Portugal Dabali-पोर्चुगल डबली
पोर्चुगल डबली फेसबुक पेज पोर्चुगलमा भएका गतिविधिहरु प्रस्तुत गर्ने साझा चौतारी हो ।
आज विहान ५:११ बजे पोर्चुगलमा भूकम्प गएको छ ।
कन्सुलर अफिसबाट हुने पुलिस रिपोर्ट लगायत अन्य कागजपत्र प्रमाणीकरण गर्न पेरिसस्थित नेपाली राजदूतावासबाट पोर्चुगलमा टोली अगष्ट २९ देखि सेप्टेम्बर ३ सम्म आउँदैछ । कसैको पुलिस रिपोर्ट, वारेसनामा लगायतको काम छ भने अगष्ट २७ भित्र अनलाईनबाट पैसा बुझाएर इमेलबाट निवेदन दिनु होला । बाँकी सूचनामा हेर्नु होला ।
पेरिसस्थित नेपाली राजदूतावासद्वारा जारी कागजपत्र प्रमाणीकरण सम्वन्धी सूचना
यस पटक फ्रान्समा भएको ओलम्पिक खेलमा पोर्चुगलले १ स्वर्ण, २ रजत र १ कास्य पदक जितेका छन् । समग्र पदक तालिकाअनुसार ४० स्वर्ण, ४४ रजत र ४२ कास्य पदक जित्दै अमेरिका प्रथम भएको छ । नेपाल भने यस पटक पदकबिहिन भएर घर फर्किएको छ ।
नेपाल सरकारद्वारा पोर्चुगलका लागि प्रकाशमणी पौडेल राजदूतमा नियुक्त । यसअघि नियुक्त भएका तर पोर्चुगल नआउदै फिर्ता बोलाइएका सनिल नेपाल स्पेनका लागि राजदूत नियुक्त ।
राहदानी नवीकरण टोली अगष्ट २ बाट पोर्चुगलमा
पोर्चुगलको किनारमा जलयात्रा
लिस्बन, सिन्त्रामा रहेको बौध्द गुम्बा
अवैधानिक आप्रवासीहरुलाई लक्षित गरी पोर्चुगलमा प्रहरी चेकिङ बढिरहेकोले आफ्नो राहदानी वा रेसिडेन्सी कार्ड बोकेर हिड्न सबैलाई जानकारी गर्दछौं ।
विदेश यात्रामा सामान लैजादा ध्यान दिनु पर्ने कुराहरु
———————————————
ह्याण्ड क्यारीमा के के लैजान पाइन्छ ?
लत्ताकपडा, पावर बैंक, बहुमूल्य वस्तु, सुनचाँदी, गरगहना, पैसा, १०० एमएलभन्दा कमको लिक्विड लैजानुपर्ने हुन्छ । लत्ताकपडाबाहेक यी सामान भने लगेजमा लैजान पाइँदैन ।
लगेजमा के के लैजान पाइन्छ ?
कतिपयले विमानस्थलमा गुन्द्रुक पनि जफत गरिदिएको गुनासो सुनिन्छ । तर, गुन्द्रुक लगेजमा लैजान पाइन्छ । १०० एमएल बढीको सामान लैजान सकिन्छ । त्यसबाहेक खानेकुरा, क्रिम, पर्फ्युमलगायतका सामानहरु लैजान सकिन्छ ।
के के सामानमा प्रतिवन्ध छ ?
