Eps topik,skill test,& all process page

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Eps topik,skill test,& all process page, Grocers, Kathmandu, Lalitpur.

24/09/2021

कोविड भ्याक्सिन लगाइसकेका साथीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जानेहरुको हकमा लागू गरेको QR कोड सहितको इलेक्ट्रोनिक कोविड-१९ भ्याक्सिनेशन सर्टिफिकेट बनाई राख्नुहोला।

• सर्टिफिकेट कसरी बनाउने त ?

✓ सर्टिफिकेटको लागि तलको लिंकमा गई अनलाइन आवेदन दिनु पर्ने हुन्छ । लिंक खुलेपछि सुरुमा तपाईंले निलो अक्षरमा प्रमाणीकरका लागि आवेदन फारम लेखिएको देख्न सक्नु हुनेछ। त्यसमा गै मागेको विवरणहरू भर्नुहोला। विवरण भर्ने प्रकृया पुरा गरिसके पछि अन्तिममा आवस्यक कागजातहरू अपलोड गर्नु पर्ने हुन्छ । सहजताको लागि कागजातहरुको नमूना पनि त्यतै राखिएको छ । फाराम भर्दा चाहिने कागजातहरु :

१. पासपोर्ट साइजको फोटो फाइल
२. एमआरपी राहदानीको फोटो फाइल
३. भ्याक्सिन कार्डको फोटो फाइल
४. कबुलियतनामा फारमको फोटो फाइल

नोट - सबै फोटोको फाइल साईज 250 kb भन्दा तल हुनुपर्ने छ ।

https://vaccine.mohp.gov.np

• कबुलियतनामा फारम कहाँ बाट डाउनलोड गर्ने ?

✓ कबुलियतनामा फारम तपाईंले सोही इन्टरफेसको लास्टमा गएर डाउनलाेड गर्न सक्नुहुनेछ त्यसका लागि लिंक खोलेर प्रमाणीकरणका लागि आवेदन फारम भन्ने अप्सनमा गइसके पछि खुलेको इन्टरफेसको अन्तिम सम्म स्क्रोल डाउन गरी जानुहोला । त्यहाँ तपाइँले अलि सानो अक्षरमा "कबुलियतनामा फारम डाउनलोड गरी पूर्ण रूपमा भरेर अपलोड गर्नुपर्ने छ। डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहोस" लेखेको देख्न सक्नुहुनेछ। त्यहाँ बाट फारम डाउनलाेड गरी प्रिन्ट आउट गरेर भर्नुहोला र फोटो खिचेर अपलोड गर्नुहोला । फारम भरेर सबमिट गरिसके पछि आवेदन स्वीकृत भएको खण्डमा एउटा दर्ता नम्बर तपाईलाई दिइने छ त्यो दर्ता नम्बर स्क्रिनशट गरेर अथवा नोटमा टिपेर राख्नुहोला । पछि आफ्नो आवेदन प्रकृया कहाँ सम्म पुग्यो भनेर बुझ्न र सर्टिफिकेट निकाल्नको लागि उक्त दर्ता नम्बरको आवश्यक पर्दछ।

अपलोड गरिने फोटो फाईलहरु 250 KB भन्दा बढी भएको खण्डमा गूगलको क्रोम ब्राउजरमा गई "Compress Image" टाईप गरेर सर्च गरिसकेपछि देखिएका विभिन्न वेबसाइटहरू बाट फोटो कम्प्रेस गरी फोटोको फाईल साइज घटाउन सकिन्छ। अनलाइन आवेदन दिएर दर्ता नम्बर पाई सके पछि आवेदन दिएको २-४ दिन पछि https://vaccine.mohp.gov.np/verify-status मा गएर आफ्नो दर्ता नम्बर राखी प्रकृया कहाँ सम्म पुगेको छ भनेर जान्न सक्नुहुन्छ। यदि चेक गर्दा तपाईंको आवेदन Approved भएको देखाइएको छ भने त्यसै इन्टरफेसमा निलो अक्षरमा देखाइएको search page अप्सनमा गई मागेको दर्ता नम्बर र आफ्नो जन्ममिति ( A.D ) मा राखेर सर्टिफिकेट प्रिन्ट अथवा PDF मा डाउनलाेड गर्न सक्नुहुन्छ। धन्यवाद । 🙏🏼

कोरियन एयरको जहाज दक्षिण कोरियाबाट हरेक बुधबार काठमाडौं आउने 09/09/2021

कोरियन एयरको जहाज दक्षिण कोरियाबाट हरेक बुधबार काठमाडौं आउने  नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । नयाँ ....

