Jhapaphoto

Jhapaphoto

फोटोमा झापाकाे इतिहास
Admin : Ekraj Pradhan
Whatsapp : 9807909546

14/06/2023

हँडिया बुधबारे बजार क्षेत्रमा विद्यार्थीहरुको सचेतनार् याली । तस्वीर २०४० को दशकको हो ।
तस्वीर स्रोत : बुद्ध आदर्श स्वर्ण स्मारिकाबाट

14/06/2023

नेपालकै होचो ठाउँमा रहेको केचनाकवल स्तम्भ । कचनकवलमा वि.सं. २०४४ साल पौष १६ गते तत्कालिक राजा वीरेन्द्र शाहको पूर्वाञ्चल भ्रमणका अवसरमा २० फिट अग्लो स्तम्भ कछुवाको आकृति माथि स्थापना गरिएको हो । यो स्थान समुद्री सतहबाट ५८ मि. उचाइमा रहेको छ । तस्वीर २०७३ सालमा लिइएको हो ।
📷 विनोद पाण्डे

14/06/2023

झापा चन्द्रगढीस्थित लेखनाथ चोक (२०७८) ।
📷 विष्णु कुल श्रेष्ठ

12/06/2023

बुद्धशान्ति-७ स्थित धारागोला भ्यु टावर ।
जहाँबाट झापाका धेरै ठाउँ देख्न सकिन्छ । (२०८० जेठ २०)
📷 एकराज प्रधान

12/06/2023

बिर्तामोडको कृषिथोक बजार छिर्ने बाटो (हालको मेघा कम्प्लेक्स पश्चिमबाट उत्तरतर्फ) । यो तस्विर २०६४ सालतिरको हो ।
📷 हिमाल खरेल

12/06/2023

ड्रोनबाट देखिएको झापा गाउँपालिकास्थित कामाटोली बजार । तस्वीर २०७६ सालको हो ।
📷 इन्द्रजीत मुखिया

12/06/2023

झापामै पहिलोपटक भद्रपुर नगरपालिकामा भित्राइएको बारुण यन्त्र (दमकल) ।
📷 गोविन्द अधिकारी ‘गुलाफ’

Photos from Jhapaphoto's post 10/06/2023

बिर्तामोडको बिर्ताबजार चोकमा रहेको ऐतिहासिक दुर्गा मन्दिरको पुरानो र नयाँ दुई तस्वीर । २०७७ कात्तिक १ गते घटस्थापनाको अवसर पारेर दुर्गा मन्दिरलाई स्थानान्तरण गरिएको थियो । भद्रपुररोड फराकिलो बनाउने क्रममा मन्दिरलाई पुरानो ठाउँबाट थोरै पूर्व सारिएको हो । मन्दिरभित्र रहेको दुर्गा माता, गणेश, कात्तिक, सरस्वती र लक्ष्मीका पाँच वटा सिंगमरमरका मूर्ति २०६७ सालमा भारतको बनारसबाट ल्याइएको थियो ।
तस्वीर : एकराज प्रधान

09/06/2023

बिर्तामोड मुक्तिचोक एउटा अर्को ऐतिहासिक तस्वीर । यतिबेला यहाँ जनआन्दोलन स्मृति स्तम्भ राख्नका लागि खाल्डो बनाइएको थियो । तस्वीर २०६५ साल तिरको हुनुपर्छ ।
📷 हिमाल खरेल

09/06/2023

२०६८ सालतिरको झापाको दुर्गापुर बजार ।
📷 विनोद पाण्डे

09/06/2023

पूर्वीनाका काँकरभिट्टा । त्यतिबेला एशियन हाइवे पुल पूर्ण रुपमा बनिसकेको थिएन । २०७६ साल चैततिरको फोटो ।
📷 गणेशमान मुखिया

09/06/2023

झापाको सुरुङ्गाबाट झापा गाउँपालिकातिर जाने बाटोको अवस्था २०७८ जेठमा यस्तो थियो ।
📷 एकराज प्रधान

