नेपाली कांग्रेस धादिङ काठमाडौ सम्पर्क समिति

नेपाली कांग्रेस धादिङ काठमाडौ सम्पर्क समिति

Nepali congress political party of dhading

17/03/2022

धादिङ जिल्लाका पुराना पत्रकार, जिल्ला विकास समिति धादिङका पुर्व सदस्य, पत्रकार महासंघ धादिङका पुर्व अध्यक्ष आदरणीय राजेन्द्र प्रताप शाहको अकल्पनीय मृत्युको खबरले अत्यन्त दुःखी तुल्याएको छ। यस दुखद घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोकाकुल परिवारजनमा धैर्य धारण गर्नसक्ने शक्ति मिलोस भनी भगवानसंग प्रार्थना गर्दै गहिरो समवेदना प्रकट गर्दछु । उहाँको अन्तिम दाहा सस्कारको कार्यक्रम अहिले बिहान ९ बजे पशुपति आर्यघाटमा गरिने भएकाले सम्पर्क समितिका सम्पुर्ण साथीहरूलाई उपस्थितिको लागि अनुरोध गर्दछु ।
पशुपति कंडेल
सचीव
नेपाली कांग्रेस धादिङ - काठमाडौ सम्पर्क समिति

10/09/2021
31/08/2021

जय नेपाल !
नेपाली कांग्रेस धादिङ काठमाडौ सम्पर्क समितिको हिजो मिति २०७८ भाद्र १४ गते बसेको कार्यसमितिको बैठकले एउटा सहकारी संचालन गर्ने भनी निर्णय गरेको छ । उक्त बैठकले सम्पर्क समितिका अध्यक्ष श्री इन्द्र प्रसाद काप्री ज्युको संयोजकत्वमा ५ सदस्यीय निम्नानुसारको सहकारी संचालन सम्भाब्यता अध्ययन समिती गठन गरेको छ ।
१. संयोजक : श्री इन्द्र प्रसाद काप्री
२. सदस्य : श्री अर्जुन सिलवाल
३. सदस्य : श्री ठाकुर प्रसाद सिम्खडा
४. सदस्य : श्री सावित्री न्यौपाने
५ सदस्य : श्री सुनिता घले ।

17/08/2021

जय नेपाल !
नेपाली कांग्रेस धादिङ काठमाडौ सम्पर्क समितिको आयोजनामा नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री डा शसान्क कोइरालाको प्रमुख आतिथ्यतामा निम्न मिति, स्थान र समयमा रक्तदान कार्यक्रम राखिएको हुँदा तपाईंहरु सम्पुर्णको गरिमामय उपस्थितिको लागि विनम्रतापुर्वक हार्दिक अनुरोध गर्दछु ।
मिति : २०७८ भाद्र १२ गते
स्थान : स्टार बैंक्वेट, स्वयम्भु(शसस्त्र प्रहरी बल हलचोकको ठिक अपोजिट)
समय : बिहान ७ बजे देखि दिउँसो ४ बजेसम्म ।

पशुपति कंडेल
सचीव
नेपाली कांग्रेस धादिङ काठमाडौ सम्पर्क समिति

18/07/2021

निर्वाचन मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य:

२०७८ साउन ३ गतेदेखि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन तथा अद्यावधिक सम्बन्धी कार्य सञ्चालन गर्दैछ। सम्पुर्ण नागरिकलाई समाबेशको लागी हार्दिक अनुरोध गर्दछु।

आवश्यक कागजातहरू :

१. नयाँ थपका लागि -
क. नागरिकताको प्रमाणपत्र (सक्कल)
२. सच्याउनुपर्नेका हकमा
क. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
ख. मतदाता परिचयपत्रको प्रतिलिपी
३. ठाउँ सारी गर्नुपर्नेका हकमा
क. एउटै गाउँ/नगर पालिकाको अर्को वडामा सार्न-
अ. वडा कार्यालयबाट स्थायी रूपमा बसोबास गरेको सिफारिस पत्र
आ. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
इ. मतदाता परिचयपत्रको प्रतिलिपी
ख. एउटा पालिकाबाट अर्को पालिकामा तथा एउटा जिल्लाबाट अर्को जिल्लामा सार्न-
अ. बसाइँसराइको प्रमाणपत्रको प्रतिलिपी
आ. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
इ. मतदाता परिचयपत्रको प्रतिलिपी

* सबै कार्यका लागि व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ ।
* विवाह गरी ठाउँ सार्नुपर्नेका हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी पनि आवश्यक पर्छ ।
* १६ वर्ष उमेर पूरा भएकालाई नागरिकताको प्रमाणपत्र बनाउन लगाऔँ । सँगै जिल्ला निर्वाचन कार्यालयमा गएर मतदाता नामावलीमा नाम समावेश गरौं।

जय नेपाल !

