Pawan8848

Hope you enjoy and do not forget to Like, Comments!https://youtube.com/@pwn8848?si=ndq9ZLxQ8bJzz8uY

03/09/2024

कोरियाको बिभिन्न कम्पनीमा हजुरको फाइल पुगिसकेको हुनलाले ID check ✔️ गर्दै गर्नु होला Meditation देखायो भने हजुरलाई हेर्दै छ भन्ने बुझिन्छ छनोट हुनु न हुनु त भाग्य को खेल हो ❤️ आशा गरौ सबैको Issue हुने छ 🇳🇵❤️ 🇰🇷 मेरो तर्फबाट सुभकामना छ सबैको Issue होस् 😍😍😍😍

Committed आउने कामदारको लागी सुचना //Manufactur Exam In Nepal //Eps Topik Exam in Nepal // Korean 02/09/2024

https://youtu.be/UxGG3D--axA?si=dLd03Vouv0RwM11d
सुचना सुचना सुचना ❗

Committed आउने कामदारको लागी सुचना //Manufactur Exam In Nepal //Eps Topik Exam in Nepal // Korean Committed आउने कामदारको लागी सुचना //Manufactur Exam In Nepal //Eps Topik Exam in Nepal // Korean language In Nepali// Eps News ...

02/09/2024

JN sir कोरिया आउनू भएको छ ✈️ अब के भन्ने क्या केटा हरु आफ्नो Student को Issue गराउन आएको हो भन्दै छन् 😅😅 यो नेपाल हैन नि 10k मा प्रधानमन्त्री किने जस्तो हुदैन यहा |
‌के बोल्या भाई के बोल्या 😅

My first Vlog || My First Vlog 2024 || My First Vlog Pawan #MyFirstVlog 02/09/2024

My first Vlog || My First Vlog 2024 || My First Vlog Pawan #MyFirstVlog My first Vlog || My First Vlog 2024 || My First Vlog Pawan

My first Vlog || My First Vlog 2024 || My First Vlog Pawan #MyFirstVlog 31/08/2024

Ronaldo ले YouTube channel खोलेपछि मैले पनि आजै बाट नया Channel खोलेको छु Subscribe गर्दिनुहोला है ❤️
Channel Name ✅Pawan

My first Vlog || My First Vlog 2024 || My First Vlog Pawan #MyFirstVlog My first Vlog || My First Vlog 2024 || My First Vlog Pawan

31/08/2024
31/08/2024

Eps ID खोल्दा यस्तो समस्या देखिएकाे छ 🇰🇷 1,2 दिनमा यो आफै ठिक हुन्छ Website मा केही काम भईरहेकोले यस्तो समस्या आएको हो ❤️

Forestry Sector मा Roster परिवर्तन सम्बन्धी सूचना//Manufactur Exam In Nepal 2025 // Eps Topik Exam 30/08/2024

अब पालो Forestry को 🇰🇷✅✅❤️

Forestry Sector मा Roster परिवर्तन सम्बन्धी सूचना//Manufactur Exam In Nepal 2025 // Eps Topik Exam Forestry Sector मा Roster परिवर्तन सम्बन्धी सूचना//Manufactur Exam In Nepal //Eps Topik Exam in Nepal // Korean language In Nepali// Eps News ...

Photos from Pawan8848's post 30/08/2024

Final list ✨ Forestry मा परिबर्तन हुनेहरुको नाम ❤️

30/08/2024

सूचना !!!

दक्षिण कोरियाबाट नेपाल फर्केका committed श्रमिकले नेपालमा आएपछी eps कार्यालयमा स्वयंम उपस्थिति भई फर्म आफैले भन्नुपर्थ्यो ,अब भोली (sep ,१ बाट लागु हुने गरी) ONLINE बाटै ARRIVAl फर्म भरेर [email protected] मा mail गरेपछी काम सकीन्छ है साथीहरु॥

