Paragon BOOKS

Paragon BOOKS

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Paragon BOOKS, Book shop, .

WE PROVIDE ALL LABELS BOOKS, GUIDES, REFERENCES,GUESS, SOLUTIONS, LITERATURE BOOKS, AAYOG BOOKS, STATIONARY ITEMS, SPORTS ITEMS, TU TOPPERS NOTES, KIDS LEARNING ITEMS, FREE COUNSELING & MANY MORE..............................

25/07/2018

Photos from Paragon BOOKS's post

25/07/2018

Paragon BOOKS's cover photo

21/04/2018

Adarsha Vidya Mandir Higher Secondary School - AVM , धबिमाबी रात्माटा, amrit adarsha higher secondary school लगाएत बोर्डिङ तथा सरकारी बिद्यालयका पुस्तकका लागि सम्झनुहोला है !

21/03/2018

SEE परिक्षा दिने बिद्यार्थीलाई विशेष सुझाव
१ जे पढियो र जानिएको छ ढुक्कसँग परिक्षा हलमा पस्नुहोस् ।
२ दिमाग सान्त राख्नुहोस् र यो आउँछ कि त्यो प्रश्न आउला भन्ने अलमल मुक्त बन्नुहोस् ।
३ आफ्नो सिटमा सहज बस्नुहोस् कपिमा आफ्नो सम्पुर्ण बिवरण राम्ररी लेख्नुहोस्
४ प्रश्नपत्रका लागि १५ मिनेट समय छुट्टाएर पटक पटक पढ्नुहोस् ।
५ प्रश्नको अंकभार हेरेर समय बिभाजन गर्नुहोस् ।
६ आत्मविश्वास भएको प्रश्नबाट शुरूवात गर्नुहोस् जानेजस्तो लाग्ने प्रश्नमा धेरै र अलमलिने प्रश्न को उत्तर सरदर एउटा् अनुपातमा लेख्ने प्रयास गर्नुहोस्
७ अनावश्यक खासखुस नगर्नुहोस् कसैलाई सिकाउँदा हिन्ट मात्र दिनुस् लिनुस् ।
८ जे जानिन्छ त्यहिमात्र लेखेर भएपनी सबै प्रश्न हलगर्ने प्रयास गर्नुहोस् ।
९ थोरै अंकले गडबड हुने आँकलन भएमा हरेक गार्डसँग खुसुक्क भन्नुहोस् कि सर यत्ति नम्बरको कारण मेरो परिक्षा बिग्रुने डर भो सहयोग गरिदीनुहोस् भन्नुहोस्
१० परिक्षा जे जस्तो भएपनी भोलिको परिक्षा बाट उपर गर्छु भन्ने सोचेर प्रयत्न गर्नुहोस्

परिक्षामा जोडिने सम्पुर्ण भुमिकाका मानिसहरू परिक्षालाई मर्यादित संचालन गर्न परिक्षार्थिलाइ सहयोगका लागि हुन् भन्ने बुझ्नुहोसं र परिक्षाको अवसर र सम्मान लाई गौरवान्वित फाइदा उठाउनुहोस् । सबैलाई शुभकामना !!!

31/03/2016

शिक्षा सेवा आयोगका विभिन्न विषयका सिलेबस तथा फारमका लागि हामिलाइ सम्झनुहोला !!!

17/01/2016

लोकसेवा सहयोगी

यसरी गर्ने लोकसेवाको तयारी @ लोकसेवा सहयोगीloksewasahayoginepal.blogspot.com

loksewasahayoginepal.blogspot.com The blog for getting information to prepare all the level of public service commission, PSC (Loksewa Aayog) of Nepal.

15/01/2016

हामीले बुझेको साचो हो भने
#सबैभन्दा असल साथी पुस्तक हो #
यहि मान्यतामा हामी पुस्तक ब्याबसायमा छौं । कतै गर्ब लाग्छ भने कहिलेकाही घृणा जाग्छ कारण राज्यको यो स्थिति सृजना हुदापनी कुनै १ जना ग्राहक यो राज्यको अबस्थाको बारेमा कुनै पुस्तक छ भनेर खोज्न आयको छैन ???
त्यो पनि ठिकै छ भनेर ग्राहकलाई ग्राहकको मुल्यमा अफरको रूपमा विषयसन्दर्भमा आधारित पुस्तक हाम्रो पुस्तक पसल तेस्रो बर्षको अवसरमा एक हफ्ताको लागि अफर थपेका छौं !!!
लजिकल गफ गर्ने मित्रहरूले एकपटक पाउकस्ट गर्नुहोला , असमर्थ हरुले फोन,म्यासेज वा कमेन्ट् गर्नुहोला ? हामी यहाको हातसम्म पुर्याउने प्रयत्न गर्नेछौं !!!
सम्पर्क
प्यारागन बुक्स
बालमन्दिर रोड , बागलुङ
फोन ०६८-५२२८४८
मोबाइल ९८५७६२१२१२//9805117711

13/01/2016

ढक्कन नेपालीहरु !!!
status मा
मासु किन्ने धोतिको बाट त्यो पनि मुसलमान ?
कपाल काट्ने त्यै धोती नेपालीकोमा हैन
फोहोरो चट्पट पानीपुरी धोतिको आफै बनाउने ढंग छैन ?
पेन्टर उहीँ नै चाहिने प्लम्बर , कार्पेन्टर , मेसन , नेपालीको कामै मन नपर्ने ???
हिन्दी हेर्नुपर्ने , बोल्नुपर्ने , तिन्कै पुजा गर्नुपर्ने
काम गर्नेले के बिगारे सोच्नुपर्ने !!!
किन भएको छ यस्तो , कसरी सफल भएको छ नेपालीलाई असहजहता सृजना गर्ने भारतीय हस्तक्षेप ????
खोजेर पढ्नुपर्ने पुस्तक ,, अविरल हस्तक्षेप ,,
प्यारागन बुक्समा सम्पर्क गर्नुहोला !!!
नोट * पुस्तक हजुरको मुल्यमा *

14/05/2015

विशेष छुट्मा लोकसेवा आयोगका , शिक्षा सेवा आयोग का नयाँ सस्करन्का पुस्तकहरुका साथै S L C तथा स्कल तहका सहयोगी पुस्तक उपलब्ध छन् साथै कलेज तथा बोर्डिङ तहका सहयोगी पुस्तक का लागि पनि संझनु होला
प्यारागन बुक्स
बालमन्दिर रोड बागलुङ
फोन ०६८-५२२८४८

23/09/2014

BE HAPPY

19/06/2014

RULES FOR ALL

RULE ONE: Find a place you trust, and then try trusting it for a while.

RULE TWO: General duties of a student: Pull everything out of your teacher; pull everything out of your fellow students.

RULE THREE: General duties of a teacher: Pull everything out of your students.

RULE FOUR: Consider everything an experiment.

RULE FIVE: Be self-disciplined: this means finding someone wise or smart and choosing to follow them. To be disciplined is to follow in a good way. To be self-disciplined is to follow in a better way.

RULE SIX: Nothing is a mistake. There’s no win and no fail, there’s only make.

