ना.सु. र अधिकृत तयारी

ना.सु. र अधिकृत तयारी

Level up your I@

28/11/2023

https://officeriqgk2023.blogspot.com/2023/11/blog-post.html

नेपालमा मानिने १० प्रमुख धर्महरु - २०८० को लागि नेपालमा मानिने १० प्रमुख धर्महरु - २०८०/०८१ हिन्दु धर्म :- 81.19% बौद्द धर्म :- 8.21% इस्लाम धर्म :- 5.09% किराँत धर्म :- 3.17% इसाई धर्.....

22/11/2023

Hi...Friends...! Lets study together..!

26/06/2023

🙏💥पर्यटकको निम्ति निकै नै आकर्षक गन्तव्य बन्न सफल भएको ठाउँहरुमध्ये एक सिन्धुपाल्चोकमा अवस्थित "पाँच पोखरी" हो जुन प्रसिद्ध धार्मिक स्थलको निम्ति चिरपरिचत रहेको छ । यो करिब ४२०० मिटरको उचाइमा रहेको पाइन्छ ।
_ पाँच पोखरीमा जनैपूर्णिमा र ठूलो एकादशीको दिन ठूलो मेला लाग्ने गर्दछ।

26/06/2023

🙏नुवाकोटको विदुर नगरपालिका - २ स्थित साततले दरबार परिसरमा अवस्थित "भैरवदेवीको मन्दिर" ।

26/06/2023

💥नेपालमा वर्तमान परिवेशमा तहल्का मच्याई रहेको मुख्य विषय के हो भन्दा त्यो हो "1XBET" । वास्तवमा यो 1XBET भनेको के हो त ? यस विषयमा रही थाेरै चर्चा गर्दा :
- 1XBET एउटा Online Gambling Platform (Private Company) हो ।
- यसको स्थापना सन् २००७ मा भएको पाइन्छ र यसको केन्द्रिय कार्यालय "Limassol, Cyprus रहेको छ ।
- यसको प्रयोग करिब १३४ देशमा भइ रहेको पाइन्छ । यो अहिले Indian Market मा खुब प्रचलित रहेको पाइन्छ साथै हाल यसै देशमा संचालन रहेको पाइन्छ ।
- यसको Portfolio करिब 2 Billion $ जति रहेको अनुमान छ ।
- यसलाई नेपालीमा जुवा अर्थात Online सट्टाबाज भनि चिन्न सकिन्छ ।
- यसमा विशेष गरी Cricket, Football Match हुँदा कुन टिमले जित्ला भनि अनुमान लगाई Online को माध्यमबाट Cash लगाइन्छ । यदि आफूले रोजेको टिमले जिते पैशा लाखौ लाख आउने अनि हारे आफ्नो पैशा स्वाहा हुने ।
- नेपालमा यसैलाई वैधानिक दिइएको छैन । तर पनि गैरकानुनि तरवले चलाई रहेको पाइन्छ । यसै कारणले नेपालमा हाल चर्चित व्यक्तिहरु पक्राउ परि थुनामा रहेको पाइन्छ ।
- हाल नेपालमा यसको प्रयोगमा प्रतिबन्ध लगाउनु कारणहरु :
1. यसको माध्यमबाट लाखौ लाख नेपाली पैशा बाहिर जाने सम्भावना प्रवल
भएको,
2. यसले हिंसात्क तथा यौजन्य विकृती फैलाउने जसको सिधा असर नेपाली
समाज पर्ने देखिएको,
3. विशेष गरी यस Platform मा बयस्क व्यक्तीहरु बढि हावि हुने सम्भाना
प्रवल देखिएको,
4. यस Platform ले गैरकानूनी क्रियाकलापहरु बढी मात्रामा प्रसारप्रचार गर्ने
गरेको पाइएको जस्ता विविध कारणले नेपालमा यसलाई पूर्ण रुपमा
प्रतिबन्ध लगाइएको छ ।
💥अब अन्त्यमा के 1XBET लाई नेपाल सरकारले वैधानिक दिन उपयुक्त होला ? आफ्ना भनाई छोटकरीमा राखिदिनु होला ?
🔥नोट : कहिकतै त्रुटी भए माफ गरिदिनु होला । साथै यो एउटा नागरिकमा जनचेतना फैलाउने उद्देश्यले उल्लेख गरिएको हो । अन्यथा नलिनुहुन जानकारी गराइन्छ ।