30/08/2024

चुम भ्यालीका प्रकाशका साहु (टासी) का छोरा छेतेनसँग आज हाम्रो भेट भएको थियो । काठमाडौं बसेर १२ कक्षासम्म पढेका २३ वर्षका छेतेन अहिले सामागाउँमा स्कुल पढाउँछन् । “हामीलाई त धेरैले नराम्रो भने, गाली गरे । हाम्रो कुरा पनि राखिदिनुस् न" - छेतेनले भने ।

छेतेनसँग गरिएका कुराकानी उनकै शब्दमा :

“हामी ठूलो मान्छे हैन । सबैले साहु भने पनि हामी धनी मान्छे पनि हैन । आम्दानी भनेको त्यही किरा मात्र हो । त्यो पनि सँधै भेटिँदैन । बाउ आमाले पढेको पनि छैन । बोल्न पनि जान्दैन । मलाई पहिलाको कुरा त धेरै थाहा छैन । तर सुनेको छु । प्रकाशलाई गाउँमा लिएर जाने चाहिँ मेरो काका हो । हाम्रो गाउँमा दाजुभाइले एउटै श्रीमती बिहे गर्ने चलन थियो । त्यो बेला मेरो बुबा र काकाको एउटै श्रीमती थियो । श्रीमती बित्नुभयो । त्यसपछि काका चाइनाको केरुङमा अर्को बिहे गरेर घरज्वाइँ बस्न जानुभयो । मेरो बुबाले पनि अर्को बिहे गर्नुभयो ।

मेरो आमासँग बुबाको विहे हुनु अगाडिदेखि नै प्रकाश दाइ हाम्रो घरमा हुनुहुन्थ्यो । मेरो बुबा र प्रकाशको उमेर पनि ५-७ वर्ष मात्र फरक होला । प्रकाशले मेरो बुबालाई दाइ (ज्योज्यो) भन्नुहुन्छ अनि मेरो आमालाई चाहिँ दिदी (आचे) भन्नुहुन्छ । हाम्रो घरमा जे पाक्छ त्यही खाएर एउटै परिवार जसरी हुर्केको हो । सामाजिक सन्जालमा आएजस्तो अन्याय गरेको छैन ।

पहिला देखिको चलन चल्ती चाहिँ घरमा दुइटा छोरा मान्छे हुँदा एउटाले घर व्यवहार र खेतीपाती हेर्ने अर्कोले चाहिँ चौंरी हेर्ने । प्रकाशले चौंरी हेर्थ्यो मेरो बुबाले चाहिँ घर खेत हेर्थ्यो ।

हामी सानो थियौं । हामीलाई स्याहार सुसार गरेर हुर्काउने नै प्रकाश दाइ हो । मलाई घरको कामहरु सिकाउने नै उहाँ हो । मैले खास काका भन्नुपर्थ्यो वहाँलाई । तर सबैले पक्का भन्ने भएर म पनि पक्का भन्छु ।

प्रकाशले कहिले पनि पैसाको कुरा गरेन । हामीले पनि गरेनौं । तर बेला बेलामा बाउ आमा खोज्न जान पाए हुन्थ्यो भन्थ्यो । बुबा आमाले पनि बाहिरी संसार खासै देखेको थिएन । कहाँ जाने !

प्रकाश घरको सदस्य जस्तो हो । हाम्रो गाउँमा वर्षेनी घोडे जात्रा हुन्छ । घोडे जात्रामा हरेक घरको प्रतिनिधि भएर छोरा मान्छे जानु पर्छ । हाम्रो घरबाट ड्रेस लगाएर प्रकाश नै जान्थ्यो ।

गोठालाको चलन चाहिँ कस्तो भने - सिजन हुन्छ । गाउँभरिको चौंरीको जिम्मा लिनुपर्छ । रक्सी खाएर जिम्मा लिसकेपछि त्यो सिजन छाड्न मिल्दैन । वचन दिइसकेको हुन्छ । तपाईंहरुले लिएर जाने बेला चाहिँ सिजन सुरु भइसकेको थियो । प्रकाशले रक्सी खाएर जिम्मा लिइसकेको थियो । त्यही भएर पठाउन अफ्ठ्यारो मानेको हो मेरो बुबाले । १० दिनमा ल्याइदिनु भनेको हो । अनि तपाईंहरु पनि अन्जान मान्छे हुनुभयो । नचिनेको मान्छेलाई कसरी आफ्नो घरको मान्छे जिम्मा लगाउनु । त्यही भएर त्यस्तो भनेको हो । साहु भएर त्यस्तो भनेको हैन ।

अनि तलबको कुरामा चाहिँ अब घर परिवार जस्तै भएपछि स्यालरी कसरी दिनु ! के कुरा गर्नु !