RULE SEVEN: The only rule is work. If you work it will lead to something. It’s the people who do all of the work all of the time who eventually catch on to things.

RULE EIGHT: Don’t try to create and analyze at the same time. They’re different processes.

RULE NINE: Be happy whenever you can manage it. Enjoy yourself. It’s lighter than you think.

RULE TEN: We’re breaking all the rules. Even our own rules. And how do we do that? By leaving plenty of room for X quantities.

HINTS: Always be around. Come or go to everything. Always go to classes. Read anything you can get your hands on. Look at movies carefully, often. Save everything. It might come in handy later.

PARAGON BOOKS,BALMANDIR ROAD -BAGLUNG ph 068-522848

12/02/2014

२०७० शालको ३ बर्षे बि ए तहको परिक्षा तालिका

04/02/2014

श्रीपंचमी अर्थात् सरस्वती पुजा सबै
लाई मेरो शुभकामना सरस्वती माताले सबै लाई
ज्ञानि बनाई दिनुहोस कु कर्मको बाटो मा नजाउन सबै
को जय होस् ! जय सरस्वती माता...........!!

13/01/2014

हाम्रो पुस्तक पसल बालमन्दिर रोडमा सरेको संपुर्ण ग्राहक बर्गमा जानकारि गराउदछौ ।

26/12/2013

प्यारागन बुक्स बिशेष छुट अबसर
हामिलाई खोज्नुहोस् भारि छुट पाउनुहोस्

संपूर्ण पाठकहरु,प्रशिक्षक बिद्र्यार्थी तथा संपुर्ण सहयोगी, शुभेच्छुकहरुमा बिशेष धन्यवाद दिदै हामा्रे सेवा अबका दिनमा बिशेष छुट सहित नया स्थानबाट शुरु हुन लागेकाले
प्यारागन बुक्स खोज्नुहोस् भारि छुट पाउनुहोस्,

26/12/2013

DEAR FRIENDS,
WE R GREATFULL FOR YOUR SUPPORT
&
we HEARTLY INVITE TO U ALL FOR OUR LOCATION CHANGE OFFER,
OUR SERVICE WILL BE PROVIDE FROM HOSPITAL ROAD BAGLUNG
EVERYBODY CAN GET special discount in BOOKS & SOME MORE
PLEASE CONTACT SOON
OFFER WILL VALID
START FROM PAUSH 20
END PAUSH 30

19/12/2013

_____ *ily*ily*________*ily*ilyl*
___*ily* ___*ilyl*____*ily*___*ily*
_*ily* ______*ily*_*ily*_______*ily*
*ily* __________*ily*__________*ily*
*ily* ________________________*ily*
_*ily* ______*λδδ ΜΣ*______*ily*
__*ily* ____________________*ily*
____*ily* ________________*ily*
______*ily* ____________*ily*
________*ily* ________ *ily*
___*ily* ___*ily*____*ily*___*ily*
_*ily* ______*ily*_*ily*_______*ily*
*ily* __________ *ily* __________*ily*
*ily* __________________________*ily
*
_*ily* ______* λδδ ΜΣ*_____*ily*
__*ily* ____________________*ily*
____*ily* ________________*ily*
______*ily* ____________*ily*
________*ily* ________ *ily*
__________ *ily*____*ily*
____________’*ily*_*ily*
_______________*ily*
PARAGON BOOKS
__________,-~-._.–._.-~-,
_________/ .- ,’_______`-. \
_________\ /`__________\’/
_________ /___’a___a`___\
_________|____,’(_)`.____ |
_________\___( ._|_. )___ /
__________\___ .__,’___ /
__________.-`._______,’-.__
________,’__,’___`-’___`.__`.
_______/___/__frnds___\___\_
_____,’____/ ____ _______\___ `.__
___,’_____|__Ριζζ λδδ__|____ _`.
__|_____,’|_____......_____|`._____|
___`.__,’_.-\___ _ ΜΣ___/ -._`.__,’
_________/ _`.___ ____,’__\ _
__.”"-._,’______`._:_,’_______`.,-”"._
_/_,-._`_______)___(________’_,-.__\
(_(___`._____,’_____`.______,’___)_)
_\_\____\__,’________`.____/._.

18/12/2013

हजुरहरुलाई हार्दिक स्वागत छं । आफ्ना श्रृजनालाई हजुरहरुले पोष्ट गर्न सक्नु हुनेछ

09/12/2013

** अटल सत्य **
सबभन्दा राम्रो दिन -------- आज
सबभन्दा सही समय ------- यही समय ( अहिले)
सबभन्दा ठूलो पाप --------- भय
सबभन्दा ठूलो बाधा -------- धेरै बोल्नु
सबभन्दा ठूलो भूल --------- समय खेर फाल्नु
सबभन्दा घात विचार ------- घृणा गर्नु
सबभन्दा खराब भावना ----- इर्श्या गर्नु
सबभन्दा सरल काम -------- उपदेश दिनु
सबभन्दा बिस्वसनीय मित्र -- आफ्नो हात
THANK U ALL
MANY MANY THANKS FOR THEM WHO LIKE OUR PAGE

02/12/2013

"I didn't complete my University.."-- Bill Gates

"I Stitched Shoes in childhood.."-- Abraham Lincoln

"I was the one who served in Hotels.."Oberoi

"I was Conductor.."-- Rajnikanth

"I worked at Petrol Pump.."-- Dhirubhai Ambani

"I Failed in class 10th.."-- Sachin Tendulkar

"I was a Drop out n Keyboard Player.."--
A.R.Rahman

"I Slept on a Bench & borrowed Rs 20 everyday
from friend to travel to filmcity.."-- Shahrukh

"I used to serve Tea to support my Football
Training.."-- Lionél Messi

~ Life isn't about finding yourself
Life is about creating yourself~

28/11/2013

master 1st schedule

01/10/2013

happy vijaya dashami

09/09/2013

एसएलसी पूरक परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । नतिजा अनुसार कुल परीक्षार्थीको ६० प्रतिशत अर्थात ६७ हजार ५१ जना पास भएका छन् ।
पूरक परीक्षामा १ हजार ६ सय १० जना प्रथम श्रेणीमा पास भएका छन् भने ४८ हजार ८ सय ६७ जना दोश्रो र १६ हजार ५ सय ७४ जना तेश्रो श्रेणीमा पास भएका छन् ।
साउन २० देखि २७ गतेसम्म सञ्चालित पूरक परीक्षामा देशभरिबाट १ लाख ११ हजार ७ सय २४ जना सहभागी भएका थिए । परीक्षा सकिएको २९ औं दिनमा नतिजा सार्वजनिक गरिएको परीक्षा नियन्त्रक खगराज बरालले जानकारी दिनुभयो । एसएलसी परीक्षामा दुई विषयमा फेल भएकाहरु पूरक परीक्षामा सहभागी भएका थिए ।
नतिजा एसएमएसबाट पनि थाहा पाउन सकिनेछ । त्यसका लागि मोवाइलको म्यासेज बक्समा एसएलसी टाइप गरी एक स्पेस दिएर र आफ्नो सिम्बोल नम्बर टाइप गरी ५५६६ मा एसएमएस गर्नुहोला ।

