बिहेवारी Australia

Find Your Nepali Life Partner in Australia

23/09/2024

Good Morning

22/09/2024

is it True?

21/09/2024
17/09/2024

Find your life partner today.

17/09/2024

Happy Indra Jatra

13/09/2024

यस्तो विवरण हेर्नको लागि https://biheybari.com यो लिङ्क Click गर्नुहोला ।

13/09/2024

आजकल विवाहका लागि जोडी मिल्न गाह्रो किन भइरहेको छ त?

उच्च अपेक्षा: धेरै मानिसहरू आफ्नो भावी जीवनसाथीबाट उच्च अपेक्षाहरू राख्छन्—जस्तै, राम्रो शिक्षा, राम्रो करियर, राम्रो परिवार पृष्ठभूमि आदि। यी सबै कुरा मिलाउन गाह्रो हुन्छ ।

आफ्नो करियरमा केन्द्रित हुनु: आजकाल मानिसहरू आफ्नो करियर र व्यक्तिगत विकासमा धेरै ध्यान दिन्छन्, जसले गर्दा विवाहलाई प्राथमिकता दिन अलि पछाडि राखिन्छ। करियर र व्यक्तिगत स्वतन्त्रतालाई प्राथमिकता दिँदा विवाह ढिलो हुने गरेको छ ।

प्रविधि र अनलाइन डेटिङ: यद्यपि प्रविधिले धेरै विकल्पहरू दिएको छ, तर योसँगै अन्य चुनौतीहरू पनि आएका छन्। अनलाइन डेटिङ एप्समा धेरै विकल्प हुँदा सही व्यक्ति छनोट गर्न गाह्रो हुन सक्छ, साथै यसले अस्थिरता र अविश्वासलाई पनि बढावा दिइरहेको छ ।

सांस्कृतिक र पारिवारिक दबाब: कतिपय समाजमा जात, धर्म, र पारिवारिक मान्यताहरूले विवाहमा ठूलो प्रभाव पार्छ। यी कुराले गर्दा आफूले खोजे जस्तै जोडी पाउन गाह्रो हुन सक्छ।

आत्मनिर्भरता र स्वतन्त्रता: आजकल मानिसहरू, विशेष गरी महिलाहरू, आत्मनिर्भर भएका छन् र आफ्नो व्यक्तिगत स्वतन्त्रतालाई बढी महत्व दिन थालेका छन्। यसले विवाहलाई प्राथमिकतामा नराख्नेसम्मको स्थिति पनि आइरहेको छ ।

उमेरको सीमाले दिएको दबाब: कतिपय समाजहरूमा विवाहको लागि सही उमेर भनेर मानिने अवधारणाले पनि दबाब सिर्जना गर्दछ। उमेर पुगेको भनेर मानिँदा चाँडै विवाह गर्न दबाब हुने, र उपयुक्त समय नपाउँदा पनि मिल्दो जोडी पाउन कठिनाई भइरहेको छ ।

विशेष गरी माथिका यी कारणहरूले गर्दा अहिले विवाहको लागि उपयुक्त जोडी पाउन गाह्रो भएको हो।

12/09/2024

समाजले महिलामा सिर्जना गरेको भ्रम? Via Onlinekhabar

हाम्रो समाजमा महिलाहरूको भूमिका र उनीहरूको अस्तित्वको परिभाषा एक जटिल र विवादास्पद विषय रहँदै आएको छ। समाजले महिलाहरूलाई विभिन्न भ्रमहरूको जालोमा बाँधेर राखेको छ, जसले उनीहरूको व्यक्तिगत विकास, आत्मसम्मान र समग्र जीवनमा गहिरो प्रभाव पारेको छ। यी भ्रमहरू यति गहिरो गरी जरा गाडेर बसेका छन् कि धेरै महिलाहरू आफैं पनि यी भ्रमहरूलाई आफ्नो पहिचानको अभिन्न अंग मान्न पुगेका छन्।

सुरुवातमै, हामी बाह्य सौन्दर्यको भ्रमलाई हेरौं। समाजले महिलाहरूलाई एक विशेष प्रकारको सौन्दर्यको मापदण्डमा फिट हुनुपर्ने दबाब दिएको छ। लामो कपाल, गोरो छाला, पातलो शरीर-यी सबै ‘आदर्श’ महिलाको परिभाषा बनेका छन्। यो मापदण्ड पूरा गर्न महिलाहरूले आफ्नो शरीरलाई विभिन्न प्रकारका यातना दिनुपर्ने हुन्छ।

उदाहरणका लागि, वाक्सिङ जस्ता पीडादायी प्रक्रियाहरू गर्नुपर्ने वा अप्ठ्यारा र पीडादायी हिल जुत्ता लगाउनुपर्ने बाध्यता। यो भ्रमले महिलाहरूलाई आफ्नो प्राकृतिक सौन्दर्यलाई स्वीकार गर्न र आत्मविश्वासका साथ जीवन बिताउन कठिन बनाइदिएको छ।

