Ex.Bagar Youth Club

Ex.Bagar is the best sport club nd having many possibilities to brightening Npl's sport field . Enco

बक्तिगत प्रतिष्ठा मात्र होइन खेलाडिहरुले राष्ट्रको प्रतिष्ठालाई उचाईमा पुराउँछन अनी संसारभर देशको नाम चम्किने गर्छ । खेलाडिहरु स्वतन्त्र हुन्छन ताकी कुनै पनी राजनैतीक पार्टीको कार्यकर्ता भएर पार्टी बिशेषको झन्डा फहराउँदैनन । खेलाडिको हातमा देशको झन्डा हुन्छ अनी मनमा राष्ट्रभक्तिको भावना जागेको हुन्छ तर हाम्रो देश नेपालमा त्यस्तो कहिल्यै भएन । खेलाडिको मन राजनैतीक हावाबाट टाढा हुने भएता पनी उनिहरुल

Photos from Ex.Bagar Youth Club's post 29/11/2022

९ औं राष्ट्रिय खेलकुद २०७९ पोखरा / गण्डकी

Photos from Ex.Bagar Youth Club's post 23/04/2022

“ खेलकुद बिकासको लागि सहयोग निरन्तर रहने छ “ अर्थात् एक्स बगर युथ क्लबका खेलाडी स्वर्गीय सुबास तामांगको आत्मा चिर शान्तिको कामना गर्दै पोखरा १६ जोगिमणि शान्ति टोलमा भएको “ प्रथम सुबास स्मृति भलिबल प्रतियोगिता २०७९ “ लाई सानो आर्थिक सहयोग स्वरुप रु.१०,००० ( दश हजार) आज ज्याई प्रकाश गुरुङद्वारा हस्तारन्तर गरियो - श्री गुरुङ ( संस्थापक अध्यक्ष : पश्चिमान्चल क्षेत्रीय भलिबल संघ तथा संस्थापक : एक्स बगर युथ क्लब पोखरा )

14/04/2022

नयाँ बर्ष २०७९ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण बुबा आमा,दाजुभाई दिदीबहिनी तथा इस्टमित्रहरुमा नयाँ उत्साह र उमंग सहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ। तसर्थ नयाँ वर्षको आगमन सँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच,शैली र स्पष्ट गन्तव्य सहित अगाडि बढोस भन्दै हामी सबैका लागि यो वर्ष सुखद र उपलब्धि मूलक बन्न सकोस भन्ने कामना गर्दछौ - श्री गुरुङ तथा परिवार (पोखरा)

09/04/2022

पोखरा महानगरपालिका खेलकुद विकास समितिको उपाध्यक्ष पदमा मनोनित भएकोमा एक्स बगर युथ क्लबमा प्रशिक्षक तथा पूर्व राष्ट्रिय भलिबल खेलाडी प्रिय भाई राजेन्द्र जिसीलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि अग्रिम शुभ कामना - श्री गुरुङ (संस्थापक : एक्स बगर युथ क्लब पोखरा)

Photos from Ex.Bagar Youth Club's post 13/10/2021

एक्स बगर युथ क्लब पोखरा पुरुष भलिबल राष्ट्रिय लिग च्याम्पियन हुदाको त्यो क्षण - जय भलिबल

पोखराको भलिबलमा सम्झिइरहने नाम 'श्रीभक्त' - Pokhara Sports 01/05/2020

पोखराको भलिबलमा सम्झिइरहने नाम 'श्रीभक्त' - Pokhara Sports केशव पाठक, पोखराको भलिबल खेलको बिकासमा विशेष योगदान पुर्याउने पूर्व राष्ट्रिय भलिबल खेलाडी हुन श्रीभक्त गुरुङ । ...

19/04/2020

“ खेलकुदको विकास गर्ने हो भने यसलाई राजनितीबाट टाढा राख्नुपर्छ साथै जव सम्म राज्यले खेलाडीको सुविधाको बारेमा ध्यान दिदैन तव सम्म राम्रा खेलाडी उत्पादन हुन सक्दैनन “
श्रीभक्त गुरुङ
संस्थापक अध्यक्ष
पश्चिमान्चल क्षेत्रीय भलिबल संघ

05/12/2019

Dear Bhanji Manju @ Congratulations on your fantastic victory.You have made us proud. Wish you all the luck for future endeavors - Mama & Family (Pokhara)

Photos from Ex.Bagar Youth Club's post 17/04/2019

- राष्ट्रका गहाना खेलाडीहरुको हकहितको लागि लड्ने प्रतिबद्धता !