07/09/2013

नमस्कार !
सम्पूर्ण फेसबूक मित्रहरुमा शुभप्रभात एवं अभिवादन !!
नेपाली नारीहरूको महान् पर्व तीजको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने समस्त आमा, दिदीबहिनी र छोरीचेलीहरूमा हार्दिक मङ्गलमय शुभकामना .......
आजको पञ्चाङ्ग
विक्रमसंवत् २०७० साल भाद्र २२ गते शनिवार ,
ईश्वीसन् २०१३ सेप्टेम्बर ०७ , नेपाल संवत् ११३३,
नेपालमा आजको सूर्योदय – ५.४५ बजे र सूर्यास्त – ६:१६ बजे,
भाद्र शुक्पलक्ष दितिया तिथि दिउँसो ५ बजेर ६ मिनेटसम्म, त्यसपछि तृतिया तिथि शुरू
उत्तरफन्गुनी नक्षत्र बिहान ९ बजेर ९ मिनेटसम्म र त्यस पछि हस्ता नक्षत्र शुरू ।

23/08/2013

हामिसंग संपर्कमा रहिरहनुहोला,
कपि किताब र कलमलाइ मात्र होइन । । ।
शिक्षा संबन्धि आबश्यक web sites तथा new teaching techniques का लागी पनि
प्यारागन बुक्स
क्याम्पस रोड, बाग्लुङ्ग
contact ०६८- ५२२८४८

28/07/2013

आचार्य भरतमुनि - विकिपीडिया

आचार्य भरतमुनि नाट्यशास्त्रका प्रणेता हुन्।[१] यिनको जन्मसमय सम्बन्धमा मतमतान्तर छ, यद्यपि यिनलाई इशापूर्व 500 र ईशापूर्व 100को बीचमामानिन्छ। यिनी असाध्य प्रतिभाशाली थिए। यिनको 'नाट्यशास्त्र' पूर्वीय नाट्य र काव्यशास्त्रको आदिग्रन्थ हो। यसमा नाट्यशास्त्र, संगीत-शास्त्र, छंदशास्त्र, अलंकार, रस आदिको सांगोपांग प्रतिपादन गरिएको छ। 'नाट्यशास्त्र' आफ्नो विषयको आधारभूत ग्रन्थमानिन्छ। भरतमुनिद्वारा रचित नाट्यशास्त्रको पूर्णरूप अहिले उपलब्ध छैन, अहिले उपलब्ध हुने नाट्यशास्त्रमा क्षेपकहरू थपिएको विश्वास गरिन्छ।[२] पूर्वीय साहित्यशास्त्रका वर्तमान समयमा प्राप्त हुने वा उपलब्ध ग्रन्थका साक्ष्यका आधारमा साहित्यको यस परम्पराका प्रतिष्ठापक आदि आचार्य भरतमुनि नै हुन् भन्ने तथ्य निर्विवाद छ, यद्यपि उनको एउटामात्र ग्रन्थ ‘नाट्यशास्त्र’ उपलब्ध अवस्थामा छ। हुन त नाम सुन्दा यो ग्रन्थ नाट्य विषयक पो हो कि झैं लाग्दछ, तर यो विविध कलाको विश्वकोष नै हो भन्दा अत्युक्ति हुँदैन। आचार्य भरतमुनि स्वयं स्वीकार्दछन् -त्यस्तो ज्ञान, शिल्प, विद्या, कला, योग र कर्म छँदैछैन जुन यस नाट्यग्रन्थमा उल्लेख नभएको होस्। [३]
भरतमुनिको समयका विषयमा विद्वान्माझ प्रशस्त मतमतान्तर छ। कतिपयले त यिनलाई काल्पनिक व्यक्तित्व समेतमानेको देखिन्छ। तर विविध प्रमाणलाई नियाल्दा यिनी एकजना ऐतिहासिक पुरुष नै हुन् भन्ने आधार छन्। उनको उल्लेख मत्स्यपुराणमा समेत भएको छ, भनिन्छ- स्वर्गलोकमा लक्ष्मीस्वयंवर नाटिकाको मंचन आचार्य भरतमुनिको निर्देशनमा भएको थियो, जसमा प्रसिद्ध अप्सरा उर्वशीले लक्ष्मीको भूमिका निर्वाह गरेकी थिइन् र अभिनयका क्रममा पुरुरवालाई देखेर उर्वशी उनीप्रति मोहित हुन पुगेकी थिइन्। उनको यस त्रुटिका कारण भरतमुनिले कुपित भई दुबैलाई श्राप दिएका थिए। महाकवि कालिदासले ‘विक्रमोर्वशीयम्’ नाटकमा यस घटनाको संकेत गर्दै आचार्य भरतमुनिको समुल्लेख गरेका छन्।[४]
यसबाहेक उद्भट, भट्टलोल्लट,श्रीशंकुक भट्टनायक, अभिनवगुप्त, कीर्तिधर, राहुल, भट्टयंत्र र हर्षवार्तिक जस्ता विशिष्ट आचार्यहरूले यिनको 'नाट्यशास्त्र' ग्रन्थको टीका पनि गरे। यी तथ्य देख्दादेख्दै ‘नाट्यशास्त्र’का प्रणेता भरतमुनि एकजना काल्पनिक व्यक्तित्व हुन् भन्नु विसङ्गतिपूर्ण हुन्छ। ऐतिहासिक दृष्टिगोचरका निमित्त आवश्यक तत्वहरू, जस्तै - व्यक्तिको जन्मसमय, पुर्ख्यौली पृष्ठभूमि, शिक्षादीक्षा आदिका विषयमा भने कुनै समाग्री उपलब्ध छैनन्। उपलब्ध फुटकर साक्ष्य र प्रमाणका आधारमा अनुमान गर्दै अधिकांश विद्वान भरतमुनिको जीवनकाल ईशापूर्व 500 वर्षदेखि ईशाको प्रथम शताब्दीको बीचमा रहेको धारणामा सहमत छन्। यिनले रचना गरेको नाट्यशास्त्रमा 6000 श्लोक उपलब्ध छन्, यसै ग्रन्थलाई ‘षट्साहस्री संहिता’ पनि भनिन्छ। तर ‘द्वादशसाहस्त्री संहिता’ नामको उल्लेख पनि भरतमुनिकै 'नाट्यशास्त्र’का निमित्त हुने भएकाले यसमा प्रारम्भमा १२००० श्लोक भएको अनुमान गर्न सकिन्छ। आचार्य शारदातनयद्वारा रचित ‘भावप्रकाशन’ नामक ग्रन्थमा उल्लेख गरेका छन् ।[५]
यहाँ ‘नाट्यशास्त्र’ग्रन्थलाई ‘नाट्यवेद’ भनिएको छ। आचार्य शारदातनयले ‘द्वादशसाहस्री संहिता’का रचयिता वृद्ध भरत(नन्दीकेशर) लाई र ‘षट्साहस्री संहिता’ क रचयिता आचार्य भरतलाईमानेका छन्। नाट्यशास्त्रको हाल उपलब्ध संस्करण अर्थात् ‘षट्साहस्री संहिता’मा 36 अध्याय छन्।[६]
सन्दर्भ सामग्री
एउटा प्रसिद्ध वैदिक सूक्ति छ - रसौ वै स:। अर्थात् ती परमात्मा नै रसरूपी आनन्द हुन्। रस संस्कृत भाषाको 'रस्' धातुमा 'अ'प्रत्यय गाँसिएर व्युत्पन्न शब्द हो। यसको व्युत्पत्तिगत अर्थ स्वाद ग्रहण गर मिल्ने पदार्थ तत्त्व हो। रसक प्रायोगिक क्षेत्र विविध छन्, दार्शनिक सन्दर्भमा विभिन्न किसिमले रस प्रयुक्त हुन्छ, त्यहाँ यसलाई पदार्थको गुणका रूपमा प्रयोग गरिएको पाइन्छ, आयुर्वेदमा रसलाई अमिलो, पिरो, तीतो, टर्रो, गुलियो नुनिलो आदि छ किसिमका स्वादका रूपमा चर्चा गरिन्छ, व्यावहारिक परिप्रेक्ष्यमा रुचि र सन्तुष्टिका सन्दर्भमा यसको प्रयोग हुन्छ भने खाद्यपदार्थका प्रसङ्गमा झोलिलो तरल पदार्थको द्योतन रसले गर्दछ। यी विभिन्न प्रायोगिक सन्दर्भमा रसको प्रयोग भए पनि यो विशेषतः साहित्यिक सन्दर्भमा बढी प्रयुक्त छ।[२]

