Arogya News
Here you can expect to find all the news related to health. Moreover, health situations across the Nepal is highlighted.
Join Facebook live in this page on 2 Ashoj 2077 at 11 AM
7th National Family Planning Day
COVID-19 निगरानी प्रणाली लाई सुदृढ गर्ने क्रममा आज मिति २०७६ फागुन ३० देखि कल सेन्टर सञ्चालन गरिएको छ । हाल कल सेन्टर बिहान ६ बजे देखि राति १० बजेसम्म सञ्चालन हुनेछ । नेपाल टेलिकम वा एनसेलबाट कल सेन्टरको नम्बर १११५ मा कल गर्दा पैसा लाग्दैन ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
नोवेल कोरोना भाईरसको बारेमा मिति २०७६ फाल्गुन १९ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्ति
थप अध्यावधिक विवरणका लागि HEOC को वेब पोर्टलमा जानुहोस
https://heoc.mohp.gov.np/
संघीय अस्पतालहरुको सूची
स्वास्थ्य सेवा विभागले आ.व. २०७४/७५ को वार्षिक प्रतिवेदन प्रकाशन गरेको छ ।https://dohs.gov.np/wp-content/uploads/2019/07/DoHS-Annual-Report-FY-2074-75-date-22-Ashad-2076-for-web-1.pdf
यहि शुक्रबार र शनिबार अर्थात् बैशाख ६ र ७ गते पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन नभुलौं ।
च्याउ खाँदा मस्तिष्क क्षय हुने जोखिम घट्न सक्छ ।
च्याउ खाँदा मस्तिष्क क्षय हुने जोखिम घट्न सक्छ हप्तामा दुई चोटिभन्दा बढी च्याउ खाए स्मृति र भाषासँग सम्बन्धित समस्याहरू घट्न सक्ने एउटा अध्ययनले देखाएको छ।
National Conference on Family Planning First National Conference on Family Planning, Nepal
डडेल्धुरा– नवदुर्गा गाउँपालिकाले महिला शिक्षिका र विद्यार्थीका लागि स्यानेटरी प्याड निर्माण, महिनावारी व्यवस्थापन, छाउपडी र पोषणसम्बान्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत नवदुर्गा गाउँपालिकाका पाँचै वडामा रहेका माध्यमिक र निम्नमाध्यमिक विद्यालयका शिक्षिका र विद्यार्थीका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम वडा नं २ मणिलेकबाट सुरु गरी, वडा नं १ कोटेली, वडा नं ४ बेलापुर, वडा नं ३ नवदुर्गा र वडा नं ५ चामाचौडमा क्रमश: आयोजना गरी सम्पन्न गरिएको थियो। कार्यक्रममा एउटा वडाका ३५-४० जना महिला शिक्षिका र किशोरीलाई सहभागिता गराई संचालन गरिएको थियो। पाँचै वडाका जम्मा २ सय जना महिला शिक्षक र किशोरी सहभागी भएका थिए। कार्यक्रममा महिनावारी प्रक्रिया, महिनावारीका बेला भोग्नुपरेका समस्या, महिना हुँदा ध्यान दिनुपर्ने कुराहरु, सरसफाइ, स्यानेटरी प्याड निर्माण र प्रयोगको महत्त्व, प्याड बनाउने तरिका, छाउपडी प्रथा र पोषणसम्बन्धी विषयमा छलफल भएको थियो ।
http://aarogyanews.com/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%ad%e0%a5%8b%e0%a4%97%e0%a5%8d%e0%a4%a8%e0%a5%81%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%b8%e0%a4%ae%e0%a4%b8%e0%a5%8d/
महिलाले भोग्नुपर्ने समस्याबारे शिक्षिका र विद्यार्थीसँग अभिमुखीकरण डडेल्धुरा– नवदुर्गा गाउँपालिकाले महिला शिक्षिका र विद्यार्थीका लागि स्यानेटरी प्याड निर्माण, महिनावारी व्यवस.....
जुम्ला– अस्पतालमा हुने कुनै पनि विपद्का क्रियाकलाप न्यूनीकरणका लागि कर्णालीका अस्पताल विपद् प्रतिकार्य योजना निर्माणमा जुट्ने भएका छन्। विपद्का बेला आइपर्ने समस्यासँग जुध्न र आउन नदिनका लागि प्रतिकार्य योजना बनाउन लागिएको हो। विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आयोजनामा सञ्चालित ‘अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यशाला गोष्ठी’बाट उक्त योजना निर्माण गरिने अस्पताल निर्देशक धर्मराज गोसाईले बताए। उनका अनुसार योजना निर्माण र विपद् प्रकोप नियन्त्रणबारे कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र ५ नम्बर प्रदेशका चिकित्सक तथा स्वास्थ्यकर्मी भेला भएर छलफल भइरहेको छ। स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख चुडामणि भण्डारीले कर्णाली लगायतका छिमेकी प्रदेशसम्म भूकम्प जाने खतरा देखिएकाले पूर्व तयारीका योजना निर्माणमा जुटेको बताए। बाढी, पहिरो, झाडापखाला लगायतका प्रकोप बढ्न सक्ने भएकोले स्वास्थ्यकर्मीलाई विपद् नियन्त्रण बारेमा सचेतना अभिवृद्धि गर्न लागिएको हो। उनले भने, ‘कर्णालीलाई वैज्ञानिकहरूले भूकम्पीय उच्च जोखिममा राखेका छन्। विपद् आउनुपूर्व नै तयारीको काम गर्न बृहद छलफल भइरहेको छ।’ अस्पतालहरूमा औषधि र सामग्री तयारी अवस्थामा राख्नेदेखि स्वास्थ्यकर्मीलाई तालिम दिएर जुनसुकै विपद्मा पनि उपचार सेवा प्रवाह गर्न सक्ने बनाउने उनले बताए। सरकारी तथा निजी अस्पताललाई समेत तालिम प्रशिक्षण उपलव्ध गराइरहेको भण्डारीले बताए। कार्यशालामा अस्पतालले गर्ने पूर्व तयारी, आपतकालीन सेवा र योजना निर्माणको विषयमा छलफल भइरहेको छ। ४ दिनसम्म चल्ने कार्यशालाले विपद्का बेला स्वास्थ्य क्षेत्रवाट गर्ने सबै प्रकारका तयारीका बारेमा निक्र्योल निकाल्ने छ। ३ वटै प्रदेशबाट झण्डै ५० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता छ।
http://aarogyanews.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%aa%e0%a4%a6%e0%a5%8d-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af-%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%ac/
विपद् प्रतिकार्य योजना बनाउँदै कर्णालीका अस्पताल जुम्ला– अस्पतालमा हुने कुनै पनि विपद्का क्रियाकलाप न्यूनीकरणका लागि कर्णालीका अस्पताल विपद् प्रतिकार्य योजना ....
