BGPM गोरूबाथन

BGPM गोरूबाथन

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा

09/03/2024

अनित दाज्यु सबैको एउटै गुनासो छ ।
सगठनको शुरुवातमा साथ दिनेहरुलाई नभुल्नुहवस। तपाईलाई यो ठाउँमा पुराउँन पहिलो चोटि यिनीहरुले काँधमा बोकेकाछन्। आज भएका सभासदहरु थपएन है ।

08/06/2022

तिमीले गरेको कार्य यहाँ कसैले देखोस या नदेखोस ।तिमी कर्म गर्दै जाऊ फलको आशा नराख। अवश्य एकदिन भाबी पिडीले देखने छ।

माथी उल्लेख गरिएको पङत्तिको यथार्थ उदाहरण आज आएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा ४३ नम्बर समष्टिका उम्मेदवार श्री रतन थापाको निम्ति सत्य साबित भएको छ।
गोरुबथान ४३ नम्बर समष्टिबाट आगामी २६ तारीखको दिन सम्पन्न हुने GTA चुनावको निम्ति चुनावी मैदानमा जम्मा आठ जना उम्मेदवारहरु मैदानमा रहेको छ।
तर सबैभन्दा चाकलागदो कुरा के छ भने यतिबेला अन्य उम्मेदवारहरु मानिसहरु सित सम्पर्क गासन र भोट रिझाउन विभिन्न बाचा बन्धन गर्न चुकेका छैनन् । तर यता अन्य उम्मेदवारहरुको बिपरित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेदवार रतन थापालाई तिनकै घरमा आएर भेट गरि शुभकामना र समर्थ दिनेहरुको ताती दिन प्रतिदिन चली रहेको छ।
यो हुनुमा तिनको आफ्नो क्षेत्रमा हरेक गरिब निमुखा जनताहरु लाई सुख दु:खहरुमा तिनले पुरयाउदै आएको सहयोग र साथको कारण नै हो भनी आम मानिसहरु भन्ने गर्दा छ।

आज यसरी रतन थापालाई पार्टीले उम्मेदवार बनाएर चुनावी मैदानमा निकाल्दा क्षेत्रका गरिब निमुखा देखि आम मनिसहरु बुद्धिजिबि अनि बौद्धिक ब्याक्तीहरु सबै खुशी भएको र अब भने गोरुबथानले साचो र इमानदारी नेता पाएको महसुस गरेको छ।जसको कारण नै आज यसरी उनी गाउँ - गाउँ भोट माग्न जानू पर्ने बेला जनताहरु नै तिनको घरमा साथ र सहयोग पुर्याउनु आउने हरुको घुइँचो लागि रहेको हो।

अब कुरा गरौं रतन थापा को हो? र तिनलाई यो चुनावमा किन भोट दिएर बिजय बनाउन पर्छ भन्ने कुरा ।

गोरुबथान खण्ड अन्तर्गत निम ग्रम पन्चायत अधिनस्थ अप्पर फागु चियाबारी गोदाम गाउँ निवासी पिता लछुमान थापा अनि माता मित्र कुमारी थापाको माइलो छोरा रतन थापाको जन्म 1५ अगस्ट १९८० को दिन भएको हो ।
रतन थापा बाल्यकाल देखिनै तिखो दिमाग भएको तर कम बोल्ने स्वभावका मानिस थिए । चियाबारीको काखमा जन्मेको हुनाले साना देखि दु:ख , सुख अनि विभिन्न समस्यहरुलाई तिनले नजिक बाट देखेको र भोगेको हुनाले उनी दु:खमा आतीन र सुखमा मातिन भने कहिले जानेन ।
उनी बिद्यार्थी जीवन देखिनै सामाजिक कार्यहरू गर्न र खेलकुदहरुमा धेर रुचि राख्ने गर्दा थिए । कसैलाई समस्य परेको कुरा तिनले थाहा पाए झट्ट तिनलाई सहयोग गर्न पुगी हालने तिनको बानी थियो।
यसैले गोरुबथान क्षेत्रमा नै आज पनि कसैलाई कुनै प्रकारको दु:ख वा समस्यअरु परे सबैभन्दा पहिले तिनलाई नै सम्झने गर्दा छन् मानिसहरु ।

तिनको राजनीति यात्रा :-
रतन थापा अप्पर फागु चियाबारीका बगान बाबू पनि हुन्।
उनको राजनीति यात्रा भने २००८ साल देखि शुरु भएको हो। जब बिमल गुरुङ अनि तिनको दल गोर्खा जनमुक्ति मोर्चाको अगुवाईमा गोर्खाल्यान्डको आन्दोलन शुरु भएको थियो ।त्यस आन्दोलनमा तिनि पनि एक सक्रिय कार्यकर्ताको रुपमा सहभागी जनाएर आन्दोलनलाई टेवा पुराएका थिए । तर पछी २०१७ को आन्दोलनमा जब १०५ दिनको बन्द् भयो त्यस पछी पहाडको राजनीति समीकरणमा एउटा नयाँ मोड आयो ।तब देखि उनको जीवनमा पनि राजनीतिले नयाँ मोड लिन्छ ।
२०१७ पछी गोरुबथानको राजनीतिमा रतन थापाको भुमिका धेरै महत्त्वपूर्ण हुन्छ।गोरुबथानलाई राम्रो र समृद्धिशिल गोरुबथान बनाउन पर्छ र दार्जीलिङको मानचित्रमा गोरुबथानको नाम सुनौलो अक्षरले लेखिनु पर्छ भनी उनी सधै अरुलाई भन्ने गर्थे। त्यसको निम्ति उनी सधैं क्षेत्रका शिक्षित ,बौद्धिक र अनुभवी मानिसहरुको परामर्श लिएर गोरुबथानको विभिन्न समस्यहरु माथी उनले यो छोटोे अवधिमा उल्लेखनिय कामहरु गरेको छ। आज त्यसैले होला उनलाई गोरुबथानको सबैभन्दा लोकप्रिय र जनप्रिय नेता बनाएको छ।
उनी राजनीति भन्दा पनि धेर सामाजिक बिचारधारा भएको मानिस हुन् । उनी गोरुबथानको विभिन्न संघ संस्था र कलबहरु संग आबद्ध भएर काम गर्ने गर्दा छन् । अन्य संघ संस्थाहरुले गरेको असल कार्यको निम्ति पनि उनी सधै अघि आएर शारीरिक , मानसिक औ आर्थिक रूपमा पनि सहयोग गर्ने गर्दा छन् ।
उनले १९९८ सालमा अप्पर फागु स्पोर्ट्स एन्ड कल्चर एसोसिएसनको स्थापना गरि यस संस्थाको मार्फत खेलकुदको क्षेत्रमा उल्लेखनीय कार्यहरू गरेको पाइन्छ ।

रतन थापालाई किन जिताउनु ?

