Kathmandu Visa Education Consultancy

Kathmandu Visa Education Consultancy

We are just for positive result.

29/01/2023

US DV Interview को अनुभव र आवश्यक कुराहरू:

Main Gate भित्र देखाउन 2NL र परिवारका सबै सदस्यको DS-260 को confirmation page को प्रिन्ट लानुहोस्।

••••Interview को लागि चाहिने कागजातहरू••••

••Main applicant (DV पर्ने व्यक्ति) को हकमा••

1. 2 x 2 साइजको फोटो - २ प्रति

2. पासपोर्ट (Validity 6 महिना भन्दा बढी हुनुपर्छ।)

3. जन्मदर्ता

4. विवाह/सम्बन्ध विच्छेद प्रमाणपत्र (विवाहको फोटोहरु लान नभुल्नुस्। हालसालै गरिएको विवाह भए Facebook वा अन्य माध्यममा गरिएको chat वा messages को screenshot print गरेर लग्नु भए झन् राम्रो हुन्छ।)

5. Police रिपोर्ट (6 महिना भन्दा बढी बसेको सबै देशको)

6. एसएलसी (marksheet मात्र)

7. +2 को (transcript मात्र) वा (+2 पास नगरेको हकमा 2 वर्ष आफ्नो क्षेत्रमा काम गरेको experience letter)

8. English मा नलेखिएका डकुमेन्टहरु सबैको नोटरी translated copy लानुहोस्। (English र नेपाली दुवैमा लेखिएको भए notary गर्नु पर्दैन।)

9. माथि उल्लेखित नं 3 देखि 8 नं सम्मको प्रत्येक कागजातका फोटोकपी लानुहोस्। (नं 8 मा लेखिएको notary copy छ भने ती notary copy का पनि सबैको फोटोकपी लानुहोस्)

10. IOM बाट लिएको Medical report

11. Sponsor को कागजातहरु (Sponsor ले पठाएको scan गरेर पठाएको प्रिन्ट गरेर निकाल्ने)

• फर्म I - 134 (अनीवार्य छैन, नभए पनी हुन्छ)

• Sponsor ले कर तिरेको latest tax statement

• Welcome letter (Sponsor ले दिएको)

• अन्य sponsor का कागजात चाहिने भनेको छैन तैपनि छ भने साथमा लानुहोस्।

••Spouse (श्रीमान् वा श्रीमती) को हकमा••

1. 2 x 2 साइजको फोटो - २ प्रति

2. पासपोर्ट

3. जन्मदर्ता

4. विवाह/सम्बन्ध विच्छेद प्रमाणपत्र

5. Police रिपोर्ट

(माथि उल्लेखित फोटो र पासपोर्ट बाहेक सबै डकुमेन्टको १-१ प्रति फोटोकपी)

ध्यान दिनु पर्ने कुरा:

1. इलेक्ट्रोनिक सामान (पेनड्राइभ, CD, memory कार्ड, फोन, ल्यापटप etc.) केही पनि gate बाटै भित्र लान नपाइने भएकोले सके सम्म अर्को साथी लग्नुहोस्। साथी नभएको खण्डमा gate काे पारी रहेको फर्म भर्ने cyber पसलेलाई राखिदिनुस् भन्नुहोस्। प्रतिव्यक्ति रू 100 का दरले सुरक्षित राखिदिने रहेछन्।

2. सबै Vaccine certificate हरू मेडिकल रिपोर्टको खाममा मा हुने हुँदा नलानुहोस्।

3. IOM ले दिएको CD interview मा लानुपर्दैन।

4. प्रतिव्यक्ति interview को लागि $330 लाग्ने रहेछ। (प्रतिव्यक्ति रू 50,000 का दरले लानु भए आफू सुरक्षित भईन्छ।)

5. Interview मा सक्कली कागजात पेश गर्नुहोस् र भर्खरै भएको विवाह भएपनि confident का साथ बोल्नुहोस्।

6. English वा नेपाली भाषा छान्न नभनेको खण्डमा पनि आफूलाई अङ्ग्रेजीमा उत्तर दिन गार्हो भए "नेपाली मा उत्तर दिन मिल्छ" भनि सोध्नुहोस्। उनीहरूले नेपाली बोल्नलाई अनुमति दिने रहेछन्।

7. त्यहाँ डकुमेन्ट धेरै लगेर मिलाउन आत्तिने candidates हरू थुप्रै भेट्यौं, तसर्थ चाहिने डकुमेन्ट मात्र लानुहोस्। तपाईंलाई confidence नभएको खण्डमा अरु कागजात पनि लानुहोस् र confident भएर जानुहोस्।

8. फोटोकपी बिर्सनु भयो र तपाईंको सबै सामान scan गरी तपाईंलाई भित्र पठाइसकेको खण्डमा पनि फोटोकपी गर्न जान्छु है भनेर कत्ति पनि नआत्तिकन फोटोकपी गर्नु पर्ने documents सबै लगेर road पारीबाट फोटोकपी गरेर ल्याउनुहोस्। फेरि भित्र छिर्दा फोटोकपी गर्न गएको भन्नुहोस् र आफ्नो पहिलाको स्थानमा बस्नुहोस्।

9. विवाहको फोटो album मा भएका व्यक्तिहरू श्रीमान्/श्रीमती दुवैले राम्रो सँग चिन्नुहोस्। विषेशगरी ग्रुप फोटो।

10. जीवनसाथीको सँग पहिलो भेट र कुराकानीको मिति, अपर्झटमा विवाह गर्नुको कारण, विवाह मिति, एक अर्काको जन्म मिति, एकअर्काको बुवा आमा, बाजेहरुको नाम जान्नुहोस्। 2NL पछि भएको विवाह भएपनि confident साथ बोल्नुहोस्, विवाह सक्कली भए आत्तिनु पर्ने कुनै ठाउँ नै छैन।

11. Please आफ्नो अनुभव राख्नुहोस् Kathmandu Visa Education Consultancy मा

Covid-19 travel updates for international students for the USA 07/03/2021

Covid-19 travel updates for international students for the USA...

Covid-19 travel updates for international students for the USA As travel disruptions resulting from the Covid-19 pandemic continue into 2021, international students face uncertainty around when they will be able to return to their study destinations. CLICK HERE TO KNOW MORE…...

01/09/2019

Study in CYPRUS !!
😀 SEE/SLC, 10+2 & above can apply !!

😀 LEVEL : ⛳ Upper Secondary Level !!
⛳ Diploma !!
⛳ Bachelor's Degree !!
⛳ Master's Degree !!

