Easy Pharma Partner

This page is completely defined page for all pharmacy notes jobs and information's to all people's.

10/12/2023

Urgent notice from Nepal Pharmacy Council

Photos from Easy  Pharma Partner's post 29/09/2023

औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) विधेयक, २०८० प्रतिनिधि सभामा दर्ता भएको छ । संसद सचिवालयका अनुसार यो प्रतिनिधि सभाको चालू कार्यकालको पहिलो गैरसरकारी विधेयक हो ।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विद्यमान औषधि ऐन २०३५ ले स्वास्थ्य उपचारको क्रममा प्रयोग हुने सम्पुर्ण स्वास्थ्य प्रविधिजन्य सामाग्री एवंम सौन्दर्य प्रसाधनलाई समेट्न नसकेको भन्दै नयाँ विधेयक ल्याएका हुन् ।

Reference: https://hr.parliament.gov.np/np/bills/PzmnRoSo

25/09/2023

💊👨‍⚕️👩‍⚕️🏥 Happy world pharmacist day 🎇

22/09/2023

Date/मिति:2080-06-08 to 2080-6-12
👉Note:Date मा technical mistake भएका कारण हामी क्षमाप्रार्थी गर्न चाहन्छौ।

19/09/2023

👌फार्मेशी पेशामा आशाको कीरण झुल्कदै !!
ब्यबस्थापन पक्ष सबल हुदै गएमा स्वदेशमा पनि फ़ार्मेसीस्ट साथीहरुलाई नयॉं अवसर प्राप्त हुने सम्भावना देखीयो !

16/09/2023

ℹ️नेपाल फार्मेसी परिषदले संचालन गरेको 23 औ नाम दर्ता परीक्षा फार्मेसी सहायक तर्फको नतिजा :
उपस्थिति संख्या : १९८५
उतिर्ण संख्या : ७९५
निष्कासन : ४

४०% पास ।
👌Don’t worry ,हामी संगै त छौनी❤️❤️❤️

15/09/2023

ℹ️फार्मेशी सहायकको Notice आको थाहै नभई Exam date fix भईसकेछ,Don’t worry ,Do or Die anyhow pass hunuparxa hai ,सबैलाई Best of luck ❤️❤️❤️

11/09/2023

ℹ️लोक सेवा आयोग द्वारा फार्मेसी सहायक पाचौ तहका लागि सोधिएका प्रश्नहरू

11/09/2023

ℹ️ Urgent Vacancy

10/09/2023

💊औषधि व्यवस्था विभागले सेवाग्राहीको सहायताका लागि कार्यालय परिसरमा हेल्प डेक्स स्थापना गरेको छ।
विभागमा आउने सेवाग्राहीका लागि सेवा उपलब्ध गराउन सहज बनाउन हेल्प डेक्स आइतबार देखि सञ्चालनमा ल्याइएको विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए।
विभागमा औषधि पसल दर्ता, नविकरण तथा अन्य कामका लागि आउने सेवाग्राहीलाई विभाग परिसरमा शुल्क लिएर सहयोग गर्ने विचौलियाहरु बढेको गुनासो आएपछि विभाग आफैले निशुल्क हेल्प डेक्स सञ्चालनमा ल्याएको महानिर्देशक ढकालको भनाइ छ।

09/09/2023

ℹ️23rd Name Registration Exam Pharmacist:Congratulation to all👍
Result summary
Total valid application:867
Total present candidates:834
Successful candidates: 200
Pass %: 23.98
You can check your results and marks on website of NPC.

07/09/2023

ℹ️२३औ नाम दर्ता परिक्षा फार्माशिष्ट(बि.फार्मेसी)को सुचना:

07/09/2023

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले औषधी व्यवस्था विभागमा दर्ता नभएका Neutraceuticals/Food Supplements हरु Prescribe गर्न बन्देज गरेको छ।

Photos from Easy  Pharma Partner's post 06/09/2023

नेपाल फर्मास्यूटिकल एसोसिएसन (NPA)-लुम्बिनी प्रदेश कार्यसमिति फार्मेसी जनशक्ति व्यवस्थापन तथा फार्मेसीको दर्वंन्दी सिर्जना गर्न ध्यानाकर्षण गराउन बुटवल उपमहानगरपालिकामा। वर्तमान फार्मेसी पेशागत अवस्था र अवसर को विषयमा नगर प्रमुख ज्यू संग घनिष्ठ छलफल ! !