रस, छन्द, अलङ्कार, ध्वनि अदि पूर्वीय काव्यशास्त्रका अनिवार्य र निर्विकल्प अवयव हुन् । काव्य चिन्तनको पूर्वीय परम्परामा रस सिद्धान्त सर्वाधिक चर्चित र पुरानो सिद्धान्त मानिन्छ। वेदमा ब्रह्मको चर्चाका क्रममा रस सब्दको उल्लेख गरिए तापनि, राजशेखर, कृतिधर आदि केही आचार्यले नन्दीकेशरबाट रसको आविश्कार भएको भने तापनि रसका आधिकारिक र प्रामाणिक अधिष्ठाता भरतमुनि हुन्। उनले नाट्यशास्त्रको विवेचनाका क्रममा व्यक्त गरेको रससूत्र नै रस सिद्धान्तको आधारतत्त्व हो। श्रव्यकाव्य पढ्दा वा सुन्दा एवं दृश्यकाव्य हेर्दा वा सुन्दा जुन अलौकिक आनन्द प्राप्त हुन्छ, त्यसैलाई काव्यमा रस भन्ने गरिन्छ। रसद्वारा जुन भावको अनुभूति हुनपुग्छ त्यसलाई रसको स्थायीभाव भन्ने गरिन्छ। रसको अर्थ हो - निचोड, सारतत्त्व वा मुख्यभाव। काव्यमा जुन आनन्द प्राप्ति हुन्छ, बास्तवमा त्यही नै काव्यको रस हो। काव्य रसास्वादनबाट प्राप्त आनन्द अर्थात् रस लौकिक नभएर अलौकिक वा आत्मिक हुन्छ। रस पूर्वानुभूति होइन, यो त तात्कालिक अनुभव हो। यद्यपि काव्य, नाटक वा सिनेमामा प्रस्तुत हुने विषयवस्तुको जानकारी पहिले नै हुनसक्छ, ज्ञात वा देखेसुनेको हुनसक्छ, तैपनि काव्य, नाटक वा सिनेमा हेर्दा केही नौलोपनको आभास र अनुभूति हुन्छ, नयाँ आस्वादनले पुराना अनुभूति हराउँदै जान्छ, तात्कालिक अनुभूतिमात्र चरममा पुगे झैं लाग्दछ। रसको यही अपूर्व रूप अप्रमेय र अनिर्वचनीय मानिन्छ। रस काव्यको आत्मा हो र रसिलो वाक्य नै काव्य हो [३]। रमणीय र आलङ्कारिक कव्यत्वको अनुभूति जसले मानव हृदयमा कुनै न कुनै भावलाई वा संवेदनालाई जागृत गराउन सक्छ त्यो नै रस हो। अथवा, भनौं साहित्यबाट प्राप्त हुने मानसिक सन्तुष्टिको नाम नै रस हो। रस अन्त:करणको त्यो शक्ति हो, जसका बलले इन्द्रियहरू क्रियाशील हुन्छन्, मनले कल्पना गर्दछ, स्वप्नका अनुभूति स्मृतिका रूपमा जीवन्त रहन्छन्। रस आनन्दको प्रतीक हो र यही आनन्द नै विशालताको र विराटपनको अनुभव पनि हो। यो आनन्द नै अन्य समस्त अनुभवको अतिक्रमण पनि हो। व्यक्तिविशेष इन्द्रिय-संयम हुनसक्छ र ऊ विषयविमुख पनि बन्न सक्छ, तर उसले ती विषयप्रतिका भाव पन्साउन सक्दैन। रसका रूपमा जुन वस्तुको निष्पत्ति हुन्छ, त्यही बास्तवमा भाव हो। रसानुभूति भएपछि भाव रहंदैन, केवल रसमात्र शेष रहन्छ, भावना रूपान्तरित हुन्छ।[४] साहित्यमा शास्त्रीय रूपमा रसको विवेचना गर्ने प्रथम आचार्य भरतमुनि(ईशाको दोस्रो शताब्दी )लाई मानिन्छ। उनले काव्यको आवश्यक तत्वक रूपमा रसको प्रतिष्ठा गर्दै श्रृङ्गार, हास्य, रौद्र, करुण, वीर, अद्भुत, बीभत्स र भयानक आदि आठवटा भेदलाई स्पष्टतः उल्लेख गरेका छन् तथा विद्वानहरू उनैले शान्त नामक नवौं रसलाई पनि स्वीकृति दिएको बताउँदछन्। यिनै हुन्- नवरस। उनले आफ्नो नाट्यशास्त्रमा रसोत्पत्ति विषयको चर्चालाई यसरी सूत्रबद्ध गरेको पाइन्छ-विभाव, अनुभाव र सञ्चारीभावको संयोगले यी विभिन्न रसको निष्पत्ति हुन्छ। हृदयको स्थायीभावले विभाव, अनुभाव र सञ्चारीभावको संयोग प्राप्त गर्दा रस रूप निष्पन्न हुन्छ। [५]। त्यसैले रसका चारवटा अङ्ग मानिन्छन्- स्थायीभाव, विभाव, अनुभाव र सञ्चारीभाव। प्रत्येक रसको स्थायी भाव बेग्लाबेग्लै छ। त्यसैको विभावादि संयोगले परिपूर्ण हुने निर्विघ्न-प्रतीति-ग्राह्य अवस्थालाई नै रस भनिन्छ। श्रृङ्गारको स्थायीभाव रति, हास्यको स्थायीभाव हास, रौद्रको स्थायीभाव क्रोध, करुणको स्थायीभाव शोक, वीरको स्थायीभाव उत्साह, अद्भुतको स्थायीभाव विस्मय, बीभत्सको स्थायीभाव जुगुप्सा, भयानकको स्थायीभाव भय तथा शान्तको स्थायीभाव शम वा निर्वेद मानिन्छ। भरतले आठवटा रसका देवता क्रमश: विष्णु, प्रमथ, रुद्र, यमराज, इन्द्र, ब्रह्मा, महाकाल तथा कालदेवलाई मानेका छन् र शान्त रसका देवता नारायण बताइन्छ। यस सूत्रको व्याख्या बुझ्न स्थायीभाव, विभाव, अनुभाव र व्यभिच्री भावको जानकारी हुनु आवश्यक छ।
स्थायीभाव

