Aindra bikram begha

Aindra bikram begha

social sides are our openion play ground.

26/10/2022

नेपाल सम्बत ११४३ को अवसरमा आयोजित झिंगु समाज धरानको कार्यक्रममा आज ।

23/10/2022

एउटा धनी व्यक्तिको घरमा असाधारण खालको गधा थियोे । त्यो गधाले आफ्नो मालिकलाई ठुलो नाफा दिएको थियोे । एकदिन बहु मूल्य सामान बोकेर गधा कतै हिड्दै जाने क्रममा ठूलो खाडलमा फस्न पुग्यो । त्यो खडलबाट मालिकले गधालाई निकाल्न सबै खालका जुक्ति र उपायहरु लगायो । तर पनि उसले निकाल्न सकेन । त्यसपछि उसले गधा निकाल्नु भन्दा त्यहि खाडलमा पुर्दा फाईदा हुने देख्यो किनकि उसले गधाबाट नाफा लिने काम सकिसकेको थियोे र गधा बुढोपनि भई सकेको थियोे । त्यसैले गर्दा गधा मर्यो भने खाडलमा पुरेर अरु अन्तिम संस्कार गर्नैपर्छ बरु जसरी पनि गधा मरिहाल्छ त्यसैले गर्दा यहिं खाल्डामा पुरेर उसको अन्तिम संस्कार गर्दा राम्रो हुन्छ भनेर मालिकले गधालाई खाडलमै पुर्न माटो जम्मा गर्न शुरु गर्यो । खाडलमा फसेको गधाले भने मालिकले मलाई निकाल्ला भन्ने आशमा खाडलमा छट्पटी रहेको थियो । एकछिन पछि गधालाई सोही खाडलमा पुर्न मालिकले माटो झार्न थाल्यो । मालिक दुखि हुँदै गधा पुर्न माटो झारी रहयो भने गधा चाहि मलाई निकाल्न मालिक लाग्यो भनेर खुशी हुँदै खाडल भित्री नाचि रहयो एबं प्रकारले माटो झर्नु र गधाको नचाईले माटो मिल्दै खाडल भर्दै आउनु मिल्न पुग्यो र
अन्तमा खाडल पनि पुरियो त्यसपछि त गधा पनि बहिर निस्कियो । मलिक पनि खुशी भयो गधा पनि खुशी भयो । त्यसपछि गधालाई लाग्यो कि मालिकले मलाई निकाल्यो भनेर मालिकलाई अंकमाल गर्यो । उता मलिक चाहिँ मनमनै कसरी गधा निसक्यो भनेर अचम्मित भयो । तर पनि मैले निकाले भनेर गधालाई भने धाप मारिरहयो । बुझाई आ-आफ्नो भएपनि परिस्थितिले मिलाई दिएको खुशीमा मालिक र गधा दुबै रमाइरहेका छन
त्यसैले गर्दा सकारात्मक सोचेर अघि बढे ....परिणाम पनि सकारात्मक निस्किन्छ !!:

Photos from Aindra bikram begha's post 19/10/2022

स्थानीय तहको लागि भु-उपयोग सम्बन्धि ४ दिने तालिमको समापन कार्यक्रम विराटनगरमा आज !!!

Photos from Aindra bikram begha's post 18/10/2022

दलित महिला केन्द्र नेपाल (CDWN) द्वारा आयोजित ४ दिवसिय महिला नेतृत्व क्षमता अभिवृद्धि सम्बन्धि कार्यक्रममा । २०७९/७/१ रत्न ईन होटल धरान

09/10/2022

बुद्ध दर्शनले भन्छ :-
जब तिमीले चुनौती स्विकार्छौ भने अनिवार्य ४ वटा चरणहरु पार गर्नु पर्ने हुन्छ ।
पहिलो चरणमा उनीहरु तिमीलाई सकेजति खुइल्याउन लाग्ने छन् ।
दोश्रो चरणमा तिमीले उनीहरुको व्यापक आलोचनाको सामना गर्नु पर्ने हुन्छ ।
तेश्रो चरणमा तिमीलाई सक्नको लागि सबैखाले आक्रमणहरु हुनेछन ।
र अन्तिम चरणमा उनीहरुले तिमीलाई स्विकार्न बाध्य हुनेछन् !
ताकि सबै चुनौतीहरुको सहज , सरल र दुरदृष्टि राखेर सामना गरिसकेको हुनेछौ ।

08/10/2022

पार्टी अध्यक्ष प्रति पुर्ण विश्वास छ ! जनताको त्याग र वलिदानमा खडा भएको जनताको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान रक्षा गर्न गरिएका सबै निर्णयहरु सहि छन !!

07/10/2022

Life Guard Hospital विराटनगरमा उपचारत समाजसेवी , युवा व्यवसायी , धरानका असल व्यक्तित्व टंक लिम्बूलाई शिघ्र स्वास्थ्यलाभको कामना !!

