अखिल नेपाली विद्यार्थी संघ : All Nepali Students Union
जरो र किलो नेपालमै भएको एक मात्र स्वतन्त्र विद्यार्थी संगठन "अखिल नेपाली विद्यार्थी संघ"
धैर्य मानवको लागि अपरिहार्य गुण हो । धैर्य सहितको कर्मठताले सफलता पाउन सम्भव हुन्छ । युगद्रष्टा गुरुको जीवनबाट हामी धैर्य र कर्मठताको पाठ पढ्न सक्छौँ । मौलिक प्रतिमानको विजयका लागि समय प्रशस्तै आवश्यक पर्छ । अधैर्य व्यक्ति त यो महाअभियानमा टिक्न सक्दैनन् । धैर्यवान् बनौँ र युगप्रवर्तनको मार्गमा अघि बढिरहौँ । हामीलाई स्वयं युगद्रष्टा गुरुको मार्गनिर्देशन छ । हाम्रो विजय अवश्यम्भावी छ । यसका लागि समय त पर्याप्त लाग्छ नै !
“समकालीन नेपालमा स्थितिगत्यात्मक प्रगतिवादको सान्दर्भिकता” विषयक राष्ट्रिय संगोष्ठी (National Seminar on Relevance of Statodynamic Progressivism in Contemporary Nepal) मिति २०८१ कार्तिक १० गते (तदनुसार, सन् २०२४ अक्टोबर २६), शनिबार, काठमाडौँमा आयोजना गरिँदैछ ।
समाजमा सहृदयता कसरी सुनिश्चित गर्ने ?
सत्तामा पुगेपछि छोड्दै नछोड्ने प्रवृति र यसको समाधान | Dr. Nirmala Mani Adhikary मिति २०७६ कार्तिक ५ गते, मंगलवार दाङको बिजौरीमा रामचन्द्र खड्का जी संयोजनमा आयोजित जरो किलो सत्संगमा बोल्नु हुँद...
गुरुपूर्णिमा २०८१ का अवसरमा आफ्ना शिष्यशिष्याहरूलाई सम्बोधन एवं आशिर्वचन
गुरु पूर्णिमा, व्यास जयन्तीको हार्दिक शुभकामना !
🙏 गुरुलाई नमन् 🙏
( #अनुष्टुप_छन्द )
बुद्धि विज्ञानको हो नी, प्रविधिको प्रगति हो ।
आधा आधार बाँकी छ, कर्ता गुरु नमन् सयौँ ।१।
✓ ( #आधारशिला_चतुष्टय )
विवेक धर्मको हुन्छ, हृदयमा समानता ।
आधार चार पूर्ण भो, धर्ता गुरु नमन् सयौँ ।२।
✓ ( #धर्म #सहृदयता)
जरोकीलो बुझाएर, संकट यो समाजको ।
त्यस्तो विचारधाराले, द्रष्टा गुरु नमन् सयौँ ।३।
✓ ( #जरोकीलो_विचारधारा #युगद्रष्टा )
सुखी जवनकोलागि, दुःख सब मनुष्यको ।
हटाउने सत्य सूत्र, दाता गुरु नमन् सयौँ ।४।
✓ ( सुखी जीवनको सूत्र )
महासागर संसार, माया जञ्जाल सृष्टिको ।
माझी बनेर तार्ने जो, त्यस्ता गुरु नमन् सयौँ ।५।
✓ ( Nirmala Mani Adhikary 🙏 गुरु 🙏)
मोहनमित्र
जरोकिलो विचारधारामा आधारशिला चतुष्टय
जरोकिलो विचारधारामा आधारशिला चतुष्टयको महत्व || डा. निर्मलमणि अधिकारी
पहिचानको मागलाई कसरी पूरा गर्छ राज्यराष्ट्रले ?
पहिचानको मागलाई कसरी पूरा गर्छ राज्यराष्ट्रले ? जरो किलो महाअभियानका संकल्पकर्ता युगद्रष्टा गुरु डा. निर्मलमणि अधिकारी ज्यु राज्यराष्ट्र सिद्धान्तले कसरी पहि....
सदस्यता अभियान
(Membership Campaign)
'एक्लै होइन, संगठित बनौँ ।
आयातीत होइन, मौलिकता रोजौँ ।'
भन्ने नाराको साथ साउन १ गतेदेखि ३२ गतेसम्म मौलिक जरोकिलो पार्टीको सदस्यता अभियान संचालन भइरहेको छ ।
सदस्यता फारम :
https://www.raithaneshakti.org/en/membership/
पुनर्जागरणका लागि साङ्गठनिक पुनर्गठन
पुनर्जागरणका लागि साङ्गठनिक पुनर्गठन गर्दैछौँ || डा. निर्मलमणि अधिकारी जरोकिलो महाअभियानका संस्थापक अध्यक्ष डा. निर्मलमणि अधिकारी नेपालको पुनर्जागरणको निम्ति जरोकिलो महाअभियानको भ.....