09/06/2023

झापाको हल्दिबारीकाे गोलधाप बजार साइड । बजारको रुप फेरिँदैछ, अझै व्यवस्थित बन्दैछ । यो फोटो धेरै पुरानो होइन । २०७८ वैशाखतिरको हो ।
📷 एकराज प्रधान

07/06/2023

बुद्धशान्ति-७ स्थित धारागोला भ्यु टावर जाने बाटोमै रहेको यो खेल मैदान ।
ठाउँको नाम चाहिँ के होला ? (२०८० जेठ २०)
📷 एकराज प्रधान

07/06/2023

तपाईले फिलिम हेर्नुभयो अन्नपूर्ण टाकिज बिर्तामोडमा ? नाम, टिकटको दाम पनि लेख्नुहोला है कमेन्टमा ।
यो हल पनि अब इतिहास बन्यो हाम्रा लागि । जहाँ एउटै फिल्म १०० दिन, ५१ दिनसम्म चल्थ्यो ।

07/06/2023

शिरिषका फूल त बिर्तामोडमा पनि फुल्थे । तर, भाइरल हुन पाएनन् । बिर्तामोडको भद्रपुररोडमा २०६४ सालतिर सडकका दायाँबायाँ फूल देख्न पाइन्थ्यो । त्यसबेला बसको छतमा चढेर यात्रा गर्नु बाध्यता जस्तै थियो ।
यो फोटो भद्रपुररोड ठ्याक्कै कहाँनेरको हो अहिले ? थाहा हुनेले कमेन्टमा लेख्नुहोला है त ।
तस्वीर : हाम्रो झापा पेजबाट

07/06/2023

दमक नगरपालिकाको कार्यालय अगाडि रहेको प्रथम नागरिक धिमाल प्रतिमा । जसको अनावरण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ वैशाख १९ गते गरेका हुन् । तस्वीर २०७६ सालमा लिइएको हो ।
तस्वीर : एकराज प्रधान

07/06/2023

हल्दिबारी-२ स्थित देउनिया र हर्चना खोलाको दोभानमा रहेको भेलागढी सिमसार । यहाँको काठेपुलले पर्यटकलाई लोभ्याउँछ । तस्वीर २०७६ सालतिरको हो । तस्वीर : दिपेन्द्र कटुवाल/लोकतन्त्र

06/06/2023

बुद्धआदर्श माध्यमिक विद्यालय बुधबारे (हाल बुद्धशान्ति-३) को पुरानो विद्यालय भवन अगाडि मार्च पास गर्दै विद्यार्थी । यो तस्वीर २०४० को दशकतिरको हो । यस विद्यालयको विद्यार्थी हुनुहुन्छ भने आफ्ना साथी तथा गुरूहरूलाई मेन्सन गर्नुहोला है त !

तस्वीर स्रोत : बुद्धआदर्श स्वर्ण स्मारिका

Photos from Jhapaphoto's post 02/06/2023

२०४६ साल चैत १४ गते हत्या गरिएका सहिद राम थापाको स्मृति सभा गरेर फर्किने क्रममा बिर्तामोडको केन्द्रभागमा रहेको चौबाटोको मध्य भागमा उभिएर वरिष्ठ अधिवक्ता लीला उदासीज्युले २०४६ चैत २४/२५ (?) गते यो स्थानको नाम “मुक्तिचोक” भनी नामाकरण गरिदिनुभयो । पछि कृष्णप्रसाद भट्टराईको अन्तरिम मन्त्रिमण्डलमा कृषिमन्त्री रहनुभएका झलनाथ खनालले एउटा “मुक्तिचोक” लेखिएको बोर्ड राखेर यसलाई औपचारिकता प्रदान गरिएको इतिहास छ ।
(पहिलो तस्वीर साैजन्यः तीर्थ सिग्देल)