अनि हाम्रो गाउँमा बाहिरको मान्छेले किरा टिप्न पनि पाउँदैन । तर प्रकाश दाइले कीरा टिप्दा गाउँको मान्छेले केही भन्दैन । देखे नदेखे जस्तै गरिदिन्थ्यो । अनि कीरा बेचेको पैसाले प्रकाशले चौंरी किन्थ्यो घरकै लागि । अस्ति बाउआमा भेटे पछि पो उसलाई मेरो पनि बाउ आमा रहेछ जस्तो लाग्न थालेको, पैसाको महत्व लाग्न थालेको । उसले जे कमाउँथ्यो हाम्रै घरको लागि खर्च गर्थ्यो ।

उसलाई गोठालो काम मन पर्ने अर्को कारण पनि छ । उसलाई जनावर एकदम मन पर्छ । उ घरमा आउँदा कुकुर विरालोका छाउरा लिएर आउँछ ।
हरेक जनावर उसलाई मन पर्छ । माथि गोठतिर मान्छेहरुले चौंरीका बाच्छाबाच्छीलाई दुध खान दिँदैनन् । तर पक्का दाइले त्यस्तो गर्दैन । लुकी लुकी खान दिन्छ ।

हामीले नागरिकता पनि बनाइदिन खोजेको । तर त्यही हो - मिलेन ।

पाल्जोर भन्ने दाइ छ । अहिले फ्रान्समा छ । हाम्रा बाउ र काकाको बितिसकेकी साझा श्रीमतीको छोरा । उसले चाहिँ प्रकाशलाई धेरै माया गर्छ । उसले र प्रकाशले सँगै समय बिताएका थिए गाउँमा । उ कुरा बुझ्ने छ । पाल्जोरले आफ्नो भागको अंश प्रकाशलाई दिनु भनेका थिए ।

तर नागरिकता नभएर अंश दिन पनि मिलेन । प्रकाशको बिहे पनि गरिदिन खोजेको गाउँमै । तर आफ्नो नागरिकता नभए पछि बच्चाहरुको पनि नागरिकता हुँदैन भनेर प्रकाशले बिहे गर्न मान्नुभएन ।

बुबासँग कुरा भइराख्छ । बुबा पनि खुसि नै हुनुहुन्छ । यत्रो वर्ष बसेको मान्छे माया त लागिहाल्छ नि । सम्बन्धको हिसाबले छोड्न मन थिएन । तर उसको इच्छा ।

केरुङमा बस्ने काकाले १० लाख दिन्छु भनेको छ । अनि फ्रान्समा बस्ने दाइले २ लाख ।

उसलाई भोजपुरमा कसकसले जग्गा दिन्छु भनेको छ रे । दिए हुन्थ्यो । नागरिकता बने हुन्थ्यो । बरु मिल्छ भने त चुमबाटै नागरिकता दिए हुन्थ्यो । उसले हिमाली भेग बुझेको छ । भोजपुर बुझेको छैन । मेरो बिचारमा त उ बाउ आमाको मुख हेरेरै भोजपुर जान लागेको हो । उ फर्केर आउँछ भने त अझै पनि फ्रान्समा बस्ने पाल्जोर दाइले आफ्नो भागको अंश दिन्छु भनेको छ । केरुङ बस्ने काकाले अनि हामीले पनि उसले भोजपुरमा बिहे गरे पनि चुम आएर बिहे गरे पनि बिहे खर्च पनि दिन्छौं भनेका छौं ।

म त अहिले सानो नै छु । तर पनि प्रकाश मेरो बुबा जस्तो मान्छे हो । उसलाई भविष्यमा मैले गर्न सक्ने सबै सहयोग गर्न तयार छु । “