05/10/2022

जस्तोसुकै परिस्थितिमा पनि मुस्कुराई रहनु । वस मुस्कुराउनु , मुस्कुराई रहनु नै सत्रुलाई सजाय हो ।

03/10/2022
02/10/2022

कामको प्रतिक बोको, क्रोधको प्रतीक राँगो , लोभको प्रतीक हाँस/परेवा , मोहको प्रतीक भेंडा ,ईष्याको प्रतीक कुखुरालाई पञ्चवलि दिने चलन छ । यसमा तपाईंको मत !!??

01/10/2022

निसाने ट्याङ्की निर्माण अभियान जारी छ । आज पनि श्रमदानमा सरिक हुँदै । पसिना बगाउनुको बेग्लै मज्जा छ ।

28/09/2022

अरुलाई हिलो छ्यािपेर आफू सफा भईदैन र भएको मानिदैन । नेपालको राजनीतिक !!???

Aindra Bikram Begha on TikTok 25/09/2022

Aindra Bikram Begha on TikTok Aindra Bikram Begha's short video with ♬ Original Sound

24/09/2022

सबै खाले खुबी एउटै व्यक्तिमा कहिल्यै हुदैन । तर प्रत्येक व्यक्तिमा एउटा न एउटा खुबि भने अनिवार्य हुन्छ ।

21/09/2022

संविधानको रक्षा र सम्मान गर्ने दायित्व सारा नेपाली जनताको हो !

18/09/2022

जो गौरवपुर्ण ईतिहास थियो ! जसले अघि बढ्न प्रेरणा दिईरहन्छ ! त्यसैले यो व्यवस्था र संविधान प्राप्तिको निम्ति गरेको त्याग र वलिदान प्रति गर्व पनि लाग्छ ! ७औं संविधान दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना ! सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली , वेपत्ता योद्धाहरु प्रति दृढताको सलाम , घाइते अपांग योद्धाहरु प्रति उच्च सम्मान छ !!

10/09/2022

कला र प्रतिभाको सम्मान गरौ !!!

06/09/2022

सडक मानव मुक्त धरान बनाउने अभियान अन्तर्गत धरानको विभिन्न चौकहरुबाट ५ महिला सहित जम्मा ३२ सडकमानवको उद्धार गरियो । जसमा ५ महिलालाई मायाघर ईटहरीमा , १८ बर्ष भन्दा माथिकालाई विराटेश्वर वृद्धाश्रम पुष्पलाल चौक विराटनगरमा , ७ जना बालकहरुलाई CPCS बालगृह वेलबारी मोरङ र बाँकी सबैलाई VOC बालगृह ईटहरीमा राखिने भएको छ । यस्तो मध्यरातको समयमा पनि उद्दार कार्यमा सहयोग पुर्याउने नेपाल प्रहरी , धरान नगर प्रहरी , नगरका कर्मचारी साथिहरु र पत्रकार ज्युहरुलाई हार्दिक धन्यवाद छ । साथै विशेष भुमिका निर्वाह गर्नुहुने सुमन अधिकारी जिको उद्दार टिमलाई धन्यवाद एवं आभार छ ।

Photos from Aindra bikram begha's post 04/09/2022

अल विदा प्रिय मित्र जेम्स भक्त राई !!
22 July Firmly Park Hospital, UKमा भएको दु:खद कुरा आज मात्रै थाहा भयो !! २०५६ सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानमा भेटघाट भएपछि जस्तोसुकै परिस्थितिमा पनि निरन्तर सम्पर्क र सम्बन्धमा रहेर माया गर्दै असल मित्रको रुपमा सल्लाह, सुझाब , साथ र सहयोग गरेर आत्मिय मित्र भएको अनुभुती दिलाउने प्रिय मित्र भक्त प्रति हार्दिक श्रद्धाञ्जली ! मित्र UK बसाई लामो मात्रै रहेन अब कहिल्यै भेट नहुने गरि भावविह्वल बनाएर विदा भयौ । हामी , हाम्रो टिमले सदा स्मरण गरिरहनेछ ।

Photos from Aindra bikram begha's post 01/09/2022

शर्मा एण्ड शर्मा कन्स्ट्रक्सन प्रा.लि. द्वारा तीन बर्षे ठेक्काको पुल १५ महिनामै सम्पन्न गरेर उदाहरण प्रस्तुत गरिएको मोरङ केराबारीको खदम खोला पुल हिड्ने अवसर पाईयो । नेपालमा पनि यसरी काम हुन सक्दो रहेछ । खुशी लाग्यो!

27/08/2022

आशावादी र सकारात्मक व्यक्तिहरु कठिन भन्दा कठिन परिस्थितिहरूमा पनि भविष्य देख्छन । निराशावादी र नकारात्मक व्यक्तिहरू हरेक समय बहाना खोजिरहन्छन् , नकारात्मक टीका टिप्पणीहरु गरेर अवरोध गरिरहन्छन । त्यसैले महान कार्य गर्ने एउटै तरिका हो, तिमी जे गर्दैछौ प्रेमपूर्वक गर । अरुलाई पनि सम्मान गरेर अघि बढ !!! बाँकी कुरा छँदैछन !!!

27/08/2022

बुबा प्रति श्रद्धासुमन साथै सम्मान एवं नमन छ !