Photos from Easy  Pharma Partner's post 01/09/2023

ℹ️🏥 सिभिल सर्भिस हस्पिटल द्वारा फार्मेसी सहायक पाचौं तहका लागी सोधिएका प्रश्नहरु यसप्रकार रहेका छन्।

30/08/2023

Antibiotics/ Antimicrobial सम्बन्धी मह्त्वपुर्ण सुचना:

29/08/2023

विश्वमै पहिलो पटक एक अस्ट्रेलियाली महिलाको मस्तिष्कमा ८ सेमी (३ इन्च) को जुका जिउँदै भेटिएको वैज्ञानिकहरूले बताएका छन् । बीबीसीमा प्रकाशित समाचार अनुसार गत वर्ष अस्ट्रेलियाको क्यानबेरास्थित एक अस्पतालमा शल्यक्रिया गर्दा बिरामीको क्षतिग्रस्त मस्तिष्कको अगाडिको भाग (फ्रन्टल लोब)बाट धागो जस्तो संरचना निकालिएको थियो।
जुका हाम्रो शरिरको विभिन्न भागमा गएर असर पार्छ,जस्तै टाउकोमा गएर टाउको धेरै दुख्ने इत्यादि ठाउंमा असर गर्छ।
त्यसकारण जुकाको औषधी बेलाबेलामा खाईराख्नुपर्छ।

29/08/2023

ℹ️How to solve all type of mcqs in final exam
👌 Easy Trick's/idea only

Photos from Easy  Pharma Partner's post 28/08/2023

👉 Nepal Pharmacy Council को Name Registration License 🪪 Examination को Past Collection Questions को Answer सहित सम्पूर्ण जानकारी यसप्रकार रहेको छ।
काहीकतै technical mistake हुन सक्छ please हामीलाई सल्लाह सुझाव दिनुहोला।
👌 Slide No:2

Photos from Easy  Pharma Partner's post 28/08/2023

👉 Nepal Pharmacy Council को Name Registration License 🪪 Examination को Past Collection Questions को Answer सहित सम्पूर्ण जानकारी यसप्रकार रहेको छ।
काहीकतै technical mistake हुन सक्छ please हामीलाई सल्लाह सुझाव दिनुहोला।
👌 Slide No:1

26/08/2023

👌महत्वपुर्ण जानकारी: फार्मास्युटिकल एसोसिएसन (NPA) तथा फार्मेसी पैसाको हकहितको लागि आवाज उठाउने संघ संस्थाहरुले देहाय बमोजिमको कार्यान्वयन हुने गरि सम्बन्धित सरोकारवाला सम्म पहल गरिदिए फार्मेसी पैसाको लागि फलदायी हुने थियो ।