धरान– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नयाँ प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ। प्रतिष्ठानले बिहीबारबाट आफ्नै प्लान्टबाट आवश्यक अक्सिजन उत्पादन सुरु गरेपछि अब प्रतिष्ठान अक्सिजनमा आत्मनिर्भर बनेको छ। प्रतिष्ठानलाई हाल प्रतिमिनेट ८ सय लिटर अक्सिजन आवश्यक पर्छ। सो प्लान्टबाट प्रतिमिनेट १६ सय लिटरसम्म अक्सिजन उत्पादन हुनसक्ने प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर प्रदीपराज साहले बताए। उनका अनुसार प्लान्टबाट उत्पादन भएको अक्सिजनमध्ये ५ सय लिटर पाइपलाइनमार्फत प्रतिष्ठानका विभिन्न वार्डमा पुग्छ भनेर ३ सय लिटर सिलिन्डरमा भरेर राखिन्छ। साह भन्छन्, ‘पाइपलाइन नभएका ठाउँमा वा विद्युत आपूर्ति नभएका बेला पनि ती सिलिन्डर प्रयोग गरिन्छ। त्यसबाहेक प्रतिष्ठानलाई प्रयोग गरेर बढी भएको अक्सिजन अन्यत्र बिक्री समेत गर्न सकिन्छ।’ प्लान्टमा स्लोभाकियाको अक्सिजन जेनेरेटर, जर्मनीको एयर कम्प्रेसर, इङ्ग्ल्यान्डको बुस्टर भारतीय प्राविधिकहरुले जडान गरेका हुन्। प्लान्टले बाहिरको हावालाई लिएर त्यसमा रहेको २१ प्रतिशत अक्सिजन सञ्चय गर्ने गर्छ। प्लान्टबाट पाइपलाइनबाहेक दैनिक ६० वटा सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ। करिब २ वर्षअघि नै सुरु हुनुपर्ने अक्सिजन प्लान्ट निर्माण गर्ने जिम्मा पाएको कम्पनीको लापरबाहीले अलपत्र थियो। प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्रप्रसाद दासले निर्माण सम्पन्न नभई पूरै भुक्तानी दिएका थिए। दुई वर्षसम्म निर्माण नभएपछि प्रतिष्ठानले कम्पनीलाई ताकेता गरेपछि प्लान्ट निर्माण भएको हो। प्रतिष्ठानमा रहेको प्रतिमिनेट २ सय ८० लिटर क्षमताको प्लान्टपनि ६ महिनादेखि बन्द अवस्थामा छ। नयाँ अक्सिजन प्लान्ट समयमा निर्माण नहुँदा प्रतिष्ठानले बाहिरबाट दैनिक ७० हजारसम्मको अक्सिजन खरिद गर्ने गरेको थियो। यो हिसाबले दुई वर्षमा प्रतिष्ठानले करिब ५ करोड अक्सिजनमा गुमाएको छ। पूरै भुक्तानी लिएर काम नगर्ने कम्पनीसँग क्षतिपूर्तिको समेत दाबी गरिने प्रतिष्ठानका अस्पताल निर्देशक डा गौरीशंकर साहले बताए। करिब ३ करोड २४ लाख लागत भएको प्लान्टको निर्माण नेपालको डाइग्नोवेभ र भारतको युनिसी इन्डिया प्रालिले गरेका हुन्। प्लान्टको बिहीबार प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारले उद्घाटन गरे। उनले प्रतिष्ठान अब अक्सिजनमा आत्मनिर्भर भएको भन्दै बढी उत्पादन भएका अक्सिजन बिक्रीको व्यवास्था मिलाइने र पुरानो प्लान्ट पनि बनाएर रिजर्वमा राख्ने बताए। उनले भने, ‘यो प्लान्टले प्रतिष्ठानको खर्च पनि घट्यो, उपचारमा पनि सहज भयो। अन्य ठाउँका समस्या पनि अब समाधान हुँदै जान्छन्।’
http://aarogyanews.com/%e0%a4%ac%e0%a4%bf%e0%a4%aa%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%a0%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%85%e0%a4%95%e0%a5%8d%e0%a4%b8%e0%a4%bf%e0%a4%9c/
बिपी प्रतिष्ठानमा अक्सिजन प्लान्ट धरान– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नयाँ प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ। प्रतिष्ठा....
काठमाडौं– सरकारी चिकित्सक संघ नेपालले देशभर कार्यरत सरकारी डाक्टरलाई काठमाडौं बोलाएको छ। संघले विगतमा सरकारसँग गरिएको सहमति विपरित समायोजन मान्य नहुने भन्दै सबैलाई काठमाडौं आउन आ्हवान गरेको हो। संघ र स्वास्थ्य मन्त्रालयबीच गत पुस २९ गते सहमति भएको थियो। संघीयता कार्यान्वयन र समायोजनको सन्दर्भमा भएको सहमति कार्यान्वयनमा कुनै चासो नदिएको भन्दै संघले सरकारलाई दाबब दिन सबैलाई केन्द्रमा भेला हुन आह्वान गरेको हो। देशभरमा कार्यरत सरकारी डाक्टर काठमाडौं आउँदा अस्पतालको सेवा भने प्रभावित हुने देखिएको छ। संघले विज्ञप्ति जारी गर्दै विगतको सहमति कार्यान्वयन नभए चिकित्सकलाई उच्च तह अध्ययन, तालिम बृति विकासमा दीर्घकालिन असर पर्ने, हालको दरवन्दी तेरिज र संगठन संरचनाअनुसार भए आफूभन्दा कनिष्ठ कर्मचारीको मातहतमा बस्नुपर्ने, माथिल्लो अस्पतालमा सरुवा र बढुवामा असर पर्ने लगायतका समस्या देखाएको छ।
http://aarogyanews.com/%e0%a4%b8%e0%a4%b9%e0%a4%ae%e0%a4%a4%e0%a4%bf-%e0%a4%b5%e0%a4%bf%e0%a4%aa%e0%a4%b0%e0%a5%80%e0%a4%a4-%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%af%e0%a5%8b%e0%a4%9c%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b5/
सहमति विपरीत समायोजनको विरोधमा सरकारी डाक्टर, देशभरका डाक्टरलाई काठमाडौं बोलाइयो काठमाडौं– सरकारी चिकित्सक संघ नेपालले देशभर कार्यरत सरकारी डाक्टरलाई काठमाडौं बोलाएको छ। संघले विगतमा सरकारसँ....
