Maitri Music Therapy Nepal
Making Music Therapy accessible in Nepal. Music Therapy services | Training | Workshops | Advocacy
We extend our deepest appreciation to all the staff members of Eileen Joana Cafe for catering our lunch throughout Therapeutic Music Training. Thank you for the hard work you all put into preparing the delicious and nutritious Dal-Bhat that keeps us going throughout the day.
Sharing with you all a glimpse of what our lunch breaks look like!
हामी Eileen Joana Cafe का सबै कार्यरत सदस्यहरूलाई थेराप्यूटिक संगीत प्रशिक्षण अवधिभर हाम्रो खानाको व्यवस्थापन गरीदिनु भएकोमा स-हृदयी गहिरो प्रशंसा गर्दछौं। हामीलाई दिनभर निरन्तरताका साथ अघी बढ्नका निमित्त स्वादिष्ट र पौष्टिक दाल-भात तयार गर्नको लागि तपाई सबैको कडा परिश्रमको लागि धन्यवाद् छ।
हाम्रो लन्च ब्रेक कस्तो देखिन्छ भन्ने बारे तपाइँ सबैसँग एक झलक साट्दैछौं!
The sixth week of Therapeutic Music Training featured an online workshop facilitated by Verena Clemencic-Jones on the theme 'Therapeutic Uses of Music in Hospital Settings.' The session included discussions on topics such as the history of therapeutic uses of music in hospitals and basic therapeutic techniques applicable in such settings. Participants also engaged in a session focusing on cultural considerations and brainstormed ideas catering for Nepali hospitals and rehabilitation settings.
थेराप्युटिक संगीत प्रशिक्षणको छैठौं हप्तामा भेरेना क्लेमेन्सिक-जोन्सले 'हस्पिटलको क्षेत्रमा संगीतको थेराप्युटिक प्रयोगहरू' विषयवस्तुमा एक अनलाइन कार्यशाला प्रस्तुत गर्नुभयो। उक्त सत्रमा अस्पतालहरूमा संगीतको थेराप्युटिक प्रयोगको इतिहास र त्यस्ता क्षेत्रमा लागू हुने आधारभूत थेराप्युटिक प्रविधिहरू जस्ता विषयहरूका छलफलहरू समावेश थिए। सहभागीहरूले नेपाली अस्पतालहरू र पुनर्स्थापना केन्द्रहरूका वातावरणमा सुविधा हुने गरी सांस्कृतिक विवेचनहरूमा केन्द्रित भइ चिन्तन सत्रमा पनि संलग्न भए।
Excerpted from ‘Music Therapy in Hospital Settings : From the Perspective of a Medical Music Therapist’, an article by Jannatul Khawsar.
जन्नतुल खाव्सरको लेख 'अस्पतालको क्षेत्रमा संगीत थेरापीः मेडिकल संगीत थेरापिस्टको दृष्टिकोणबाट' बाट उद्धृत।
Link/लिङ्क: https://www.researchgate.net/publication/372280715_Music_Therapy_in_Hospital_Settings_From_the_Perspective_of_a_Medical_Music_Therapist
uilding upon the self-care routine through music and movement session during the fifth week of TMT, an improvisation activity encapsulating the whole experience was carried out. Sharing with you all a snippet of the improvisation session!
टिएमटीको पाँचौँ हप्तामा सञ्चालन भएको संगीत र शारीरिक चालको सेसनको माध्यमबाट दैनिक स्व-हेरचाह अभ्यास हासिल गर्ने सन्दर्भलाई अघि बढाउँदै त्यस कार्यशालाको सम्पूर्ण अनुभवलाई समेट्ने एक इम्प्रोभाइजेशन क्रियाकलाप पूर्ण गरिएको थियो। त्यस इम्प्रोभाइजेशन सत्रको एक अंश शेयर गर्दै छौँ!
Week 5 of Therapeutic Music Training featured an online workshop themed ‘Burnout and Self-Care’ facilitated by Devika Mehta Kadam. The session emphasized the importance of understanding self-care while also stressing the crucial factors of accessibility and simplicity for repetition in a self-care routine.
A discussion on self-care through self-compassion followed shortly after the workshop, and the participants shared their self-care routines they practice in their daily lives.