# रतन थापामा आफ्नो क्षेत्रको निम्ति केहि गर्छु भन्ने आत्मा बिश्वासले भरिएको ब्याक्ती हुन् । उनी त्यस कार्यको निम्ति सक्षम पनि छन् ।

#आफनो समाज र क्षेत्रको बिकास गर्ने ब्याक्ती इमानदार अनि स्पष्टवादी हुनु पर्छ जो रतन थापामा छ।

# गाउँ , समाज र क्षेत्रको बिकास होइन रुपान्तरण हुनु पर्छ। यदि रुपान्तरण हुन सके बिकास आफै आफ भएर जान्छ।भन्ने अटुट बिश्व उनी शीत छ।यो समाजको निम्ति सबैभन्दा बलियो पक्ष हो।

# नेता भनेको जनताको दु:ख, सुखमा साथ दिने र युवा र जनतालाई सधै प्रगतिको मार्गमा हिडन सिकाउने हुनु पर्छ ।यो गुण रतन थापा सित छ।

यसैले यस पालिको तपाईंको बहुमुल्य भोट हाम्रो गोरुबथान राम्रो गोरुबथान बनाउन रतन थापालाई दई बिजय बनाउ ।

बिश्वदीप प्रधान
गोरुबथान।

#

06/06/2022

एक्लै कुदेर फर्स्ट हुन्छु भन्ने हरु सँग पनि सकिएन।।।

30/05/2022

अब चुनाव प्रचार मा जाँदा शाखा प्रसाखा ले न रूचाको कार्यकर्ता हरु लिएर जानु भएन। हाम्रो सभासद ले बुझ्नु पर्छ।। यदि जित्ने इच्छा छ भने!

18/05/2022

https://www.facebook.com/100063586516232/posts/424566026339611/

विज्ञप्ति

अनित थापाको तीन बुँदे मांग

Non teaching staff, भोलियण्टर शिक्षकलाई स्थायी अनि रिजिनल स्कुल सर्भिस कमिशन स्थापना गर्ने विषय मुख्यमन्त्री ममता ब्यानर्जीलाई अनित थापाको पत्र

गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन क्षेत्रमा कुनै पनि रिक्त पदको निम्ति, सिस्टम मुताबिक औपचारिक ढंगमा, नौकरी नदिइएको धेरै वर्ष भयो। दागोपाप समय देखि नै यहाँ कुनै पदको निम्ति पनि अन्तरवार्ता भएको छैन। रोजगार कार्यालय मार्फत कुनै पदको निम्ति आवेदन आउँदैन।

दागोपाप समय देखि नै यहाँ कर्मचारीहरुलाई अस्थायी रूपमा राखिन्छ। शिक्षा जस्तो क्षेत्रमा शिक्षकको नियुक्ति भोलियण्टर शिक्षक देखि सुरु हुन्छ।

रोजगारको निम्ति सिस्टम हुनु पर्छ भनेर मैले वकालत गरेको धेरै वर्ष भयो।

आज फेरि मैले माननीय मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीलाई एउटा पत्र लेखेको छु। पत्रमा मैले तीन कुराको मांग गरेको छु।

१. Non Teaching staff जो कम्ती वेतनमा वर्षौ देखि काम गरिरहेका छन, उनीहरूलाई स्थायी कर्मचारी बनाइयोस्।
२. भोलियण्टर शिक्षक गरेर पहाडको कुनाकाप्चामा विद्यार्थीलाई शिक्षा दिईरहेका शिक्षकहरूलाई स्थायी शिक्षक बनाइयोस्।
३. रोजगार प्रदान गर्ने प्रावधान वर्तमान जी टी ए अधिनस्थ कुनै पनि निकाय नभएको कारण शिक्षित युवाहरु बेरोजगार भएर घरमा छन्, कोही पलायन भएर बाहिरिएका छन भने धेरैले निजी कंपनी, विद्यालय अनि अफिसहरुमा कार्यरत छन्। त्यसैले रोजगारको मौका शिक्षित युवाहरुले पाउनु पर्छ भन्ने मेरो अडान छ। शिक्षा क्षेत्रलाई केन्द्रमा राखेर जी टी ए क्षेत्रको निम्ति रिजिनल स्कुल सर्भिस कमिशन चाँडो स्थापित भएको होस।

म विश्वस्त छु कि माननीय मुख्यमन्त्रीले यी मुद्दाहरूलाई गम्भीरता पूर्वक लिनेछन् अनि समाधानको बाटो निकाल्नेछन।

अनित थापा
अध्यक्ष
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा

01/04/2022

गोर्खा जनमुक्ति मोर्चा,दार्जीलिंग महाकुमा, नारी मोर्चा प्रवक्ता प्रभा राईद्वारा पार्टीको पद अनि साधारण सदस्यबाट पनि राजिनामा दिईन!

To
The President/Secretary
Gorkha Jan Mukti Nari Morcha
Darjeeling Sub Division
Darjeeling

Sub: Resignation Letter from the post of spokesperson and general membership of the party.

Dear Madam,
With due regards, this is to inform you that I have been pursuing my Law Degree for three years outside Darjeeling, which renders me no space to dedicate my time for the party's activities.

I tender my resignation hereby from all the post and memberships with effect from today and convey my gratitude to everyone for believing in me and rendering me an opportunity to work with you all.

Thanking you.
Yours Faithfully,
Prabah Rai

Dated:1st, April, 2022

28/03/2022

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको
माननीय मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीलाई ज्ञापनपत्र।।

१. स्थानीय स्तरमा प्रजातन्त्र बहाली गर्नको निम्ति पञ्चायती व्यवस्था अति महत्वपूर्ण छ। गत एक दशक भन्दा बेसी समय देखि पहाडमा पञ्चायत चुनाव नभएको कारण स्थानीय क्षेत्रमा चुनिएको कुनै जनताको प्रतिनिधि छैन। त्यसैले जी टी ए चुक्ती अनुसार यहाँ तीन स्तरीय पञ्चायत चुनाव चाँडो भन्दा चाँडो भएको होस। तीन स्तरीय पञ्चायत चुनावले जी टी ए अधिनस्त कालेबुङ अनि दार्जीलिङ्ग जिल्लामा जिल्ला परिषद गठन गर्ने प्रक्रियालाई बाटो तयार पनि पार्नेछ।

२. चिया बगान , डि आई फण्ड क्षेत्र, नगरपालिका क्षेत्र , सिनकोना बगान अनि फरेस्ट क्षेत्रमा बस्ने जमीन विहिन रैथानेहरुलाई जमीन हक दिलाउने प्रक्रिया सुरु गरियोस।