Photos from Eps News Portal's post 30/08/2021
24/08/2021

महत्वपूर्ण जानकारी ‼️

केहि दिन यता केहि पेज र मान्छेहरुले कोरोना बिरुद्धको खोप(Jonson & Jonson) अनिवार्य काठमाडौं आएर तुरुन्त लगाहाल्नुस् भनी फैलाईएका भ्रमपूर्ण कुराहरुले गर्दा धेरै साथीहरुले हाम्रो inbox मा के यो कुरा सत्य हो भनि सोधिरहनु भएको हुँदा यो सम्बन्धमा हाम्रो ध्यानाकर्षण भएको छ !!

कोरियाले आजको मितिसम्म कोभिड बिरुद्धको खोपलाई नत सर्तको रुपमा राखेको छ नत कुनै खोपको नाम तोकेर यहिँ खोप मात्र लगाउनुपर्छ भनेको छ ।
केहि महिना पछि यो प्रक्रिया खुल्यो भने दुई डोज वाला खोप लगाउदा अर्को डोजको खोप लगाउन समय नपुग्न सक्ने हुँदा(j&j) खोप लगाउन उत्तम हुन्छ भनी चर्चामा आएको एवम् नेपाल सरकारले समेत प्रक्रिया पुगेका ईपिएस श्रमीकहरुलाई यो खोप लगाउन अनुरोध गरेको मात्र हो अनिवार्य होईन ।

त्यसकारण तपाईंले उपलब्ध जुनसुकै खोप लगाई सक्नु भएको छ भने फेरि अर्को कुनै खोप लगाउने गलत प्रयास नगर्नु होला । तपाईंको नजिक र स्थानीयमा उपलब्ध भएको खोप जुनसुकै भएपनि लगाउनु होला र कुनै पनि उपलब्ध छैन भनेपनि अनिवार्य होईन, आफ्नो सुरक्षाको लागि मात्र लगाउनु पर्ने हुँदा काठमाडौं आएको बेला लगाउन सक्नुहुनेछ ।
#स्वास्थ्यरहनुस् #सुरक्षितरहनुस्

धन्यवाद !!🙏

23/08/2021

कोरियाली रोजगारको प्रक्रिया खुलाउन भागिरथ प्रयत्न गर्ने बैदेशिक रोजगार बिभागका महानिर्देशकले सेवाबाट अबकास लिनुभएको छ ।

४ महिना अघी वैदेशिक रोजगार विभागको महानिर्देशकका रुपमा जिम्मेबारी लिएर आउनुभएका कृष्ण प्रसाद दवाडी सरले सेवाबाट अवकाश लिनु भएको हो । दवाडी गत वैशाख ५ गते विभागको महानिर्देशकको जिम्मेवारीमा आउनु भएको थियो । त्यसअघि उहाँ शहरी विकास मन्त्रालयको प्रशासन महाशाखामा प्रमुख हुनुहुन्थ्यो ।

करिब ४ महिनाको सेवापछि दवाडीले उमेर हदबन्दीका कारण सेवाबाट अवकाश लिनुभएको हो । उहाँलाई शुक्रबार विभागका कर्मचारीहरुले आनन्दमयी अवकाश जीवनको शुभकामनाका साथ उपहार प्रदान गरी बिदाइ गरे ।

वैदेशिक रोजगार क्षेत्रका जानकार दवाडी यसअघि वैदेशिक रोजगार कार्यालय ताहाचलमा कार्यलय प्रमुखको रुपमा र साउदी अरबस्थित नेपाली दूतावासमा श्रम काउन्सिलरको रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । यही ४ महिनाकै अबधीमा उहाँले लामोसमय देखी रोकिएको दक्षिण कोरियाली रोजगार खुलाउनको लागी पनी भागिरथ प्रयत्न गर्नुभएको थियो । बिमा र क्वारेन्टाइन लगायतका विषय टुङ्गिएपनी सिधा उडानको विषय टेण्डर प्रक्रियामै रहँदा उहाँले अबकाश पाउनुभएको छ । दवाडीको कार्यकालमा सुधारका केही कामहरु भएको वैदेशिक रोजगार व्यवसायीहरुको भनाइ छ ।

