M & M Suppliers's post 15/10/2023

दशैं-तिहारको उपलक्ष्यमा M&M Dairy बाट इलामको उच्च पहाडी क्षेत्रमा उत्पादित (Grass Feeding) गाईको शुद्द नौनी घ्यू, छुर्पी, कञ्चन चीजका साथै अन्य हिमाली उत्पादन सुकेधारा काठमाडौंमा होलसेल मुल्यमा विक्रि वितरण गरिरहेका छौँ । खुद्रा तथा होलसेलको लागि सम्पर्क गर्नुहोला ।🇳🇵🇳🇵🇳🇵🐄🐄🐄
✅ नौनी घ्यू
✅ खारेको घ्यू
✅ छुर्पी फ्याट भएको
✅ छुर्पी (Dog Chew)
✅ कञ्चन चीज (होलसेल रोल)
✅ होलसेल तथा डेरीको लागि सिधै फोन गर्नुहोला
✳️ रिङरोड बाहिर डेलिभरी चार्ज थप लाग्नेछ ।
☎️ सम्पर्क- 9827673793, 9827673792 🙏🙏🙏
Email; [email protected]

03/09/2023

We are Launching as BRAND 'AMRIT´ Cow Ghee. if you need, please contact us.

Photos from M & M Suppliers's post 02/08/2023

Grass feeding Cow ghee is ready. If you interested please contact us for retail and wholesale.

Photos from M & M Suppliers's post 11/07/2023

इलामको उच्च पहाडी क्षेत्रमा उत्पादित (Grass Feeding) गाईको शुद्द नौनी घ्यू, छुर्पी, कञ्चन चीजका साथै अन्य हिमाली उत्पादन सुकेधारा काठमाडौंमा होलसेल मुल्यमा विक्रि वितरण गरिरहेका छौँ । खुद्रा तथा होलसेलको लागि सम्पर्क गर्नुहोला ।🇳🇵🇳🇵🇳🇵🐄🐄🐄
✅ नौनी घ्यू- खुद्रा मूल्य प्रति केजि रू ९५०।
✅ खारेको घ्यू - खुद्रा मूल्य प्रति लिटर रू १२५०।
✅ छुर्पी फ्याट भएको खुद्रा मूल्य प्रति केजि रू १५५०।
✅ छुर्पी (Dog Chew) खुद्रा मूल्य प्रति केजि रू १३०० ।
✅ कञ्चन चीज (होलसेल रोल) मूल्य प्रति केजी रू ११५०।
✅ होलसेल तथा डेरीको लागि सिधै फोन गर्नुहोला
✳️ रिङरोड बाहिर डेलिभरी चार्ज थप लाग्नेछ ।
☎️सम्पर्क- 9827673793, 9827673792 🙏🙏🙏
Email; [email protected]
&M_Churpi &M_Ghee &M_Nauni &M_Cheese

Photos from M & M Suppliers's post 14/06/2023

इलामको उच्च पहाडी क्षेत्रमा उत्पादित (Grass Feeding) गाईको शुद्द नौनी घ्यू र छुर्पी सुकेधारा काठमाडौंमा होलसेल मुल्यमा विक्रि वितरण गरिरहेका छौँ । खुद्रा तथा होलसेलको लागि सम्पर्क गर्नुहोला ।🇳🇵🇳🇵🇳🇵🐄🐄🐄
✅ नौनी घ्यू- खुद्रा मूल्य प्रति केजि रू ९५०।
✅ खारेको घ्यू - खुद्रा मूल्य प्रति लिटर रू १२००।
✅ छुर्पी फ्याट भएको खुद्रा मूल्य प्रति केजि रू १४००।
✅ छुर्पी (Dog Chew) खुद्रा मूल्य प्रति केजि रू १३०० ।
✅ होलसेल तथा डेरीको लागि सिधै फोन गर्नुहोला
✳️ रिङरोड बाहिर डेलिभरी चार्ज थप लाग्नेछ ।
☎️सम्पर्क- 9827673793, 9827673792 🙏🙏🙏
Email; [email protected]
&M Supplier's.