Photos from Ex.Bagar Youth Club's post 07/05/2018

एक्स बगर युथ क्लबका विश्वासिलो भलिबल खेलाडी ओपन स्पईगर विकास केसी,जापानमा स्वागत छ साथै मेरो माया र सहयोग अटुट रहनेछ !

15/04/2018

- तेश्रो तमु धीं जापान रनिंग कप फुट्सल प्रतियोगिता २०१८ मा एक्स बगर युथ क्लब जापानका खेलाडीहरु - अग्रिम शुभ कामना !!!

04/04/2018

१५ अप्रिल २०१८ आईतबार हुन गै रहेको " तेश्रो तमु धीं जापान फुट्सल रनिंग कप २०१८ " मा Ex.Bagar Youth Club जापानले प्रतिस्पर्धा गरिने - सफलताको अग्रिम शुभ कामना !

Timeline photos 23/05/2017

> सम्भब र सुहाउदो कुरा नेपाल सरकारसंग माग गर्न सकिन्छ जुन प्रमाण भलिबल खेल नेपालको राष्ट्रिय खेल हुन गयो < प्रधानमन्त्रि प्रचण्ड सरकारलाई हिर्दय देखि धन्यवाद !
श्री गुरुङ
संस्थापक अध्यक्ष
पश्चिमांचल क्षेत्रीय भलिबल संघ

Timeline photos 14/04/2017

- राष्ट्रको लागि लड्ने खेलाडीको सम्मान होस् साथै ओलम्पिक,एशियन गेममा पदक प्राप्त खेलाडीको आजिबन पेन्सनको व्यवस्था होस्,यस नयाँ बर्ष २०७४ साल देखि मुलुकमा खेलकुदको विकास तिब्र गतिमा होस् भन्दै नयाँ वर्षको पवन अवसरमा हार्दिक मंगलमय शुभकामना गर्दछु !
श्री गुरुङ
संस्थापक
एक्स बगर युथ क्लब

Timeline photos 24/11/2016

***** हार्दिक बधाई *****
एक्स बगर युथ क्लब युकेका संस्थापक सदस्य हित काजी गुरुङ तमु धिं युकेको उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध मनोनित हुनु भएकोमा एक्स बगर युथ क्लब युके,एक्स बगर युथ क्लब पोखरा र एक्स बगर युथ क्लब जापान हार्दिक बधाई तथा सफल कार्यकालको शुभ कामना ब्यक्त गर्दछौं !
श्री गुरुङ
संस्थापक अध्यक्ष
एक्स बगर युथ क्लब

Timeline photos 11/05/2016

माछापुछ्रे महोत्सव घाचोकमा एक्स बगर युथ क्लबले प्रथम स्थान हासिल गरेको थियो (खेलाडीहरुको एक तस्बिर)

Timeline photos 10/05/2016

Ex-Bagar beat Employment Creation Services (ECS) Manpower 28-26, 13-25, 25-13, 25-17 to win first Men's National Volleyball League on Thursday. In the third place decider, Jawalakhel Volleyball Training Centre (JVTC) defeated Purbanchal Volleyball Club 25-18, 25-14, 25-12. Ex-Bagar, ECS and JVTC also qualified for the Super League starting here from Friday. They will join Nepal Police Club, Tribhuvan Army Club and Nepal Armed Police Force Club who earned the direct qualification after claiming top three spots at the 24th National Volleyball Tournament held in Hetauda.