नेपाली कांग्रेस धादिङ काठमाडाैं सम्पर्क समितिले टेलिफाेन डायरी प्रकाशन गर्न लागेकाले पार्ट 20/06/2021

जय नेपाल !
नेपाली कांग्रेस धादिङ काठमाडौ सम्पर्क समितिले धादिङ जिल्लाबाट काठमाडौ आइ विभिन्न पेशा व्यवसाय गरेर बस्नुहुने सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनी हरुलाइ समेटेर टेलिफोन डायरी प्रकाशन गर्न लागिरहेको हुनाले तपाईंहरु जो कोहि धादिङ जिल्लाबाट काठमाडौ आएर विभिन्न पेशामा सम्लग्न भइ काठमाडौमा बस्नुभएको छ र नेपाली कांग्रेस पार्टीमा आस्थावान हुनुहुन्छ, तपाईंहरुले तल उल्लेखित लिन्क ओपन गरि आफ्नो वास्तविक जानकारी सहित फारम भरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
पशुपति कंडेल
सचीव
नेपाली कांग्रेस धादिङ - काठमाडौ सम्पर्क समिती
आबश्यक जानकारीका लागी
१) इन्द्र प्रसाद काप्री (अध्यक्ष) ९८४१५८७५२६
२) पशुपति कंडेल (सचीव) ९८४९००६०६९
https://docs.google.com/forms/d/e/1FAIpQLSdPE1Ju_uGsuq0dAx4msQNOxkyb44MRfm4D1lxOfWU94wE4hg/viewform

नेपाली कांग्रेस धादिङ काठमाडाैं सम्पर्क समितिले टेलिफाेन डायरी प्रकाशन गर्न लागेकाले पार्ट धादिङबाट काठमाडाैं उपत्यका प्रवेश गरि बसाेबास गर्नुहुने व्यक्तिहरूकाे विवरण संकलन प्रायाेजनका लागि निर्माण ग.....

28/02/2021

नेपाली कांग्रेस धादिङ काठमाडौ सम्पर्क समितिका उपाध्यक्ष आदरणीय दाइ Chandra Thapa नेपाल ग्यास बिक्रेता महासंघको वरिष्ठ उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु ।
पशुपति कंडेल
सचीव
नेपाली कांग्रेस धादिङ काठमाडौ सम्पर्क समिति

10/02/2021

जय नेपाल !
वर्तमान सरकारको असम्वैधानिक कदमका विरुद्ध आगामी फाल्गुन ३ गते जिल्ला सदरमुकाम धादिङबेशिमा नेपाली कांग्रेसका वरिष्ठ नेता आदरणीय रामचन्द्र पौडेलज्युको प्रमुख आतिथ्यता, सह महामन्त्री आदरणीय प्रकाशसरण महतज्युको विशिष्ट आतिथ्यता र केन्द्रिय सदस्य आदरणीय बद्री पाण्डेज्युको विशेष आतिथ्यमा हुन गइरहेको बिशाल बिरोध प्रदर्शन कार्यक्रममा सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु । उक्त दिन काठमाडौ देखि धादिङ जानआउनको लागी नेपाली कांग्रेस धादिङ काठमाडौ सम्पर्क समितिले यातायातको व्यवस्थापन गर्न लागिरहेको हुनाले समयमानै इच्छुक व्यक्तिहरुले निम्नलिखित व्यक्तिहरुलाइ सम्पर्क गरि आफ्नो नाम टिपाइदिनुहुन समेत अनुरोध गर्दछु । साथै उक्त दिन माछापोखरिबाट बिहान ६ :३० बजे गाडी छुट्ने जानकारी गराउन चाहन्छु ।
सम्पर्कका लागि
इन्द्र प्रसाद काप्री ९८४१५८७५२६
चन्द्र बहादुर थापा ९८५१०५०७७३
अर्जुन सिलवाल ९८५१०५०२२९
पशुपति कंडेल ९८४९००६०६९
सुनिता घले ९८४१३८४६७१
लक्ष्मी पाण्डे ९८४१५००३६०

पशुपति कंडेल
सचीव
नेपाल कांग्रेस धादिङ काठमाडौ सम्पर्क समिति

08/02/2021

विशेष जानकारी

वर्तमान कम्युनिष्ट सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस धादिङले फागुन ३ गते धादिङबेसीमा आयोजना गर्ने जिल्लास्तरीय विरोध प्रदर्शनमा सम्बोधन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल, सह-महामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य बद्री पाण्डेलगायतका केन्द्रीय नेताहरू आउनुहुने भएको छ ।
जय नेपाल !

