Routine of Tilottama
,Routine of Tilottama provide information of Tilottama & Butwal
आज सॉझ ५:३० बजे नेपाल भर्सेस बंगलादेशको साफ च्याम्पियनशिप फुटबलको फाईनल खेल हेर्न तिलोत्तमा नगरपालिका गेट अगाडी सबैलाई चुले निम्तो छ !
H*ack भएको बुटवल योगीकुटीमा रहेको ट्राफिक साइन बोर्ड !!
बुटवलका ३७ वर्षिय प्रकाश कुवर र उनकी श्रीमती ३४ बर्षिय अन्नु मल्ल, यो जोडिको बिबाह भएको डेढ महिना मात्रै भयो ! दुई महिना अघि मात्रै प्रकाश कोरियाबाट फर्किएर अनुसंग बिहे गरेका हुन। बिबाह पछी पुर्ख्यौली घर घुम्न आफन्त भेट्न गुल्मी गएका थिए ! २० दिन पछी प्रकाशको कोरियाको टिकट रहेको हुँदा उहाँहरु शुक्रबार काठमाडौंका लागि हिडेका थिए ! तर ऊनीहरु काठमाडौं पुग्न नपाउदै झ्याप्ले खोलाको पहिरोले ऊनीहरु संगै उनिहरुका सबै सपना कहिले पूरा नहुने गरि बगाएर लग्यो ! प्रकाशसंगै प्रकाश कि बहिनी पनि यो संसारबाट बिदाई भईन !
२ वर्ष भयो, मेयर जिउ ले के काम गर्नुभयो ?
B***n को पोस्ट उडाउने स्टेटस पछि समाजिक संजालमा प्रधानमंत्री K P Sharma Oli लाई अनफलो गर्ने अभियान तिब्र।
662K बाट 612K मा पुग्यो फ्लोर्स। घटदो क्रम जारी।।
तिजको दर खाएका देवदहका १८ जना भए बिरामी
रुपन्देहिको देवदह - ६ मा तिजको दरमा खाध विशाक्त हुदा १८ जना बिरामी भएका छन् । देवदह ६ स्थित साहरा आमा समुहले भदौ ६ गते तिजको दर खुवाएको थियो ।
दर खाने क्रममा धेरै जसो (फुड पोइजनिङको) सिकार बन्नु भयो । अहिले सबैजना देवदह अनिता मेडिकल हल खैरेनिमा उपचाररत हुनुहुन्छ । डा. छविलाल गिरिका अनुसार सबै बिरामीमा १०२,१०३र १०४ डिग्री सम्म ज्वरो पनि आएको थियो । उपचार गराउने क्रममा तिनदिनपछि स्वास्थ्य सुधार आएको उहाले बताउनु भयो ।
पारिश्रमिक बाँकी रहेको भन्दै आन्दोलन भइरहेको भन्दै सुरक्षाकर्मी, आगन्तुक र प्रदर्शनकारीबीच झडप, रिसोर्टबाट आगन्तुक बाहिर निस्कन खोज्दा मुख्य गेटमा बसेका आन्दोलनकारीले आगन्तुकलाई बाहिर निस्कन दिएनन् ।
टाइगर प्यालेसका ६० कर्मचारीहरु पुनर्वहालीको माग गर्दै आन्दोलनमा
सिल्भर हेरिटेज र एसएचएल म्यानेजमेन्ट सर्भिसेजले ब्यवस्थापन लिएपनि पुराना कर्मचारीलाई हटाएको गुनासो
रुपन्देहीकै पर्यटन क्षेत्रमा टेवा पुग्ने गरी सञ्चालनमा रहेको पाँचतारे स्तरको टाइगर प्यालेस रिसोर्टमा नयाँ ब्यवस्थापन आएसंगै विवाद बढेको छ । एक वर्षअघि नयाँ व्यवस्थापनमा सेवा शुरु गरेसंगै तिलोत्तमा नगरपालिकास्थित पाँचतारे टाइगर प्यालेस रिसोर्टमा कहिले कर विवाद त कहिले कर्मचारी आन्दोलनका कारण विवाद सृजना भएका हुन् ।
गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदीसहितको टिमले रिसोर्ट विदेशमै खरिद गरेपछि त्यसबापत तिर्नुपर्ने कर सरकारलाई नदिएको भन्दै शुरुवातमा विरोध भएको थियो । अहिले आएर कर्मचारी पुनर्वहालीको माग गर्दै आन्दोलनले नयाँ रुप लिएको छ । नयाँ ब्यवस्थापनले श्रम ऐन विपरितको काम गर्दै कर्मचारीहरुलाई हटाएको भन्दै आइतबारदेखि धर्ना तथा विरोधका कार्यक्रम शुरु भएको छ । ‘होटल र क्यासिनोमा गरी करिब ४ सय कर्मचारीहरु बर्खास्त भएका छन्’—संयुक्त संघर्ष समितिका संयोजक चित्र भण्डारीले भने । श्रम ऐनको २०७४ को दफा १४ अनुसार स्वामित्व परिवर्तन भएपनि पुराना कर्मचारीलाई स्वतः पुनर्वहाली दिने वा स्थानान्तरण दिने भनिएको उनले बताए ।
