Unofficial: Gagan Thapa

Unofficial: Gagan Thapa

This is the fan page of Gagan Thapa.Gagan Thapa is Central member of Nepali congress and former Heal leader

15/08/2023

नेपाली लेखक संघ काठमाडौँ जिल्ला समितिको दोश्रो अधिवेसन उद्घाटन समारोहमा ।

10/08/2023

आज काठमाडौ महानगरपालिका को डाेजर कपन क्षेत्रमा पुरिएको खोला खोज्न गएका थिए तर त्यो क्षेत्र काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको सिमा क्षेत्र रहेको कारण बुढानिलकण्ठ नगरपालिकाको वडा अध्यक्ष सहितको टाेली आएर डाेजर को चाबी खोसियो झडपको स्थिती बन्यो तर हरेक युटुबेहरुले गगन थापा को क्षेत्रमा गगन थापाको मान्छेहरुले अवरोध गर्यो भन्दै न्युज भनाएर भाइरल गर्दै छन् ! वास्तविकता हेर्ने हो भने बुढानिलकण्ठ नगरमा काङ्ग्रेसले एउटा वडा मात्र जितेको छ अरु सबै मेयर,उपमेयर वडा अध्यक्ष , वडा सदस्यहरु एमाले जितेको छन् ! आज बालेनको डाेजरलाई रोक्ने हरु सबै एमाले कार्याकर्ता थिए, यी सबै कुरा थाहा हुँदा हुदैपनी मिसन मिडियाहरु गगन थापा लाई बदनाम गराउन लागि परेको देखिन्छ!

अर्को रमाइलो कुरा 62/63 को जनआन्दोलन पछि गगन थापाको उदय भयो उनको लोकपि्रयता देखेर एमाले झस्कियो, गगन लाई जसरी पनि रोक्नु पर्छ नत्र हाम्रो राजनिती सक्किन्छ भन्ने एमालेको नेतृत्वलाई लाग्यो, काठमाडौ निर्वाचन क्षेत्र नम्बर-4 नियाल्दा काङ्ग्रेस मजबुत थियो तेहि कारण देश भरका एमाले समर्थक सुकुम्बासी र गरिब परिवार लाई बसाइँसराइ गर्न लगाउदै कपन क्षेत्रमा ल्याएर सार्वजनिक जमिन,खोला मिच्दै,पुर्दै बस्ती बसाइयो त्यो समय काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिका दुबैमा एमाले कै मेयर हरु थिए!
सार्बजनिक जग्गा मिच्दै,खोला पुर्दै आफ्नो समर्थक र कार्यकर्ताको कपनमा बस्ती बसाउने एमाले अनि अहिले गाली चाई Gagan Thapa लाई ⁉️

10/08/2023

Jay Nepal ❤️

04/08/2023

🏏 Gyanendra Malla

Photos from Unofficial: Gagan Thapa's post 26/07/2023
24/07/2023

हामी गाँस छाड्छौ तर साथ छोड्दैनौं। बदलिएको र बलियो कांग्रेसको लागि सहकार्य गरछौं। जय नेपाल।

23/07/2023

माननीय गगनकुमार थापाको पहलमा, आर्थिक वर्ष २०८०/८१ का लागि काठमाडौँ क्षेत्र नं ४ मा संघिय बजेटमा बिनियोजन भएका योजनाहरूको विवरण ।

21/07/2023

Shrinkhala Khatiwada 🙏👏

Photos from Unofficial: Gagan Thapa's post 20/07/2023

🎂🙏

Photos from Unofficial: Gagan Thapa's post 19/07/2023

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक प्रारम्भ भएको छ।
अब केही दिन प्रस्तुत प्रस्ताव र प्रतिवेदन माथि छलफल चल्नेछ।