25/05/2023

बिदेशि सामान आयात गरेर व्यापार गर्दा यस्तो भएको छ । हामीसँग स्वदेशि उत्पादन छ । हामी आफ्नो उत्पादन र सिधा कृषकहरूकोबाट उत्पादित सामान उपभोक्ताहरूमाझ पुर्याउन चाहन्छौ । आउनुहोस् हातेमालो गरौ । स्वदेशि उत्पादन बजारीकरणको लागि तपाईंकोमा पनि पसल गर्न मिल्ने ठाउ भए कृपया जानकारी गरिदिनुहोला ।

Photos from M & M Suppliers's post 23/05/2023

इलामको उच्च पहाडी क्षेत्रमा उत्पादित (Grass Feeding) गाईको शुद्द नौनी घ्यू र खारेको घ्यू तपाईं हाम्रै सहर काठमाडौं सुकेधारामा । त्यस्तै अति स्वादिष्ट हिमाली घ्यू सिमि, छुर्पी, कञ्चन चिज, इलामको ललिपप मिठाइ, पनिर, रजली मास दालका साथै गाउँको लोकल उत्पादनहरू पनि उपलब्ध छ ।🇳🇵🇳🇵🇳🇵🐄🐄🐄
✅ नौनी घ्यू- खुद्रा मूल्य प्रति केजि रू ९५०।
✅ खारेको घ्यू - खुद्रा मूल्य प्रति लिटर रू १२००।
✅ घ्यू सिमि- प्रति केजि रू २२० ।
✅ छुर्पी फ्याट भएको प्रति केजि रू १४००।
✅ छुर्पी (Dog Chew) प्रति केजि रू १३०० ।
✅ Black Rice प्रति केजि रू ४५० ।
✅ होलसेल तथा डेरीको लागि सिधै फोन गर्नुहोला
✳️ रिङरोड बाहिर डेलिभरी चार्ज थप लाग्नेछ ।

☎️सम्पर्क- 9827673792, 9827673793 🙏🙏🙏
Email; [email protected]

28/02/2023

3G Cutting बारे जानकारी ।

3G कटींग भन्नाले कुनै पनि बिरुवालाई तेस्रो पुस्ता सम्म लगेर त्यसबाट फल उत्पादन गर्नुलाई बुझिन्छ | यस्तो गर्दा पहिलो र दोस्रो पुस्ताको हाँगाहरु बाट उत्पादन गरिदैन र तेस्रो पुस्ताको हाँगाहरु बाट उत्पादन लिने गरिन्छ | बिरुवा लगाइसकेपछी जुन मुख्य लहरा हुन्छ त्यसलाई पहिलो पुस्ता भनिन्छ भने त्यहि मुख्य लहरा बाट आउने अरु साखा हाँगाहरु दोस्रो पुस्ता हुन् र दोस्रो हाँगा बाट पनि आएका साखा हाँगाहरु तेस्रो पुस्ता हुन् |

अनुसन्धान को अनुसार पहिलो र दोस्रो पुस्ताका हाँगाहरुमा पोथी फुल भन्दा भाले फुल बढी हुने पाइएको छ | लगभग १४ भाले फुल को अनुपात मा १ ओटा पोथी फुल फुल्ने गर्दछ (पहिलो र दोस्रो पुस्ताको हाँगाहरुमा)| जसका कारण एकदम धेरै फुल फुले जस्तो देखिने तर टी अनुपातमा फल नलाग्ने हुन्छ | यसकारण बिरुवालाई तेस्रो पुस्तासम्म लाग्दा पोथी फुल धेरै र भाले फुल कम हुन्छन | यसरी राम्रोसंग परागकण भएको खण्डमा यस 3 G कटींग बाट एउटा हाँगामा धेरै भन्दा धेरै फल फल्छन र एउटा बोट बाट नै धेरै उत्पादन गर्न सकिन्छ |

3 G कटींग कसरी गर्ने ?
3 G कटींग प्रायजसो कुकुरबिटेसी (लौका,काक्रो, चिचिन्दा आदि) परिवारका बिरुवाहरूमा गरिन्छ |
१. मुख्य लहरा (हाँगा ) लाई राम्रोसँग बढ्न दिने ,
२. मुख्य हाँगा ५-८ फिट पुगेपछि यसको टुप्पो (४-५ इन्च) काट्दिने’
३. मुख्य टुप्पो काटेपछि यसका साखा हाँगाहरु बढ्न थाल्छन,
४. अब दोस्रो पुस्ताको हाँगाहरु २-३ फिट पुगेपछि ति हाँगा को पनि टुप्पो काट्ने र यसरी दोस्रो पुस्ताको हाँगाहरु बाट पनि अरु साखा हाँगाहरु आउँछन जसलाई तेस्रो पुस्ता भनिन्छ,
५. यसरी अब आएका तेस्रो पुस्ताको हाँगाहरुलाई बढ्न दिने र यी हाँगाहरुबाट फल उत्पादन गर्ने |

ध्यान दिनुपर्ने कुरा: मुख्य लहराको ४-६ पात सम्म कुनै पनि साखा हाँगाहरु राख्नु हुदैन |

श्रोत :-हरि रावत
कृषि अध्यनरत छात्र 'दोस्रो सेमेस्टर'
तस्बिर:- माडीचौर, रोल्पा

27/02/2023

तपाईंलाई कस्तो लाग्छ ??