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्ड एनएक्स १७ मा विमानमा यात्रा गर्दा के के लैजाने के के लैजान प्रतिवन्ध छ भनेर उल्लेख गरेको छ । आईकाओको मापदण्डअनुसार गाजा चरेस, बम, बारुद लैजान पाइँदैन ।
त्यस्तै सुख्खा नरिवल, लाइटर ह्याण्ड र लगेज दुबैमा पनि लैजान पाइँदैन । तर जट्टा पानीवाला नरिवल लगेजमा लैजान पाइन्छ । सुख्खा नरिवलले आगो टिप्ने खतरा भएकाले लैजान पाइँदैन । विमानस्थलबाट सबैभन्दा बढी प्रतिवन्धित वस्तु लाइटर बोकेको भेटिने गरेको छ ।
अहिलेसम्ममा सबैभन्दा बढी नै लाइटर निकालिएको छ । त्यसपछि कैँची निकाल्ने गरेको छ । ई-सिगरेट भारतबाट फ्लाइट हुनेले लैजान पाइँदैन । भारतमा ई-सिगरेट प्रतिवन्ध छ । एयर इन्डिया, इन्डिगो, भिस्काराको फ्लाइटबाट जाने यात्रुको भेप सिज गरिन्छ । अन्य देशमा ह्याण्ड क्यारीमा हालेर लैजान सकिन्छ ।
के ड्रोन लैजान पाइँदैन ?
विमानस्थलबाट ड्रोन निकालिदिएको धेरै गुनासो आउने गरेको छ । के ड्रोन लैजान नपाइने हो त ?
होइन ड्रोन लैजान पाइन्छ । तर, पार्ट छुट्याएर लैजान पाइन्छ । ड्रोनको ब्याट्री निकालेर ह्याण्ड क्यारीमा र बाँकी पार्टपुर्जा लगेजमा हालेर लैजान सकिन्छ ।
ह्याण्ड क्यारीमा लैजान नपाइने सामान
हातहतियार तथा विस्फोटक पदार्थहरु : कैँची, चक्कु, खुकुरी, पिस्तोल, गोली तथा गोलीको खोका, बन्दुक (नक्कली वा खेलौना), गोलाबारुद, बम, ब्याट्री, सलाई लाइटर, हक्की स्टिक, क्रिकेट ब्याट, सिरिन्ज तथा धारिलो वस्तु तथा औजारहरु आदि ।
तेलजन्य पदार्थहरु : घ्यु, खाने तेल, मह
सूर्तीजन्य पदार्थहरु : सबै प्रकारका खैनी, सूर्ती
मासुजन्य पदार्थहरु : मासु, सुकुटी, मासुबाट बनेका अचार आदि ।
फलफूल, तरकारी तथा यसका बीउबिजन, खुर्सानी तथा यसका अचार, कम्प्रेस्ड ग्यास, एसीड, पारो, विकिरणधर्मी वस्तुहरु
विष तथा कीटनाशक पदार्थहरु, रासायनिक तथा जैविक पदार्थहरु, लगेजमा लैजान नपाइने सामानहरु
हातहतियार तथा विस्फोटक पदार्थहरु : पिस्तोल, गोली तथा गोलीको खोका, बन्दुक, गोला बारुद, बम आदि ।
तेलजन्य पदार्थ : घ्यु, खाने तेल, मह, (व्यक्तिगत प्रयोजनका लागि गन्तव्य मुलुकको नियमानुसार )
सूर्तीजन्य पदार्थहरु : सबै प्रकारका खैनी, सुर्ती (व्यक्तिगत प्रयोजनका लागि गन्तव्य मुलुकको नियमानुसार)
मासुजन्य पदार्थहरु : मासु, सुकुटी मासुबाट बनेका अचार आदि (व्यक्तिगत प्रयोजनका लागि गन्तव्य मुलुकको नियमानुसार)
विकिरणधर्मी वस्तुहरु, विष तथा कीटनाशक पदार्थहरु
रासायनिक तथा जैविक पदार्थहरु, कम्प्रेस्ड ग्यास, एसिड, पारो
कुन सामान लगे यात्रु पक्राउसमेत पर्छन् ?
