Dr. Suman Shrestha
This page is created to share health information to aware our society for prevention of the diseases in time for their health promotion.
गर्भनिरोधक Implant हटाउन.........................................
यामागुची अस्पताल, फुनाबाशी, चिबामा गर्भनिरोधक Implant हटाउन सकिन्छ ।
मंगलबार, शुक्रवार र शनिबार 1130 देखि 1200 सम्म सेवा उपलब्ध छ। कृपया तपाईंको बुकिङको लागि टेलिफोन गर्नुहोस्। हटाउने काम नरप्लान्ट राखेको ठाउँमा लठ्ठ्याउने औषधि दिएर छोटो समयमै अपरेशन गरिन्छ। तपाईले एक हप्ता पछि फलो-अप जाँचको लागि अस्पताल जानु पर्छ। प्रारम्भिक परामर्श, हटाउने, र फलो-अप सहित यसको लागत JPY 13,000 छ, अहिले केहि थप पनि गरेको हुनसक्छ । यसको लागि स्वास्थ्य बीमा लागू हुँदैन। कृपया यामागुची अस्पतालमा सम्पर्क गर्नुहोस्: ०४७-३३५-१०७२
Removal of contraceptive implants at Yamaguchi Hospital, Funabashi, Chiba.
You can get the service before noon on Tuesdays, Fridays, and Saturdays. Booking by phone is recommended. It is necessary to come to the hospital for the follow-up check a week after removing it with local anesthesia and suture. It costs JPY 13,000, including initial counseling, removal, and follow-up. Health insurance is not applicable.
Please contact Yamaguchi Hospital: at 047-335-1072
कोरोनाको भ्याक्सिन लगाएकोले फ्लुको भ्याक्सिन लगाउन मिल्छ होला?
जापानमा आजभोलि तपाईंको काम गर्ने ठाउँबाट फ्लु भ्याक्सिन लगाउने हो भनेर सोधेको र तपाईंले केहि दिन हप्ता अघि मात्र कोरोनाको भ्याक्सिन लगाउनु भएको थियो भने पनि फ्लु भ्याक्सिन लगाउन मिल्छ । चिसो मौसममा सजिलै रूघा खोकि लाग्नेहरूले फ्लु भ्याक्सिन लगाउन सक्नुहुनेछ ।
गर्भवती महिलाहरू, दिर्घ रोगीहरूले लगाउन उत्तम हुन्छ । यसले निमोनिया हुन बाट जोगाउँछ । लगाएका र नलगाएका बिच अस्पताल भर्ना दर फरक पाइएको छ ।
बारम्बार सोधिने प्रश्न भएकोले फेरि यहाँ राख्दैछु; lumbar disc hernia भएका बिरामीले यो हेर्नु होला .....................................................................................................
ढाँड दुख्ने समस्या हाम्रो काम गराइ र सुताइका कारण हुनसक्छ - मांसपेशी देखि मेरूदण्ड रहने केशेरूका हड्डी (vertebral bone) को समस्याहरू ले गर्दा हुन्छ । यसको लागि कुन ठाउँमा के कस्तो चोट लागेको छ, असर गरेको छ भन्ने जानकारी महत्वपूर्ण हुन्छ । दीर्घकालीन दुखाई रहन सक्ने हुनाले दुखाई कम गर्ने औषधि सेवन गरिरहनुभन्दा फिजियोथेरापीमा जोड गर्दा राम्रो हुन्छ । रोगको प्रवृत्ति अनुसार फरक फरक फिजियोथेरापी गर्नुपर्ने हुन्छ त्यसैले एक पटक राम्रो संग जचाउनुहोला । कसैलाई लाभदायक हुने फिजियोले अर्कालाई नोक्सान गर्न सक्छ, समस्या बल्झिन सक्छ । उदाहरणका लागि केहि YouTube लिंकहरू म यहाँ राख्दैछु । तर एक चोटि एक्स रे (Lumbar X-ray) वा सिटी स्कायन (CT scan) वा एम आर आई (MRI) रोगको प्रवृत्ति अनुसार जाँच गरेपछि चिकित्कसंग सल्लाह लिएर गर्नुपर्छ । यसै YouTube भिडियो हेरेर सुरूवात भने नगर्नुस्, आफ्नो समस्याको मुख्य जड के हो त्यो पत्ता लागे पछि सल्लाह अनुसार गर्नुहोला ।
Disc hernia भएकोलाई उपयुक्त:
https://youtu.be/sDenSUIGuek
Disc hernia भएकोलाई हानीकारक:
https://youtu.be/PwgrPwRl75I
तल्लो ढाँड दुखाइको बारे अमेरिकाको UCLA विश्वविधालयको जानकारीमूलक फिजियोथेरापी
https://youtu.be/lxxi7n0qptQ
जापानमा प्रसुति पश्चात आइपर्ने जटिलताको लागि नजिकै उपलब्ध भएसम्म पहिले नै सुविधा युक्त अस्पताल रोज्ने गरौँ ......................................................................................................
आज बिहान पत्रकार मोहन घले ज्यु संगको कुराकानीमा थाहा लाग्यो कि गुनमा केनको इसेशाकी सहरमा एक आमा को प्रसुति पछि रक्त्श्राब भएर रगत रोक्न नसकेर मृत्युवरण गर्नु परेको दु:खद घटना घटेछ l शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै आम अन्य नेपाली समुदायलाई भने तपाईंको परिवारमा कसैलाई यहाँ जापानमा सुत्केरी गराउनु पर्ने छ भने सकेसम्म आफु नजिकै ठुला अस्पताल जहाँ इन्टरभेन्स्नल रेडीओलोजी सुविधा उपलब्ध छ, मिलेसम्म त्यस्तो सुविधा युक्त अस्पताललाई प्रसुति सेवाको लागि रोज्नु होला l बाहिरी रगत नदेखिने भित्र रगत बगिरहेको शंका हुँदा प्रसुति विशेषज्ञहरुले इन्टरभेन्सनको लागि सम्पर्क गर्नु हुन्छ l
रगत नली बाट औषधि/कन्त्रास्त दिएर कहाँ बाट रगत बगिरहेको देख्न सकिन्छ र त्यसलाई रगतनलि बाट नै बन्द गर्न सकिन्छ l सामान्यतया प्रसुति विभागमा नै औसधि, सर्जरी हरु बाट रोकथाम गर्ने गरिन्छ भने जटिल केशमा सबै मिलेर सहभागी भएर यस्ता उपचार विधिहरु अपनाउने गरिन्छ l हामी कहाँ कहिले कहीं नजिकै का अस्पतालबाट नि इमर्जेन्सी अप्रेसनको लागि रेफर हुन्छ, र वहाँहरुको पाठेघरमा रगत लाने रगत नली लाइ औसधि दिएर बन्द गरिन्छ, केहिमा पाठेघर फाल्नु पर्ने जटिलता निम्तिन सक्छ भने धेरैमा त्यस्तो हुँदैन l
तपाईं नजिक त्यस्ता सुविधा सम्पन्न अस्पताल हरु छन् भने प्राथमिकता मा तिनै अस्पतालहरु लाई रोज्नु होला, बच्चा जन्मदा केहि समस्या देखा परे नि त्यस्ता अस्पतालमा नवजात शिशुको लागि आइ.सी.यु सेवा, सघन उपचार कक्ष हरु उपलब्ध हुन्छ l उपलब्ध नहुँदा आमा एउटा अस्पतालमा नवजात शिशु अर्को अस्पतालमा उपचार गर्नु पर्ने हुन्छ l
रगत रिपाेर्ट तलमाथि हुँदा चिकित्सकलाई परामर्श नगर्दा यस्ले गलत समस्या किटान गर्न सक्ने जाेखिम हुन्छ । ख्याल गर्नुहाेला ।.............................................................................
