Dr Balgopal Karmacharya

Dr Balgopal Karmacharya

Work relentlessly for the benefit of patients with neurological diseases

04/02/2023

To all the cancer patients, especially with brain and spine cancer, their family and all the healthcare workers who care for them. World Cancer Day, 4th February 2023

17/11/2022

यदि कुनै चोट पटक नलागीकन तपाईंको गर्धन/ढाड/हात/खुट्टा दुखेको छ भने, यो दुखाई नशाको रोगको कारण दुखेको हुन सक्छ /

एक नासले दुख्ने, हात/खुट्टा झम झम गर्ने, पोल्ने वा लाटो हुने वा कम्जोर हुने छ भने यो सम्भावना अझ धेरै हुन्छ/ यस्ता लक्षणहरू देखिएमा तुरन्त नशाको अनुभबी चिकित्सक (न्युरोसर्जन) लाई देखाउनुहोस् /

गर्धन/ढाड/हात/खुट्टाको दुखाई कम गर्नको लागि धेरै उपचार र उपायहरु छन्/
औषधि खाने: नदुख्ने औषधिले दुखाई कम गर्छ/
कसरत गर्ने: फिजियोथेरापी गर्ने, तातो/चिसोले सक्ने/ TENS लगाउने/ गर्दन, ढाडको कसरत गर्ने
इन्जेक्सन लगाउने: हात/खुट्टा र गर्दन/ढाडमा इन्जेक्सन लगाउने
अप्रेसन गर्ने: नशा नराम्रो सँग चेपिएर दुखेको हो, माथिका उपचारले दुखाई ठिक भएन वा हात/खुट्टा नै कम्जोर भएमा अप्रेसन गर्ने

आजभोली बेहोश नबनाई, सानो प्वालबाट दुरबिन (endoscope ) प्रयोग गरी गर्दन/ढाडको अप्रेसन गर्न सकिन्छ/

17/11/2022

संसारमा हरेक चार जनामा एक जनालाई प्यारालाइसिस हुन्छ/
८०% भन्दा बढि मस्तिस्क पक्षघात वा प्यारालाइसिसको रोकथाम गर्न सकिन्छ/
आजैबाट यसको रोकथामको लागि कोशिस गरौँ/

Photos from Dr Balgopal Karmacharya's post 16/11/2022

मोबाइल/ल्यापटप/कम्प्युटर आदिको लामो प्रयोगको कारण आजभोली धेरै मानिसलाई गर्धन दुख्ने समस्या छ/
गर्धनको यस्तो दुखाईलाई "टेक्स्ट नेक" भनिन्छ/
गर्धनको मांशपेशीहरू बलियो बनाउन र तिनको सन्तुलन बनाई राख्न गर्धनको नियमित कसरत गर्नुहोस्/

16/11/2022

मस्तिस्क पक्षघात/ ब्रेन अटेक/ प्यारालाइसिसका लक्षणहरू चिन्नुहोस् र दिर्घकालिन अपांगताबाट बच्न तुरन्तै सम्बन्धित अस्पतालमा उपचारको लागि लैजानुहोस्/
minute counts

ढाड र खुट्टा दुखाईको वैज्ञानिक र नवीनतम उपचार पद्धति 14/11/2022

https://www.swasthyadarpannews.com/news/7864

ढाड र खुट्टा दुखाईको वैज्ञानिक र नवीनतम उपचार पद्धति परिचय संसारमा ढाड नदुख्ने मान्छे सायदै कोही होलार ! विभिन्न वैज्ञानिक अध्ययनहरुले संसारका झण्डै ८० प्रतिशत मान्....

Telephone

Website