05/02/2021

नेपाली कांग्रेस धादिङको अपिल

"संसद् विघटनको असंवैधानिक कदमविरुद्धको विरोध प्रदर्शनमा सहभागी बनौं, कम्युनिष्ट सरकारको सर्वसत्तावाद र अधिनायकवादविरुद्ध आवाज बुलन्द गरौं !"

वर्तमान कम्युनिष्ट सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस, केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम माघ २४ गते शुभेच्छुक संस्थाहरूले धादिङबेसीमा आयोजना गर्ने विरोध प्रदर्शनमा सक्रिय सहभागिताका लागि पार्टी र भ्रातृ तथा शुभेच्छुक संस्थाका नेताकार्यकर्ता साथीहरू, पार्टीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र उम्मेदवारहरू, किसान, श्रमिक, उद्योगी, व्यवसायी, बुद्धिजीवी, पेशाकर्मी, पत्रकार, युवा, विद्यार्थी र आमाबुबा, दिदीबहिनी, दाजुभाइहरू सबैलाई नेपाली कांग्रेस धादिङ हार्दिक अपिल गर्दछ ।
जय नेपाल !

01/02/2021

नेपाली कांग्रेस धादिङको अपिल

"संसद् विघटनको असंवैधानिक कदमविरुद्धको विरोध प्रदर्शनमा सहभागी बनौं, कम्युनिष्ट सरकारको सर्वसत्तावाद र अधिनायकवादविरुद्ध आवाज बुलन्द गरौं !"

वर्तमान कम्युनिष्ट सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस, केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम माघ १९ गते भ्रातृसंस्थाहरूले धादिङबेसीमा आयोजना गर्ने विरोध प्रदर्शनमा सक्रिय सहभागिताका लागि पार्टी र भ्रातृ तथा शुभेच्छुक संस्थाका नेताकार्यकर्ता साथीहरू, पार्टीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र उम्मेदवारहरू, किसान, श्रमिक, उद्योगी, व्यवसायी, बुद्धिजीवी, पेशाकर्मी, पत्रकार, युवा, विद्यार्थी र आमाबुबा, दिदीबहिनी, दाजुभाइहरू सबैलाई नेपाली कांग्रेस धादिङ हार्दिक अपिल गर्दछ ।
जय नेपाल !

07/01/2021

धादिङ जिल्लाबाट काठमाडौ आइ विभिन्न पेशा व्यवसायमा सम्लग्न नेपाली कांग्रेस सम्बद्ध आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदिबहिनी,
हार्दिक जय नेपाल !!
आगामी पौष २५ गते निम्नलिखित ब्यानरमा उल्लेखित गरिए अनुसार आ आफ्नो प्रदेशसभा निर्वाचन क्षेत्रको कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।
पशुपति कंडेल
सचीव
नेपाली कांग्रेस धादिङ काठमाडौ सम्पर्क समिती

26/12/2020

नेपाली कांग्रेस, ज्वालामुखी गाउँपालिका कार्यसमितिको अनुरोध

वि.सं.२०१५ मा सम्पन्न आमनिर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत (१०९ सिटमा ७४) पाएपछि वि.सं.२०१६ मा गठित नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वको सरकारले एकपछि अर्को जनपक्षीय काम गरिरहेको अवस्थामा शासनको उच्च महत्वाकांक्षा बोकेका तत्कालीन राजा महेन्द्रले आफ्नो प्रजातान्त्रिक व्यवस्थाप्रतिको अनास्था अनि बीपीको नेपाल विकास र नेपाली जनताको जीवनस्तर उकास्नेबारे स्पष्ट दृष्टिकोण, व्यक्तित्व तथा अन्तर्राष्ट्रिय छविका अगाडि कमजोर महसुस गर्दै वि.सं.२०१७ पुस १ गते संसद् र सरकारलाई अपदस्थ गरी; प्रधानमन्त्री बीपी, सभामुख कृष्णप्रसाद भट्टराई, नेपाली कांग्रेसका नेता गणेशमान सिंहसहित मन्त्रीहरू र अन्य थुप्रै नेताहरूलाई पक्राउ गरी बन्दी बनाएर प्रजातन्त्र खोसेर पञ्चायती व्यवस्था लागू गरे ।

