Gandaki Madhyamik Bidhyalaya Dharche 2 Runchet Gorkha

Gandaki Madhyamik Bidhyalaya  Dharche 2 Runchet  Gorkha

Shree Gandaki Adharbhut School
Dharche 2 Runchet Gorkha

29/06/2019

Thanks Everybody for 1000+ likes.

25/02/2018

On going Reconstruction Gandaki Lower Secondary School New anti earthquake Building after Gorkha Earthquake. Thanks to Uphill Bothways Education & Relief Foundation Canada.

05/09/2017

Gandaki lower Secondary School, SubHealthPost, Samudaek Bhwan. Youthclub Bhawan In one Frame

Photos from Gandaki Madhyamik Bidhyalaya  Dharche 2 Runchet  Gorkha's post 16/04/2017

गण्डकी नि. मा. बि. २०७३ को नतिजा आनुसार निम्न कछ्या को निम्न बिध्यर्थिहरु उत्तीर्ण भएको छ।

07/12/2016

Thanks Everybody for 500 thumps up for the Gandaki Lower Secondary School.

Photos from Runchet रुन्चेत धार्चे २ गोरखा's post 22/07/2016

Opening Ceremony of 2 New School Building with 2 room each
Thanks to SaveRuralNepal and all the related one.

Shikhar Post » जसले रुन्चेतबासीको मुहारमा खुशीको बहार ल्यायो (फोटो फिचरसहित) 25/05/2016

जसले रुन्चेतबासीको मुहारमा खुशीको बहार ल्यायो

प्रकाश खालिङ/शिखरपोष्ट
माछाखोलाबाट माथि उक्लिएपछि भेटिने गाउँ, जसले खेपेको पीडामा एक छिनमात्रै आफुलाई समाहित गर्दा पनि साच्चिकै रुन मन लाग्छ । चर्चित मनास्लु पदमार्गमा पर्ने त्यो ठाउँ पुग्ने बाटाहरु बाढिपहिरोले छियाछियाँ छन् । अलिकति माथि पुगेपछि अब यो भन्दा माथि त मानव बस्ती नै छैन कि भन्ने अनुभूति हुन्छ । त्यसबीचका अजंग पहाडहरु छिचोल्नुको सास्ती त छदैछ । त्यस्तै कष्टपूर्ण यात्राको लामो अन्तरालपछि अर्थात करिब ६ किलोमिटर दूरी पार गरेपछि एउटा उपत्यका पुगिन्छ ।

जुन उपत्यकाको एउटा कुनामा छ रुन्चेत गाउँ । गोरखा जिल्ला, केराउजा गाविसको वडा नम्बर ५ र ६ मा पर्ने रुन्चेत गाउँका जनता अहिले पनि राज्यविहिन जस्तै भएर आफुलाई गुजारिरहेका छन् । भौगोलिक विकटताका कारण बर्खायाममा आवत जावतसमेत पूर्ण रुपमा बन्द हुने भएकोले बेलैमा खाद्य तथा अन्य आवश्यक सामाग्री जोहो गर्न नसक्दाको बखत ठूलो संकट नै बेहोर्नुपर्छ यो गाउँले ।

गत वर्ष देशमा गएको शक्तिशाली भूकम्पपछि त झनै राज्यको उपस्थितिमा पूर्णविराम लागेको छ । भूकम्पपछि रुन्चेतबासीले सुनाउने न त कुनै माध्यम थियो न सुन्ने कोही थिए । यसबीचमा कति गहिरो खाँडल रहेछ भन्ने कुरा त्यहाँ पुगिसकेपछि मात्र थाहा हुन्छ । यस्तै दयनीय जीवन जिइरहेका रुन्चेतबासीको पीडामा मल्हमपट्टी गर्न पुगेको छ ग्रामिण संरक्षण नेपाल । पंक्तिकारसहितको टोली गत हप्ता रुन्चेत पुग्दा गाउँलेहरु भनिरहेका थिए ‘ग्रामिण संरक्षण नेपाल हाम्रो लागि भगवान भएर आइपुगेको छ’ ।