३. आन्दोलन कालमा नतिरेको बिजुली बिलको माफी गरियोस।

४. गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनमा कार्यरत पे ब्याण्ड अनि अस्थायी कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया सुरु गरियोस।
५. गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका विभिन्न विभागहरूमा ग्रुप सी अनि डि का रिक्त पदहरू पूर्ण गरिने प्रक्रिया चाँडो सुरु गरियोस्।
६. गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको निम्ति अलगै regional subordinate selection board को स्थापना गरियोस्।
७. गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको निम्ति अलगै regional school service commission (SSC) को स्थापना गरियोस्।
८. क्षेत्रका वासिन्दाहरुलाई सुगम स्वस्थ्य सेवा प्रदान गर्न त्रिवेणी कोविड अस्पताललाई Multi Speciality अस्पतालमा परिणत गरियोस।
९. जी टी ए क्षेत्रका प्राइमरी, सेकेण्डरी अनि उच्च माध्यमिक स्कूलहरुमा कार्यरत volunteer शिक्षक हरुलाई स्थायी गरियोस।
१०. DEled उतिर्ण गरेका शिक्षकहरूको निम्ति नयाँ पदहरू खोलेर उनीहरूलाई समावेश गरियोस्।
११. Taxi syndicate, truck drivers association, चालक महासंघ संग सम्बन्धित मुद्दा:

१. कोविडको वैश्विक महामारीको पहिलो अनि दोस्रो लहर समय आर्थिक संकट झेल्नु परेका चालक अनि अपरेटर हरुलाई आर्थिक सहयोग दिइयोस्।

२. गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन क्षेत्रमा गाडी पार्किङको व्यवस्थाको निम्ति पार्किङ स्थलको निर्माण गरियोस्।

३. टाइगर हिल अनि अन्य पर्यटकीय स्थलहरूमा जाँदा ड्राइभर अनि अपरेटरहरुले टोकन काट्नको निम्ति लामो लाइनमा बस्नु पर्छ। यसले पर्यटकहरूलाई असुविधा हुदछ। यो टोकन सिस्टमलाई सहज गरियोस या हटाइयोस्।

४. बंगालबाट पर्यटकहरू लिएर जाने गाडीहरुलाई सिक्किमको सबै ठाउँहरुमा जानु देखि प्रतिबन्ध लगाइएको छ, जब कि सिक्किमका गाडीहरु बङ्गालको कुनै पनि ठाउँमा जानु सक्छ। यहि नियम सिक्किममा पनि बङ्गालको गाडीको निम्ति लागू गरियोस्।

५. पर्यटकहरूको प्रमुख स्थलहरू संग जोडिने बाटोको निर्माण / मर्मती भएको होस।

१२. कालेबुङ जिल्ला अन्तर्गत लाभालाई खण्ड विकास (ब्लक) बनाइयो तर आज सम्म ब्लकलाई चाहिने आधारभूत संसाधन दिइएको छैन। त्यसर्थ चाँडो भन्दा चाँडो प्रशासनिक कार्यालय त्यहाँ सुरु गरियोस्।

१३. कोविड महामारी समय कोविड volunteer भएर काम गर्ने भोलिन्टियरलाई स्वास्थ्य विभागको रिक्त पदहरूमा लिइयोस्।

28/03/2022

विवशता.......

🖋️सोनिका प्रधान

भाषा नै हाम्रो चिन्हारी भाषा नै हाम्रो संस्कृति भाषा नै हाम्रो पहिचान तर आज हाम्रो भाषा नै किन मूल्य छैन आफ्नो जग्गामा बसेर पनि किन आएर हाम्रो भाषा मा प्रश्न चिन्ह खडा हुन्छ।

अरू ठाउँमा पनि भाषा छ नेताहरू छ अहिले सम्म भाषा विरुद्ध गएको देखिनदैन आफ्नो भाषा आफ्नो संस्कृति संस्कार लाई समेटेर राखेको छन्।
भाषा सिक्नुपर्छ अनि भाषा काम लाग्दैन भन्नु ठुलो विषय हो।

सानो भन्दा सानो चिजको मूल्य हुन्छ भने यहाँ त भाषा को कुरा आउँदैछ। कस्तो विडम्बना सिलिगुडी देखि काम लाग्दैन हरे!

हो भाषा सिक्नु राम्रो हो जान्नु पनि राम्रो हो हामी जानी नजानी सबैको भाषा सिक्छौँ भने उनीहरूले पनि त नेपाली भाषा सिकेर जान्छ भने उनीहरूले दार्जिलिङ उता हाम्रो भाषा कामलागदैन रहेछ भनेर अहिले सम्म सुनेको छैनौ त!! तर आफ्नै पृष्ठभूमि मा बसेर मातृभाषा काम लाग्दैन भन्ने शब्द अलिक नपचेको जस्तो लाग्यो।

अब हामी ले यहीँ सुन्न बाकी थियो। यसरी नै हामी सोझो जनतालाई विस्तारै अतिक्रमण गरेको थाहा पाएर पनि नपाएको जस्तै नै भईसक्यो। अब कति भोग्नुपर्ने हो... यही भाषा ले गर्दानै २०१७ मा भिषण आन्दोलन भयो तर अफसोस विफल बन्यो हामी! कसैले सोचेको थियो होला बगंला भाषा अनिवार्य छ भनेर??

कहिले चही आफ्नो मातृभाषा लाई मान्याता दिने हो। "ओ सबै नेता हो इमानदारी को साथमा आफ्नै भाषालाई पनि सुरक्षित राखेनन् भने कोही नेता पनि काम लागेन न नी जनता नै सर्वपरी हुनुपर्ने हो।" आफ्नै ठाउँमा बसेर पनि अर्काको भाषा लाई महत्वपूर्ण दिनु चही हामी गोर्खा मेची पारि जाने जमर्को कसदा हुन्छ।

साह्रै दुख को कुरा हो। भोलिको दिन सोच्दै डरलागेर आउँछ हाम्रो त जसोतसो भविष्य गयो अब आउँदो भावीसन्तानको भविष्य अन्धकार मा छ शोषण साथै शासित भएर जाने रहेछ शिक्षित भएर पनि अशिक्षित आफ्नो भुमिमा बसेर पनि आफ्नोपन आफ्नो पहिचान गुमाउने स्थिति मा आईसकेको छौँ।

कहिले हामी जागरूक हुने हो। ओ नेता हो जति नै नयाँ नेता आए पनि आफ्नो मातृभाषा काम नलागनु भनेको आफुले आफुलाई नै गाली गरेको हो। सर्व गोर्खालाई गाली गरेको हामी चही कहिले स्वतन्त्रको श्वास फेर्नु........ यस्तै पारा ले हो भने अर्काको भाषा अर्कोको भेषभूसानै अडिरहनु!! त्यैस त हामीलाई विदेशी को लान्क्षना लगाईसकेको छ।

🙏त्यसैले आफ्नो भाषा सकृंति बचौ।।

24/03/2022

गोर्खाल्याण्ड निर्माण गर्दा जनता नै चाहिन्छ र ?

