Shree Bhatbhatini Maa : श्री भातभतिनी माँ / माेप्ता माँ

Shree Bhatbhatini Maa : श्री भातभतिनी माँ / माेप्ता माँ

Bhat and bhatini means husband and wife in nepal bhasa. They are considered to be protector of childrens from evil spirit and different diseases.

They are deities of sky, that is why their feet never touch the ground.

Photos from Shree Bhatbhatini Maa : श्री भातभतिनी माँ / माेप्ता माँ's post 24/04/2024

Shree Bhatbhatini Maa
श्री भातभतिनी माँ / माेप्ता माँ
salutation to the protectress of children
Pic Source : Prakash M Manandhar
#भातभतिनीअामा

20/04/2022

Thanks to Bhat-Bhateni Temple for exploring more about the protectress of children. Jay Maa Bhatbhateni

Photos from Shree Bhatbhatini Maa : श्री भातभतिनी माँ / माेप्ता माँ's post 19/04/2022

Jay maa 🙏
Source: Bhat-Bhateni Temple

Photos from Shree Bhatbhatini Maa : श्री भातभतिनी माँ / माेप्ता माँ's post 28/04/2021

Jay moptaa maa
© chitrakar

02/12/2020

Shree Bhatbhatini Mata🙏🙏🙏
श्री भातभतिनी माँ / माेप्ता माँ
Source:- Bhat-Bhateni Temple
#भातभतिनीअामा

15/09/2020

Shree Bhatbhatini Mata🙏🙏🙏
श्री भातभतिनी माँ / माेप्ता माँ
Source: Mahesh Rana
#भातभतिनीअामा

29/08/2020

Shree Bhatbhatini Mata🙏🙏🙏
श्री भातभतिनी माँ / माेप्ता माँ
Source: Sugam Tamrakar Photography
#भातभतिनीअामा

Photos from Shree Bhatbhatini Maa : श्री भातभतिनी माँ / माेप्ता माँ's post 18/07/2020

भाटभटेनी मन्दिर - सन् १९६६
Source: Bhat-Bhateni Temple
#भातभतिनीअामा

29/06/2020

Shree Bhatbhatini Mata🙏🙏🙏
श्री भातभतिनी माँ / माेप्ता माँ
Source: Wiki
#भातभतिनीअामा

Photos from Bhat-Bhateni Temple's post 28/06/2020
Photos from Shree Bhatbhatini Maa : श्री भातभतिनी माँ / माेप्ता माँ's post 14/06/2020

Source : rajunepal.com
काठमाडौंको हाँडीगाउँछेउ भाटभटेनीको प्रसिद्ध मन्दिर छ, जहाँ पूजाआजा हुने देवता भने भाटभटेनी हुन् । भाटभटेनी कुन देवता थिए भन्ने सम्बन्धमा एउटा किंवदन्ती पाइन्छ । त्यस अनुसार, उपत्यकाको पानी चोभारको डाँडाबाट बाहिर पठाएर श्रीकृष्णले उपत्यकालाई बसोबास योग्य बनाएपछि हालको हाँडीगाउँ क्षेत्रमा एक जना भट्ट र भट्टेनी जोडी बस्दथे रे । उनीहरूले अघिल्लो जन्ममा नै विष्णुलाई आप्mनो छोराका रूपमा प्राप्त गर्न सक्ने वरदान पाएका रहेछन् । त्यसै अनुरूप विशालनगर क्षेत्रमा बसोबास गर्ने भट्टभट्टेनीका कोखबाट नारायणले जन्म लिन पुगेछन् । भाटभटेनीको माथि वर्णित कथा अनुसार छोराका रूपमा जन्मिएका विष्णुको चाकर गरी बसिरहेको समयमा एक पटक गरुडले तिनको छोरालाई भगाएर आकाशमा पुर्याएछ । त्यसपछि भाटभटेनी पनि आप्mनो तान्त्रिक बलले आकाशमा पुगी छोरो फिर्ता ल्याउन प्रयास गर्दा तिनका छोराले आफु विष्णु भएको, तिनीहरूले मागेको वरदान पूरा गर्न यसरी जन्म लिएको तथा आफु विष्णु भएकाले सधैं त्यसरी उनको छोरा भएर उनीहरूसँग बस्न नमिल्ने बताएछन् । साथै तिनीहरूलााई आकाशचारिणी देवीदेवताका रूपमा लोकले पुज्नेछ समेत भनेका रहेछन् । त्यसपछि तिनै भट्टभट्टेनी काठमाडौंमा भाटभटेनीका रूपमा पूजित हुन लागेछन् । अन्तरिक्षचारी भूत, प्रेत र पिशाचले आप्mना बालबच्चालाई सताएमा या दुख दिएमा भाटभटेनीको पूजा–उपासना गर्दा तिनीहरूको प्रकोप हट्छ भन्ने जनविश्वास छ । हाल भाटभटेनीलाई आकाशमा झुन्डिएका देवीदेवता र साक्षात् विष्णु र लक्ष्मीका रूपमा पूजाआजा गर्ने चलन छ । भाटभटेनीको अभ्युदयका बारेमा स्थानीय जनमानसमा प्रचलित अन्य प्रकारका किंवदन्ती अनुसार, कुनै समयमा आफ्नो घरमा डेरा बस्ने व्यक्तिले भाटभटेनीलाई आफ्नाे गरगहना सुरक्षित राखिदिनका लागि दिएछन् । पछि उक्त नासो भाटभटेनीले फिर्ता गरेनछन् । यसबाट पीडित व्यक्तिले अर्काको नासो फिर्ता नगर्ने व्यक्तिको धरतीमा वास नहोस् भन्ने श्राप दिएकाले यिनको मूर्ति आकाशमा झुन्डिएको अवस्थामा रहेका हुन् ।
यहाँ टुँडालदेवी, भाटभटेनी र महामाजुदेवीको रथयात्रा पनि गरिन्छ । चैत पूर्णिमाका दिन यी देवीहरूको रथयात्रा गर्ने चलन छ । भाटभटेनी मन्दिर निकै भव्य छ, जसमा मूर्तिहरू भने आकाशमा झुन्डिएको जस्तो गरी निर्माण गरिएका छन् । यहाँ श्रद्धालुहरूको निकै घुइँचो लाग्ने गरेको छ ।