जुम्ला– कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले अब कुनै पनि कर्णालीबासीले उपचार नपाएर मर्नुपर्ने अवस्था नआउने बताएका छन्। प्रदेश सरकार कर्णालीको स्वास्थ्य र समृद्धिमा जुटेको बताउँदै उनले निकट भविष्यमै स्थानीय तहसम्मका स्वास्थ्य संस्थालाई गुणस्तरीय बनाउने उल्लेख गरे। विश्व स्वस्थ्य संगठनको सहयोग र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आयोजनामा सञ्चालित अस्पताल विपद पूर्वतयारी तथा प्रतिकार्य योजना तालिम तथा कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्रीले रावलले कर्णालीका सबै स्वास्थ्यकर्मी प्रकोेप पूर्वतयारीमा जुट्नु पर्ने बताए। उनले भने, ‘कर्णाली प्रदेश बाढी, पहिरो र भूकम्पको उच्च जोखिममा छ। कुनै पनि बेला आउनसक्ने विपत्तिको सामाना गर्न सबै एकाकार भएर प्रतिकार्य योजनामा लाग्ने समय आएकोले यसका लागि स्वास्थ्य क्षेत्रले चिन्ता र चासो राख्नुपर्छ।’ उनले भर्खरै सम्पन्न कर्णाली प्रदेश समन्वय परिषद्को बैठकले पनि दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको उपलब्धता नभएको ठाउँमा पूर्वतयारीका क्रियाकलापलाई अघि बढाएर लैजाने विषयमा गम्भीर छलफल भइसकेको जानकारी दिए। स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्रको प्रवद्र्धनमा कर्णाली प्रदेश सरकार लागिपरेको बताउँदै मन्त्री रावलले अहिले पनि पहुँचका आधारमा स्वास्थ्य सेवा विस्तार भइरहेकोप्रति आपत्ति प्रकट गरे। ‘देश संघीयतामा गइसकेको अवस्थामा पनि केन्द्रीकृत राज्यसत्ताको पालामा जस्तो स्वास्थ्य क्षेत्रमा सिन्डिकेट कायम छ,’ उनले भने, ‘समानुपातिक स्वास्थ्य सेवा वितरणमा कर्णाली प्रदेश सरकारको पैरवी आवश्यक छ । यो भूमिका कर्णाली प्रदेश सरकारले निर्वाह गर्छ।’ कार्यशालामा कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र ५ नम्बर प्रदेशका स्वास्थ्यकर्मीको सहभागिता रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक धर्मराज गोसाईंले जानकारी दिए।
http://aarogyanews.com/%e0%a4%85%e0%a4%ac-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%b8%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%89%e0%a4%aa%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%a8/
अब कर्णालीबासीले उपचार नपाएर मर्नु पर्दैन : मन्त्री रावल जुम्ला– कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले अब कुनै पनि कर्णालीबासीले उपचार नपाएर मर्नुपर्ने अवस्...
काठमाडौं - पछिल्लो समय क्यानसरका रोगीहरुको संख्या अनपेक्षितरुपमा बढेको छ । अव्यवस्थित जीवनशैली, खानपान र समयमै सचेतता नअपनाउँदा यो रोगले धेरैलाई सताएको छ । तर बेलैमा रोग पहिचान गरी उपचार गर्न सकियो भने क्यान्सरलाई जित्न पनि सकिन्छ । क्यान्सरका कारण हुने मृत्यलाई कम गर्ने र यससँग जोडिएका विषयमा जागरण दिने उदेश्यले हरेक फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ । पछिल्लो समय धेरै व्यक्तिहरु क्यान्सर रोगका कारण पीडित बनेका छन् । जसको कारण हो अव्यवस्थित जीवनशैली र खानपान । विशेष गरी सुर्तीजन्य पदार्थको उपभोग गर्ने मानिसहरु यो रोगबाट पीडित भएका छन् । अध्यनहरुका अनुसार संसारभर क्यान्सरले गराउने मृत्युको कूल ९० प्रतिशत सुर्तिजन्य पदार्थ सेवनका कारणले हुने गरेको पाइन्छ । केही क्यान्सरहरु भने पुस्तैनीरुपमै जिनमा आउने गर्दछ । आनुबंशीक क्यान्सर ५ देखि १० प्रतिशतसम्म रहेको पाइएको छ । पौष्टिक आहारको कमी मदिरा सेवन र नियमित व्यायामको कमीले पनि क्यान्सरलाई बढावा दिएको छ । कुनै समय यस्तो थियो क्यान्सर लागेपछि त्यसको उपचार असम्भव प्राय नै थियो । तर अहिले यो रोगको उपचारमा चिकित्सा विज्ञानले चामत्कारिक विकास गरेको छ । आफ्नो शरीरको नियमित चेक जाँच गराउने र यो रोग लागेको प्रारम्भीक अवस्थामै पहिचान गर्न सकियो भने क्यान्सर पूर्णरुपमा निको पार्न सकिन्छ । अन्य रोगको तुलनामा क्यान्सर रोगको उपचार केही खर्चिलो र लामो समय लाग्ने हुन्छ । अहिले नेपालका धेरै अस्पतालमा यो रोगको स्तरीय उपचार हुने गरेको छ । सरकारले क्यान्सर रोगीहरुलाई उपचारको लागि एक लाख रुपैंयासम्म उपलब्ध गराउँदै आएको छ । विरामीहरुले भने यो सहयोगलाई अपर्याप्त भएको गुनासो गर्दै आएका छन् ।
http://aarogyanews.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%b0-%e0%a4%b0%e0%a5%8b%e0%a4%97%e0%a5%80%e0%a4%b9%e0%a4%b0%e0%a5%81/
नेपालमा क्यान्सर रोगीहरुको संख्या बढ्योः यस्तो छ कारण काठमाडौं – पछिल्लो समय क्यानसरका रोगीहरुको संख्या अनपेक्षितरुपमा बढेको छ । अव्यवस्थित जीवनशैली, खानपान र समयमै ....