बच्चाकाे रगत जचाउँदा वयस्क/ तरूण उमेर काे बिरामीकाे लागि तयार गरिएकाे रिपाेर्टकाे रेफरेन्स अनुसार धेरै थाेह्रै भनेर संकेत गरियाे भने बच्चाकाे डाक्टर बाहेक अरू झुक्किन सक्छन् । नेपालमा सितिमिति बिरामीकाे उमेर अनुसारकाे स्याम्पल वा रिफरेन्स राख्ने गरिँदैन भन्ने कुराकाे याे एउटा उदाहरण हाे । याे क्लिनिक वा अस्पताल नेपालमा उपत्यकामा राम्राे चलेकाे अस्पताल हाे ।
मलाई साेध्ने व्यक्ति पनि स्वयं स्वास्थ्य संग नै सम्बन्धित व्यक्ति हुनुन्छ, उहाँ आत्तिनु भयाे भने अरु नआत्तिने कुरै भएन ।
सिधै ल्याब रिपोर्ट लिएर औषधि पसल गएर पसलेले त्यहि अनुसार औषधि चलायाे भने त्याे गलत हुन्छ त्यसैले हत्तपत्त चिकित्सकलाई सल्लाह नगरी उपचार गर्नु गलत हुन्छ । यहाँ बिरामीलाई साे अस्पतालमा उपचार भने सहि भएकाे छ तर रिपाेर्ट बारे नबुझाइएकाे बुझिन्छ ।
कृपयाँ यस्ताे ल्याब रिपाेर्ट बनाउनेले उमेर अनुसार फरक हुन आउने रेन्जहरू समावेश गरेर नमुना राख्नुहाेला र पछि त्यहि नमुनाअनुसार घट बढ भएकाे जनाउनुहाेला र बाल राेग विशेषज्ञहरूले पनि याे बुझाइदिनुहाेला र आफूले हेर्ने रिपाेर्टकाे ल्याब रिफरेन्स वयस्ककाे त छैन भनेर ध्यान दिनुहाेला र रहेछ भने ल्याब लाई अब देखि गल्ती साेच्याउनकाे लागि ध्यानाकर्षण गराउनुहाेला ।
साना नानी बाबुका बुवा आमा हरु ले बेला बेलामा यसरी प्रश्न गरिरहनु भएको हुन्छ, नजिकै क्लिनिक बन्द भएको अवस्थामा, वा जान नसकिने बेला बच्चालाइ जोरो आउँदा के ख्वाउन सकिन्छ भनेर सोध्नु हुन्छ l
क्लिनिक खोलेको समयमा, नजिकै समय निकालेर जान सकिन्छ भने पहिलो प्राथमिकता संधै क्लिनिक गएर जचाउनु पर्छ l जोरो आउनुका धेरै कारणहरु हुन्छन, डाक्टरले नाख, कान, घांटी, छात्ती सबै जाँचेर चाहिएको खण्डमा टेस्ट हरु गरेर निष्कर्षमा पुग्ने अनि बल्ल औषधि लेख्ने हुनाले जचाएर मात्र उपचार गराउने प्रयास गर्नु होला l
अफ्ठेरो हुँदा मात्र यो औषधि किनेर प्रयोग गर्न सक्नु हुन्छ l यसले जोरो, रुगा, घांटीको खसखस, जोरोले निम्त्याउने टाउको दुखाइ हरु कम गर्छ l
मात्रा:
खाना पछि दिनको ३ पटक ४ घण्टाको फरकमा दिने, अफ्ठेरो हुँदा थप्न सकिन्छ ६ पटक सम्म लिन सकिन्छ भनेर सुझाइएको हुन्छ l
एक पटकमा:
३-६ वर्षका लागि = १० मिलि लिटर
१-२ वर्षका लागि = ७.५ मिलि लिटर
६ देखि ११ महिना = ६ मिलि लिटर
३ देखि ५ महिना = ५ मिलि लिटर
३ महिना मुनिको लागि = प्रयोग नगर्ने l
Sunburn / घामले निम्त्याउने छाला सुनिने, पोल्ने समस्याका लागि के गर्ने? कुन मलम लगाउने, त्यसको लागि यो पढ्नु होस् l.........................................................................................................
अहिले गर्मीमा समुन्द्रमा गएर रमाइलो गर्ने समय छ, राम्रो संग संस्क्रिन (sunscreen) लगाइएन, धेरै बेर छाला घामको रापमा पर्यो भने छाला रातो हुने, सुनिने, पोल्ने हुनसक्छ र केहिलाई अझ कडा फोका हरु आउने हुन सक्छ l यसको रोकथाम संस्क्रिन लगाउने, र धेरै बेर घामको रापमा नबस्ने टेन्ट लगाएर ओत लाग्ने र तुरुन्तै चिसो पानिले छालालाई सितल बनाउने गर्नु पर्छ l छाला रातो हुने वा जलन महसुस हुने बित्तिकै उपचारमा ध्यान दिनु पर्छ l
१) सब भन्दा पहिले चिसो पानीले नुहाउने, र पुरै सुक्खा गरेर नपुछ्ने, केहि पानी छालामा रहन दिने l सुक्खापन कम गर्न मोइस्चराइजर मलम लगाउने l
२) मोइस्चराइजर किन्दा घिउकुमारी (aloe vera) भएको वा soy भएको किन्नु ठिक हुन्छ l घरमै घिउ कुमारी छ भने त्यो नै प्रयोग गर्न सकिन्छ l
३) धेरै गाह्रो पोल्यो सुनियो दुख्न थाल्यो भने दुखाइ कम गर्ने आइबुप्रोफेन भएको अस्तिको पोष्ट हेर्नु होस्, दुखाइ कम गर्ने औषधि त्यो लिन सकिन्छ l र जापानको ड्रग स्टोरमा calamine lotion किन्न पाइन्छ त्यो लगाउन सकिन्छ, त्यसले सितल बनाउछ र सजिलो हुन्छ; यो बच्चालाइ पनि लगाउन सकिन्छ भनेर लेखिएको हुन्छ l
४) फोकाहरु आएका छन् भने नफुट़ाउनुहोस, त्यसले गर्दा छाला मा संक्रमण हुनसक्छ; त्यसलाई यत्तिकै आफै सन्चो हुन छाडिदिनुहोस् र गाह्रो महसुस हुँदा छालाको डाक्टरलाइ देखाउनुहोस् l फोका आउनु भनेको सरिरबाट पानीको मात्रा छालाको सतहमा आउनु हो, त्यसैले रगतमा पानी कम हुने, डिहाइड्रेसन हुनसक्छ - त्यसको लागि पर्याप्त मात्रामा पानी पिउनुहोस l सरिर मा पानी कमि भएको वा बेसी पिएको संका लागे पिसाबको रंग बाट थाहा लाग्छ, त्यो बुझ्न मेरा पहिलेका पोष्ट हेर्नुहोस् l
५) सन्चो नभइन्जेल छालालाइ सिधा घाम पर्न बाट जोगाउनुहोस्, छाता ओड्ने, सितल लुगा लगाउने, गाढा नभएर हलुका रंगको लुगा लगाउने, UV कटौती गर्ने पहिरन लगाउने l
यी उपाए अपनाउदा नि सजिलो भएन भने छाला रोग क्लिनिक जानु होला l
चित्रको श्रोत: https://commons.wikimedia.org/wiki/File:Sunburn_Treatment_Practices.jpg?fbclid=IwAR1rNmRXH5_55BhUd3sMFJafOl-GG2muIBUOwnmiciSlkLLaMLzf2bY1vrc
अत्याधिक गर्मीमा कारण मुटु, मृगौलाहरुमा असर हुनसक्छ भन्ने बारेमा जानकार हुनुन्छ? हुनुन्न भने यो पढ्नु होला l........................................................................................................................................