😀 Top & Reputable Colleges we represent !!
⛳ CASA COLLEGE
⛳ CDA COLLEGE
⛳ CTL EURO COLLEGE
⛳ CITY UNITY COLLEGE
⛳ PHILIPS COLLEGE
⛳ INTERNAPA COLLEGE
⛳ AMERICAN COLLEGE
⛳ LEDRA COLLEGE
⛳ CBS COLLEGE
⛳ MESOYIOS COLLEGE
⛳ also a few more Colleges.

😀 Why Cyprus ( Benefits )....
⛳ 💶 EURO TRANSFER !!
⛳ CREDIT TRANSFER FACILITIES TO Australia, Canada, UK, USA, Newzealand !!
⛳ Cheap & Best European Education !!
⛳ No payment before visa approval notice
⛳Study Gap Acceptable(Age upto 39)
⛳ No Interview !!
⛳ No IELTS required !!
⛳ 50 % open Scholarship from 2nd yr !!

😀 HUGE OPTIONS OF AVAILABLE Courses !!
⛳ Information Technology !!
⛳ Mechaniical Engineering !!
⛳Automobile Engineering !!
⛳ Hospitality Management !!
⛳ Business Studies !!
⛳ Nursing Degree !!
⛳ Adult Diploma in Health !!
⛳ Beautician !!
⛳ Hair Dressing !!
⛳ Travel & Tourism !! etc.

For further details, please visit :

Kathmandu Visa EducationConsultancy Pvt. Ltd.
Dillibazar one-way .. ,Putalisadak Chowk
📧: [email protected]
☎️: 9841708454/9851047398

30/08/2019

Happy Birthday, President Donald J. Trump!
राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जन्मदिनको धेरै धेरै शुभकामना।
🇺🇸 💐💐💐💐💐💐🇳🇵

29/08/2019

कैयन नेपालीहरुले आफ्नो अमेरिकाको भिजिटर भिसा अस्वीकृत भएको गुनासो गर्दै आएका छन् । तर आवेदकमध्ये कति नेपालीको भिजिटर भिसा अस्वीकृत हुन्छ ? यसबारेको तथ्यांकले तपाईलाई आश्चर्यचकित पार्नसक्छ ।पछिल्लो तथ्यांक अनुशार अमेरिकाको बी श्रेणीको भिजिटर भिसाका आवेदक नेपालीहरुमध्ये झण्डै आधाले भिसा प्राप्त गर्दै आएका छन् । आर्थिक बर्ष सन् २०१८ को तथ्यांक अनुशार कुल आवेदकमध्ये ४८ दशमलव ५ प्रतिशत नेपालीहरुले अमेरिकाको भिजिटर भिसा प्राप्त गरेका छन् ।अमेरिकी विदेशमन्त्रालयको तथ्यांक अनुशार आर्थिक बर्ष २०१८ मा कुल आवेदकमध्ये ५१ दशमलव ५ प्रतिशत नेपालीहरुको भिजिटर भिसा अस्वीकृत भएको छ । सबैभन्दा धेरै भिजिटर भिसा अस्वीकृत हुनेमा नेपाल ४५ औं नम्बरमा छ ।
नेपालीहरुको तुलनामा भुटानीहरुको भिजिटर भिसा धेरै प्रतिशत अस्वीकृत भएको छ । तर पाकिस्तानी र बंगालादेशीको भिजिटर भिसा अस्वीकृत दर नेपालीको भन्दा कम रहेको छ । विश्वमा सबैभन्दा धेरै भिजिटर भिसा अस्वीकृत हुनेमा सोमालिया र इरान रहेका छन् । २०१८ मा जम्मा ३८ सोमालीहरुलाई भिजिटर भिसा प्रदान गरिएको थियो ।
अमेरिकामा विश्वका ३८ देशका नागरिकहरुभने भिसा वेभर कार्यक्रम अन्तरगत विद्युतीय प्रवेश अनुमति लिएर अमेरिकाको भ्रमण गर्न सक्छन् । जसमा धेरैजसो युरोप र अमेरिकाका धनी देशहरु रहेका छन् ।

आर्थिक बर्ष २०१८ मा १६ हजार १ सय ७० जना नेपालीहरुले बी श्रेणीको भिसा प्राप्त गरेका थिए । जसमध्ये बी वान बी टु भिसा प्राप्त गर्नेहरु १६ हजार १ सय १५ जना रहेका थिए ।

05/07/2019

Australian Institutions accepting All ‘A’ Grade Commercial Bank of Nepal:

CQ University
Southern Cross University (SCU)
University of Wollongong (UOW)
TAFE NSW
KOI
AIH
VIT
AIT Sydney
IIBIT ( Fed University)
ATMC
CIBT
IHNA
The Hotel School Sydney (SCU)
Curtin University
Murdoch University
University of New Castle
Edith Cowan University
Victoria University Sydney
Holmesglen TAFE
TAFE WA
ICMS

James Cook University (JCU) & University of Tasmania (UTAS): Nabil Bank, Nepal SBI Bank, Standard Chartered Bank, Everest Bank, Laxmi Bank, Sunrise Bank, NMB Bank, Nepal Investment Bank(NIBL)

Excelsia College: Nabil Bank, Nepal SBI Bank, Standard Chartered, Everest Bank, Himalayan Bank, Nepal Investment Bank, Sanima Bank, NMB Bank. NIC Asia Bank, Siddhartha Bank, Bank of Kathmandu

Kent Institute Australia: Nabil Bank, Nepal SBI Bank, Nepal Investment Bank(NIBL), Standard Chartered Bank, Himalayan Bank, Everest Bank

La Trobe University: Nabil Bank, Nepal SBI Bank, Nepal Investment Bank, Standard Chartered Bank, Everest Bank, Himalayan Bank, NMB Bank, Global IME Bank, Laxmi Bank, Nepal Rastriya Bank, Siddhartha Bank, Bank Of Kathmandu Limited

University of Southern Queensland (USQ): Nabil Bank, Nepal SBI Bank, Nepal Investment Bank(NIBL), Everest Bank, Himalayan Bank, Standard Chartered Bank, Laxmi Bank, Sanima Bank, NBM Bank, Siddhartha Bank

University of South Australia (UniSA): Nabil Bank, Nepal SBI Bank, Standard Chartered Bank, Himalayan Bank, Nepal Investment Bank (NIBL), Everest Bank, Siddhartha Bank, Bank Of Kathmandu (BOKL), Laxmi Bank

University of Canberra: Nabil Bank, Nepal SBI Bank, Stanadard Chartered Bank, Everest Bank, Himalayan
Bank, Nepal Investment Bank(NIBL), Laxmi Bank, Sanima Bank, Siddhartha Bank