हाम्रो तर्फबाट पनी महानिर्देशक दवाडीलाइ सफल कार्यकाल ब्यतित गर्नुभएको बधाइको साथै अबकाश पछीको ब्यक्तीगत र सामाजिक जिबनको हार्दिक शुभकामना छ । साथै आशा गरौं, बैदेशिक रोजगार बिभागले उहाँ जस्तै कार्यकुशल महानिर्देशक छिटो प्राप्त गर्नेछ ।

19/08/2021

कोरियाली रोजगारीको बाटो खुल्यो ।

रोजगार अनुुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियाको रोजगारीमा जान सबै प्रक्रिया पूरा गरी झन्डै डेढ वर्षदेखि प्रतीक्षामा रहेका श्रमिकका लागि बाटो खुलेको छ । दक्षिण कोरियाको रोजगारीमा सरकारले कार्यविधि नै संशोधन गर्दै काठमाडौँबाट सीधै सिओलसम्मको हवाई टिकट खरिदका लागि बुधबार टेन्डर आह्वान गरेको छ । यससँगै रोजगारीमा जानेको बाटो खुलेको हो ।

वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०७८/७९ वा कोरोना महामारीका कारण दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी)को सीधा उडानमार्फत पठाउनुपर्ने सर्तमध्ये जुन पहिला आउँछ, सो अवधिसम्मका लागि हवाई टिकट खरिद गर्न टेन्डर आह्वान गरेको जनाएको छ । विभागका अनुसार इजाजतप्राप्त संस्थाहरूलाई ३१ दिनभित्र विद्युतीय बोलपत्र पेस गर्न आग्रह गरिएको छ ।

यसअघि पनि दक्षिण कोरिया श्रमिक पठाउने टेन्डर आह्वान हुन्थ्यो तर सीधै दक्षिण कोरिया पठाउनुपर्ने सर्त नभएको भन्दै विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले यस पटक कोरोना जोखिमका कारण कोरियाले सीधै सिओल पुग्नुपर्ने सर्त राखेपछि कार्यविधि संशोधन गरी त्यसअनुसार टेन्डर आह्वान गरिएको जानकारी दिनुुभयो ।

सीधै नेपालबाट दक्षिण कोरियासम्म कोरियन एयरलाइन्सले मात्रै सीधा उडान गर्दै आएको छ । यसअघि दक्षिण कोरिया जाने श्रमिक जुन उडानबाट सस्तो हुन्थ्यो, त्यसैबाट ट्रान्जिट हुँदै जाने गर्थे ।
नयाँ टेन्डरअनुसार लाग्ने हवाई भाडा पनि श्रमिकले नै तिर्नेछन् । बढी भाडा तिरेर पनि श्रमिक कोरिया जान तयार भएपछि सरकारले कार्यविधि संशोधन गरी बाटो खुलाएको हो ।

कोरियाले राखेका अरू दुई सर्त पालना गर्न भने श्रमिक यसअघि नै तयार भइसकेका छन् । श्रमिकले त्यहाँ आफ्नै खर्चमा क्वारेन्टाइन बस्नुपर्ने र कोरोना बीमा गर्नुपर्ने सर्त पनि दक्षिण कोरियाले राखेको छ तर मुख्य समस्या उडान देखिएपछि कार्यविधि संशोधन गर्नुपरेको विभागले जनाएको छ । बोलपत्र आह्वान भए पनि कति श्रमिक लैजाने भन्ने विषयमा अझै यकिन भने भइसकेको छैन । कोरिया जाने श्रमिकका लागि औसत ७०७ अमेरिकी डलर (८४ हजार १३३ रुपियाँ) जहाज भाडा लागत अनुमान गरेर बोलपत्र आह्वान भएको छ ।