Timeline photos 15/02/2016

" राष्ट्रको नाम राख्ने खेलाडीहरुलाई १ लाईक गरि सम्मान गरौ " तसर्थ बिगतका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा १०० % फुटबलमा म्याच फिक्सिंग भएको प्रमाणित, २३ बर्ष पछि साफ फुटबलको ट्रफी " स्वर्ण पदक " नेपालको हातमा : अन्तमा नेपाल २ - भारत १
____ नेपाली राष्ट्रिय फुटबल खेलाडी तथा अफिसियलहरुमा हार्दिक बधाई ज्ञापन गर्दछु !
श्री गुरुङ
संस्थापक अध्यक्ष
पश्चिमान्चल क्षेत्रीय भलिबल संघ

Timeline photos 09/01/2016

******* हार्दिक बधाई *******
१२औं दक्षिण एसियाली खेलकुद (साग) का लागि एक्स बगर युथ क्लबका पूर्व भलिबल खेलाडी (हाल पुलिस क्लबमा अबद्दा) देवराज शर्मा नेपाली टीममा छनोट भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै शुभ कामना ब्यक्त गर्दछु !
श्री गुरुङ
संस्थापक
एक्स बगर युथ क्लब

18/11/2015

एक्स बगर युथ क्लब जापानका खेलाडीहरुको नाम सार्बजनिक !

Photos from Ex.Bagar Youth Club's post 01/08/2015

मिती २०७२ श्रवण १४ गते राती करिब १ बजे कास्की जिल्ला लुम्ले गाउँ विकास समिति वडा नं ४ र ६ मा अविरल बर्षाका कारण आएको बाढी पहिरोबाट मृत हुनु भएका महानुभाबहरुको आत्मा चिर शान्तिको कामना गर्दै,मृतक, घाइते तथा घर बिहिन भएका परिवारहरुको सहयोगको लागि एक्स बगर युथ क्लबको पहलमा चन्दा संकलन गरिने भएको छ ! यस दैविप्रकोपजन्य बिपत्तिमा मानबिय सहयोगको लागि स्वेच्छिक आर्थिक सहयोग प्रदान गर्न जापानमा रहेका संघ-संस्था तथा सम्पूर्ण सहयोगी महानुभाबहरुलाई हार्दिक अनुरोध गर्दछौ ! पहिरोबाट बिचल्ली परिवारजनलाई थोरै भए पनि सहयोग पुर्याउने उद्धेश्यका साथ आर्थिक सहयोग संकलन कार्य शुरु गरिएको हो ! " सहयोग नै धर्म हो " भन्ने भावनाका साथ सहयोग गरिदिनुहुन जापानमा रहनु भएका आदरणीय नेपाली दाज्युभाई तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछौ !
श्री गुरुङ
संस्थापक
एक्स बगर युथ क्लब

Mobile uploads 23/12/2014

प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंका पराजित गर्दै रजक पदक आफ्नो कब्जामा ____
पहिलो सेट २५ - २३, दोस्रो सेट २५ - २२, तेस्रो सेट १९ - २५, चौथो सेट १४ - २५ र पाचौ सेट १५–१० !!!
------- सम्पूर्ण खेलाडी तथा अफिसियलहरुमा हार्दिक बधाई तथा शुभकामना - श्री गुरुङ ( एक्स बगर युथ क्लब पोखरा )

