P. Health Inspector Bimal KC

P. Health Inspector Bimal KC

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from P. Health Inspector Bimal KC, Medical and health, Tulsipur.

Photos from P. Health Inspector Bimal KC's post 11/01/2024

स्वास्थ्य संस्था स्तरीय पोषण बिषेश कार्यक्रमहरुको गुणस्तर मापन तथा अनसाइट कोचिङ सम्वन्धी विषयमा पवननगर तथा डूरूवा स्वास्थय चौकीमा 9 स्थानका ओ.टि.सी तथा पोषण फोकल पर्सन हरुसंग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा BPH अध्ययनरत तथा जन स्वास्थ्य प्रवर्द्धन शाखाको टीम द्वारा अन्तरकृया तथा सहयोगात्मक सुपरिवेक्षण सम्पन्न।
उक्त कार्यक्रममा सहयोग गर्ने सम्पूर्णमा हार्दीक धन्यबाद तथा आभार।।।।

Photos from P. Health Inspector Bimal KC's post 10/01/2024

#यदी तपाईको घरमा नव विवाहित जोडी,गर्भवती महिला,सुत्केरी, बालबालिका, किशोरि छोरी हरु छन भने अबस्य यसको बारेमा चासो राखी दिनुहोला।।

√ नव विवाहित जोडीलाई गर्भ धारण गर्नु भन्दा 3 महिना अघि र गर्भ रहेको 3 महिना सम्म पहिले फोलिक एसिड खाएको छ छैन ?
√ गर्भ धारण गरेको 3 महीना पुरा भए पछि स्वास्थ्य संस्था मा गै जाँच गराई नियमीत रुपमा आईरन/फोलिक एसिड, क्याल्सियम चक्की नियमीत खाएको छ छैन ?
√ टि. डी. खोप लगाएको छ छैन्?
√ सुत्केरी पछि पनि नियमित रूपमा आईरन फोलिक एसिड चकी 45 दिन सम्म नियमीत खाएको छ छैन ?
√ बच्चालाई जन्मेको 1 घण्टा भित्र स्तनपान गराएको छ छैन?
√बच्चा जन्मेको 6 महीना सम्म पूर्ण स्तनपान मात्र गराएको छ छैन?
√बच्चा जन्मेको 6 महिना पूरा भए पछि थप आहार संगै बालभिटा खुवाएको छ छैन?
√10 वर्ष देखि 19 वर्षका नानी हरुलाई विद्यालय बाट आईरन फोलिक एसिड हप्तामा एक पटक 1 चक्की २६ हप्ता सम्म खुवाउने व्यवस्था भएको छ छैन?

यती मात्र तपाईं अभिभावकको नाताले परिवारका सदस्य संग कुराकानी गरिदिनु भयो भने त्यही बाट शुरुवात हुन्छ" सुखी खुसी स्वस्थ परिवार योजना " SMART Healthy family !!!
के आफ्नो परिवारको स्वास्थ्यको लागि यति पनि चासो नराख्ने त???????????
"तपाईँको परिवारको स्वास्थ्य तपाईँको हातमा "

11/12/2023

"आनन्द त्यहाँ प्राप्त हुँदैन जहाँ धन हुन्छ ,
आनन्द त्यहाँ प्राप्त हुन्छ जहाँ मन हुन्छ "

Photos from P. Health Inspector Bimal KC's post 11/12/2023

भावी पुस्तालाई कसरी स्वस्थ राख्ने !!!!!!!
तपाईहरुको घरमा गर्भबती महिला हुनु हुन्छ भने यो विधि एकपटक पढिदिनुहोला।।।
1)गर्भ जाँच
2) गर्भबतीको खानपान
3) खतराका चिन्ह लक्षण
4)सुत्केरी योजना
5)सरसफाई

11/12/2023

सिकल सेल एनिमिया र बीटा थलेसेमियामा वरदान सावित भएको जिन ईडिटीङ थेरापीमा लाग्ने 29 करोड खर्च नेपालीका लागि आकाशको तारा जस्तै ।।।।