Torrens University: Nabil Bank, Nepal SBI Bank, Standard Chartered Bank, Himalayan Bank, Nepal Investment Bank (NIBL), Everest Bank, NMB Bank, Siddhartha Bank, Bank of
Kathmandu (BOKL)

Western Sydney University (WSU): Nabil Bank, Nepal SBI Bank, Standard Chartered Bank, Himalayan Bank, Everest
Bank, Sanima Bank

Chisholm TAFE: Nabil Bank, Nepal SBI Bank, Standard Chartered Bank, Himalayan Bank, Nepal Investment Bank (NIBL), Everest Bank, NMB Bank, Siddhartha Bank, Global IME Bank

TAFE SA: Nabil Bank, Nepal SBI Bank, Standard Charterd Bank, Himalayan Bank, Nepal Investment Bank (NIBL), Everest Bank, Siddhartha Bank, Bank of Kathmandu (BOKL), Laxmi Bank

Navitas Group: Nabil Bank, Nepal SBI Bank, Standard Chartered Bank, Himalayan Bank, Nepal Investment Bank (NIBL), NMB Bank, - Everest Bank, Siddhartha Bank, Sanima Bank
- Kathmandu Visa Education Consultancy

17/05/2019

भारत हुँदै तेस्रो मुलुकका विभिन्न देशहरू जानेहरूको लागि सूचना

08/05/2019

डिभी लोटरीको नतिजा हेर्ने आधिकारिक वेबसाइटमा समस्या कायमै, यसो भन्यो अमेरिकी विदेश मन्त्रालयले
डिभी लोटरीको नतिजा हेर्ने आधिकारिक वेबसाइटमा समस्या कायमै छ । एकै पटक धेरैजनाले वेवसाइट लगइन गरेका कारण समस्या भएको अमेरिकी सरकारको विदेश मन्त्रालयको ब्युरो अफ कन्सुलर अफेयरले जनाएको छ ।
युएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ काउन्सिलर अफेयरले आज ट्विट गर्दै डिभी लोटरी चेक गर्ने वेवसाइट लगइन गर्नमा समस्या भएमा पछि चेक गर्न सुझाव दिएको छ । हिजो पनि ब्युरो अफ कन्सुलर अफेयरले ट्वीट गर्दै वेवसाइटमा समस्या भएको जनाउँदै भरे वा भोलि चेक गर्न सुझाव दिएको थियो ।
डिभीलटरी डट स्टेट डट जिओभी अमेरिकी सरकारको डिभी चिट्ठा नतिजा थाहा पाउने आधिकारिक वेबसाइट हो । मंगलबार नतिजा सार्वजनिक भएसँगै आवेदकहरुले सो साइट एक्सेस गर्न प्रयास गरिरहेका छन् ।

03/05/2019

अष्ट्रेलियाको अध्यागमन विभागले नेपाली विद्यार्थी लक्षित नयाँ नियम लागू गरेको छ ।
यो नियम प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरूका लागि घोषणा गरिएको छ । मे १ तारिखदेखि पहिलोपटक अष्ट्रेलिया सरकारले नेपाली विद्यार्थीहरूलाई मात्र लक्षित गरेर यो नयाँ नियम लागू गरेको हो ।
अष्ट्रेलियाको गृह मन्त्रालयद्वारा जारी गरिएको सूचना अनुसार प्राविधिक शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरूले अङ्ग्रेजी तथा आफ्नो आर्थिक क्षमताको सबै विवरणहरू अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । पहिला यो प्रावधानलाई अनिवार्य गरिएको थिएन ।
गृह मन्त्रालयद्वारा जारी उक्त सूचनामा अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरूको संख्यामा नेपाली विद्यार्थीको संख्या तेस्रो रहेको उल्लेख छ । सूचनामा नेपालबाट अष्ट्रेलिया अध्ययन गर्न आउने संख्या वृद्धिलाई दिगो र विद्यार्थीहरूको भविष्यलाई सुरक्षित राख्नका लागि नयाँ नियम लागू गरिएको जनाइएको छ ।
यो नियम परिवर्तनले नेपालबाट पर्यटक भिषामा आएर विद्यार्थीका रुपमा बस्न चाहनेहरूका लागि कठिनाई हुने र प्राविधिक शिक्षा मात्र अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरूको संख्यामा कमि आउने बुझिएको छ।

16/04/2019

अष्ट्रेलियाको पोइन्ट सिस्टममा परिवर्तन
मेलबर्न । अष्ट्रेलियाको अद्यागमन विभागले यसै वर्षदेखि लागू हुने गरी सबक्लास ४९१ भिसा वा जनरल स्किल्ड माइग्रेसन अन्तर्गत ‘इक्सप्रेसन अफ इन्ट्रेष्ट’ आवेदन दिने अंक बढाएर ६५ बनाइएको छ । यो अंक पहिले ६० थियो ।
यो सबक्लास अन्तर्गत धेरै नेपाली विद्यार्थीहरूले पढाइ सकेपछि पिआरका लागि आवेदन दिने गर्दछन् । यसबाट उनीहरुलाई पिआर आवेदन दिनका लागि अझ कठिनाइ हुने देखिन्छ ।
त्यसैगरी सबक्लास ४९१ वा जनरल स्किल्ड माइग्रेसन अन्तर्गत पिआर आवेदन गर्दा दक्ष पार्टनर भएमा १० अंक, स्टेट, टेरिटोरी वा ग्रामीण इलाकामा बस्ने आफन्तले प्रायोजन गरेको आवेदकलाई १५ अंक, STEM योग्यता भएमा १० अंक, पिआर आवेदक अविवाहित वा एक्लो भएमा १० अंक तथा जोडी भएमा डिपेन्डेन्टले कम्पिटेन्ट अंग्रेजी दक्षता भएमा ५ अंक प्राप्त गर्न सक्नेछन् ।
यो अंक तालिकामा परिवर्तनले दक्ष पार्टनर भएमा वा एक्लै आवेदन हाल्नेहरूलाई फाइदा हुनेछ । copy news :-