Mobile uploads 11/05/2014

खेलकूद पत्रिकाबाट - एक्स बगर यूथ क्लब को स्थापना श्री भक्त गुरुंगको भूमिका :
नेपालको पश्चिम भागमा भलिबल खेलको बिकासमा विशेस योगदान पुराउने हस्ती हूँन श्री भक्त गुरुंग । उहाको जन्म २०२३ साल पूस १० गते कास्की जिल्ला लुम्ले गाऊ बिकास समिति वाड न ३ तान्चोक कोट गाऊमा भएको थियो ।हाल गुरुंग सा -परिवार सहित पोखरा उप-महानगरपालिका वडा नं १ बगरमा बसोबास गर्दै आउनु भएको छ । उहाका १ दाई,१ भाई अनि १ बहिनी हुनुहुन्छ । महिला छोराको भागमा जन्मनु भएका गुरुंग बाल्यकाल देखि नै खेलकूद छेत्रमा आफ्नो समय दिने गर्दथे जसमा पछि गएर भलिबल खेललाई आफ्नो ब्यग्तिगत खेलको रुपमा लिनु भएको थियो ।
२०४० साल देखि उहा श्री कान्छी बराहा युबा कलव को टीम कप्तान को भूमिका निर्बाहा ग़री लुम्ले गाऊ बिकास समिति वरिपरि का गाऊ बिकास समिति हरुमा भएका भलिबल प्रतियोगिता हरुमा प्रसस्त मात्रमा सफलताको सिखरमा पुगिसकेको हामी सुन्ने गरेका छौ ! २०४२ सालमा पोखरामा भएको बिरेन्द्र शिल्ड प्रतियोगितामा भलिबल तर्फ गुरुङ श्री संगम हाई स्कुल चान्द्रकोट को टिम कप्तान को भूमिका निर्बाह गरि ३२ वटा बिधालयले प्रतिस्पर्धा गरेको भलिबल प्रतियोगितामा रजक पदक दिलाउन सफल भएको थियो ! २०४२ सालमा उहा कास्की जिल्ला बाट प्रतिनिधि गरि बिभिन् जिल्ला हरुमा भएको भलिबल प्रतियोगिता हरुमा भाग लिइसक्नु भएको छ !
२०४४ सालमा पि. ना. क्यम्पस पोखरामा भर्ना हुनु भएका गुरुङ ले स्वत्रन्त्र बि.युनियन बाट बर्षेनी भै रहाने भलिबल तथा बास्केटबल प्रतियोगिता हरुमा मानबिकी अध्यन शस्थान बाट भाग लिए पदक हरु पनि हात परेको थियो ! २०४६ सालमा उहा जापान जानु भै २०५४ सालमा नेपाल फिर्ता भएको थियो ! २०५५ सालमा उहा फेरी युके तर्फा लाग्नु भएको थियो ! आठ ( ८ )वर्षको युके बसाई उहा लण्डन देखि ट्रेन मा १ घण्टा अल्डारसुट भन्ने स्थानमा रहनु भएको थियो ! २०५८ सालमा उहाले युके मा '' एक्स बगर युथ क्लब '' को स्थापना गरिएको थियो ! युकेमा रहदा उहा नेपालीहरुको शाझा सस्था '' ग्रेटर रसमोर नेपालीज सस्था '' को खेलकुद सचिब पद सम्हाली २०५८ सालमा पहिलो पटक बुद्ध रंनिंग शिल्ड भलिबल तथा बास्केटबल प्रतियोगिता युकेको फार्नबोरो सहरमा संचालन गरिएको थियो ! जुन प्रतियोगिता हाल पनि जून महिनामा संचालन गर्दै आएरहेको छ ! २०६२ सालमा उहा नेपाल फिर्ता भई भलिबल खेलको बिकाश गर्न २०६२ सालमा '' एक्स बगर यूथ क्लब '' को स्थापना पोखरामा गरियो ! २०६२ साल देखि २०६५ सालको अन्तरमा उहाले सम्माल्नु भएको एक्स बगर यूथ क्लबले नेपालको पाश्चिम छेत्रमा भएको महोत्सव हरुमा भलिबल खेल तर्फ प्रसस्त्र मात्रामा पदकहरू हात परिसकेको छ ! जून यस प्रकार छ !
२०६२ देखि २०६५ साल सम्म का पदक हरु :
१. फुलबारी कप - पोखरा – प्रथम (२०६२ )
२. घालेल महोत्सव - ल्वंग ,घालेल – प्रथम (२०६२ )
३. सुनपदेली कप - पोखरा – प्रथम (२०६२ )
४. बाग्लुंग महोत्सव - बाग्लुंग – तृतिय (२०६३ )
५. माछापुछ्रे कप - पोखरा – द्धितिय (२०६३ )
६. मगेसग्राती मेला - रिबन - प्रथम (२०६३ )
७. पत्ले मेला - अर्मला – प्रथम (२०६३ )
८. रिन्जे मेला - अर्मला – प्रथम (२०६३ )
९ . बिरेठाटी महोत्सव - बिरेठाटी – द्धितीय (२०६३ )
१०. हरितालिका मेला - लामाचौर,पोखरा – प्रथम (२०६४ )
११. माछापुछ्रे महोत्सव - घाचोक - प्रथम (२०६४ )
१२. भिम मिलन कप - कोत्रे , तनहु – प्रथम (२०६४ )
१३. सेनचुरी महोत्सव - छोमोरुन्ग – प्रथम (२०६४ )
१४. लालीगुरास महोत्सव - धम्पुस – द्धितीय (२०६४ )
१५. भदौरे महोत्सव - भदौरे – द्धितीय (२०६४ )
१६. घलेखर्क मेला - घलेखर्क – द्धितीय (२०६४ )
१७. मोहोरिया मेला - मोहोरिया,मौजा – द्धितीय (२०६४ )
१८. फिमिला कप - फुलबारी,पोखरा – प्रथम (२०६५ )
१९. पुरुष राष्ट्रिय लिग प्रतियोगिता - काठमाडौँ – प्रथम (२०६५ )
२०६५ सालमा काठमाडौँ मा भएको प्रथम राष्ट्रिय लीग पुरुष भलिबल प्रतियोगितामा पूर्वान्चल , सुदूर पश्चिमांचल ,मध्य पश्चिमांचल, मध्यान्चल ,पश्चिमांचल ,इसीएस मेनपावर अनि जउलाखेल भलिबल ट्रेनिंग सेन्टर ले भाग लिएको थियो ! जसमा एक्स बगर यूथ क्लबले पश्चिमाञ्चल को प्रतिनिधित्व गरि राष्ट्रिय लीग को उपधि नै आफ्नो कब्जामा लियो ! राष्ट्रिय लीग चम्पियन बनि सुपर लिगमा नेपाल पुलिस ,नेपाल आर्मी ,ससत्र प्रहरी ,ईसीएस मेनपावर ,जाउलाखेल भलिबल ट्रेनिंग सेन्टर संग भएको खेलमा चौथो स्थान हासिल गरि ए डिभीजन मा एक्स बगर यूथ क्लबले आफ्नो स्थान जमाउन सफल भयो !
हालै मात्र काठमाडौँ मा भएको पाचौ राष्ट्रिय खेलकुद २०६५ प्रतियोगितामा पश्चिमान्चल पुरुष भलिबल टिम को टिम मेनेजर रहनु भएका श्री गुरुङले आफ्नो टिमलाई रजक पदक दिलाउन ठुलो भूमिका निर्बाह गरेको थियो ! भलिबल खेलमा २५ वर्ष भन्दा बढि आफ्नो जीबन बिताउनु भएका गुरुङ्ले हाल आएर लंग टेनिस खेलमा पनि आफ्नो नाम राखन पछि परेको छैन ! केहि बर्ष यता पोखरामा भएको लंग टेनिस प्रतियोगिता हरुमा पनि उहाँले सेमिफाईनल सम्म आफ्नो यात्र पुराएको थियो ! तर उहा भन्नुहुन्छ बाकी जीबनको भाग पनि भलिबल खेलको बिकासमा सघाउने उहाको बिचार रहेको छ ! हाल उहा पश्चिमांचल छेत्रिया भलिबल संघ को सभापति , एक्स बगर यूथ क्लब को सभापति र भुतपूर्ब खेलाडी मंच नेपाल का सदस्य रहनु भएको छ ! यस्ता प्रतिभाशाली ब्यक्ति हरुलाई राष्ट्रिय खेलकूद परिषद् बाट सहयोग गर्ने हो भने भोलिका दिन हरुमा नेपाली खेलाडी हरुले अन्ताराष्ट्रिय प्रतियोगिता हरुमा पदक ल्याउना पछि पर्ने छैन !