25/08/2022

आफ्नो मन यति सफा राख्नुहोस कि धमिल्याउनेहरु आए भनेपनि फर्किदा उल्टै सफा बनेर जाउन ।

22/08/2022

भोलिबाट सुकुमवासीलाई जग्गाको निस्सा वितरण कार्य धरान १३ को राईटोलबाट शुरु गरिदैछ ! तयारीको लागि राईटोलमा प्रविधिक सहित हामी !

Photos from Aindra bikram begha's post 20/08/2022

श्रम संस्कृतिको विकास गरौ !! आज विहान केरा रोप्ने कार्यक्रम अन्तर्गत धरान १३ सर्दुमा !!

20/08/2022

हाम्रो प्रकृति बचाउने अभियान आज धरान १३ सर्दुमा!!

Photos from Aindra bikram begha's post 18/08/2022

हामी धरानको विकास र समृद्धिको अभियानमा छौ!! हाम्रा सबै भेटहरु धरानको हितमा केन्द्रीकृत थियोे र हो पनि । धरानवासीको विकास र समृद्धिको अभियानका निम्ति यी यस्ता भेटहरु निरन्तर चलिरहनेछन !

18/08/2022

वुद्धि र विवेकले नियन्त्रित यात्रा कहिल्यै असफल हुदैन !!!

13/08/2022

पिरले जिउन सिकाउँछ
रिणले कमाउन सिकाउछ
शत्रुले जिउन र अघि बढ्न सिकाउँछ !!

04/08/2022

रिसउठेको बेला कहिल्यै उत्तर नदिनु
दु:खी भएको वेला कहिल्यै कसम नखानु
खुशी भएको वेला कहिल्यै निर्णय नगर्नु ! "
भन्ने भनाई छ

02/08/2022

हामी सबै जिम्मेवार बनौ ! एकले अर्कोलाई सम्मान गरौ !!
आफ्नो कर्तव्य पहिला पूरा गरौ !! त्यसपछि मात्रै आफ्नो अधिकार खोजौ !!!

31/07/2022

धरान ४ को धरान हर्दिया कृषि सडक निर्माण बारे अनुगमन गर्न स्थानीयले बोलाएपछि ठाउँमा पुगियो हेरियो । अवस्था यस्तो छ , मैले सम्बन्धित निकायको ध्यान आकर्षण गराएको छु !!

30/07/2022

जलाधार क्षेत्रमा वृक्षारोपण अभियानमा आज शनिबार विहान !!:

24/07/2022

धरान उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्र. पौडेल सरलाई विदाईको क्रममा हामी !! उहाँको बिरगंज महानगरको कार्यकाल पनि सफल रहोस !!

24/07/2022

हामीले अलि पर सम्मै देखिराछौ !

24/07/2022

जनश्रमदान अभियान निशाने खोलामा यसरी निरन्तर छ !!!

24/07/2022

कसैलाई जलाउन चाहिँ हाँसेका होइनौ है , बस हामी चाहन्छौ धरानबनसी जनताका सबै ओठहरुमा मुस्कान छाओस!

02/04/2022

भानु सब्जि तथा फलफुल बजार धरान ३ लाई बजार निर्माणका निम्ति रु २० लाख बजेट छुट्याई दिनुभएकोमा प्रदेशका कृषि मन्त्री माननीय झलक सिं दर्लमी (क.सन्देश) लाई हार्दिक धन्यवाद छ।

Videos (show all)

नेपाल सम्बत ११४३ को अवसरमा आयोजित झिंगु समाज धरानको  कार्यक्रममा  आज ।
निसाने ट्याङ्की निर्माण अभियान जारी छ । आज पनि श्रमदानमा  सरिक हुँदै । पसिना बगाउनुको बेग्लै मज्जा छ ।
निसाने ट्याङ्की निर्माण अभियान जारी छ । आज पनि श्रमदानमा  सरिक हुँदै । पसिना बगाउनुको बेग्लै मज्जा छ ।
कला र प्रतिभाको सम्मान गरौ !!!
सडक मानव मुक्त धरान बनाउने अभियान अन्तर्गत धरानको विभिन्न चौकहरुबाट  ५ महिला सहित जम्मा ३२ सडकमानवको उद्धार गरियो । जसमा...
भोलिबाट सुकुमवासीलाई जग्गाको निस्सा वितरण कार्य धरान १३ को राईटोलबाट शुरु गरिदैछ ! तयारीको  लागि राईटोलमा  प्रविधिक सहित...
हाम्रो प्रकृति बचाउने अभियान आज धरान १३ सर्दुमा!!
धरान ४ को धरान  हर्दिया कृषि सडक निर्माण बारे अनुगमन गर्न स्थानीयले बोलाएपछि ठाउँमा पुगियो हेरियो । अवस्था यस्तो छ , मैल...
जलाधार क्षेत्रमा वृक्षारोपण अभियानमा आज शनिबार  विहान !!:
जनश्रमदान अभियान निशाने खोलामा यसरी निरन्तर छ !!!
लागौ अब महा अभियानमा !!!

Website