काठमाडौं– संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको स्वास्थ्य उपसमितिले सरकारले सक्रियता नदेखाए मुलुकको स्वास्थ्य क्षेत्रमा गम्भीर चुनौती खडा हुने निष्कर्ष निकालेको छ। संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको स्वास्थ्य उपसमितिले मंगलबार समितिलाई बुझाएको प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रियता नदेखाए मुलुकको स्वास्थ्य क्षेत्रमा गम्भीर चुनौती खडा हुने उल्लेख छ। सम्बन्धित मन्त्रालयले सक्रियता मुलुकको स्वास्थ्य क्षेत्रमा गम्भिर चुनौती खडा हुने उपसमितिका संयोजक खगराज अधिकारीले जानकारी दिए। ‘स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गतका अस्पतालसँग अन्तर्क्रिया गरी तयार पारिएको सो प्रतिवेदनमा जनताको सेवा प्रवाहमा गम्भीर समस्या हुने देखिएको उल्लेख गर्दै सो समस्या समाधानका लागि सरकारलाई सक्रियताका साथ काम गर्न पनि सचेत गराइएको छ,’ उपसमितिका संयोजक अधिकारीले भने। उपसमितिले सबै स्थानीय तहमा अस्पताल बनाई परिचालन गर्न आवश्यक व्यवस्था गर्न सरकारलाई सचेत गराउनपर्ने सुझाव पनि दिएको छ। त्यसैगरी, केन्द्रीय अस्पतालका फार्मेसी, इमर्जेन्सी, आईसियू, सिसियू, जेनेरल वार्ड, ओपिडीलगायतका सेवामा न्यूनतम मापदण्ड पनि कार्यान्वयन नगरिएको उल्लेख गर्दै त्यसको उचित व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ। त्यस्तै स्वीकृति नलिई संचालनमा रहेका औषधि पसल प्रतिबन्ध गराउने व्यवस्थालाई कडाईका साथ पालना गराउन पनि सरकारलाई सचेत गराउनुपर्ने सुझाव पनि प्रतिवेदनमा उल्लेख गरिएको उपसमितिका संयोजक अधिकारीले बताए। उपसमितिले स्थानीय तहसम्म विशेषज्ञ सेवा विस्तार गर्ने काममा ढिलाई नगर्न पनि सरकारलाई निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको छ। स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन पनि सरकारलाई सुझाव दिइएको उपसमितिका संयोजक अधिकारीले बताए. विभिन्न २० वटा अस्पतालहरुसँग अन्तरक्रिया गरी तयार पारिएको प्रतिवेदनमा स्वास्थ्य नीतिलाई समय सापेक्ष बनाउन माग गरिएको छ।
http://aarogyanews.com/%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%b8%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%a8%e0%a4%ad%e0%a4%8f-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5/
सरकार सक्रिय नभए स्वास्थ्य क्षेत्रमा गम्भीर चुनौती आउँछ : संसदीय उपसमिति काठमाडौं– संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको स्वास्थ्य उपसमितिले सरकारले सक्रियता नदेखाए मुल.....
काठमाडौं- विगत ६ दिनदेखि अनसन बसिरहेका भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेको अनसनमा डा गोविन्द केसीले ऐक्यबद्धता जनाएका छन्। केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्तहरु नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै हजारे अनसन बसेका हुन्। डा केसीले पत्रमा अन्ना हजारले उठाएको लोकपाल र लोकायुक्तहरुको नियुक्त गर्ने माग भारतमा मात्र नभई नेपालमा पनि भ्रष्टाचारविरुद्ध लड्न एकदमै महत्वपूर्ण मानिन्छ। पत्रमा डा केसीले नेापलमा आफूले ७ वर्ष अघिदेखि सत्याग्रह सुरु गरेको र आफ्ना उद्देश्यहरु पनि उल्लेख गरेका छन्। प्रजातन्त्र संस्थागत गर्न र भ्रष्टाचारविरुद्ध लड्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै डा केसीले ऐक्यबद्धता जनाएका छन्।
http://aarogyanews.com/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a8%e0%a4%be-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a8%e0%a4%b8%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%a1%e0%a4%be-%e0%a4%95/
अन्ना हजारेको अनसनमा डा केसीले पत्र लेख्दै जनाए समर्थन काठमाडौं- विगत ६ दिनदेखि अनसन बसिरहेका भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेको अनसनमा डा गोविन्द केसीले ....