जुन संस्थाले भूकम्पबाट पूर्ण रुपमा क्षतविक्षत श्री गण्डकी निम्न माध्यामिक विद्यालयको चारकोठे पक्कि भवन निर्माण गरेर रुन्चेतबासीको मुहारमा खुशीका बहार ल्याइदिएको छ । अमेरिकन नागरिकद्धय Jennifer maiarana र Andrew Maiarana तथा स्वीस नागरिकद्धय Manuela Muller र Jennifer Ebling को संयुक्त पहल तथा ग्रामिण संरक्षण नेपालको संयोजनमा उक्त विद्यालयको भवन निर्माण गरेको हो । करिब ४० लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवन नेपाल सरकारको मापदण्डअनुसार बनाइएको संस्थाले जनाएको छ । सो भवन निर्माण गर्नको लागि निक्कै ठूलो जोखिम उठाउनुपरेको अनुभव निर्माण पक्षको छ । स्मरण रहोस् अघोषित भारतीय नाकाबन्दीका कारण देशले पेट्रोलियम पदार्थको चरम अभाव झेलिरहेकै बेला संस्थाले विद्यालय भवन निर्माणको काम धमाधम सुरु गरिसकेकाले सिमेन्ट, फलाम, रड, जस्ता पातालगायत निर्माण सामाग्रीहरु महंगो शुल्कमा हेलिकोप्टर चार्टर गरेर लैजानुपरेको थियो ।

विद्यालयको भवन निर्माण कार्य सम्पन्न गरी गत हप्तामात्रै विदेशी दाताहरुमध्ये स्वीस नागरिकद्धय Manuela Muller तथा Jennifer Ebling र भिजिट हिमालय ट्रेक्सका व्यवस्थापक तथा ग्रामिण संरक्षण नेपालका अध्यक्ष बुद्धिबहादुर खत्री (राजन)ले रिवन काटेर नवनिर्मित भवनको औपचारिक उद्घाटन गर्दै चावी गाउँलेलाई हस्तान्तरण गर्नुभयो । संस्थाले २०७२ फाल्गुनदेखि सुरु गरेको विद्यालय भवन निर्माण कार्य साढे दुईमहिनामै सम्पन्न गरि हस्तान्तरण गरेको हो । यत्ति छोटो समयमा विद्यालयको नयाँ भवन निर्माण गरी हस्तान्तरण गरेपछि गाउँलेहरु निक्कै खुशी भएका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष खत्रीले थुप्रै चुनौतिको बाबजुद्ध यो विद्यालयको पुनःनिर्माण कार्य सम्पन्न भएकोमा आफु अत्यान्तै गौरबान्वित भएको बताउनुभयो । गाउँलेको एकता र जागरुकता अनि दाताहरुको तदारुकताविना यति चाडै विद्यालयको भवन निर्माण कार्य सम्पन्न गर्नु असम्भव रहेको उल्लेख गर्दै उहाँले सहयोगी सबैलाई धन्यवादसमेत दिनुभयो ।

दाताहरुमध्ये विद्यालय उद्घाटनमा पुग्नुभएका स्वीस नागरिकद्धय Manuela Muller र Jennifer Ebling ले भूकम्पको बेला आफुहरु मनास्लु पदयात्रामा रहेको क्षणलाई स्मरण गर्दै भन्नुभयो –‘हामी निक्कै जोखिमपूर्ण यात्रापछि स्वदेश पुग्यौं । घर पुगेपछि हामीले मनास्लु क्षेत्रको त्यो पीडादायी अवस्थालाई सम्झियौं । त्यहीबीचमा ग्रामिण संरक्षण नेपालले विद्यालय निर्माणको संयोजन गरेर आज हामी तपाईहरुको बीचमा छौं । यसरी विद्यालय भवन निर्माण गर्नु हाम्रो लागि धेरै खुशीको कुरा हो । संयोजन गर्ने संस्थालाई विशेष धन्यवाद दिन्छौ । यसलाई संरक्षण गर्ने दायित्व तपाई गाउँलेहरुको हो । यसलाई सधै संरक्षण गरेर राख्नुहोला ।’
२०४५ सालमा प्रावि तहबाट स्थापना भएको उक्त विद्यालय २०५० सालमा निमाविमा स्तरोन्तति गरिएको थियो । अहिले साढे दुई सय जना विद्यार्थी छन् । अहिले विद्यालयमा कार्यरत जम्मा आठमध्ये तीन जना मात्रै शिक्षक दरबन्दी रहेको र बाँकी पाँच जना अहिलेसम्म निजी स्रोतबाटै जेनतेन चलाइएको प्रध्यानाध्यापक इन्द्र उपरकोटीले जानकारी दिनुभयो ।

यसैबीच संस्थाले विद्यालयलाई ह्वाइट बोर्ड, भित्ते घडि, ग्लोबलगायतका सामाग्रसमेत हस्तान्तरण गरियो । ग्रामिण संरक्षण नेपालले गरेको यो नै पहिलो उदाहरणीय काम भने होइन । उसले यसअघि भूकम्पबाट प्रताडित विभिन्न गाउँहरुमा पुगेर राहत वितरण गरेको थियो ।