आईकाओको मापदण्डले प्रतिवन्ध लगाएको सामान लैजाँदै गरेको अवस्थामा फेला पारे यात्रु तत्काल पक्राउ पर्नसक्छन् । यी सामान लिएर जानुभयो भने तत्काल पक्राउ पर्न सक्नुहुनेछ ।
सबै प्रकारका बन्दुक, राइफल, पेस्तोल र यस्तै प्रकारका सामानहरु सक्कली जस्तो देखिने सबै प्रकारका नक्कली बन्दुक, राइफल, पेस्तोल र यस्तै प्रकारका अन्य सामानहरु ।
सबै प्रकारका गोलीगट्ठाहरु, सबै प्रकारका विस्फोटक पदार्थहरु, हानिकारक रासायनिक वस्तु छोलोरी लैजान खोजेमा यात्रु पक्राउ पर्न सक्छन् ।
जफत हुने सामानहरु
यात्रुले जान अञ्जानमा केही सामानहरु लगेको पाइएमा जफत हुन्छ:
ग्यास लाइटर र व्याट्रीहरु
कर्कस्क्रयुहरु
दाह्री काट्ने ब्लेड छुरा
स्वीटर बुन्ने काटी, धागो
खुर्सानीको धूलो
ठूलो एवं भारी चिज वस्तुहरु
ड्रिलिङ मेसिन तथा सबै प्रकारका आरा तथा करौती, पेचकसहरु
धनुष तथा धनुषको वाण
सबै प्रकारका फलामे छड
मार्शल आर्टसका सामानहरु
खेलकुदका विभिन्न सामाग्रीहरु
घरेलु प्रयोगमा आउने काट्ने, घोच्ने धातुका वस्तुहरु
सबै प्रकारका कैँची
प्रज्वलनशील पदार्थहरु
सबै आकारप्रकारका खुकुरी, छुरी, चुप्पी, खुँडा, तरबार, चक्कु, भाला वा अन्य यस्तै प्रकारका काट्ने वा घोच्ने वस्तुहरु जफत हुनसक्छ । जफत भएका सामानहरु भन्सार विभागले लिलामीमा राख्ने गरेको छ ।
स्रोत: नेपाल प्रेस डट कम
पोखरा फुटबल क्लब, लिस्बनद्वारा बडादशैं तथा दीपावलीको पावन अवसरमा युरोपस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता 'पोखरा गोल्डकप २०८१' सञ्चालन हुँदैं ।
पोर्चुगीज सरकारले अब भिजिट भिषामा आउनेलाई रेसिडेन्सी कार्ड नदिने नीति पारित गरेको छ । सम्भवत: आप्रवासीहरुको संख्या वृध्दिसँगै समस्या पनि बढेकाले आप्रवासीलाई दिइने कार्ड बन्द गर्न लागेको हो ।
यसको लागि प्रारम्भिक चरणमा गर्नु पर्ने सेफ लक नै नहुने भएको छ । त्यसैले कार्डको आशामा पोर्चुगल आउन खोज्ने नयाँ आप्रवासीहरुले विचार गर्नु पर्नेछ ।
तर अहिलेसम्म सेफ ईन्ट्री गरेकाहरुले भने रेसिडेन्सी कार्ड पाउनेछ ।
भोलि पोर्चुगलको लिस्बनमा नेपाल आदिवासी फुटबल कप हुँदै
किरात सोसाइटी अफ पोर्चुगलको आयोजनामा भएको उभौली साकेला कार्यक्रम
पोर्चुगलमा रहेको नेपाली समूदायको सर्वाधिक धनराशी पुरस्कार रहेको धरान फुटबल क्लबले आयोजना गरेको 'प्रथम बुढासुब्बा कप'को उपाधि बिवानसी(B1C)ले जितेको छ । बिवानसीले नेपफ्याम क्लबलाई १-० गोलले हराउदै उपाधि पक्का गरेको हो ।
राहादानी सम्बन्धि अत्यन्त जरुरी सूचना !!!