10/12/2023

लक्ष्मी प्रसाद देवकोटाले उहिले नै भनेका थिए।।।

Photos from P. Health Inspector Bimal KC's post 09/12/2023

बाराक ओबामा लाई एउटा अन्तरवार्तामा सोधिएको रहेछ तपाईं कसरी सफल राष्ट्रपति बन्नु भयो?
उनले जवाफ दिएका रहेछन् =
"भागवत गीता"
तर हामी कहाँ अदालतमा कसम खान र मन्दिरमा पूजा गर्न मात्र सजाइएको छ यो पबित्र ग्रन्थ,।
यसलाई पाठ्यक्रममा समावेश गरी सबैलाई नैतिकबान , चरित्रवान, कर्मबान बनाउन पाए कस्तो हुन्थ्यो होला।।।
मनमा लागेको कुरा!!!!
भागवत को पुरा शाब्दिक अर्थ यस्तो रहेछ !
भ - भक्ति
ग - ज्ञान
व -वैराग्य
त -त्याग

05/12/2023

आज अन्तरास्ट्रिय स्वयम सेवक दिवस को अबसरमा निस्वार्थ सेवामा समर्पित सम्पूर्ण ब्यक्ति/माह्नुभाब हरुमा हार्दिक शुभकामना ।।।।।।।।

22/10/2023

सम्पूर्ण महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना।।।।

Photos from P. Health Inspector Bimal KC's post 01/08/2023

#स्तनपान मैत्री कार्य स्थलको सुनिश्चतता, सबै सरोकार वालाहरुको प्रतिवद्धता "
विश्व स्तनपान सप्ताह,१-७ अगस्ट २०२३
१६ श्रावण देखि २२ श्रावण २०८०
एकपटक सबैले पढौं र ब्यबहार मा लागू गरौँ।।।

25/06/2023

दादुरा र कोभिड विरुद्धको खोप लगाउने आज अन्तिम अवसर ।।।

तुलसीपुर उपमहानगर पालिका भित्र दादुरा/रूबेला रोग विरुद्धको खोप लगाउन छुटेका ६ महीना देखि १५ वर्ष मुनिका बालबालिकालाई र कोभिड विरुद्धको पहिलो /दोश्रो तथा बुस्टर पहिलो/दोश्रो मात्रा लगाउन बाँकी विदेश जाने तयारी गरिरहका १८ वर्ष देखि माथिकालाई भेरोसेल/फाइजर खोप लगाउने कार्यक्रम भएकोले तपाईंको स्थानमा सम्पर्क राख्नु हुन अनुरोध छ।
तपसिल :
*सञ्चालन मिति - आज मात्रै 2080/03/10 गते
*स्थान -
1)तुलसीपुर नगर स्वास्थय केन्द्र वार्ड न ५ बसपार्क दाङ
2)तुलसीपुर भिमसेन मेट्रो अस्पताल वार्ड नं ८ अस्वरा दाङ

*समय : ११- ३ बजे सम्म
नोट -बुस्टर पहिलो /दोस्रो मात्रा लगाउने व्यक्तिले अनिबार्य खोप कार्ड साथमा लिएर आउनुहुन।
अन्य थप जानकारीको लागि सम्पर्क न. 9847824053,9847830478,9847834652

(तुलसीपुर उपमहानगर पालिका जन स्वास्थ्य प्रवर्द्धन शाखा तुलसीपुर दाङ)

18/06/2023

#आज मिति २०८०/०३/०३ गते आईतबार का दिन तुलसीपुर उपमहानगर पालिका भित्र सञ्चालन हुने दादुरा खोप अभियानको लागि सञ्चालन हुने खोप केन्द्र /स्थान को जानकारी ।।।।

#अनुमानित संख्या जम्मा १०९०९ जना (६महिना देखि १५ वर्ष मुनिका)
वार्ड नं/स्थान/अनुमानित संख्या:

वार्ड नं १ पी एन्ड के पाठसला - ५८८
वार्ड नं २ जन प्रिय वोर्डिङ -५२७
वार्ड नं.३ प्रावि रानागाउ /थापापानि -३७५
वार्ड नं. ४ दीपज्योति घोरानेटी - २२२
वार्ड नं ५ गैरापातु जन श्रमिक स्कूल -२५०
वार्ड नं ६ राप्ती विद्या मन्दिर /ग्रेट अरनिको /बेविजोन -८४०
वार्ड नं ७ त्रिदेव, मेरिगोल्ड/ श्रिगै स्कूल -१३८२
वार्ड नं ८ माबि अस्वारा स्कूल -६९३
वार्ड नं ९ सप्तरंगी वोर्डिङ ७४५
वार्ड नं १० नमूना बोर्डिङ ५००
वार्ड नं ११ शान्ति माबि, आबी नवलपुर, चन्द्रोदय वोर्डिङ ९८०
वार्ड नं १२ जनमुखी प्रावि टरिगै १७०
वार्ड नं १३ अम्बेश्वरी माबि ,प्रावि बखरिया स्कूल ५३०
वार्ड नं १४ नमूना प्रावि करंगा ८९
वार्ड नं १५ बालकल्याण पहलेपार ,महेश्वरी प्रावि १४०
वार्ड नं १६ लक्ष्मीपुर नगर स्वास्थय केन्द्र
वार्ड नं १७ फोरटीनाइन् माबि ९००
वार्ड नं १८ न्युस्टार वोर्डिङ ५४०
वार्ड नं १९ अमृत एकाडेमी ५००