25/06/2023

Source from samir Lamsal

25/06/2023

😧टाइटनिकको अवशेष हेर्न एटलान्टिक महासागरमा गएको पनडुब्बी दुर्घटना हुँदा त्यहाँ सवार पाँच यात्रीको मृत्यु भएको छ ।
😧मृत्यु हुनेमा बेलायतका अर्बपति व्यापारी ५८ वर्षीय हमिस हार्डिङ‚ पाकिस्तानी मूलका अर्बपति एवं व्यापारी ४८ वर्षीय साहजादा दाउद र उनका छोरा १९ वर्षीय सुलेमान दाउद‚ फ्रान्सेली एक्सप्लोरर ७७ वर्षीय पल-अनरी नार्जोलेट र यात्राको प्रबन्ध गर्ने कम्पनी ओसनगेटका सीईओ ६१ वर्षीय स्टकटन रस रहेको अमेरिकी कोस्ट गार्डले उल्लेख गरेको छ ।
☹️गत आइतबार (२०८०/०३/०३) यात्रा सुरु गरेको १ घण्टा ४५ मिनेटमा नै पनडुब्बीको आफ्नो जहाज पोलार प्रिन्ससँगको सम्पर्क टुटेको थियो ।
😢विशेषज्ञले सोमबार पनडुब्बीमा चार दिनका लागि मात्र अक्सिजन बाँकी रहेको अनुमान गरेका छन् । टाइटनिकको अवशेष क्यानडाको न्युफाउन्डल्यान्डस्थित सेन्ट जोन्सको दक्षिणतर्फ ४३५ माइल गहिराइमा छ ।
😢

25/06/2023

🔥सन् २००९ मा आजकै दिन (जुन २५) मा अमेरिकी गायक माइकल ज्याक्सनको निधन भएको थियो । ‘किङ अफ पप’ ले चर्चित ज्याक्सनको ५० वर्षको उमेरमा अमेरिकाको क्यालिफोर्नियाको लस एन्जल्समा निधन भएको हो ।
🔥निकै विलासितापूर्ण जीवन निर्वाह गर्ने ज्याक्सनलाई बालयौन दुराचारको समेत आरोप लागेको थियो । उक्त मुद्दा मिलाउन ठूलो रकम खर्च गरेका थिए ।
🔥ज्याक्सनले आफूहरूलाई पैसा नतिरेको वा सम्झौताअनुसार कार्यक्रम नगरेको भन्दै विभिन्न व्यक्ति तथा मनोरन्जन कम्पनीले मुद्दा दायर गरेका थिए । जसका कारण जीवनको पछिल्लो समय ज्याक्सन आर्थिक अभावबाट गुज्रिएका थिए ।
🔥२००९ जुन २५ मा मृत्यु हुँदाका बेला ज्याक्सनले विभिन्न व्यक्ति तथा कम्पनीलाई करिब पाँच सय मिलियन अमेरिकी डलर तिर्नुपर्ने थियो ।
🔥ज्याक्सनको जन्म १९५८ अगस्ट २९ मा अमेरिकाको इन्डियानामा भएको थियो । उनका ‘अफ द वाल’, ‘थ्रिलर’, ‘ब्याड’, ‘डेन्जरस’, ‘इन्भिन्सिबल’ लगायतका एल्बम लोकप्रिय छन् । ज्याक्सनका १० करोड प्रतिभन्दा बढी एल्बम बिक्री भएको बताइन्छ ।

25/06/2023

💥Sobita Gautam, Nepal 2023
At 27, Sobita is the youngest female parliamentarian in Nepal's history. Her role as a founding member of the Rastriya Swatantra Party, aiming to eradicate corruption, has propelled the party to become the fourth largest political entity in the country. Sobita's popularity serves as a catalyst for youth engagement in politics, ensuring that the voices of the young are effectively represented in decision-making processes.