बिभोर सिङदेन........ ✒️

हामीले गोर्खाल्याण्ड आन्दोलन धेरै सुनेउ देखेउ, होमियो पनि विगतमा, धेरै पिडा मर्का जनताले भोग्नु परेको थियो। जो हाम्रो पिडीले भुल्नै सक्दैन किनकि त्यो पहाड़को कालो दिनहरु थियो!

जंगल जंगल सुतेकै हो। घर कुड्की भएकै हो, पुलिस, सी. आर. पि. को लात घुसा खाएकै हो, त्यति मात्रै कहाँ थियो र जंगलमा सुत्दा साँप बिच्छी जुनकेरी, झुसुले जस्तो डरैलाग्दो कुराहरुसंग पनि जुझेको उफ!

सम्झन्दा पनि आङ्ग जिरिरी भएर आउछ l आफ्नो त कुरा ठिकै छ घरमा एक्लो आमा, बुड़ी, नानी पनि कहाँ सन्चोले सुत्न पायो र ? एकोहोरो पुलिसको घरमा रगरगी होइट !

सम्पत्ति निजी होस की सरकारको सबै क्षति गरेकै हो पछि गएर पछुतो भएको हामीलाई छ्या!!

अब म गोर्खाल्याण्डको विरोधी चै पक्कै होइन है गोर्खाल्याण्ड ल्याउने कुरो होइन तर निर्माण गर्ने बिषय हो समय लाग्छ तर हुन्छ एक दिन अवश्य l म शाहीद भए पनि मेरो आउने भविष्यको सन्तानहरुले आफ्नो परिचय म भारतीय नेपाली गोर्खा समुदायको भनेर गर्वसित दिनु सक्छु/बाच्न सक्छु भनेर मात्रै होम्मिएको हामी गोर्खाल्याण्ड आन्दोलनमा अरु केहि होइन तर एउटा कुरा यदि हामीले एउटा गाडी किन्नु पर्यो भने गाडी त अर्काको आगन /ग्यारेजमा राखेर भएन नि होइन ?

उस्तै अब गोर्खाल्याण्ड ल्याउन अघि यहाको व्यवस्था पनि ठिक हुनु पर्यो नि होइन ?

मेरो व्यक्तिगत सोच गोर्खाल्याण्ड कुनै पनि राजनैतिक पार्टीले ल्याउनु सक्ने व्यवस्था होइन उदाहरण स्वरुप विगतको डिसट्रक्टिभ आन्दोलन जसमा हाम्रो धेरै दाजु भाईहरु गुमाउनु पर्यो l

अब फेरि के दार्जीलिंगमा नयाँ पार्टीले गोर्खाल्याण्ड ल्याउने बिषय उठाएको हो?

गोर्खाल्याण्ड भन्ने बित्तिकै मलाई डर लाग्न थाल्छ, अगुल्टोले हानेको कुकुर बिजुली चम्किन्दा पनि तर्सिनछ भनेको जस्तै.....

के गोर्खाल्याण्डको निम्ति शहीद हुनै पर्ने जनता ?
टाउकोमा केश बोक्नै पर्ने ?
सरकारी सम्पति क्षति गर्नै पर्ने ?
पुलिस र सरकारसित दुश्मनी गर्नै पर्ने ?

यो माथि भएको लक्षणहरु छ भने मात्रै गोर्खाल्याण्ड आन्दोलन हुन्छ ?
मेरो पहाड़ भरी भएको नेताहरुलाई प्रार्थना छ। अब गोर्खाल्याण्डको बिषय उठ्छ भने जनतालाई नभन्नु! नसुराउनु नउस्काउनु....

तपाई गोर्खाल्याण्ड बनाउन चाहनु हुन्छ भने ठूलो ठूलो बिज्ञ बुद्धिजीवीहरू मिलेर यसमाथि चर्चा परिचर्चा गर्नोस र गोर्खाल्याण्ड लिएर एवं भएको दिन सम्पूर्ण दार्जीलिंग र जनता तपाईको...

जनतालाई अब गोर्खाल्याण्डको बिषय लिएर भोट लगाउन छोड़नुहोस यदि यस्तै हो भने दार्जीलिंगेहरुले भोट हाल्नै छोड़छ
गोर्खाल्याण्डको अस्वासन देखाएर किन हामीसित जहिले पनि भावनात्मक खेल खेल्छ राजनैतिक पार्टीहरू ?
हामी जहिले पनि फलाना फलानाको पछि जिन्दावाद भन्दै हिडी रहनु ?

घरि को आउँछ घरि को आउँछ हाम्रो भावनासित खेल्ने ?
हामीलाई सायद यस्तो लत लागि सक्यो जस्तो लाग्छ की गोर्खाल्याण्ड भन्यो भने मात्रै हामी पनि भोट दिन्छौ
के पहाड़लाई राम्रो बनाउन सत्तामा बस्नै पर्छ। त! सत्तामा बस्न झुटो बोल्नै पर्ने?
सत्य जसले बोल्छ उसलाई कहिले हामीले सहयोग गरेनौ
सत्य बोल्नेहरु दार्जीलिंगको जनताले रुचाएनन् किन ??????

12/03/2022

अब पत्ताउँदैन तिमी लाई तिमी रिजेक्ट भएको हो संगठन बाट।।।

Photos from BGPM गोरूबाथन's post 26/02/2022

कलिना राईले गृह प्रवेश गरे

"एउटा श्रमिकले सानो घर बनाउने सपना पनि पहाडको सपना हो, हाम्रो मुद्दा भनेको यस्तै सपनालाई कार्यमा परिणत गर्नु हो।" अनित थापा

आफनै वासस्थान होस, बर्खामा तप तप पानी चुहुने छाना मुनि सुत्नु नपरोस, जाडोमा बहने कञ्चनजंघाको चिसो हावामा कठ्याङ्ग्रिनु नपरोस। विहान उठी घाँस दाउरा गरिन्छ। नानीहरूलाई स्कुल पठाइन्छ। सबै काम सके पछि बगानको घण्टी संग सँगै पत्ती टिप्ने डोको बोकी बगान जाइन्छ।

दिनभरिको पत्ती टिपाईले थाकेर घर पुगिन्छ। घरको आँगनमा फुलेका फूलहरू देख्दा मन खुशी हुन्छ। बस मन खुसी राख्नु एउटा आफ्नै घर चाहिँदो रहेछ।

कमानको आमाको एउटा सपना। ठूलो सपना होइन। ललनटपबाट भाइरल भएका दार्जीलिङ सुके मानेभञ्ज्याङ, बिच गाउँका बासिन्दा कलिना राईको पनि यस्तै सानो सपना। जीर्ण घरको उद्दार गर्न चाहन्थिन् उनी।