कोरोना सङ्क्रमण सुरु भएपछि अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै रोजगारीका लागि श्रमिक दक्षिण कोरिया पठाउन बन्द भएको थियो । लेबर परमिट र कन्फर्मेसन लेटर आएका र पुनः जान लागेका गरी १० हजार बढी श्रमिक रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कन्फर्मेसन लेटर आएको छ महिनाभित्र कोरिया पुगिसक्नुपर्ने प्रावधान भएका यसबीच म्याद सकिएकाको एक वर्ष म्याद थप भएको जानकारी गराएको छ । यो समाचार आजको गोरखापत्र रास्ट्रिय दैनिकमा छापिएको छ ।

12/08/2021

कोरोना संक्रमण तिव्र रुपमा फैलिएपछि दक्षिण कोरियाले थाईल्याण्ड लगायतका मुलुकबाट ईपिएस कामदारहरु भित्र्याउने प्रक्रिया रोकेको छ भनेर केहि निकाय र ब्यक्तिहरु बाट सुनिएको थियो ।तर अबको केहि दिन पछि यानिकी August 18 तारिखमा थाईल्याण्डबाट 20 जना Regular EPS Worker हरुको दक्षिण कोरिया प्रवेश गर्नको निमित्त उडान तालिका सार्वजनिक भएको छ र त्यहा बाट EPS Workers हरुका लागि हप्तामा न्यूनतम एउटा उडान भईरहेको जानकारी छ ।

नोट : एक महिना यता उक्त मुलुक थाईल्याण्डमा नेपालमा भन्दा कोरोना संक्रमण तिव्र गतिमा अघि बढिरहेको छ ।
Epsthailand बाट धन्यवाद !! 🙏

05/08/2021
29/07/2021

Good Eps News Portal

29/07/2021
NRNA कोरियाको सचिब पदमा परी गुरुङ बिजयी तर यस कारण रोकियो सपथ ग्रहण कार्यक्रम | Eps Sathi 26/07/2021

NRNA कोरियाको सचिब पदमा परी गुरुङ बिजयी तर यस कारण रोकियो सपथ ग्रहण कार्यक्रम | Eps Sathi गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको आठौं कार्यसमिति सचिव पदमा भएको निर्वाचन परिणाम घ.....

25/07/2021

जानकारी !!

इपिएस अन्तर्गत प्रतिबद्ध कामदारहरुको सन् २०२१-०७-२५ अर्थात् आजसम्म CCVI जारी भएको सम्बन्धित सबैलाई जानकारी गराईन्छ । साथै CCVI फारम भर्नेे सम्बन्धि सूचना पछी प्रकाशित गरिने इपिएस कार्यलय ग्वार्कोले जानकारी दिएको छ।

CCVI जारी भएको नामावलीको लागी यो लिङ्क हेर्नुहोला -

http://epsnepal.gov.np/documents/ccvi-list-for-committed-workers/

दक्षिण काेरियामा एक नेपालीको दुखत निधन  25/07/2021

दक्षिण काेरियामा एक नेपालीको दुखत निधन  दक्षिण काेरियामा एक नेपालीको दुखत निधन भएको छ ।गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया थेजन च...

Photos from Eps news Nepal's post 25/07/2021
19/07/2021

आशा बादी खबर?
like page

17/07/2021
16/07/2021

दक्षिण कोरियाका सर्त पूरा
कामदार जाने बाटो खुल्यो

‘सबै तयारी सकिइसकेको छ । हामी टिकट काट्न आदेश पर्खिबसेका छौं’ _ महानिर्देशक दवाडी

काठमाडौँ — दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली कामदार लैजान राखेका तीन सर्तलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्विकारेपछि कामदार जाने बाटो खुलेको छ । नेपालमा कोभिडको पहिलो लहर सुरु भएपछि २१ फागुन २०७६ देखि कोरियाले नेपाली कामदार भर्ना गरेको छैन ।