थेराप्युटिक संगीत प्रशिक्षणको पाँचौ हप्तामा देविका मेहता कदमद्वारा 'अत्यधिक थकावट (बर्नआउट) र आफ्नो हेरचाह' सम्बन्धि विषयवस्तुमा रहेर एक अनलाइन कार्यशाला प्रदान गरिएको थियो। यस अनलाइन कार्यशालामा स्व-हेरचाहको महत्त्व बुझ्नुका साथै दैनिकीमा स्व-हेरचाहको अभ्यासहरु गर्दा पहुँच र सरलताको विभिन्न आयामहरुको महत्त्वबारे पनि चर्चा गरियो।
कार्यशाला पश्चात, आत्म-करुणाको मध्यमबाट आफ्नो हेरचाह गर्ने विषयमा छलफल भयो जसमा सहभागीहरुले आ-आफ्नो दैनिकीमा उपयोग गर्ने स्व-हेरचाह अभ्यासबारे कुराकानी गर्नुभयो।
Excerpted from Incadence's website, available at https://www.incadence.org/
इन्केडेन्सको वेबसाइटबाट साभार गरिएको; www.scmaconference.org/home-2022-2/workshops-2022 मा उपलब्ध छ।
Therapeutic Music Training has completed its first month of training and workshops! Through this post, we would like to express our appreciation to everyone involved in this training program, whose dedication has translated into making this environment inspiring and insightful.
The audio featured in this video was recorded during one of our musicking sessions at TMT, wherein locally accessible materials were used as instruments.
थेराप्युटिक संगीत प्रशिक्षणले आफ्नो तालिम र कार्यशालाहरुको पहिलो महिना सम्पन्न गरेको छ! यस पोस्टको माध्यमबाट, हामी यस प्रशिक्षण कार्यक्रममा संलग्न भई यस वातावरणलाई प्रेरणादायी र ज्ञानमुलक बनाउन योगदान प्रदान गरिरहनु भएको सबै जनालाई धन्यावाद व्यक्त गर्न चाहन्छौँ।
यस भिडियोमा बजिरहेको अडियो टिएमटीअन्तर्गत भएको एक म्युजिकिङ्ग सेसनको दौरानमा रेकर्ड गरिएको हो, जसमा स्थानीय रूपमा उपलब्ध र पहुँचयोग्य सामग्रीहरूलाई बाजाका रूपमा प्रयोग गरिएको थियो।
With the theme of ‘Therapeutic Benefits of Music in Community Settings’, the fourth week of Therapeutic Music Training was centered on indigenous music practices in Nepal and its significance. This resource oriented session featured a guest lecture by music therapist Asako Miyahara Kando, focusing on the facilitator as a player or positive participant in community settings as opposed to being solely a provider. Additionally, the meet-up also featured a discussion session where Ganga Thapa, music educator, artist, and producer, shared his thoughts on ‘Normalizing Disability and Accepting Accessibility’.
‘सामुदायिक वातावरणमा संगीतका थेराप्युटिक फाइदाहरू’ भन्ने विषयवस्तुका साथ, थेराप्युटिक संगीत तालिमको चौथो हप्ता नेपालमा आदिवासी सङ्गीत अभ्यास र तिनको महत्त्वमा केन्द्रित थियो। यस श्रोत-उन्मुख कार्यशालामा संगीत थेरापिस्ट आसाको मियाहारा काण्डोद्वारा अतिथि व्याख्यान (गेस्ट लेक्चर) प्रस्तुत गरिएको थियो, जसमा सामुदायिक वातावरणमा सहजकर्ता एक प्रदायकको रूपमा मात्र नरही एक सकारात्मक सहभागीको रूपमा पनि रहने विषय केन्द्रित रह्यो। साथै, यस बैठक अन्तर्गत भएको एक सेसनमा संगीत शिक्षाविद्, कलाकार र निर्माता गंगा थापाले ‘अपाङ्गतालाई सामान्य बनाउने र पहुँचलाई स्वीकार गर्ने’ भन्ने विषयमा आफ्ना विचार पनि राख्नु भएको थियो।
Excerpted from ‘Traditional, Folk, Fusion, and conFusion: Music and Change in the Newar Communities of Nepal’, a dissertation by Subhash Ram Prajapati.
सुभाष राम प्रजापतिको दिजर्टेसन् ‘परम्परागत, लोक, फ्यूजन र कन्फ्यूजनः नेपालको नेवार समुदायमा संगीत र परिवर्तन’ बाट उधृत।
Link/लिङ्क: https://digital.lib.washington.edu/researchworks/handle/1773/43429
The third week of Therapeutic Music Training covered the theme of ‘Introduction to Therapeutic Use of Music - Ethics’, featuring reflective discussions and explorations to address core values for ethical practice. Focusing on one of the crucial subject matters that influences practice, ethics, various musical exercises and sharings took place as well.