18/07/2023

एक वर्षपछि बोलाइएको केन्द्रीय समिति बैठकमा

स्रोत : नेपालप्रेस ।

16/07/2023

🙏

13/07/2023
08/07/2023

मन निक्कै भारी छ, मस्तिष्क प्रश्नहरूले घेरिएको छ।

पछिल्ला केही हप्तामा सामाजिक सञ्जाल, युवा कलाकारहरूको आत्महत्याको खबरले भरियो। एक पछि अर्को प्रतिभाले आफ्नो जीवन अन्त्य गरेको देख्दा मन कुँडिएको छ। आज बिहान सामाजिक सञ्जाल खोल्दै गर्दा एक जना अर्को कलाकारको त्यस्तै खालको अभिव्यक्ति देखेँ। एकदमै अत्यास लाग्यो।

आखिर हामी कहाँ चुक्यौँ? हाम्रो समाज कहाँ चुक्यो? किन हरेक वर्ष आत्महत्या गर्नेहरूको सङ्ख्या बढिरहेको छ? हामीले यतिका वर्ष देखि कसका लागि सङ्घर्ष गर्‍यौँ? हामीले गरेको राजनीतिले, युवाहरू आफ्नै मनसँग लडी रहँदा उनीहरूलाई सहारा दिन सक्दैन भने, युवाहरूलाई बाँच्ने आशा दिन सक्दैन त्यो राजनीतिको के अर्थ? खै हामीले समाजको आवश्यकता बुझेको? हामीले गर्ने राजनीति जनताको लागि हो। उहाँहरूको जीवन भौतिक विकास बाहेक अरू पनि थुप्रै विषयसँग जोडिएको छ भनेर बुझ्न अझै कति समय लाग्ने हो?

सामाजिक सञ्जालमा साथीको सङ्ख्या सँगै मानिसहरूको एक्लोपन बढेको छ। मान्छे स्क्रिनसँग बढी निकट हुन थालेको छ। मनका कुरा राख्ने ठाउँ भेट्न छोडेको छ। मानसिक रूपमा सङ्घर्ष गर्दै छु भन्दा लाज मान्नु पर्ने कस्तो समाजको निर्माण गर्‍यौँ हामीले? कसैले हिम्मत गरेर मलाई परामर्श चाहिने छ भन्यो भने पनि शुल्कका कारण त्यो सुविधा लिन नसक्ने अवस्था छ।

अब पनि हामीले ठोस कदम नचाल्ने हो भने, हामीले भविष्यमा धेरै मानिका र सरोनहरूलाई गुमाउने छौँ। हामीले त्यो अवस्था कदापि आउन दिनु हुन्न। यसमा तपाईँ हामी सबैको भूमिका रहन्छ।

अब मानसिक स्वास्थ्य सम्बन्धि चेतना, परामर्श र उपचार स्थानीय निकाय बाट हुने गरी सामान्य व्यक्तिको पहुँच पुग्ने संयन्त्र निर्माण गरौँ। हामी चाँडै नै काठमाडौँ महानगर वार्ड नं ३० मा सञ्चालन भइरहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र ( Urban Health Promotion Centre - Kathmandu 30 ) मा मानसिक स्वास्थ्यका लागि आवश्यक थप सेवाहरू बिस्तार गर्ने छौँ। तपाईंले यहाँबाट पनि नि:शुल्क सेवा लिन सक्नु हुनेछ।

हरेक व्यक्तिले आफ्नो भावनात्मक, मानसिक स्वास्थ्यलाई बुझ्ने, सहयोग चाहिएमा प्रोफेसनल सहयोग पाउने अवस्था सृजना गर्नु पर्छ। विद्यालयहरूमा सानै उमेरबाट बालबालिकाले यस्ता खाले जानकारी र सहयोग पाउन सके भने, कालान्तरमा उनीहरूका लागि सहज हुन्छ। हामीले यस सम्बन्धि पहल कानुनी रूपमा नै गर्नुपर्छ। हामीले आफ्ना नानीबाबु, भाइबहिनीहरूलाई नै बचाउन सक्दैनौ भने हामीले गरेको सङ्घर्षको, हाम्रो राजनीतिको के अर्थ?

06/07/2023

बुढानीलकण्ठ नारायणस्थान मन्दिर परिसरमा प्राचीन एवं पुरातात्त्विक शैलीमा निर्माण भएको अतिथि सदनको समुद्घाटन कार्यक्रममा मा !