कोरियाले कामदारको सिधा हवाई उडान हुनुपर्ने, कोभिड बिमा हुनुपर्ने र आफ्नै खर्चमा १४ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने सर्त राखेको श्रम मन्त्रालयको भनाइ छ । ‘रोजगारीको अवसरलाई ध्यान दिई कोरियाको सर्तलाई मन्त्रालयले स्विकारेको छ,’ श्रम सचिव सूर्यप्रसाद गौतमले कान्तिपुरसँग भने, ‘१६ महिनादेखि रोकिएको कामदार लैजाने प्रक्रिया अब छिट्टै सुरु हुन्छ ।’
श्रम मन्त्रालयले कोरिया जान नपाएपछि संगठित कामदारका प्रतिनिधिसँग छलफल गरेपछि कोरियाका सर्त स्विकारिएको हो । नेपालले आफ्ना सर्त स्विकारेपछि कोरियाले पहिलो चरणमा प्रतिबद्ध कामदारलाई लैजाने तयारी गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए । प्रतिबद्ध कामदार ३ हजार छन् । चार वर्ष कोरिया बसेर फर्केका कामदारलाई सोही रोजगारदाताले चाहेमा प्रतिबद्ध कामदारका रूपमा लैजान पाउँछन् ।
‘पहिला नै रोजगारदातासँग प्रतिबद्ध कामदारको करार सम्झौता भइसकेको छ । उनीहरूका साथमा भिसा पनि छ । भिसाको म्याद सकिएको रहेछ भने स्वतः नवीकरण हुन्छ,’ महानिर्देशक दवाडीले भने, ‘अब उताबाट पठाइदिनुस् भन्नासाथ हामी कामदार उडाइदिन्छौं । त्यसको सबै तयारी सकिइसकेको छ ।’ कोरियाले नेपाललाई कोभिडको जोखिमको ‘पहेंलो सूची’ राखेको छ । ‘अन्य देशले पनि कोरियाको सर्तलाई मानेको देखियो । सर्त मान्ने देशबाट कामदार मात्रै कामदार लैजाने नीति कोरियाको छ,’ दवाडीले भने, ‘लागत खर्च बढ्ने भए पनि कामदारको आपत्ति छैन । खुसी नै देखिएका छन् ।’ सामान्य अवस्थामा कोरिया जाने कामदारको लागत खर्च ८ सय १६ डलर (करिब ९० हजार रुपैयाँ) लाग्ने गरेको छ । १४ दिनको क्वारेन्टाइन र सिधा हवाई उडान भएपछि लागत खर्च झन्डै तेब्बरसम्म पर्न आउँछ । सामान्यतः कोरियाको थ्रीस्टार होटलको प्रतिदिन खर्च ६५ डलर छ ।