चुनावको समय ललनटप मिडियालाई उनले सरकारले घर बनाई दिओस् भनी अपील गरेका थिए। दुई वर्ष सम्म घर त बनिएन।

डिसेम्बर महिनाको सुरुमा उनको यो अपिललाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले जब सुने उनले आफ्ना सहयोगीहरुलाई उनको घर पूर्ण रूपले बनाउने निर्देश दिए। निर्देशनको साथमा आर्थिक सहयोग पनि गरे। करिब दुई वर्षबाद कलिना राईको घर बनिने भयो।

डिसेम्बर ३ तारिकको दिन देखि घर निर्माण हुने घोषणा भए पश्चात आज २६ फेब्रुअरीको दिन अनित थापा स्वयंले घरको उद्घाटन गरिदिनुभयो।जीर्ण अवस्थामा रहेको घरको अब निशान समेत रहेन।

आफ्नै आँखा अघि बनिएको नयाँ अनि पक्का घर अब कलिना राईको भयो। उनी खुशी हुँदै भन्छन, "म अति नै खुशी छु। मेरो सपनाको घर बनिंदैछ। यो उपहारको निम्ति अनित थापा सरलाई धेरै धन्यवाद।"

अनित थापा भन्नुहुन्छ, "एउटा श्रमिकले सानो घर बनाउने सपना पनि पहाडको सपना हो, हाम्रो मुद्दा भनेको यस्तै सपनालाई कार्यमा परिणत गर्नु हो।"

26/02/2022

I don't find a single reason why Darjeeling would vote for Ajoy Edwards and his party "Hamro Party"...

1-Party do not have any proven track record, they don't even have a central committee to formulate party's course of action and programs. Moreover, they do not have any organisational base.

2- Organisation is run by set of people but in this case I see one man running the entire show, who himself doesn't look politically mature and experienced enough to lead the people of the hills. Political knowledge and vision is mandatory for any leader to lead the people, but unfortunately I don't see a single person in that group who qualify for the same.

3- Most importantly, people of Darjeeling are conscious, educated and politically mature who have witnessed various political ups and downs in the past. So, they would never take a risk of giving chair/power to someone who doesn't have any proven track record.

4- Most importantly, during the entire election campaign they have failed to project any proper roadmap or inculcate a vision about how they would work differently to bring about the change they are planning to bring to Darjeeling.

5- Lastly, running a local body is much difficult task then one may consider. It needs a direct communication with the locals on daily basis and should be able to maintain great rapport with locals. No matter how good or efficient a person may be, he will definitely fail if doesn't have a base at ground level. This is one important aspect, "Hamro Party" has disadvantage over other party. Candidates may be good but not people's man.

21/02/2022

कस्तो हाँखि झूट बोलेको हौ!

21/02/2022

छिटो brain wash vayecha

Photos from BGPM गोरूबाथन's post 19/02/2022

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा वार्ड नम्बर 17 अन्तर्गत धोबी तलाऊ रसीक प्रशाखाद्वारा आफ्नो वार्डको बिकाश अनि दार्जीलिङ्ग पहाड़मा नयाँ परिवर्तनको निम्ति साथै दार्जीलिङको विभिन्न समस्याहरुको समाधान गर्न हाम्रो प्रार्थी श्री नितेश गुरुङ्गलाई विजय तुल्याउने प्रण लिदै उम्मेदवारको चुनाव चिन्ह व्यापक रूपमा पोस्टरिङ गरे।

Photos from BGPM गोरूबाथन's post 19/02/2022

Darjeeling Hills मेरो पाहड लाई ।।
यो पालीको भोट नयाँ सोच नयाँ बिचारलाई दिनुहवस।।
पाहडको रेल बेचनेलाई होइन ,
पाहाड जलाउनेलाई होइन ,
घर भतकाउने लाई होईन,
तमशा देखाउनेलाई होईन,
धर्म र भावनात्मक खेलाडीलाई होइन ,
शोषण र शोषकलाई होइन ,
अवसरबादीलाई होईन,
अशान्ति गरनेलाई होइन ,
नाटक गरने लाई होईन ।।

अनि कसलाई दिनु त?
जसले जलेको पाहड शान्त बनायो,
जसले कोरोना कालतपाईलाई साथ दियो ,
समाजको दुख सुखमा साथ दियो ,
पाहडको हितमा के गरछु भनि मरमिटयो,।
मलाई एक जाना दाजेलिङकैं शिक्षित मानिसले यसरी भन्नू भयो अनित थापाले धेरै काम गरेको छ,उ योगय छ,उसको मा अनुभव छ,भयेजति र सकेसम्म पाहडमा नयाँ परिवर्तन अनितले लाउने कोशिश गरेको छ भाइ अब जनताले बुझनु परछ।

मैले भने अब पाहड नयाँ सोच नयाँ बिचारमा हिडी सकेको छ।।
धनयाबाद।।
शुभकामना छ श्रीअनित थापा दाजु
शुभकामना छ श्रीअमर लामा दाजु
शुभकामना छ श्री रूदेन सादा दाजु
शुभकामना छ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा परिवारलाई।। ।।

Photos from BGPM गोरूबाथन's post 16/02/2022

" भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको २९ बुँदे घोषणापत्र सार्वजनिक "

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले, दार्जीलिङ्ग जज बजार स्थित केन्द्रिय कार्यालय मा एउटा पत्रकार भेला गरी दार्जीलिङ्ग नगरपालिकाको निम्ति चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।

घोषणा पत्र पार्टीको महासचिव साथै नगर अध्यक्ष को अनुहार अमर लामा ले सार्वजनिक गरे।

घोषणा पत्र यस्तो छ:

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा
केन्द्रीय समिति

दार्जीलिङ नगरपालिका
चुनाव घोषणा-पत्र

हाम्रो चुनाव चिन्ह: दमाहा/ ड्रम

दमाहाले गोर्खा संस्कृति झल्काउछ। हाम्रो संस्कृतिले हामीलाई हाम्रो जड संग जोड्ने गर्छ। यो चिन्हले हामीलाई हाम्रो गौरवमय अतीत संग जोड्छ। हाम्रो अतीत जहाँ हामी हाम्रो माटो संग जोडिएका थियौं।

दमाहा (ड्रम) को ध्वनीले ती अशुभ हल्लाहरु, जसको कारणले हाम्रो माटो ग्रस्त छ, ती सबैलाई उडाई दिन्छ। नकरात्मक सोचहरुले ध्वस्त भएको सिस्टम/ व्यवस्थाबाट , नकरात्मकता हटाई दिन्छ।