माथिका खोप केन्द्रमा ६ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा/रुबेला रोग विरुद्धको खोप लगाई सुरक्षीत बनाऔं ।।
अन्य थप जानकारी को लागि नजिकको स्वास्थय संस्था/विद्यालय / जन स्वास्थय प्रवर्द्धन शाखामा संपर्क राख्नु हुन अनुरोध छ।
(तुलसीपुर उपहानगरपालिका जन स्वास्थय प्रवर्द्धन शाखा तुलसीपुर दाङ)

Photos from P. Health Inspector Bimal KC's post 14/06/2023

#तुल्सीपुरमा आज १० हजार १४४ जना बालबालिकालाई दादुरा/रुबेला विरुद्धको खोप प्रदान गरिएको छ।
आजको लक्ष अनुसार ८३.३ प्रतिशत प्रगति भएको छ।
आज दिनभर खोपमा खटिनु हुने सम्पूर्ण स्वास्थ्यकर्मी लगायत सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद।।।।
६ महिना देखि १५ वर्ष मुनिका सबै वालवालिकालाई अनिबार्य रुपमा नजिकको विध्यालय वा खोप केन्द्रमा लागि खोप लगाई दादुरा/रुबेला जन्य महामारी तथा संक्रामक जन्य रोग बाट बचाऔं।।।।

Photos from P. Health Inspector Bimal KC's post 14/06/2023

तुल्सीपुरमा आज देखि दादुरा/रुबेला विरुद्धको खोप अभियान शुरू हुँदै।।।।
#करिब ५३ हजार वालवालिकालाई खोप लगाउँदै।।।

तुलसीपुर उपहानगरपालिकाका १९ ओटै वडाका सामुदायीक तथा निजि विद्यालयमा आज बाट ६ महीना देखि १५ वर्ष मुनिका विद्यालय जाने वा नजाने सबै बालबालिकालाई खोप लगाउने अभियान सञ्चालन हुंदैछ। त्यसैले आज सञ्चालन हुने खोप केन्द्रमा आफ्ना बालबालिकाहरुलाई खोप लगाउन लगि दादुरा/रुबेला को महामारी बाट जोगाउनु हुन सबै अभिभाबक, शिक्षक सरोकार वाला निकाय सबैमा हार्दिक अनुरोध छ।खोप सञ्चालन हुने विध्यालय,खोप केन्द्र , स्थान,मिति नजिकको स्वास्थय संस्था बाट वा तलको बिवरण बाट तथा अन्य थप जानकारी स्वास्थय संस्था प्रमुख /विद्यालय प्र.अ.बाट लिनु हुन अनुरोध छ।

कोही नछुटी सबैलाई खोप लगाऔं।
दादुरा/रुबेला रोगलाई निवारण गरौं।।

#आज जेष्ठ ३१ गते खोप सञ्चालन हुने स्थान :

१) वडा नं.१- प्रावि गैरासिउरा/अभिधारा/दमारगाउँ १२५ जना
२) वडा नं.२ - ज्ञानोदय मावि बालापुर २३५ जना
३) वार्ड नं. ३ - मावि दमारगाउँ ३७५ जना
४)वार्ड नं ४ - गुरु जजुर मावि रक्षाचौर ८२४ जना
५) वार्ड नं ५ - तुलसी स्कूल १७५० जना
६)वार्ड नं ६ - डिभाइन स्कूल ७८० जना
७) वार्ड नं ७ -मावि कालाखोला ५७० जना
८)वार्ड नं ८ -शान्तिदीप बोर्डिङ ६३९ जना
९)वार्ड नं.९ -जन नमूना स्कूल ४५५ जना
१०) वार्ड नं १० - ग्यालेक्सी बोर्डिङ ५०० जना
११) वार्ड नं ११ -न्यू शान्ति बोर्डिङ ३०९ जना
१२) वार्ड नं १२ -महेन्द्र मावि ९०६ जना
१३)वार्ड नं १३ -आवि बराह खुटी २५० जना
१४)वार्ड नं १४ - बालमीतेरी भोजपुर ५४२ जना
१५)वार्ड नं १५ -मुना बोर्डिङ ५५० जना
१६) वार्ड नं १६ -लक्ष्मी मावि ललौरा ४१५ जना
१७)वार्ड नं १७ -मजगाउँ सा.भवन १२५ जना
१८)वार्ड नं. १८ -मावि सिर्जना बाटिका ४८७ जना
१९)वार्ड नं १९ -मावि भित्री सक्राम