‘कोरियाको रोजगारीमा नाम निकाल्न हाम्रो लामो समय नाश भएको छ । त्यत्तिकै खर्च भएको छ । कडा मिहिनेत परेको छ । नाम निस्केर पनि समयमै जान नपाउँदा चिन्तित छौं,’ कोरिया जान नपाएका कामदारहरूको संघर्ष समितिका अध्यक्ष अजय सोडारीले भने, ‘क्वारेन्टाइन खर्च बेहोर्न हामीलाई आपत्ति छैन । दुःख मनाउ पनि छैन । समयमा उड्न पाए हुन्छ ।’
विभागका अनुसार पहिलोपटक जान खोजेका (नियमिततर्फ) ८ हजार र प्रतिबद्धतर्फ ३ हजार गरी झन्डै ११ हजार नेपाली कामदार कोरिया जानबाट वञ्चित छन् । ‘पहिलो चरणमा प्रतिबद्ध कामदार गएपछि नियमिततर्फ हाम्रो पालो आउँछ,’ सोडारीले भने ।
सन् २०२० का लागि कोरियाले १२ हजार ९ जनाबाट ६ हजार ७ सय जनासम्म लैजाने कोटा निर्धारण गरेको थियो । यसमा उत्पादन (उद्योग) तर्फ ४ हजार ७ सय र कृषि तथा पशुपालनतर्फ २ हजार छनोट गर्ने योजना थियो । भाषा परीक्षा पास भई २०१७, १८ र १९ मा रोस्टरमा परेकासमेत जान रोकिएका छन् । रोस्टरको म्याद नथपे छानिएकाहरू जान नपाउने सम्भावना छ । कोरियाको मानव संसाधन केन्द्रका अनुसार भाषा परीक्षामा उत्तीर्ण भएर नाम निस्किँदैमा कोरिया जाने सुनिश्चित हुँदैन ।
हालसम्म भाषा परीक्षामा उत्तीर्ण भएका तर रोजगारदाताको छनोटमा नपरेका झन्डै १६ हजार नेपाली कोरिया जान पाएका छैनन् । भाषा परीक्षामा सहभागी भएबापत मात्रै ५ लाख ८९ हजार ६ सय ३८ जना परीक्षार्थीले बुझाएको १ करोड १४ लाख ६९ डलर कोरिया पुगेको छ । यो भाषा परीक्षामा सहभागी भएबापत कोरिया पठाइएको रकम हो । सरकारी प्रक्रियाबाट कोरिया पठाउने सम्झौता भए पनि भर्ना खर्चसँग सम्बन्धित सबै खर्च कामदारकै दायित्वमा पर्छ ।
२०१७ को भाषा परीक्षामा उत्तीर्ण बाँकेका सुदीप शाही ६ वर्षदेखि कोरिया उड्ने दिन पर्खेर बसेका छन् । ‘२०१७ मा भाषा परीक्षामा उत्तीर्ण भएँ । एक वर्षपछि रोस्टरमा मेरो नाम चढ्यो । त्यसको म्याद २०२० मा सकियो । अब के हुन्छ, मलाई थाहा छैन,’ उनले भने, ‘अब फेरि म परीक्षामा सहभागी हुनुपर्ने भए मेरो समय बर्बाद हुन्छ । पैसा डुब्छ । मेरो करिअर नै पछाडि पर्छ ।’ सामान्यतः रोस्टरमा नाम चढेको दुई वर्षसम्म म्याद हुन्छ । म्याद थपको विषय प्रस्ट छैन ।
यता महानिर्देशक दवाडीले भने भाषा परीक्षामा उत्तीर्ण भई रोस्टरमा नाम चढिसकेकालाई लैजानुपर्नेतर्फ आफूहरूले पहल गरिरहेको बताए । ‘कोरियाको श्रम सम्झौता नवीकरण गर्नुपर्नेछ । ५ महिनाअघि नै सम्झौताको समय गुज्रिसकेको छ । अब सम्झौता गर्ने बेला समीक्षा पनि आवश्यक छ,’ उनले भने । कोरियाले सन् २०२२ जनवरी १ देखि लागू हुने गरी कामदारको न्यूनतम तलब १९ लाख १४ हजार ४ सय ४० (करिब १ लाख ९० हजार रुपैयाँ) वन निर्धारण गरेको छ । यसबाहेक ओभर टाइम र सार्वजनिक बिदाको समयमा काम गर्दा अतिरिक्त भत्ता पाउँछन् ।
हाल कोरियामा ३० हजार नेपाली कार्यरत छन् । नयाँ कामदार जान नपाउँदा नेपालीको संख्या घट्दै गएको छ । ९० को दशकमा नेपालीहरू भिजिट भिसामा काम गर्न गएका थिए । १९९४ देखि २००४ सम्म प्रशिक्षार्थी कामदारका रूपमा जान थाले । नेपाल र कोरियाबीच समझदारी भएपछि इपीएसमार्फत २००८ देखि कोरियाले अदक्ष कामदारका रूपमा नेपालीलाई लैजान थालेको हो । कोरियामा रहेका झन्डै ३१ हजार कामदारले प्रत्येक वर्ष झन्डै ६३ अर्ब रुपैयाँ बचत गर्ने गरेको छ ।

✅ आजको कान्तिपुर दैनिकबाट

08/07/2021

सबै अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय!!

असार २३, काठमाडौँ | सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारले निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिएका हुन् ।

सरकारले कोरोना संक्रमणका कारण वैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तराष्ट्रिय उडान बन्द गरेको थियो ।

मन्त्रिपरिषद्‌ले सबै उडान खुला गर्ने निर्णय गरेसंगै आज सरकारका प्रवक्ताले यस विषयमा थप जानकारी दिनेछन् । सबै अन्तराष्ट्रिय उडान खोल्ने निर्णयसंगै स्वास्थ्य मापदण्ड भने पुरा गर्नुपर्ने छ । अन्तराष्ट्रिय उडान खोल्ने निर्णय भएसंगै अब नेपाललाई रोक नलगाइएका सबै मुलुकमा नियमित उडान सुरु हुनेछ ।

©® साझा सवाल डटकम बाट साभार ✍️

अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान खुल्ला गर्ने मन्त्री परिषदकाे निर्णय 07/07/2021

अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान खुल्ला गर्ने मन्त्री परिषदकाे निर्णय सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सबै आन....