- छेतेन दोण्डुप

29/08/2024

साभारः NEB Results And News

Good News: हराएका वर्षहरूका प्रकाशलाई उनका साहूले पारिश्रमिकस्वरूप कम्तीमा १० लाख दिने भएका छन्। ❤️

P.S. यो कुरा साहूले चुम्नुब्री गाउँपालिकाका अध्यक्षसँग बताएका हुन् भने उक्त गाउँपालिकाले पनि १ लाख दिने भएको छ।

Photos from Pawan8848's post 29/08/2024

Way To Korea 🇰🇷 ✅
२०८१ भाद्र २४ र २६ गते (तदनुसार September 09 & 11, 2024) मा कोरिया जाने कामदारहरुका लागि सूचना ।

28/08/2024

Good morning Everyone

Korean भाषा पास गरेर जान बाकी कति ❓//Manufactur Exam 2025 //Eps Topik Exam in Nepal // Eps News 28/08/2024

https://youtu.be/_7HwYZmHqaA?si=bBAneYDWHGShdqGs
धेरैको माग अनुसारको भिडियो ❤️❤️

Korean भाषा पास गरेर जान बाकी कति ❓//Manufactur Exam 2025 //Eps Topik Exam in Nepal // Eps News Korean भाषा पास गरेर जान बाकी कति ❓//Manufactur Exam In Nepal //Eps Topik Exam in Nepal // Eps News ...

Photos from Pawan8848's post 28/08/2024

HRD कोरियाको Seoul Headquarter ❤️🇰🇷

27/08/2024

FINAL FLIGHT SCHEDULE !!!

२०८१ भाद्र २४ र २६ गते (तदनुसार September 09 & 11, 2024) मा कोरिया जाने कामदारहरुका लागि सूचना ।

डाउन्लोड गर्नुहोस ।
https://epsnepal.gov.np/documents/%e0%a5%a8%e0%a5%a6%e0%a5%ae%e0%a5%a7-%e0%a4%ad%e0%a4%be%e0%a4%a6%e0%a5%8d%e0%a4%b0-%e0%a5%a8%e0%a5%aa-%e0%a4%b0-%e0%a5%a8%e0%a5%ac-%e0%a4%97%e0%a4%a4%e0%a5%87-%e0%a4%a4%e0%a4%a6%e0%a4%a8%e0%a5%81/

26/08/2024

Daiso in South Korea

My favoriite shopping center in Korea where the cheapest price is good 😊😊😊

नेपाली होनी 😃

Nepal to Korea Plane Ticket 31,000 मात्रै // How to get Air ticket on Cheapest Price // Eps Topik 25/08/2024

https://youtu.be/LL9bNRxjl1Q?si=aehsZsKzNNZu628x

Nepal to Korea Plane Ticket 31,000 मात्रै // How to get Air ticket on Cheapest Price // Eps Topik Nepal to Korea Plane Ticket 31,000 मात्रै // How to get Air ticket on Cheapest Price // international flights // Eps Topik ...

25/08/2024

India को चामल , China को लसुन , Canada को तेल , Australia को चना किनेर खाने हामी नेपाली हाम्रो देश स्वतन्त्र हो हामी कसैको गुलाम भएनौं भन्दै फुर्ति लगाउनु पनि बेकारै हो 😥
जे गरे पुर्खाले गरे🇳🇵 मईले म जस्तै युवाले देशलाई चिनाउन अरुको देशमा गएर कुल्ली भन्दा केही गर्न सकेनौ 💔

24/08/2024

TikTok खुलो भनेर Video राख्न लागेको Views त के हो के 🤣🤣🤣

24/08/2024

मेरो मनको कुरा आयो है 👍👍
भाइरलको चक्करमा यौटाले मनगढन्ते कहानी रचेर लेख्दियो -ममता काफ्ले जिउँदो हुँदा उनीले आफ्ना बा-आमा,दाजुभाई अनि आफन्त र साथीहरु सँग श्रीमानको दुर्व्यबहार बारे बताएकी थिइन्।सबैले मिलेर बस्न सुझाव र दबाब दिए रे।

ममता हराएको भनेपछिको बाआमाको भिडियोमा उनीहरुले छोरीले गुनासो गर्ने गरेको कहि भनेका छैनन्।एक हुल मानिस त्यहि रचिएको कथालाई लिएर ममताको बाआमा प्रति आक्रोशित छन्।ममताको बाआमालाई छोरी प्रति घटेको ह्रदयविदारक घटनामा रुने अधिकार पनि छैन रे !