05/07/2023

सम्पूर्ण संगीत प्रेमी मनहरु र पत्रकार मित्रहरु लाई उपस्थितिका लागी सादर अनुरोध ।

03/07/2023

Jay Nepal !

30/06/2023

काठमाडौँ क्षेत्र नं ४ महिला सङ्घका आमा दिदी बहिनीहरूसँग !
राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको शुभकामना।

29/06/2023

"यात्रालाई उपलब्धिमूलक बनाउन जनतासँग र भुइँ तहमा बसेर वर्षौंदेखि संगठनमा काम गर्दै आएकाहरु सँग लामो कुराकानी गर्ने मेरो चाहना छ! हामीले अहिलेसम्म पार्टीका कुनै न कुनै तह, समितिमा रहेका मानिस भेटिरह्यौं। भ्रातृ वा शुभेच्छुकले गरेका कार्यक्रममा गयौं तर यसपालि म पार्टीका यी संरचना नाघेर अहिलेसम्म नभेटेका गाउँका मानिसहरूसँग भेट्छु गाउँमा बस्ने मानिसहरूले हामीलाई कसरी हेरीराखेका छन् बुझ्न चाहन्छु। Gagan Thapa (महामन्त्री- Nepali Congress)♥️🥰 Jay Nepal !!

दुई प्रश्नको जवाफ खोज्न देश यात्रामा निस्कँदै गगन 29/06/2023

दुई प्रश्नको जवाफ खोज्न देश यात्रामा निस्कँदै गगन कांग्रेस कहाँ चुक्यो? जनता किन रिसाए, किन आशा गुम्दै गयो? यस्ता प्रश्नको जवाफ खोजेर मात्रै आफू काठमाडौं फर्कने थाप...

15/06/2023

🙏🙏🙏

16/05/2023

Gagan Thapa ,👏👏

07/05/2023

कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो ! Gagan Thapa

04/05/2023

नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा 'ठगि गिरोहको भिआइपी जालो'उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन। Gagan Thapa

26/04/2023

हालै सम्पन्न उपनिर्वाचनमा बारा २ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रास्वपा अध्यक्ष रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेज्यूलाई हार्दिक बधाई तथा शुभकामना ! सम्मुनति र सुशासनका लागि संसदको यो कार्यकाललाई उपलब्धिमूलक बनाउन हाम्रो सहकार्य हुने नै छ ।

उपनिर्वाचनको परिणामले विशेष गरी नेपाली कांग्रेसलाई दिएको सन्देश के हो र यो सन्देशलाई पार्टीले कसरी लिनुपर्छ भन्ने लगायतका सन्दर्भमा सार्वजनिक बहस र विश्लेषण भइरहेका छन । पार्टीभित्र र पार्टी बाहिर देश विदेशमा रहनुभएका शुभेच्छुक, समर्थक तथा आम मतदाता समेत विभिन्न माध्यमबाट बहसमा सहभागी हुनु भएको छ । राजनीतिप्रतिको यो चासो र चिन्ताले नेपालको राजनीतिको सुद्धीकरण र नेपाली कांग्रेस रूपान्तरणको अभियानलाई थप मद्दत पुग्छ भन्ने म ठान्दछु ।

अहिले नेपाली कांग्रेसको सवै तहमा आवद्ध सम्पूर्ण नेता तथा सदस्य साथीहरूले यो मतादेश र जनताको सन्देशलाई सम्मान र शिरोपर गर्दै हाम्रो पार्टीको सन्दर्भमा समाजका विभिन्न क्षेत्रबाट आएका सुझाव, विचार र विश्लेषणलाई आत्मसात गरेर इमान्दार आत्मसमीक्षा गर्ने घडी हो । पार्टीमा जहाँ समस्या छ त्यसलाई पन्छाएर वा लुकाएर पार्टीमा नवजीवन संभव छैन । त्यसैले, सौम्यता र धैर्यतापूर्वक सवैको कुरा सुनौं, मनन गरौं अनि आफैतिर फर्केर निर्मम समीक्षा गर्दै वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी हाम्रो पार्टीलाई जन भावनाअनुसार नयाँ जीवन दिने गरी लागौं ।