१. सातै प्रदेशमा औषधि व्यवस्था विभाग (DDA) र राष्ट्रिय औषधि प्रयोगशाला (NML) को शाखा हुनुपर्ने ।
२. कुनै पनि सरकारी निकाय बिशेष गरी स्थानीय तहले औषधि पसल तथा औषधि सम्बन्धि कामकाज हुने स्थानको अनुगमन गर्दा DDA को प्रतिनिधि वा औषधि विज्ञको उपस्थिति बिना नै अनुगमन गरेको पाइएकोले सो निकायबाट अनुगमन गर्दा DDA को प्रतिनिधि वा फार्मेसी निरीक्षकको उपस्थितिमा मात्र औषधिको अनुगमन गर्नुपर्ने ।
३. “अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२” को दफा १० बमोजिम PHC, अस्पताल तथा स्थानीय तहमा समेत दरबन्दी सृजना गर्न सम्बन्धित निकायमा दबाब दिने र हाल भएको दरबन्दीलाई पुर्न: बिचार गरिनुपर्ने ।
४. “जहाँ औषधि त्यहाँ फार्मासिस्ट” नारालाई कार्यान्वयन गर्न पहिलेको रिजनल मेडिकल स्टोर जस्तै हालको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको प्रमुख फार्मेसी अधिकृत हुनुपर्ने ।
५. सरकारी अस्पतालको मेडिकल स्टोर तथा अस्पताल फार्मेसीको जिम्मा फार्मेसी अधिकृत/फार्मेसी जनशक्तिलाई अधिकार सहित दिनुपर्ने ।
६. नेपाल सरकार अन्तरगत फार्मेसी सेवामा रिक्त रहेको दरबन्दीमा लोक सेवा आयोगबाट बिज्ञापन गरि पद परिपुर्ति गर्नुपर्ने ।
७. “औषधि ऐन २०३५” आवश्यकता बमोजिम संशोधन गरिनुपर्ने र DDA बाट अनुगमन गर्दा सम्बन्धित जिल्ला अदालतको प्रतिनिधि/सरकारी वकिल सहितको उपस्थितिमा अनुगमन क्रममा दोषी ठहरिएकाहरुलाई अदालतमा मुद्दा जान नपर्ने गरि तत्काल स्थलगत कारवाही गरिनुपर्ने बुदाँ संशोधनमा समावेश गरिनुपर्ने वा उपयुक्त हुने गरी संशोधन गर्नुपर्ने।

नोट: माथी उल्लेखित बुदाँहरु कार्यान्वयनको लागि NPA तथा फार्मेसी पैसा सम्बन्धि संघ संस्थाले सातै प्रदेशको समाजिक बिकास मन्त्रालय र मुख्यमन्त्री कार्यालयहरूमा ज्ञापन-पत्र सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दबाब दिनु पर्छ र फ्लोअप गरिराख्नु पर्छ । यो कार्यको लागी मबाट सकिने भौतिक तथा आर्थिक सहयोगको लागि तत्पर रहनेछु।
धन्यवाद, नमस्कार। जय फार्मेसी ।
फा. कृष्ण नन्दन मेहता

25/08/2023

urgent notice from Nepal 🇳🇵 Pharmacy Council:Don’t Worry ramrari padnuhola:anyhow pass hunuparxa sabai Jana
ℹ️ नेपाल फार्मेसी परिषदको परिक्षामा कुनै पनि व्यक्ती वा सँस्थाले परिक्षामा सहयोग गर्ने उतिर्ण गराईदिने जस्ता प्रलोभनको भरमा नपरी तत्काल त्यस्ता सँस्था वा व्यक्तिको पहिचान गरि नेपाल प्रहरी वा नेपाल फार्मेसी परिषदमा उजुरी गर्न परिषद हार्दिक अनुरोध गर्दछ ।

25/08/2023

जनशक्तिभन्दा दुई हजारबढी फार्मेसी सञ्चालनमा
============================

काठमाडौं । औषधि भन्ने बित्तिकै सामान्य मानिसको जीवनसँग प्रत्यक्ष सरोकारको विषय हो । औषधि खरिद वा बिक्री गर्न सम्बन्धित क्षेत्रको ज्ञान भएको मानिस नै चाहिन्छ ।

औषधि ऐनमा फार्मेसिष्ट, सहायक फार्मेसिष्ट वा औषधिसम्बन्धी तालिम लिएकाहरुले मात्र चिकित्सकको प्रेस्क्रिप्सन बमोजिम औषधि बेच्न पाइने प्रावधान छ । ऐनको प्रावधानअनुसार नै औषधि बिक्री भइरहेको होला भन्ने बुझाइ आम मानिसको हुन्छ । तर नेपालमा कानुनले तोकेको जनशक्तिको तुलनामा फार्मेसीको संख्या धेरै छ ।