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किनेको औषधि नै गुणस्तरहीन पाइएको छ। मन्त्रालयको स्वास्थ्य व्यवस्थापन महाशाखाले खरिद गरेको औषधिको गुणस्तर जाँच नगरी आपूर्तिका लागि अनुमति दिँदा गुणस्तरहीन औषधि जनताले उपभोग गर्नु परिररहेको खुलेको हो। मन्त्रालयले किनेको पारासिटामोल र घाउ सफा गर्ने औषधि नै गुणस्तरहीन भेटिएको हो। औषधि व्यवस्था विभागले नियमित चेकजाँच गर्ने क्रममा केही औषधि गुणस्तरहीन रहेको भेटिएकाे हाे। उक्त औषधि उपभोग र बिक्रीवितरण नगर्न विभागले सूचना जारी गरेपछि व्यवस्थापन महाशाखाका कर्मचारी झस्किएका छन्। स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले खरिद गरेको औषधि आपूर्ति विभिन्न प्रदेशमा भएको छ। उक्त औषधि बिक्रीवितरण तथा प्रयोग रोक्न महाशाखाले पत्राचार गरेको पाइएको छ। धनकुटा, धनुषा, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र दिपायलका प्रदेश स्वास्थ्य निर्देशनालयलाई ती औषधीहरुको बिक्रीवितरण तथा प्रयोगमा तत्काल रोक लगाउन सूचना जारी गरिएको छ। आपूर्ति गरिएका विभिन्न ब्याचका 'पोभिन' नामक घाउ सफा गर्ने औषधि र लोटेम्प नामक बच्चालाई खुवाइने पारासिटामोलका विभिन्न ब्याचका औषधिको गुणस्तर कमजोर रहेकाले औषाधि व्यवस्था विभागले बिक्रीवितरणमा रोक लगाएको सूचना केही दिनअघि जारी गरेको थियो। तीमध्ये सबैभन्दा धेरै क्युरेक्स फर्मास्युटिकल्स नेपालको ‘पोभिन’ नामको घाउ सफा गर्ने औषधि छ। यो औषधिका ७ वटा ब्याच गुणस्तरहीन फेला परेका छन्। यसैगरी सरकारले नै किनेको ओम फर्मास्युटिकल्स, नेपालको ‘लोटेम्प’ नामक औषधिका तीन ब्याच न्युन गुणस्तरको पाइएको हो। यसबाहेक लेबन ल्याब्रोटोरिज प्रालि, इन्डियाको ‘जाइलो–पी’, केमी ड्रग इन्ड्रस्टिज प्रालिको ‘पोला’ र सुमी फर्मास्युटिकल्सको ‘मेगाफल’ न्यून गुणस्तरका भेटिएका हुन्। विभागले यी औषधि प्रयोग र बिक्रीवितरण नगर्न भनेको छ। यसैगरी आर्या फर्मास्युटिकल्सको ‘मुपिर ओइनमेन्ट’लाई बजारबाट फिर्ता लिन भनिएको छ।
http://aarogyanews.com/%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%95%e0%a4%bf%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%9f%e0%a4%be%e0%a4%ae/
सरकारले किनेको पारासिटामोल र घाउ सफा गर्ने औषधि नै गुणस्तरहीन काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किनेको औषधि नै गुणस्तरहीन पाइएको छ। मन्त्रालयको स्वास्थ्य व्यवस....
काठमाडौं– कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गतको ७ र ८ औं तहका कर्मचारीहरुको जेष्ठताको नामावली सार्वजनिक गरेको छ। मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूहका आधारमा जेष्ठताको सूची सार्वजनिक गरेको हो।
http://aarogyanews.com/%e0%a4%9c%e0%a4%a8%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d%e0%a4%af-%e0%a4%85%e0%a4%a7%e0%a4%bf%e0%a4%95%e0%a5%83%e0%a4%a4-%e0%a5%ad-%e0%a4%b0-%e0%a5%ae-%e0%a4%94/
जनस्वास्थ्य अधिकृत ७ र ८ औं तहको जेष्ठता सूची सार्वजनिक काठमाडौं– कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेव.....
जो समयमै निदाउन सक्छन्, उनीहरूको मानसिक र शारिरीक दुवै स्वास्थ्य राम्रो हुने चिकित्सकहरू बताउँछन्। बेलैमा मस्त निदाउन सक्ने व्यक्तिको अनुहान पनि सुन्दर देखिन्छ। तर चाहँदा चाहँदै पनि कतिपय अवस्थामा निद्रै पर्दैन। कतिपयलाई त ओछ्यानमा पल्टेको धेरैबेर भइसक्दा पनि निदाउन नसक्ने समस्या नै हुन्छ। यदि यस्तो छ भने यी १० उपाय अपनाउनुस् जसले तपाईंलाई मस्तसँग निदाउन मद्दत गर्नेछन्। १. घामको ताप ताप्नुहोस् अचम्म लाग्न सक्छ, मीठो निद्राका लागि घाम ताप्नु आवश्यक छ। हरेक दिन सूर्यको प्रकाशमा बस्ने गर्नुहोस्। यसले साँझमा थकित अनुभव गराउँछ। जसले तपाईंलाई समयमै निद्रा पर्छ। साथै सूर्यको किरणबाट प्राप्त हुने भिटामिन डी पनि प्राप्त हुन्छ। २. व्यायाम गर्नुहोस् बाहिरफेर हिँड्ने बानी गर्नुहोस् जसले तपाईंलाई राम्रो निद्रा पर्छ। समयमै निदाउन सक्ने मानिसले आफ्नो नियमित काम पनि प्रभावकारी रूपमा गर्न सक्छ। ३. साँझको समय कफी, क्याफिन सेवन नगर्नेतपाईंलाई थाहा छ ? चिया, कफीले निद्रा भगाउने काम गर्छन्। एकपटक सय मि.ग्रा. क्याफिन सेवन गर्नुभयो भने यसको असर शरीरमा सात घण्टासम्म रहन्छ। यसकारण साँझमा सानो एक कप कफीले पनि रातिको निद्रामा बाधा पुर्याउन सक्छ। ४. खाना खानेबित्तिकै नसुत्नुहोस् खाना खानेबित्तिकै सुत्नु स्वास्थ्यका लागि राम्रो मानिँदैन। त्यसकारण खाना खाएको दुई÷तीन घन्टापछि मात्र ओछ्यानमा जानुहोस्। ५.