(तुलसीपुर उपहानगरपालिका खोप समन्वय समिति तथा जन स्वास्थय प्रवर्द्धन शाखा तुलसीपुर दाङ)

12/05/2023

खोप लगाउन छुट्ला है ?

विदेश जादै हुनुहुन्छ भने खोपको QR कसरी लिने || Health Update YouTube Channel 15/04/2023

https://youtu.be/PRlAx60xL1k

विदेश जादै हुनुहुन्छ भने खोपको QR कसरी लिने || Health Update YouTube Channel Update YouTube Channel Sandesh education awareness News ,health related fitness,health related component...

Photos from Dr. Ek Raj Dahal's post 08/04/2023
06/03/2023

#तुलसीपुर हात्तीपाइले आम औषधि सेवन अभियान को 12औं दिनको अपडेट।।।
#हाल सम्म ७६.४ प्रतिशत प्रगति ।।।।।

आज जम्मा 800 जनालाई औषधि सेवन गराइएको छ,यो सँगै तुलसीपुरमा औषधि सेवन गर्ने को संख्या 1लाख 40 हजार 901 जनाले औषधि सेवन गरी सक्नु भएको छ।
अब केही संख्या करिब 10 हजार जति औषधि सेवन गर्न बाँकी रहनु भएको देखिएको छ।यदि यो संख्याले यसपाली औषधि सेवन गर्नु भएन भने पुन:अर्को वर्ष पनि फेरि सबैले औषधि सेवन गर्नु पर्ने हुन्छ,त्यसैले आफूले खाए पछि आफ्नो परिवार, छिमेक,साथी भाइ ले पनि औषधि खाए नखाएको सुनिश्चित गरी सचेत नागरिकको परिचय दिनुहोस्,किनकि खानु समुह अंतर्गत सबैले औषधि नखाँदा सम्म यो रोग निवारण हुँदैन ।त्यसकारण सबैले अनिवार्य रुपमा स्वास्थय कर्मी को प्रत्यक्ष निगरानीमा औषधि सेवन गरी यस रोगलाई यसै पाली निमिट्यान्न पारौँ।।।
यो कार्यक्रम अझै यो महिनाको अन्तिम सम्म थप गरिएकोले औषधि सेवन गर्न छुट्नु भएका व्यक्ति हरुले नजिकको स्वास्थय संस्था मा संपर्क राखी औषधि सेवन गर्न हुन हार्दिक अनुरोध छ।
यस कार्यक्रममा खटिनु हुने सम्पूर्ण सरोकारवाला ,स्वास्थय कर्मी,पत्रकार ,जन प्रतिनिधि ज्युहरु लगायत सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यबाद तथा आभार।।।

(तुलसीपुर उपमहानगरपालिका जन स्वास्थय प्रवर्धन शाखा तुलसीपुर दाङ)

Photos from P. Health Inspector Bimal KC's post 02/03/2023

#अब अन्तिम अवसर।।केही दिन मात्र बाँकी ।
आज पनि स्वास्थय संस्था,समुदाय र विद्यालय हरुमा औषधि सेवन गर्न बाँकी लाई खुवाइँदै।।।।

तुल्सीपुरमा एक लाख ३३ हजार ५०० भन्दा बढी ले औषधि सेवन गरी सक्नु भयो!
तपाईंले त सेवन गरी सक्नु भयो ,
अब तपाईंको घरमा सबै घरपरिवार, छर छिमेक, साथी भाइ इस्ट मित्र जहाँ तपाईंको बढी हेलमेल हुन्छ उहाँ हरूले सेवन गर्नु भयो भने मात्र तपाईं सुरक्षित हुनुहुन्छ,त्यसैले एक पटक एकिन गरी नखाएको भए नजिकको स्वास्थय संस्था बाट तुरुन्तै खुवाउन सल्लाह दिनु होस।
अब औषधि सेवन गर्न थोरै सङ्ख्या मात्र बाँकी हुनुहुन्छ।
त्यसैले कोही छुटेको भए अनिबार्य रुपमा सबैले सेवन गरौँ।

