Pramod Rijal

Pramod Rijal

Ward Chairman , Ward No.1 , Nepalgunj Sub-Metropolitan City

18/02/2023

सबै दाजुभाई तथा दिदिबहिनिहरू मा महा शिवरात्रीको हार्दिक शुभकामना !
Happy Maha Shivaratri

09/07/2022

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल अजहा (बक्राइद)को पावन अवसरमा सम्पूर्ण देशबासीमा हार्दिक मंगलमय शुभकामना ( मुबारकबाद) व्यक्त गर्दछु |
प्रमोद रिजाल
अध्यक्ष
वडा नः १

16/05/2022

आफनो दुःख नातागोताहरुप्रति निर्दयी नबन्नु, सबैप्रति दया हुनु नै धर्म हो । गौतम बुद्ध

15/05/2022

मलाई विस्वास गरेकोमा सबै वडा वासी लाई हृदय बाट धन्यवाद !

Photos from Pramod Rijal's post 10/05/2022

नेपालगन्ज नगरका मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्र र उपमेयर पदका उम्मेदवार शान्ति ढकाल र वडा अध्यक्ष पदका उम्मेदवार प्रमोद रिजाल काे सपना :०
१. गुणस्तरीय शिक्षा
२. उच्चस्तरीय स्वास्थ सेवा
३. निर्यातमुलक कृषि
४. राेजगारमुलक उद्योग
५. पहिचानमुलक पर्यटन
६. पूर्वाधारयुक्त सुरक्षित नगर
७. व्यावसायिक खेलकुद
८. स्वच्छ हरित शहर
९. सुशासन, जनमैत्री प्रशासन
१०. प्रविधिमा आधारित सेवा प्रवाह
११. सामाजिक सुरक्षाप्रति जवाफदेहिता
१२.सकरात्मक विभेदकाे नीति
१३. लैंगिक संवेदनशीलता
१४. अतिगरिव वर्गकाे पहिचान

10/05/2022

तपाइको स्वास्थ्य हाम्रो प्राथमिकता !
डेंगु तथा मलेरिया नियंत्रण
तपाईहरुको साथ चाहियो विस्वास चाहियो
वडा नं १ को विकासको लागि आशीर्वाद चाहियो !
Vote for PramodRijal

10/05/2022

तपाइको स्वास्थ्य हाम्रो प्राथमिकता !
वडा स्वास्थ्य कार्यालयमा साप्ताहिक रुपमा चिकित्सक तथा प्रयोगशालाको सेवा!
तपाईहरुको साथ चाहियो विस्वास चाहियो
वडा नं १ को विकासको लागि आशीर्वाद चाहियो !
Vote for PramodRijal

10/05/2022

तपाइको स्वास्थ्य हाम्रो प्राथमिकता !
हाम्रो वडा नं १ मा Birthing Centre
तपाईहरुको साथ चाहियो विस्वास चाहियो
वडा नं १ को विकासको लागि आशीर्वाद चाहियो !
Vote for PramodRijal

10/05/2022

तपाइको स्वास्थ्य हाम्रो प्राथमिकता !
वडा नं १ को घर घरमा स्वास्थ्य बीमा
तपाईहरुको साथ चाहियो विस्वास चाहियो
वडा नं १ को विकासको लागि आशीर्वाद चाहियो !
Vote for PramodRijal