यो बाह्य सौन्दर्यको भ्रम सीधै पोशाक र शृंगारको भ्रमसँग जोडिएको छ। समाजले महिलाहरूलाई विशेष प्रकारका लुगा लगाउन, गहनाहरू धारण गर्न र मेकअप गर्न प्रोत्साहित गर्छ। घाँटीमा पोते, हातमा चुरा, निधारमा टीका – यी सबै ‘संस्कारी’ महिलाको पहिचान बनेका छन्। तर के यी बाह्य चिह्नहरूले साँच्चै नै कुनै महिलाको चरित्र वा व्यक्तित्वलाई परिभाषित गर्न सक्छन्? यो प्रश्न हामी सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ।
पोशाक र शृंगारको भ्रमसँगै रङ्गको भ्रम पनि जोडिएर आउँछ। समाजले महिलाहरूलाई केही विशेष रङ्गहरूमा मात्र सीमित गर्ने प्रयास गरेको छ। रातो र गुलाबी रङ्गलाई ‘महिलाको रङ्ग’ भनेर चित्रण गरिन्छ, जबकि अन्य रङ्गहरू, विशेषगरी गाढा रङ्गहरू, पुरुषहरूका लागि छुट्याइएका छन्।

यो भेदभावपूर्ण दृष्टिकोणले महिलाहरूको व्यक्तिगत रुचि र स्वतन्त्रतालाई कुण्ठित गर्छ। अझ दुःखद् कुरा त के छ भने विधवा महिलाहरूलाई रङ्गीन लुगा लगाउन निषेध गरिन्छ, मानौं उनीहरूको खुशी र जीवन्तता उनीहरूका पतिसँगै समाप्त भएको छ।

यी बाह्य भ्रमहरूबाट अझ गहिराइमा जाँदा, हामी महिलाको भूमिका र जिम्मेवारीको भ्रमसँग जुध्नुपर्छ। समाजले महिलालाई मुख्यतया घरको काम र पारिवारिक जिम्मेवारीमा सीमित राख्ने प्रयास गरेको छ। घर सम्हाल्ने, खाना पकाउने, बच्चा हुर्काउने – यी सबै ‘महिलाको काम’ भनेर परिभाषित गरिएका छन्।

यो सोचले महिलाहरूलाई व्यावसायिक र सामाजिक अवसरहरूबाट वञ्चित गर्छ, उनीहरूको व्यक्तिगत विकास र आर्थिक स्वतन्त्रतालाई कुण्ठित गर्छ। यो पितृसत्तात्मक सोचले महिलाहरूलाई घरको चार दिवारभित्र सीमित राख्न खोज्छ, जबकि बाहिरको संसार पुरुषहरूको लागि मात्र हो भन्ने भ्रम फैलाउँछ।

यो भूमिकाको भ्रमसँग जोडिएर आउँछ शिक्षा र आर्थिक स्वतन्त्रताको भ्रम। एकातिर हाम्रो समाजले सरस्वतीलाई विद्याकी देवी र लक्ष्मीलाई धनकी देवीको रूपमा पूजा गर्छ। तर अर्कोतिर, यही समाजले महिलाहरूलाई शिक्षा र आर्थिक स्वतन्त्रताबाट वञ्चित गर्ने प्रयास गर्छ। छोरीहरूलाई स्कूल पठाउन अनिच्छा देखाउने, उच्च शिक्षाको लागि विदेश पठाउन नचाहने र पैतृक सम्पत्तिमा अधिकार नदिने प्रवृत्ति यसैको परिणाम हो। यो विरोधाभासपूर्ण स्थितिले महिलाहरूको शैक्षिक र आर्थिक विकासमा ठूलो बाधा सिर्जना गर्छ।

हामी ‘संस्कारी महिला’को भ्रमलाई हेरौं। समाजले एक विशेष प्रकारको महिलालाई मात्र ‘संस्कारी’ वा ‘आदर्श’ मान्छ- जो चुपचाप सहन्छिन्, प्रश्न गर्दिनन् र समाजका सबै नियमहरूलाई निर्विवाद स्वीकार गर्छिन्। परिवारको लागि भोकै बस्ने, पतिको गोडाको पानी पिएर व्रत तोड्ने र सबै प्रकारका शोषण र दमन सहेर बस्ने महिलालाई ‘आदर्श’ मानिन्छ। यो भ्रमले महिलाहरूको स्वतन्त्र सोच, आत्मसम्मान र व्यक्तिगत विकासलाई कुण्ठित गर्छ।