साँझ पर्नेबित्तिकै सुत्ने गर्नुहोस् राति छिटो सुत्ने बानी गर्नोस्। छिटो सुत्ने बानीले तपाईंलाई आनन्द त मिल्छ नै। साथै राम्रो निद्रा पनि पर्छ। ६. ओछ्यानमा जानुअघि यसो गर्नुहोस् नुहाउनुहोस्, दाँत माझ्नुहोस् र उपयोगी पुस्तकका केही पृष्ठ पढ्नुहोस्। हरेक साँझ यसो गर्नुभयो भने तपाईंको शरीरलाई तालिकामा चल्ने अभ्यास हुन्छ। यस्तो अवस्थामा शरीर आफंैले सुत्ने समय भएको सन्देश दिन थाल्छ। ७. ओछ्यान आनन्दयुक्त बनाउनुहोस् निदाउन शरीरलाई १६ देखि १८ डिग्री सेल्सियस तापक्रम उचित मानिन्छ। जब बाहिर बढी तापक्रम हुन्छ तब भित्रको वातवरण केही चिसो बनाउनुहोस्। बाहिर जाडो छ भने भित्र केही न्यानो बनाउनुहोस्। ८. ओछ्यान चिटिक्क पार्नुहोस् सकेसम्म आफ्नो सुत्ने कोठा, ओछ्यान सफा र चिटिक्क पार्नुहोस्। यसका लागि तन्ना, सिरकजस्ता कुरा नरम किसिमका एवं सुन्दर रङका छनोट गर्नुहोस्। कोठामा कुनै पनि सामान लथालिंग रूपमा नराख्नुहोस्। ढुक्क हुनुहोस्, यस्तो वातवरणमा सजिलै निद्रा पर्छ। ९. ठीक साइडमा मात्र सुत्ने गर्नुहोस् सुताइको साइड नमिल्दा पनि निद्रा पर्दैन। मुटु, उच्च रक्तचापका रोगी छन् भने ठीक साइडमा सुत्नाले मुटुलाई दबाब पर्दैन। रक्त सञ्चारमा बाधा पर्दैन। र, सजिलै निदाउन सकिन्छ। १०.सुत्ने समयमा नकारात्मक नसोच्नुहोस् भनेको कुरा व्यवहारमा उतार्न सजिलो छैन। तर आँखा बन्द गर्ने बेलामा राम्रा विचार मात्र मनमा ल्याउनुहोस्। जुन विचार गहिरो निद्रा नआउँदासम्म जारी राख्नुहोस्। निश्चित रूपमा तपाईंलाई निद्राले छोप्नेछ। ११. निदाउने बेला भूतका कथाहरू नसुन्नुहोस् डरलाग्दा भूत या अपराधका फिल्म हेर्ने बानी छ भने तुरुन्त छाड्नुहोस्। यस्ता फिल्मले तपाईंको मन अनावश्यक डर पैदा गर्छ र निद्रामा बाधा पार्छ। साथै निदाइहाले पनि नराम्रा सपना देखिन्छ।
http://aarogyanews.com/%e0%a4%b8%e0%a4%ae%e0%a4%af%e0%a4%ae%e0%a5%88-%e0%a4%a8%e0%a4%bf%e0%a4%a6%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%b8%e0%a4%95%e0%a5%8d%e0%a4%a8%e0%a5%81%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a8/
समयमै निदाउन सक्नुहुन्न ?, अपनाउनुस् यी ११ उपाय जो समयमै निदाउन सक्छन्, उनीहरूको मानसिक र शारिरीक दुवै स्वास्थ्य राम्रो हुने चिकित्सकहरू बताउँछन्। बेलैमा मस्त ....
काठमाडौं - अब महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुने भएको छ। ६ महिनाअघि सुरु हुने भनिएको प्रत्यारोपण सेवा कानुनी र प्राविधिक कठिनाइका कारण ढिलाइ भएको चिकित्सकहरूको भनाइ छ। अंग प्रत्यारोपण सेवाका लागि सरकारको अनुमति लिने प्रक्रिया लम्बिएका कारण सेवा सुरु गर्न समय लागेको कलेजो प्रत्यारोपण टोलीका संयोजक डा. रमेशसिंह भण्डारीले बताए। ‘गत हप्ता मात्र स्वास्थ्य सेवा विभाग अंग प्रत्यारोपण समितिले अनुमतिपत्र दियो,’ उनले शुक्रबार नागरिकसँग भने, ‘अब हाम्रो तयारी पूरा भयो।’ चिकित्सकका अनुसार विभिन्न रोगका कारण कलेजोको धेरै भाग बिग्रेको अवस्थामा कलेजो प्रत्यारोपण गरिन्छ। यसका लागि कुनै स्वस्थ व्यक्तिले आफ्नो कलेजोको भाग दान गर्न मिल्छ। कुनै पनि व्यक्तिको कलेजो आपसमा मिले मात्र प्रत्यारोपण गर्न सकिन्छ। तर बिरामीमा कलेजोको बाहेक अन्य गम्भीर रोग लागेको अवस्थामा भने प्रत्यारोपण गर्न मिल्दैन। टिचिङ अस्पतालका अनुसार प्रतिमहिना औसत चार जना कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्थाका बिरामी उपचारका लागि आउने गरेका छन्। डा. भण्डारीका अनुसार अस्पतालमा कलेजो प्रत्यारोपण सेवाका लागि २४ जनाको टोली तयारी अवस्थामा छ। अस्पतालमा प्रत्यारोपण कक्ष र उपकरणको तयारी पहिल्यै पूरा भइसकेको थियो। असारको पहिलो हप्ता नै सेवा सुरु हुने घोषणा गरिएकाले केही बिरामी कलेजो प्रत्यारोपणका लागि अस्पताल पुगेका थिए। तोकिएको समयमा सेवा सुरु हुन नसकेपछि बिरामी सेवाबाट वञ्चित भएका थिए। ‘अब बिरामी आए सेवाका लागि सक्षम छौं,’ डा. भण्डारीले भने। प्रत्यारोपण सेवाका लागि डा. सिंहसहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली विभिन्न देशमा तालिम लिएर फर्किसकेका छन्। डा. भण्डारीले अस्टे«लियाबाट तालिम लिएका हुन्। अस्ट्रेलियाबाट फर्केलगत्तै उनले नेपालमै कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने प्रक्रिया अघि बढाएका थिए। तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री गगन थापाले यो सेवाका लागि आवश्यक स्थान तथा उपकरणका लागि बजेट विनियोजन गरेका थिए।
http://aarogyanews.com/%e0%a4%85%e0%a4%ac-%e0%a4%9f%e0%a4%bf%e0%a4%9a%e0%a4%bf%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%b2%e0%a5%87%e0%a4%9c%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%be/
अब टिचिङमा कलेजो प्रत्यारोपण हुने काठमाडौं – अब महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुने भएको छ। ६ महिनाअघि सुरु हुने भनिए.....
