Ksh*tiz Poudel

Kshitiz Poudel

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ksh*tiz Poudel, Public Figure, .

02/12/2023

म सधैँ सोच्छु, " हाम्रो परिवारले हाम्रो संरक्षण गरे जस्तै ति अनाथ तथा सडक बालबालिकाको संरक्षण राज्यले कहिले गर्छ? ति बालबालिकाको न्यायको निम्ति को लड्छ? ति बालबालिकालाई कसले आफ्नो परिवारको सदस्य जस्तै सम्झिन्छ? यो समाजले ति बालबालिका प्रतिको आफ्नो दृष्टिकोण कहिले परिवर्तन गर्छ? राज्यले कहिले आफ्नो दायित्व निर्वाह गर्छ?

01/12/2023

जिन्दगी एक यात्रा हो र यहीँ यात्राको क्रममा कहिलेकाहीँ यस्ता ब्यक्ति संग भेट हुन्छ जुन भेटले अझै यो यात्रामा गन्तव्य सम्म पुग्ने आटँ मिल्छ❤️

01/12/2023

उपस्थितिको निम्ति हार्दिक अनुरोध गर्दछु।

पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको पुर्व सन्ध्यामा आयोजित " मर्यादित महिनावारी सचेतना कार्यक्रम "


#बालमैत्रीनेपाल

25/08/2023

म आगो सहन्छु अन्याय सहन्न
म तृष्णा सहन्छु तिरस्कार सहन्न
मेरो शिर उडाउ बरू त्यो सहन्छु
तर केही पराईले टेके सहन्न
अध्यन❤️

24/08/2023

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाहीको गोरैता निवासी उपेन्द्र महरालाई "किन रुनु भएको?" भनी प्रश्न सोध्दा उनले जवाफ दिए :

"नेताहरुले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्, उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार?"

23/08/2023

बुद्धिजीवीहरुलाई एउटा प्रश्नः-

यदि राजनीति समाजसेवा हो भने सरकारले राजनीतिज्ञहरूलाई तलब किन दिन्छ (किनभने समाजसेवामा तिर्नुको कुनै तर्क छैन)?

अरु; यदि राजनीति जागिर हो भने न्यूनतम योग्यताको कुनै प्रावधान किन छैन (किनभने हरेक काममा केही योग्यता मार्जिन हुन्छ)?
🤔🤔🤔🤔

22/08/2023

हरेक बिहान तपाईले अघिल्लो दिनको भन्दा कडा संघर्ष गर्न तयार हुनुहोस् र तपाईले सोचेको भन्दा अगाडि दौडनुहोस्। यो जति चाँडो महसुस हुन्छ उति छिटो तपाईं उत्कृष्ट बन्न सक्नुहुन्छ।

Can't stop loving this view😌

09/04/2023

Click to subscribe the channel:
https://bit.ly/3ndmFdZ

30/04/2022

भगवानको अर्को रुप माया र ममताको खानी
गल्ती गरे सच्याउने आमाको बानी।

जीवनका अप्ठ्यारो परिस्थितिमा आमा हाम्रो साथी
त्यसैले आमा संसारमा सबैभन्दा माथि।

हरेक सम्बन्धमा मिलावट देखें
कच्चा रंगहरुको सजावट देखें।

तर वर्षौ वर्षौं भो आमालाई देखेको
नत उहाँको अनुहारमा कहिल्यै थकान देखें
नत उहाँको ममतामा कुनै मिलावट देखें।

माया दियौं ममता दियौ
सहेर दु:ख कष्ट संसार देखायौ
आमा तिमी माहान हौ।

माया गर्न कोही तपाईं सँग सिकोस्
माया बाड्न कोही तपाईं सँग सिकोस्।

हजुर ममताको मुर्ती मात्र होईन
सबैको मनको टुक्रा हो।

एउटी आमाले अन्य सबैको ठाउँ लिन सक्छिन् तर आमाको ठाउँ अरू कसैले लिन सक्दैनन्।

सम्पूर्ण आमाहरुमा
मातातिर्थ औशीको धेरै धेरै शुभकामना!

गुरु(Guru)Poem-कविता(क्षितिज पौडेल) Kshitiz Poudel 20/03/2022

एकपटक हेरेर प्रतिक्रिया दिनुहोला
https://youtu.be/iayHZ2D4FNI

गुरु(Guru)Poem-कविता(क्षितिज पौडेल) Ksh*tiz Poudel Guru is a person who delivers knowledge and imparts wisdom to his or her disciples. They tell those who follow them about what the fundamental meaning of lif...

राष्ट्रिय विविधता (National Diversity) Poem-कविता क्षितिज पौडेल(Kshitiz Poudel) 18/03/2022

हाम्रो नेपाल कति राम्रो
https://youtu.be/118-ISYkFYE

राष्ट्रिय विविधता (National Diversity) Poem-कविता क्षितिज पौडेल(Ksh*tiz Poudel) Nepal is a multi-cultural, multi-racial, multi-linguistic and multi-ethnic country.It is a country with indigenous nationality. Nepal can be regarded as a cu...