26/02/2023

घर कस्तो बनाउने ??🤷

ए साथी तिमीले घर बनायौं कि पैत्रिक घरमा वस्दैछौ । किन र साथी म त पैत्रिक घरमा वस्दैछु । ए होर मैले त साढे २ तलाको घर बनाई नि । आधुनिक खालको । ए होर ल बधाई छ नयाँ घर बनाएकोमा ।

अनि साथी तिम्ले चाँहि कहिले बनाउने । मेले भने मैले नि घर बनाउन थालि सकेनी ए हो र कहाँ बनाउँदै छौ । अनि कति आनामा कति पैसामा ? बनाउँदा चाहि फराकिलो बनाउँ है वगैचा होस्, यसो सागसव्जी लगाउने ठाउँ होस्, यसो दुवो सार्ने सानो ठाउँ होस् ।

ए अनि पार्किंग चाहि आफ्नै कम्पाउण्डमा बनाउनु पर्छ है । वाटोमा राख्दा अस्ती मेरो गाडीको सिसा कस्ले फुटाल्देछ कस्ले ।
उसले भन्दै थियो मैले पनि घरको आकृति कोरे घरमा चाहिने सवै कुराको वन्दोवस्त गरेको विचार गर्दै वुँदागत रुपमा तयार गर्दै गर्दा घर यस्तो बन्ने भयो ः आखिर उमेर मै हो नी प्रगति गर्ने ।

त्यसैले अव अर्को घर नयाँ डिजायनमा बनाउने सोच बनाए
१। यहाँ बस्नलाई छानो भएको घर छदैछ ।
२। त्यो घरमा मैले अनुशासनको जग हाल्ने निधो गरे जग वलियो भएन भने घर ढल्छ
३। घरमा जाने वाटो चाहि इमान्दारीको बनाउने,
४। ढोका चाहि पूर्वको ठिक हो भनेर छोरा छोरीलाई राम्रो शिक्षा दिक्षा दिने,
५। घरमा पहरेदारको व्यवस्था हुनु पर्छ फेरी पहरेदारले भित्र पस्न दिदैन होला भनेर छोरा छोरीको नाम भगवानको राख्ने
६। फेरी गारोहरु भरपर्दो हुनु पर्यो त्यसका लागि आदरसम्मानको बनाउने,
७। भर्याङ्ग चाहि नैतिकताको हाल्ने सितिमिती नखस्ने
८। रंग रोगन चाँहि तिथी चाड पर्वलाई बनाउने
९। घर आउजाउ गर्न सवारी त चाहियो सन्तोष रुपी सवारी लिने विचार गरे
१०। पिलर राम नामको वलियो हाल्नु पर्छ
११। खाट, दराज आदी सामानको रुपमा दुःख पिडा, अनैतिक कार्यलाई पन्छाएर तयार गर्ने
१२। छाना चाहि धर्मको बनाउने
१३। नोकरचाकर चाहि ऋणीहरुलाई राख्ने
१४। खाना शात्विक कुराबाट तयार गर्ने
१५। संगीत मनोरञ्जनको लागि अप्सराहरु त्यतै भैहाल्छन्
१६। वगैचाहरु ईन्द्रका छदैछन्
१७। घरमुलीको रुपमा वाउआमा त्यहाँ छदै होलान
१८। आफुचाहि वालक भएर पोल्टामा लुटुपुटु गर्नु पर्ला
१९। त्यो ठाउँमा घर बनाउने निर्णय चाहि आफ्नै विवेकले गर्ने ।

यो सुनेर साथी नाजवाफ ।
यसको अर्थ हो सद्गतिका कामनाले मनमा वनाउने घर यस्तो हुन्छ घर बनाउन पैसा लाग्दैन
साभार

Photos from M & M Suppliers's post 25/02/2023

हामिसँग सुर्खेतको बेसारको धुलो र घरमै बनाएको अचार पनि उपलब्ध छ है ।
सम्पर्क गर्नुहोला ।🙏🙏🙏