हाम्रो चिन्हले हाम्रो प्रेरणा अनि हाम्रो दार्जीलिङलाई जीवन्त, सुव्यवस्थित अनि आधारभूत सुविधाहरुले सम्पन्न आधुनिक सहरलाई दर्शाउँछ।

ड्रमको आवाजले युद्ध लड्नु जाने सिपाहीलाई लड्नु प्रोत्साहान गर्छ। मन्दिरमा बज्ने ड्रमको ध्वनीले आध्यात्मिक ऊर्जा छर्छ। त्यसरी नै यो हाम्रो ड्रम/ दमाहामा जब जनताको शक्ति/ ऊर्जा सम्मिलित बन्छ तब जनताको प्रेरणालाई हाम्रो प्रेरणा बनाउँछ, चाहे उ युवा, श्रमिक वर्ग, गरीब भन्दा अझ गरीब , व्यवसायी, दैनिक रोजगार गर्ने व्यक्ति नै किन नहोस। ड्रम घन्की नै रहनेछ , आवाज चर्किन्दै जानेछ।

एकजुट भएर नै केही हुनु सक्छ,
हामी एकजुट भएर नै रहनेछौ
दार्जीलिङलाई मायाको खातिर
मेरो प्यारो दार्जीलिङको खातिर

०००
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा
केन्द्रीय समिति

दार्जीलिङ नगरपालिका
चुनाव घोषणा-पत्र

विश्वप्रसिद्ध दार्जीलिङ पहाड्को सबैभन्दा जनप्रिय शान्तिदूतको रूपमा परिचित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा दलले सम्पूर्ण दार्जीलिङ नगरपालिका
वार्डबासीलाई साथमा लिएर दार्जीलिङ नगरपालिका चुनावबारे घोषणा-पत्र जनता समक्ष राख्दछ।

सन्‌ १८५० मा स्थापित भएको दार्जीलिङ नगरपालिकाको गौरवमय इतिहासलाई हेर्दा साँच्चै हाम्रो नगरपालिका एउटा उदाहरणीय जनसेवा गर्ने प्रशासन थियो । स्थापनाकालमा दार्जीलिङ नगरपालिका अधीनस्थ भिक्टोरिया अस्पताल, फायर ब्रिगेड, सिद्राबुङ पावर हाउस र बिजुली विभाग, चारवटा पार्कहरू, पचासवटा प्राथमिक स्कूल अनि दुईवटा नगरपालिका माध्यमिक विद्यालय आदि रहेको थियो । बंगाल राज्यको एउटा धनी नगरपालिका भनेर दार्जीलिङ परिचित थियो। नगरपालिकाको स्वास्थ्य विभागले सम्पूर्ण जनता र
विद्यार्थीवर्गलाई विभिन्न प्रकारले स्वास्थ्य सेवा दिन्थ्यो । नगरपालिकाको खाद्यान्न जाँच विभागले प्रत्येक खाद्य-वस्तुहरूलाई देखरेख र नियन्त्रण गर्थ्यो। तर अहिले नगरपालिकाका विभिन्न विभागहरूमा प्रशिक्षित अधिकारी र सयौं कर्मचारीवर्गको रिक्त पद भएको हुनाले दार्जीलिङ नगरपालिकाले चाहेर पनि कतिपय विषयहरूमा सेवा पुर्याउन सक्षम भइरहेको छैन|

विगत पैंतीस वर्ष अघिदेखि बिग्रिएर मरणासन्न अवस्थामा रहेको दार्जीलिङ नगरपालिका अन्तर्गतका बत्तीसवटा वार्डहरूलाई साथै वार्डबासीका समस्याहरू
जरैदेखि उखेलेर फ्याँक्न हाम्रो दल कटिबद्ध भएको छ । हाम्रो नगरपालिकाभित्रका सबैजसो समस्याहरूलाई हाम्रो टीमले राम्ररी अध्ययन गरिसकेको छ । यसलाई
कसरी विगतको गौरवमय नगरपालिका बनाउने साथै पारदर्शी रूपमा सञ्चालन गर्ने भन्ने विषयमा आफ्नो प्रतिबद्धता यस घोषणा-पत्र मार्फत जनता सामु राख्न
चाहन्छौं ।

दार्जीलिङ नगरपालिकाबाट प्राप्त गरिने सुविधाहरूलाई प्रत्येक जनताको घर दैलामा पुग्ने गरी विगतको गौरवमय इतिहास फेरि फर्काएर ल्याउनेछौं । यही विषयहरूलाई लिएर हाम्रो दलले योग्य उम्मेदवारहरू वार्डबासीको सुख-सुविधाका निम्ति चुनाव मैदानमा उभ्याउने छन्‌।

हाम्रो घोषणा-पत्रमा भएका परिकल्पनाहरू हाम्रो दलले पूर्ण रूपले कार्यान्वयन गर्नेछन्‌ | हाम्रो दलले दार्जीलिङ नगरपालिका बोर्ड गठनपछि ३२ वटा वार्डमा नै एक-एकवटा नगरपालिका सम्बन्धित नगरपालिका हेल्प-डेस्क
स्थापित गर्नेछ जसले गर्दा प्रत्येक वार्डका जनताले नगरपालिकाको कार्यालयमा घरिघरि पुग्नुपर्ने बाध्यताबाट मुक्त हुनेछन्‌ । जनतालाई चाहिएको विभिन्न जन्म प्रमाण-पत्र, मृत्यु प्रमाण-पत्र, लाइसेन्स आदि प्रत्येक वार्डका हेल्प-डेस्क मार्फत नै प्राप्त गर्नेछन्‌ । नगरपालिका सम्बन्धित होल्डिङ ट्याक्स र अन्य ट्याक्सहरू पनि यसै कार्यालयका सहयोगी मार्फत जमा गर्न सकिनेछन्‌।

यो चुनाव घोषणा पत्र दार्जीलिङ सहरका निवासी हरुले दिनु भएको सुझाव, सोसियल मिडियामा हामीले चलाएको सुझाव जमा गर्ने सोसियल मिडिया अभियान मार्फत (मेसेन्जर , WhatsApp, ईमेल आदि) पाएका सुझाव को आधारमा बनाएका हौं। चुनाव घोषणा पत्रमा उल्लेख गरिएको सबै संकल्पहरु हाम्रो बोर्डले कार्यमा परिणत गर्नेछ।

दार्जीलिङ नगरपालिकालाई लिएर हाम्रो पक्षबाट संक्षिप्त घोषणा-पत्र यहाँ राखेका छौं -