केहि समय यता मैले अत्याधिक गर्मिका कारण हुने समस्याहरु heat exhaustion, heat stroke को बारेमा सचेत रहन नेपाली समुदायलाइ बुझ्न सजिलो होला भनेर नेपालीमा लेखेको थिएँ र पछि पिसाबको रंगको बारेमा एउटा पोष्ट गरें l यी दुबै बुझ्न सक्नु भयो भने कतारमा रहेका हाम्रा दाजु भाइ हरु र अहिले विश्व भरि जहाँ पनि अत्याधिक गर्मि बढेको छ, नेपाल एशियालि अन्य मुलुकहरुमा, युरोप, बेलायत यी सबैमा रहने नेपालीहरु ले यो समस्या बाट जोगिन सक्नुहुन्छ l
केहि वर्ष यता जापानमा नै युवाहरु को
- एक्कासी मुटुमा असर परेर मृत्यु भएको भन्ने खबर हरुको एउटा कारण यो पनि हुनसक्छ, र
- अर्को समस्या भनेको मृगौलामा पुग्ने असर हुन् l
गर्मि मौसममा तपाईंलाइ पानी कम हुँदा मृगौला लाइ हानि पुगिरहेको हुन्छ l कतार जस्ता देशहरुबाट फर्किएका नेपालीहरुका समस्या अहिले को दिन मा जुन सुकै देशमा गर्मि मा काम गर्नु परिरहेका नेपालीहरु मा हुन सक्छ, नेपाल मै बस्ने नेपाली कामदारहरु लाइ पनि यो समस्या हुन सक्छ l यी कुरा हरु बुझ्न र बुझाउन जरुरि छ l यस्ता समस्या हरु सचेत रहेर राम्रो संग पानी पिउने र गर्मि छल्न उपायहरु अपनाउन सकियो भने समयमा नै रोकथाम गर्न सकिन्छ l
यहाँ दुइ ओटा शोध पत्रहरुको स्क्रिनसट राखेको छु , जहाँ गर्मि का कारण नेपालीहरुमा देखिएका मुटुका समस्याका कारण मृत्यु भएका र मृगौला जोखिममा परेका बिरामीहरु को बारेमा लेखिएको छ l विस्तृतमा पढ्न ति लेखहरु अनलाइनमा खोजेर पढ्न सकिन्छ l
के तपाईं कि तपाईंका आफन्त ईन्सुलिन/insulin लगाएर चिनीरोगको उपचार गराइरहनु भएको छ र वर्त बस्ने सोच्दै हुनुन्छ?
त्यसो हो भने निकै घातक कदम चाल्दै हुनुन्छ । दिनभरीमा खाना खाजा केहि नखाएको अवस्थामा ईन्सुलिन लगाउॅंदा शरीरमा रगतमा चाहिने भन्दा निकै कम हुन्छ चिनी (blood glucose) को मात्रा र यसलाई hypoglycemia, हाइपोग्लाइसेमिॅंया भनिन्छ । यो अवस्थामा असहज महसुस भएमा कमजोरी भएमा तुरून्त चिनी पानी, गुलियो चकलेट, ग्लुकोज पानी पिउनु वा खानुपर्छ; गरिएन भने बिरामी अचेत, hypoglycemic shock मा जान सक्छ र समयमा उपचार पाएन भने यसले दु:खद घटना निम्त्याउॅंछ ।
आफू सचेत बनौं र अन्यलाई सचेत गराऔं ।
पिसाबको रंग; दैनिक चाहिने पानीको मात्रा र श्रोत; अत्यधिक पानीको सेवन पश्चात water intoxication को लक्षण र समयमा नै अस्पतालमा उपचार, यो बुझौं र अरुलाई पनि बुझाउने गरौँ l..........................................................................................................................................