यसरी मानिसको स्वास्थ्यमा गम्भीर खेलबाड भइरहेको पुष्टि हुँदा पनि सरोकारवाला निकाय औषधि व्यवस्था विभागले प्रभावकारी अनुगमन गर्न सकेको छैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आषधि बिक्रीको अनुमति पाएका करिब ३२ हजार फार्मेसी छन् । तर फर्मासिस्ट, सहायक फार्मेसिस्ट र तालिम लिइ व्यवसायिक मान्यता पाएर औषधि बिक्री वितरण गर्न पाउनेहरुको संख्या भने ३० हजारको हाराहारीमा छ । यो तथ्यांक हेर्दा औषधिको जथाभावी बिक्री वितरण भइरहेको स्वास्थ्य मन्त्रालयकै आकलन छ ।

औषधि बिक्री अर्थात् फार्मेसी सञ्चालनको अनुमति लिन फार्मेसिष्ट, सहायक फार्मेसिष्ट वा औषधिसम्बन्धी तालिम लिएकाले आफ्नो प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्छ । तर त्यो विवरण सरकाससँग अद्यावधिक छैन । औषधि बिक्री वितरण गर्न योग्य कतिपय जनशक्ति औषधि उद्योग तथा अन्य पेशामा समेत संलग्न छन् । अझ कतिपय त विदेश समेत गएको हुन सक्ने विज्ञ बताउँछन् । यसबारे कसैले पनि सुक्ष्म अध्ययन गरेको छैन ।

औषधिको नियामक निकाय औषधि व्यवस्था विभागले आर्थिक वर्ष २०७९/८० मा ३३ सय ३९ फार्मेसीको अनुगमन गरेको थियो । त्यस क्रममा विना फर्मासिस्ट औषधि बिक्रीवितरण गरेको, प्रतिबन्धित औषधि बेचेको लगायतका आरोपमा ७९ वटा पसलमाथि मुद्दा चलाइएको थियो । तर विभागले सबै फार्मेसीको प्रभावकारी अनुगमन गर्न सकेको छैन । जनशक्ति अभावलाई बहाना बनाएर विभाग सबै औषधि पसलको अनुगमन गर्नबाट पन्छिँदै आएको छ ।

नेपालमा वार्षिक ७० अर्ब रुपैयाँ बराबरको औषधि खरिद बिक्री हुने गरेको अनुमान छ । औषधि बिक्री वितरण गर्ने करिब १० प्रतिशत फार्मेसी बिना दर्ता सञ्चालन भएको अनुमान सरकारले गरेको भए पनि अनुगमन र कारबाही नहुँदा जनताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्ने प्रवृत्तिले प्रोत्साहन पाएको देखिन्छ ।

Source :Kantipur 📺 TV

Photos from Easy  Pharma Partner's post 23/08/2023

👌 केही महत्वपुर्ण कसुर र सजाय सम्बन्धी महत्वपुर्ण जानकारीहरू :
1)औषधिमा मिसावट गर्ने वा मिसावट गरेको औषधि बेच्ने :पाँच वर्षसम्म कैद र पचास हजार रूपैयाँसम्म जरिवाना (ज्यान गएमा ज्यान मारे सरह )

2)म्याद नाघेको औषधि बिक्री वितरण गर्ने :एक वर्षसम्म कैद र दश हजार रूपैयाँसम्म जरिवाना

3)एक औषधिलाई अर्को औषधि भनी बिक्री वितरण गर्ने :दुईवर्षसम्म कैद र दश हजार रूपैयाँसम्म जरिवाना
Easy Pharma Partner

23/08/2023

महत्वपुर्ण जानकारी– वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिइकन भारतको सीमा क्षेत्रमा सञ्चालित शिक्षालयमा अध्ययन गर्ने नेपाली नर्सिङ विद्यार्थीको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको छ ।

वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिइकन सीमा क्षेत्रमा नर्सिङ पढ्न गएका नेपाली विद्यार्थीको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको हो ।

चिकित्सा शिक्षा आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले भारतीय सीमा क्षेत्रमा नर्सिङ पढ्न जाने नेपाली विद्यार्थीले अनिवार्य एनओसी लिएर मात्रै जानुपर्ने बताउनुभयो ।