थेराप्यूटिक संगीत प्रशिक्षणको तेस्रो हप्ताले ‘संगीतको थेराप्यूटिक प्रयोगको परिचय - नैतिकता’ को विषयवस्तुलाई समेटेको थियो, जसअन्तरगत नैतिक अभ्यासका प्रमुख मान्यताहरूलाई सम्बोधन गर्न प्रतिबिम्बित अन्तरक्रिया र अन्वेषणहरू प्रस्तुत गरिएको थियो। नैतिकता, अभ्यासलाई प्रभाव पार्ने एक महत्त्वपूर्ण विषयमा केन्द्रित रहँदै विभिन्न सांगीतिक अभ्यास र विचारहरु साटासाट पनि भए।
We are thankful to Kathmandu Jazz Conservatory for having the Maitrī team present and facilitating a workshop titled ‘Music Makers, Music, & Music Therapy: Tuning into the therapeutic benefits of music’. This 90-minute session encouraged the participants to engage in various creative musical activities in order to inspire inter/intrapersonal connections and evoke a sense for therapeutic benefits of music.
As the workshop welcomed a diverse group of participants including music students, educators, practitioners, and performers, it also served as an introductory session to those interested to enroll in Therapeutic Music Training.
‘संगीत निर्माता, संगीत, र संगीत थेरापी: संगीतका थेराप्युटिक फाइदाहरूमा ट्युनिङ’ शीर्षकको कार्यशालामा केहि सामग्री प्रस्तुत र कार्यशाला सहजीकरण गर्नका निम्ति हाम्रो मैत्री टोलिलाई आमन्त्रित गरिदिनु भएकोमा हामी काठमाडौं ज्याज कन्जर्वेटरीलाई धन्यवाद दिन चाहन्छौँ। यो ९० मिनेटको सत्रले सहभागीहरूलाई पारस्परिक/अन्तरवैयक्तिक सम्बन्धहरूलाई प्रेरित गर्न र संगीतको थेराप्युटिक फाइदाहरूको लागि भावना जगाउन विभिन्न रचनात्मक संगीत गतिविधिहरूमा संलग्न हुन प्रोत्साहित गर्यो।
कार्यशालाले संगीत विद्यार्थीहरू, शिक्षकहरू, अभ्यासकर्ताहरू, र कलाकारहरू सहित सहभागीहरूको विविध समूहलाई स्वागत गर्नुको साथसाथै थेराप्युटिक संगीत प्रशिक्षणमा भर्ना हुन चाहनेहरूको लागि परिचयात्मक सत्रको रूपमा पनि काम गर्यो।
On the occasion of Autism Acceptance Month, Maitri Music Therapy Nepal presented and facilitated a workshop for the faculty members of Kathmandu Columbus School, Buddhanagar, Newbaneshwor on April 15, 2024. In the program organized by Lions Club Kathmandu and AWIH, understanding what Autism Spectrum Conditions are was emphasized, along with acceptance and inclusion, focusing on 'neurodiversity being the norm of nature'. How music therapy could assist in both receptive as well as expressive communication was also explored.
During her time at AWIH from 2018 to 2021, Maitri's co-founder Shreeti Pradhan worked with neurodivergent individuals, facilitating group and individual music therapy sessions. She also helped the parents, staff, and volunteers to develop a monthly support group for creative discussions and experiential learning. This work will be carried forward by Clinical Music Therapist and Maitri co-founder, Sarthak Dhunganna, in the coming months. We are committed to support the therapeutic needs of the young participants at AWIH through the means of Music Therapy.
अटिजम अनुमोदन महिनाको अवसरमा मैत्री म्युजिक थेरापी नेपालले १५ अप्रिल, २०२४ मा काठमाडौं कोलम्बस स्कूल, बुद्धनगर, नयाँबानेश्वरका संकाय सदस्यहरूका लागि कार्यशाला प्रस्तुत र सहजीकरण गरेको थियो। लायन्स क्लब काठमाडौं र AWIH द्वारा आयोजित कार्यक्रममा अटिजम स्पेक्ट्रम के हो भन्ने बुझाइनुका साथसाथै 'स्नायुविविधता (न्युरोडाइभर्सिटी) प्रकृतिको नियम हो' भन्ने कुरामा ध्यान केन्द्रित गर्दै स्वीकृति र समावेशीकरणमा जोड दिइयो। सो कार्यशालामा संगीत थेरापीले कसरी ग्रहणशील र अभिव्यक्त संचारमा मद्दत गर्न सक्छ भन्नेबारे पनि अन्वेषण गरिएको थियो।
२०१८ देखि २०२१ सम्म AWIH मा कार्यरत रहँदा, मैत्रीका सह-संस्थापक श्रीति प्रधानले न्यूरोडाइभर्जेन्ट व्यक्तिहरूसँग समूह र व्यक्तिगत संगीत थेरापी कार्यशालाहरूको सहजीकरण गर्ने काम गर्नुभयो। उहाँले अभिभावक, कर्मचारी र स्वयंसेवकहरूलाई रचनात्मक छलफल र अनुभवात्मक सिकाइको लागि मासिक सहायक समूह विकास गर्न पनि मद्दत गर्नुभयो। यो कामलाई क्लिनिकल म्युजिक थेरापिस्ट र मैत्री सह-संस्थापक सार्थक ढुङ्गानाले आगामी महिनाहरूमा अगाडि बढाउनुहुनेछ। हामी संगीत थेरापीको माध्यमबाट AWIH का युवा सहभागीहरूको चिकित्सकीय आवश्यकताहरूलाई समर्थन गर्न प्रतिबद्ध छौं।
Building on the theme of the first week, 'Introduction to Therapeutic Use of Music’, the second week of Therapeutic Music Training covered the influence that music has on the body. Emphasis was given to the physiological response of music along with guidelines to evoke desired bodily responses. Additionally, participants curated a Life-Tape collage to explore various associations, including conscious and unconscious use of the medium.