"यो रोग लागेर पछुताउनु भन्दा रोगका लक्षण नदेखिँदै औषधि खाएर रोग लाग्न बाट वच्नु नै उत्तम हाे"

(तुलसीपुर उपमहानगरपालिका जन स्वास्थय प्रवर्धन शाखा तुलसीपुर दाङ)

17/02/2023

हार्दिक अनुरोध ।।।

तुल्सीपुरमा गत वर्ष ७८ .३३ % प्रतिशतले खाएको तथ्याङ्क प्राप्त छ तथापि pre tas मा फेल छौ। दाङमा अहिले रोगीको संख्या नयाँ र पुराना गरेर 2044 जना छ्न भने तुलसीपुरमा 304 जना पत्ता लागेको छ भने रोगको व्यापकता दर 4.8 अर्थात् 100 जनामा 5जनामा हात्तीपाईलेको परजीवी रहेको एक अध्ययनले देखाएको छ।
त्यसैले गम्भीर भयर सोचौं।।।

26/01/2023

दादुराबाट बच्न र यसबाट हुने मृत्यु कम गर्न प्रभावकारी जनस्वास्थ्य रणनीतिहरु ⬇️

1️⃣ नियमित दादुरा खोप दिनु
2️⃣ राष्ट्रिय र स्थानीय खोप अभियानहरू संचालन गर्नु

Photos from P. Health Inspector Bimal KC's post 26/01/2023

# #जानकारी तथा #अनुरोध।।।।

मिति २०७९ साल माघ महिनाको ४ गते तुलसीपुर उपहानगरपालिकाका वार्ड नं 7 का 6 स्थानका 6 जना संकास्पद दादुरा/रुबेला रोगका का लक्षण भएका 7 महिना देखि 10 वर्ष सम्मका बालबालिकाको रक्त नमुना संकलन गरी नमुना परीक्षण को लागि WHO फिल्ड OFFICE नेपालगन्ज बाट काठमाडौं पठाइएकोमा सबैको रिपोर्ट negative आएको छ।
हाल सम्म तुलसीपुरमा यस भन्दा अगाडि १ जना १५ वर्षका बालकमा मात्र दादुरा को रिपोर्ट पोजेटिभ आएको थियो ।
अहिले सबै बालवालिकाहरुको स्वास्थय अवस्था सामान्य रहेको छ।
हाल दादुराको शङ्कास्पद लक्ष्यण भएका वालवालिकाहरुको खोजी र रक्त नमुना संकलन कार्य जारी रहेको छ।
यदि कुनै पनि स्थानमा रहेका वालवालिकाहरुमा ज्वरो आउने, राता बिमिरा देखिने,आँखा रातो,खोकी जस्ता लक्ष्यण देखिएमा तुरुन्त नजिकको स्वास्थय संस्थामा सम्पर्क राखी स्वास्थय परीक्षण गराउनु हुन र सम्बन्धित स्वास्थय संस्था/ अस्पताल/क्लिनक हरुले तुलसीपुर उपमहानगरपालिका जन स्वास्थय प्रवर्धन शाखामा जानकारी गराउनु हुन अनुरोध छ।

साथै सबै बालबालिकाहरूलाई समयमा नै उमेर अनुसारको खोप तालीका अनुसार खोपको मात्रा पूरा गराउनु हुन र अनिवार्य रूपमा हरेक महिना बच्चाको बृद्धि अनुगमन तौल मापन गरी बाल स्वास्थय कार्डमा स्वास्थय कर्मीलाई कार्ड भर्न लगाउनु हुन हार्दिक अनुरोध छ।

" #बाल स्वास्थय कार्ड सधैं भरी सुरक्षित राखौ "

(तुलसीपुर उपमहानगर पालिका जन स्वास्थय प्रवर्धन शाखा तुलसीपुर दाङ)