25/06/2023

GK को लागि केके REVISE गर्ने?
१. संविधान (सारांश)
२. नोबेल पुरस्कार विजेता
३. १५औं योजनाका लक्ष्य
४. विश्वकप फुटबल
५. ९औं राष्ट्रिय खेलकुद
६. दिवस मिति र नारा
७. संयुक्त राष्ट्रसंघका विशिष्टीकृत संस्था
८. ASEAN, BIMSTEC, SAARC, EU, WB, IMF, ADB, AIIB, BRICS
९. निधन (पेले, सत्यमोहन, प्रदीप गिरी, सिन्जो आवे ...)
१०. जनगणनाको नतीजा
११. सडक नाम लम्बाई स्थान
१२. औद्योगिक क्षेत्र क्षेत्रफल र स्थापना
१३. विद्युत आयोजना क्षमता
१४. कुन देशको सहयोगमा के बनेको
१५. कुन भिटामिनको कमीले कुन रोग
१६. COP26 कहाँ कहिले के भयो नेपालबाट को सहभागी
१७. राष्ट्रिय निकुञ्ज, विश्व सम्पदा सूची
१८. कम्प्युटर प्रणाली फुलफर्म
१९. संघीय संसद, प्रदेश र स्थानीय तह
२०. निजामती सेवा ऐन
२१. अक्षांस देशान्तर महादेश र समुन्द्र
२२. विश्वका ताल झरना मरुभूमि नदी
२३. फ्रान्सेली, भारतीय, अमेरिकी र रूसी क्रान्ति, विश्वयुद्ध
२४. के को आविष्कारक को?
२५. के को अध्ययनलाई के भनिन्छ?
२६. नेपालको इतिहास कसका पालामा के?
२७. आगामी ठूला खेलकुद कहाँ हुँदैछन्?
२८. औद्योगिक क्रान्ति पछिका आविष्कार
२९. नयाँ सूचकाङ्कमा नेपालको स्थान
३०. दिगो विकास लक्ष्य
३१. विख्यात वैज्ञानिकको परिचय
३२. सूचीकृत आदिवासी स्थान र विशेषता
३३. नेपालका ताल र हिमाल
३४. भगवानको नाता सम्वन्ध
३५. पुरस्कार/सम्मान (मदन,बुकर,ओस्कार....)
३६. एक गाउँ एक उत्पादन, SEZ, प्रधानमन्त्री कृषि आधुनिकीकरण
३७. विश्वका ठूला घटना, सत्ता परिवर्तन
(भारतको राष्ट्रपति, बेलायत प्रम....)
३८. नेपालमा शिक्षा/साक्षरता
३९. किराँत/ लिच्छवि/ मल्ल/राणा कालमा कुन पदलाई के भनिन्थ्यो? कुन अड्डाले के काम गर्थ्यो?
४०. सबैभन्दा ठूलो, सानाे, पहिलो
४१. गौतम बुद्धसँग सम्बन्धित कुरा
४२. कुन कालमा नेपाललाई के भनिन्थ्यो? कुन वेदमा के कस्तो विषय उल्लेख छ?
४३. प्रशासनिक सुधार प्रतिवेदन
४४. अन्तरिक्ष,ग्रहका विशेषता, उपग्रह
४५. कुन तिथिमा कुन पर्व
४६. राष्ट्रिय गौरवका आयोजना
४७. कुन संस्थान कुन मन्त्रालय अन्तर्गत
४८. राजनीतिक/आर्थिक/सामाजिक सन्धि
४९. दौत्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध
५०. केही महिनाको गोरखापत्र लोकसेवा सामाग्री
etc. Copied.....

चुरे क्षेत्र कसरी जोगाउने ? 25/06/2023

जानकारीका लागि ।

चुरे क्षेत्र कसरी जोगाउने ? नेपालको चुरे शृंखला हिमालय पर्वतमालाको दक्षिणमा अवस्थित पूर्वमा मेचीदेखि पश्चिम महाकाली नद