13/04/2019

अष्ट्रेलियामा अभिभावक ल्याउन चाहनेको आम्दानी ८३ हजार डलर भन्दा बढी हुनुपर्ने
अष्ट्रेलियामा अभिभावक ल्याउन चाहनेको आम्दानी ८३ हजार डलर भन्दा माथी हुनुपर्ने नियम लागु भएको छ । यो मापदण्ड यही अप्रिल महिना देखि लागु हुन लागेको नयाँ अभिभावक भिसाको लागि हो ।
नयाँ अभिभावक भिसामा अष्ट्रेलियामा बस्ने सन्तानले दश वर्षसम्मका लागि आफ्ना अभिभावकलाई अष्ट्रेलियामा राख्न पाउनेछन् । उक्त सबक्लास ८७० भिसामा अभिभावक लगातार पाँच वर्ष अष्ट्रेलियामा आफ्ना सन्तान संगै बस्न पाउनेछन् । पाँच वर्ष पुगेपछि थप पाँच वर्षको लागि फेरी एप्लाई गर्न सकिनेछ ।
अष्ट्रेलियामा बसेका सन्तानले स्पोन्सरको लागि आफ्नो आम्दानी लगायतका विवरण पेश गर्नुपर्नेछ । स्पोन्सरको लागि योग्य ठहरिएर निवेदन स्वीकृत भएपछि मात्र भिसाको लागि एप्लाई गर्न सकिनेछ । स्पोन्सर गर्ने व्यक्तिको लागि आम्दानीको मापदण्ड सार्वजनिक भएको छ । स्पोन्सर गर्ने व्यक्तिको आम्दानी ८३ हजार ४ सय ५५ डलर हुनुपर्नेछ ।

16/03/2019

अफवाह : अमेरिकामा विश्वविद्यालयमा अध्ययन गर्दै गर्दा काम पनि गर्न सकिन्छ।
तथ्य : अमेरिकामा F1 भिसामा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले पहिलो शैक्षिक वर्षमा आफ्नो विश्वविद्यालयको परिसर बाहिर काम गर्न पाउँदैनन्। तर उनीहरूले निश्चित शर्त तथा सीमाहरूको अधीनमा रही परिसरभित्रै रोजगारीको अवसर भने स्वीकार्न सक्नेछन्। पहिलो शैक्षिक वर्षपछि F1 भिसामा अध्ययनरत विद्यार्थीहरू तीन प्रकारका परिसर बाहिरका रोजगारीमा संलग्न हुन सक्नेछन्:
• पाठ्यक्रमसम्बन्धी व्यावाहारिक तालिम (CPT)
• ऐच्छिक व्यावाहारिक तालिम (OPT) (पूर्व-समापन वा पश्च-समापन)
• विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित (STEM) ऐच्छिक व्यावाहारिक तालिम विस्तार (OPT)
अन्य प्रकारको रोजगारी अवैध हो र त्यस्ता रोजगारी स्वीकारेमा तपाईँको अध्ययन भिसाका शर्तहरूको उल्लङ्घन हुनेछ।
अमरिकी भिसा तथा भिसा आवेदन प्रक्रियासम्बन्धी सुनिराखिने थप भ्रामक कुराहरू पढ्नका लागि अमेरिकी दूतावासको “अफवाह तथा तथ्य” पृष्ठमा जानुहोस् : https://np.usembassy.gov/visas/visa-facts-and-myths-content/

Myth: I can work while I attend university in the United States.
Fact: Students attending university in the U.S. on an F1 visa may not work off-campus during the first academic year, but may accept on-campus employment subject to certain conditions and restrictions. After the first academic year, F-1 students may engage in three types of off-campus employment:
• Curricular Practical Training (CPT)
• Optional Practical Training (OPT) (pre-completion or post-completion)
• Science, Technology, Engineering, and Mathematics (STEM) Optional Practical Training Extension (OPT)
Other types of employment are illegal and will be a violation of the terms of your student visa.

15/03/2019

अधिकारिहरुका अनुसार, अष्ट्रेलियामा ती पेशाको माग उच्च भएका कारण ती पेशाको लागि दक्ष व्यक्तिहरुको लागि मात्र नभएर भविष्यमा पीआर चाहने विद्यार्थीहरुका लागि समेत यो राम्रो अवसर रहेको छ ।
Medium and Long-term Strategic Skills List
1. Musician (Instrumental)
2. Environmental Manager
3. Statistician
4. Economist
5. Mining Engineer (Excluding Petroleum)
6. Petroleum Engineer
7. Engineering Professionals (NEC)
8. Chemist
9. Food Technologist
10. Environmental Consultant
11. Environmental Research Scientist
12. Environmental Scientist (nec)
13. Geophysicist
14. Hydrogeologist
15. Life Scientist (general)
16. Biochemist
17. Biotechnologist
18. Botanist
19. Marine Biologist
20. Microbiologist
21. Zoologist
22. Life Scientist (nec)
23. Conservator
24. Metallurgist
25. Meteorologist
26. Natural and Physical Science Professionals (nec)
27. University Lecturer
28. Multimedia specialist
29. Software and applications programmers (nec)
30. Horse Trainer

03/03/2019

एक्सक्लुसिभ : २०१८ मा १७ हजार १ सय ९१ नेपालीको अमेरिकाको भिजिटर भिसा अस्वीकृत
आर्थिक बर्ष २०१८ मा १७ हजार १ सय ९१ जना नेपालीको अमेरिकाको भिजिटर भिसा अस्वीकृत भएको छ । अमेरिकाको सरकारी तथ्यांकलाई आधार मान्दा कुल ३३ हजार ३ सय ६१ जना नेपालीले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएकोमा १६ हजार १ सय ७० जना नेपालीले मात्र भिसा पाएका छन् ।
तथ्यांक हेर्दा कुल आवेदकमध्ये ५१ द्यशमलव ५३ प्रतिशत नेपालीहरुको भिजिटर भिसा अस्वीकृत भएको छ । नेपालीहरुको यति धेरै भिजिटर भिसा अस्वीकृत भएको कुल आवेदनसंख्याको प्रतिशतका हिसाबले विगत ७ बर्षकै सबैभन्दा धेरै हो ।
आर्थिक बर्ष २०१८ मा कुल आवेदकमध्ये ४८ दशमलव ४७ प्रतिशत नेपालीले मात्र अमेरिकाको भिजिटर भिसा पाए । अमेरिकी सरकारको विदेशमन्त्रालयबाट भिसा पाउने नेपाली र भिसा अस्वीकृत हुने नेपालीहरुको संख्या र प्रतिशत हिसाब गरेर कुल भिसा आवेदकको संख्या र अस्वीकृत आवेदनको संख्या निकालिएको हो । यो संख्यामा दुईचार नम्बर फेरवदल समेत हुनसक्छ ।
आर्थिक बर्ष २०११ मा नेपालीको भिजिटर भिसा अस्वीकृत प्रतिशत ५९ दशमलव ९ प्रतिशत थियो । त्यस्तै सन् २०१० मा नेपालीको भिजिटर भिसा अस्वीकृत प्रतिशत ५८ दशमलव ३ थियो । सन् २००९ मा ५९ दशमलव १, सन् २००८ मा ५१ दशमलव २, सन् २००७ मा ५५ दशमलव १ र सन् २००६ मा ५५ दशमलव ३ प्रतिशत रहेको थितर सन् २०१२ र त्यसपछिका बर्षहरुमा नेपालीहरुको भिसा अस्वीकृत प्रतिशत स्वीकृत प्रतिशतको तुलनामा कम थियो । अर्थात् कुल आवेदकमध्ये ५० प्रतिशतभन्दा धेरै नेपालीहरुले नै अमेरिकाको भिजिटर भिसा प्राप्त गरेका थिए । तर सन् २०१८ मा आएर भिजिटर भिसा पाउने नेपालीको प्रतिशतको तुलनामा नपाउनेहरुको प्रतिशत र संख्या धेरै भएको छ ।यो ।
सन् २०१२ मा ४९ दशमलव ४, सन् २०१३ मा ४६ दशमलव ४, सन् २०१४ मा ३८ दशमलव २, सन् २०१५ मा ४२ दशमलव १९, सन् २०१६ मा ४९ दशमलव ५४ र सन् २०१७ मा ४६ दशमलव ४२ प्रतिशत कुल भिजिटर भिसाका आवेदक नेपालीको भिसा अस्वीकृत भएको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांक रहेको छ ।
आर्थिक बर्ष २०१८ मामात्र अमेरिकाको भिजिटर भिसाको आवेदन दिने नेपालीहरुबाट झण्डै ६० करोड रुपैया अमेरिकी सरकारलाई आम्दानी भएको छ । जसमध्ये अमेरिकाको भिजिटर भिसाको आवेदन दिने तर भिसा नपाउनेहरुमध्येबाट समेत झण्डै ३० करोड रुपैया अमेरिकी सरकारलाई आम्दानी भएको छ ।
copy:-