Photos from P. Health Inspector Bimal KC's post 18/01/2023

# जरुरी #सूचना। सूचना।। सूचना।।। #

हाल नजिकको छिमेकी जिल्लाका बालबालिकाकाहरुमा दादुराको महामारी फैलिएको र तुलसीपुर उमनपाका केही स्थान मा पनि दादुरा का संकास्पद लक्ष्यण भएका वालवालिका भेटिन थालेकोले तुलसीपुर उपहानगरपालिका भित्र बालबालिका हरुमा विशेष गरी ज्वरो सहित नचिलाउने छालामा राता राता बिमिरा, रुघाखोकी , आँखा रसिला /वा पाकेको जस्ता लक्ष्यण हरु देखिएका छन् ती लक्ष्यण हरु दादुरा/रूबेला भाइरस रोगका लक्षण हुन् सक्छन्, त्यसैले त्यस्ता लक्ष्यण देखिएमा तुरुन्त नजिकको स्वास्थय संस्थामा गई स्वास्थय परीक्षण गराउनु हुन वा जानकारी गराउनु हुन सबैमा हार्दिक अनुरोध छ।
साथै समयमा नै यसको विरुद्धमा खोपको मात्रा पूरा गरेमा र शंकास्पद दादुराको लक्ष्यण भएका वालवालिकालाई आइसोलेसन (अलग राख्ने) ,थप खोप लगाउने र भिटामिन ए खुवाएमा महामारीलाई नियंत्रण गर्न सकिन्छ।।

(तुलसीपुर उपहानगरपालिका जन स्वास्थय प्रवर्धन शाखा तुलसीपुर दाङ ,संपर्क नं 082523453
स्वास्थय कार्यालय दाङ 082560005)

12/01/2023

# पहिलो मात्रा लगाउने आज अन्तिम अवसर।।।।

#कोरोना विरुद्धको खोप लगाई आफ्ना बालालिकालाई सुरक्षित बनाऔं।।।।
#आज पनि छुटेका ५ वर्ष देखि ११ वर्ष सम्मका बालबालिकालाई कोरोना विरुद्धको खोपलगाइँदै।।।

तुलसीपुर क्षेत्र भित्र कोरोना विरुद्धको खोप लगाउन छुटेका ५ वर्ष देखि ११ वर्ष सम्मका बालबालिकाहरुलाई फाइजर खोप को पहिलो र दोस्रो मात्रा लगाउने अभियान शुरू भएकोले खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थय संस्थामा संपर्क गरी खोपको मात्रा समयमा नै पूरा गराई कोरोना रोग बाट आ-आफ्ना बालबालिका सुरक्षित राख्न संपूर्ण अभिभावक, शिक्षक, कर्मचारी,स्वास्थय कर्मी लगायत सम्पूर्ण सरोकार वाला निकायहरुमा जानकारि को लागि हार्दिक अनुरोध छ।

#तपसिल :

#खोप सञ्चालन हुने स्थान :

1)हाल भीमसेन मेट्रो अस्पताल तुलसीपुर दाङ ।

#मिति: २०७९ साल पौष २५ गते देखि २८ गते सम्म भिमसेन मेट्रो अस्पतालमा र अन्य स्वास्थय संस्थामा सम्पर्क गरी जानकारी लिनु हुन।

#समय: बिहान ११ बजे देखि ३ बजे सम्म

#प्राप्त हुने खोप : फाइजर

#लक्षित समुह : पहिलो /दोस्रो मात्रा खोप लगाउन छुटेका ५ वर्ष देखि ११ वर्ष सम्मका बालबालिका साथै पहिलो मात्रा लगाएको भए सोको प्रमाण वा खोप कार्ड साथमा लिई आउनु हुन अनुरोध छ।

#अन्य थप जानकारी को लागि नजिकको स्वास्थय संस्थामा वा फोन नम्बर 9847830478 मा सम्पर्क राख्नु होला ।

(तुलसीपुर उपहानगरपालिका जन स्वास्थय प्रवर्द्धन शाखा तुलसीपुर दाङ)

12/01/2023

#कोरोना विरुद्धको खोप लगाई आफ्ना बालालिकालाई सुरक्षित बनाऔं।।।।
#आज पनि छुटेका ५ वर्ष देखि ११ वर्ष सम्मका बालबालिकालाई कोरोना विरुद्धको खोपलगाइँदै।।।