Mobile uploads 04/05/2014

भलिबल खेलकी सरस्वती चौधरी :
एपिएफ क्लबलाई गत वर्ष पाँच राष्ट्रियस्तरको प्रतियोगिता जिताउँदा मुख्य भूमिका निर्वाह गरिन् भने एनभिए कपकी उत्कृष्ट खेलाडी,आइजिपी कपमा मोस्ट भ्यालुएबल प्लेयर भइन् त्यस्तै खुला भलिबल च्याम्पियनसिपमा उत्कृष्ट खेलाडीसँगै उत्कृट क्विकरको पुरस्कार जितेकी र अन्य तीन प्रतियोगितामा पनि व्यक्तिगत पुरस्कार जितेर चर्चामा आएकी भलिबल खेलाडी सरस्वती चौधरीलाई आफ्नो अमुल्य मत दिई २०७० सालको पल्सर बर्ष खेलाडी बनाई दिनुहुन एक्स बगर युथ क्लब पोखरा बिनम्र अनुरोध गर्दछु !
श्री गुरुङ
संस्थापक
एक्स बगर युथ क्लब पोखरा

Timeline photos 13/04/2013

Fill your life with Happiness & Bright Cheer, Bring to u Joy and Prosperity for the whole Year,And it's my New Year wishes for everyone *****