ममताले दुःख पोखेको भनेर जस्ले लेख्यो उस्ले रचेको कहानी हो।उस्ले वास्तविकता के-हो बुझेकै छैन।अनि लाइक-कमेन्ट र शेयर गर्दै सहानुभूती प्रकट गर्नेलाई पनि ममताले आफ्नो दुःख बा-आमालाई सुनाएकी थिइन् कि थिइनन् भन्ने पनि थाहा छैन।

ज्वाईले आफूलाई राम्रो नगर्ने कुरा ममताले बाआमा लाई सुनाएकै भएपनी ममताका बाआमाले सकेसम्म मिलेर बस्नु भनेर छोरीलाई सम्झाउँनु अपराध हो र ?संसारका कुन बाआमाले आफ्नो छोरी ज्वाई मिलेर बसेको हेर्न चाँहदैनन् होला ? फेरी ज्वाई अपराधिक मानसिकताको छ।छोरीकै ज्यान तलमाथी गर्न सक्छ भन्ने लागेको भए उनीहरुले पनि ज्वाई सँग मिलेर बस्न पक्कै भन्ने थिएनन् होला।

गाउँघरमा जन्मी-हुर्केर जीवनभर गाउँकै चार-कुनामा जीवन बिताएका बा-आमालाई आधुनिक समाजको बारेमा धेरै कुरा थाहा हुन्न।छोरीले हिंसा भयो भन्ने बित्तिकै त अलग्गै बस् भन्न सक्ने हिम्मत अनि चेतना पनि हुन्न।ज्वाई बाट छुटिएर बसेपछि छोरीले झन् दुःख पाउँछे होली भन्ने लाग्छ ती बाआमालाई।

हामीले पो अलिअलि जान्यौं-बुझ्यौं देश,दुँनिया घुम्यौं धेरै कुरा देखियो र हिंसा सहेर बस्नु भन्दा स्वतन्त्रता रोज्नु बेस भन्ने चेतना भयो।ती गाउँका अवोध बा-आमालाई यस्ता कुरा थाहा हुन्छ ?

विचरा जीवनभर गाडामा तरकारी बेचेर छोरीलाई भारत सम्म पठाएर नर्सिङ पढाएका बा-आमाले छोरीलाई नर्स पढाउँन कम्ती संघर्ष गरेनन् होला।बा-आमाको संघर्षको कहानी भाइरलको हुटहुटीमा जे-पनि लेख्दिने अनि त्यसकै लहलहैमा लागेर कमेन्ट,लाइक,शेयर गर्दिने जमातले सजिलै नबुझ्न सक्छन्।

छोरीको खुशी र सुखको लागी ममताको बा-आमाले गाडामा तरकारी बेचेर कति धेरै संघर्ष गरेछन् भन्ने कुराले मेरो दिमाख टन्टनी भईरहेको छ।बा-आमाको कठिन संघर्ष अनि छोरीले मिहिनेत गरेर नर्सिङ पढेको कारण अमेरिकामा नर्स भएर आर्थिक रुपमा जीवन एक लयमा चल्दै थियो।अपराधीले छोरीको जीवन नै तहसनहस पारिदियो।कति धेरै पिडामा होलान् बा-आमा।त्यतातिर सहानुभूती राखौं।

आफूलाई अब्बल र बुद्धिजिवी देखाउँने चक्करमा लागेर ममताका अभिभावकलाई गाली गरेर पाप नगरौं।
✍️ Ram Dhungana