तुलसीपुर क्षेत्र भित्र कोरोना विरुद्धको खोप लगाउन छुटेका ५ वर्ष देखि ११ वर्ष सम्मका बालबालिकाहरुलाई फाइजर खोप को पहिलो र दोस्रो मात्रा लगाउने अभियान शुरू भएकोले खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थय संस्थामा संपर्क गरी खोपको मात्रा समयमा नै पूरा गराई कोरोना रोग बाट आ-आफ्ना बालबालिका सुरक्षित राख्न संपूर्ण अभिभावक, शिक्षक, कर्मचारी,स्वास्थय कर्मी लगायत सम्पूर्ण सरोकार वाला निकायहरुमा जानकारि को लागि हार्दिक अनुरोध छ।

#तपसिल :

#खोप सञ्चालन हुने स्थान :

1)हाल भीमसेन मेट्रो अस्पताल तुलसीपुर दाङ ।

#मिति: २०७९ साल पौष २५ गते देखि २८ गते सम्म भिमसेन मेट्रो अस्पतालमा र अन्य स्वास्थय संस्थामा सम्पर्क गरी जानकारी लिनु हुन।

#समय: बिहान ११ बजे देखि ३ बजे सम्म

#प्राप्त हुने खोप : फाइजर

#लक्षित समुह : पहिलो /दोस्रो मात्रा खोप लगाउन छुटेका ५ वर्ष देखि ११ वर्ष सम्मका बालबालिका साथै पहिलो मात्रा लगाएको भए सोको प्रमाण वा खोप कार्ड साथमा लिई आउनु हुन अनुरोध छ।

#अन्य थप जानकारी को लागि नजिकको स्वास्थय संस्थामा वा फोन नम्बर 9847830478 मा सम्पर्क राख्नु होला ।

(तुलसीपुर उपहानगरपालिका जन स्वास्थय प्रवर्द्धन शाखा तुलसीपुर दाङ)

06/01/2023

बालबालिकाको पोषण सुधारको लागि OTC revitalization कार्यक्रमको समीक्षा का झलक हरु।।।
#घोराही भिंग्रेली होटल # मिति २०७९/०९/२२ #सुआहारा #स्वास्थय कार्यालय दाङ।

02/01/2023

आज़बाट dang मा पनी तपाईंको मास्क खोईंअभियान सञ्चालन हुने!!!
कोरोनाबाट बच्न सवैले सवै ठाउमा अनिवार्य मास्क लगाऔ!

02/01/2023

आमाको ६३ औ जन्मदिनको अबसरमा स्वर्गीय आमाप्रति हार्दिक श्रद्धांजली!!!!
पुन्यआत्माको शांतिको कामना!!!

29/12/2022

Fipv पोलियो रोग विरुद्धको खोप तालिका परिवर्तन सम्बन्धी जानकारी।।।

Want your practice to be the top-listed Clinic in Tulsipur?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Tulsipur
22412

Other Medical & Health in Tulsipur (show all)
Astang Ayurvedic Center Astang Ayurvedic Center
Rapti Highway Salyan Road
Tulsipur, 082523123

General Ayurvedic Medical Shop

Hitayu polyclinic Pvt.Ltd. Hitayu polyclinic Pvt.Ltd.
Tulsipur _6 , Dang
Tulsipur

Nava Jyoti Eye Care and Opticals Nava Jyoti Eye Care and Opticals
Near High Court, Tulsipur-6, Dang
Tulsipur, 22412

A comprehensive eye examinations are performed by highly experienced professionals along with the pr

Tulsipur ceragem Tulsipur ceragem
Tulsipur

Budhathoki surgical house Pvt LTD Budhathoki surgical house Pvt LTD
Province Hospital Road
Tulsipur

Surgical equipment

Shubh nursing home Shubh nursing home
Jarwa Road Tulsipur
Tulsipur, 271208

Gupta Medical, Tulsipur, Dang Gupta Medical, Tulsipur, Dang
Kha Line
Tulsipur, 00977

45 years on service.

Deepak Budhathoki Deepak Budhathoki
Tulsipur

Deepak Budhathok official Page Account ✅ Content Creater Health person Nepal 🇳🇵

Namo Gaumata Namo Gaumata
Tulsipur-6, Dang
Tulsipur, 22412

गौमाता बाट निरोगी नेपाल !!!

Laxmi Ayurvedic Medical Hall Laxmi Ayurvedic Medical Hall
Tulsipur

जस्तोसुकै विग्रेको पायल्स,ग्यास्ट्रीक,युरिक एसिडको ग्यारेन्टीका साथ भैरहेको छ।