23/06/2023

खुराक

23/06/2023

In the match held at the Harare Sports Club ground in Zimbabwe..
🌟वेस्ट इन्डिजसँगको खेल बिहीबार (२०८०/०३/०७ गते) नेपाली क्रिकेटका लागि सबैभन्दा बहुप्रतीक्षित थियो, त्यसमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकै सबैभन्दा ठूलो हार बेहोरेको छ । वेस्ट इन्डिजले विश्वकप छनोटमा बिहीबार नेपाललाई १ सय १ रनको हार चखायो ।
🌟नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा ३ अंकको रन अन्तरको हार बेहोरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएपछि वेस्ट इन्डिजले ७ विकेट गुमाई ३ सय ३९ रन बनाएपछि नै नेपाललाई लक्ष्य भारी परिसकेको थियो । हरारे स्पोर्ट्स क्लबमा ४९.४ ओभरमा २ सय ३८ रनमा अलआउट भएपछि नेपालले रनको हिसाबमा एकदिवसीय अन्तर्राष्ट्रियकै सबैभन्दा ठूलो हार बेहारेको हो ।
🌟नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भयो । त्यसपछि अमेरिकामाथि नेपालले ६ विकेटको विजय पाएको थियो । लगातार तेस्रो हारपछि अमेरिका विश्वकप छनोटको समूह चरणबाटै बाहिरिने पहिलो राष्ट्र बनेको छ ।

23/06/2023

💥💥हाल नेपालमा गरिबी :
निरपेक्ष गरिबी १५.१%
बहुआयामिक गरिबी १७.४%

23/06/2023

🔥भारतले सन् २०१६ मा ल्याएको र २०१८ मा परिवर्तन गरेको ‘अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका’मा विद्युत् व्यापार नभएका मुलुकबाट उत्पादित बिजुली नकिन्ने नीति लिएपछि आयोजना निर्माणबाट चिनियाँ लगानी क्रमशः बाहिरिन थालेको छ ।

22/06/2023

🔥म्याग्दीको मालिका गाउँपालिकाले ‘युवाको ऊर्जा मालिकाको औजार’ कार्यक्रम अन्तर्गत बाँझो जग्गा सदुपयोगका लागि तालिम, औजार, उपकरण र प्रविधि हस्तान्तरणसँगै सामुदायिक विद्यालयको दिवा खाजामा रैथाने उत्पादनलाई प्राथमिकता दिने नीति बनाएको छ।

22/06/2023

💥म्याग्दीको मालिका गाउँपालिकाले कृषि खेतीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ। कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै रोजगारी सिर्जना र पालिकावासीलाई आत्मनिर्भर बनाउन ‘खाऔँ आफ्नो बारीको, नखाऔँ सीमापारिको’ भन्ने नारालाई आत्मसात् गर्दै तरकारी र फलफूल खेतीलाई प्राथमिकतामा राखेको छ।

Photos from ना.सु. र अधिकृत तयारी's post 21/06/2023

🎉लु है पढुम है🎉

Photos from ना.सु. र अधिकृत तयारी's post 21/06/2023

🙏गत वर्ष २०७८/०७९ को बैसाखमा युवा पुरस्कारबाट सम्मानित "श्री सिर्जना सिञ्जु" । आगामी दिनमा कर्णालीका सम्भावना (पर्यटन क्षेत्रहरु) पहिल्याउँदै यसलाई आम्दनीको माध्यम बनाउन के गर्न सकिन्छ र व्यावसायिक पर्यटनको आधारका रूपमा कर्णालीलाई कसरी विकास गर्न सकिन्छ भन्ने कुरा उहाँको मुख्य द्धेय रहेको ।
उहाँका केही फोटो फिचरहरु : मलाई सारै मन परेर पोष्ट गरेको है ।
☺️☺️☺️

21/06/2023

🔥विजय कुमार पाण्डे :
=> उनि नेपालका पत्रकार तथा लेखक हुन्। टेलिभिजनबाट पत्रकारिता सुरू गरेका उनले छापा माध्यममा पनि काम गरेका छन्। टेलिभिजन क्षेत्रमा उनले सन् १९८७ मा नेपाल टेलिभिजनमा 'अध्यारो उज्यालो' भन्ने कार्यक्रमबाट शुरुवात गरेका हुन्। उनको निकै लोकप्रिय कार्यक्रम भने 'दिशानिर्देश' हो। विजयकुमार पाण्डेले 'नेपाल' (साप्ताहिक) पत्रिकाको संस्थापक सम्पादक भएरपनि काम गरेका थिए। उनी कान्तिपुर दैनिकका स्तम्भ लेखक हुन्। उनले लेखेको संस्मरणात्मक कृति 'खुसी' ले वि.सं. २०७२ सालको मदन पुरस्कार प्राप्त गरेको थियो। साथै सम्बन्धहरु भन्ने पुरस्तक पनि उहाँबाटै लिखित पुस्तक हो ।