We are also immensely thankful to Dr. Bhawana Shrestha, co-founder of My Emotions Matter, for facilitating the in-person workshop on emotional intelligence, aimed at recognizing, labeling, and understanding emotions.
पहिलो हप्ताको विषयवस्तु, ‘संगीतको थेराप्युटिक प्रयोगको परिचय’ लाई आघि बडाउँदै दोस्रो हप्ताको थेराप्युटिक संगीत प्रशिक्षणको विषयवस्तुले 'संगीतले शरीरमा पार्ने प्रभाव'लाई समेटेको थियो। सो तालिममा इच्छित शारीरिक प्रतिक्रियाहरूलाई जगाउन दिशानिर्देशहरूका साथसाथै संगीतको शारीरिक प्रतिक्रियालाई जोड दिइएको थियो। यसका साथै, सहभागीहरूद्वारा आफ्नो जिवनसँग जोडिएका विविध सचेत र अचेत अवस्थाका पाटाहरूलाई संगालेर विभिन्न संगित / धुनहरूको एउटा सांगीतिक जीवन टेपको रचना पनि गरिएको थियो।
भावनाहरू पहिचान गर्ने, नामाकरण गर्ने र बुझ्ने उद्देश्यले भावनात्मक बौद्धिकतासम्बन्धी, भौतिक रुपमा संचालित, कार्यशालालाई सहजीकरण गरीदिनुभएकोमा 'माई इमोशन्स म्याटर' का सह-संस्थापक डा. भावना श्रेष्ठप्रति पनि हामी धन्य छौँ।
Taken from the Southern California Mediation Association's website, available at www.scmaconference.org/home-2022-2/workshops-2022
साउथर्न क्यालिफोर्निया मिडिएसन एसोसिएसनको वेबसाइटबाट लिइएको; www.scmaconference.org/home-2022-2/workshops-2022 मा उपलब्ध छ।
We at Maitri wish you all a very healthy, prosperous and joyous Nepali New Year 2081 and a very Happy World Music Therapy Week April 10 - 15, 2024.
मैत्रीको तर्फबाट नव वर्ष २०८१ तथा सप्ताह-व्यापी विश्व संगीत थेरापी दिवस (१०-१५ अप्रिल, २०२४) को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
Posted • Presentation & workshop on Music Therapy led by Shreeti Pradhan and Sarthak Dhungana (co-founders of ).
— Registration required. Fill out the google form in our linktree (link in bio).
2 pm | April 20 at KJC Chabahil | 90 mins
The first week of Therapeutic Music Training was completed with success! With ‘Introduction to Therapeutic Benefits of Music' as the theme of the week, we touched upon the topic of understanding one’s beliefs and values that inform therapeutic presence. The topic was also explored through various experiential activities and creative discussions, making it a great day filled with fun activities, learnings and musicking.
थेराप्युटिक संगीत प्रशिक्षणको पहिलो साता सफलतापूर्वक सम्पन्न भएको छ। यस हप्ताको विषय 'संगीतको थेराप्युटिक लाभको परिचय' भएका कारण हामीले थेराप्युटिक प्रक्रियामा व्यक्तिगत विश्वास तथा आदर्शको प्रभावबारे छलफल गर्यौं। यसै शिर्षकबारे विभिन्न अनुभवात्मक क्रियाकलापहरु र रचनात्मक तर्कहरुद्वारा पनि अन्वेषण गरियो। रोचक तथा अर्थपूर्ण क्रियाकलाप, शिक्षण-सिकाइ र म्युसिकिङ्गले भरिएको पहिलो हप्ताको समाप्तिसँगै हामी टि.एम.टि.को दोस्रो हप्ताको लागि उत्साहित छौँ।
We are thankful to the School of Music Therapy- Institute of Salutogenesis & Complementary Medicine for having our co-founder Sarthak Dhunganna to present on ‘Music Therapy in Pediatric Palliative Care’ at the International Faculty Development Program. Drawing from his experience, he emphasized on how music therapy as an intervention can assist in Pediatric palliative care, highlighting the importance of a multidisciplinary team and approach.
