श्रीराम वैदिक संस्कृत गुरुकुलम्
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्रीराम वैदिक संस्कृत गुरुकुलम्, Education, रत्ननगर १३ राममन्दिर जयमङ्गला चितवन, .
निमन्त्रणा
ॐ
हार्दिक बधाई !!! हार्दिक बधाई !!! हार्दिक बधाई !!!
श्रीशङ्कराचार्य आश्रमक
यो आश्रम गलेश्वर आश्रम देवघाट तनहुँका तृतीय पीठाधीश्वर तात्कालीन श्री १००८ स्वामी महामणडलेश्वर रामानन्द सरस्वती महाराज {वासुदेव बाबा }बाट २०३८ सालमा
स्थापित तथा वहाँ कै प्ररणाबाट २०७०।५।२८गते सालमा जि.प्र.का.चितवनमा विधिवत् द. नं. २६/०७०।०७१रही दर्ता भई वहाँबाट अनुमोनदन भएको आश्रम हो ।
२०५९ साल शिवरात्रिका अवसरमा पण्डित कृष्णप्रसाद दुवाडीलाई योग्य व्यक्ति छनोट गरेर उत्तराधीकारी घोषणा गरे पश्चात् आँना झोलीमा रहेको २१९०००-/ रूपयाँ नारायणी नेशनल फाईनास्स लिमिटेड् मा आश्रमका संस्थापक/संरक्षक स्वमी रामानन्द सरस्वती र उत्तराधीकारी कृष्णप्रसाद दुवाडीको सम्युक्त मुद्दती खाता (अक्षयकोष ) खोलेर आश्रममा आँफ्ना सेवामा रहेका झापा घर हुने ध्रुव बहादुर बोहोरा ( हाल हरिहर सन्न्यास आश्रमका महन्त ज्ञानानन्द सरस्वतीबाट सन्न्यासदीक्षा लीएर ध्रुवानन्द सरस्वती हुनुभएको छ ) र एक जना विद्यार्थी उपेन्द्रकोइरा लाई छाडेर आशिप संग्रौला जी का साथ एक पटक जन्मभूमीको दर्शन गरेर आउँछु भनेर वर्मा जानू भएको थियो । जो ( यद्गत्वा ननिवर्तन्ते तद्धाम परमं मम ) भने झै कहिल्यै न फर्कने गरी उतैबाट ब्रह्मलीन हुनुभयो ।
भौतिक शरीर जुन माटोले बनेको थियो त्यही वर्मामा नै बुझाउन जानू भएको रहेछ छ । २०७६साल असोज ४ गतेका दिन मध्यरातमा आँफ्नै साधना स्थल "रामानन्द सरस्वती आश्रम मनकामना देवीस्थानमा ब्रह्मलीन हुनुभयो ।
वासुदेव बाबा ब्रह्मलीन हुनुभएको पनि चार वर्ष पुगेछ । भोलि पाँचौं वार्षिक पुण्य तिथि । वि.सं. २०८० ।असोज १८ गते तथा ५ अक्टोबर २०२३दिनाङ्क बृहस्पतिवारका दिन वहाँद्वारा स्थापित शङ्कराचार्य आश्रममा भण्डाराका हुनका साथ वृद्धाश्रम देवघाट तनहुँ , रामजानकी बालिकाश्रम चितवन र श्रीराम वैदिक सँस्कृत गुरुकुलम् रत्ननगर १३ जयमङ्गला बजारमा एकैदिन हुँदै छ ।
यी चारै वटा आश्रममा भोजनव्यवस्थापन , बाबाजीको स्मारक कक्षव्यवस्थापन र शेष रकम आश्रमको नाममा रहेको बाबाजीले नै स्थापना गरेर छोड्नु भएको अक्षयकोषमा जम्माहुने गरी आँफ्नो संग्रौला परिवारको नेतृत्व गर्दै बाबाजीका भतिजा ,आशिप संग्रौलले लक्ष्मी सन्राइज बैंक लिमिटेड नारायणघाटमा रहेको आश्रमको खातामा १०००००-/एक लाख रूपयाँ पठाउनु भएको छ । बाबाजी ब्रह्मलीन हुँका बखत षोडशी भण्डाराका लागि ८००००-/ रूपयाँ पठाउनु भएको थियो भने हाल केही दिन अघि आश्रमका व्यवस्थापक स्वामी ध्रुवानन्दको उपचार खर्चका लागि भनेर व्यक्तिगत रूपमा आश्रमका सहसचविव उपेन्द्र कोइरालाको वैंक खातामा ५००००-/ पठाउन भएको थियो । आँफ्नो पवित्र कमाई यस्तो पवित्र कार्यमा खर्चन रमाउँने आशिप संग्रौला जीलाई ब्रह्मलीन स्वामी रामानन्द सरस्वती महाराज {वासुदेव बाबा }बाट सँधैं अनन्त आशीर्वाद तथा अपार कृपा वर्षिरहनेछ भन्ने शुभकामनाका साथ मुरी-मुरी धन्यवाद टक्र्याउँछु
संरक्षक
पण्डित कृष्णप्रसाद दुवाडी
तथा आश्रमपरिवार देवघाट
ॐ स्वस्ति राप्ती नगरपालिका डडुवा निवासी देवेन्द्र वञ्जराले स्व.पुत्र चन्द्रप्रसाद वञ्जराको स्मृतिमा यस गुरुकुलमा भोजनको व्यवस्था गर्नुभएकाले हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
वेदाङ्गज्यौतिषका अहोरात्रात्मक /अखण्डतिथि मान्ने सिद्धान्त विरुद्ध लौकिक ज्यौतिषका पौर्णमान्त खण्डतिथि मान्ने मतमा प्रचलित रक्षाबन्धन पर्वको हार्दिक मङ्गलमय शुभकामना !!!
Ep 350 Krishna Prasad Duwadi स्वामी रामानन्द सरस्वती, शंकराचार्य आश्रम र कृष्ण दुवाडी गुरुको कथा www.swadharmatv.comGuest : Krishna Prasad Duwadi AatryeEdit / Thumbnail / DOP / Created & Hosted by Suvas Ag...