भावनाको भण्डार मनमा अनगिन्ती संवेगात्मक भावहरू अनुभव, वासना एवं संस्कारका रूपमा सँगालिएका हुन्छन्। यी भावहरू धेरैजसो सुसुप्त अवस्थामा रहेका हुन्छन्। जुन भावहरू स्थायी रूपमा मनलाई आबद्ध गरेर रहेका हुन्छन्, ती स्थायी हुन्। अर्को शब्दमा सहृदयको अन्त:करणमा जुन मनोविकार वासना वा संस्कारका रूपमा सधैं रहिरहन्छ, जुन कहिल्यै दमित हुँदैन, त्यसैलाई स्थायीभाव भन्दछन्। स्थायीभाव मानवमनमा बीजका रूपमा चिरकालसम्म स्थिर र अविचलित भएर बसेको हुन्छ। यसलाई संस्कार अथवा भावनाको द्योतक मानिन्छ। स्थयीभाव यति समर्थ र बलियो हुन्छ, यसले अन्य भावलाई आफूमा विलीन गर्दछ। विशेषतः काव्य पढ्दा अथवा नाटक वा चलचित्र हेर्दा पाठक र दर्शकमा एक किसिमको आनन्दको अनुभव पनि हुन्छ। यही भाव रसरूपमा परिणत भएको हुन्छ। त्यही स्थायी भाव नै रस हो। भरतमुनिले स्थायीभावलाई आठवटा मानेका छन् भने उत्तरवर्ती धेरैजसो विद्वानहरूले यसलाई नौ वटा हुन्छ भनेका छन्। कालन्तरमा भक्ति र वात्सल्यलाई पनि छुट्टै रसका रूपमा मान्नेहरूले स्थायीभावलाई ११ वटासम्म पुर्याएको देखिन्छ। ती एघारवटा स्थायी भाव हुन्- रति, हास, शोक, उत्साह, क्रोध, भय, जुगुप्सा, विस्मय, निर्वेद, वात्सल्य और ईश्वर विषयक प्रेम।
विभाव

भावहरूलाई उत्पन्न गर्ने अथवा बिउँझाउने सामग्रीलाई विभाव भनिन्छ। विभावको अर्थ हो, कारण। यसले स्थायीभावलाई आस्वाद्य तुल्याउँदछ। विभावलाई रसको उत्पत्तिमा आधारभूत तत्त्वका रूपमा लिइन्छ। विभाव दुई किसिमका हुन्छन्- आलम्बन विभाव र उद्दीपन विभाव। आलम्बन विभाव - जुन मुख्य भाव वा वस्तुका कारणले भावको उद्गम हुन्छ त्यसलाई आलम्बन भनिन्छ, वा जुन वस्तु देखेर त्यससम्बन्धी भावहरू उत्पन्न हुन्छन्, त्यस वस्तुलाई आलम्बन विभाव भन्दछन्। यस अन्तर्गत विषय र आश्रय पर्दछन्। चरित्र वा पात्रप्रति कुनै पात्रको भाव जागृत हुनुलाई विषय र जुन पात्रमा भाव जागृत हुन्छ त्यसलाई आश्रय भनिन्छ। उद्दीपन विभाव - स्थायी भावलाई जागरुकता प्रदान गर्ने सहायक कारणलाई उद्दीपन विभाव भनिन्छ। उदाहरणका रूपमा वीर रसको स्थायीभाव उत्साहका निम्ति सामुन्ने उभिएको शत्रु आलम्बन विभाव हो भने शत्रुसंगै रहने सेना व मतियार,युद्धका सरसामाग्री, बाजगाजा, शत्रुका क्रियाकलाप दर्पोक्ति, गर्जना, तर्जना, शस्त्र संचालन आदि उद्दीपन विभाव हुन्। जुन कुरा देखेर व सुनेर भावहरू झन् उत्तेजित हुन पुग्छन्, त्यो उद्दीपन विभाव हो। त्यस्तै रामायणको कथामा रामका लागि सीता आलम्बन हुन् भने सीतसँग वनविहार अथवा खेलवाड गरेका ठाउँहरू र उनलाई सम्झाउने अन्य साधनहरू पनि शोक स्थायीभावका उद्दीपन हुन्। उद्दीपन विभाव पनि आलम्बनगत (विषयगत) र बाह्य (बर्हिगत) गरी दुई किसिमका हुन्छन्।
अनुभाव

आलम्बन र उद्दीपन सामग्रीले भावको अनुभव भएपछि देखापर्ने चेष्टादि कार्यहरू अनुभाव हुन्, अथवा रति, हास, शोक आदि स्थायीभावलाई प्रकाशित वा व्यक्त गर्न लगाउने आश्रयको चेष्टा नै अनुभाव हो। यो चेष्टा भावजागृतिपछि आश्रयमा उत्पन्न हुने गर्दछ, त्यसैले यसलाई अनुभाव भनिएको हो। जुन वस्तुले भावको अनुगमन गर्दछ त्यसैको नाम हो, अनुभाव । आलम्बन एवं उद्दीपनका माध्यमबाट आ-आफ्ना कारणले उत्पन्न, भावलाई बाह्य रूपमा प्रकाशित गराउने जेजस्ता चेष्टाहरू हुन्छन्, तिनैलाई काव्य, नाटक आदिमा निबद्ध अनुभाव भन्ने गरिन्छ। जस्तै - विरहबाट व्याकुल नायकद्वारा सुँकसुँक्क गर्नु, मिलनका अवसरमा आँसु, पसिना, रोमाञ्चकता, अनुराग आदि उपस्थित हुनु, रिसाउँदा (क्रोध जागृत हुँदा) हातहतियार चलाउनु, कठोर वचन बोल्नु, आँखा राताराता पार्नु आदिलाई अनुभाव भन्दछन्। इच्छित र अनिच्छित गरी अनुभाव दुई किसिमको हुन्छ। इच्छित अनुभावलाई साधारण अनुभाव वा बाह्य अनुभाव र अनिच्छित अनुभावलाई सात्विक अनुभाव वा आन्तरिक अनुभाव पनि भनिन्छ। इच्छित अनुभाव चारकिसिमका(आङ्गिक, वाचिक, आहार्य र सात्विक) र अनिच्छित अनुभाव आठ किसिमका (स्तंभ, स्वेद, रोमांच, स्वरभंग, वेपथु (कम्प), वैवर्ण्य, अश्रु र प्रलय) हुन्छन्।
सञ्चारी भाव