10/05/2022

आउँदो निर्वाचनमा प्रमोद रिजाललाई भोट किन?
वडा नं १

10/05/2022

बाँके जिल्लाको नेपलागञ्ज उपमहानगरपालिका वडा
नं. १ मा अवस्थित धम्बोझी माध्यमिक विद्यालय यस जिल्लाकै
शैक्षिक हवको रुपमा विकसित हुँदै ६४ वर्षको लामो इतिहास पार
गरेको छ । विगतको तुलनामा दिन प्रतिदिन शिक्षाको क्षेत्रमा फड्को
मार्दै अगाडी बढिरहेको यस विद्यालयको स्थापना वि. सं. २०१४
सालमा भएको थियो । विद्यालयको संस्थापक प्रधानाध्यापक स्व.
नागेश्वरप्रसाद शर्मा र पछि क्रमशः हरिनन्दन मल्लिक, सरोजकुमार
उपाध्याय, पुष्पराज कर्माचार्य, सुरेन्द्रनाथ सापकोटा, लल्लन अलि,
शिवकुमार मिश्र, बच्नु झा, सुशीला शर्मा, किरण आचार्य र वर्तमान
अवस्थामा वामदेव सुवेदीले प्रधानाध्यापकको जिम्मेवारी
समालिरहनु भएको छ । विद्यालय व्यवस्थापन समितिका संस्थापक
अध्यक्ष स्व. माधवराज श्रेष्ठ र पछि क्रमशः नरसिंह गुरुङ्ग, गोवर्धन
सिंह सम्झाना, दिपकबहादुर सिंह, मुकुन्दबहादुर के.सी., दिवाकर
शर्मा, क्या. धनबहादुर चन्द हुँदै हाल लिलाराज उपाध्याय यस
विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ ।
विद्यालयमा हाल कक्षा प्रारम्भिक बाल विकासदेखि
कक्षा १२ सम्म अध्यापन हुन्छ भने प्राविधिकधार अन्तर्गत कक्षा ९
देखि १२ सम्म कम्प्यूटर इन्जिनियरिङ्ग विषयको अध्यापन हुने यस
विद्यालयमा हाल २४१५ विद्यार्थीहरु अध्ययनरत छन् । शिक्षक
तथा कर्मचारीहरुको संख्या ५४ रहेको छ ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक कर्मचारीको
मिहिनेत तथा वडा कार्यालयको सकारात्मक सोच र सहकार्यले
गर्दा आज यस विद्यालयलाई राम्रा मानिने सामुदायिक विद्यालयको
फेहरिस्तमा आफ्नो नाम दर्ज गराउन सफल भएको देखिन्छ । यसको
ज्वलन्त उदाहरण आ.व. २०७७ मा प्रदेश सरकारबाट बाँके
जिल्लाकै उत्कृष्ठ विद्यालयको रुपमा घोषणा हुनुलाई मान्न
सकिन्छ । मुलुक संघीय संरचनामा परिणत भइसकेपछि स्थानीय
सरकारबाट प्रत्यक्ष सरोकार राख्दा यस विद्यालयलाई नेपालगञ्ज
उपमहानगरपालिका वडा नं. १ को अध्यक्ष प्रमोद रिजाल ज्यूको
विद्यालय प्रति सदैव साकारात्मक सोच राखि मार्ग निर्देश गर्दा यस
विद्यालयको सरोकारवालाहरु सवैमा थप उर्जा प्राप्त हुन गई
विद्यालयले थप प्रगति गर्दै गइरहेको प्रधानाध्यापक वामदेव
सुवेदीले वताउनु भयो । अभिभावकको चासो शिक्षकको कडा
मिहिनेत तथा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक
संघ र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का
जनप्रतिनिधिहरुको सकारात्मक सहयोग यस विद्यालयको सुन्दर
पक्ष हुन । यस ५ वर्षे अवधिमा वडा कार्यालयले विशेष पहल गर्दा
यस विद्यालयमा विभिन्न योजनाहरु सम्पन्न भएका छन् ।
विद्यालयमा हाल विद्यार्थीको चाप अत्यन्तै उच्च छ ।
नयाँ विद्यार्थी सवैलाई भर्ना गर्न नसकिने अवस्था छ । विद्यालय
भवनको अभाव छ तर पनि सवै सरोकारवालाहरुको सहकार्यले
गर्दा विद्यालयले गुणस्तर वृद्धि गर्ने प्रयासमा लागि परेको छ ।