यही ऐनलाई टेकेर अदालतले कर्मचारीहरु पक्षमा निर्णय समेत गरेको थियो । नयाँ ब्यवस्थापनका अध्यक्ष बुद्धि सुवेदीले कम्पनी खरिद भैसकेपछि पटकपटक वार्तामा बसेको उनले बताए ।
२०८० साल पुस १३ गते प्रतिष्ठान र श्रमिकबिच भएको १४ बुँदे सम्झौता कार्यान्वयनको माग राख्दै आफुहरु आन्दोलन गर्न बाध्य भएको उनले बताए । सम्झौताको पाँच नम्बर बुँदामा क्यासिनो तथा होटलको स्वामित्व परिवर्तन भएपनि यतास्थितिमा स्थानान्तरण हुने भनिएको उनले बताए ।
नया ब्यवस्थापनले त्यो बुँदा कार्यान्वयन गर्न नमानेपछि आफुहरु आन्दोलनमा उत्रनुपरेको उनले बताए । होटलले क्यासिनो र क्यासिनोले होटललाई देखाएर आलटाल गरेको उनले बताए । नयाँ व्यवस्थापनले यो सम्झौता थाहा पाएका छैन भन्नु गलत भएको उनले दुखेसो गरे । पुनर्वहाली हुनेलाई १ लाख ६५ हजार रुपैयाँ र छोड्नेलाई २ लाख ६६ हजार रुपैयाँ दिने गरी सम्झौतामा हस्ताक्षर भएको उनले दाबी गरे ।
वार्ताबाट निकास ननिस्कने भएपछि अब सडकमा आएको भन्दै अबको आन्दोलनलाई निरन्तरता दिने उनले बताए । पुरानो कम्पनी बन्द पनि भाएको छैन नयाँ दर्ता पनि भएको छैन ।
यता एस.एच.एल. म्यानेजमेन्ट सर्भिसेज प्रालि, ट्रेड युनियनका अध्यक्ष रोशन गुरुङले १४ बुँदे सम्झौता सम्बोधन भएपछि मात्र पर्यटन कार्यालयबाट लाईसेन्स प्राप्त हुने भनिएको भएपनि कम्पनीले झुट्टो प्रमाण कार्यालयमा पेश गरेको आरोप लगाए ।
‘पर्यटन कार्यालयबाट प्रि लाईसेन्स दिदा समेत गलत प्रमाण पेश भएको छ’— उनले भने । प्यालेसका अब ८५ जना पुनर्वहाली हुनुपर्नेमा ६० जनाको निर्णय नभएको उनले बताए । यसैगरी काठमाडौंमा २०९ जना यस्ता कर्मचारीहरु अन्यौलमा परेका छन् ।
ट्रेड युनियन रुपन्देहीका राम ढकालले नयाँ ब्यवस्थापन आदातलको निर्णय र श्रम ऐनलाई नै अस्वीकार गरेर दम्भ देखाएको भन्दै अब कानुनी पाटोबाट नै अघि बढ्ने बताए ।
अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले रिसोर्ट सञ्चालन तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब ५ अर्ब रुपैयाँ लगानी गरेको थियो । कोभिड महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको आन्तरिक विवादको कारण केही वर्षदेखि रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन । करोडौ रुपैयाँ घाटा व्यहोर्दै आएको रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन नसक्दा नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको करोडौं राजस्व पनि गुम्दै गएको थियो ।
:
रुपन्देहीको सीयारी -७ तिनाउ नदी वरिपरि घुमी रहेको बाघकाे तस्बिर ।
सबै सुरक्षित रहौं
तस्बिर- नारायण अर्याल, सियारी ।
छोरीलाई जन्म दिएर अस्ताइन् रुपन्देहीको शान्ति नमूना माविकी अंग्रेजी शिक्षिका सिर्जना ।
भावपूर्ण श्रद्धाञ्जली ।
सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।भन्दा नमिठो सुनिएला तर यहीँ कुरा त्रिससुलिमा ज्यान गुमाउनेको लागि किन गरिएन ? 🤔
किन विभेद? प्लेन र बसमा चढ्नेको ज्यान सबैको एउटै हैन र ?😭मृत्युको पनि मूल्य हुने रहेछ ! 😥
फरक हैसियत फरक ब्यबहार जय शंभो
(विमानभित्र १९ यात्रु सवार) —त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् जाहा १९ जाना यात्रु सवार थिए।
पशुपतिनाथको कृपाले सबै सुरक्षित रहुन।😥
एसीयाका नै धनी भारतीय व्यावसायी Mukesh Ambani का छोराको बिहेमा सहभागी नेपालका डलर अर्बपति Binod Chaudary का कान्छा छोरा बुहारी। उक्त वैवाहिक कार्यक्रममा बलिउडका प्रायः सबै कलाकार पुगेका थिए । 😲😲