सञ्चारी शब्दको अर्थ हुन्छ - सँगसँगै हिंड्नु व सञ्चरणशील हुनु। सञ्चारी भाव स्थायीभावका साथमा सञ्चरित हुन्छ। सञ्चारी भावलाई व्यभिचारी भाव पनि भन्ने गरिन्छ। अनगिन्ती मनका संवेगहरू जुन क्षणक्षणमा देखिने र लोप हुने प्रवृत्तिका हुन्छन्, तिनीहरूलाई व्यभिचारी अथवा सञ्चारी भाव मानिन्छ, अथवा स्थायीभावलाई परिपुष्ट तुल्याउन थोरै समय उपस्थित भएर तुरुन्त विलुप्त हुने भावलाई व्यभिचारी भाव वा सञ्चारी भाव भन्दछन्। यिनीहरू पानीकातरङ झैं अस्थिर हुने हुनाले यिनले स्थायी भावलाई आस्वादन अवस्थामा पुर्याउन सहयोगमात्र गर्नसक्छन्। यस भावमा प्रत्येक स्थायीभावका साथमा त्यस अनुकूल भई हिंड्ने सामर्थ्य हुन्छ, त्यसैले यसलाई व्यभिचारी भाव समेत भनिएको हो। संचारी अर्थात् व्यभिचारी भाव ३३ किसिमको हुन्छ - निर्वेद, ग्लानि, शङ्का, असूया, मद, श्रम, आलस्य, दीनता, चिण्ता, मोह, स्मृति, धृति, व्रीड़ा, चापल्य, हर्ष, आवेग, जड़ता, गर्व, विषाद, औत्सुक्य, निद्रा, अपस्मार (छारेरोग), स्वप्न, प्रबोध, अमर्ष (असहनशीलता), अवहित्था (भावलाई दमन गर्नु), उग्रता, मति, व्याधि, उन्माद, मरण, त्रास र वितर्क। यसरी सामान्य रूपमा विभाव, अनुभाव र सञ्चारीभावलाई रसरूपी स्थायीभावका क्रमशः कारण, कार्य र सहकारी वा सहायक भाव मानिन्छ।
रसका प्रकार

रसशास्त्रीहरूले मुख्यतः ९ किसिमका रसका प्रकार बताएका छन्। ती हुन्- श्रृङ्गार, वीर, करुण, हास्य, रौद्र, भयानक, बीभत्स, अद्भुत र शान्त।
श्रृङ्गार रस

श्रृङ्गार रसले सबैलाई संवेदित तुल्याउन सक्दछ। त्यसैले यसलाई रसराज(रसको राजा) पनि भनिन्छ। यो स्त्रीपुरुषको पवित्र प्रेमबाट व्यक्त हुन्छ। यसलाई मुख्य रूपमा दुई किसिमको मानिएको छ - सम्भोग श्रृङ्गार र विप्रलम्भ श्रृङ्गार। यस रसको स्थायीभाव रति(परस्पर प्रेम) हो। नायकनायिका एकअर्काको रतिका निम्ति आलम्बन विभाव बन्दछन्। सम्भोग श्रृङ्गारमा एकान्त ठाउँ, कोइलीको स्वर, भोगविलासका सामाग्रीहरू उद्दीपन विभाव बन्दछन् भने विप्रलम्भमा पहिले सम्भोगावस्थामा उपभोग गरिएका साधनहरू देख्नु र सम्झनु उद्दीपन विभाव बन्दछन्। सम्भोगमा प्रेमपूर्ण दृष्टि, कटाक्ष, पसिना आउनु आदि अनुभाव मानिन्छन् भने विप्रलम्भमा सम्भोगका लागि छट्पटाउनु, पिरोलिनु आदि नै अनुभाव बनेका हुन्छन्। लज्जादि सम्भोगका र उत्सुकता, चिन्ता आदि विप्रलम्भका सञ्चारी भाव हुन्। उदाहरण -

मन मिसिसकी गाला प्रीतिले टम्म जोडी

क्रमनियम दुबैले बोलीको चाल छोडी

बलपनि भलिभाँती बाहुलीले लिएछ

नसकी मनकथा त्यो रात सुत्तै गएछ॥ - [६](सम्भोग श्रृङ्गार)

आऊ प्रिये नगर बेर भनी मलाई

राखेर काखबीच हात दुबै समाई

ती लाल ओठ मुखनेर पुर्याउनु भो

लौ भन्न सक्दिन म ता अनि कुन्नी के भो ॥ - [७](सम्भोग श्रृङ्गार)

कहाँ श्री भगवान कृष्ण अधिराज् कहाँ सुदाम सखा

भक्तिले कनिका दिंदा उठिलिया कस्तो मजाको भन्या

तस्तै प्रीति सदा छ प्यारी मनमा तिम्रा उपर्मा पनि

ल्यौ ल्यौ औंठी म दिन्छु राख तिमीले मेरो निशान भनी॥ - [८](सम्भोग श्रृङ्गार)

लागे फर्कन स्वामि हेर सबका सम्झेर कान्ताकन

मेरैमात्र नफर्कने अझ पनि कस्तो कडा त्यो मन

बाटो हेर्दछु तैपनि म त सदा आए कि प्यारा भनी

पत्तै छैन कतै पनि निठुरको हा! गो त्यसै जोवनी॥ -[९](विप्रलम्भ श्रृङ्गार)

बाटो हेर्लिन् बिरह दिनका नित्य औंला गनेर

सुस्केरामैं मिरमिर हुनन् रात कोल्टो फिरेर

तिम्रै जस्तो म पनि दिनहुँ देख्छु संसारलाई

भन्ने मेरो खबर् लगिद्यौ कल्पँदी बैंसलाई ॥ - [१०] (विप्रलम्भ श्रृङ्गार)

पर्खें, शब्द सुनें, बसें शयनमा लेटें, उठें, झोक्रिएँ

हेरें, मार्ग घुमें, चटक्क चुडिएँ, फर्केँ, सुकें, आत्तिएँ,

टोल्हाएँ, मनले, झलक्क समझेँ, झस्कें, कुनामा गएँ

निस्केँ, दृष्टि दिएँ, फिरें, धुरुधुरु रोएँ, म हा! के भएँ ॥ -[११] (विप्रलम्भ श्रृङ्गार)
वीर रस

शत्रु वा प्रतिद्वन्द्वीको पराक्रम, उदारता, दानशीलताको प्रशंसा सुनेर आफूले पनि त्यस्तै कार्य गरेर यशस्वी हुने जुन उत्साह मनमा जाग्छ, त्यसबाट वीर रसको उत्पत्ति हुन्छ। यस रसको आलम्बन शत्रु वा प्रतिद्वन्द्वी हुन्छ भने युद्धदर्शन, वीरता प्रदर्शन आदि यसका उद्दीपन हुन्छन्। विपक्षीको तिरस्कार, अस्त्रप्रहार, कठोर वचन आदि यस रसका अनुभाव हुन् भने गर्व,धैर्य, रोमाञ्च आदि व्यभिचारी हुन्। उत्साह यस रसको स्थायीभाव हुन्छ। उदाहरण -