अन्तरास्ट्रिय संकाय विकास कार्यक्रममा हाम्रो सह-संस्थापक सार्थक ढुंगानालाई 'पिडियाट्रिक प्यालिएटिभ केयर संगीत थेरापीको भूमिका' शिर्षकमा आफ्नो कुरा प्रस्तूत गर्न निम्त्याउनु भएकोमा हामी स्कुल अफ म्युजिक थेरापी- इन्स्चीट्युट अफ सलुटोजेनेसिस एंड कम्प्लीमेन्टरी मेडीसिन प्रति अत्यन्त आभारी छौँ।आफ्ना अनुभवहरुलाई जोड्दै उहाँले संगीत थेरापी कसरी पिडियाट्रिक प्यालिएटिभ केयरमा लाभदायी हुन सक्छ भन्ने बारे कुरा राख्नुभयो र बहुमुखी टोलिसंग समन्वय र विधिको महत्त्वमा पनि जोड दिनुभयो।
April is the month of Autism, where we raise awareness, increase understanding, and foster acceptance about Autism. Music therapy has been a supportive intervention for people with autism spectrum conditions. Music therapists have been actively using the inherent quality of music to assist with social interaction, expressive and receptive communication, and social-emotional reciprocity within the Autism community. Maitri Music Therapy Nepal pledges to support and offer its services to help benefit the community.
अप्रिललाई अटिजमको महिना भनेर चिनिन्छ, जुन महिनामा हामी अटिजमबारे जागरुकता, बुझाइ र अनुमोदनलाई बढावा दिन पहल गर्छौं। अटिजमसँग सम्बन्धित विभिन्न अवस्थाहरु भएका व्यक्तिहरुका लागी संगीत थेरापीले एक सहयोगपूर्ण उपकरणको भूमिका निर्वाह गरेको छ। अटिजम समुदाय भित्र सामाजिक अन्तरक्रिया (सोसल इन्टर्याक्सन), अभिव्यंजक र ग्रहणशील संचार (एक्सप्रेसिभ तथा रिसेप्टिभ कम्युनिकेसन), र सामाजिक-भावनात्मक पारस्परिकतामा (सोसल-इमोसनल रेसिप्रोसिटी) सहायता प्रदान गर्न, संगीत थेरापिस्टहरुले सक्रिय रुपमा संगीतको उपयोग गर्दै आउनु भएको छ। मैत्री संगीत थेरापी नेपालले अटिजम समुदायलाई आफ्नो सेवाहरुद्वारा मद्दत र समर्थन गर्ने अठोट लिएको छ।
We had a collaborative and energetic musicking session at the orientation program of Therapeutic Music Training. Participants of TMT, along with Maitri’s co-founders, joined in with musical instruments of their choice, creating a space where music was used as a tool for expression.
हामीले थेराप्युटिक संगीत प्रशिक्षणको परिचयात्मक गोष्ठीमा एक सहकर्म युक्त तथा उर्जावान म्युजिकिङ्ग सेसन आयोजना गरेका थियौं। टि.एम.टि. का सहभागीहरु लगायत मैत्रीका सह-संस्थापकहरुले आ-आफ्नो चयनको बाजाहरु बजाएर संगीतलाई अभिव्यक्तिको माध्यमको रुपमा प्रयोग गर्ने वातावरण सिर्जना गर्नुभएको थियो।
The orientation of Therapeutic Music Training 2024 was completed successfully! We are delighted to have brought together all the selected participants at the orientation program, where we had the space to get to know one another and engage in meaningful and fun exercises. The participants were also briefed on the basics of the course. Here are a few glimpses of the day.
थेराप्युटिक संगीत प्रशिक्षण २०२४ को परिचयात्मक गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ ! चयन हुनुभएका सबै जना सहभागीहरुलाई एकै ठाउँमा बसेर, एक आपसमा घुलमिल भइ रोमाञ्चक र फलदायी क्रियाकलापहमा संलग्न हुन पाउँदा हामीलाई धेरै खुसी लागेको छ। यस बैठकमा सहभागीहरुलाई पाठ्यक्रमको आधारभूत बुँदाहरुबारे पनि जानकारी दिइयो। त्यस दिनका केहि पलहरु यस पोस्टमा शेयर गर्दैछौँ।
Here, we are sharing several testimonials we received from participants of the emotional wellbeing for self-care workshop organized by Yuwalaya. The workshop explored the possibilities of how creative music therapy exercises can address and assist with stress and burnout.