गर्मि छ, पसिना बग्छ, राम्रो संग पानी पिउनु पर्छ भन्नुको अर्थ पानी अत्यधिक पिउने चाहिं गर्नु हुन्न, छोटो समयमै धेरै पिएर रगतमा बेसी पानी भएर रगतमा हुने नुन सोडियमको एकाग्रता/concentration घटेर स्वास्थ्य समस्या water intoxication हुन्छ l त्यस्तो बेला
- टाउको दुख्ने
- मांशपेसी ऐंठन/spasm हुने, कम्जोर हुने
- भोमिट होला जस्तो वा हुने
- झुम्म पर्ने, थकाई लाग्ने जस्ता लक्षण हरु देखा पर्छ l यसो भए तुरुन्त क्लिनिक/ अस्पताल जानु पर्छ l
जति पसिना बगेको छ, त्यति मात्र र दैनिक महिला ले ३ लिटर हाराहारी र पुरुसले ४ लिटर हाराहारी पानि पिउने हो भने पर्याप्त हुन्छ l
त्यो पानीको मात्रा
- खाने पानी
- चिया
- सोडा
- कफी
- झोलिलो खाने कुरा
- सुप
- फलफुल
- तरकारी सबै मिलाएर त्यति भए पर्याप्त हुन्छ l
त्यति पानी खानु पर्ने रहेछ भनेर फेरी १ २ घण्टा मै ३ ४ लिटर पिउने होइन, यसो गर्दा नि water intoxication हुन्छ, जुन ज्यानलिने घातक समस्या बनेर निम्तिन सक्छ समयमा उपचार गरिएन भने l दिनभरीमा बिस्तारै माथि उलेखित सबै पानी जन्य कुरा हरु बाट शरीरलाइ चाहिने पानी पुराउने हो l
अरुले भन्दा नि धेरै आत्तिने मान्छे हरुले नबुझेर त्यसरी छोटो समयमा बेसी पिएर समस्या लिएर अस्पताल आउने गर्छन, कसैलाई त्यस्तो भ्रम भएर केहि समयमा नै ३ ४ लिटर पानी पिएर समस्या हुने गरेको बुझिन्छ l यो समस्या भएपछी अस्पतालमा गाइडलाइन अनुसार, रगत हरु जाँचेर समय लिएर उपचार गरिन्छ l समस्या नबुझी water intoxication हुँदा सोडियम/नुन कम देखेर हतासमा गैरचिकित्सकबाट उपचार गर्न थालियो भने शरीरको ४ ओटै हात खुट्टा नचल्ने गरि समस्या निम्तिन सक्छ, मान्छे को गिदी/ब्रेनमा समस्याहरु देखापर्छ l त्यसैले यो अस्पतालमा चिकित्सकले नै उपचार गर्नु पर्ने हुन्छ l
त्यसैले म आफ्ना मान्छे हरु लाइ , घर परिवारको लागि पनि हचुवाको भरमा उपचार नगर्नुस भन्छु, अन्य साथी हरु लाइ पनि टेस्ट बिना चिकित्सकको सल्लाह बिना उपचार नगर्नु भन्छु l अन्य स्वास्थ्यकर्मीले पनि यस्तो अवस्थामा आफ्नै बाल बच्चा हरु लाइ पनि चिकित्सक संग नै देखाएर उपचार गराउँछन् l भनेपछि अन्य बिरामीले चाहिँ यसै हचुवामा औषधि र उपचार गरुन भनेर कसरी भन्नु l
मैले चिकित्सकको पर्चा बिना जापानमा पाइने औषधि जसले क्षणिक लक्षण लाइ कम गर्छ त्यो बाहेक अन्य औसधि उपचार बिरामी नै नहेरी, केहि नजाची गर भनेर भन्दिन र म बाट त्यस्तो अपेक्षा पनि नराख्नु होला l बिरामीका आफन्त वा बिरामीले जे सोचून, लक्षण को उपचार रोग को उपचार होइन, सामान्य त ठिक होला, नभए जड देखि नै पत्ता नलगाई गरिने उपचारको भविस्यमा भबितब्य आउन सक्छ र त्यसको भार मलाई बोक्नु छैन l
शरीरमा पानी कम भए नभएको पिसाबको रंगले पनि थाहा हुन्छ l पिसाबको रंग सेतो वा रंग नभएको सफा पानी जस्तो भयो र माथिका लक्षण मध्ये कुनै देखिन थाल्यो भने तत्कालका लागि पानी पिउन बन्द गर्नु पर्छ अनि अस्पताल जानु पर्छ l पिसाबको रंग धेरै गाडा, कडा भयो पानी पिउने गरिएको छैन भने शरीरमा पानी कम रहेछ भनेर बुझ्नुपर्छ र पर्याप्त पानी पिउने गर्नु पर्छ l
पिसाबको रंगको फोटोको श्रोत: https://commons.wikimedia.org/wiki/File:Urine_Hydration_chart.jpg
सक्नेले मेडिकल इन्सुरेन्स गरौँ, नसक्नेले AMIGOS भन्ने संस्थाको बारेमा बुझौं, अन्य त्यस्ता संस्था छन् भने खबर गरौँ .........................................................................................................
जापानमा मेडिकल इन्सुरेन्स/ 保険/ होकेन को निकै ठुलो महत्वपूर्ण भूमिका हुन्छ उपचार गर्नु पर्ने समयमा; मिल्ने रहेछ भने होकेन तिर्ने गर्नुस, नमिल्नेको लागि तलको संस्थाले सहयोग गर्छ, यो मेरो पेजमा केहि किन्न सकिने औषधि को बारेमा म पनि बिस्तारै लेख्दै जानेछु वहाँ हरु सम्म यो पेज को बारेमा खबर गरिदिनु हुन जापानवासी नेपाली समुदायलाइ हार्दिक अनुरोध गर्दछु l यो पेज मुख्यतः वहाँ हरु र जापानी भाषामा दक्षता भैनसकेका नेपाली हरु को लागि केहि सहयोग होस् भनेर केहि समय निकालेर लेख्ने सोचले बनाएको हुँ, लक्षित समुहमा पुगेन भने यो पेजमा लेख्नु को अर्थ रहँदैन, कृपया वहाँ हरु सम्म पुराउन सहयोग गर्नु होला l
जापानमा हुनुन्छ र कानुनी रुपमा रिफ्युजी भिसामा होइन भने होकेन तिर्ने गर्नुस, आफ्नो कमाइ अनुसार हुने भएकोले कम तलब हुनेले कम नै तिर्नु पर्ने हुन्छ l रोगले निम्तो दिएर आउने गर्दैन अकस्मात केहि इमर्जेन्सी अवस्था भयो भने तपाईंले धेरै खर्च व्योहर्नु पर्ने हुन्छ l यो NHK को समाचार अनुसार सामान्य रुघा खोकी को लागि जांच हरु गर्दा होकेन नहुनेलाइ २५० डलर २५ ३० हजार लाग्छ भने हुने लाइ जम्मा २५ डलर २५०० ३००० जति तिरे पुग्छ ; त्यस्तै अप्रेसन गर्न पर्ने अवस्था हुँदा यसको महत्व बेसी हुन्छ l यो समाचारमा भनिए अनुरुप होकेन नहुनेलाइ २२००० डलर जम्मा गर्न भनियो, जुन आज को दिनमा ३० लाख ४७ हजार चानचुन येन हो भने होकेन भएको खण्डमा उसले तिर्नु पर्ने जम्मा ४०० देखि ८०० डलर मात्र हुनेथियो, जुन आजको दिनमा ५५ हजार ४०० देखि १ लाख १०हजार ८०० येन चानचुन हुन आउंछ l कति ठाउँमा त होकेन नहुने विदेशीलाइ डाक्टरले बिरामी पनि हेर्दैन l
होकेन नहुने हरु को लागि यो खबर अनुसार AMIGOS नाम गरेको गैर नाफामुलक संस्थाले धेरै सहयोग गर्ने गरेको रहेछ l त्यो संस्था गुम्बा केनको ओता सहरमा छ, उसले त्यहाँ मात्र नभई अन्य केन का बिरामीलाई पनि सल्लाह सहयोग गर्ने गरेको रहेछ ल