Photos from M & M Suppliers's post 20/02/2023

गाईको खारेको घ्यू आज फेरि तयार भयो है । चाहिएमा सम्पर्क गर्नुहोला ।
9827673792, 9827673793
प्रति लिटर :रू ११५०।

19/02/2023

ड्रागन फल खेति प्रविधि
यो एक प्रकारको ड्रागन फल भनिएको हो । यस्को फल यसो हेर्दा प्याजको गानो जस्तो एक दुई पत्र भएको वोक्रा भित्रको गुदि वास्नादार रातो तथा कुनै कुनै जातको भने सेतो, वैजनी तथा पहेलो गुदि हुन्छ ।
यस्को फलको स्वाद गुलियो तथा अमिलोपनाको मिश्रण भएको हुन्छ । स्वादका पारखिहरुले सिउडी(ड्रागन) फललाई भगवानले दिएको उपहार पनि भन्दछन् । फलको तौल २०० ग्राम देखि १.२ के.जी.सम्मको हुन्छ । यस्को खेति खास गरिकन थाईल्याण्ड, चाईना, भियतनाम, इन्डोनेसिया, ताईवान, जापान, कोरिया तथा दक्षिण अमेरिकी मुलुक(कोलम्विया, मेक्सिको, ब्राजिल, अर्जेटिना) आदिमा गर्ने गरेको पाईन्छ । यस्को फूल रातमा फक्रने भएकोले यसलाई रातकी पनि भनिन्छ । यस्को विरुवा एक पटक लगाए पछि १५–२० वर्ष सम्म उत्पादन दिन सक्दछ । मध्य तथा दक्षिण अमेरिकाको आद्रतायुक्त उष्ण प्रदेशिय क्षेत्र यस्को उद्यगम स्थल मानिन्छ । त्यहाको किसानको लागि यो राम्रो आम्दानीको श्रोत मानिन्छ । उचाई, तापक्रम, माटो तथा हावापानीको आधारमा हेर्दा नेपालको पुर्वि तथा मध्य तराइ क्षेत्रमा यस्को खेति संभावना देखिन्छ । नेपालको तराई क्षेत्रमा सिउडी प्रजातिको विरुवा हुर्के बढेको हामीले देखेका छौ सर्वगुण भएर नै होला सायद यसलाई ईशवरीय फल मानिएको । यस्को सेवनले शरिरमा क्यान्सर प्रतिरोधि शक्तिको विकास गर्न मदत यस्को नियमित सेवनले शरिरमा रहेको विशाक्त तत्वलाई हटाउछ । साथै रगतमा भएको उच्च कोलेस्टोरल घटाउनुको साथै उच्च रक्तचापलाई घटाउन मदत गर्दछ । दम तथा कफक रोगि लाईफाइदाजनक। भिटामिन सि, प्रशस्त मात्रामा पाउने हुदा अनुहारको छाला सुन्दर बनाउनुको साथै चोटपटक लागेर काटेको तन्तुलाई छिटो बढन् मदत गर्नुको साथै रोग प्रतिरोधि शक्ति बढाउन सहयोग गर्दछ
- यस्को सेवनले आखाको तेज बढ्नुको साथै शरिरलाई तनावमुक्त बनाउछ ।
- यस्मा प्रशस्त मात्रामा क्याल्सियम, फोसफोरस पाईन्छ । यस्को नियमित सेवनले शरिरको हड्डी तथा दाँत बलियो बनाउनुको साथै तन्तुहरुको विकासमा मदत गर्दछ ।
- यस्को नियमित सेवनले शरिरको तौल घटाउनुको साथै शरिरलाई शन्तुलित बनाई राख्न मदत गर्दछ । रगतमा ग्लुकोजको मात्रा घटाउनुको साथै मधुमेह–२ कम गर्दछ ।
- यसलाई फलको रुपमा, तरकारीको रुपमा, फूलको रुपमा, स्वास्थ्यवद्र्धक, औषधिजन्य तथा पैसाले किन्न नसकिने सम्पदाको रुपमा लिईन्छ ।
१०० ग्राम ड्रागन फलमा पाईने तत्वहरु :
उपलब्ध तत्वहरु उपलब्ध मात्रा
पानी ८२.५ – ८३ ग्राम
प्रोटिन ०.१५९– ०.२२९
खरानी ०.२८
चिल्लो पदार्थ ०.२१– ०.६१
रेसा ०.७– ०.९
क्यारोटिन ०.००५– ०.०१२
क्याल्सियम ६.३– ८.८
फोसफोरस ३०.२ – ३६.१
फलाम ०.५५– ०.६५
भिटामिन बि वान ०.२८–०.४३
भिटामिन बि टु ०.०४३–०.०४५
भिटामिन बि थ्रि ०.२९७ –०.४३
भिटामिन सि ८–९
थायमिन ०.२८ – ०.३०
राईवोपmलेविन ०.०४३ – ०.०४४
नियसिन १.२९७ – १.३
अन्य ०.५४– ०.६८
वहुआयमिक फल भएकोले यस्को उपयोग ताजा खाना, तरकारीको साथै पेयपदार्थ,सौन्दर्य प्रदायक तथा स्वास्थ्य वद्र्धक खाद्य पदार्थ उत्पादन सम्बन्धि उद्योगमा हुने गरेको छ ।
माटो
यस्को खेतिको लागि निकासयुक्त, प्रशस्त मात्रामा पं्रागारिक पदार्थ भएको वलौटे दोमट तथा चिम्टाइलो दोमट माटो उपयुक्त मानिन्छ । माटोको पि.एच मान ५.३ देखि ६.७ सम्म राम्रो मानिन्छ । पितयाको छोटो जरा(१५ देखि ३०से.मी.) हुने हुदा हल्का तथा मलिलो माटो हुनु अति आवश्यक हुन्छ ।