यी सबै भ्रमहरू एकअर्कासँग गहिरो रूपमा जोडिएका छन् र एक जटिल जाल बनेका छन् जसले महिलाहरूलाई चौतर्फी रूपमा बाँधेर राखेको छ। यो जाललाई तोड्न र महिलाहरूलाई वास्तविक स्वतन्त्रता दिन समाजमा व्यापक परिवर्तन र चेतनाको आवश्यकता छ। यसका लागि केवल कानूनी सुधार मात्र पर्याप्त छैन, बरु हाम्रो सामूहिक मानसिकतामा परिवर्तन ल्याउनु अत्यावश्यक छ।

महिलाहरू स्वयंले पनि यी भ्रमहरूप्रति सचेत हुनु र तिनलाई चुनौती दिनु आवश्यक छ। उनीहरूले आफ्नो वास्तविक क्षमता र सम्भावनाहरूलाई पहिचान गर्नुपर्छ र समाजले थोपरेका सीमाहरूलाई तोड्ने साहस गर्नुपर्छ। शिक्षा, आर्थिक स्वतन्त्रता र आत्मनिर्णयको अधिकार- यी सबै महिला सशक्तीकरणका आधारभूत तत्त्वहरू हुन्।

समानता, सम्मान र स्वतन्त्रताको वातावरण सिर्जना गर्न सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य छ। पुरुषहरूले पनि यी भ्रमहरूलाई चिन्नु र तिनलाई तोड्ने प्रयासमा सहभागी हुनु महत्त्वपूर्ण छ। परिवार, शिक्षा संस्था, मिडिया र समाजका सबै क्षेत्रहरूले यी भ्रमहरूलाई चुनौती दिने र नयाँ, समतामूलक मूल्यहरूलाई प्रवर्धन गर्ने दायित्व लिनुपर्छ।

महिलाहरूमाथि थोपरिएका यी भ्रमहरूलाई चिर्न सजिलो छैन, तर यो असम्भव पनि छैन। यसका लागि निरन्तर प्रयास, संवाद र सामूहिक प्रतिबद्धताको आवश्यकता पर्छ। जब हामी यी भ्रमहरूलाई चिर्न सफल हुन्छौं, तब मात्र हामी एक स्वस्थ, समतामूलक र न्यायपूर्ण समाजको निर्माण गर्न सक्षम हुनेछौं- जहाँ हरेक व्यक्ति, चाहे पुरुष होस् वा महिला, आफ्नो पूर्ण क्षमतासम्म पुग्न सक्षम हुनेछ।

मिश्र नेपाल ल क्याम्पसमा अध्ययनरत विद्यार्थी हुन्।

08/09/2024

जीवनसाथी खोज्ने मन पनि छ तर म्यारीज व्यूरोले Facebook र Tiktok मा विज्ञापन राख्देला भन्ने डरले दर्ता गर्न मन लागेको छैन भने । बिहेवारी म्यारीज व्यूरोले हजुरहरुको विज्ञापन Facebook तथा Tiktok जस्तो सामाजिक संजालमा गर्दैन । हाम्रो आफ्नै Platform मा गर्छौ ।

07/09/2024

Good morning

05/09/2024

विवाह भनेको वन्धन हो तर यस्तो वन्धन हो जहाँ पति र पत्नीले एकले अर्कोलाई विश्वास गरेर स्वतन्त्र छोडिदिन्छ ।
Register at https://register.biheybari.com

01/09/2024

Happy Father's day to all: कुशे औँसीको शुभकामना। ❤️🙏

31/08/2024

बिवाह सम्बन्धित रमाइला प्रसंगहरूः
१ सुकरात भन्नुहुन्छु विवाह चाही गर, असल श्रीमती भए तिमी शुखी हुन्छउ, खराब श्रीमती परे दार्शनिक वन्छउ ।
२ आइन्सटाइन भन्नु हुन्छ विवाहको अवधारणा पक्कैपनि सोच्न नसक्ने ब्यक्तिवाट ल्याएको हुनु पर्दछ ।
३ पूर्वीय संस्कृति भन्छ जन्म, मरण, विवाह भन्नेकुरो स्वर्गमा नै तय भएर आएकाे हुन्छ।
४ अन्य प्रसंगहरूः
क) विवाह भनेको सुनउलो पिंजडा हो, जहां पस्न नपाएकाहरू कतिखेर ढोका खुल्ला होला र पसउला भन्छन तर पसेकाहरू कतिखेर ढोका खुल्ला होला र वाहिर निस्कउला भनेर उचित समयको पर्खाइमा वसिरहेका हुन्छन ।
ख) विहे गरेको भोलिपल्टदेखि पुरूषले आफूलाइ शीरमा जांतो जुन्डिएको जस्तो अनुभव गर्दै आफूलाइ सातवर्ष वुढो भएको ठान्दछ ।
ग) विवाह गर्ने पनि पछुताउंछ नगर्ने पनि पछुताउंछ ।