विगत लामो समयदेखि पार्टी रूपान्तरण, सुदृढीकरण तथा शुद्धीकरणको लागि पार्टीभित्र निरन्तर इमान्दार प्रयत्न गर्दै आएको छु । निश्चय नै पार्टी गतिशील र जनमुखी भइदियोस् भन्ने आम चाहना अनुरुप अपेक्षित परिणाम आइ सकेको छैन । प्रयत्न गरे पनि परिणाम नदेखिएको गुनासो गर्दै आगामी दिनमा थप सार्थक प्रयत्न गरेर परिमाणमुखी भूमिका निर्वाह गर्न नेपाली जनता र पार्टीका साथीहरुले दिएको सुझावलाई मैले गम्भीरतापूर्वक आत्मसात गरेको छु । आम जनता र पार्टीका साथीहरुको गुनासो, सुझाव र खवरदारीले मलाई सदा झै ठूलो उर्जा, प्रेरणा र आत्मबल दिएको छ । आम अपेक्षा अनुरुप परिणाममुखी भूमिका निर्वाह गर्न कहीँ कतै म स्वयं पनि खरो उत्रन सकिन की भनेर आत्मसमीक्षा र आत्मनिरीक्षण गरिरहेको छु । यही क्रममा पार्टीका साथीहरु, समर्थक, शुभेच्छुक तथा वौद्धिक समुदायसँग परामर्श र आम नागरिक तहमा संवाद गरी छिट्टै नै एउटा दृढ संकल्पका साथ नेपाली कांग्रेस रूपान्तरणको ठोस नीति, योजना र कार्यक्रम सहितको स्पष्ट मार्गचित्र लिएर आउनेछौं । र, त्यो रुपान्तरण योजना सार्थक वनाउन जुनसुकै कठोर निर्णय लिन पनि तयार हुनैपर्छ भन्नेमा म प्रष्ट छु ।
पार्टी रुपान्तरण र सुदृढीकरणको यात्रा प्रारम्भ भइसकेको छ । हामीलाई अलमलिने न छुट छ न त समय नै । यही समर्पित र संगठित प्रयत्नले परिणाम पनि उत्साहजनक बनाउने ठाँउमा हामी छिट्टै नै अवश्य पुग्नेछौं भन्ने मलाई दृढ विश्वास छ । पार्टीलाई रूपान्तरण गरी जनचाहना अनुसार अझै लोकतान्त्रिक,प्रगतिशील, समावेशी र निर्णायक राजनीतिक शक्तिको रुपमा नेपाली कांग्रेसलाई स्थापित गर्नेछौं । र, जननायक बीपी कोइरालाको परिकल्पना अनुरुपको “समुन्नत नेपाल सम्मानित नेपाली” को हाम्रो संकल्प पूरा गर्नेछौं ।

जय नेपाल ! Gagan Thapa

25/04/2023

❤️❤️❤️कांग्रेस सकियो भन्ने र गगनलाई गाली गर्नेहरुका लागी - कांग्रेस पार्टी हैन, एउटा बिचार हो, बिभिन्न काल खण्डमा यो बिचारलाई कमजोर पार्ने काम पार्टी भित्रै बाट र बाहिरी परिस्थितिले सृजना भएका छन् । बिचार कहिलै मर्दैन, कमजोर पारिन सक्छ् । काङ्रेस एउटा फ्याट्री पनि हो जहाँ स्वर्णिम वाग्ले, मनिश झा जस्ता प्रोडक्टहरु उत्पादन भए र आफुलाई ब्रान्डिङ र मार्केटीङ गर्न पाए, अनि ति प्रोडक्टको प्याकेजिङ गरेर बजारमा चिनाइदिने त्यो फ्याक्ट्रीको प्रोडक्सन प्रमुख हो गगन थापा । गगनले उध्याएका हतियार देखाएर गगनलाई तर्साउनु भन्दा, ती ब्यक्तिहरुको क्षमतालाई सेपिङ गरिदिने प्रति सम्मान राख । अझै पनि कांग्रसको बिचार भित्र गगनले त्यस्ता हजारौं हतियार उत्पादन गर्ने क्षमता राख्छन् । स्वर्णिमलाई जितको धैरै शुभकामना । Gagan Thapa