कोरियामा फेरि बढ्न थाले सङ्क्रमित, कोरोनाको चौथो लहर आउन सक्ने अनुमान 07/07/2021

कोरियामा फेरि बढ्न थाले सङ्क्रमित, कोरोनाको चौथो लहर आउन सक्ने अनुमान दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरु फेरि बढ्न थालेका छन् । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्...

कोरिया रोजगारी सुचारु गर्न पहल 06/07/2021

कोरिया रोजगारी सुचारु गर्न पहल सुरुमा नेपालले कोरिया पठाउन चासो दिएको थिएन भने पछिल्लो समयमा कोरिया सरकारले नेपाली कामदार लैजान चासो देखाएको छ....

06/07/2021

श्रमिक लैजान दक्षिण कोरिया सकारात्मक !!

दक्षिण कोरियाको मानव संसाधन विभाग एचआरडी रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत नेपाली श्रमिक लैजाने विषयमा सकारात्मक देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिक लैजान विषयमा एचआरडी सकारात्मक भएको हो ।

विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इपीएसबाट दक्षिण कोरिया जान सबै प्रक्रिया पूरा गरी बसेका नेपाली श्रमिक एचआरडीले तयार गरेको निश्चित मापदण्ड पालना गरेर लैजाने विषयमा सकारात्मक देखिएको जानकारी दिए ।

कोरियाको एचआरडीसँग निरन्तरको छलफल र संवादपछि सकारात्मक देखिएको छ तर कोरिया प्रवेश गर्ने नेपालीले निश्चित मापदण्ड भने पालना गर्नुपर्ने सर्त उसले राखेको उनको भनाइ छ । महानिर्देशक दवाडीका अनुसार एचआरडीको पहिलो सर्त नियमित उडान खुला हुनुपर्नेछ । साथै कोरियाले स्वास्थ मापदण्डका नी केही शर्तहरु राखेको छ । जसमा कोरिया गएर १४ दिन क्वारेन्टाइन बस्नुपर्ने लगायतका मापदण्ड छन । जसबापत लाग्ने सबै खर्चहरु कामदार स्वयमले बेहोर्नुपर्ने कोरियाले शर्त राखेको छ र अब यी शर्त बारे नेपालको मन्त्रीपरिषदले निर्णय गरेपछी मात्रै कोरियाको रोजगार प्रक्रिया नियमित हुनेछ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

06/07/2021

बल अब नेपालको कोर्टमा आएको छ !!

कोरियाको रोकिएको प्रक्रिया खुलाउन अब सबै निर्णय नेपालको मन्त्री परिषदको हातमा छ । यदी कोरियाले राखेको मापदण्डका शर्तहरु नेपालको मन्त्रीपरिषदको बैठकले स्विकार गरेर निर्णय गर्यो भने अब रोकिएको रोजगार प्रक्रिया सुचारु हुनेछ । नेपाल सरकारले हजारौं इपिएस कामदारका लागी छिटो खुशीको निर्णय गर्नेछ । हामी प्रतीक्षामा छौं ।

06/07/2021

जानकारी !!

२०२१ को तेस्रो चरणको कामदार जारी मिति दक्षिण कोरियामा व्यापक रूपमा फैलिरहेको कोरोना महामारीका कारण आगामी सेप्टेम्बर महिनामा सारिएको छ ।

जसमा उत्पादनमूलक क्षेत्र तर्फ ७४५० जना र कृषि तथा पशुपालन क्षेत्र तर्फ बाट १४१० जनाको कोटा तय गरिएको छ ।

06/07/2021

केही मान्छे देख्दा ताजुब लाग्छ !! काम हुँदैछ त साथी हो , प्रक्रिया धेरै माथी गैसक्या छ । अझ दुइचार दिन नआत्तिनुहोस है ।