२०६२/६३ को जनआन्दोलनपश्चात लोकतन्त्र प्राप्तिको आन्दोलनमा निरन्तर लडिरहने वीर नेपाली जनता एवम् जनआन्दोलनका क्रममा शहादत प्राप्त गर्नुहुने वीर शहीदहरुको सम्झनामा जनआन्दोलन स्तम्भ निर्माण गरियो । गोपालकुमार बस्नेतको अध्यक्षतामा जनआन्दोलन स्मृति प्रतिष्ठानद्वारा निर्मित उक्त स्तम्भको समुद्घाटन २०६६ वैशाख ६ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गर्नुभएको थियो ।
(दोस्रो तस्वीर : हिमाल खरेल)

Photos from Jhapaphoto's post 01/06/2023

बिर्तामोड डुबानमा परेको सम्झनाहरु । बिर्तामोडमा बाढी आएको यो घटना २०७४ साउन (२९ ?) तिरको हो ।
तस्वीरहरु : Kiran Adhikari (Youtube)

01/06/2023

झापा बुद्धशान्ति ६ शान्तिनगरको ऐतिहासिक ठुटेबर । करिब ४ सय वर्ष पुरानो यो वरको रुख २०६० को दशकमा लडेको थियो । अहिले यो क्षेत्रमा साना वरपीपलका रुखहरु छन् । अघिल्लो तस्वीर पुरै रुख र पछिल्लोमा केही हाँगा भाँचिएपछिको हो । प्रत्येक वर्षको कात्तिक पूर्णिमामा यहाँ साप्ताहिक मेला लाग्ने गर्दछ ।
तस्वीर सौजन्य : सीएम ढुङ्गेल

01/06/2023

पुरानो विद्यालय भद्रपुर मावि मर्मत सम्भार भएपछि । (२०७९)
📷 Santosh Agrawal

01/06/2023

प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाका साथमा सी.के. प्रसाईं (भरतबाबु) वि.सं. २०३८ सालमा बिर्तामोडमा आयोजित नेपाली कांग्रेस पूर्वाञ्चल सम्मेलनमा पार्टी कार्यकर्ताहरुका साथमा ।
तस्वीर : सी के प्रसाई् (भरतबाबु) पेजबाट ।

01/06/2023

बिर्ताबजारको दुर्गा मन्दिरबाट पारिपट्टि शोभी राजवंशीको चिया पसलमा चिया पिउँदै रिक्सा चालकहरु । यो फोटो २०६४ सालतिरको हो । त्यसबेला केचना, पाठामारीतिरबाट आएर बिर्तामोडमा रिक्सा चलाउने मुश्लिम समुदायका रिक्सा चालकहरु बढी थिए ।
📷 Himal kharel

01/06/2023

२०७० सालतिर बिर्तामोडको भद्रपुररोड यस्तो थियो । मुक्तिचोकबाट अलिक तल झरेपछि बाटोका दुई किनारमा शिरिष पनि फुल्थे । रिक्सा विस्थापित भएका थिएनन् ।
📷 Indrajeet Mukhiya

29/05/2023

जहाँबाट बुद्धशान्ति गाउँपालिकालाई छाडेर अर्जुनधारा नगरपालिकातर्फ लागिन्छ । यो ठाउँ/चोकको नाम के होला ? २०७३
📷 एकराज प्रधान

29/05/2023

२०७१ असोज १५ तिर झापाको चारआली (इलामराेड) यस्तो थियो ।
📷 एकराज प्रधान

29/05/2023

हिजोअस्तिसम्म देखेको कुरा कति चाँडै इतिहास बन्दो रहेछ है ! काँकरभिट्टाको यो पूर्वीद्वार (गेट) अब तस्विरमा मात्र । (२०७२)
📷 इन्द्रजीत मुखिया

28/05/2023

बिर्तामोडको मुक्तिचोकमा हात्ती ! सुन्दै अचम्म लाग्ला है ? यो घटना २०६८ मंसिर २६ गतेको हो ।
📷 विनोद पाण्डे

Telephone