पृथ्वी राजमार्गको नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशुली नदीमा खसी बेपत्ता भएका दुईवटा बस तथा यात्रुहरुको खोजी जारी छ ।
खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारको गोताखोर सहितको उद्धार टोली, सशस्त्र प्रहरी बलकै नम्बर १७ गण हेक्वा चितवनको अर्को टोली खटिएको हो ।
त्यसैगरि नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौलीबाट खटिएको टोली र नेपाल प्रहरीको टोली संयुक्त रुपमा परिचालित छन् । सुरक्षाकर्मीहरुले राफ्ट बोट (Raft Boat) सहितका उपकरणको सहायतामा खोजी कार्य गरिरहेका हुन् ।
काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बसहरु पहिरोमा परेका थिए ।
Nepal Police Armed Police Force, Nepal
भैरहवामा बुद्ध एयरको जहाज राति धावनमार्गमा चिप्लियो, सबै यात्रु सकुशल, विमानस्थल बन्द
५९ यात्रु बोकेर भैरहवा गएको उडान नम्बर ८०५ को जहाज पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा चिप्लिएको
जहाजमा रहेका सबै यात्रु सकुशल रहेका छन् भने जहाज सोही ठाउँमै रहेका कारण अन्य उडान ठप्प छन् ।
जहाज धावनमार्गमा रहेका कारण विमानस्थल बन्द रहेको छ ।
अत्यन्तै दुखद !
नारायणगढ मुग्लिन सडक अन्तर्गत सिमलतालमा आज बिहान अन्दाजि ३:३० बजे माथिबाट आएको लेदो पहिरोले दुईवटा बस त्रिशुली नदीमा झारेको जानकारी छ। बिरगंज - काठमाडौ ( एन्जल बस)-२४ जना र काठमाडौ - गौर(गणपति डिलक्स-४१ जना सवार रहेको जानकारी।
चितवन प्रहरीका प्रमुख एसपी भावेश रिमालले आफुहरु घटना स्थलमै भएको जानकारी दिनुभयो। फोन स्पष्ट नभएकोले अझ यथेष्ट विवरण प्राप्त गर्न सकिएन।
श्रोतः प्रकाश ज्ञवाली, भरतपुर चितवन
नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध मुद्दा दायर !
नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । मंगलबार उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
यातायाता व्यवस्था कार्यालय बुटवलका कम्युटर अपरेटर लक्ष्मण पाण्डे (करार), पदम राज आचार्य, सुवास पौडेल, यातायात व्यवस्था कार्यालय कावासोती, नवलपरासीका कम्युटर अधिकृत रामकृष्ण श्रेष्ठ, यातायात व्यवस्था कार्यालय कास्कीका कम्युटर अपरेटर विनोद भण्डारीलगायतलाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको हो ।
अर्को दुखद खबर 🥲🥲 : जानकीनगर बस दुर्घटना, आमासँगै ३ वर्षिय प्रिन्स खत्रीको पनि निधन
तिलोत्तमा । असार २६ गते । गत असार २१ गते अर्थात शुक्रबार तिलोत्तमाको जानकीनगरमा बसको ठक्करबाट आमाछोरा गम्भीर घाइते भएको घटनाका आमा छोरा कै उपचारका क्रममा दुखद निधन भएको छ । मृत्यु हुनेमा जिल्ला गुल्मी दरबार गा.पा ६ घर भई हाल तिलोत्तमा–२ शंकनगर स्थित डेरा गरी बस्ने अन्दाजी ३० बर्षीय रुपा खत्री र मृतकका ३ बर्षीय छोरा प्रिन्स खत्री रहेका छन । रुपा खत्रीको यै बुटवलमा र प्रिन्स खत्रीको काठमाण्डौंस्थित मेडिसिटी अस्पतालमा निधन भएको पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले जानकारी दिए । गंभीर घाईते मृतकका छोरा ३ बर्षीय प्रिन्स खत्रीको चौराह अस्पताल बुटवलमा उपचार भैरहेकोमा त्यहाँ उपचार हुन नसकि थप उपचारका लागी अहिले काठमाण्डौं रिफर गरिएकोमा उपचार कै क्रममा निधन भएको हो ।