फोन सम्पर्क: ०८० -५५४४ -७५७७ ; फोनमा कुरा गर्ने समय; हरेक दिन बेलुका ७ बजे देखि १० बजे सम्म
NHK को खबरको श्रोत: https://www3.nhk.or.jp/nhkworld/en/news/backstories/2041/
AMIGOS संस्थाको पेज: https://npo-amigos.org/
जापानमा दुखाइ कम गर्ने खाने ट्याब्लेट वाला कुन औषधि ठिक हुन्छ? महिनावारी हुँदा देखि जोर्नी, मांशपेसी, ढाँड, टाउको, दाँत, नशा आदिको दुखाइ कम गर्न र संग संगै दुखाइ कम गर्ने औषधिले पेटमा असर नगर्ने औषधि मिसिएको कुन होला भनेर सोध्नु हुने लाइ यो पढ्नु होला l
यी औषधि १५ वर्ष माथिका लागि मात्र उपयुक्त हुन्छ l १५ वर्ष मुनिका लाइ नख्वाउनु होला l
१. EVE Quick DX
एक पटकमा २ ट्याब्लेट मात्र
पानी संग पिउने, खाना/खाजा खाएपछि लिने, सकेसम्म खाली पेटमा नखाने
प्रति दिन २ पटक भन्दा बढी नखाने, कम्तिमा ६ घण्टाको अन्तर पछी दोश्रो पटक लिने
यसले ज्वरो पनि कम गर्न सक्छ।
त्यसपछि पनि लक्षणहरू जारी रह्यो भने, डाक्टरसँग परामर्श गर्नुहोस्।
२. Loxonin S Plus
एक पटकमा १ ट्याब्लेट मात्र
पानी संग पिउने, खाना/खाजा खाएपछि लिने, सकेसम्म खाली पेटमा नखाने
प्रति दिन २ पटक , कम्तिमा ४ घण्टाको अन्तर पछी दोश्रो पटक लिने
यसले ज्वरो पनि कम गर्न सक्छ।
यदि लक्षणहरू फेरि देखा पर्छन् भने, तेस्रो पटक लिन सक्नुहुन्छ
त्यसपछि पनि लक्षणहरू जारी रह्यो भने, डाक्टरसँग परामर्श गर्नुहोस्।
- निम्न व्यक्तिहरू नलिनुहोस्।
(१) यो औषधि वा यस्ता औषधिका कारण एलर्जीको लक्षण भएका व्यक्तिहरू
(२) यो औषधि वा अन्य एन्टिपायरेटिक र एनाल्जेसिक औषधि वा चिसो औषधि सेवन गरेपछि दम लागेका मानिसहरू
(३) १५ वर्ष मुनिका बालबालिका
(४) क्लिनिक/ अस्पतालमा ग्यास्ट्रिक / अल्सर, कलेजो रोग, मृगौला रोग, हृदय रोग उपचार गरिरहेका बिरामीहरु
(5) रातो रक्त कोशिका कम भएका (anemia), कम प्लेटलेट भएका (thrombocytopenia) रगत असामान्यताहरू भएको औंल्याइएका बिरामीहरु ( रगतसम्बन्धी रोगहरू) जस्तै रोक्न कठिनाइ, रगत बग्ने सम्भावना), सेतो रगतको मात्रा कम हुने आदि।
(६) १२ हप्ता भित्र प्रसुति हुनसक्ने मिति तोकिएका गर्भवती महिला
- यो औषधि लिँदा तलका कुनै पनि औषधि नलिनुहोस्।
अन्य एन्टिपाइरेटिक एनाल्जेसिक्स, चिसोको, निन्द्रा लगाउने औषधि
- कृपया लिनु अघि र पछि रक्सी नपिउनुहोस्।
- यसलाई लामो समयसम्म लगातार नलिनुहोस्।
३ देखि ५ दिनसम्म सेवन गरेपछि पनि दुखाइ जस्ता लक्षणहरू दोहोरिएमा त्यसलाई बन्द गरेर क्लिनिक वा अस्पतालमा डाक्टरलाइ देखाउनुस l
के तपाईंलाई हावामा बाफको मात्रा/ humidity को असर थाहा छ? के तपाईंको बच्चाले मुखले सांस फेर्ने गर्छ? यो पढ्नु होला l .........................................................................................................
बच्चाले मुख बाट सांस फेरीरहेको, सुत्दा मुख खुल्ला गरेर घुरेर सुत्ने गरेको, उठ्दा मुख सुक्खा हुने, दिन मा पनि लामो लामो सांस फेरेर सास्ती भोगिरहेको अवस्थामा नाक, कान, घांटीको विशेषज्ञ संग जचाउनु पर्छ l धेरै जसो एलर्जीको कारणले नाक बन्द हुँदा वा टन्सिल सुनिंदा, कण्ठसालक (adenoids ) ठुलो भएर नाक बाट जाने सांस लाइ अबरोध पुग्दा, नाकको भित्रि बिचको भाग बाङ्गिएको (Deviated Nasal Septum) बच्चाले मुख ले सांस फेर्न थाल्छ l ति कारण बाहेक दांतको समस्या, अनुहारको हड्डी हरुको बनोटको कारणहरु ले गर्दा नि हुन सक्छ l लामो समयसम्म मुखले सांस फेर्ने हरु को अनुहारको बनोट पनि परिवर्तन हुनसक्ने तथ्य हरु छन् l यहाँ फोटोको बायाँ मा नाक बाट सांस फेर्ने को अनुहारको बनोट र दायाँ पट्टि मुखले सांस फेर्ने को एउटा उदाहरण चित्रण गरिएको छ l यो एउटा स्वास्थ्य समस्याका कारण पनि मुखको बनोट फरक हुनसक्ने भन्ने उदाहरण हो l बनोटको जातीय भिन्नता फरक कुरा हो l
जापानमा एउटा यस्तै समस्या भएको नानीको भिडियो पठाउनु भएको थियो, त्यो पछि छाँट काँट गरेर अनुहार नदेखिने गरि मिलाएर राख्नेछु l पहिले यता जापानी क्लिनिकमा औसधिहरु चलाएर हेर्दा राम्रो भएन अरु केहि गर्न सकिएला भन्दा औसधि प्रयोग गर्ने अनि humidity (हावा मा पानिको बाफको मात्रा) तल माथि छ भने मिलाउँदा केहि सहज हुन्छ कि हेर्ने भनेर सल्लाह दिएको थिएँ l humidity बेसी भयो भने, वा कम भयो भने पनि सांस फेर्न गाह्रो बनाउन सक्छ, दिएको औसधि खाने र धेरै humidity छ भने ऐर कंडीस्नरको dehumidifier प्रयोग गर्न सकिन्छ भनेर सुझाव दिएको थिएँ l त्यसले नानी लाइ केहि सजिलो भएको खबर पाएँ l
एकै समयमा घर बाहिर र भित्र को humidity को मात्रा फरक हुन सक्छ l घर भित्र humidity को मात्रा ४०-५० जति हुँदा उत्तम हुन्छ; ३० भन्दा कम वा केहि कम हुँदा नै स्वास्थ्य समस्या देखियो भने humidifier/ वाफ फाल्ने मेसिनको प्रयोग गर्ने, नाक हरु बन्द हुँदा Vicks राखेर vaporizer प्रयोग गर्ने गरेका पनि छौं होला धेरै ले l ६० भन्दा माथि हुने लाइ भने dehumidifier/ बाफ कम गर्ने मेसिन प्रयोग गर्नु पर्ने हुन्छ l जापानमा घर भित्र पनि बेसी हुने सम्भावना उत्तिकै छ, बाफ फाल्ने dehumidifier चाहिने हुनसक्छ l