20/02/2019

AIBT
एआइबिटी खारेजीपछि अब विद्यार्थीले के गर्ने ? समाधानको उपायसहित
वर्तमान अवस्थामा अष्ट्रेलियामा देखिएको नेपाली विद्यार्थीको समस्याका बारेमाः

अष्ट्रेलियमा यहाको नागरिकलाई पढाउनका लागि आर टि ओ नम्बर लिनुपर्छ । भने विदेशी विद्यार्थी पढाउन भने CRICOS CODE हुनुपर्छ । हिजोसम्म केलज, विद्यार्थी र परामर्शदाताको आ आफ्नै समस्या थिए होलान् । अब यो सबै समस्याको निराकरण गर्ने भनेको अष्ट्रेलियन सरकार मातहत रहेको ट्युसन प्रोटेक्सन सर्भिस टिपिएसले हो ।

अष्ट्रेलिया पढ्न आउन विद्यार्थीहरुले जि टि ई अर्थात जेन्युन टेम्पोररी इन्ट्रान्टको मापदण्ड पुरा गर्नुपर्छ । जसमा पढ्ने स्पष्ट उदेश्य, पढ्न सक्ने आर्थिक क्षमता, पढ्न आउनुको कारण, पढ्ने कलेको बारेमा विस्तृत अध्ययन र पढाइ सकेर आफ्नै देश फर्कि काम गर्ने योजना मुख्य रुपमा समेटिएको हुन्छ ।

यो सबै कुरा विस्तृतमा व्याख्या गरिएको स्टेटमेन्ट अफ प्रपोज विद्यार्थीले कलेज र अध्यामनलाई लेखेर बुझाउनुपर्छ । विद्यार्थीको स्टेटमेन्ट अफ प्रपोज चित्त बुझ्दो भए मात्र अध्यागमनले भिसा दिन्छ ।
यो सब कुराको जिम्मेवार कलेज, परामर्शदाता, अभिभावक र विद्यार्थी हुनेगर्छ ।

अहिलेको अवस्थामा के गर्ने ?

अष्ट्रेलिया पढ्न आउने हरेक विद्यँर्थी टिपिएसद्वारा सुरक्षित हुन्छन् । कलेज बन्द हुनु भनेको एउटा दुर्घटना हो । अब सबै जना मिलेर यसको समाधान खोज्ने बेला आएको छ ।

विद्यार्थीले के गर्ने

१. सबैभन्दा पहिला टिपिएसमा आफ्नो नाम दर्ता गर्ने । जसका लागि यसमा क्लिक गर्नुहोस् ।

२. टिपिएसको जवाफ केही समय पर्खिने । उनीहरुले तपाईलाई अवश्यपनि केही दिन भित्रमा सम्पर्क गर्छन् ।

३. टिपिएससंग निर्धक्कसंग सहि र सत्य कुरा बोल्ने, जसले गर्दा तपाईको समस्याको सहि समाधान निकाल्न सजिलो हुनेछ ।

४. परामर्शदाता रोज्दा गरिएको गल्ती फेरि नदोहो¥याउने ।

५. आफ्नो पढाइ कसरी चाडो र राम्रोसंग पुरा गर्न सकिन्छ भनेर ध्यान दिने ।

तपाइको विस्तृत विवरण तपाई आफैले टिपिएसमा दर्ता गर्नुपर्ने हुन्छ । पछि तपाईको सहयोगका लागि असल परामर्शदाता नियुक्त गर्न सक्नुहुन्छ ।

सरकारले कलेज दर्ताको खारेजी गर्दा विद्यार्थीको व्यवस्थापनको पनि योजना बनाएको हुन्छ । त्यसैले डराउनुपर्ने कुनै कारण छैन । हिजो परामर्शदाता छान्दा कुनै गल्ती भयो होला अब त्यस्तो गल्ती नगर्नुहोला ।
के गर्छ टिपिएसले ?
१. पहिले कलेजले कति पढायो र त्यस्को क्रेडिट कति दिन मिल्छ भनेर अनुसन्धान गर्छ । र अर्को कलेजमा पढ्ने मौका दिन्छ । चित्त बुझे टिपिएसले दिएको कलेज पढ्ने वा आफुलाई पायक पर्ने कलेज छान्न पनि विद्यार्थी स्वतन्त्र हुन्छन् ।
२. टिपिएसले अहिले डिप्लोमा पढ्दा आएका विद्यार्थीलाई डिप्लोमाकै अवसर दिनसक्छ । तर, कति विद्यँर्थीले सिधै ब्याचलर गर्नपनि मापदण्ड पु¥याएर पढ्न पाउछन् ।
३. टिपिएसले विद्यार्थीलाई पढाएको आधारमा कति पैसा फिर्ता दिने भनेर निर्णय गर्छ । र कलेजको कारणले पढाइ पुरा नभएको हो भने सबै पैसा पनि फिर्ता हुन्छ ।
४. कलेज बन्द भएको कारणले भिसामा हुनसक्ने समस्यालाई पनि टिपिएसले समाधान खोज्छ ।