11/02/2022

गजल

कसैको भलो चिताउने जमना छैन
घरको छाना‌ उडाउने हुरीलाई जरिवाना छैन।

म त मुल ढोकाबाटै फर्किएको थिए
भन्छौ तिमी दराजमा गहना छैन।

बलेको आगो ताप्ने बानी पो रहेछ
के गर्नु हुन्छ यहाँ मट्टितेलको खजाना छैन।

मित्र! तिम्रो त चामलको कारखाना रहेछ
यहाँ त खालीपेट सुत्नुबाहेक कुनै बाहाना छैन।।

06/02/2022

वसन्त पन्चमी -सरस्वती वन्दना
सरस्वती माया दृष्टा विणा पुस्तकधारिणी।
हंस वाहनसं युक्ता विद्यादानं कराेतुमे॥
प्रथमं भारती नाम, द्वितीयं च सरस्वती।
तृतीयं शारदा देवी, चतुर्थं हंसवाहिनी॥
पञ्चमन्तु जगन्माता, षष्ठं वागीश्वरी तथा।
सप्तमं कौमुदी प्रोक्ता, अष्टमं ब्रहचारिणी॥
नवमं बुद्धिदात्री च, दशमं वरदायिनी।
एकादशं चन्द्रघण्टेती, द्वादशं भुवनेश्वरी॥
द्वादशैतानि नामानि त्रिसन्ध्यं य पठेन्नरः
जिह्वाग्रे वसते नित्यं ब्रह्म रूपा सरस्वती॥

05/02/2022

समयले हर समयलाई बदल्छ बस् समयलाई अलिकति समय चाहिन्छ।।

04/02/2022

असफलता भनेको तेस्तो मसला हो जसले सफलतामा स्वाद भर्छ।।

02/02/2022

तिमी को हौ भन्ने अरुलाई निर्णय गर्न नदेऊ।
आफ्नो परिचय तिमी आफैले बनाऊ।।

30/01/2022

सहिद दिवसको अवसरमा मैले लेखेका केही पङ्क्ति पस्किने जमर्को गरेको छु। मेरा पङ्क्तिहरू ‌यस प्रकार रहेका छन्:

म जलेको खरानी होइन, अजम्बरी हूँ
जो मर्यो देशको निम्ति, म त्यो सहिद हूँ।।

हट्यो वजुद उसको, जो म सँग लड्दै थियो
देशको रक्षाको अठोट लिएर, जुन सैनिक सिमानामा उभिएको थियो।।

जो देशका लागि सहिद भए, उनलाई मेरो सलाम छ
आफ्नो खुनले जसले देशको माटोमा सिँचाइ गरे, उनी बहादुरलाई मेरो नमन छ।।

बढाई छ देशबासीलाई शान्तिप्रिय देशको
फाँसीको फन्दा प्यारो थियो, हामी देशका लागि मर्ने सहिदको।।

सहिद दिवसको शुभकामना

वर्णविन्यास थालनीमा दीर्घ 29/01/2022

गीत गाएर ह्रस्वदीर्घ सिकौँ

वर्णविन्यास थालनीमा दीर्घ गीतिलयमा समेत

29/01/2022

हिजो बितिसक्यो आज सँगै छ। हिजोबाट शिक्षा लिएर आज सुध्रियौँ, भोलि आफै सप्रिने छ।।

28/01/2022

"बदला" लिएर होइन "बदलिएर" देखाऊ दुनिया फरक पाउनेछौ।।

27/01/2022

गल्ती जिन्दगीको एक पन्ना हो तर नाता पुरै किताब हो। आवश्यक पर्दा गल्तीको एक पन्ना च्यात्नु तर एक पन्नाको लागि पुरै किताब नच्यात्नु।।

श्रीस्वस्थानी व्रतकथा 19/01/2022

श्री स्वस्थानी व्रतकथा अध्याय-३

श्रीस्वस्थानी व्रतकथा

श्रीस्वस्थानी व्रतकथा 18/01/2022

श्री स्वस्थानी व्रतकथा अध्याय-२

श्रीस्वस्थानी व्रतकथा

श्री स्वस्थानी व्रतकथा 17/01/2022

श्री स्वस्थानी व्रतकथा अध्याय-१

श्री स्वस्थानी व्रतकथा

15/01/2022

घर भरि सुगन्ध दिने फुल बनोस् माघी
सुख शान्ति समृद्धिको मुल बनोस् माघी
शत्रुजति टाढी जाउन् मित्र सदा नजिक
रहुन्
प्रियजनलाई जोड्ने सधैं पुल बनोस् माघी।।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई माघी पर्वको शुभकामना। साथै थारु समुदायमा नयाँ वर्षका रुपमा मनाईने यो विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्‍ने कामना।

11/01/2022

"घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन्" पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सम्पूर्णमा हार्दिक शुभकामना।।

01/01/2022

अंग्रेजी नयाँ वर्ष २०२२ र राष्ट्रिय टोपी दिवस २०७८ को हार्दिक शुभकामना।।

25/12/2021

डराउँछौ तिमी किन
डराएर के हुन्छ
आज आफु माथि विस्वास गर
त्यसपछि हेर भोली के हुन्छ
नकारात्मक सोच हटाउँदै
सकारात्मक सोच अपनाउ
डराएर होइन तिमीले
निडर भई जीवन अघि बढाऊ।।

निबन्ध कसरी लेखिन्छ ? 20/11/2021

निबन्ध लेख्ने सरल र सजिलो तरिका
https://youtu.be/DnEHjBqKcV4

निबन्ध कसरी लेखिन्छ ?

Telephone

Website