यस पोस्टमा हामी युवालयद्वारा संचालित, स्वयंको हेरचाहका निम्ति भावनात्मक कल्याण (emotional wellbeing) कार्यशालाका सहभागीहरुले व्यक्त गर्नु भएको अनुभवहरु शेयर गर्दैछौँ। यस सेसनमा तनाव तथा बर्नाउट जस्ता अनुभवहरुलाई सिर्जनात्मक संगीत थेरापीका अभ्यासहरूद्वारा सहज बनाउनुका साथ सम्बोधन गर्ने सम्भावनाहरुबारे चर्चा गरिएको थियो।
Thanks to Yuwalaya- a youth led NGO, for organizing a workshop facilitated by our very own co-founder, Shreeti Pradhan, on 21 March 2024. The session on emotional well-being for self-care was offered to a group of participants working to promote women’s rights and gender equality. It addressed the participants’ experiences of stress and burnout through creative music therapy exercises.
२१ मार्च २०२४मा हाम्रो आफ्नै सह-संस्थापक, श्रीति प्रधानद्वारा प्रदान गरिएको कार्यशाला आयोजना गरेकोमा, युवा नेतृत्वमा संचालित एन.जि.ओ. - युवालय प्रति हामी धन्यवाद प्रकट गर्दछौँ। स्वयंको हेरचाहका निम्ति भावनात्मक कल्याणबारे संचालन गरिएको यस सेसन महिला अधिकार र लैङ्गिक समानता सम्बन्धि क्षेत्रमा कार्यरत सहभागीहरूको समूहलाई प्रदान गरिएको थियो। यसमा रचनात्मक संगीत थेरापी अभ्यासहरुद्वारा सहभागीहरुको तनाव र बर्नआउटजस्ता अनुभवहरुलाई सम्बोधन गरिएको थियो।
We are delighted to announce the completion of the interview process and the release of the results. Stay tuned for more updates on TMT! :)
थेराप्युटिक संगीत प्रशिक्षणको शिक्षार्थी चयन प्रक्रिया अन्तर्गत गरिएको अन्तर्वार्ता प्रक्रिया पूर्ण भएको तथा परिणामहरु पनि सञ्चार गरिएको जानकारी दिन पाउँदा हामी अत्यन्त हर्षित छौँ। थप जानकारीका लागि सम्पर्कमा रहनु होला :)
Image Description: The text in the image says “Interviews are done with. Therapeutic Music Training. April-September 2024.”, with the image attached to a bulletin board. A guitar, dholak and musical notes are positioned close together in the mid-section of the poster with an audio wave in the background.
तस्विर विवरण: तस्विरमा "अन्तर्वार्ताहरु सम्पन्न भएका छन्। थेराप्युटिक संगीत प्रशिक्षण। अप्रिल - सेप्टेम्बर २०२४।" लेखिएको छ, र तस्विरलाई एउटा बुलेटिन बोर्डमा टाँसिएको छ। पृष्टभुमिमा अडियोको तरंगहरूसँगै एउटा गितार, ढोलक र सांगीतिक नोटहरुलाई नजिकै, पोस्टरको बीचको भागमा राखिएको छ।
One half of Maitri’s co-founding team, Shreeti Pradhan, talks us through the idea behind Therapeutic Music Training.
Shreeti Pradhan is a Clinical Music Therapist with 8+ years of experience in the areas of mental health, neurodevelopmental conditions, community wellbeing, and hospital settings. Her expertise lies in emotional health and community wellbeing. She is trained in Narrative Practices, is a Buddhist Studies graduate from the Rangjung Yeshe Institute, art practitioner in both contemporary and buddhist tradition, and the visionary and co-founder at Maitri Music Therapy Nepal.
मैत्रीको सह-संस्थापन समूहको एक सदस्य, श्रीति प्रधान, थेराप्युटिक संगीत प्रशिक्षण कार्यक्रम सुरु गर्नुको उद्देश्यबारे बताउँदै हुनुहुन्छ।
श्रीति प्रधान मानसिक स्वास्थ्य, न्यूरोडेवलपमेन्टल अवस्था, सामुदायिक कल्याण, र अस्पताल सेटिङहरूमा ८+ वर्षको अनुभव भएको क्लिनिकल संगीत थेरापिस्ट हुनुहुन्छ। उहाँको विशेषज्ञता भावनात्मक स्वास्थ्य र सामुदायिक कल्याणको क्षेत्रमा रहेको छ। उहाँ कथ्य-अभ्यासमा प्रशिक्षित, रंगजुङ येसे संस्थानबाट बौद्ध अध्ययन स्नातक, समकालीन र बौद्ध परम्परामा कला अभ्यासकर्ता, र मैत्री म्युजिक थेरापी नेपालको दूरदर्शी र सह-संस्थापक हुनुहुन्छ।
We are pleased to announce that the first phase of the interview process for Therapeutic Music Training has concluded. We look forward to the second phase of the interview process that will take place next week. Applicants selected from the interview will be notified via email.