Australia Awards (Fully Funded) Scholarships for Developing Countries 07/02/2019

https://www.facebook.com/364389007396025/posts/564709760697281?sfns=cl

Australia Awards (Fully Funded) Scholarships for Developing Countries Australia Awards Scholarships, aim to contribute to the development needs of Australia’s partner countries in line with bilateral and regional agreements, are administered by the Department o…

22/01/2019
22/01/2019

अष्ट्रेलियाको भिसा प्रणालीमा २०१९ मा हुने पाँच महत्वपूर्ण परिवर्तनहरु -

अष्ट्रेलिया सरकारले यो वर्ष अर्थात २०१९ देखि लागु हुने गरि भिसा प्रणालीमा विभिन्न परिवर्तन ल्याएको छ । पाटनर भिसा, अभिभावक भिसा, विद्यार्थी भिसा, कामदार भिसा, उद्धमी भिसा आदिमा यो वर्ष देखि महत्वपूर्ण परिवर्तन हुनेछन्
१. विद्यार्थी भिसा

२०१९ मा अष्ट्रेलिया आउन चाहने विद्यार्थीहरुको लागि ‘शो मनि’ बढ्नेछ । एक्लै आउने विद्यार्थीले २० हजार २ सय ९० डलर र पाटनर सहित आउनेले त्यसमा थप ७ हजार १ सय डलरको ब्यालेन्स देखाउनु पर्नेछ । बच्चाको हकमा एकजना बच्चाको लागि ३ हजार ४० डलर देखाउनु पर्नेछ ।
२. अभिभावक भिसा

अष्ट्रेलियामा रहने छोरा छोरीले लामो समय बस्नको लागि अष्ट्रेलिया ल्याउन पाउनेछन् । उक्त अभिभावक भिसा ३ वर्ष र ५ वर्ष अवधिको हुनेछ । तीन वर्षको भिसाको लागि ५ हजार डलर र पांच वर्षको भिसाको लागि १० हजार डलर लाग्नेछ । भिसा रिन्यु गरेर १० वर्षको अवधिसम्म बनाउन पाइनेछ ।
३. पाटनर भिसा

घरेलु हिंसा अन्त्यको लागि अष्ट्रेलिया सरकारले कडाइ गर्ने भएको छ । गत नोभेम्बरमा पास भएको नियम अनुसार २०१९ देखि पाटनर भिसाको लागि आवेदन दिने स्पोन्सरको चारित्रिक जांचमा कडाइ गरिनेछ । यसको लागि पाटनर भिसा प्राप्त गर्न केही लामो समय लाग्नेछ ।
४. कम्पनीद्वारा स्पोन्सर गरिएको

अष्ट्रेलियाको गृह मन्त्रालय विभागले स्पोन्सर गरिएका कामदारलाई कम तलब दिने कम्पनीहरुको बारेमा निगरानी बढाउनेछ । विभागले ४५७/४८२ अन्तर्गत रहने कामदारहरुको ट्याक्स फाइल नम्बर संकलन गर्नेछ । त्यसको आधारमा विभागले कम्पनीले उचित तलब दिए/नदिएको जांच गर्नेछ र कारबाही अगाडी बढाउनेछ ।
५. उद्धमी भिसा

दक्षिण अष्ट्रेलियाले व्यवसायिक भिसा भन्दा सजिलो गरि उद्धमी भिसा उपलब्ध गराउने योजना अगाडी बढाएको छ । यो भिसाको लागि आइएलटिएसमा ५ ल्याए हुनेछ भने २ लाख डलरको लगानी पनि आवश्यक पर्नेछैन । यसको लागि रचनात्मक आइडिया रहेको बिजनेस प्लान सहितको निवेदन बुझाउनुपर्नेछ ।

22/01/2019

डिभी भर्दा अविवाहित भरेर अमेरिका आएँ, अब श्रीमति र छोराछोरीलाई कसरी ल्याउने ?
तपाईले यदि विवाहित हुँदाहुँदै पनि अविवाहित भनेर आवेदन दिनुभएको छ भने यो तपाईले ढाँट्नुभएको ठहर्छ । त्यसैले विगतमा आफूले ढाँट्नुपर्नाको कारणबारे स्पष्ट पार्न सक्नुपर्छ । तपाईले अनुभवप्राप्त कानुन व्यवसायीसँग सल्लाह लिएरमात्र यो विषयमा कदम चाल्नुहोला ।

विगतमा छोराछोरी नभएको भनेर फर्म भर्ने तर पछि छ भनेर अमेरिका ल्याउन खोज्दा समस्या उत्पन्न हुन्छ । त्यसैले तपाईले युएससीआईएस वा भिसाका कुनै पनि फर्म भर्दा सही विवरण बुझाउनुपर्छ । अन्यथा तपाईले प्राप्त गरेको ग्रिनकार्डमा पनि प्रश्नचिन्ह खडा हुनसक्छ ।

22/01/2019

दक्ष आप्रवासीहरु अमेरिका आएको चाहन्छन् अमेरिकनहरु
मंगलबार प्रकाशित उक्त रिपोर्टमा स्वीडेन, बेलायत, क्यानडा, जर्मनी, अष्ट्रेलिया लगायतका देशमा पनि विदेशबाट दक्ष आप्रवासीहरु आएको चाहनेदर उच्च रहेको छ । फ्रान्स, स्पेन, नेदरल्याण्ड, ग्रिसमा ५० प्रतिशतभन्दा धेरैले दक्ष आप्रवासीहरु आएको हेर्न चाहन्छन् ।

इजरायलमा भने जम्मा ४२ प्रतिशतलेमात्र दक्ष आप्रवासीहरु आएको चाहने बताए । इटलीमा ३५ प्रतिशतलेमात्र दक्ष आप्रवासीहरु आएको चाहने बताएका छन् । १२ देशका जवान नागरिकहरुबीच सर्वेक्षण गरिएको थियो ।

05/01/2019

#मेलबर्न । #अष्ट्रेलिया सरकारले यो वर्ष अर्थात २०१९ देखि लागु हुने गरि भिसा प्रणालीमा विभिन्न परिवर्तन ल्याएको छ । पाटनर भिसा, अभिभावक भिसा, विद्यार्थी भिसा, कामदार भिसा, उद्धमी भिसा आदिमा यो वर्ष देखि महत्वपूर्ण परिवर्तन हुनेछन् ।

१. #विद्यार्थी भिसा

२०१९ मा अष्ट्रेलिया आउन चाहने विद्यार्थीहरुको लागि ‘शो मनि’ बढ्नेछ । एक्लै आउने विद्यार्थीले २० हजार २ सय ९० डलर र पाटनर सहित आउनेले त्यसमा थप ७ हजार १ सय डलरको ब्यालेन्स देखाउनु पर्नेछ । बच्चाको हकमा एकजना बच्चाको लागि ३ हजार ४० डलर देखाउनु पर्नेछ ।