चार समस्या, चार कार्यक्षेत्र र चार आधारशिला
चार समस्या, चार कार्यक्षेत्र र चार आधारशिला जरोकिलो महाअभियानका संस्थापक अध्यक्ष डा. निर्मलमणि अधिकारी चार समस्या, चार कार्यक्षेत्र र चार आधारशिलाको सम्बन.....
हिमवत्खण्ड पुनर्जागरणकाे अवधारणापत्र
हिमवत्खण्ड पुनर्जागरणकाे अवधारणा पत्र || डा. निर्मलमणि अधिकारी || हिमवत्खण्ड पुनर्जागरण अवधारणा पत्र प्रस्तुत गर्नुहुँदै जराेकिलाे महाअभियानका संकल्पकर्ता युगद्रष्टा गुरू डा....
जुनसुकै राजनीतिक पार्टीको सङ्गठित सदस्य क्रियाशील सदस्य, साधारण सदस्य, समर्थक वा भोटर् (मतदाता) भएतापनि भ्रष्टाचार नसहनुहोस् । भ्रष्टाचारीलाई समर्थन तथा मद्दत नगर्नुहोस् । भ्रष्टाचारले राष्ट्रको पतन हुन्छ, भ्रष्टाचारले समाजमा विकृति नै विकृति ल्याउँछ, भ्रष्टाचारले सबैको अहित हुन्छ ।
विदेश पलायनको समस्याका कारण र समाधानका उपाय
वर्तमान नेपालमा उठ्दै गरेको पुनर्जागरण युगका सर्वाधिक् प्रभावशाली अग्रणी विचारक डा. निर्मलमणि अधिकारीसँगको ताजा एवं विचारोत्तेजक अन्तरवार्ता
प्रमेय विचार ( सिजन २ ) अङ्क- १८ - प्रो.डा.निर्मलमणि अधिकारी( सङ्कल्पकर्ता जरोकिलो महा अभियान ) कार्यक्रम - प्रमेय विचार ( सिजन २ ) अङ्क- १८अतिथि- प्रो.डा.निर्मलमणि अधिकारी( सङ्कल्पकर्ता जरोकिलो महा अभियान ) आकाशन....
राष्ट्रिय संगोष्ठीका लागि अनुसन्धानपत्र आह्वान
“समकालीन नेपालमा स्थितिगत्यात्मक प्रगतिवादको सान्दर्भिकता” विषयक राष्ट्रिय संगोष्ठी (National Seminar on Relevance of Statodynamic Progressivism in Contemporary Nepal) मिति २०८१ कार्तिक १० गते (तदनुसार, सन् २०२४ अक्टोबर २६), शनिबार, काठमाडौँमा आयोजना गरिँदैछ । उक्त राष्ट्रिय संगोष्ठीमा बीज वक्तव्य (कीनोट स्पीच) र अन्य विशिष्ट वक्तव्यहरू, विद्वत् विमर्श (प्यानल डिस्कसन), अनुसन्धानपत्रको प्रस्तुति लगायतका सत्रहरू रहने छन् । संगोष्ठीमा अनुसन्धानपत्र प्रस्तुत गर्न चाहने अनुसन्धाता, प्राध्यापक÷शिक्षक, शोधार्थी, विद्यार्थी, स्वतन्त्र अध्येता तथा अभियानकर्ताहरूलाई हामी हार्दिक स्वागत गर्दछौँ ।
वि.सं. २०७६ सालमा आयोजित कूल नौवटा प्रवचन शृङ्खला मार्फत् सिद्धान्तकार डा. निर्मलमणि अधिकारीले “स्थितिगत्यात्मक प्रगतिवाद” व्याख्या गर्नुभएको थियो । ती प्रवचनहरूको लिप्यन्तरण गरी वि.सं. २०७९ सालमा स्थितिगत्यात्मक प्रगतिवाद पुस्तक प्रकाशित भयो । सोही सिद्धान्तको सान्दर्भिकता बारे समकालीन नेपालका परिप्रेक्ष्यमा वैचारिक विमर्श अगाडि बढाउने उद्देश्यले यो राष्ट्रिय संगोष्ठी आयोजना गरिएको हो ।
अनुसन्धानपत्रका सम्भाव्य विषयवस्तुहरू —