काठमाडौं, माघ १८ -डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि देशका अधिकांश अस्पतालको सेवा प्रभावित भएको छ । नेपाल चिकित्सक संघले आज आकस्मिकबाहेकका सबै सेवा बन्द गर्न आह्वान गरेपछि अस्पतालका सेवा प्रभावित भएका हुन् । तर डा. केसी नै अनसनरत त्रिवि शिक्षण अस्पताल महाराजगन्जको सेवा भने आंशिकमात्र प्रभावित भएको छ । शिक्षण अस्पताल प्रशासनले नियमित सेवा जारी राख्न निर्देशन दिएपछि कतिपय चिकित्सक नियमित काममा सक्रिय छन् । संघमा आबद्ध कतिपय चिकित्सक भने डा. केसीको जीवनरक्षाको माग गर्दै काम नगरी बसेका छन् । डा. केसीले अनसन सुरु गरेको २४ दिन भइसक्दा पनि सरकारले उनको जीवनरक्षाका लागि कुनै पहल नगरेको भन्दै आक्रोसित चिकित्सकहरुले आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेर सरकारलाई दबाब दिएका हुन् । डा. केसीको मागलाई बेवास्ता गरी संघीय संसद्का दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पारित भएको विरोधमा चिकित्सकले आन्दोलन थालेका हुन् । संघले आजको आह्वान सांकेतिक मात्र भएको जनाएको छ । शिक्षण अस्पताल महाराजगन्जले भने सेवा नियमित भइरहेको जनाएको छ । यता वीर अस्पतालका चिकित्सकहरुले भने आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन् । चिकित्सक संघको निर्णयपछि आज देशका अधिकांश सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेजलगायतका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका अन्य सेवा प्रभावित भएका हुन् ।
http://aarogyanews.com/%e0%a4%9a%e0%a4%bf%e0%a4%95%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%95-%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf/
चिकित्सक आन्दोलनमा उत्रिएपछि देशका अधिकांश अस्पतालको सेवा प्रभावित काठमाडौं, माघ १८ -डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि देशका अधिकांश अस्पता....
काठमाडौं– नेपाल औषधि व्यवस्था विभागले औषधिको गुणस्तर न्युन रहेको भन्दै विक्रीवितरणमा रोक लगाएको छ । तीमध्ये सबैभन्दा धेरै क्युरेक्स फर्मास्युटिकल्स नेपालको ‘पोभिन’ नामको औषधि छ । यो औषधिका ७ वटा ब्याच गुणस्तरहीन फेला परेका छन् । लेबन ल्याब्रोटोरिज प्रालि इन्डियाको ‘जाइलो–पी’, ओम फर्मास्युटिकल्स नेपालको ‘लोटेम्प’ नाम औषधिका तीन ब्याच, केमी ड्रग इन्ड्रस्टिज प्रालिको ‘पोला’ र सुमी फर्मास्युटिकल्सको ‘मेगाफल’ न्युन गुणस्तरका भेटिएका हुन् । विभागले यी औषधि प्रयोग र विक्रीवितरण नगर्न भनेको छ। यसैगरी आर्या फर्मास्युटिकल्सको ‘मुपिर ओइनमेन्ट’लाई बजारबाट फिर्ता लिन भनिएको छ ।
http://aarogyanews.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%ad%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a8-%e0%a4%94%e0%a4%b7%e0%a4%a7%e0%a4%bf-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a5%ac-%e0%a4%94/
विभिन्न औषधि कम्पनीका ६ औषधि गुणस्तरहीन, विक्रीवितरणमा रोक काठमाडौं– नेपाल औषधि व्यवस्था विभागले औषधिको गुणस्तर न्युन रहेको भन्दै विक्रीवितरणमा रोक लगाएको छ । तीमध्ये सब.....
काठमाडौं– डा गोविन्द केसीले अनसन तोड्ने निर्णय गरेका छन्। सरकारले दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पास गरेपछि पनि आफ्नो अनसन कायम राखेका थिए । डा केसीका शुभेच्छेक र नागरिक समाजका अगुवाहरुले विधेयक पास भइसकेकाले तत्काल अनसन स्थगित गरी दबाबका अन्य उपाय अपनाउन सुझाएपछि उनले अनसन टुग्यांउने निर्णय लिएका हुन् । अनसन स्थगित गर्न उनलाई शुक्रवार पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व सभामुख दमनाथ ढुंगाना, केदारभक्त माथेमा, सुशीला कार्की, दमननाथ ढुङ्गाना, भोजराज पोखरेल, प्रा डा मदन उपाध्याय, प्रा डा रमेशकान्त अधिकारी, प्रा डा अर्जुन कार्की, प्रा डा भगवान कोइराला, सुरेन्द्र चौधरी, प्रभु बुढाथोकी, डा दिनेश प्रसाईं र रविनद्र सिंह बानियाँ लगायतले डा केसीलाई भेटेर आमरण अनसनलाई पुनर्विचार गर्न आग्रह गरेका थिए। चिकित्सा शिक्षा ऐनसम्बन्धी हालसम्मका उपलब्धिहरु संस्थागत गर्नका लागि डा केसीको निरन्तर सक्रियता आवश्यक भएकाले स्वास्थ्यको रक्षार्थ सत्याग्रहको कार्यक्रममा पुनर्विचार उनीहरुले अनुरोध गरेका थिए। उनीहरुले डा केसीलाई ऐन कार्यान्वयनका आगामी प्रक्रियाहरु नजिकबाट नियाल्ने र चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदनअनुसार सुधार सुनिश्चित गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
http://aarogyanews.com/%e0%a4%a1%e0%a4%be-%e0%a4%95%e0%a5%87%e0%a4%b8%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%97%e0%a4%b0%e0%a5%87-%e0%a4%85%e0%a4%a8%e0%a4%b8%e0%a4%a8-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%97%e0%a4%bf%e0%a4%a4/
डा केसीले गरे अनसन स्थगित गर्ने निर्णय काठमाडौं– डा गोविन्द केसीले अनसन तोड्ने निर्णय गरेका छन्। सरकारले दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पास गरेपछ.....