यही मार्च २४ देखि ३१ सम्म लिस्वनस्थित Rua Jose Estevao, N. 44A, 1150-203, Lisboa मा राहादानी आवेदन संकलन भइरहेको व्यहोरा विदितै छ । सोही क्रममा आवेदन फारम भर्न छुटेका सवै सेवाग्राहीहरुका लागि (२९ फेब्रुअरी २०२४ सम्म राहदानीको म्याद सकिएका, १७ मार्च २०२४ अगाडी राहदानी हराइ पुलिस रिपोर्ट भएका) आज मिति २०८० चैत १४ गते दिनको ठिक २ बजे पुनः ‘इन्रोलमेन्ट’ का लागि आवेदन फारम खुल्ने व्यहोरा सबैका लागि सूचित गरिन्छ । साथै २९ फेब्रुअरी २०२४ सम्म राहदानीको म्याद सकिएका र यसअघि नै आवेदन भरिसक्नुभएका सेवाग्राहीहरुले पुनः मा अनिवार्य इमेल [email protected] गर्नुहुन समेत जानकारी गराइन्छ । छनोटमा परेका सेवाग्राहीहरुको नामावली एकदिन अगावै अवैतनिक नेपाली महाबाणिज्य दूतावासको फेसबुक पेजमार्फत सार्वजनिक हुनेछ ।
नेपाल प्रहरीको सार्वजनिक सूचना
पोर्चुगलमा नेपाली राहदानी नवीकरण टोली आउँदै
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आठौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलन पोर्चुगलको लिस्वनमा शुरु हुँदै
पोर्चुगलमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुँदै
झन्डै १ घण्टाभन्दा बढी समय ‘डाउन’ भएको फेसबुक अहिले पुन: सञ्चालन भएको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय(डिना), नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा संसदीय दलका नेता एवम् अर्थिक मामिला मन्त्री मा. बहादुर सिंह लामा, केन्द्रीय सदस्य नानुमाया बास्तोला र नेपाली कांग्रेस,काभ्रेका जिल्ला सभापति एवम् बागमती प्रदेशका खानेपानी तथा सिंचाइ मन्त्री मा. तिर्थ लामा नेपाली जनसम्पर्क समिति पोर्चुगलले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा
पोर्चुगलमा नेपाली दुर्व्यसनी बढ्दै, उद्दार गरिदिन पीडितहरुको आग्रह लिस्वन । सुनसरीका नवीन (नाम परिवर्तन) पढाइमा अब्बल थिए । गाउँमा साथीभाइहरुको विदेश जाने लहर चल्यो । उनी पनि पढाइ र ....
जनसम्पर्क समिति, पोर्चुगलद्वारा 'राष्ट्रिय मेलमलाप दिवस' को सन्दर्भमा गरिएको चियापान कार्यक्रम
Clique aqui para solicitar o seu anúncio patrocinado.
Vídeos (mostrar todos)
Categoria
Entre em contato com o negócio
Telefone
Website
Endereço
Avenida Da Liberdade, Nº10, 4º Andar
Lisbon, 1250-144
Site e Revista Time Out Lisboa. A revista que lhe diz tudo sobre a cidade
Edifício Diogo Cão, Doca De Alcântara Norte
Lisbon, 1350-352
Bem-vindo à página do PÚBLICO no Facebook, um espaço de informação, partilha e debate.
Lisbon, 1147-501LISBOA
Disponibilização em língua portuguesa de um periódico reconhecido internacionalmente, com artigo
Lisbon
Destak, Desperta para a atualidade! http://www.destak.pt http://classificados.destak.pt http://www.de
Rua General Firmino Miguel N3/Piso 7
Lisbon, 1600-100
A FARMÁCIA DISTRIBUIÇÃO é um espaço dirigido à Farmácia Comunitária.
Lisbon
We are the first and only community for the Nine Inch Nails portuguese fans. / Somos a primeira e única comunidade de fãs dos Nine Inch Nails! - Online since 2008 - FOR LINKS, CLIC...
Lisbon
Especialistas sobre Lisboa desde 2003. A nossa missão: fazer dos lisboetas turistas na sua própria cidade e dos turistas, verdadeiros insiders!
R. Dom Francisco Manuel De Melo
Lisbon, 1070-085
O poder da fortuna só é confessado pelos miseráveis, pois os felizes atribuem todo o seu sucesso à prudência ou ao mérito
Rua Tomás Da Fonseca, Torre E, 3º
Lisbon, 1600-209
🗞️🎙️ Grupo de comunicação social, detentor de marcas de referência no jornalismo português.