#भातभतिनीअामा

Photos from Shree Bhatbhatini Maa : श्री भातभतिनी माँ / माेप्ता माँ's post 14/06/2020

📷 Bhat-Bhateni Temple
Shree Bhatbhatini Mata🙏🙏🙏
श्री भातभतिनी माँ / माेप्ता माँ
#भातभतिनीअामा

14/06/2020

Shree Bhatbhatini Mata🙏🙏🙏
श्री भातभतिनी माँ / माेप्ता माँ
📷Bhat-Bhateni Temple
#भातभतिनीअामा

27/05/2020

©Street.Storiess
Shree Bhatbhatini Mata🙏🙏🙏
श्री भातभतिनी माँ / माेप्ता माँ
#भातभतिनीअामा

25/05/2020

श्री ममता अजिमा (भाटभटेनी माई)
नेपालमण्डलको प्राचिन र व्यवस्थित सहरको रुपमा विशालनगर क्षेत्रलाइ लिइन्छ , नेपालको इतिहास विशालनगर क्षेत्रलाई नसमेटी पुरा हुन सक्दैन ! यस लिच्छवीकालिन सहरभित्र पुरातात्विक र एतिहासिक प्रमाणको रुपमा अनगिन्ती देव देवीको मन्दिरहरु , शिलापत्र र अभिलेखहरु पाइन्छन ! कुनै कालखण्डमा व्यवस्थित सहरको रुपमा रहेको यस एतिहासिक क्षेत्र हाल आएर केहि सिमित टोलहरुमा साँघुरीन पुगेको छ भने आधुनिकिकरण बढ्दै जाँदा यसको मौलिकता र पहिचान लगभग लोप जस्तै भैसकेको छ !कुनै कालखण्डमा यस सहरमा मानगृह, भद्राधिवास, कैलाशकुट जस्ता भब्य दरबार रहेका थियो भन्ने इतिहासकारहरुले आंकलन लगाउने गरेका छन् !
यस क्षेत्र अन्तर्गत पर्ने श्री ममता अजिमा (भाटभटेनी माई) को मन्दिर !
भनिन्छ यस ममता अजिमालाइ साक्षात बिष्णु रुपी छोरा प्राप्त भएको थियो, कुनै एक बृद्धको नासोको रुपमा राख्न दिएको बस्तु , दम्पतीले गरिबीको कारणले बिक्रि गर्दा , सो नासो वापस गर्न नसक्दा बृद्धको सरापलागी चिलले उनको बच्चा अपहरण गर्दछ, दम्पति दैबी शक्ति प्राप्त रहेको हुँदा , आकाशमा उडेर चिलको पिछा गर्दै आफ्नो बच्चा वापस लिन सफल हुन्छ , चिलले बिष्णु स्वरुपको दर्शन दिंदै, उनीहरुलाई जन्म र मृत्युचक्र बाट मुक्त हुने बरदान दिदै , बच्चाहरुको सम्रक्षकत्वको जिम्मेवारी सुम्पी अन्तर्ध्यान हुन्छ ! अर्को किम्बदन्ती अनुसार टुंडालदेवीले चिलको रुपमा दम्पतिको बच्चा लुकाइदिए पश्चात दम्पतीले पिडा सहन नसकी आत्मा हत्या गर्दछ , तब टुंडालदेवीलाइ दम्पतिको दयालागी फेरी पुनर्जीवन प्रदान गर्दिनु भएछ र यी दम्पतिलाइ बच्चाहरुको रेखदेख गर्ने जिम्मेवारी सहित ममता अजिमाको रुपमा प्रख्यात होस् भनि बरदान दिनु भएको थियो , स्वयम्भु परिसरमा रहेको हारती अजिमाका जस्तै यस मन्दिरमा समेत आफ्नो बाल बच्चाहरुको स्वास्थ्य र उज्ज्वल भविष्यको कामना गर्दै भक्तजनहरु जाने गर्दछन ! कर्माचार्य पुजारी रहने यस मन्दिरलाइ भाटभटेनीको नामले बढी चिनिने गर्दछ !
©नेवा : म्हसीका - Newa Mhasika