10/05/2022

नेपालगञ्जको फोरलेन सडकको बीचमा रुख र फुलहरु रोपिएको छ ।
जसले नगरलाई हरियाली र स्वच्छ बनाउन सहयोग पु¥याएको छ । मुख्य सडकमा
मात्रै नभएर सुर्खेत रोडबाट धम्बोझीभित्र प्रवेश गर्ने सडकहरुमा समेत फुलहरु
रोपिएको छ ।
वडा कार्यालयले वातावरण, संरक्षण, हरियाली सरसफाई तथा सौन्दर्यकरणका
लागि आव २०७५÷७६ देखि नियमित रुपमा सडकको दायाँ बायाँ गमलामा फुल
राख्दै आएको छ । हालसम्म वडामा कालोपत्रे भएका सडकको दायाँबायाँ गरि
करिब पाँच सय गमलामा विरुवा लगाइएको छ । फुल फुल्ने मौसममा सडक
किनारमा आकर्षक फुलहरु देख्न सकिन्छ ।
फुलको संरक्षणका लागि वडा कार्यालयले मालीको ब्यवस्थापन समेत गरेको छ ।
पर्यावरण, हरियाली र सौन्दर्यकरणका लागि कालोपत्रे सडकको दुबैतर्फ फुलहरु
रोपिएको छ । फुल संरक्षणमा भने चुनौती देखिने गरेको छ । केहीले लात्तीले
गमलामा हिर्काएर क्षति पु¥याउने, फाल्ने, फुल चोर्ने जस्ता गतिविधि हुने गरेका छन् ।
वडा कार्यालयले फुल संरक्षणमा सबै वडाबासीको साथ र सहयोगको अपेक्षा गरेको
छ । वडावासीले हात–हातमा मिलाएर अघि बढेका छन् । धम्बोझी सडकमा
बेगमबेली, तेकुमा, करविर, पारीजात, करोधन लगायतका विरुवा र फुलहरु
रोपिएको छ ।

10/05/2022

उद्यानहरु निर्माण गर्ने गरिएको छ ।
वडामा बाल उद्यान निर्माण कार्य
सम्पन्न भै संचालनको तयारीमा
रहेको छ ।
नेपाल सरकार संघीय आयोजना
कार्यान्वयन ईकाईमार्फत करिब
१४ कठ्ठा जग्गामा बाल उद्यान
निर्माण गरिएको हो ।
व ा ट र प ा र्क स ँ ग ै ज ा े िड ए क ा े
पश्चिम–उत्तरतर्फ पार्क निर्माण
भएको छ । वाटरपार्कसँगै बाल
उ द्य ा न ज ा े िड ए क ा क ा र ण् ा
मनोरञ्जन क्षेत्रमा थप आकर्षण
थपिएको छ । धम्बोझीका मात्रै
बबाालल उउद्यद्याानन
हरियाली, वातावरण तथा सौन्दर्यकरण
नेपालगञ्जको फोरलेन सडकको बीचमा रुख र फुलहरु रोपिएको छ ।
जसले नगरलाई हरियाली र स्वच्छ बनाउन सहयोग पु¥याएको छ । मुख्य सडकमा
मात्रै नभएर सुर्खेत रोडबाट धम्बोझीभित्र प्रवेश गर्ने सडकहरुमा समेत फुलहरु
रोपिएको छ ।
वडा कार्यालयले वातावरण, संरक्षण, हरियाली सरसफाई तथा सौन्दर्यकरणका
लागि आव २०७५÷७६ देखि नियमित रुपमा सडकको दायाँ बायाँ गमलामा फुल
राख्दै आएको छ । हालसम्म वडामा कालोपत्रे भएका सडकको दायाँबायाँ गरि
करिब पाँच सय गमलामा विरुवा लगाइएको छ । फुल फुल्ने मौसममा सडक
किनारमा आकर्षक फुलहरु देख्न सकिन्छ ।
फुलको संरक्षणका लागि वडा कार्यालयले मालीको ब्यवस्थापन समेत गरेको छ ।
पर्यावरण, हरियाली र सौन्दर्यकरणका लागि कालोपत्रे सडकको दुबैतर्फ फुलहरु
रोपिएको छ । फुल संरक्षणमा भने चुनौती देखिने गरेको छ । केहीले लात्तीले
गमलामा हिर्काएर क्षति पु¥याउने, फाल्ने, फुल चोर्ने जस्ता गतिविधि हुने गरेका छन् ।
वडा कार्यालयले फुल संरक्षणमा सबै वडाबासीको साथ र सहयोगको अपेक्षा गरेको
छ । वडावासीले हात–हातमा मिलाएर अघि बढेका छन् । धम्बोझी सडकमा
बेगमबेली, तेकुमा, करविर, पारीजात, करोधन लगायतका विरुवा र फुलहरु
रोपिएको छ ।
नभएर वाटरपार्क घुम्न आउने
बालबालिकाले खेल्न र मनोरञ्जन गर्न
पाउने वडाध्यक्ष रिजालको भनाई छ ।
वाटरपार्क पर्यटकीय क्षेत्र हो । त्यही
नजिक बनेको बाल उद्यानले अझ सुनमा सुगन्ध
थपेको छ । अभिभावकसँग वाटरपार्क घुम्न
आउने बालबालिकाले बाल उद्यानमा छुट्टै
मजा लिन सक्छन् ।

