Rapti Zone
साविक राप्ती अञ्चलभरीका सूचना र जानकारी दिने थलाे । This page update latest information and photo, video about Dang and entire Rapti zone.
it's main propose is to promote tourism destination of Rapti zone.
घोराही उपमहानगरपालिका-१३ स्थित मौलाकोटमा गरिएको व्यवसायिक मौरीपालन । तस्बिर: कुलदीप न्यौपाने / रासस
दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेका स्थानीयले माटो बिना कोकोपिटमा हाइड्रोपोनिक्स विधिबाट खेती गर्न बनाइएको अत्याधुनिक स्वचालित ग्रीन हाउस । तस्बिरः कुलदीप न्यौपाने/रासस
दाङको बङ्लाचुली गाउँपालिका–३ स्थित बचनी गाउँ र बचनीबाट देखिएको पुथा, धौलागिरिलगायत हिम श्रृङ्खला । तस्बिरः कुलदीप न्यौपाने/रासस
दाङको घोराही उपमहानगरपालिका-१८ रझेनास्थित श्री माध्यामिक विद्यालयमा प्रार्थना गर्दै विद्यार्थी । यस सामुदायिक विद्यालयमा तीन हजार विद्यार्थी अध्यनरत छन । तस्बिर : कुलदीप न्यौपाने/रासस
दाङको घोराही उपमहानगरपालिका-१४ झिङौरास्थित स्वर्गद्वारी आश्रमको ९ कट्ठा भाडाको जग्गामा रोल्पा माडी १ जवाङका वीरेन्द्र खड्काले गरेको स्ट्रबेरी खेती । तस्बिर : कुलदीप न्यौपाने/रासस
रुकुमको मुसीकोट नगरपालिका -५ थर्पुमा रहेको डिग्रे साइकुमारी भगवती मन्दिरमा पूजा आराधना गर्न लागेको भक्तजनको भीड । यहाँ हरेक वर्ष हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म मेला लाग्ने गर्छ । तस्बिरः बलबहादुर वली/रासस
दाङको घोराही उपमहानगरपालिका- १७ कर्जाहीस्थित जलाशयमा जाडो छल्न आएका जलेवा चरा । जलेवाको मुख्य आहारा माछा भएकाले यिनिहरु नदी, जलाशय नजिक बस्ने गर्छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
दाङको घोराही उपमहानगरपालिका -१७ स्थित कर्जाहीका खेतमा काउली रोप्दै महिला । तस्बिरः कुलदीप न्यौपाने/रासस
घोराही उपमहानगरपालिका–१७ स्थित ओखरा गाउँका महिला हेल्का बोकेर माछा मार्न जाँदै । तस्बिरः कुलदीप न्यौपाने/रासस
रोल्पाको थबाङ गाउँपालिका-१ र २ स्थित थबाङ गाउँ । तस्वीर : कुलदीप न्यौपाने/रासस
रुकुमकाे त्रिवेणी गाउँपालिका–३ स्थित खारा ब्यारेक र पृष्ठभूमिमा सिस्ने हिमाल । तस्बिर : कुलदीप न्यौपाने/रासस
रुकुमको मुसीकोट नगरपालिका–५ स्थित सेरीगाउँ । तस्बिरः बलबहादुर वली/रासस
दाङको घोराही उपमहानगरपालिका –६ गुरुवागाउँका किसान धानबाली भित्र्याउँदै । तस्बिरः रञ्जिता अधिकारी/रासस
तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटकी कौशिका वली हलो जोत्दै । तस्बिर : रञ्जिता अधिकारी/रासस
घोराही उपमहानगरपालिका–४ डाँडागाउँस्थित कटकैया तलाउमा घोङी खोज्दै थारु समुदायका स्थानीयबासी । तस्बिरः कुलदीप न्यौपाने/रासस
रुकुमको मुसीकोट नगरपालिका–९ लालिबाङका कृष्णबहादुर खड्का बारीमा गोरु जोत्दै । तस्बिर : बलबहादुर वली
घोराही उपमहानगरपालिका-१८ स्थित श्री माद्यामिक विद्यालय रझेनाकाे कक्षा ७ मा अध्यनरत घोराही उपमहानगरपालिका-१५ भिङ्रेली चोककी सीता खनाल । उनी ४५ वर्षको उमेरमा कक्षा ७ मा पढ्दैछिन् । तस्बिर : कुलदीप न्यौपाने/रासस
रोल्पा माडी गाउँपालिकाको केन्द्र माडी– २ स्थित घर्तीगाउँ बजार र सहिद मार्ग । तस्बिर : कुलदीप न्यौपाने/रासस
दाङको घोराही उपमहानगरपालिका-१८ रझेनाबाट कटुवा खोला तरेर अम्बापुर जाँदै गरेका स्थानीय । पुल नहुँदा यो भेगका स्थानीय जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता छ । तस्बिर : कुलदीप न्यौपाने/रासस