24/08/2024

विषय: जानकारी सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा विशेष गरि वर्तमान परिपेक्षमा कोरियन सरकार द्वारा आफ्नो भिषाको दायरा भन्दा बाहिर गई काम/कर्तब्य गर्ने व्यक्तिहरुलाई धरपकड अति तिब्र रुपमा बढाइएको पाईएको हुदा विशेष गरि बिद्धार्थी भिषामा कोरियामा भर्खरै आउनु-भएका तथा रहनु भएका सम्पूर्णलाई अतिनै सतर्क रहन तथा आफ्नो भिषाले दिएको अधिकारको अधिनमा रही काम/ कर्तब्य गर्न NRNA दक्षिण कोरिया हार्दिक अनुरोध गर्दछ ।

मिति २०२४ अगष्ट २२ तारिखको दिन इन्छन ईमिग्रेसनले तीन जना बिद्धार्थीहरुलाई काम गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । तिन जना मध्ये एक जना बिद्धार्थी कोरिया आएको केहि महिना भएको र दुई जना बिद्धार्थीहरु कोरिया आएको एक हप्ता भन्दा कम समय भएको र विश्वविद्यालयसंग सम्पर्क पनि नगरी सिधै काममा गएको भन्ने भुझिएको छ । यस्तो अवस्थामा दक्षिण कोरियाको अध्यागमन नीति अनुरुप दुई जना बिद्धार्थीहरुलाई कुनै पनि हालतमा नेपाल फर्काउने भन्ने तरखर लगभग अन्तिम चरणमा पुगेको रहेछ ।
सो कुराको खबर प्राप्त गरे लगतै NRNA दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ तुरन्तै इन्छन ईमिग्रेसन पुग्नुभएको थियो । तथापी विगतको जस्तो भन्दा जटिल केस भएको भएर उहालाई पनि बिद्धार्थीहरुलाई भेट्न तथा अवस्थाको बारेमा जानकारी लिन अतिनै कठिन भएको थियो । धेरै समयको पर्खाई र त्यस पछि इन्छन ईमिग्रेसनका पदाधिकारी संगको अतिनै लामो र गहन छलफल पछि NRNA दक्षिण कोरियाका अध्यक्षले आफैले जरीवाना तिरेर छुटाउन सफल हुनु भएको छ ।
यो अहिलेको अवस्थाको प्रतिनिधि घटना मात्र हो । यस्तै किसिमको जानकारी NRNA दक्षिण कोरियालाई हप्तामा दुइ देखि तिन पटक सम्म आउने गरेको पनि यहाहरु सम्पूर्णमा जानकारी गर्दछौ र NRNA दक्षिण कोरियाको टिम साथै विशेष गरि NRNA दक्षिण कोरियाका अध्यक्षले आफुले सके सम्मको सहयोग गरि यस्ता विभिन्न समस्याहरुको समाधान गर्दै आउनुभएको पनि यहाहरु सम्पूर्णमा जानकारी गर्दछौ ।
अन्तमा, दक्षिण कोरिया एक बिधि-पद्धति, नियम-कानूनमा चलेको देश भएको कुरा सम्पूर्णलाई राम्रो संग अवगत नै छ । तथापी नियमको बेवास्ता तरी अथवा नियमको उल्लंघन गर्दै यस्ता घटनाहरु बारम्बार दोहोरि रहेको खण्डमा बिद्धार्थी सम्बन्धि अध्यागमन नीति अझ कठोर हुने र भएको नीतिको कार्यान्यवनमा अझै कडाई हुने देखिन्छ । यस्तो भएमा यहाँ रहदै गरेका तथा नव आगन्तुक बिद्धार्थीहरुलाई अझ गाह्रो हुदै जाने पनि देखिन्छ र यस्तो घटनाहरु बारम्बार दोहारी रहेमा NRNA दक्षिण कोरियाले गरि रहेको सहयोग पनि अमान्य हुने/गर्ने पनि हुन सक्ने देखिन्छ ।
तसर्थ नेपालबाट बिद्धार्थी भिषामा कोरिया ल्याउन संचालनरत सम्पूर्ण कन्सल्टेन्सीहरुलाई बिद्धार्थीहरुले कोरियामा रहदा पालना गर्नु पर्ने बिद्धार्थी भिषा सम्बन्धि नियम-कानून, कर्तब्य र अधिकारहरुको राम्रो संग जानकारी दिनुहुन हार्दिक अनुरोधका साथै आफ्नो कन्सल्टेन्सीबाट आएका बिद्धार्थीहरुमा यस्ता किसिमका घटना घटेमा जिम्मेवारी लिई समाधानको लागि अग्रसर रहन NRNA दक्षिण कोरिया हार्दिक अनुरोध गर्दछ । साथै दक्षिण कोरियामा अध्ययनको लागि आउने तथा यहाँ रहनु भएका सम्पूर्ण बिद्धार्थीहरुलाई आफ्नो भिषाले दिएको अधिकारको अधिनमा रही काम/ कर्तब्य गर्न NRNA दक्षिण कोरिया हार्दिक अनुरोध गर्दै सम्पूर्णलाई सचेत रहन आग्रह गर्दछौ ।
साथै NRNA दक्षिण कोरियाले सहयोग गर्न सक्ने बिषयमा NRNA दक्षिण कोरिया अग्रपंक्तिमा रही काम/कर्तब्य गर्दै आईरहेको पनि यहाहरुमा जानकारी गर्दछौ र यहाहरुलाई पनि कुनै किसिमको सहयोग आवश्यक भएमा हामीलाई कार्यालयको सम्पर्क नम्बरमा सम्पर्क गर्न अनुरोध गर्दछौ ।