अहिले नेपाली विद्यार्थीहरु नर्सिङ अध्ययनका लागि नेपालको सीमा क्षेत्रमा सञ्चालित कलेजमा जाने गरेका छन् ।

चिकित्सा शिक्षा आयोगका सदस्यसचिव काप्रीले सम्बद्ध निकायले सूचना मार्फत् विद्यार्थीलाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।

साथै उहाँले देश बाहिर अध्ययन गर्न कति विद्यार्थी गएका छन् भन्ने बारेमा तथ्याङ्कगत अध्ययन रहेकोमा पनि जोड दिनुभयो ।

उहाँले नियमनकारी निकायको प्रभावकारीता नदेखिँदा अभिभावक र विद्यार्थी अन्योलमा परेका बताउनुभयो ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले चिकित्सा शिक्षा आयोगले समन्वय नगर्दा समस्या निम्तिएको टिप्पणी गर्नुभएको छ ।

उहाँले भारत सरकारले एक सय ५७ वटा नर्सिङ कलेज खोल्ने निर्णय गरेको भन्दै ती मध्ये धेरैजसो सीमा क्षेत्रमै स्थापना भएका बताउनुभयो ।

चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका अध्यक्ष निर्मल सापकोटाले २० वर्षदेखि सञ्चालनमा रहेका पुराना शिक्षण संस्थालाई राज्यले उपेक्षा गर्न खोजेको बताउनुभयो ।

पछिल्लो समय चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच प्रभावकारी समन्वय नहुँदा र क्षेत्राधिकार बाँडफाँटमा मतभेद हुँदा नर्सिङ शिक्षामा समस्या उत्पन्न भएको छ ।

22/08/2023

सबै मा नमस्कार !!!
केहि समय भित्र नेपाल फार्मेसि परिशदमा दर्ता भएका फर्मासिष्ट हरु को काहा कार्यरत हुनुहुन्छ , पेशाको कुन बिधा मा कार्यरत हुनुहुन्छ , फार्मेसि सहायक , फर्मासिष्ट त्यस्मा पनि अस्पताल , उधोग, एकेडमि आदि साथै स्नातकोत्तर र पि एच डि गरेको सम्पुर्ण जन शक्ति तथ्याङ्क सकलन गर्न केहि साथि हरु दोह्रो तेह्रो रोजगारी गर्ने कोहि क्षमता हुदा हुदै बेरोजगार हुने वातावरण अन्त्य गर्न राज्यको आधिकारिक निकायलाइ आज को अबस्थामा कति दर्बन्दि चाहिन्छ त्यस्को सटिक मापन गर्न र अगामि १० बर्षमा चाहिने जन सक्ति को प्रच्छेपन गर्ने उदेश्यले परिशद केहि दिन भित्र KYP अभियान सहित आउदैछ ।सहकार्य र सहमतिले मात्र एक ब्यबस्थित एब्म उज्वल भविश्य सहितको फार्मेसि पेशा निर्माण गर्न सकिन्छ । यस कार्यको लागि अग्रसर गराउने नेपाल फार्मेसि परिशद्को अध्यक्ष एब्म NPA केन्दिय कार्यसमिति लाइ बिशेष धन्यवाद !!

Photos from Easy  Pharma Partner's post 21/08/2023

काठमाडौ महानगरपालिका द्वारा विभिन्न प्रकारका रोजगारी खोलिएको बारेमा महत्वपूर्ण सूचना, फार्मेसीपेसाका लागि दक्ष जनशक्ति आवश्यक परेको सुचना यही Notice मा प्रकाशित गरिएको छ।

21/08/2023

Opportunity ,opportunity ,Opportunity

20/08/2023

🏥बागमती प्रदेशका १३ वटा अस्पतालमा ८११ बेड निःशुल्क, कुन अस्पतालमा कति?
👉 महत्वपूर्ण जानकारी

19/08/2023

👍Great Decision by Nepal Pharmacy Council

Want your practice to be the top-listed Clinic in Lalitpur?
Click here to claim your Sponsored Listing.