हावापानी
यो एक प्रकारको उष्ण प्रदेशिय हावा पानीमा हुर्कने विरुवा हो । यो प्रजातिको विरुवा वर्षभरी एकनासको पानी पर्ने क्षेत्रमा राम्रोसंग हुर्कने गर्दछ । यस्को खेति समुन्द्र सतहवाट १०० देखि ८०० मिटर उचाई सम्मको क्षेत्रमा व्यवसायिक रुपमा गर्न सकिन्छ । पुर्णरुपमा सूर्यको प्रकाश लाग्ने स्थान यस्को लागि उपयुक्त मानिन्छ । प्रकाश कम परेको अवस्थामा विरुवाको बृद्धि विकास कम भएर जान्छ ।
ड्रागन फलको खेति गरिने मुख्य प्रजातिहरु
१. गुदी रातो हुने जात :
१.१. हाईलोसेरिएस अनडाटस
- ठुलो फूल भएको, वास्नादार, राति फुल्ने, लहरे प्रजाति ।
- फलको तौल १ के.जी वा सो भन्दा वढि हुने ।
- फलको वाहिरी वोक्रा चिल्लो रातो र भित्रको गुदि चिप्लो सेतो र मसिनो कालो वीया भएको ।
- काण्डमा साना मसिनो काँडा हुन्छ ।
१.२. हाईलोसेरिएस पोलिराइजस
- फलको तौल १ के.जी.सम्म हुन्छ ।
- वाहिरी वोक्रा रातो भित्री गुदी गाढा रातो र कालो मसिनो विया भएको।
- काण्डमा अलि अलि काँडा हुन्छ ।
२. पहेलो हुने जात
२.१. सेलेनिसेरेस मेगालान्थस
- फल केहि सानो पहेलो वोक्रा भित्र गुदि सेतो विया मसिनो कालो हुन्छ।
- फलको स्वाद रातो प्रजाति केहि वढि गुलियो ।
जमिनको तयारी तथा विरुवा रोप्ने तरिका
विरुवा लगाउने जमिनलाई राम्रोसंग खनजोत गरी प्रशस्त मात्रामा पंरागारिक मल मिसाई माटो हल्का तथा वुरवुराउदो बनाउनु पर्छ । लाईन देखि लाईनको दुरी २.५ मिटर र वोटवाट वोटको दुरी २ मिटर हुने गरी रेखांकन गर्नु पर्दछ । यसरी विउ अथवा विरुवा लगाउदा १ हेक्टर क्षेत्रफलमा ८००० विरुवा र २००० पोल लाग्दछ । यसको विरुवालाई अडिनको लागि पोल वा खावोको आवश्यकता पर्दछ । चित्रमा जस्तै पोलहरुलाई डोरीले वाधेर विरुवा अडिन दिनु पर्छ । सिउडी विरुवाको उचाई १.५ मिटर सम्म हुन्छ । विरुवा अडयाउने पोल पनि त्यसै अनुसारको दिनु पर्दछ । पोललाई ५० से.मि. गाडेर दरो किसीमले अडयाउनु पर्छ । प्रत्येक पोलको वरीपरी ३० से.मि. फरक पर्ने गरी ४ वटा विउ वा विरुवा रोप्नु पर्छ । सोझै विउ रोप्दा ५ से.मि. गहिराईमा र कटिड. विरुवा रोप्दा भने पोलिथिन व्यागमा जति गहिराईमा विरुवा गढेको छ त्यसै अनुसार गाड्नु पर्छ र विरुवालाई केहि मात्रामा पोल तर्फ ढल्काएर रोप्नु पर्छ । विरुवा सारी सकेपछि हल्का सिचाई गरेर विरुवाको वरीपरी पराल वा खरको छापो दिनु पर्छ । जसले गर्दा माटोमा रहेको चिस्यानलाई जोगाएर राख्न मदत गर्दछ ।
विरुवा प्रशारण तरिका
यस्को विरुवाको प्रशारण कलमि तथा विउवाट गरिन्छ । २५—३० से.मि. लामो काण्डको टुक्रालाई पोलि व्यागमा रोपेर नर्सरीमा हुर्काईन्छ र ३ महिना पछि विरुवा रोप्न लायक हुन्छ । पोलि व्यागमा विरुवा तयार गर्दा माटो, वालुवा, पंरागारिक मलको मिश्रण बनाई कालो पोलि व्याग(९”×१३”) भर्नु पर्छ र विरुवा राप्नु पर्छ । नर्सरीमा विउ रोपेर पनि विरुवा उत्पादन गर्न सकिन्छ । अथवा सोझै पोलको वरपर प्रति पोल ४ वाटा वीउ रोप्न पनि सकिन्छ । नर्सरीको विरुवालाई माटोको चिस्यान अवस्था हेरी पानी दिनु पर्दछ । तर वढि पानी भएमा विरुवाको जरा कुहिन सक्छ ।
मलखाद्य व्यवस्थापन
विरुवा रोप्ने प्रत्येक खाल्डोमा ७–१० के.जी. राम्ररी कुहिएको गोवर मल १००–२०० ग्राम वोकासि मल र ३० ग्राम डि.ए.पि, २५ ग्राम म्युरेट अफ पोटास, २५ ग्राम डर्सभान(क्लोरोपाइरीफस)धुलो मिसाई माटोलाई राम्रोसंग मिलाउनु पर्छ । वानस्पितिक वृद्धिको अवस्थामा नाईट्रोजनयुक्त मल दिनु आवश्यक हुन्छ भने विरुवाको सुषुप्त अवस्था तथा फूल फुल्न सुरु गरेपछि(डिसेम्वर देखि मार्च सम्म) मल दिन बन्द गर्नु पर्छ । वानस्पितिक बृद्धिको अवस्थामा २ हप्ताको फरकमा पातमा फोलियर स्प्रे गर्नु राम्रो मानिन्छ ।