तल बिभागले पठाएको फाइल मन्त्रीपरिषदमा पुग्नको लागी पनी केही निश्चित बाटाे र प्रक्रिया हुन्छन । त्यो सबै साथीहरुलाइ जानकारी होला वा नहोला । अहिले कोरियाको प्रक्रिया खोल्न सबै सरकारी निकायहरु एकदम गम्भिर छन । अजय साेडारी जी, प्रकाश अर्याल लगायतका साथीहरु र हामी सबै श्रम सम्बन्धि निकायसँग निरन्तर रुपमा अपडेटमा छौं । हिजो दिनभरीपनी साथीहरु मन्त्रालय बिभाग र बिभिन्न निकायमा गएर फाइल मन्त्रीपरिषदमा छिट्टाे पुर्याउन आग्रह गर्दै बिभिन्न दलका विशेष गरीसत्तापक्षका मान्छेहरु भेट्नु भएको छ आज पनी साथीहरु फाइल माथी छिट्टाे पुर्याउन आग्रह गर्न मन्त्रालय र सिंहदरबारका ढाेका ढाेकामा जाँदैहुनुहुन्छ ।

दुख गर्ने साथीहरुलाइ सम्मान गर्न सिकौं । निरन्तर लाग्ने साथीहरुलाइ धेरै कुरा थाहा छ, ति सबै कुरा समाचार बनाउनपर्छ भन्ने पनी हुँदैन नी साथीहरु हो । एउटा अपेक्षित रिजल्ट आएपछी सबैलाइ जानकारी हुनेनै छ । प्रक्रिया धेरै अघी गएको छ । बिचमा भैपरी केही नभए सकरात्मक तरिकाले प्रक्रिया अघी बढ्छ भन्नेमा हामी सबै आशाबादी नै छौँ । अनी यहाँ कोही नेता हुन वा कुनै फाइदा लिनको लागी पहल गर्न गएको छैन । हामी सबै लामो समय देखी सिसीभिआइ आएर प्रक्रिया रोकिएर बसेका छौँ । सबैको उद्देश्य कोरिया जाने हो ।

हामी सबै इपिएस पिडित हौं । पहल गर्ने क्षमता सबैसङग हुँदैन, जो संग छ तिनै लाग्ने हो । अजय साेडारी लगायतका साथीहरु लागिराख्नु भएको छ तर केही साथीहरु भ्रमित हुनुहुन्छ र केही हाबा अनलाइन पेजहरुले भ्रमित गर्न सहयोग गरिरहेका छन । आफ्नो थुतुनो देखाउन डर लागेर १० वटा महिलाको समेत फेक आइडि बनाएर इपिएसको रोकिएको रोजगारीको प्रक्रिया अहिले कहाँ पुग्यो के हुँदैछ भन्ने थोरै र रत्तीभर ज्ञान नभएका, अपडेट नभएका केही हाबाहरुले हालेको समाचार र बहकाबमा लाग्न र तरंगित हुन जरुरी छैन । त्यस्ता मान्छेलाइ इग्नोर गर्नुहोस । अजय जी लगायतका साथीहरु मरेर लाग्नु भाछ केही हुन्छ हामी आशाबादी छौं ! धर्यता गर्नुहोस !

24/06/2021

skill test question
like page for another post

Want your business to be the top-listed Food & Beverage Service in Lalitpur?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kathmandu
Lalitpur

Other Food & Grocery in Lalitpur (show all)
Senpai Lakandri Senpai Lakandri
Free Fire
Lalitpur

sailesh joshi sailesh joshi
Imadol Lalitpur
Lalitpur

sailesh Kumar joshi

Indra Bishwokarma Indra Bishwokarma
Lalitpur
Lalitpur, 977

Tarkeshwor Store Tarkeshwor Store
Bishal Chowk
Lalitpur

All in one General store

Vivek yadav jii Vivek yadav jii
Khartaha
Lalitpur, 844119

Hand Made Pickel Hand Made Pickel
Satdbaato , Chapagaun Dobaato
Lalitpur

Tapare bahunko maasu pasal Tapare bahunko maasu pasal
Sh*tal Tole, Imadol
Lalitpur

सस्तो कालिज, लोकल कुखुरा , ब्रोइलर तथा खसिको मासु चाहिएमा हामिलाइ सम्पर्क गर्नुहोसl phone:-9742330187

Art by rumba Art by rumba
Lalitpur

Pramod rumba

DIP_limd DIP_limd
Lalitpur
Lalitpur, 0007

life related'

MM Adhikari Store MM Adhikari Store
Lalitpur/15 Khumaltar
Lalitpur, ###