Videos (show all)

ℹ️How to solve all type of mcqs in final exam👌 Easy Trick's/idea only
🤗 सन्तुष्टि नै जिवनको सुख हो ❤️👌 सन्तुष्टि आफ्नै मनबाट प्राप्त हुने चिज हो 👏
🤔🔴🔴🔴🔴🤔🤗
🤔🤗👌 जुनसुकै खालको परिक्षा पास गर्ने उपायहरू 🤗🤔👌
🤔 अच्चमको स्वास्थ्य समाचार:मलद्वारबाट रक्सीको बोत्तल पेटमा छिराएपछि..
🏥 नेपाल र विदेशी अस्पतालको भिन्नता, स्वास्थ्य क्षेत्रलाई सुधार्न हामी सम्पूर्ण स्वास्थ्यकर्मी र सरकारले ध्यान दिनुपर्ने ...
🤗 धोकेबाज हौ तिमी वाला पढाई🤔😃😄😄 Just for fun 😊
👏 ईमान्दारिता नै जिन्दगीको सबैभन्दा ठूलो सम्पत्ति हो, ईमान्दारिता के हो भन्ने कुरा हाम्रा सिन्धुपाल्चोक जिल्लाका सबिन गु...
🤗Me ignoring MCQs be like 🤔
🫀 Heart Working Process ❤️
👋 जिन्दगीमा सबैले आ-आफ्नो विषयको राम्रो अध्ययन गरेका हुन्छन्, तर एउटा विषयको अध्ययन गर्न बिर्सन्छन्, त्यो विषय हो मानवीय...
🫡 Practical Study भनेको यस्तो हुनुपर्छ, अनिमात्र सम्पूर्ण विधार्थीहरुले सिक्ने मौका पाउँछन् र सिक्छन् पनि 🫡म्याम लाई  नम...

Category

Telephone

Address

Lalitpur

Other Medical & Health in Lalitpur (show all)
Gurju Ayurvedic Pharma Gurju Ayurvedic Pharma
Sajha Bhawan, Lagankhel
Lalitpur, 977

Ayurvedic medicine pharma at lagankhel with home delivery service. You also can visit our center for

Tasinchowk pharmacy Tasinchowk pharmacy
Lalitpur

every health facilities

Aayam Health Care Aayam Health Care
Talchikhel
Lalitpur, 44600

Talchikhel

Vision 2020 Optical Vision 2020 Optical
Lalitpur, 977

Deals with all types of frames, glasses,sunglasses,contact lenses with complete eye examination.

Nepal Mediciti Bone & Joint Center Nepal Mediciti Bone & Joint Center
Nakhkhu Ukalo Road, Nakhkhu Patan, Karyabinayak
Lalitpur, 44600

Have any problems in your bone & joints ? We offer "Honest opinion and complete Orthopedic solution."

Nepali Titan Gel Nepali Titan Gel
Lalitpur

Titan Gel

Medi Case Medi Case
Pulchowk
Lalitpur, 44600

Our Company is a medical Concierge backed by International Hospitals and Doctors in Singapore and Thailand. With Organized Team, we are dedicated to choose best Hospital services a...

Thasi Community Hospital Thasi Community Hospital
Mahalaxmi Municipality/6, Siddhipur
Lalitpur, 44700

"health services for the community by the community"

Elite Health Clinic Elite Health Clinic
Mahalaxmisthan
Lalitpur, 46600

A private health clinic founded by prominent health care professionals to provide "Services for Qual

FPAN Hormonal Therapy Clinic FPAN Hormonal Therapy Clinic
Hariharbhawan
Lalitpur

@FPANHeadoffice

Swastik Health Group Swastik Health Group
Talchikhel 14
Lalitpur

"Empowering Wellness, Enriching Lives. 🌱

Astra Ayurveda Production Nepal Astra Ayurveda Production Nepal
Satobato
Lalitpur, 284403

health/beauty/herbal