थेराप्युटिक संगीत प्रशिक्षणको शिक्षार्थी चयन प्रक्रिया अन्तर्गत गरिएको अन्तर्वार्ताको पहिलो चरण सकिएको जानकारी गराउन पाउँदा हामी खुसि छौँ र आउँदो हप्ता गरिने अन्तर्वार्ताको दोस्रो चरणका लागी हामी अत्यन्त उत्साहित छौँ। अन्तर्वार्ता प्रक्रियाबाट चयन हुनुभएको आवेदकहरुलाई ई-मेलद्वारा सूचित गरिने छ।
Image Description: The text in the image says “Interview in Progress. Therapeutic Music Training. April-September 2024.”, with the image attached to a bulletin board. A guitar, dholak and musical notes are positioned close together in the mid-section of the poster with an audio wave in the background.
तस्विर विवरण: तस्विरमा "अन्तर्वार्ता चलिरहेको छ। थेराप्युटिक संगीत प्रशिक्षण। अप्रिल - सेप्टेम्बर २०२४।" लेखिएको छ, र तस्विरलाई एउटा बुलेटिन बोर्डमा टाँसिएको छ। पृष्टभुमिमा अडियोको तरंगहरूसँगै एउटा गितार, ढोलक र सांगीतिक नोटहरुलाई नजिकै, पोस्टरको बीचको भागमा राखिएको छ।
We are delighted to have received such a good number of applications for Therapeutic Music Training! Thank you for taking the time and putting effort into filling out the application.
This is also to announce that the deadline for application submissions for TMT is closed.
थेराप्युटिक संगीत प्रशिक्षणका लागि यति राम्रो संख्यामा आवेदनहरु प्राप्त गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ। आफ्नो महत्वपुर्ण समय निकालेर आवेदन भर्नु भएको सबै जनालाई धेरै धन्यवाद।
यसै पोस्ट मार्फत हामी टि.एम.टि. को आवेदन बुझाउने अन्तिम मिति सकिएको जानकारी पनि गराउन चाहन्छौँ।
Image Description: The text in the image says “Therapeutic Music Training. April-September 2024. Application Deadline Closed.” The Maitri logo is placed at the top of the poster. A guitar, dholak and musical notes are positioned close together in the mid-section of the poster with an audio wave in the background.
तस्विर विवरण: तस्विरमा "थेराप्युटिक संगीत प्रशिक्षण। अप्रिल - सेप्टेम्बर २०२४। आवेदन बुझाउने म्याद सकिएको छ।" लेखिएको छ। मैत्रीको लोगो पोस्टरको मत्थिलो भागमा राखिएको छ। पृष्टभुमिमा अडियोको तरंगहरूसँगै एउटा गितार, ढोलक र सांगीतिक नोटहरुलाई नजिकै, पोस्टरको बीचको भागमा राखिएको छ।
Know Your Workshop Facilitator! As one of the sessions of the TMT, Verena Clemencic-Jones will be facilitating an online workshop on the Therapeutic Use of Music in Hospital Environments. We are incredibly excited to be able to collaborate with globally recognized music therapists for this training course.
आफ्नो गेस्ट लेक्चररबारे जान्नुहोस्! टि.एम.टि. कार्यक्रम अन्तर्गत हुने एक अनलाईन सेसनमा भेरेना क्लेमेन्सिक-जोन्सले अस्पतालभित्रको वातावरणमा संगीतको थेराप्युटिक प्रयोग सम्बन्धि कार्यशाला संचालन गर्नुहुने छ। यस प्रशिक्षण कोर्षका लागि संसारभरि स्थापित संगीत थेरापिस्टहरुको समूहसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त उत्साहित महसुस गरिरहेका छौँ।
उहाँले काठमाडौँ स्थित कान्ति बाल अस्पतालको बर्न वार्ड लगायत अन्य विभिन्न बाल अस्पतालहरुमा संगीत थेरापी सम्बन्धि कार्यक्रमहरु स्थापना गर्दै आउनु भएको अनुभव पनि शेयर गर्नुहुनेछ।
Image Description: Verena, in a dark-colored t-shirt, is smiling at one of her students/clients as she strums on an acoustic guitar. The room she is in appears to be filled with bright-colored toys.
तस्विर विवरण: गाढा रंगको टि-शर्ट लगाउनु भएको भेरेना आफ्नो विद्यार्थी तर्फ हेरेर मुस्कुराउँदै अकुस्टिक गितार बजाउँदै हुनुहुन्छ। उहाँ भएको कोठा रंगी-बिरंगी खेलौनाहरुले भरिएको छ।
Do you want to learn the therapeutic possibilities of music in hospital environments? Join us at the Therapeutic Music Training program and understand the scope of implementing therapeutic music in various hospital and community settings.