संस्थाका कोषाध्यक्षसमेत रहनुभएका भिजिट हिमालय ट्रेक्सका प्रबन्ध निर्देशक हिमाल तामाङकाअनुसार संस्थाले यसअघि रसुवाको राम्चेका भूकम्प पीडितलाई राहत सामाग्री वितरण गरेको थियो । त्यस्तै खोटाङको जलेश्वरी, वाकाचोलमा राहत सामाग्री त्रिपाल वितरण गर्नुका साथै दोलखाको सिंगटीमा चामल, नुनलगायत का सामाग्री वितरण गरेको थियो । तामाङले भविष्यमा आवश्यकताअनुसार थप काम गर्दै जाने प्रतिबद्धतासमेत जनाउनुभयो ।

Shikhar Post » जसले रुन्चेतबासीको मुहारमा खुशीको बहार ल्यायो (फोटो फिचरसहित) प्रकाश खालिङ/शिखरपोष्ट माछाखोलाबाट माथि उक्लिएपछि भेटिने गाउँ, जसले खेपेको पीडामा एक छिनमात्रै आफुलाई समाहित गर्दा पनि साच्चिकै रुन मन लाग्छ । चर्चित मनास्लु पदमार्गमा पर्ने त्यो ठाउँ पुग्ने बाटाहरु बाढिपहिरोले छियाछियाँ छन् । अलिकति माथि पुगेपछि अब यो भन्दा माथि त मानव बस्ती नै छैन कि भन्ने अनुभूति...

Timeline photos 08/03/2016

बिहान प्रार्थनाको समयमा बिद्ध्यार्थीहरु, पछाडी भूकम्पले भत्काएर त्रिपालले बारेको छाएको बिद्यालय टहरा!!!

Photos from Save Rural Nepal's post 05/03/2016

Starting Construction of” Shree Gandaki Lower Secondary School”

Photos from Save Rural Nepal's post 03/01/2016

Good News!!

Timeline photos 31/12/2015

Shree Gandaki Lower Secondary School Runchet About 2 Years Ago

09/09/2015

Thanks everyone to 100 Likes for the Runchet School !!!

Runchet School After Earthquake Hit 27/07/2015

Shree Gandaki Lower Secondary School after Earthquake hit

Timeline photos 11/07/2015

ECH está trabajando para ofrecer ayuda directa a la reconstrucción de la escuela de secundaria de Runchet, Gorka (Nepal).

Ésta quedó completamente destruida tras el devastador terremoto, afectando a todos los niños de diversos valles aledaños a los que daba cobertura.

Como siempre y como es lógico, hasta ahora a imperado la ayuda humanitaria de primer orden: rescate, atención sanitaria, habitabilidad y provisiones para subsistir; lo que relega a un segundo escalón, la puesta en servicio de las escuelas afectadas y por tanto, afecta directamente al desarrollo y capacidades futuras de todas esas generaciones.

Estamos haciendo una campaña de recolección de ayuda que, junto con la que disponía el grupo ECH, enviaremos y gestionaremos directamente a través del profesor y máximo responsable de la escuela, como ya hiciésemos en 2013, cuando incorporamos un aula informatizada para que aquellos que saliesen de los valles, no se dieran de cruces con un mundo digital.

Esta vez, por desgracia será distinto, se trata de ayudar a reconstruir la escuela completamente.

Si estás interesado, involucrado, concienciado, si has tenido dudas hasta ahora o simplemente, no te lo habías planteado. No lo pienses más, échales un cable!

Contacto: [email protected]
Donaciones: ES62 1465 0100 97 1719749353 (hasta finales de agosto).

----------------------------------------------------------------------------------

ECH is working to provide direct support to the reconstruction of lower secondary school Runchet, Gorka (Nepal).

It was completely destroyed after the devastating earthquake, affecting all children of different surrounding valleys overlooking which gave its coverage.

As long as it's logical, It prevailed humanitarian aid of the first order: rescue, healthcare, housing and subsistence allowances; which relegates to a second step, the commissioning of the affected schools and therefore directly affect the development and future capabilities of all those generations.

We're doing a campaign to collect support that, joining with the disposal of the ECH group, send and will manage directly through the professor and manager of the school, as we did in 2013, when we incorporate a classroom computerized so that those who depart from the valleys not hitting the ground in a digital world.

Unfortunately, this time will be different, it is about helping to rebuild the school completely.

If you are interested, involved, conscious, if you've had doubts just until now or simply, not to be had arisen. Don't think twice, check a hand!

To contact: [email protected]
Donations: ES62 1465 0100 97 1719749353 (until the end of August).

Timeline photos 11/04/2015

Gandaki Lower Secondary School Runchet

Website

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00