२. #अभिभावक भिसा

अष्ट्रेलियामा रहने छोरा छोरीले लामो समय बस्नको लागि अष्ट्रेलिया ल्याउन पाउनेछन् । उक्त अभिभावक भिसा ३ वर्ष र ५ वर्ष अवधिको हुनेछ । तीन वर्षको भिसाको लागि ५ हजार डलर र पांच वर्षको भिसाको लागि १० हजार डलर लाग्नेछ । भिसा रिन्यु गरेर १० वर्षको अवधिसम्म बनाउन पाइनेछ ।

३. #पाटनर भिसा

घरेलु हिंसा अन्त्यको लागि अष्ट्रेलिया सरकारले कडाइ गर्ने भएको छ । गत नोभेम्बरमा पास भएको नियम अनुसार २०१९ देखि पाटनर भिसाको लागि आवेदन दिने स्पोन्सरको चारित्रिक जांचमा कडाइ गरिनेछ । यसको लागि पाटनर भिसा प्राप्त गर्न केही लामो समय लाग्नेछ ।

४. #कम्पनीद्वारा स्पोन्सर गरिएको

अष्ट्रेलियाको गृह मन्त्रालय विभागले स्पोन्सर गरिएका कामदारलाई कम तलब दिने कम्पनीहरुको बारेमा निगरानी बढाउनेछ । विभागले ४५७/४८२ अन्तर्गत रहने कामदारहरुको ट्याक्स फाइल नम्बर संकलन गर्नेछ । त्यसको आधारमा विभागले कम्पनीले उचित तलब दिए/नदिएको जांच गर्नेछ र कारबाही अगाडी बढाउनेछ ।

५. #उद्धमी भिसा

दक्षिण अष्ट्रेलियाले व्यवसायिक भिसा भन्दा सजिलो गरि उद्धमी भिसा उपलब्ध गराउने योजना अगाडी बढाएको छ । यो भिसाको लागि आइएलटिएसमा ५ ल्याए हुनेछ भने २ लाख डलरको लगानी पनि आवश्यक पर्नेछैन । यसको लागि रचनात्मक आइडिया रहेको बिजनेस प्लान सहितको निवेदन बुझाउनुपर्नेछ ।

स्रोत : #एसबिएस न्युज

मेलबर्न । अष्ट्रेलिया सरकारले यो वर्ष अर्थात २०१९ देखि लागु हुने गरि भिसा प्रणालीमा विभिन्न परिवर्तन ल्याएको छ । पाटनर भिसा, अभिभावक भिसा, विद्यार्थी भिसा, कामदार भिसा, उद्धमी भिसा आदिमा यो वर्ष देखि महत्वपूर्ण परिवर्तन हुनेछन् ।

१. #विद्यार्थी भिसा

२०१९ मा अष्ट्रेलिया आउन चाहने विद्यार्थीहरुको लागि ‘शो मनि’ बढ्नेछ । एक्लै आउने विद्यार्थीले २० हजार २ सय ९० डलर र पाटनर सहित आउनेले त्यसमा थप ७ हजार १ सय डलरको ब्यालेन्स देखाउनु पर्नेछ । बच्चाको हकमा एकजना बच्चाको लागि ३ हजार ४० डलर देखाउनु पर्नेछ ।

२. अभिभावक भिसा

अष्ट्रेलियामा रहने छोरा छोरीले लामो समय बस्नको लागि अष्ट्रेलिया ल्याउन पाउनेछन् । उक्त अभिभावक भिसा ३ वर्ष र ५ वर्ष अवधिको हुनेछ । तीन वर्षको भिसाको लागि ५ हजार डलर र पांच वर्षको भिसाको लागि १० हजार डलर लाग्नेछ । भिसा रिन्यु गरेर १० वर्षको अवधिसम्म बनाउन पाइनेछ ।

३. पाटनर भिसा

घरेलु हिंसा अन्त्यको लागि अष्ट्रेलिया सरकारले कडाइ गर्ने भएको छ । गत नोभेम्बरमा पास भएको नियम अनुसार २०१९ देखि पाटनर भिसाको लागि आवेदन दिने स्पोन्सरको चारित्रिक जांचमा कडाइ गरिनेछ । यसको लागि पाटनर भिसा प्राप्त गर्न केही लामो समय लाग्नेछ ।

४. कम्पनीद्वारा स्पोन्सर गरिएको

अष्ट्रेलियाको गृह मन्त्रालय विभागले स्पोन्सर गरिएका कामदारलाई कम तलब दिने कम्पनीहरुको बारेमा निगरानी बढाउनेछ । विभागले ४५७/४८२ अन्तर्गत रहने कामदारहरुको ट्याक्स फाइल नम्बर संकलन गर्नेछ । त्यसको आधारमा विभागले कम्पनीले उचित तलब दिए/नदिएको जांच गर्नेछ र कारबाही अगाडी बढाउनेछ ।

५. उद्धमी भिसा

दक्षिण अष्ट्रेलियाले व्यवसायिक भिसा भन्दा सजिलो गरि उद्धमी भिसा उपलब्ध गराउने योजना अगाडी बढाएको छ । यो भिसाको लागि आइएलटिएसमा ५ ल्याए हुनेछ भने २ लाख डलरको लगानी पनि आवश्यक पर्नेछैन । यसको लागि रचनात्मक आइडिया रहेको बिजनेस प्लान सहितको निवेदन

05/01/2019

–ग्राजुएट टेम्पोररी सबक्लास ४८५ भिसा :अष्ट्रेलियामा कम्तीमा २ वर्ष अध्ययन पूरा गरेका योग्यता हासिल गरिसकेका विद्यार्थीहरुले कुनै स्पोन्सरसीप विना नै वर्किङ भिसा प्राप्त गर्न सक्छन् ।

–वर्किङ होलिडे सबक्लास ४१७ भिसा : कुनै कुनै मुलुकका ३१ वर्ष मूनिका वैधानिक पासपोर्टवाहकहरुले यो भिसा प्राप्त गर्न सक्ने प्रावधान छ ।

यस्तै अष्ट्रेलियामा भिजिट वा स्टुडेन्ट भिसामा आएकाहरुले समेत आफ्नै विजनेश गर्न चाहेमा अनुमति पाउँनसक्छन् । यस्तो अवस्थामा विद्यार्थीहरुले ४५७ भिसाका लागि सेल्फ स्पोन्सर अर्थात आफ्नो लागि आफैंले स्पोन्सर गर्नसक्ने प्रावधान छ । तर यसरी गरिने विजनेश भने विश्वसनीय हुन आवश्यक छ । अझ त्यसमा केही अष्ट्रेलियनहरुलाई रोजगारी दिनसके भिसाका लागि निकै सहज हुन्छ ।