त्यसले सुत्न लाइ सहज बनाउने हो, मुख्य रोगको निदान/ पहिचान हुन जरुरि हुन्छ l त्यो नानीको मुख्य समस्या adenoid ठुलो भएर अवरोध भएको रहेछ l अप्रेसन गर्नु अघि उसलाई humidity को मात्रा मिलाउँदा सुत्न लाइ सहयोग भयो, अप्रेसन गरेपछि अहिले ३ वर्ष सम्म केहि समस्या नभएको भनेर अभिभावकले भन्दै हुनुन्थ्यो l
Humidity/ हावामा बाफ को मात्रा कम भयो भने सजिलै फ्लु लाग्ने, छाला सुक्खा हुने, सुनिने, नाक बन्द हुने, आँखा सुक्खा हुने, चिलाउने हुन्छ भने धेरै भयो भने घर भित्र फंगस (fungus ), mold देखा पर्ने , एलर्जी देखा पर्ने, दम हुने, asthma/दमको रोगिलाइ च्याप्ने हुनसक्छ l
यो स्वास्थ्य सचेतनाको लागि मात्र लेखिएको हो, हरेक बिरामीको लक्षणको कारण फरक फरक हुन्छन, त्यसैले क्लिनिक, अस्पतालमा गएर राम्रो संग जचाएर रोगको पहिचान, निदान हुन जरुरि हुन्छ र मात्र सहि उपचार हुन्छ l यो बुझौं र अरुलाई पनि बुझाऔं l
फोटो को श्रोत: https://commons.wikimedia.org/wiki/File:Adenoid_hypertrophy.jpg
https://commons.wikimedia.org/wiki/File:Infected_tonsils.jpg
https://www.flickr.com/photos/internetarchivebookimages/with/18193978702/
नेपालमा मृगौला प्रत्यारोपण गर्नु पर्ने छ भने वीर अस्पताल, काठमाडौँमा प्रत्यारोपणको पैसा नलाग्ने रहेछ, अनि बिमा कार्यक्रममा रहेकाले नि:शुल्क औसधि नि पाउन सक्ने रहेछन् l हाम्रा नेपालमा रहेका केहि त्यस्ता बिरामीहरु को लागि यो सूचनाले राहत हुन सक्छ l उहाँहरु सम्म यो सूचना पुराउनु होला l
मृगौला प्रत्यारोपण को चित्रण फोटोको श्रोत: https://commons.wikimedia.org/wiki/File:Kidtransplant.svg
धेरै जसो काम को प्रकृति अनुसार जोर्नीमा भार पर्ने कारण नाडी हरु दुखाइ हुने, जोर्नी हरु दुख्ने हुन्छ । औसधि हरु मात्र खाँदै ठिक नभैरहेको अवस्थामा काम त्यस्तै छ फेर्न सकिन्न भने सपोर्ट ब्याण्ड हरु पाइन्छ त्यस्तो को प्रयोग गर्दा नि जोर्नी हरु मा धेरै बल पर्दैन अनि आराम गर्दै यस्तो सपोर्ट को प्रयोग गर्दै अति दुखेको बेला खप्न नसक्दा मात्र दुखाइ कम गर्ने औसधि प्रयोग गर्नु उपयुक्त हुन्छ l
एक जना गाडी सम्बन्धि काम गर्ने भाइ लाइ काम गर्दा दुखाइ हुने अनि औसधि ले मात्र कम भएन, क्लिनिकमा गए डाक्टरले दुखाइ कम गर्ने औसधि मात्र दिन्छ भनेको बेला यस्तो सपोर्ट प्रयोग गर्न सल्लाह दिएको थिएँ, अहिले सोधी हेर्दा भाइलाइ राम्रो गरेको रहेछ l अहिले काम पनि अर्को गर्छु , त्यो बेला धेरै सहयोग भएको थियो भनेर भाइले भन्दै गर्दा अरु कोहि लाई यस्तै भएको छ भने तपाईं हरु ले पनि यस्तो सपोर्ट हरु प्रयोग गर्न सक्नु हुन्छ l
सामान्य दुखाइ, मड्केको क्लिनिक जाने समय नपाएको बेला दुखाइ कम गर्न कुन मलम लगाउने भनी केहि भाइ हरुले सोधिरहनु भएकोले, जापानमा बस्ने अन्य लाइ पनि यो सूचना काम लाग्न सक्छ l यो मलम चिकित्सकको पर्चा बिना नै किन्न सकिन्छ l
नेपालमा DFO gel लगाउँदा केहि सजिलो हुने गरेको थियो भने यसले त्यस्तै काम गर्ने हो l तर सकेसम्म जचाएर औसधि लिने बानि गर्नु पर्छ l भित्र हड्डी चर्किएको, असर गरेको रहेछ भने ऐले राम्रो संग उपचार नगर्दा पछि सम्म दुखाइ हुने नि हुनसक्छ l
- दुखाइ कम गर्ने औसधि सेवन गर्दा पहिले एलर्जी हरु भएको छ भने,
- पेटमा अल्सर हरु छ भने,
- अरु पनि केहि औसधि हरु खाइरहेको अवस्था हो भने यो प्रयोग नगर्नु होला, यस्तो अवस्थामा चिकित्सकलाइ जचाएर नै उपचार गर्नु पर्छ l
टाेक्याेमा तपाईं हरू केहिलाई नेपाल फेस्टिबलमा भेटाैं भनेकाे थिएँ तर यसपालि त्यहाँ जान सम्भव भएन । त्यसकाे लागि क्षमा माग्दै, नेपाली चिकित्सक स्वास्थ्यकर्मीहरूकाे उपस्थिति दुबै दिन १० देखि १२ बजे हुने हुँदा याे अवसर नगुमाउनु हाेला भनेर सूसुचित गराउन चाहन्छु । आफ्ना लक्षण सम्बन्धित विशेषज्ञ ज्यूहरू कुन दिन आउनुहुने रहेछ बुझेर जानुहाेला ।
आईतबार ३ नम्बरमा मेराे नाम थियाे, जुन मैले यहाँ हटाएकाे छु।
अत्याधिक गर्मी भएका खबरहरू आइरहँदा अझै पनि टड्काराे घाममा सेना, प्रहरीका जवानहरू, खेलाडीहरू र स्कुल कलेजमा खेलकुद खेलाइरहेका छन् भने त के भनाैं । अभिभावकहरूले पनि टढ्काराे घाममा शारीरिक कसरत हुने खेल खेल्न हुुँदैन भनेर आफ्ना छाेरा छाेरीलाई बुझाउनुपर्छ ।
एक्कासी अत्याधिक गर्मी भएर धेरै जसाे साना बच्चा वृद्ध हरूलाई असर गर्ने बेहाेसीकाे अवस्थामा अस्पताल दाैडाउनुपर्ने Heat Stroke काे कुरा त छँदै छ, यस्ताे समयमा दाैड वा शारीरिक व्यायाम धेरै भएर जवानहरूलाई समेत असर गर्ने Exertional Heat Stroke लाई चाहिँ नहेप्नुहाेला ।
यस्ताे बेलामा सबै भन्दा महत्वपूर्ण उपचार भनेकाे सक्दाे छिटाे बिरामीकाे भित्री तापक्रम कम गर्नु हाे, ऐम्बुलेन्स आउनु अगाडि नै सकेसम्म शरीरलाई चिसाे बनाउन प्रयास गरिनुपर्छ । अस्पतालमा पनि तापक्रम नाप्न Re**al Thermometer बाहेक अरूकाे प्रयाेगले बिरामीकाे तापक्रम कम देखाएर स्वास्थ्यकर्मी झुकिन सक्छन् ।
पहिले नै धेरै लेखी सकियाे, तै पनि समाचारमा जवान ढलिरहेका खबर पढेर यति लेख्न बसियाे । झिंजाे नमानी पढिदिनु भएकाे मा धन्यवाद ! पढेर व्यवहारमा उतार्नु भयाे भने झन् मुरी मुरी धन्यवाद! विशेषगरी सेना प्रहरीका कमान्डरज्यू र स्कुल कलेज सन्चालकज्यूु हरूलाई! 🙏
स्कुल, कलेज, अभिभावक, प्रहरी, आर्मी, खेल प्रतिष्ठान हरुले यो कुरो बुझ्न जरुरि छ l ......................................................................................................................................