Timeline photos 28/12/2012
18/07/2012

राष्ट्रिय महिला फुटबलमा कास्की र धनुषा विजयी :
राष्ट्रिय महिला फुटबल प्रतियोगितामा कास्की र धनुषा विजयी भएका छन् । बाराको सिमरामा सम्पन्न खेलमा कास्कीले सर्लाहीलाई ४-२ गोलले पराजित गरेको छ ।कास्कीको जितमा बिमला चौधरीले हृयाटि्रक पुरा गरिन् भने सुष्मिता गूरुङले एक गोल थपिन् । सर्लाहीका लागि मनिषा चौधरीले एक्लैले २ गोल गरेपनि हार टरेन ।रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न खेलमा धनुषाले पांचथरलाई पराजित गरेको छ । निर्धारीत समयमा ३-३ गोलले बराबरी भएपछि अतिरीक्त समयमा धनुषाले पांचथर महिला टिमलाई ४-३ ले पराजित गरेको थियो ।धनुषाको जितमा सबिता राईले हृयाटि्रक पुरा गरिन भने प्रमिला सुनुवारले १ गोल थपिन् । पांचथरका ज्योति सावादेनले २ तथा माया ईस्पोले १ गोल गरिन् ।

रकम हस्तान्तरण 09/07/2012

रकम हस्तान्तरण ......