नेपाली हुँ कठिन गिरिमा चढ्नलाई सिपालु

वैरी नै होस् तर पनि म छु दिनमाथि दयालु

तातोतातो रगत रिपुको प्युन हर्दम तयार

मेरो यै नै प्रिय छ खुकुरी हेर भै होसियार ॥ [१२]

नेपालीका दिलदिल नयाँ ज्योति सल्काइदिन्छु

नौलो आशा नवरस नयाँ चाख पल्काइदिन्छु

पेली थोत्रा नियम युगको चक्र पल्टाइदिन्छु

हरो झन्डा अनि हिमचुलीमाथि झल्काइदिन्छु ॥ [१३]
करुण रस

आफ्नो प्यारो वस्तुको विनाश र अप्रिय वस्तुको प्राप्तिबाट करुण रसको उत्पत्ति हुन्छ। मनमा उर्लिएर आउनेशोक भाव नै करुण रसको स्थायी भाव हो। विनष्ट वस्तु आलम्बन र विनष्ट वस्तुको गुण र स्मरण वा स्मरण वा स्मरण गराउने चिजबिज उद्दीपन विभाव हुन्। रुनु, कराउनु आदि अनुभाव र मूर्च्छा, उन्माद, ग्लानि, चिन्ता आदि व्यभिचारी भाव भन्छन्। उदाहरण -

हाम्रा हर्ष र शोक मान, ममता, सन्तोष एकै थिए

एकै प्राण थियो र ज्यान दुईका सन्तान एकै थिए

बाँचु भिन्न भएर आज कसरी आधा मर्यो जीवनी

हाम्रो भेट हुँदैन हो कि सँगिनी धिक्कार कैल्यै पनि॥[१३]

टोपी सिर्फ छ नाममात्र शिरमा जम्मै टुप्पी निस्कने

भोटो जीर्ण धुजाधुजा छ उसको छाती पिठ्युँ देखिने

धोती केवल चार अङ्गुल धरो, नङ्गा छ सर्वाङ्गमा

काम्यो लुगलुग त्यो गरीब बिचरा त्य्स्म दया गर्छ को? [१४]
हास्य रस

अनौठा र विकृत आकार भएका चिजहरूले र अनौठा वर्णनहरूले हाम्रा मनमा एक किसिमको हांसोको भाव उत्पन्न हुन्छ, यही भाव साहित्यमा हास्य रसमा परिणत भएको हुन्छ। यस रसको स्थायीभाव हाँसो हो। अनौठा र विकृत आकार भएका चिज आलम्बन र विकृत एवं अनौठा किसिमका चेष्टाहरू उद्दीपन विभाव हुन्। हाँसो आउनु, आँखा केही चिम्लनु, मुख खुकुलिनु या विकृत हुनु आदि व्यभिचारी भाव हुन्। उदाहरण -

झुप्पा पुच्छरको पछिल्तिर ठूलो हल्लन्छ चारैतिर

खुट्टा चारवटा अनी खुर पनि लामू छ घाँटी फिर

खाई घाँस ऊ हग्छ आँपसरिका डल्लाहरू बर्बर

आऊ जाऊँ सबै मिलेर दगुरी त्यो जाइजाला पर॥ [१५]

कटि, कूच कसी हिंडन्या युवती

चलन्या पथमा नलजाई रति

सँगमा छ युवादल ओरिपरी

अमरावति कान्तिपुरी नगरी ॥ [१६]

ध्यायेत् सेतीं पहेलीं अलिअलि धमिलीं गेरु जस्तो च रातीं

नीलीं आकास जस्तीं मरकतमणिको झोल जस्तीं हरियीं

घ्याम्पा, गाग्रा र ठेकीं टिन, फटिअक, सिसीं आदिमा वास गर्दीं

गन्धाढ्यां फुर्तिमूर्तीं नवरसजननीं सम्झँदा रालभर्दीं ॥ [१७]
रौद्र रस

शत्रुहरूको आफूप्रति अपमानजनक एवं अपराधपूर्ण क्रियाकलाप हाम्रा मनमा एक किसिमको बदलाको भाव उत्पन्न हुन्छ। त्यसलाई हामी क्रोध भन्दछौं। यही भाव रौद्र रसमा स्थायी भाव हुन्छ। यसमा शत्रु आलम्बन, उसका क्रियाकलाप उद्दीपन, राताराता आँखा बनाउनु, ओठ टोक्नु, दाह्रा किट्नु, हतियार उठाउनु आदि अनुभाव र गर्व, आवेग आदि व्यभिचारी भाव हुन्। उदाहरण-

खरानी हुन्छ भर्भराउँदो, हुरी चल्न थाल्दछ

कायर पनि वीर हुन्छन्, वेग चल्छ जोसको

हाहाकार मच्छ यहाँ, पाप खुल्न थाल्दछ

एक जुगमा एक दिन एक चोटि आउँछ ॥ [१८]
भयानक रस

भयप्रद जन्तु, घटना वा दृश्य देखेर मनमा जुन डरलाग्दो चित्तवृत्ति उत्पन्न हुन्छ, त्यसबाट भयानक रसको अभिव्यक्ति हुन्छ। भयानक जन्तु वा विषय यसको आलम्बन र भयङ्कर जन्तुका भयप्रद चेष्टा यसका उद्दीपन हुन्। गदगद स्वरले बोल्नु, पसिना काड्नु आदि यसका अनुभाव हुन् भने शङ्का, मूर्च्छा, मृत्यु आदि व्यभिचारी भाव हुन्। भय यस रसको स्थायीभाव हुन्छ। उदाहरण -

कालाग्निसरिको भयङ्कर स्वरूप् राम्को भयाथ्यो जसै

कामिन् पृथ्वि पनी भयङ्कर स्वरूप् देखिन् र राम्को तसै

रावण्का पनि चित्तमा भय पर्यो उल्का बहुतै भयो

क्या गर्छन् प्रभुले यहाँ भनी त्यहाँ सब् लोक् डराइ रह्यो ॥[१९]

रागेपाटे अतिशय ठूलो लौन नि बाघ आयो

झम्ट्यो गाई थरथर भएँ होस मेरो हरायो

कामे गोडा ढुकढुक मुटु ठाउँ नै छोड्न लाग्यो

भागौं हामी घरतिर छिटै साहिंलो फुत्त आयो ॥ [२०]
अद्भुत रस

अलौकिक अथवा विचित्र वस्तु, दृश्य वा घटनालाई देख्दा वा सुन्दा उत्पन्न हुने विष्मयात्मक चित्तवृत्ति अद्भुत रस हो। अलौकिक वा अनौठो विषय व वस्तु यसको आलम्बन हुन्छ र त्यस अलौकिक विषय वा वस्तुको महिमा अथवा चमत्कार यसको उद्दीपन हुन्छ। पसिना, रोमाञ्च, आँखा फैलाउनु आदि यसका अनुभाव हुन् भने त्रास, जडता आदि यसका व्यभिचारी भाव हुन्। विस्मय वा आश्चर्य यस रसको स्थायीभाव हो। उदाहरण -