10/05/2022

उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्ण जोशी
धम्बोझीको श्री रामजानकी गोकुलेश्वर महादेव मन्दिर एन्फा
ग्रासरुट फुटबल स्पोर्टस एकेडेमीमा भेटिए । सामाजिक विकास
अधिकृत जोशी छोरालाई पु¥याउन एकेडेमीमा आएका थिए ।
‘छोराले रहर गर्छ । फुटबल प्रशिक्षण गराउन लिएर आए, जोशीले
भन्नुभयो, बिदाको दिन फुटबलसँग रमाउँछ ।’
पत्रकार झलक गैरेको छोरा सम्यक ग्रासरुट स्पोर्टस
एकेडेमीमा नियमित आउने खेलाडीमा पर्छन् । धम्बोझीमा ग्रासरुट
स्पोर्टस एकेडेमी बनेपछि ८ देखि १२ वर्ष उमेरका बालबालिका
फुटबलसँग रमाइरहेका छन् । बालकको नियमित प्रशिक्षणले
रमाइलोमात्रै होइन, राष्ट्रिय जर्सीसमेत पहिरिन सक्ने फुटबल
पण्डितहरु बताउँछन् ।
वडाको विशेष पहलमा ग्रासरुट स्पोर्टस एकेडेमी निर्माण
भएपछि धम्बोझीलगायत आसपासका बालबालिकाले प्रशिक्षण
लिने मौका पाएका छन् । बाँके जिल्ला फुटबल संघले शुक्रबार र
शनिबार बालबालिकालाई नियमित प्रशिक्षण गराउने बताएको छ ।
कोरोना कहरले गर्दा बीचमा प्रशिक्षणलाई नियमित गराउन
सकिएको थिएन । कोरोना संक्रमण घट्दै गएपछि फेरि
बालबालिकालाई नियमित प्रशिक्षण गराउने तयारी भएको छ ।
प m ुट ब ल प ्र िश क्ष् ा क र िव न् द ्र श्र े ष् ठ श िन ब ा र
बालबालिकालाई प्रशिक्षण गराउन व्यस्त देखिन्छन् । ‘अहिले
शनिबार प्रशिक्षण गराइरहेका छौं, कोरोना संक्रमण हटेपछि
शुक्रबार र शनिबार नियमित प्रशिक्षण हुन्छ, प्रशिक्षक श्रेष्ठले
भन्नुभयो, सानै उमेरदेखि बालबालिकालाई फुटबल प्रशिक्षण दिएर
यस क्षेत्रबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौं ।’
प्रदेश सरकारको ८३ लाख, वडा कार्यालयले १० लाख र
बाँके जिल्ला फुटबल संघले ५ लाख रुपैया लगानी गरेपछि ग्रासरुट
स्पोर्टस एकेडेमी तयार भएको छ । ग्रासरुट एकेडेमीलाई
धम्बोझीको ठूलो उपलब्धी मानिएको छ ।
एनफाले उमेर समूहको बालकलाई देशभरबाटै छनौट
गरेर प्रशिक्षणमा लिने गर्दछ । पश्चिम क्षेत्रका बालकहरु त्यस्तो
प्रशिक्षणमा कमै पर्छन् । धम्बोझीमा बनेको ग्रासरुट एकेडेमीमा
नियमित प्रशिक्षण दिएर केही वर्षमै उमेर समूहको राष्ट्रिय जर्सी
लगाउने खेलाडी उत्पादन गर्ने बाँके जिल्ला फुटबल संघका
अध्यक्ष भोजराज शाहीको भनाई छ । शाहीले धम्बोझी बनेको
ग्रासरुट स्पोर्टस एकेडेमीमा धम्बोझी, कारकादोलगायतका
बालकले राम्रो फाइदा लिन सक्ने बताउनुभयो । ‘टाढाबाट नियमित
आउन नसक्न सक्छन् ।
नजिकका बालकहरु नियमित आएर राम्रो फुटबल
खेलाडी बन्ने मौका पाएका छन्, शाहीले भन्नुभयो, ग्रासरुट स्पोर्टस
एकेडेमी बनाउनमा वडाध्यक्ष प्रमोद रिजालको ठूलो योगदान
रहेको छ । यसलाई वडावासीले ठूलो उपलब्धीका रुपमा लिनु पर्छ ।
वडाध्यक्षकै बलमा धम्बोझीले यतिठूलो संरचना यहाँ पाएको हो ।
धम्बोझीमा फुटबल खेलाडीको बाक्लो बसोबास रहेकाले
भविष्यमा यसले ठूलो महत्व राख्दछ ।