Timeline photos 02/07/2012

बाढीपीडितको लागि जापानबाट संकलित राहत रकम हस्तान्तरण :-
प्रेमनारायण न्यौपाने
पोखरा । सेतीनदी बाढीपीडितहरुको सहयोगार्थ रेडियो अन्नपूर्णले स्थापना गरेको राहत कोषमा एक्स बगर युथ क्लब पोखराका संस्थापक अध्यक्ष श्रीभक्त गुरुङको पहलमा जापानमा बसोबास गर्ने नेपालीहरुबाट संकलित दुई लाख २१ हजार चार सय ४७ रुपैयाँ शनिबार एक कार्यक्रम बीच हस्तान्तरण गरियो। शनिबार आयोजित पत्रकार सम्मेलन गरी श्रीभक्त गुरुङका छोरा समीर गुरुङ, बहिनी पवित्रा गुरुङ र क्लबका पदाधिकारीहरुले संयुक्तरूपमा रेडियो अन्नपूर्णका संस्थापक अध्यक्ष विश्वशंकर पालिखे र प्रबन्ध निर्देशक सुनयना पालिखेलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।
जापानमा व्यवसाय गरिरहेका पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घका निवर्तमान अध्यक्ष समेत रहेका गुरुङले सेतीनदी बाढीपीडितको सहयोगार्थ अभियान सञ्चालन गरी सड्ढलन गरेको रकम एक्स बगर युवा क्लबले उक्त रकम हस्तान्तरण गरेको हो। राहत रकम ग्रहण गर्दै रेडियो अन्नपूर्णका संस्थापक अध्यक्ष विश्व शंकर पालिखेले बगर खेलकुदको उर्वराभूमि भएको भन्दै एक्स बगर युवा क्लबले खेल क्षेत्रलगायत मानवीय सेवामा सहयोग पुर्याएको बताए। स्टेशन मेनेजर दीपेन्द्र श्रेष्ठले संकलित राहत रकमको सदुपयोग र पारदर्शी हुने बताए।
उनले एक्स बगरबाट प्राप्त रकम बाढीपीडितका लागि माछापुछ्रे गाविस वडा नं। ९ को नयाँ खोवाङमा निर्माणाधीन पुनर्वास कार्यमा लगानी गरिने बताए। उनले हालसम्म अन्नपूर्ण राहत कोषमा ५२ लाख ९१ हजार २५ रुपैयाँ सड्ढलन भएको र छैटौं चरणको राहत वितरणसम्ममा २१ लाख ५५ हजार राहत वितरण गरिसकेको जानकारी दिए। क्लबका सल्लाहकार डीबी नेपाली र मगन श्रेष्ठले संयोजक गरेको कार्यक्रममा क्लबका सदस्य फत्तबहादुर गुरुङले धन्यवाद व्यक्त गरेका थिए।
रकम सहयोग गर्नेमा जीवन गुरुङ पोखरा, बुद्धि गुरुङ पोखरा र अमृत गुरुङ पार्दी, जनही १० हजार, नीलबहादुर गुरुङ र ज्ञामबहादुर गुरुङ, पोखरा, मोहन घले पोखरा जनही पाँच हजार १०, बीबी गुरुङ काठमाडौं, बुद्धिकला गुरुङ दीप, राम गुरुङ पोखरा, सानुदेवी महर्जन काठमाडौं, विश्व गुरुङ काठमाडौं, जनही पाँच हजार, रसमाला जुग्जाली म्याग्दी चार हजार, माइला गुरुङ पोखरा, याम गुरुङ, पोखरा, हरि घले काठमाडौं, अमित श्रेष्ठ पोखरा, सचिन थकाली, पोखरा जनही तीन हजार, शिवराज पुन पोखरा, इश्वर गुरुङ, पार्दी, राज गुरुङ पोखरा, राज गुरुङ घान्द्रुक, विजय गुरुङ घान्द्रुक, रमन मल्ल पोखरा, सुसन पाण्डे टोकियो, मनबहादुर खत्री बागलुङ, रञ्जना सेन पोखरा, सुरेन्द्र गुरुङ काठमाडौं, राजेश सेन हेटौंडा, मिलन पुन नदीपुर, सन्तोष गुरुङ चितवन, वाना टोकियो, रमेश गुरुङ पार्दी, कुमार गुरुङ पोखरा, सुशीला क्षत्री पोखरा, दीपा कुँवर पोखरा, विनोद थापा स्याङ्जा, प्रशान्त खत्री पोखरा, सचिन श्रेष्ठ बेनी, राजेन्द्र खड्का बागलुङ, विनोद मैनाली काभ्रे, निरज प्रधान काठमाडौं, राजु गुरुङ पोखरा जनही दुई हजार, विशाल पौडेल बागलुङ, कर्ण गुरुङ काठमाडौं, सन्तोषी शेरचन पोखरा दुई हजार एक सय, प्रदीप सेन पोखरा-दुई हजार एक प्रदान गरेका छन्।यस्तै ज्ञानु ज्ञवाली गुल्मी एक हजार पाँच सय, निशान ठकुरी घाचोक एक हजार एक सय ११, हरिबोल काठमाडौं र सुवास गुरुङ पोखरा एक हजार एक सय एक, अनिल गुरुङ झापा, देवी गुरुङ पोखरा, कल्पना श्रेष्ठ लेखनाथ, आशा गुरुङ पोखरा,सीमा गुरुङ पोखरा, केशबहादुर गुरुङ पोखरा, सञ्जय श्रेष्ठ पोखराबाट जनही एक हजार एक सय तथा तोम गुरुङ पोखराबाट एक हजार १० प्राप्त भएको छ।
ज्योति गुरुङ, पोखरा, कमला गैरे काठमाडौं, हरि गुरुङ पोखरा जनही एक हजार पाँच, आदित्यराम चौधरी काठमाडौं एक हजा एक, जनही एक हजार दिनेमा रामचन्द्र श्रेष्ठ काठमाडौं, इन्दु थापा पोखरा, तेजिन छन्त्याल पोखरा, उत्तम गुरुङ पोखरा, प्रवीन हिराचन पोखरा, कर्म लामा, भरत क्षत्री बागलुङ, कृष्ण सुवेदी काठमाडौं, तेजकुमारी ठकुरी काठमाडौं, सुनिसा तुलाचन काठमाडौं, सर्वजीत थापा चितवन, रविन गुरुङ पोखरा, राम गुरुङ दीप, शान्ति गुरुङ पोखरा, प्रेम शेरचन पोखरा, विष्णुप्रसाद कँडेल बागलुङ, श्रवण गुरुङ पोखरा, सोनी टंग, कृष्ण बोहोरा क्षत्री बागलुङ, धर्म जिसी प्यूठान, तेजेन्द्र जिसी बागलुङ, पार्वती मैनाली, सूर्य कार्की स्याङ्जा, गीता ढकाल, देव खत्री बागलुङ, रामप्रससाद पाण्डे रुपन्देही, एस के बाबल भारत, हरि थापा स्याङ्जा, मुलासिना जिसी, कमिरहित गुरुङ गोरखा, राज सापकोटा गुल्मी, खाइसगा टोकियो, हिरोशी टोकियो, डसगा टोकियो, कमला कुँवर चितवन, निरु पुन बुटवल, यमलाल रेग्मी स्याङ्जा, भानु कँडेल नवलपरासी, पुन छन्त्याल पोखरा, विजय गुरुङ पोखरा, अमृत गुरुङ पोखरा रहेका छन्।यसै गरी हरिप्रसाद शर्मा बागलुङ पाँच सय र गीता भण्डारी बागलुङबाट पनि तीन सय, लक्ष्मी दुलाल काठमाडौं दुई सय, गीता पाण्डेबाट दुई सय र मीना कँडेलबाट एक सय प्राप्त भएको थियो। यस अभियानको क्रममा जापानमा रकम संकलन गरि सहयोग गरि दिनुहुने बुद्धिकला गुरुङ , पोखरा, मदन गुरुङ पोखरा, एक्स बगर युथ क्लबका खेलाडी ज्ञाम बहादुर गुरुङ पोखरा ,करातेका राष्ट्रिय खेलाडी नरेश जीसी (स्यांग्जा) साथै मोहन घले (गैरापाटन) लाई धन्यवाद साथै यस दुखद घडीमा चन्द दिई सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबहरुमा एक्स बगर युथ क्लब पोखराको तर्फबाट हार्दिक आभार र कृतज्ञता ब्यक्त गरिएको छ ।