#भातभतिनीअामा
#ममतामाँ #ममताअजिमाँ #ममतामातम

24/05/2020

श्री ममता अजिमा (भाटभटेनी माई) की जय। श्री ममता अजिमा (भाटभटेनी माई) ले हामी सबैको कल्याण गरुन्।

श्री ममता अजिमा (भाटभटेनी माई) भाटभटेनी स्थित भाटभटेनी सुपर मार्केटको उत्तर-पश्चिम सडक पारीपट्टी अवस्थित छ। मिति २०१५।०१।०४ मा त्यहाँ घुम्न जाँदा भेटिएका पुजारी पुरुषोत्तम कर्माचार्यका अनुसार प्राचिन कालमा कालाजादूका लागि कुख्यात एक स्त्री थिइन्। उनले आफ्नो कुविद्या दुरुपयोग गरी दुनियाका बालबच्चालाई रोगव्याधी लगाएर निकै दुख दिने गर्दथिन्। त्यसबाट त्राहिमाम समाजलाई मुक्ति दिन टुंडालदेवीले चीलको रुप धारण गरी त्यस स्त्रीको एकमात्र बच्चालाई दपेटेर बेपत्ता पारिदिनु भएछ। टुंडालदेवीको दैवी शक्तिसंग त्यस स्त्रीको तान्त्रिक शक्ति प्रभावहीन भएर आफ्नो बच्चा फेला पार्न सकेन छ। यसबाट दुखी र समाजमा बेइज्जत भएको महसुस गरी उनका पति समेत दुबैले घाँटीमा डोरीको पासो लगाएर आत्महत्या गरेछन्। त्यसैकारण भाटभटेनी मन्दीरमा त्यस दम्पतिको पूर्ण कदको मानव आकृति (मूर्ति) लाई घाँटीमा बाँधेर झुण्ड्याएर राखिएको छ। उनीहरुको आत्महत्यालाई प्रायश्चितको रुपमा लिई टुंडाल अजिमाले ति दुबैको लासलाई आफ्नो निवासमा झिकाई जीवित पारेर "अब आइन्दा दुनियालाई दुख नदिनू, जसरी तिमीले आफ्नो बच्चालाई माया गर्छौ त्यसरी नै दुनियाका बालबच्चालाई माया गर्नू। यसबाट तिमी ममता अजिमाको नामबाट प्रख्यात हुनेछौ" भनेर उनीहरुको बच्चा सहित फर्काएर पठाइदिनु भएछ। त्यसैले बालबच्चा लगायत वयस्कहरुको समेत ग्रहदशा शान्त गर्न ममता अजिमा कहां पूजाआजा गर्ने चलन चलिआएको रहेछ।
टुँडालदेवीको कृपाले पुनर्जीवन पाएको हुनाले ममता अजिमालाई टुँडालदेवीको छोरी पनि भनिन्छ। भाटाभटेनी ठाउँको नामबाट उनलाई भाटभटेनी देवी वा भाटभटेनी अजिमा पनि भनिंदो रहेछ। ममता अजिमाको जात्रा प्रत्येक वर्ष चैत्रशुक्ल चतुर्दशीदेखि चैत्रकृष्ण तृतीयासम्म पाँच दिन मनाईन्छ। जात्राको पहिलो दिन ममता अजिमा दम्पतिलाई लासको रुपमा टुंडालदेवी कहां लगिन्छ र अन्तिम दिन जीवित रुपमा मन्दीर प्रवेश गराइन्छ। मन्दीर भित्रको दृष्यको फोटो खिच्न बर्जित छ। ममता अजिमाको यो कथा रोचक र शिक्षाप्रद पनि छ।
© Maheswor Shrestha

19/05/2020

Say “Bhatbhateni” and most people will think ‘shopping’. Who hasn’t heard of the Bhatbhateni Supermarket; even Indian tourists seem to know it’s ‘the’ shopping center in Kathmandu. The name ‘Bhatbhateni actually comes from Bhat and Bhateni, a pious couple who attained divine status. The temple dedicated to them lies a mere 40 meters northwest of the famous shopping center.