सम्पर्क नम्बर: ०१०-४८४८-४९२३
इमेल ठेगना: [email protected]

धन्यवाद !
गैर आवासीय नेपाली संघ,
राष्ट्रिय समन्यव परिषद्, दक्षिण कोरिया

24/08/2024

तपाईंले कसैलाई देखेको भरमा उ खुशी र सफल छ भनेर भन्न सक्नु हुन्न हामीले देखिरहेको खुसी उ नहुन पनि सक्छ हामीले देखिरहेको सफलता उसको सुरुवात मात्र पनि हुनसक्छ 💝
Good Morning
Pawan

Send Money From South Korea// Top 5 best Remittance Company // Hanpass Vs JRF GME Vs Gmoney , Sentbe 23/08/2024

https://youtu.be/fcCvDWmIfgg?si=AJQZDXLUs_Bkxmq4
कोरियाबाट नेपाल पैसा पठाउँदा 🇰🇷🇳🇵

Send Money From South Korea// Top 5 best Remittance Company // Hanpass Vs JRF GME Vs Gmoney , Sentbe Send Money From South Korea// Top 5 best Remittance Company // Hanpass Vs JRF Vs GME Vs Gmoney Vs Sentbe #...

23/08/2024

Sad News 😞

७ भदौ, पोखरा । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस त्रिशूली नदीमा खसेको छ ।

पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार रायकाअनुसार अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ । दुर्घटनाको कारणबारे खुल्न बाँकी छ

22/08/2024

Ronaldo ले YouTube खोलेको केही घण्टा मै 10M Subscribe पुगेको छ आफ्नो भने 50k पुगाउनै कति गाह्रो 🤔🤔
लौन Subscribe गर्दिम 🤣
https://www.youtube.com/

Photos from Pawan8848's post 21/08/2024

जानकारी!!!
मिति २०८१ भदौ १७ र १८ गते ( 02 & 03 September, 2024 ) क‌ा‌ लागि दक्षिण कोरिया प्रस्थानको लागि Regular Manufacture/Shipbuilding र Regular Agriculture & Livestock तर्फ र २०८१‌ भदौ १९‌ गते ( 04 September, 2024 ) का लागि Committed worker तर्फको Final flight list..
Pawan8848

21/08/2024

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह संग नेपालका लागी कोरियन राजदुतले शिष्टाचार भेटघाट गरेका छन ।
आशा छ पक्कै राम्रो कामको सुरुवात हुने छ 🇳🇵🇳🇵🇰🇷

TikTok खुल्ने // TikTok Unbanned in Nepal // TikTok News Nepal // TikTok New Update // TikTok Nepal 20/08/2024

https://youtu.be/F8mIaLNvYQQ?si=v4yTbKDW80rcm-aI
Tap Tap. गर्नुहोला 😂

TikTok खुल्ने // TikTok Unbanned in Nepal // TikTok News Nepal // TikTok New Update // TikTok Nepal TikTok खुल्ने // TikTok Unbanned in Nepal // TikTok News Nepal // TikTok New Update // TikTok Nepal ...