तर फूल फुल्न सुरु गरे पछि भने बन्द गर्नु पर्छ । विरुवामा मल कति दिने र कसरी दिने भन्ने कुरा विरुवाको वृद्धि विकासको अवस्थामा भर पर्दछ । प्रत्येक वर्ष एक वा दुई वर्षको विरुवाको लागि नाइट्रोजन २०० ग्राम, फसफोरस १०० ग्राम र १५ ग्राम पोटास मल दिनु पर्दछ । त्यसैगरी ३ वर्षे विरुवाको लागि नाइट्रोजन ५०० ग्राम, फसफोरस २०० ग्राम र ४००–५०० ग्राम पोटास प्रति वोटमा दिनु पर्दछ । विरुवा ४ वर्षको लागे पछि नाइट्रोजन ८००–१००० ग्राम, फसफोरस ४००–५०० ग्राम र पोटास ५००–८०० ग्राम प्रति वोटमा दिनु पर्दछ । यसै मात्रालाई अन्य ५, ६ वर्षलाई पनि कायम गर्न सकिन्छ ।
काँटछाट M
खासगरी विरुवाको सामान्य अवस्था हेरी विरुवामा के कस्तो आकार दिने हो सोही अनुसार उचगलष्लन गर्नु पर्दछ । यसलाई विचमा खुला तथा छाता जस्तो आकार वनाउनु उपयुक्त हुन्छ ।
रोग किरा
यस्को विरुवा कमलो हुने हुदा फल, काण्ड, पात, आँकुरा, फूल, जरा आदिमा विभिन्न किसीमका रोग कीराले आक्रमण गर्न सक्दछ । मुख्य रुपले लाग्ने कीराहरुमा धमिरा, थ्रिप्स, कमिला, कत्ले कीरा, मिलिवग, खपटे, चिप्ले कीरा, गवारो, नेमाटोड, फल कुहाउने झीगा, मुसा, चरा, तथा चमेरो आदि पर्दछन् । माटो भित्र बीने किराको लागि क्लोरोपाईरीफोस प्रयोग गर्न सकिन्छ । रोगको लागि भने कपरयुक्त ढुसिनासक विषादि कपर, कपर अक्सिक्लोराईड, डाइथेन एम ४५, म्यान्कोजेब, आदि प्रयोग गर्न सकिन्छ । फल तयार हुन लागे पछि कम्तिमा १५—२० दिन अगाडीवाट विषादि छर्न वनद गर्नु पर्छ ।
सिंचाई तथा निकास प्रवन्ध
यस्को वोटको वृद्धि अनुसार पानीको आवश्यकता वढ्दै जान्छ । फलको विकास भइ रहेको समयमा पानीको अभाव हुनु हुदैन । तर वोटको फेदमा पानी जमेमा जार कुहिन सक्दछ । तसर्थ पानी सिंचाई गर्दा फेदमा नपर्ने गरी औठी आकारको कुलेसो वनाएर वरीपरी दिनु पर्दछ । गर्मि मौसममा ५–७ दिन विराएर पानी सिंचाई गर्नु पर्दछ । मलखाद्य दिए पछि सिंचाई दिनु अति आवश्यक हुन्छ । यस्को लागि सिंचाई व्यवस्था मेवा वालीको लागि जस्तै हो । धरै पानी भएको अवस्थामा विरुवाको जरा कुहिने र लामो समय सुख्खा भएमा विरुवा ओईलाउन थाल्दछ । यस्को मुख्य कारण भनेको जरा धेरै गहिराईमा नजानु हो । सुख्खावाट जति प्रभाव पर्छ पानी जम्नाले त्यतिकै असर पार्दछ । तसर्थ यस्को लागि उचित सिंचाई व्यवस्थाको साथै राम्रो निकास व्यवस्था गर्नु पर्ने भएकोले निकास कुलो बनाएर पानी कटाउने व्यवस्था मिलाउनु पर्छ । भरखर रोपेको विरुवामा चिस्यान वढि हुने गरेर पानी दिनु हुदैन वरु सुख्खा भए पछि मात्र पानी दिनु राम्रो मानिन्छ ।
उत्पादन
फल तयार भई सके पछि फलसंग जोडिएको टर्मिनल पेटल रातो भएर जान्छ र फलको तलको भाग सुनिएको जस्तो देखिन्छ । पहिलो चक्रको वालीको तयारी र दोस्रो चक्रको वाली मा तयारी हुन्छ । ड्रागनको फल, फूल लागेको ३०—५० दिनमा तयार हुन्छ । प्रति वर्ष ५–६ वाली चक्रको फसल लिन सकिन्छ । फललाई ५ डिग्री सेल्सियस, तापक्रम र ९०% सापेक्षिक आद्रताको अवस्थामा ४० दिन सम्म राख्न सकिन्छ । पहिलो वर्षमा प्रति पोल ८–१० वटा फल लाग्दछ । मुख्य सिजनको रुपमा असोज–फाल्गुन चक्रलाई मानिन्छ । सिउडी फलको उत्पादन प्रति रोपनी २५०–३०० के.जी सम्म हुने गर्दछ । विरुवामा १.५– २ वर्ष पछि फल लाग्न सुरु गर्दछ । एक पटक लगाएको विरुवाले १५–२० वषसम्म फल दिन सक्दछ । विरुवा june महिनामा फुल्न सुरु गर्दछ र october महिना सम्म फुलि रहन्छ ।