21/06/2023

💥नेपालका १० प्रमुख धर्महरु

21/06/2023

💥 आज मिति २०८०/०३/०६ गतेको गोर्खापत्रमा प्रकाशित जिके । पढौं है साथीहरु १/२ वटा प्रश्नहरु पर्न सक्छन् ।
१. युरोपेली च्याम्पियन्स लिग २०२३ को उपाधि जित्ने फुटबल क्लब कुन हो ?
=> म्यान्चेस्टर सिटी
२. विश्व खाद्य स्वच्छता दिवस कहिले मनाइन्छ ?
=>जुन ७
३. नेपाल सरकारको मुख्य सचिवमा नियुक्त हुने व्यक्तित्व को हुनुहुन्छ ?
=>डा. वैकुण्ठ अर्याल
– विसं २०८० जेठ ३२ को मन्त्रीपरिषद् बैठकले उहाँलाई सो पदमा नियुक्त
गर्ने निर्णय गरेको ।
४. बागमती प्रदेश सरकारद्वारा विसं २०८० जेठ ३२ मा सार्वजनिक बागमती
प्रदेश आर्थिक सर्वेक्षण २०७९/८० अनुसार राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा
बागमती प्रदेशको हिस्सा कति रहेको छ ?
=>३६.८० प्रतिशत
– प्रदेशको कुल गार्हस्थ उत्पादन वृद्धि १.८ प्रतिशत रहने ।
५. लोक सेवा आयोगको स्थापना कहिले भएको हो ?
विसं २००८ असार १
– ‘नेपाल पब्लिक सर्भिस कमिसन’ नामबाट २००८ साल असार १ गते लोक
सेवा आयोगको
६. ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका
कहिले घोषित भएको हो ?
=>विसं २०८० जेठ २७
७. इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन कहिले भएको हो ?
सन् २०२३ जुन १२
– (उनी चार पटकसम्म इटालीको प्रधानमन्त्री बनेका ।)

८. पुरुष टेनिस इतिहासमा सर्वाधिक २३ पटक ग्रान्डस्लाम विजेता बनी रेकर्ड
कायम गर्न सफल खेलाडी को हुन् ?
=>नोभाक जोकोभिक
९. उपप्रधानमन्त्रीले कोसमक्ष शपथ लिनुपर्ने प्रावधान रहेको छ ?
=>राष्ट्रपति
१०. यु–२० विश्वकप २०२३ को विजेता राष्ट्र कुन हो ?
=>उरुग्वे
– उरुग्वे इटलीको यु–२० फुटबल टोलीमाथि १–० को कठिन जित निकाली
विश्व च्याम्पियन बनेको ।
११. नेपाल एयरलाइन्सको जहाजद्वारा मलेसिया–भैरहवा–काठमाडौँ
व्यावसायिक उडान सुरु कहिले भएको हो ?
=>विसं २०८० जेठ ३० (सन् २०२३ जुन १३)
१२. राजधानी काठमाडौँमा पहिलो राष्ट्रिय कफी सम्मेलनको आयोजना कहिले गरियो ?
=>विसं २०८० असार २–५
– नेपाल कफी व्यवसायी महासङ्घको आयोजनामा नेपाली कफीको आन्तरिक
एवं बाह्य
१३. महिला उद्यमी हरित औद्योगिक ग्राम कहाँ निर्माण गरिने भएको छ ?
=>पाँचखाल (काभ्रे)
१४. आफ्नो नीति तथा कार्यक्रममा एक घर, एक बाँदर पाल्ने कार्यक्रम ल्याउने
स्थानीय तह कुन हो ?
=>कालिञ्चोक गाउँपालिका (दोलखा)
१५. ‘हिति प्रणाली’ कृतिका लेखक पद्मसुन्दर जोशी हुन् भने ‘पानी घट्ट’ नामक
कृतिका लेखक को हुन् ?
=>सुरेश प्राञ्जली
१६. परराष्ट्र मन्त्रालयद्वारा पहिलो पटक परराष्ट्र सेवा दिवस कहिले मनाइएको
हो ?
=>विसं २०७८ जेठ १०
१७. संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई सार्वजनिक सेवा दिवसका रूपमा
मनाइन्छ ?
=>जुन २३
१८. ब्रह्मान्डको पहिलो रङ्गीन तस्बिर कहिले सार्वजनिक गरिएको हो ?
=>विसं २०२२ जुलाई ११
– नासाका वैज्ञानिकहरूले जेम्सवेब स्पेस टेलिस्कोपबाट सो तस्बिर खिचेका ।
१९. राष्ट्रिय जनगणना, २०७८ अनुसार बौद्ध धर्मावलम्बीको हिस्सा कति रहेको
छ ?
=>८.२१ प्रतिशत
२०. विसं २०८० मा प्रदान गरिने युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मानित हुने
व्यक्तित्व को हुन् ?
=>डा. जयराज आचार्य (पुरस्कार राशि : रु. १ लाख)
२१. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ फागुनसम्म विद्युत्को पहुँच
पुगेको जनसङ्ख्या कति प्रतिशत रहेको छ ?
=>९५ प्रतिशत
२२. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालमा गरिबीको रेखामुनि रहेको
जनसङ्ख्या कति प्रतिशत रहेको छ ?
=>१५.१ प्रतिशत
२३. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार विसं २०७९ फागुन मसान्तसम्म देशभर
कालोपत्रे सडकको लम्बाइ कति पुगेको छ ?
=>१७,४८० किलोमिटर