सुशासन

१. दार्जीलिङ नगरपालिकालाई नगर निगमको दर्जा दिलाइने:
दार्जीलिङ नगरपालिका १९५० मा स्थापित भएको पुरानो नगरपालिकाहरू मध्ये एक हो। तर १७२ वर्ष पछि पनि नगरपालिकालाई नगर निगमको दर्जा दिइएको छैन। दार्जीलिङलाई सफा अनि स्वस्थ बनाउन, नगर निगमले थप कर्मचारीहरु नियुक्त गरेर जनता अनि पर्यटकलाई चाहिने मूलभूत सुविधाहरु दिलाउन सक्षम बन्छ।

२. लिजमा बसोबास गर्ने नागरिकहरुलाई जमीनको पट्टा:
दार्जीलिङ नगरपालिकाको आफ्नै ४४ ऐकर जमीन छ । यो निजी भूमिलाई विभिन्न कार्यहरूको निम्ति ३० वर्षीय लिजको आधारमा दिइने गरिन्छ। तर यो लिजमा बस्ने नागरिकहरुको आफ्नो जमीन नभएको कारण नागरिकहरुलाई लोन लिनु साथै अन्य सहुलियत पाउनु कठिन भएको छ। त्यसैले लिजमा बसोबास गर्ने नागरिकहरुलाई जमीनको पट्टा दिलाउने व्यवस्था गर्नेछौ।

३. दैलोमा नगरपालिका

नगरपालिकाले दिने सेवाहरुलाई नागरिकको घर दैलो सम्म पुर्याउन, हाम्रो बोर्डले हरेक वार्डमा नगरपालिका सहायता केन्द्र सञ्चालन गर्नेछ। यो सहायता केन्द्रलाई हामी भन्ने छौं " दैलोमा नगरपालिका "।

४. ढल निकास प्रणालीमा सुधार (sewerage system)
नयाँ बोर्डले सहरमा बग्ने नालाहरु जो जाम भएका छन्, सफा गर्न साथै नयाँ नालाहरु विछाउन डि पी आर तयार गरी सरकार समक्ष पेश गर्नेछ। तरल ढल (Liquid waste) निकासीको कुनै व्यवस्थापन नभएको हुनाले, एउटा प्रबुद्ध समितिको नेतृत्वमा योजना तयार गर्नेछौ।

५. 'तार'जेलिङ देखि दार्जीलिङ्ग

हाम्रो बोर्डले दार्जीलिङ्ग शहरलाई नै कुरुप बनाउने जता ततै झुन्डिएको तारलाई , सम्हाल्ने कार्य गर्न एउटा डि पि आर तयार गर्नेछ। जमीन मुनिबाट यी तारहरु लगिने योजना बनाएर काम गर्नेछ।

६. दार्जीलिङ नगरपालिकामा दैनिक हाजिरामा कार्य गर्ने अस्थायी कर्मचारीहरुको समस्या समाधान गर्नेछौ। वर्तमान नगरपालिकाको कर्मचारीको पदोन्नतिको मुद्दालाई पश्चिम बंगाल सरकार समक्ष उठाउनेछौ।
७. नगरपालिकाका कर्मचारीहरूको कार्य गर्ने वातावरणमा सुधार ल्याउने छौं। उनीहरूको कार्यको प्रभावकारीता हेरेर आर्थिक वृद्धि गरिनेछ। सबै कर्मचारीको सामाजिक सरक्षाको प्रत्याभूति (ग्यारेन्टी) सुनिश्चित गर्नेछौ। नगरपालिकामा नयाँ नौकरी केवल दार्जीलिङ्गका खाँटी रैथानेलाई मात्र दिइनेछ।
८. दार्जीलिङवासीले हरेक वर्ष दिनु पर्ने कर (ट्याक्स)मा राहत दिलाउनेछौ। गरिबी रेखा मुनिका (बीपीएल) परिवारले दिनु पर्ने ट्याक्समा कटौती गर्नेछौ।

९. दार्जीलिङ शहरमा बढ्दै गरेको वेरोजगारको समस्यालाई समाधान गर्न, युवा व्यवसायी अनि बेरोजगारहरुको निम्ति स्टार्ट अप कार्यक्रम / पहल सुरु गर्नेछौ।
१०. ३२ वटा नगरपालिका वार्डमा नै म्युनिसिपल वार्ड कमिटि गठन गरिनेछ। यस वार्ड कमिटिमा वार्डका सम्माननीय व्यक्ति, अनुभवी विशेषज्ञ, शिक्षाविद्‌, समाजसेवी, डाक्टर, इन्जिनियर, अधिवक्ता आदि महानुभावहरूलाई सदस्य बनाइनेछ अनि वहाँहरूको परामर्श अनुसार नै वार्डको विकास गरिनेछ।

११. दार्जीलिङ नगरपालिकाको हरेक विभागको सेवालाई हरेक नगरवासी समक्ष पुर्याउन , नयाँ बोर्डले , West Bengal Right to Public Service Commission (WBPSC), लागू गर्नेछ। यो अधिकार लागू गर्दा नगरपालिकाको सेवाहरु माथि नियन्त्रण अनि निरीक्षणको कार्यलाई अझ शक्तिशाली बनाउनु सकिन्छ। उपभोक्ताले गुणात्मक सेवा पाउनेछन्। जनताको सेवकहरूको जवाफदेही बढेर जानेछ।

१२. नयाँ बोर्डले दार्जीलिङ नगरपालिकाको सेवालाई जन समक्ष पुर्याउन, विभागको हरेक कार्यलाई पारदर्शी राख्नेछ। यसको साथमा हरेक वार्डमा जनताको आवाजलाई नगर अध्यक्ष सम्म पुर्याउन "गुनासो निवारण" सेल स्थापना गर्नेछ। यो सेल नगरअध्यक्षको नियन्त्रणमा रहनेछ। वार्डवासीलाई आफ्नो गुनासो नगर अध्यक्ष सम्म पुर्याउन अलग्गै WhatsApp नम्बर सार्वजनिक गरिनेछ।

फोहोर व्यवस्था
१३. विषेशज्ञहरुको परामर्श अनि सहयोग लिएर दार्जीलिङ नगरपालिकाले Sustainable Solid Waste Management को योजना तयार गरी कार्यमा परिणत गर्नेछ। योजना 3R सिद्धान्त (Reduce, Reuse, Recycle) माथि आधारित हुनेछ। जमिन प्रदूषण गर्ने फोहोर मैलाको व्यवस्थापन गर्नेछौ।

१४. जैविक फोहोरको व्यवस्थापन गर्न हामी हरेक वार्डमा मल (खाद) उत्पादन गर्ने पहल सुरु गर्नेछौ। यसरी मल (खाद) उत्पादन गर्दा फ्याकिएको खाद्य पदार्थको असल व्यवस्था हुन्छ साथै नगरपालिकाको आयको स्रोत पनि हुनेछ। स्थानीय युवाहरुको रोजगारलाई प्रोत्साहन गर्न प्रत्येक घरको दैलोबाट फोहोर मैला बटुलेर लैजाने व्यवस्था गरिनेछ।
१५. ३२ वटा वार्डबाट ल्याइएको फोहोर मैलालाई हामी बायो ग्यास प्लान्ट जडान गरेर बायो ग्यास उत्पादन गर्नेछौ।