केही दूर् हनुमान् पुग्यापछि तहाँ एक् सिंहिका राक्षसी

छाया पक्री ऊ जन्तु खैंची बलले खान्थी जलैमा बसी

छाया पक्री ऊ तान्न लागि हनुमान् ज्युको गति बन्द भो

कस्ले बन्द गर्यो गति भनी दिशा दस्मा तसै दृष्टि गो ॥ [१९]

मुख खोलिदिँदा सब विश्व खुली

न त मट्टी मिली झलमल्ल बली

सब दिव्य चराचर छक्क परी

जननी स्तुति गर्दी भइन् विचरी ॥ [२१]
बीभत्स रस

घृणित वस्तु वा व्यक्तिलाई देखेर उत्पन्न हुने चित्तवृत्ति बीभत्स रस हो। यसको आलम्बन दुर्गन्धित र घृणित वस्तु हुन्छ र उद्दीपन घृणालाई सम्बर्द्धित गर्ने तत्त्व हुन्छन्। थुक्नु, आँखा चिम्लनु, नाक थुन्नु आदि यसका अनुभव हुन् र आवेग, मूर्च्छा, व्याधि आदि यसका सञ्चारी भाव हुन्। घृणा यस रसको स्थायी भाव हो। उदाहरण -

खैरे कुक्कुर एक घाउ छ हरे! रोगी लुत्याहाकन

पालेको मलमा लुते पुछरको डोलाउ त्यो सज्जन

साह्रै भक्त भई, शिलाहरू खप्यो ढुङ्गामुढा बेस्सरी

फोरी खप्पर क्याक्ल्याङ् गरि पियो यो रक्त आफ्नै हरि!! [२१]

हाय! क्षतविक्षत धरा छ, रगत चुसने, हृदय लुछने

कामकै फलिफाप हुन्छ, खोइ! मानवता कहाँ छ? [१२]
शान्त रस

शान्त रस संसार एक सपना हो, यहाँ भएका सबै प्राणी र चिजबिजहरू क्षणभङ्गुण र असार छन् भन्ने ज्ञानले हामीमा संसारप्रति एक किसिमको वितृष्णाको भाव उत्पन्न हुन्छ, यसि भावलाई निर्वेद अर्थात् वैराग्य भन्दछन्। यही वैराग्यको स्थिति नै शान्त रसमा स्थायीभाव बनेको हुन्छ। यसमा निस्सार संसार अथवा परमात्मा आलम्बन र पुण्यस्थान, तीर्थ, देवमन्दिर, साधुसज्जनको सङ्गत आदि उद्दीपन विभाव हुन्छन्। यस्ता विभावहरूबाट उत्पन्न भएको सात्विक रोमाञ्च, आँसु आदि अनुभाव र हर्ष, स्मृति, विरक्ति, पश्चात्ताप आदि सञ्चारी भाव हुन्। उदाहरण -

लायौ दृष्टि जता उतैतिर कठै! यो शृष्टि अस्पष्ट छ

पाऊ पक्ष कुनै विपक्षमय छन् चल्दा बडो कष्ट छ

खाली तर्कवितर्कका भुमरिमा घुम्दो छ यो जीवनी

मानूँ अर्जुन-भेद्ययन्त्रबिचको दुर्दर्श माछो बनी ॥ [११]

अति सुन्दर मानव जीवन यो

अझ सुन्दर पार्नु कसो गरि हो?

गरि काव्यसुधारस पान अरे

गर मानव जीवन सार्थक रे ॥ [२२]
http://ne.wikipedia.org/wiki/%E0%A4%86%E0%A4%9A%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF_%E0%A4%AD%E0%A4%B0%E0%A4%A4%E0%A4%AE%E0%A5%81%E0%A4%A8%E0%A4%BF
कुराकानी समाप्त भयो
Seen जुन 10

ne.wikipedia.org आचार्य भरतमुनि नाट्यशास्त्रका प्रणेता हुन्।[१] यिनको जन्मसमय सम्बन्धमा मतमतान्तर छ, यद्यपि यिनलाई इशापूर्व 500 र ईशापूर्व 100को बीचमामानिन्छ। यिनी असाध्य प्रतिभाशाली थिए। यिनको 'नाट्यशास्त्र' पूर्वीय नाट्य र काव्यशास्त्रको आदिग्रन्थ हो। यसमा नाट्यशास्त्र, संगीत-शास्त्र, छंदशास्त्र, अलंकार, रस आदिको…

03/07/2013

अब हामिकहाँ क्याम्पस +2 स्कुल तथा र्बोडङ्गका पाठ्यपुस्तकका साथै गाइड गेसपेपर रिफरेन्सका साथै dictionary पनि उपलब्ध छन् .............

04/06/2013

कुन मन्दिरमा जान्छौ यात्री ?
कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पूजा गर्ने ?
साथ कसरी लाने हो ?

हाडहरुको सुन्दर खम्बा , मांसपिण्डको दिवार
मस्तिष्कको यो सुनको छाना , ईन्द्रियहरुका द्दवर
नसा नदीका तरल तर , मन्दिर आफ़ू अपार

साथी यात्री बिच सडकमा , ईश्वर हिड्छ साथ
चुम्दछ ईश्वार काम सुनौला , गरिरहेको हात
छुन्छ तिलस्मी करले उसले , सेवकहरुको साथ

फ़र्क फ़र्क हे ! जाउँ समाउँ , मानिसहरुको पाउँ
मलम लगाउँ आर्तहरुको , चराईरहेको घाउँ
मानिसहरु भैं ईश्वरको त्यो , दिव्य मुहार हँसाउँ

सड्क किनार गाउँछ ईश्वर , चराहरुको तालमा
बोल्दछ ईश्वर मानिसहरुको , पिडा , दु:खको गानामा
दर्शन किन्तु कहि दिदैन . चर्म चछुले कानामा ..

तस्विर: महाकवी लक्ष्मी प्रसाद देवकोटा द्दारा लेखित यो मिठो शब्द लहर कुन मन्दिरमा जान्छौ यात्री ? कुन मन्दिरमा जाने हो ? कुन सामग्री पूजा गर्ने ? साथ कसरी लाने हो ? हाडहरुको सुन्दर खम्बा , मांसपिण्डको दिवार मस्तिष्कको यो सुनको छाना , ईन्द्रियहरुका द्दवर नसा नदीका तरल तर , मन्दिर आफ़ू अपार साथी यात्री बिच सडकमा , ईश्वर हिड्छ साथ चुम्दछ ईश्वार काम सुनौला , गरिरहेको हात छुन्छ तिलस्मी करले उसले , सेवकहरुको साथ फ़र्क फ़र्क हे ! जाउँ समाउँ , मानिसहरुको पाउँ मलम लगाउँ आर्तहरुको , चराईरहेको घाउँ मानिसहरु भैं ईश्वरको त्यो , दिव्य मुहार हँसाउँ सड्क किनार गाउँछ ईश्वर , चराहरुको तालमा बोल्दछ ईश्वर मानिसहरुको , पिडा , दु:खको गानामा दर्शन किन्तु कहि दिदैन . चर्म चछुले कानामा ..

Telephone

Website