कास्कीका बाढि पीडितलाई जापानवाट २ लाखभन्दा बढि सहयोग :: Nepal, Political News, Science, Social, Spor 20/06/2012

कास्कीका बाढि पीडितलाई जापानवाट २ लाखभन्दा बढि सहयोग :: Nepal, Political News, Science, Social, Spor Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

18/06/2012

- पश्चिमाञ्चलले अन्तरक्षेत्र राष्ट्रव्यापी राष्ट्रपति रनिङ सिल्डको उपाधि शुक्रबार जितेको छ । उसले २ सय ४७ अंक बटुल्यो । एक सय ८५ अंक बटुल्दै मध्यपश्चिमाञ्चल दोस्रो र १ सय ६७ अंक जोड्दै मध्यमाञ्चल तेस्रो भए ।

31/05/2012

पश्चिमाञ्चल क्षेत्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड यही जेठ २६ र २७ गते पोखरामा हुने भएको छ ...................

Want your business to be the top-listed Gym/sports Facility in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

FIVB Women's World Championship 2010 Japan Victory Ceremony.
'' FIVB Women's World Championship 2010 Japan ''
.Olympics 2008 in Beijing, China ( USA  v/s  Brasil ) final

Category

Website

http://shreetamu.webs.com/home.htm

Address

'' एक्स बगर यूथ क्लब ( Volleyball )
Pokhara

Other Sports Teams in Pokhara (show all)
6AM Futsal Team 6AM Futsal Team
Pokhara

Santosh Bk Sr Footballer Santosh Bk Sr Footballer
Pokhara

Street Frestyle Footballer Pokhara, Nepal

The whites The whites
Pokhara, 28001

📲 All Real Madrid updates, transfer news, stats and much more are found right here.

Pelicans club of Tanahu Pelicans club of Tanahu
Pokhara

Winner Of state Level First Saheed Cup 2079. (Contact for collaboration..)

Paragliding in pokhara Paragliding in pokhara
St. No. 8 Lakeside
Pokhara, 456

Fly with the best

Nepal Strongest Kyokushin Kaikan Karate IKOKS Sonoda Group Nepal Strongest Kyokushin Kaikan Karate IKOKS Sonoda Group
Pokhara Rangasala
Pokhara

Nepal Full Contact Karate Federation. Join Us:9803606540 9846976683

Portugal : The Home Of Ronaldo Portugal : The Home Of Ronaldo
Pokhara

We Love Cristiano & Team Portugal ��

BTD football club BTD football club
Bajapatan
Pokhara, 980000

high dream

Tutunga ‐15 T-15 Football club Tutunga ‐15 T-15 Football club
Tutunga/15
Pokhara

Tutunga

Myagdi Youth Club -MYC Myagdi Youth Club -MYC
Pokhara

Myagdi Youth Club(MYC) Promoting football by young homies Pokhara-32,tallogagangauda