Want your school to be the top-listed School/college in Adelaide?
Click here to claim your Sponsored Listing.

Videos (show all)

हराएका बर्षहरु | The Lost Years | हेर्ने कथा | Herne Katha #HerneKatha #TheLostYears
Korea 🇰🇷 #pwn8848 #reelsfacebook #instagramreels #pawan8848
TikTok खुल्ने // TikTok Unbanned in Nepal // TikTok News In Nepal // TikTok New Update // TikTok Nepal
कोरियाको कृषि 🇰🇷❤️ #koreanfood #korean #Epsnepal #vlog #reelschallenge #reelsviralシ
Bidako din Korea ma 🇰🇷🇰🇷 #pwn8848. #viralreelschallenge
Sorry 37 🥹🥹 #pwn8848 #tiktokviral #viralreel #epstopik2024 #epstopikexam #epstopikkorean Pawan8848
My room in South Korea 🇰🇷 #EPSNepal #Shorts #Viral #Reels #ViralReel
Forestry मा कोरिया 🇰🇷 // Work in Korea // Eps Topik Exam #Shorts #YoutubeShorts #Viral #epsnepal #Eps #reelschallenge #f...
Forestry मा कोरिया 🇰🇷 //Korean Language Exam in Nepal // 2025 Manufacturer Exam Date// Eps Topik Exam #KoreanLanguageExa...
Korea Ma agriculture Ma duka xa hoi 😢😢🇰🇷 Pramila bhattarai #epsnepal #epstopikexam #Workinkorea
South Korea Waiting for you 🇰🇷🇰🇷#reelschallenge  #viralreelschallenge  #southkorea #visitkorea2024
कोरियले Caregiver मा भित्राउने कामदार 🇰🇷//Korean Language Exam in Nepal // 2025 Manufacturer Exam Date// Eps Topik Exam#...

Address


Adelaide, SA

Other Education & Learning in Adelaide (show all)
The West End Flower School The West End Flower School
Rear 19 Kingston Avenue
Adelaide, 5031

We live & breathe flowers and make your experience our priority. Casual workshops and career courses

Unicorn Academy Australia Unicorn Academy Australia
Innovation House, Mawson Lakes Boulevard, Mawson Lakes
Adelaide, 5095

Centre for educational excellence where school students' mental and natural prowess and talents are explored and assisted to produce best academic result. Catering Australian curri...

TeachBeyond Australia TeachBeyond Australia
Adelaide

Transformational Education Services. We Go. We Equip. We Partner.

Katrina Ryan - Voice Educator Katrina Ryan - Voice Educator
Adelaide

Elevating voices and cultivating musical excellence through specialised coaching in peak performance.

Australian Institute of Business and Technical Education Australian Institute of Business and Technical Education
47 Waymouth Street
Adelaide, 5000

Advance your career with AIBTE's specialized VET Cybersecurity, Business, and Information Technology courses. Step into a brighter future with Tailored, industry-relevant training....

Ironwood Adelaide Ironwood Adelaide
3/112-118 Rundle Mall
Adelaide, 5000

Transforming Greenlife Education since 2009.

Banksia Park Kindergarten and Playgroup Banksia Park Kindergarten and Playgroup
11 Spring Crescent
Adelaide, 5091

Banksia Park Kindergarten is a Department for Education early childhood service.

Learning Together Communities Northern Adelaide Learning Together Communities Northern Adelaide
2 Woodford Road
Adelaide, 5112

We offer supported playgroups and parenting education groups managed by qualified education staff.