१६. वेस्ट टु वेल्थ :
नगरपालिकाले जीवन उपार्जन सिद्धान्तलाई आधार गरेर वेस्ट टु वेल्थ पहल मार्फत ठोस फोहोरलाई व्यवस्थापन गर्न मल उत्पादन, खाद्य बगैचा, रिसाइक्लिङ यूनिट, क्राफ्ट आदिको पहल गर्नेछ।

१७. हरेक वार्डमा फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन नगरपालीकाले कानुन तयार गर्नेछ।

असल नगरपालिकाको सेवाहरु

१८. पब्लिक शौचालयको व्यवस्था:
वर्तमान सञ्चालित पब्लिक शौचालयलाई नवीन बनाइने छ। सही जगह खोजेर थप आधुनिक पब्लिक शौचालयको निर्माण गर्नेछौ ताकि साधारण जनता अनि पर्यटकहरूलाई झाडा पिसाब गर्न सुविधा पुगोस।

१९. २४ घण्टा पिउने पानी उपलब्ध गराउन हाम्रो बोर्डले प्रत्येक पाइप लाइनमा मीटर जडानको व्यवस्था सुरू गर्नेछ।

२०. अमृत पेय जल परियोजनाको हामी समीक्षा गर्नेछौ अनि एक वर्ष भित्रमा प्रत्येक घर घरमा पिउने पानी पुर्याउनेछौ।

२१. स्ट्रिट लाईट:
हाम्रो बोर्डले हरेक वार्डको बाटोलाई उज्यालो राख्न सोलार लाईट जडान गर्नेछ। यसो गर्दा नगरपालिकाको विद्युतमा हुने खर्च बाँच्ने छ। त्यो खर्चलाई अन्य विकाशमुलक कार्यमा लगानी गर्नेछौ।

२२. फुटपाथ पसलेहरुको निम्ति नयाँ हकर्स बजार निर्माण गर्नेछौ। अहिले उनीहरूले माल रोड अनि ओरिएन्ट को उकालो बाटोमा पसल थाप्छन्।

ड्रग्स मुक्त दार्जीलिङ सहर
२३. ड्रग्स दुरुपयोगले ल्याएको समस्या निवारण गर्न नगरपालिकाले लतमा लागेका बिरामीहरूको निम्ति बोर्डको स्वास्थ्य विभाग अन्तर्गत निशुल्क Detoxification केन्द्र सञ्चालन गर्नेछ। हरेक वार्डमा ड्रग्स दुरुपयोग विषय जनचेतना कार्यकर्म चलाउनेछ।

२४. भुसिया कुकुरहरूको समस्या समाधान गर्न, सडकमा कुदी हिड्ने मालिक विहिन कुकुरहरूको गर्भ निरोध कार्यक्रम चलाउने छौ। साथै कुकुर मालिकहरूको निम्ति डग लाइसेन्सको पहल सुरु गर्नेछौ।

२५. दार्जीलिङवासीको स्वास्थ्यलाई केन्द्रमा राखी स्वास्थ्य प्रेमी अनि बिहान बिहान टहल्नेहरुको निम्ति माल रोडमा खुल्ला जिम स्थापना गर्नेछौ।
२६. "दैलोमा आरोग्य" पहल मार्फत बोर्डले नगरवासीको स्वास्थ्य सुरक्षा हेतु स्वास्थ्य सेवा प्रत्येक घरको दैलोमा पुर्याउनेछ।

२७. गाडीको हर्नको आवाजले वातावरण प्रदूषित भएको अनि स्थानिय वासिन्दालाई दिग्दारी भएको धेरै गुनासाेहरु छ। दार्जीलिङ नगरपालिकाले दार्जीलिङ पुलिस संग मिलेर दार्जीलिङ सहरलाई "हर्न मुक्त क्षेत्र" घोषणा गर्न पहल चलाउनेछ।

२८. दार्जीलिङ नगरपालिकाले सुचना आदिमा प्रयोग गर्ने आधिकारिक भाषा (अफिसियल ) नेपाली अनि अंग्रेजी हुनेछ।

२९. नगरपालीकाले हरेक वर्ष अन्तर वार्ड खेल कुद प्रतियोगिता आयोजना गर्नेछ। यसले युवालाई खेल प्रति प्रोत्साहन दिनेछ। यसरी नै युवा सृजनशील मस्तिष्क लाई प्रोत्साहन गर्न अन्तर वार्ड प्रतियोगिता आयोजना गर्नेछौं।

०००००

Photos from BGPM गोरूबाथन's post 04/02/2022

गत केहीदिन अघि डुवर्सको मानाबारी निवासी गिन्नी विश्वाकर्मको बलत्कार अनि हत्या विषयमा अहिले चौतर्फी विरोध प्रदर्शन भइरहेको छ। यसैक्रममा हिज भारतीय गोर्खा प्रजातान्त्रिक नारी शक्ति,कालेबुङ जिल्ला समितिले कालेबुङ सहरमा रैली निकाल्दै पीडितले न्याय पाउनुपर्ने माग राखेको छ। नारी शक्ति केन्द्रीय समिति केन्द्रीय समिति उपाध्यक्ष तारा लोहार लेप्चा,महासचिव प्रतिभा कुमाई,केन्द्रीय समिति सदस्य कल्पना तामाङ,रञ्जिता पाण्डे,जिल्ला समिति महासचिव सुनिता भूजेल,सहसचिव रिमा प्रधान,अर्मिना कार्की,सरोजा खाती,रस्मिला तामाङ,प्रियङ्का खरेल,नेहा रसाइली,३५ नम्बर समष्टि नारी शक्ति महासचिव पिङ्की लेप्चा,टाउन कमिटी सदस्यहरू निमा ल्हमु भूटिया,केल्साङ भूटिया,पवित्र छेत्री,कविता थापा आदि लगायत अन्यको उपस्थितिमा जिल्ला समितिको दलीय कार्यलयबाट रैली निकाली त्रिकोण पार्कसम्म पुगेको थियो। रैली त्रिकोण पार्कमा पुगेपछि पीडित गिन्नी विश्वकर्माको स्मरणमा मैनबत्ती जलाएर एक मिनटको मौन धारण गरियो। यसरी नै नारी शक्तिको टोलीले गिन्नी विश्वकर्माले न्याय पाउनुपर्ने माग गर्दै कालेबुङ पुलिस थाना अनि जिल्लापाललाई पनि ज्ञापनपत्र सुम्पिएको छ।

Videos (show all)

ढाँट्यो बैनी ले
छिटो brain wash vayecha

Website