आज यो खबर देख्दा अस्तिको heat stroke को पोष्ट याद आयो; यो खबरमा दौडिएर अफ्ठेरो भएपछि अस्पताल लागि उपचार गराएको र दुइ जना प्रहरी जवान गम्भीर भएको, एक जना भेन्टिलेटर मा र एकजना सघन कक्षमा उपचाररत रहेको जनाइएको छ l यस्तो खेलाडी, जवानहरु टड्कारो गर्मिमा खेलकुद खेल्ने, दौडिने, धेरै शारीरिक कसरत हुने खेलहरु खेल्दा ढल्न सक्छन, यस्तो अवस्थालाइ Exertional Heat Stroke भनिन्छ l तुरुन्तै सरिर चिसो बनाउन सकिएन भने यस्तो बेला विरामीलाइ जोगाउन गाह्रो हुनसक्छ; धेरै अंगहरु मा असर गर्छ l काखी, मुख, बाहिरी सतहमा लिएको तापक्रमले भित्रि शरीरको तापक्रम थाहा लाग्दैन, यस्ता बिरामी को उपचारको बेला मलद्वार बाट तापक्रम (re**al temperature) जाच्नु पर्ने हुन्छ l बच्चा र वृद्धलाइ धेरै हुने Heat Stroke जवानलाइ हुँदैन भन्ने भ्रम चिर्न जरुरि छ, लक्का जवान प्रहरी, आर्मी, खेलाडी हरु जो टड्कारो घाममा पनि बेसी कसरत हुने, दौडिने खेल हरु खेल्छन वा तालिम गर्छन उनीहरु बेसी चनाखो हुनु पर्छ; त्यस्तो समयमा खेल हरु नखेल्नु नै बुद्धिमानि हुन्छ l स्कुल , कलेज, प्रहरी, आर्मी, खेल प्रतिष्ठान हरुले यो कुरो बुझ्न जरुरि छ l
नेपालमा सरकार छ? कुनै पेशाकर्मी सुरक्षित छन्? सक्षम चिकित्सक, युवा सबै लाई देश बाट लखेट्ने?.........................................................................................................
डा. काे नाम गाेपनियताकाे लागि राखिन, याे फोटो नेपाली चिकित्सकहरूकाे फेसबुक पेजमा एक जना मेडिकल अधिकृत भाईकाे पाेष्ट हाे । उनलाई भिडले गलत गरिस् भनेर पुलिस प्रशासन कसैले सहयाेग नगरी १५ लाख क्षतिपूर्ति तिराएछ ।
नेपालमा सरकार छ?
भिडले भन्ने हाे गल्ती गर्याे भनेर? मेडिकल काउन्सिल बन्द गर्दे भयाे त त्यसाे भए, न्यायालय बन्द गर्दे भयाे । के तरिका हाे याे? देशमा दूरदर्शिता भएका कुनै नेता, कुनै पार्टी छ? अहिले युवा चिकित्सक भकाभक विदेशिएका छन् देशमा सहि वातावरण छैन भन्दै , खाेई टिकाउन सकेकाे? विशेषज्ञ बनुन्जेल १ कराेड लाग्ने बनाउने त्याे पनि सरकारले त्याे पनि नेपाल जस्ताे गरिब देशमा, यहि हाे सरकारकाे निति र दुर्दर्शिता? खै jail without bail कार्यान्वयन भएकाे, चिकित्सकलाई हात हाल्नेलाई सिधै थुनामा राख्ने राष्ट्रपतिकाे कुराे के स्टन्टबाजी हाे? दुर्गम मा चिकित्सक छैनन् भन्ने खै लाेक सेवा खुलाएर देशकाे कुना कुनामा स्थायी दरबन्दी खाेलेकाे? करार का चिकित्सकले देशकाे स्वास्थ्य क्षेत्र धानिन्छ? भकाभक विदेशिरहेका छन् अहिले देशमा छाएकाे अराजकता, भ्रष्टाचार र नितिगत दुरदर्शिताकाे अभावले गर्दा ।
अहिले विदेशी चिकित्सकलाई नेपालमा काउन्सिलले मान्यता दिने रे, नेपाली राम्रा क्षमतावान चिकित्सकलाई लखटेर, आफ्नै देशमा राम्राे कमाई गर्न नसकेका, नटिकेका विदेशी छिमेकी देशका चिकित्सक लाई ल्याएर ठूला कर्पाेरेट अस्पतालमा वरिष्ठ चिकित्सककाे खाेल ओढाएर बिरामी तानेर मनग्य कमाउन दिने यहि हाे नेपालकाे नीति? नेपाली चिकित्सक कति राम्रा छन् भनेर विदेशमा उपचार नभएर नेपाल गएर उपचार गराएर फर्केका वा नेपाल गराएर उपचार गर्नुपर्ला भनेर बसेमा प्रवासी नेपाली बिरामीलाई साेध्दा हुन्छ । हाेला टेक्नाेलाेजी सबै नपुगेका हाेलान्, त्याे त व्यवस्था गर्न सकिन्छ , तालिम कम भए त्याे नि व्यवस्था गर्न सकिन्छ । खै मन्त्रालयका नेताहरूलाई चासाे?