24/04/2023

राज्य सञ्चालनका व्यवस्थाहरू मध्यको उत्कृष्ट व्यवस्था हो लोकतान्त्रिक व्यवस्था। लोकतन्त्र छ र त यो स्वतन्त्रता छ, लोकतन्त्र छ र त हामी छौँ।

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो। हामी सबैलाई लोकतन्त्रको सुदृढीकरणमा लाग्ने प्रेरणा मिलोस्।

लोकतन्त्र दिवसको शुभकामना! Gagan Thapa

24/03/2023

नेपाल 5P अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी हुँदा प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङ्सँग सम्बन्धित व्यवसाय, अनुसन्धान र नवीनतम प्रविधिबारे बुझ्ने मौका मिल्यो।
यी क्षेत्रमा आयात प्रतिस्थापन गर्ने गरी सानो लगानीमा गर्न सकिने प्रशस्त उद्दमका अवसरहरू रहेछन। Gagan Thapa

23/03/2023

Jay Nepal ❤️🙏

21/03/2023

लामो समयको अन्तरालपछि भएको स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस लगायत देशभरिका अधिकांश क्याम्पसहरूमा नेपाल विद्यार्थी संघ (ने.वि.संघ) विजयी भएकोमा निर्वाचित हुने सम्पूर्णलाई हार्दिक बधाई तथा शुभकामना!

21/03/2023

घोडेजात्राको शुभकामना ! Gagan Thapa

13/03/2023

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेश्रो राष्ट्रपतिमा निर्वाचित हुनु भएकोमा नेपाली काग्रेसका वरिष्ठ नेता मा.रामचन्द्र पौडेल ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। Gagan Thapa

Photos from Unofficial: Gagan Thapa's post 28/02/2023

आज मिति २०७९ साल फागुन १६ गते, चाबहिल भत्केकोपुलमा काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरूको संयुक्त सम्पर्क कार्यालयको उद्धघाटन भएको छ।

सांसदका रूपमा यो मेरो चौथो कार्यकाल हो। अघिल्ला तीन कार्यकालमा पनि मैले आफ्ना मतदातासँग जोडिनका लागि सम्पर्क कार्यालय सञ्चालन गरेको थिएँ। यस पटक, सङ्घीय सांसदका साथसाथै प्रदेशका सांसदहरूसँग पनि मतदाताको सहज पहुँच रहोस् भन्ने हेतुले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरूको संयुक्त सम्पर्क कार्यालय आजबाट सञ्चालनमा ल्याएका छौँ।

यो कार्यालयले मलाई मेरा क्षेत्रवासीहरूसँग अझै नजिकबाट जोड्छ भन्ने विश्वास लिएको छु। Gagan Thapa

11/02/2023

हिजो राष्ट्रपतिको सवारीमा क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद छ। दोषीलाई कारबाहीका मागमा सरकारबाट तत्काल सुनुवाइ हुनपर्छ ।

विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास 'परम्परा' को नाममा चलिरहेको छ।यो शैलीप्रति हरेक पटक हामी आक्रोश पोख्छौ अनि बिर्सिन्छौँ। यो पटक पनि त्यस्तै हुन्छ। तर यस्तो दोहोरिन नदिने हो भने केही काम गर्नुपर्ने छ।

१) विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौँ। राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्‍याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लङ्घन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ।

२) निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ।र म आफ्नो ठाउँबाट यसको लागि सक्दो पहलकदमी लिनेछु र पालन गर्ने/गराउने कुरामा प्रतिबद्ध रहने छु।

राष्ट्रपति एउटा व्यक्ति होइन संस्था हो।यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ ।यसको एउटा कारण तामझामवाला शैली हो।संस्थालाई सम्मानित र मर्यादित बनाउन 'नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ।

06/02/2023

Jay Nepal

Website