काठमाडौं– अनसनरत डा केसीलाई भेट्न शिक्षण अस्पताल पुगेका कांग्रेस सभापति शेर बहादुर देउवाले सरकार असंवेनशील भएकाले अनसन स्थगित गरि अर्को लडाइँ लड्न अनुरोध गरेका छन्। देउवाले केसीका सबै मागमा वार्ता हुनुपर्ने बताए। विधेयक बलजफ्ती पारित भएको जनाउँदै उनले कांग्रेस जनतामा जाने बताए। देउवाले कांग्रेस सरकारले ल्याएको अध्यादेश अनुसार विधेयक नआएकाले यो अवस्था सिर्जना भएको औल्यांए। देउवा सँगै युवा नेता गगन थापा पनि केसीलाई भेट्न अनसन स्थलमा पुगेका थिए। थापाले प्रधानमन्त्रीले गरेको सम्झौताको उल्लंघनले १६औं अनसन बस्नुपरेको बताए। उनले भने, ‘सम्झौता कार्यान्वयन गर्नुसु भनी डा केसी अनसन बसेको सत्यतालाई पनि प्रधानमन्त्रीले मानिरहनुभएको छैन।’ असंवेदनशीलको हद यो भन्दा बढि नहुने उनको तर्क थियो। संसदको दुई बैठक गोविन्द केसी 'मरे मरोस्' ढंगले सञ्चालन गरिएको आरोप लगाए। संसदमा कांग्रेसको संख्या कमी भएकाले विधेयक सरकारको रुचि अनुसारको बनेको उनले बताए। उनले भने, ‘सरकारको लागि डा केसीको जीवन महत्व नभए पनि हाम्रो लागि महत्वपूर्ण छ।’ केसीको जीवन रक्षा पहिलो प्राथमिकता भएको उनले बताए। चिकित्सा क्षेत्रको सुधारका लागि लडाइँ जारी रहने बताए।
http://aarogyanews.com/%e0%a4%a1%e0%a4%be-%e0%a4%95%e0%a5%87%e0%a4%b8%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a6%e0%a5%87%e0%a4%89%e0%a4%b5%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%b0%e0%a5%8b/
डा केसीलाई देउवाको अनुरोध– सरकार असंवेदनशील भएकाले अनसन स्थगित गर्नुस् काठमाडौं– अनसनरत डा केसीलाई भेट्न शिक्षण अस्पताल पुगेका कांग्रेस सभापति शेर बहादुर देउवाले सरकार असंवेनशील भएक...
नर्स भन्ने बित्तिकै हाम्रो आँखा अगाडी सेतो सफा लुगा लगाएको महिलाको झल्को आँउछ । नर्स बिनाको अस्पतालको परिकल्पना गर्न गारो हुन्छ । डाक्टर पछिको बिरामीको ज्यान बचाउने नर्स नै हुन् । दिनरात नभनेर काम गर्ने नर्स कसैको छोरी, कसैको बुहारी, कसैको श्रीमती, कसैकी आमाको भुमीका निर्वाह गर्दागर्दै अस्पतालमा बिरामीको समेत साथी बन्न सक्नुपर्दछ । नर्सिङको अध्ययन धेरै युवतीहरुको रोजाइमा पर्ने गरेको पाइन्छ । नर्सिङ पढाइ खर्चिलो तर आम्दानी थोरै छ । त्यसैले धेरै जसो युवतीहरु नर्सिङ पढेर नेपालका अस्पताल भन्दा पनि विदेशी भूमीमा ‘केयर टेकर’का रूपमा काम गर्छन् । तिष्णा अधिकारी अहिले ग्रिन सिटीमा तिन वर्ष देखि काम गरिरहेकी छिन् । उनीसँगै पढेका धेरै साथीहरु विदेश गई सकेका छन् । तिष्णा राम्रो अवसर पाएमा विदेश जाने बताउँछीन् । थोरै पारिश्रमिक, खर्च बढी त्यसैले पनि साथीहरू विदेशीएको उनले सुनाइन् । नर्सि«ङ पेशाको बदलिँदो स्वरूप छ । केहि समय अघि नर्सिङ पढेमा नेपालमा जागिर सहज पाइन्छ भन्ने थियो । अहिले नर्सिङ पढेमा विदेश जान र पिआर सहजै पाइन्छ भन्ने सोच रहेको पाइन्छ । ग्रिन सिटी अस्पतालकी नर्सिङ निर्देशक सजिना दाहाल ‘विदेशमा रूखमा डलर फल्दैन, नेपालमा भन्दा बढी दुःख गर्नुपर्छ’ भन्छिन् । सजिनासँगै पढेका धेरै साथीहरू विदेशमा छन् । सजिनाका फरक अनुभव छन् । आज काम गरिरहेका नर्स भोली नै म्याम मेरो अष्ट्रेलियाको भिसा लाग्यो भनेर राजीनामा दिन्छन् । त्यो बेला नराम्रो लाग्ने बताउँछीन् । नेपालमा नर्सिङको ईतिहास विसं २०१३ बाट शुरू भएको पाइन्छ । शुरुशुरुमा नसिङलाई दुःख लाग्दो व्यवसाय, रात्रीकालिन ड्यूटी पर्ने, विरामी अनि घाउ रगतसँग काम गर्न पर्ने भनेर राम्रो रुपमा नहेरे पनि अहिले नेपाली समाजमा नर्सहरुको उपस्थिती वडो सन्तोषजन रहेको पाइन्छ । तर खर्च बढी आम्दानी थोरै भएपछि विदेशीदै गरेको अवस्थाले भोली नेपालका अस्पतालहरूमा जनशक्तीको अभाव नहोला भन्न सकिदैन ।
http://aarogyanews.com/%e0%a4%85%e0%a4%b5%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a5%8b%e0%a4%9c%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6/
अवसरको खोजीमा विदेश नर्स भन्ने बित्तिकै हाम्रो आँखा अगाडी सेतो सफा लुगा लगाएको महिलाको झल्को आँउछ । नर्स बिनाको अस्पतालको परिकल्पना ...