स्थितिगत्यात्मक प्रगतिवाद पुस्तकको समीक्षा, स्थितिगत्यात्मक प्रगतिवादको दार्शनिक विश्लेषण, हिन्दू, बौद्ध, जैन, किरात, बोन वा अन्य दर्शनमा स्थितिगत्यात्मकताको अवधारणा, पूर्वीय र पश्चिमा दर्शनको आधारमा स्थितिगत्यात्मक प्रगतिवादको विश्लेषण, स्थितिगत्यात्मक प्रगतिवाद र द्वन्द्वात्मक भौतिकवाद वा अन्य सिद्धान्तको तुलना, नेपाली समाजका विभिन्न आयामको स्थितिगत्यात्मक विश्लेषण, नेपाली संस्कृतिमा स्थितिगत्यात्मकता, नेपालको राजनीतिको स्थितिगत्यात्मक विश्लेषण, नेपालको अर्थतन्त्रको स्थितिगत्यात्मक विश्लेषण, नेपालको शिक्षातन्त्रको स्थितिगत्यात्मक विश्लेषण, स्थितिगत्यात्मक प्रगतिवादको दृष्टिबिन्दुबाट राज्यराष्ट्र सिद्धान्तको व्याख्या, नेपालको परराष्ट्र नीतिमा स्थितिगत्यात्मकता, नेपालको प्रशासनिक सुधार र स्थितिगत्यात्मक प्रगतिवाद, नेपालमा पुनर्जागरण संकथनमा जरोकिलो महाअभियानाको योगदान, आदि ।
अनुसन्धानपत्र पठाउने समयसीमा —
अनुसन्धानपत्रको शीर्षक तथा सार पठाउने मिति — २०८१ असोज १५ गतेसम्म ।
(अनुसन्धानपत्र सार बढीमा ५ सय शब्दको हुनुपर्नेछ ।)
अनुसन्धानपत्र पठाउने मिति — २०८१ कार्तिक ३ गतेसम्म ।
(अनुसन्धानपत्र ३ हजारदेखि ५ हजार शब्दको हुनुपर्नेछ ।)
इमेल — [email protected]
आयोजक —
सहृदयता समाज नेपाल (Sahridayata Society Nepal)
भक्तपुर, नेपाल ।
पुनर्जागरणका लागि साङ्गठनिक पुनर्गठन
पुनर्जागरणका लागि साङ्गठनिक पुनर्गठन गर्दैछौँ || डा. निर्मलमणि अधिकारी जरोकिलो महाअभियानका संस्थापक अध्यक्ष डा. निर्मलमणि अधिकारी नेपालको पुनर्जागरणको निम्ति जरोकिलो महाअभियानको भ.....
नयाँ पुस्तालाई कस्तो शिक्षा आवश्यक छ ?
नयाँ पुस्तालाई कस्तो शिक्षा आवश्यक छ ? जरो किलो महाअभियानका संकल्पकर्ता युगद्रष्टा डा निर्मलमणि अधिकारीले अखिल नेपाली विद्यार्थी संघको आयोजनामा सम्.....
पुनर्जागरणका लागि साङ्गठनिक पुनर्गठन गर्दैछौँ |
पुनर्जागरणका लागि साङ्गठनिक पुनर्गठन गर्दैछौँ || डा. निर्मलमणि अधिकारी जरोकिलो महाअभियानका संस्थापक अध्यक्ष डा. निर्मलमणि अधिकारी नेपालको पुनर्जागरणको निम्ति जरोकिलो महाअभियानको भ.....
प्रगतिवादी युवा समाज नेपालले हालसम्ममा कूल चारवटा पुस्तकहरू प्रकाशित गरिसकेको छ ।
समन्वयात्मक इतिहासबोध लेखको पूर्णपाठ पढ्नका लागि यहाँ दिइएको लिङ्कमा गएर डाउनलोड गर्न सक्नुहुन्छ :-
https://adhikary.wordpress.com/2023/06/13/%e0%a4%b8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%b5%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%ae%e0%a4%95-%e0%a4%87%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b8%e0%a4%ac%e0%a5%8b%e0%a4%a7/
शिक्षाको माध्यमबाट वैचारिक जाल फैलाउने, मूल-बाट विच्छिन्न पार्ने लगायतका कार्य अस्वीकार्य छन्/हुन् | सम्बन्धित निकायले ख्याल पुर्याउनु पर्यो |
- वीर भद्रासन, गोमुखासन लगायत योग-आसनको कुरा स्वीकार्य छन्, महत्वपूर्ण हुन् |