के तपाईं अस्पतालको क्षेत्रमा संगीतको थेराप्युटिक सम्भावनाहरुबारे जान्न चाहनु हुन्छ? थेराप्युटिक संगीत प्रशिक्षण कार्यक्रममा सहभागी भइ विभिन्न सामुदायिक तथा अस्पतालसँग सम्बन्धित क्षेत्रमा थेराप्युटिक संगीतको प्रयोजनबारे बुझ्नुहोस्।
Image Description: The text in the image reads “Explore the therapeutic possibilities of music in hospital environments. Therapeutic Music Training. April-September 2024.” Maitri’s logo is placed on top, audio waves in the mid-section and a QR code in the bottom right corner of the image with “Scan me” text placed on top of it in relatively smaller text.
तस्विर विवरण: तस्विरमा “अस्पताल भित्रको वातावरणमा संगीतको थेराप्युटिक सम्भावनाहरुबारे जान्नुहोस। थेराप्युटिक संगीत प्रशिक्षण। अप्रिल - सेप्टेम्बर २०२४।” लेखिएको छ। तस्विरमा मैत्रीको लोगो माथि पट्टि, अडियोका तरङ्गहरु बीचको भागमा र तलको दायाँ पट्टि एउटा क्यु.आर. कोड राखिएको छ जसको ठिक माथि सानो अक्षरमा "स्क्यान गर्नुहोस्" लेखिएको छ।
Know Your Workshop Facilitator! Katherine Martin will be facilitating an online guest lecture on Therapeutic Benefits of Songwriting for Mental Health as a part of the TMT 2024. We feel incredibly privileged and grateful to have her as one of the guest lecturers in this training course.
आफ्नो गेस्ट लेक्चररबारे जान्नुहोस् ! क्याथरिन मार्टिनद्वारा मानसिक स्वास्थ्यमा गीत लेखनको थेराप्युटिक लाभ बारे एक अनलाईन गेस्ट लेक्चर संचालन गरिनेछ। टि.एम.टि.मा गेस्ट लेक्चररको भूमिकामा उहाँसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ।
“गीत लेखनले भावनाहरुलाई आत्मसात र निर्देशन गर्ने पक्षलाई परिचालन गर्नुका साथै अप्ठ्यारो महसुस गराउने सम्झनाहरु र भावनाहरुलाई अघि ल्याउन सजिलो बनाइदिन्छ। गाना लेखन र गाना बजाउनाले व्यक्तिहरुमा आत्मबल उजागर गर्ने र उहाँहरुको जीवनमा अर्थ र उद्देश्यको बिजारोपण गर्न मद्दत पुर्याउँछ।”
- क्याथरिन मार्टिन
Image Description: Katherine Martin is seated on a dark-colored couch and is smiling at the camera. She has shoulder-length brown hair and a locket is hanging down her neck.
तस्विर विवरण: गाढा रंगको सोफामा बस्नु भएको क्याथरिन मार्टिन क्यामरामा हेरेर मुस्कुराउँदै हुनुहुन्छ। उहाँको कुमसम्म आउने खैरो कपाल छ र उहाँको घाँटीबाट एउटा लकेट झुन्डिएको छ।
Click here to claim your Sponsored Listing.
Videos (show all)
Contact the practice
Website
Address
44600
Post Box No. : 8975, EPC 5467
Kathmandu
Nepal Public Health Association (NEPHA) is a organization of Public Health professionals in Nepal, established in 1990, to organize all the public health professionals and to deve...
Baneshwor
Kathmandu, 44600
Transform mind, body and soul with our yoga & wellness programs. Join us & unlock your best self!
Jamtse Sorig Healing Centre, Backside Of Police Station, Bhagwan Pau, Swaybu-15
Kathmandu
Established on 06 April 2023.
Thamel
Kathmandu, 44600
We are here to share our passion with people who are on a same path as us.Everything around us is vi
Chandragiri
Kathmandu, 44600
Hospital Khabar is a website dedicated to health and wellness
Thamel
Kathmandu, 44600
"Crystal healing is an alternative-medicine practice that uses semiprecious stones and crystals such as quartz, agate, amethyst, opal etc."
Ring Road Sita Paila, Sitapaila
Kathmandu
The AMAAN is the national membership organization of acupuncture, moxibustion and acupressure practitioners and supporters that practice of TCM. The mission is to support our membe...
Kathmandu
A Safe Space to be Vulnerable Peer Support Non-Judgmental Listeners Connect to MH Professionals 💚
Tushal Chowk , NIC Asia Bank Building , Boudha
Kathmandu
treatment done by NMC registered specialist doctor .follows all sterilization protocol. Treatment at
Kathmandu
Dedicated to yoga and meditation, holistic health, sound healing and mindful living.
Kathmandu
सीढी उस्लाई आवश्यक हुन्छ। जस्लाई छत सम्म जान चाहान्छ। जस्लाई गगन चुम्नु छ, उ आफ्नो बाटो आफै बनाउ छ