तर विर्सन नहुने कुरा के छ भने अष्ट्रेलियामा विद्यार्थीहरु आउँने भनेको पढ्नकै लागि हो । अष्ट्रेलियाको सरकारले तपाईलाई भिसा पनि यसैका लागि दिइएको हो । त्यसैले हरेक विदेशी विद्यार्थीहरुको पहिलो शर्त भनेको पूरै समय अध्ययनका लागि दिनु हो । पोष्ट ग्राजुएट लेभलमा अध्ययनरत विद्यार्थीको हकमा समेत यही कुरा लागू हुन्छ ।

तर मास्टर डिग्रीमा कुनै रिसर्च वा विद्यावारिधि गर्दै गरेका विद्यार्थीहरुले भने कुनै शर्तमा फुल टाइम काम गर्न पाउँछन् ।
मास्टर डिग्री वा विद्यावारिधि सकाएका विद्यार्थीहरुका भने आफन्त वा श्रीमान,श्रीमतिले पनि फुल टाइम काम गर्न पाउँने वर्किङ भिसा प्राप्त गर्न सक्छन् ।

04/01/2019

अष्ट्रेलियामा यो वर्ष अर्था २०१८ / १९ मा सात पेशाहरुको माग उच्च देखिएको छ । ‘स्किल्ड माइग्रेसन प्रोग्राम’ अन्तर्गत राखिएका ती दक्ष पेशामा माग उच्च देखिएको हो ।

तपाईलाई अमेरिकामा नेपाली बोल्ने कानुन व्यवसायी वा पारालिगलसँग सम्पर्क गर्नुपर्ने छ ? क्लिक गर्नुहोस् ।
२०१८ /१९ मा उच्च माग तथा पीआरको सम्भावना रहेका पेशामा नर्स, इलेक्ट्रीसियन, माध्यमिक तहको लागि शिक्षक, मोटर मेकानिक, मेटल फिटर, सिकर्मी र जोइनर रहेका छन् । ‘स्किल्ड माइग्रेसन प्रोग्राम’ अन्तर्गत यी पेशामा अष्ट्रेलिया आउने व्यक्तिले अष्ट्रेलियाको जुनसुकै ठाउँमा रहेर काम गर्ने अनुमति साथै पीआर पनि पाउँछन् ।

२०१८ को सेप्टेम्बर सम्ममा ४१३ नर्सले मात्र इन्भिटेसन पाएका थिए । जबकि, २०१८/१९ मा १७ हजार ३ सय २२ नर्सको माग रहेको थियो । त्यस्तै, इलेक्ट्रीसियन, माध्यमिक तहको लागि शिक्षक, मोटर मेकानिक, मेटल फिटर, सिकर्मी र जोइनर पेशामा भिसाको लागि आवेदन दिने मध्ये निकै कमले मात्र इन्भिटेसन पाएका छन् । भिसाको लागि आवेदन दिइसकेपछि सीप, योग्यता र आवश्यक मापदण्डको आधारमा मूल्यांकन गरेर अष्ट्रेलिया सरकारले भिसाको इन्भिटेसन दिने गर्छ । सिप, योग्यता र आवश्यक मापदण्ड नमिलेमा भिसा आवेदन रद्द हुन्छ ।

माग उच्च हुनु तथा इन्भिटेसन कम भएका कारण यी सात पेशामा रहेका व्यक्तिहरुलाई अष्ट्रेलियाको पीआर लिने सम्भावना यो वर्ष बढी छ।

'नेपालबाट जापान कामदार पठाउने विषयमा कुनै सरकारी निणर्य भएको छैन' 03/01/2019

'नेपालबाट जापान कामदार पठाउने विषयमा कुनै सरकारी निणर्य भएको छैन' काठमाडौं– वैदेशिक रोजगार विभागले जापानको रोजगारीका विषयमा आएको हल्लाको पछि नलाग्न अनुरोध गरेको छ । जापानमा काम.....

19/10/2018

Congratulations Congratulations Congratulations

26/09/2018

खुल्यो डिभी लोटरी, हेर्नुहोस्

24/08/2018

Kathmandu University MBBS Admission 2018 has been started..for any further details or Admission pls inbox me...MBBS Nepal ....100% sure Admission ..

17/08/2018

फेरी अस्ट्रेलियामा विद्यार्थी भिसाको नियम परिवर्तन - 9841738183 / 9818687901 / 9841708454

14/08/2018

New Rules for DV 2020 Lottery. ( Our Free Process )

Name – last/family name, first name, middle name – exactly as on your passport.
Gender – male or female.
Birth date – day, month, and year.
City where you were born.
Country where you were born – Use the name of the country currently used for the place where you were born.
DV 2020 Lottery Form Details

Country of eligibility for the DV program – Your country of eligibility will normally be the same as your country of birth.
Entrant photograph(s) – Recent photographs (taken within the last six months) of yourself, your spouse, and all your children.
Mailing Address – In Care Of Address Line 1 Address Line 2 City/Town District/Country/Province/State Postal Code/Zip Code Country
Country where you live today.
Phone number (optional).
Email address – An email address to which you have direct access, and will continue to have direct access.
Highest level of education you have achieved, as of today:

Primary school only,
Some high school, no diploma,
High school diploma,
Vocational school,
Some university courses,
University degree,
Some graduate-level courses,
Master’s degree,
Some doctoral level courses, and
Current Marital status:

Unmarried,
Married and my spouse is NOT a U.S. citizen or U.S. Lawful Permanent Resident (LPR),
married and my spouse IS a U.S. citizen or U.S. LPR
divorced
widowed
Legally separated.
Details about the EDV 2020 Lottery Photographs

Com-positional Specifications:(Head Position)

The person must directly face the camera. Head should not be tilted up, down, or to the side. The head height or facial region size (measured from the top of the head, including the hair, to the bottom of the chin) must be between 50 percent and 69 percent of the image’s total height.

The eye height (measured from the bottom of the image to the level of the eyes) should be between 56 percent and 69 percent of the image’s height.

Digital Image and Head Size

The image must be in light-colored Background.
Person should be in front of a neutral, light-colored background.
The photograph must be in focus.
Subject must not wear glasses or other items that detract from the face
Head coverings or hats worn for religious reasons are acceptable, but the head covering may not obscure any portion of the face.
Tribal or other headgear not religious in nature may not be worn.
Photographs of military, airline or other personnel wearing hats will not be accepted.

Telephone