21/06/2023

🌳आज सन् २०२३ जुन २१ अर्थात मिति २०८० साल असार ६ गते : विश्व योग दिवस । याद गरौं है लोकुले सोध्ला फेरी ।😁😁😁

20/06/2023

💥भूमे पर्व :
👉 यो पर्व नेपालको रुकम पूर्वमा बसाेबास गर्ने मगर जातिले मनाउने एक विशेष चाँड हो ।
👉यो चाँड मगर जातिले दशै भन्दा पनि ठूलो चाँडको रुपमा बनाउने गर्छन् ।
👉यो चाँड मगर जातिले वैशाख पूर्णिमापछि असारको पहिलो सातासम्म मनाउने गर्छन् ।
👉 यो चाँडमा विशेषगरी सिद्ध देवताको पूजा गरी भव्य रुपमा भूमे नाच फुकाउने चलन रहेको । जसलाई नोगोवाङ्गे भनि चिनिन्छ । त्यसपछि नाँच गानको सुरुवात हुने चलन रहेकाे ।
👉 यस भूमे पर्वमा प्रकृतीको पूजा गरिन्छ । यसरी प्रकृतीको पूजा गर्नु भनेको बर्षा याममा कुनै पनि प्रकारको प्राकृतिक प्रकोप नआहोस भन्ने मनसायले गरिने एक विशेष पर्व हो ।

13/06/2023

Hi Friends.....🙏🙏🙏

10/03/2023

Be relax ☺️☺️☺️

15/12/2022

साथीहरू 🙏🙏🙏 आज भिडियो upload हुन सकेन है । भोलि upload गर्नेछु है ।

15/12/2022

Hi friends 🙏🙏🙏 तपाईहरुलाई रिल भिडियो कस्तो लाग्दै छ ? कमेन्ट गर्नुहोला ।

10/12/2022

Hi Friends 🙏🙏🙏
Video कस्तो लागि रहेको छ ? कहिलेकाही सुझाब पनि दिदै गर्नुहोला । 🙏🙏🙏

08/12/2022

१. चार वेद अन्तर्गत कुन कुन वेद पर्दछ ?

07/12/2022

साथीहरू कमेन्ट पनि गर्दै गर्नुहोला ।
🙏🙏🙏

Photos from ना.सु. र अधिकृत तयारी's post 07/12/2022

Source : Tu

07/12/2022
06/12/2022

अभ्यास गर्दै गरौं है साथीहरू !!!
😊😊😊

Videos (show all)

Be relax ☺️☺️☺️
Hi Friends 🤗🙏🙏
नमस्ते साथीहरू
नमस्ते साथीहरू !!!🙏🙏🙏
Hi Friends....🙏🙏🙏
Hi Friends 🙏🙏🙏
Hi..friends 🙏🙏🙏
साथीहरू भिडियो कस्तो लाग्यो ? कमेन्ट गर्नुहोला । 🙏🙏🙏
साथीहरु भिडियो हेर्दै अभ्यास गर्नुहाेला है ।
Please feedback me...

Telephone

Website