बीपी लगातार ८ वर्ष सुन्दरीजल बन्दीगृहमा राखिएर वि.सं.२०२५ मा मुक्त भएपछि उनले उक्त पञ्चायती व्यवस्थामा राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाइ जनअधिकार खोसिएको र देशभित्र कुनै राजनीतिक गतिविधि तथा भेटघाट गर्ने अवस्था नभएपछि भारतमा निर्वासित भई नेपालमा प्रजातन्त्र बहालीको लागि आन्दोलनका गतिविधि गरे ।

तत्कालीन पञ्चायती शासन व्यवस्थामा आफूमाथि लगाइएको फाँसी दिइने ज्यान मुद्दासमेत सात वटा मुद्दालाई वेवास्ता गर्दै तत्कालीन विश्व परिवेश र नेपालको आन्तरिक परिवेशको विश्लेषण गरी देशको राष्ट्रियता तथा सार्वभौमिकता खतरामा पर्दै गएको तत्कालीन गम्भीर अवस्थालाई मध्यनजर गरेर बीपीले देशभित्रै रहेर संघर्ष गर्नका लागि वृहत्तर "राष्ट्रिय मेलमिलाप नीति" को उद्घोष गर्दै आठ वर्ष लामो निर्वासनबाट उनी आफ्ना सहकर्मी नेता गणेशमान सिंहसहित वि.सं. २०३३ पुस १६ गते स्वदेश आए ।

आफ्नो व्यक्तिगत जीवनभन्दा देशको राष्ट्रियता, सार्वभौमिकता तथा जनअधिकार महत्त्वपूर्ण ठानेर बीपीले प्रतिपादन गरेको उक्त "राष्ट्रिय मेलमिलापको नीति" राष्ट्रिय राजनीतिमा हरेक घडीमा उत्तिकै सान्दर्भिक छ । राष्ट्रिय राजनीतिमा यसको विशिष्ट महत्त्व सधैं कायम राखिराख्न र संस्थागत तथा व्यक्तिगत जीवनका साथै राजनीतिक, सामाजिक एवम् व्यवहारिक जीवनमा मेलमिलापको नीति सहायक र निर्णायक हुन्छ भन्ने दर्शाउन र त्यसतर्फ अभिप्रेरित गर्न नेपाली कांग्रेसले हरेक वर्ष पुस १६ गते "राष्ट्रिय मेलमिलाप दिवस"को रूपमा मनाउँदै आएको छ ।

यो वर्ष "राष्ट्रिय मेलमिलाप दिवस"को ४५ औं संस्करण ! नेपाली कांग्रेस, ज्वालामुखी गाउँपालिका कार्यसमितिले यो दिवसको महत्त्व यस गाउँपालिकाका जन-जनसम्म पुर्याइ संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र लोकतान्त्रिक व्यवस्थाको रक्षाका पक्षमा तथा गाउँवस्तीको विकास र गाउँपालिकावासीको जीवनस्तर उकास्न सम्पूर्ण रूपमा एकताभावका साथ रचनात्मक भई लाग्न थप अभिप्रेरणा सिर्जना गर्न मानवीय तथा सामाजिक भावनाका साथ बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

साथै ज्वालामुखी गाउँपालिकामा नेपाली कांग्रेसको संगठनलाई अझ व्यवस्थित र सुदृढ बनाई जनतासँगको सम्बन्ध अझ सुमधुर र सहज बनाउन सोही दिनबाट साँधभञ्ज्याङमा पार्टी कार्यालय सञ्चालन गर्ने गरी स्थापनाको कार्यक्रम आयोजना गरेको छ ।

उक्त दुवै कार्यक्रममा सहभागी हुनुहुन र आफैँले रक्तदान गर्नुहुन वा रक्तदान गर्न नमिल्ने/नसक्ने अवस्थामा अर्को साथीलाई उत्प्रेरित गरी रक्तदान गराउनुहुन नेपाली कांग्रेस, ज्वालामुखी गाउँपालिका कार्यसमिति हार्दिक अनुरोध गर्दछ ।
मिती 2077-9-16 / समय :10:00/स्थान साँधभज् ञ्यङ
जय नेपाल !

Photos from नेपाली कांग्रेस धादिङ काठमाडौ सम्पर्क समिति's post 22/12/2020

Telephone

Website