दाङको तुलसीपुर–१३ भञ्ज्याङस्थित वनबाट टिपेर ल्याइएको मालुकाको पात बिक्रीका लागि मिलाउँदै महिला । तस्बिरः दीपक बोहरा/रासस
घोराही उपमहानगरपालिका–१५ दीपशिखा चोकस्थित सडक किनारमा तरकारी बिक्री गर्न बसेका किसान । तस्बिरः कुलदीप न्यौपाने
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–५ काे बागबजार र मध्यपहाडी राजमार्ग सडकखण्ड । तस्बिरः बलबहादुर वली
रुकुमको मुसिकोट नगरपालिका–१ बराहाटाकुरादेखि सल्ले जोड्ने झोलुङगे पुल । यसको लम्बाई २३७ मिटर छ । तस्बिर : बलबहादुर वली
घोराही उपमहानगरपालिका–१८ गिठेपानीका कुलबहादुर श्रेष्ठले व्यवसायिक रूपमा गरेको कुखुरापालन । तस्बिरः कुलदीप न्यौपाने/रासस
घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित अटोभिलेज नजिक रोल्पा जोड्ने वैकल्पिक सडकमा परेको खाल्टाखुल्टीमा जमेको पानी ।तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रयोगविहीन रुकुमको मुसीकोट नगरपालिका–५ बागजारमा रहेको तरकारी संकलन केन्द्र । तस्बिरः बलबहादुर वली
घोराही उपमहानगरपालिका–१८ अम्बापुरबाट शुक्रबार बिहान देखिएको कुहिरोले ढाकेको घोराही बजार । तस्बिरः कुलदीप न्यौपाने/रासस
दाङको सेवारखोलामा बिहीबार अष्टमीकाे पूजा गरेको फूल सेलाउँदै घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरा गाउँका स्थानीय महिला । तस्बिर : कुलदीप न्यौपाने/रासस
तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर माविमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीले चार बिघाभन्दा बढी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन्। उनीहरूले आफूले उत्पादन गरेको तरकारी बजारमा लगेर आफैँ बेच्छन् ।
यातायात व्यवस्था कार्यालय राप्ती, तुलसीपुर-६ गाइडरमा सर्ने भएको छ ।
घोराही उपमहानगरपालिका–१२ बटौलपुरबाट देखिएको साइपुरको धानफाँट र घोराही-रक्षाचौर सडकखण्ड। तस्बिर : कुलदीप न्यौपाने/रासस
दंगीशरण गाउँपालिका वडा नं. ३ चखौरास्थित थारु सांस्कतिक संग्रहालयमा निर्माण गरिएको कृत्रिम झरना । तस्बिर : दीपक बोहरा/रासस
दाङको दंगीशरण गाउँपालिका वडा नं ३ चखौरास्थित थारु सङ्ग्रहालयमा राखिएको थारु राजा दंगीशरणको प्रतिमा । तस्बिर : दीपक बोहरा/रासस
रोल्पा रुन्टीगढी गाउँपालिका–९ स्थित होलेरी बजारका पसलमा राखिएका खाद्य वस्तुहरू अनुगमन गर्दै गाउँपालिकाका कर्मचारी । तस्बिरः कुलदीप न्यौपाने/रासस
बबई नदीमा जनैपूर्णिमाका अवसरमा गङ्गा स्नान गर्दै सर्वसाधारण । तस्बिरः रञ्जिता अधिकारी
घोराही उपमहानगरपालिका–७ स्थित श्रीमाता पवित्रा देवी सांगवेद संस्कृत विद्यालय (गुरुकूल) मा अध्ययनरत बटुकहरु घोरही–१५ को भानुचोकमा रक्षाबन्धन बाधिँदिँदै । तस्बिरः कुलदीप न्यौपाने/रासस
दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेका स्थानीय घरमा पिँडालुको डाँठ सुकाउँदै । हिउँदमा तरकारी बनाएर खान पिँडालुको डाँठलाई चिरेर घाममा सुकाइन्छ । तस्बिरः कुलदीप न्यौपाने/रासस
घोराही उपमहानगरपालिका-१३ तुरुन्तपुरस्थित खेतमा घोंगी खोज्दै स्थानीय। तस्बिर: कुलदीप न्यौपाने / रासस
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Tulsipur
Chandigarh
Tulsipur
#जिंदगी �एक #अनमोल �अमृत है, ये बार � बार नही मिलता है! इसे� #व्यर्थ न �करे।।,��