10/05/2022

२०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले मेयर उपमेयर सहितका नेपालगंज उपमहानगरपालिका वडा नं १ को टीमलाई अत्यधिक मतले बिजयी गराऔ !
सूर्यमा मतदान गरौ !☀️☀️☀️🌞
भोट सूर्यमा !
Vote for Pramod Rijal

10/05/2022

नेपालगञ्ज २०७७ चैत्रमा नेपालगञ्जमा एन्फा प्रेसिडेन्ट
लिग फुटबल प्रतियोगिता भयो । नेपालगञ्ज रंगशालामा
भएको प्रतियोगितामा सात वटा प्रदेशका लिग च्याम्पियनको
सहभागिता थियो । लुम्बिनी प्रदेशको लिग च्याम्पियन
नेपालगञ्जको धम्बोझी क्लवले एन्फा प्रेसिडेन्ट लिगमा भाग
लिएको थियो ।
धम्बोझीले शुरुवाती दुई वटा खेल लगातार जित्यो । तेस्रो
खेल सुदूरपश्चिमको स्टार सिटी युथ क्लवसँग पराजित भयो ।
अन्तिम खेलमा कर्णाली प्रदेशलाई पराजित गरेर धम्बोझीले
लिगमा द्वितिय स्थान हासिल ग¥यो । एन्फा प्रेसिडेन्ट लिग
फुटबल प्रतियोगितामा द्वितिय हुँदा धम्बोझीले पाँच लाख
रुपैया पुरस्कारमात्रै होइन, राष्ट्रिय लिग खेल्ने मौका पाएको छ
। ए डिभिजन क्लवसँग राष्ट्रिय लिग खेल्नु पाउनु धम्बोझीको
ऐतिहासिक उपलब्धी हो । धम्बोझी क्लवले बाँकेको मात्रै
नभएर लुम्बिनी प्रदेशकै गौरव बढाएको छ ।
राष्ट्रिय लिगमा ए डिभिजनका ६ वटा क्लव र एन्फा
प्रेसिडेन्ट लिगका टप चार वटा क्लवले भाग लिन पाउँछन् ।
धम्बोझी क्लवका अध्यक्ष देवेन्द्र खड्काले मोफसलको
क्लवले खेल्ने यो माथिल्लो (ठूलो प्रतियोगिता भएको र
धम्बोझीले त्यसमा खेल्ने मौका पाएर ऐतिहासिक उपलब्धी
हासिल गरेको बताउनुभयो । धम्बोझीको राष्ट्रिय लिगको
यात्रा जिल्ला लिग विजेता भएर शुरु भएको हो । २०७६
असार १ मा भएको फाइनलमा धम्बोझीले बाजी मा¥यो । यो
जिल्ला लिगको उपाधीसँगै उसले २१ हजार पुरस्कार पायो ।
जिल्ला लिग विजेता बनेपछि धम्बोझीको यात्रा प्रदेशतिर
अघि बढ्यो । २०७६ भदौ १२ गते धम्बोझीले प्रदेश लिग
जित्यो । त्यसपछि उसले नेपालगञ्जमै भएको एन्फा प्रेसिडेन्ट
लिग फुटबल प्रतियोगितामा आफ्नो योग्यता देखाउने मौका
पायो । धम्बोझी क्लवले यसमा पास भयो पनि । धम्बोझी