सन्दर्भ सामग्री बिभन माध्याम छ ।

Photos from M & M Suppliers's post 15/02/2023

इलामको उच्च पहाडी क्षेत्रमा उत्पादित (Grass Feeding) गाईको शुद्द नौनी घ्यू र खारेको घ्यू तपाईं हाम्रै सहर काठमाडौं सुकेधारामा । त्यस्तै अति स्वादिष्ट हिमाली घ्यू सिमि पनि उपलब्ध छ । साथमा छुर्पी, कञ्चन चिज, इलामको ललिपप मिठाइ, रजली मास दालका साथै गाउँको लोकल उत्पादनहरू पनि पाईन्छ ।🇳🇵🇳🇵🇳🇵🐄🐄🐄
✅ नौनी घ्यू- खुद्रा मूल्य प्रति केजि रू १०००।
✅ खारेको घ्यू - खुद्रा मूल्य प्रति लिटर रू १२००।
✅ घ्यू सिमि- प्रति केजि रू २२० ।
✅ छुर्पी फ्याट भएको प्रति केजि रू १५०० ।
✅ छुर्पी (Dog Chew) प्रति केजि रू १३०० ।
✅ होलसेल मूल्यको लागि सिधै फोन गर्नुहोला ।
✳️ रिङरोड बाहिर डेलिभरी चार्ज थप लाग्नेछ ।