कराेड खर्चिएर पढ्न बाध्य पार्ने अनि तलब चाहिँ सबै क्षेत्र बराबर भनेर न्यून राख्ने? तरिका हाे? गरिब देश भनेर तलब दिन नसक्नेले पढाइ खर्च कम गर्नु पर्दैन? त्यसका लागि के कसरी मिलाउन सकिन्छ त्याे गर्न सकिन्न?
अनि बिरामी अस्पतालमा आएर बिते कि बबाल गर्ने? सक्दाे प्रयास गर्दा नि बचाउन नसकेपछि चिकित्सककाे गल्ती, लापरवाही? अनि क्षतिपूर्ति भनेर नेताका आसेपासेले र्याल काढ्ने, दबाब दिने अनि नेता पार्टी सबै माैन? त्यस्ता नेतालाई अब जनताले किन जिताउने? देश भित्र जताततै भद्रगाेल गर्दिने अनि जे गर्दा नि छुट हुने आसेपासेलाई? पुलिस पनि मिल्नुस्, क्षतिपुर्ति दिनुस् भनेर केस नै नलिने? त्यहाँ जिल्ला प्रशासन काे के काम त? सबै पार्टीका भातृ संगठनलाई जिम्मा लाइदिए भाे त । जुन पार्टीकाे सरकार मन्त्री त्यसैका भातृ संगठनका प्रशासन राखे भाे ।
साथीहरू सबै देश छाड्दै छन्, यसरी जान हुन्थेन सबै राम्रा साथी गए भन्दै गर्दा, परिवारका सबै बाहिर हुँदा आफू भने नेपालकाे स्वास्थ्य क्षेत्र मै केही गर्न पर्छ भनेर बसियाे, पुरै छात्रवृत्ति पाउने अवसर हुँदा नि बेलायत नगएर जापान आइयाे, अझै जति पनि बाहिर कुनै देशमा आरामकाे जिन्दगी संग काम गरेर बस्न सकिन्छ, बेलायत नै जान सकिन्छ तर पनि देश मै गर्ने हाे भनेर जाे भेट्दा नि त्यहि भनेर नथाक्ने म यस्ताे देख्दा चाहिँ मन्त्री आलेकाे बाेली र व्यवहार सापट लिएर ती सबै गृह, स्वास्थ्य, शिक्षा र प्रधानमन्त्री कार्यालयमा पुग्ने गरि कराउन मन लाग्छ । चिकित्सक हुँ भनेर कति थामिएर बस्नु? कहिले काहीँ धित पुग्ने गरि गालि गर्नु मन लाग्छ । म जस्ता युवाहरूकाे नैराश्यताले गर्दा नै बालेन हर्क हरूकाे उदय भएकाे हाे, यस्तै भए अब सबै तिरबाट नयाँ क्रान्तिकाे थालनी हुनुपर्छ, सयाैं हजाराैं लाखाैं बालेन हर्क हरु हरेक तह तप्कामा अगाडि आउनुपर्छ ।
नेपाल चिकित्सक संघका अग्रजहरू पनि खै साँच्चिकै झाेले कार्यकर्ताहरूकाे भेला नै हाे त? नेपाली चिकित्सक भनेर लाज लाग्ने बेला भइसक्याे । केही १ २ दर्जन नाम कहलिएका चिकित्सकले राम्रा गर्या हाेलान्, अरू सबै पीडित छन्, काेभिड भत्ता सम्म प्रशासनका ले पाउने, चिकित्सकले नपाउने यस्ताे नि हुन्छ कतै?
अस्ति सम्म साथी अग्रजहरूले तपाईं नि लाैराे समाउनुस्, स्वतन्त्र पार्टीमा जानुस् भन्दै गर्दा हैन आफ्नै विषयमा केही गर्नुछ भन्थें, अहिले साँच्चिकै लाैराे समातेर दनक दिउँ जस्ताे चाहिँ महसुस हुन्छ । सांसदकाे कुरा सुन्याे कि पारा तात्छ, त्यस्ता बाट देश बन्ला भनेर के आस गर्नु । एक जना चिकित्सक भाइ उठेका छन् बुटवल बाट, खुसी लाग्छ, अरू युवाहरू नि उठ्नुपर्छ; उनिहरूलाई जिताउँ कमसेकम केही राम्रा काम पक्कै हुन्छ ।
हामी चिकित्सकलाई, युवाहरूलाई कमसेकम देश भित्र राम्राे संग काम गर्ने वातावरण बनाउनुपर्याे, हामी सबै युवाले पेशा कि देश छाेड्नु पर्ने अवस्था आए के हाेला? यी पाेष्ट गर्ने भाइ त्यहि मनस्थितिमा पुगिसके । ४ ५ जना बाहेक मेरा सबै साथीहरू अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया पुगिसके, केही देशमै गराैं भन्ने लाई यस्ताे वातावरणले कस्ताे असर पर्ला? यस्तै त हाे भनेर सधैं विकृति लाई साथ दिने जनता नि जाग्नुपर्छ । यसकाे ठाडाे असर जनतालाई नै हुन्छ । उदण्ड भएपछि भाेलि जनता पनि सिकिस्त बिरामी हुँदा अलिकति आस रहँदा बिरामीलाई चिकित्सकले छुनै डराउने अवस्था आउँछ, रेफर गर्नु नै ठीक भनेर कति अन्त जाँदा जाँदै बाटाे मै मृत्युवरण गर्नुपर्ने हुन्छ । लेखेर राख्नुस् अब ५० प्रतिशत बचाउने सम्भावना हुँदा पनि डाक्टरले बिरामी उपचार गराउन डराउँछ। ऐम्बुलेन्स गतिला छैनन्, ऐम्बुलेन्सलाई बाटाे छाेडिदिने, ट्राफिक प्रहरीले सहयाेग गरिदन संयन्त्र केही छैन, समस्या अनेक छन् समाधान खै? अहिलेका नेताहरूले समाधान दिन सक्लान्? खै? फेसबुकमा १० वर्ष अघि लेखेका कुरा अहिले नि त्यस्तै सान्दर्भिक छन् । झन् अवस्था खत्तम हुँदै छ स्वास्थ्य क्षेत्रमा, सरकार काे नीति नै घातक छ, पार्टीहरूका संरक्षणमा भएका उदण्ड कार्यहरू पार्टी नेतृत्वले नै सच्याउन जरूरी छ ।
सबै नेता, कार्यकर्ता, प्रहरी, प्रशासन, भाेलिका सिकिस्त बिरामी हुनसक्ने नेपाल मै बस्ने प्रत्येक नागरिकले याे बुझ्नुपर्छ । हाेइन भने समस्त देश भित्रै बस्न रूचाउने युवाहरूले विकल्प दिनुपर्छ । कुरा ठीक लाग्छ भने सेयर गरेर हाेसियार गराउनुहाेला । अत्ति भइसक्याे ।