बाँकेको पुरानो र सशक्त फुटबल क्लव हो भन्नेमा कसैको
दुईमत छैन । विगतमा धम्बोझी क्लवले जितेका उपाधीले नै
त्यसको प्रमाणित गर्दछ । धम्बोझी क्लवलार्इ यहासँ म्म ल्यार्इ
प¥ु याउन धरे कै ा े यागे दान रहके ा े छ ।
यो क्लव गठन गरिदा खेलकुदसँगै सामाजिक काम गर्ने
उद्देश्य राखिएको थियो । शुरुमा यसको नाम अर्को थियो ।
२०४८ सालमा राजेन्द्र श्रेष्ठ अध्यक्ष रहदा धम्बोझी क्लव
नामाकरण गरिएको जानकारहरु बताउँछन् । धम्बोझी
क्लवको पूर्व वडा अध्यक्ष डम्बर थापा, हालका वडाध्यक्ष
प्रमोद रिजालले नेतृत्व गरिसक्नु भएको छ । अहिले देवेन्द्र
खड्का अध्यक्ष हुनुहुन्छ । खेलाडीलाई प्रोत्साहन गर्न र
प्रतियोगिताहरुमा सहभागी गराउन अध्यक्ष खड्काको अहम
योगदान रहेको छ । धम्बोझी निवासी फुटबल प्रशिक्षक रविन्द्र
श्रेष्ठ, भद्रबहादुर थापा, विरेन्द्रमान श्रेष्ठहरु फुटबलका लागि
जति पनि योगदान दिनेमा पर्नुहुन्छ । अहिलेमात्रै होइन,
विगतमा पनि बाँकेमा हुने जुनसुकै प्रतियोगितामा धम्बोझी
क्लवसँग पर्दा विपक्षी खेलाडी झस्किन्थे । धम्बोझी क्लव
सहभागी भएको प्रतियोगितामा कुनै न कुनै उपाधी जित्थ्यो ।
क्लवका अध्यक्ष खड्काले धम्बोझी क्लवले कति
प्रतियोगिता जित्यो भनेर हिसाव गर्न नगरिएको बताउनुभयो ।
धम्बोझी क्लवलाई यहाँसम्म ल्याउन क्लवको अध्यक्षमात्रै
होइन, वडाध्यक्ष भएर पनि प्रमोद रिजालको ठूलो भूमिका
रहेको छ । ठूलो उपलब्धी हासिल गरेको धम्बोझी क्लवलाई
उही रफ्तारमा राखिराख्नु चुनौती रहेको छ । राष्ट्रिय लिगसम्म
पुगेको धम्बोझीले कम्तीमा सेट खेलाडी तयार गरिरहनु पर्ने
आवश्यकता रहेको छ ।
व्यवसायिक खेलाडीलाई क्लवमा टिकाइराख्न धम्बोझी
क्लवले मात्रै होइन, बाँके जिल्ला नै लाग्नु पर्छ । बाँकेको
धम्बोझीले लिएको उचाई अर्को क्लवले लिन सजिलो छैन ।
उपलब्धीसँगै त्यसलाई बचाई राख्नु अझ चुनौती हुने गर्दछ ।
सदाबहार बलियो टोली धम्बोझीलाई अझ तिखार्न क्लव,
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १, नेपालगञ्ज
उपमहानगरपालिका नै लाग्नु पर्छ ।