☎️सम्पर्क- 9827673792, 9827673793 🙏🙏🙏
Email; [email protected]

Photos from M & M Suppliers's post 21/12/2022

M&M
गाईको शुद्द नौनी घ्यू काठमाडौंमा उपलब्ध छ । अति स्वादिष्ट नौनी घ्यू आवस्यक परेमा होलसेल एवं खुद्रा मुल्यमा उपलब्ध छ ।
सम्पर्क: 9827673792 ,9827673793

21/12/2022

M&M ब्रान्डको गाईको शुद्द नौनी अब काठमाडौं शहरमा उपलब्ध छ । अति स्वादिष्ट छ । तपाईंलाई पनि आवस्यक परे सम्झनुहोस् ।
🙏 सम्पर्क : 9827673792, 9827673793
सुकेधारा काठमाडौं ।

19/12/2022

Namaste And Warm Greetings,
M&M Supplires,
Sukedhara,Kathmandu, Nepal.

Want your business to be the top-listed Food & Beverage Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Happy 😃 Dashain. 🌈✨⚡️सम्पूर्ण शुभेच्छुक एवं उपभोक्ताहरूमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना ।#cow_ghee, #cowghee, #nat...
We are Launching as BRAND 'AMRIT´ Cow Ghee. if you need, please contact us.
M&M ब्रान्डको गाईको शुद्द नौनी अब काठमाडौं शहरमा उपलब्ध छ । अति स्वादिष्ट छ । तपाईंलाई पनि आवस्यक परे सम्झनुहोस् ।🙏 सम्प...

Telephone

Address

Sukedhara
Kathmandu
44600

Other Organic Grocery Stores in Kathmandu (show all)
Saira Organic Baby Food Saira Organic Baby Food
Kathmandu

HOMEMADE BABY FOODS, 100% ORGANIC & NATURAL

Organic नाङग्लो Organic नाङग्लो
Kathmandu
Kathmandu

We get to know ground reality of agriculture scenario in Nepal. Especially, the direct affects on farmers and the consumers because of traditional value chain which we experience f...

MK Ghee MK Ghee
Bagbazar
Kathmandu

We are the only provider of grass fed cow's organic ghee.Which is made by traditional method no chemical 100% pure.milk is taken from grass feed cow.We are supplying it from hilly...

Organic Dharma Organic Dharma
Kathmandu

Providing the best organic products in Nepal . Contact us for order and enquiries � organicdharm

Tattva Tea Tattva Tea
Tokha
Kathmandu, 44600

Organic Infused Fruit and Flower Tea

Jumla House Jumla House
Kathmandu, 977

We Provide 100% Organic and Natural Products From Karnali Province Especially From Jumla Nepal.

Hatiyaa Hatiyaa
Chabahill
Kathmandu, 44600

Online Grocery store which provides its customers with the best quality organic, natural, and local food items at their doorstep.

Yarsa Hub Yarsa Hub
Basundhara, 07
Kathmandu

We are here to provide the A-Grade yarsagumba from himalayan area . Connect with us to get the best quality yarsagumba all over Nepal. Contact on -9849150953 ...

Organic Store Organic Store
01
Kathmandu, 44600

Organic store: पूर्वी पाहाडि जिल्ला संखुवासभा को लोकल सखर, मह, घिउ, प्रख्यात बाह्रविसे सभाखोला को असला माछा को सुकुटि,लोकल खसि को सुकुटि,घरमै उत्पादन गरिएको बिभिन्न परिकार का अचार,...

Organic Agro Mart Organic Agro Mart
Kathmandu

You are what you eat - so don't be FAST, CHEAP, EASY or FAKE

NOGYO NOGYO
Putalisadak, Near Shrestha Photo Copy Center. Kathmandu
Kathmandu, 44600

Varieties of various live Fish and Meat. We supply our live fish here to Kathmandu from our own farm which is located in Simara. Here, we have guaranteed our fish to be organic, si...