Bhupendra Mahat
I am a lyricist, mostly writes ghazal and soft songs. But I am also involved in writing other kinds of literary pieces like poems, short stories etc.
तिम्रो पटपट फुटेका पैतालाले कोरेको धर्सा भित्र
बामे सरेर हुर्केका बर्तमान
तिम्रो ममताको अभावमा
हुन त न दरफराएको कहाँ हो र आमा !
तर
तिमीले आफ्नो गाँस काटेर
भरेको यो मेरो सानो पेट
अचेल कहिले भरिन्न आमा
किन कि
अचेल मलाई धेरै भोक लाग्छ
धेरै भोक यसर्थ कि
यो भोक भित्र लोभ मिसिएको छ
यो भोग भित्र लालच भरिएको छ
हुन त
यो पेट खुम्चिदै जाँदा
यस्को आयतन पनि घटनु पर्ने हो
पाचन शक्ती घटेर
परेजमा तौली तैली खान पर्दा
थोरैमा भरिनु पर्ने हो
तर यो पेट भरिन्न आमा
हो पहिलेपहिले
अलौटा मकै सागको डुकु
गहु बारीको कुटुली कोशा
चिचिले कटमेरा फलफुल
अगेनामा पोलेको आधा काँचो आलु
नुन खोर्सानी देलेर खाको काँक्रो
नपखाली लुगैमा पुछेर खाको मुला
सबले भरिथ्यो यो पेट आमा
अचेल
तिम्रो क्षिण भएको श्रबण शक्ती
लर्खराउने तिम्रा झिना खुट्टा
धमिलिएको तिम्रो आँखा
घटदै गएको तिम्रो स्मरण शक्ती
सबले मलाई खोज्दो हो
माफ गर म लाचर छु आमा
किनकि कहिले नभरिने
यो पेट भर्न तल्लिन छु म
कस्ले लायो साँद आज भुत्ते पनि छुरा भएछ
कस्को आँड पायो कुन्नी लुते पनि शुरा भएछ
सपना रोपेर बिपना बनाउछु भन्थे भन्नेहरु
बन्ने बनाउने भन्दा पनि कुरा धेरै भएछ
यो साझ यो उन्माद बैशले मातिएको उछ्बास
पोखिन खोजेको यौबन अनी अनौठो आभास
हल्का बदमासीले लजाएका मिठा पलहरु
अङ अङ छोएर मातिएको यो शिर्सिरे बतास
शायद म तमशा यही गल्ली यही बस्तिको
त्यो यात्री हुँ म डुब्न लागेको एक कस्तिको
अस्तित्व बिना कस्को ईशारामा चल्छु अचेल
बेसुरमा छु जहाँ पायो तेही म ढल्छु अचेल
म हुनु नहुनु के अर्थ राख्छ र !यो दुनियाँले
यो बत्ती निभेर के ?उज्यालो छर्छ अरु दियाले
उर्लन्छन बेअर्थ किन न आसुको मुल्य छ
श्वास चल्छ किन जिन्दगी यो मरे तुल्य छ
साहारा नै बेसाहारा लाग्दै छ भरोसा टुटेर
भाग्यले लगे जस्तो लाग्छ यो खुशी लुटेर
उस्तै हुन सबै खाली झन्डा र पार्टीको नाम फरक
पाप उस्तै मात्र यिन्का पाप पखाल्ने धाम फरक
जय जय कार र स्तुतीमा तल्लिन छन हुनुमानहरु
उत्तर दक्षिण कुन मोहोडाको मान्ने मात्र राम फरक
झुपडी र महलको दुरी अलग छ कि किरणहरुमा
यसैले त छ यहाँ धनी र गरीबले ओढने घाम फरक
नांगै अाइयो गईन्छ पनि नागै आखिर बाटो नि उही
धन कमायौ कि मन हुन्छ यसैमा मलामीको लाम फरक
धेरै जात धेरै धर्म धेरै भेटियो देउता
मन्दिर मुर्ती जे भने नि तिमी मेरो एउटा
माथा टेके बत्ती बाले कती भाकल गरे
खाली खुट्टा कती हिंडे ब्रत कती बसे
सुख शान्ती दिने खोइ कहाँ रैछ देउता
मन्को शान्ति दिने बरु मात्र तिमी एउटा
खुशी हुँदा संगै हाँस्ने परे मेरो आसुँ रुने
नबोलेरै यो मन मेरो भित्र भित्रै बाट छुने
संसारमा कहाँ हुन्छ यती ठुलो देउता
तिम्रै पूजा गर्न पाउ बिन्ती मेरो एउटा
मनका पराग
तिम्रो सादगी र भोलापन भित्र अंकुरण हुँदा
फुल्छ सुबास कण कणमा
दुर क्षितिजमा हराउन अघि
आफ्ना रक्तिम किरण भित्र
लुकेको रबी हेर्दा
एउटा औनठो आभासमा
म तिमीलाई छुन्छु
तेही किरणमा समाहित भएर
र न्यानो स्पर्श फिजाउछु
तिम्रा हर गोरेटामा
र
पल पल प्रणय बोकी मुटु भरी
हर गुलाफका रंगमा
तिम्रो ओठको मुस्कानमा खोजी गर्छु
हर बिहानिमा प्रेम दिवस
तिम्ले गुनगुनाउने मायाका अनुराग
मन भरी प्रेम गीत बनाउदै
कोर्छु शब्द शब्दमा
र उमार्छु भावनाका सारेगमका धूनभित्र
हर लयमा प्रेम दिवस
नछोएरै छोएका तिम्रो मनको पत्र पत्र
नबोलेरै सोधेका अनगिन्ती सवालहरु
सब साक्षी राखी
तिम्रा स्पन्दन भित्र सुट्टक्क छिरी
धडकिएको अनुभुतीमा
चलाएमान हुन्छ प्रेम दिवस
जिबनका हर रंगमा
अलिकती तिम्रो सामिप्यता
पैचो मागी फुलोस गुलाफ
प्रमिल सुबास मिलाएर
र मगमगायोस प्रेम दिवस
मेरो दिलको आगनमा
प्रणयका सुनौला झुल्का छरेर