09/05/2022

नेपालगञ्जमा ऐतिहासिक तालतलैया धेरै छन् ।
त्यसमध्येको एउटा हो, धम्बोझीको वाटरपार्क ।
वाटरपार्कलाई पर्यटकीयस्थल बनाउन स्थानीय
सरकारले भरपूर काम गरिरहेको छ । लाखौंको बजेटमा
वाटरपार्कको सौन्दर्यकरण गरिएको छ । बाहिरबाट
नेपालगञ्ज आउने र नेपालगञ्जवासीले पनि घुम्ने ठाउँको
रुपमा वाटरपार्कलाई विकास गर्न जनप्रतिनिधिहरु लागि
परेका छन् । वाटरपार्क नेपालगञ्जको पर्यटकीयस्थलको
रुपमा विकास भइसकेको छ ।
वाटरपार्कलाई पर्यटकीय वाटरपार्क बनाउन वडा
कार्यालयले ठूलो योगदान गरेको छ । धम्बोझीको पर्यटकीय
विकासमा कोशे ढुंगा सावित हुने वाटरपार्कको विकासमा
वडाध्यक्षदेखि सदस्यसम्मले ठूलो मेहनत गरेका छन् ।
वाटरपार्कलाई रमणीय बनाउने काम भने
सकिएको छैन । अझै यहाँ काम भइरहेको छ । बीचमा
पानीको फोहोरा फालेको दृश्यसँगै डुंगामा सरर्रर घुम्ने
बनाइदैछ । माछा पालेर आम्दानीको स्रोत बढाइदैछ ।
चारैतिर ग्रिन बेल्टको रुपमा विकास गरिदैछ । फुटपाथ र
ताल वरिपरिको ६ मिटर सडक कालोपत्रे हुँदैछ । हाईमाष्ट
लाइन जडान गरिएको छ । शौचालय, बाथरुम र गार्डहाउस,
फुटपाथ र ट्रष्ट निर्माण गरिदैछ । वाटरपार्क करिब ११ विघा
क्षेत्रफलमा फैलिएको छ ।
वाटरपार्कको इतिहास कोट्याउँदा स्थानीयहरु
भन्छन्, पाँच दशक अघिदेखि यो ठाउँमा ताल थियो । सुरुमा
स्थानीयले यसको नामाकरण गरेका थिएनन् । स्थानीयले
तालमा नुहाउने र कपडा धुने गर्थे । नेपालगञ्जका धोवी
समुदायले यहि तालमा कपडा पनि धुने गर्थे । नगरका
सबैतिरबाट मानिसहरु यहाँ आउने र रमाउने गर्दथे । ताल
छेउछाउ ईट्टाभट्टाका लागि माटो निकाल्न थालियो । ठूलो
ताल भयो ।
पहिलाका वडाध्यक्ष र अहिलेका सदस्य डम्बर
थापाका अनुसार, २०५४ सालमा तालको बीच भागमा
फोहरा बनाइएको थियो । त्यतिबेलाको विकास स्थानीय
सरकार नहुँदा फेरि उस्तै भयो ।
वडा अध्यक्ष रिजाल वाटरपार्कलाई पश्चिम
नेपालकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेगरि
निर्माण कार्यमा लाग्नु भएको छ । शहरी विकास तथा भवन
निर्माण डिभिजन कार्यालयबाट चार करोड ४६ लाखमा
तालको पुनर्निर्माणको काम भएको छ । उपभोक्ता
समितिमार्फत करिब ६४ लाखको काम गरिएको छ ।
स्थानीय सरकारले तालतलैया संरक्षणसँगै
वाटरपार्कको विकास र पर्यटकीय क्षेत्र बनाउन धेरै काम
गरेको छ । स्थानीयवासीको साथ सहयोग सधैं रहदै आएको
छ । नेपालगञ्ज आउने र यहाँका मानिस घुम्न निस्किदा
एकपटक वाटरपार्क पुग्नै पर्ने ठाउँको रुपमा विकास गर्न अझै
कामहरु गर्न बाँकी छन् ।

09/05/2022

नेपालगञ्ज – धम्बोझी (पुरानो ऐतिहासिक नाम)
नेपालगञ्जको पुरानो बस्ती मध्येको एकमा पर्छ । यो वडा
भित्र उल्लेख्नीय विकास भएको छ । सडक सञ्जालको कुरा
गर्दा यस वडाभित्रका धेरैजसो टोलमा कालोपत्रे सडक
बाटो बनिसकेका छन्, केही टोलमा नालीसहितको
कालोपत्रे (पिच) सडकको शुरुवात भइसकेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ मा पर्ने
धम्बोझीमा नयाँ–नयाँ टोलको विकास भइरहंदा विकासको
रफ्तार पनि त्यही हिसावले अघि बढेको छ । जनप्रतिनिधि र
स्थानीयवासी ‘सँगसँगै’ हिंड्दा बस्तीको विकासमा टेवा
पुगेको छ ।
जनप्रतिनिधिलाई सबैभन्दा ठूलो दबाब नै नाली र
सडक बाटो निर्माणका लागि आउने गर्दछ । वडामा हुने
सानो बजेटले एकै पटक धेरै काम गर्न नसक्दा
स्थानीयवासीको माग एकैपटक पूरा नहुने अवस्था आउँछ
नै । धम्बोझीका वडाध्यक्ष प्रमोद रिजालको टीमले पाँच वर्षे
कार्यकाल सकिन थाल्दा धम्बोझीका दर्जनबढी टोललाई
पिच सडकले जोडेको छ । ‘समझदार’ स्थानीयवासी रहदा
जनप्रतिनिधिलाई काम गर्न पनि सहज भएको छ ।
धम्बोझीका धेरै टोलमा दोहोरो नालीसहितको पिच सडक
बनेका छन् ।

07/05/2022

अबको अभियान सूर्यमा मतदान ।
सडक तथा भौतिक बिकास :
Vote for Pramod Rijal
सुर्यमा मतदान गरौ !

Website