This valley is full of surprises. You will find a temple that has lost its steeple (Maru Ganesh); a temple that has wooden images of gods with no hands or feet (Jagannath); a god whose head arrived in the valley without the body (Akash Bhairav) and here at Bhatbhateni, the god and goddess are suspended in the air as their feet must never touch the ground while their child floats above them nearby.

Long ago in Handigaun, a small locality in the city state of

Vishalnagar, there lived a holy Brahmin couple, Sudev and Sudevi. They were deeply devoted to Vishnu and having gained profound knowledge, earned the name Bhatbhateni. Vishnu was so pleased with this couple that he offered them a boon. “Give me a son with all you good qualities!” exclaimed Sudevi to her Lord. Vishnu told them, “You are already too old for such a wish in this life, but your wish will be granted in your next life.” Sudev and Sudevi were reborn to a Brahmin family in Vishalnagar and once again got married to each other. But this time they were extremely poor. However, they were exceptionally religious, honest and law abiding, which made them famous far and wide.

One fine day, an old Brahmin named Suddhadev arrived at their doorstep asking for shelter. Knowing about their exemplary character, when he left he decided to leave his walking stick behind. He then left for a 12-year pilgrimage. This was no ordinary stick as inside it he had stored gold ornaments. As time passed, they became more impoverished and to make matters worse, a son was born on the eighth year of the pilgrim’s departure. The son had all the attributes of Vishnu and they named him Villa. One day they noticed the walking stick had begun to rot and they saw the gold inside it. Caring for the child was proving to be beyond their means. Thinking that the pilgrim was too old to survive and return after 12 years, they sold the ornaments.

One day, Sudevi gave the child a bath and having oiled him, the three were basking in the sun. Unexpectedly, Suddhadev appeared before them and asked for his walking stick. Caught in a quandary, the couple lied, saying that his stick had been destroyed by moths. For a moment he believed them, but as he looked up to the sky is despair, he saw an eagle circling above. Suddenly, he realized what had happened and turning to the couple, cursed them, “Impossible! Liars like you should not find land on this earth to set foot on. If my stick could be eaten away by moths, then surely that eagle above can swoop down and carry away your child.”

To everyone’s dismay, the eagle did come down, plucked up the baby and flew away with it. The couple having accumulated religious merit, found supernatural strength to rise up in the air to get back their son. But then, their boy showed his true form. He was in fact the four-armed Vishnu-Narayan astride the Garuda, which had appeared in the form of an eagle. Because of their devotion to their god, the couple was blessed by Vishnu: “You shall remain in the sky as gods as you have remained loyal to me.”

Henceforth, even to this day, the images of Bhat and Bhateni at their shrine at Bhatbhateni remain above the ground with the image of their son rising even higher above them. Their feet shall never touch the ground.
© ECS Nepal

#भातभतिनीअामा

18/05/2020

हामी सबैले सुन्दै अायकाे एक प्रख्यात नाम "भातभतिनी", एउटा सपिङ मल (shopping Mall ) मात्र नभइ हांडिगाँउकाे एक देवजाेडिकाे नाम हाे। र यसै देवताकाे नामबाट सपिङ मल (shopping Mall )काे नामाकरण भएको देखिन्छ।

नेपाल भाषामा भात र भतिनीकाे अर्थ श्रीमान र श्रीमती हाे। उहाँहरूलाई अाकाशका देवीदेवताकाे रूपमा पुजिन्छ। त्यसैकारण अाजसम्म पनि उहाँहरूकाे चरणले कहिले पनि भुमि स्पर्श गर्दैन र "झुण्डिएका अथवा झुन्डाईएका देवता" जस्ता उपनाम बाट पनि चिनिन्छन। माेप्ता माँ काे नामबात पनि प्रख्यात उहाँहरूलाई बिशेष गरि राेग कष्ट बाट मुक्ति पाउन र बालबालिकाकाे रक्षाकाे कामनार्थ पुजाअाजा गरिन्छ।

#भातभतिनीअामा

Pic© wiki

30/04/2020

Shree Bhatbhatini Maa 🙏🙏🙏
श्री भातभतिनी माँ / माेप्ता माँ ❤️??❤️
#भातभतिनीअामा

Website