27/08/2024

मान्छेको आफ्नो आफ्नै सोच हुन्छ । म विहे गरे नि जागिरे केटी गर्छु वा जागिरे केटा गर्छु भन्ने लाग्न सक्छ भने कसैलाई जागिरे भन्दा नि केटा असल वा केटी असल भयो भने त कमाउन सकि हालिन्छ नि भन्ने लाग्छ । यस्तो सोच भएका मान्छेहरुलाई त्यस्तै सोच भएको मान्छेसँग मिलाउनको लागि हो विहेवारी । आजै रजिष्टर गर्नुहोस्

24/08/2024

ममता काफ्ले भट्टको केशले अहिले धेरैको मनमा विवाहलाई लिएर धेरै कुरा खेलिरहेको छ ।

पहिलो कुरा आफ्नो छोराछोरीलाई पढाएर आफ्नो खुट्टामा उभिने बाताबरण सृजना गरिदिनु पर्यो ।

विहे गर्न उमेर पुगेका केटाकेटीको धेरै जनासँग कुरा चलेको हुन्छ । समाजमा धेरै जनासँग कुरा चल्दा नराम्रो सोच्छन् भनेर चित्त नवुझेको, राम्रो जान पिहचान नभएको मान्छसँग विवाह गराइदिन हतार गर्नुभएन ।

धन सम्पत्ति,PR, Greencard, Citizenship भन्दा पनि सकारात्मक तथा नकारात्मक वानी, व्यवहार, माया, रिस, घृणा सबैकुरा वुझेर मात्र विवाहको लागि अगाडी वढ्नु पर्यो ।

छोराछोरीलई विहेको लागि एक अर्कालाई वुझ्न धेरै समय दिनुपर्यो वरु डिभोर्सड वा आफ्नो सन्तान गुमाउनु भन्दा राम्रोसँग वुझेर मात्र उनीहरुको विवाह गराइदिदा सम्बन्ध राम्रो हुन्छ।

छोराछोरीको बिहे पछि पनि उनीहरु खुशी छन् की छैनन्, उनीहरुको सम्बन्ध कस्तो छ? डिभोर्सड भयो भने छोरीलाई यो समाजले के भन्छ छोरी बोझ हुन्छे भन्ने सामाजिक डरले अगाडि वढाउन नसकिने सम्बन्धमा जवरजस्ती छोरीलाई धकेल्नु भएन । यसरी धकेल्दा कतिपयले त आत्महत्या समेत गर्न सक्ने हुन्छ छोरी गुमाउनु भन्दा त वरु छुट्टीएर वस्दा राम्रो हो । आफ्नो खुट्टामा उभिएपछि उनीहरुले कही न केही त अवश्य गर्न सक्छन् ।

बिहे पछि हाम्रो कर्तव्य सकियो होइन , बाचुञ्जेल सन्तानको सुरक्षा हाम्रो हातमा छ भनेर बा आमाले सोच्नु पर्यो ।

यो सबै हामीले हाम्रो अनुभवबाट भनेका हौ ।

24/08/2024

जीवन भन्दा ठूलो जीवनसाथी होइन ।
त्यसैले कुनै पनि सम्बन्धलाई विवाहमा परिणत गर्नु अघि धेरै समय लिनुहोस्, एक अर्कालाई राम्रोसँग चिन्नुहोस्, जान्नुहोस्, वुझ्नुहोस्, त्यो मान्छेको मायामात्र होइन रिस पनि वुझ्नुहोस् । अनि बल्ल निर्णय गर्नुहोस् ।

आफ्नै जीवनसाथीबाट असुरक्षित हुन थालेका छौ । त्यसैले जीवनसाथी छान्दा धेरै नै समय र वुझेर मात्र विवाह गर्नु होला ।

12/08/2024

For more details do message us.

Want your practice to be the top-listed Clinic in Sydney?
Click here to claim your Sponsored Listing.

Address


438 Forest Road, Hurstville
Sydney, NSW
2220

Opening Hours

Monday 10am - 5pm
Tuesday 10am - 5pm
Wednesday 10am - 5pm
Thursday 10am - 5pm
Friday 10am - 5pm
Sunday 9am - 5pm

Other Marriage Therapists in Sydney (show all)
Imago Sydney Relationship Therapy Imago Sydney Relationship Therapy
119 Willoughby Road
Sydney, 2065

Helping couples reconnect through conscious, committed partnership.

BEO Queen TV BEO Queen TV
Sydney, 2170

Welcome to official fan page of BEOQUEEN TV A content creator,A motivational speaker&A social worker

Australian sunnah marriage Australian sunnah marriage
Lakemba
Sydney, 2196

We are Australia based & only work for those who hold aqeedah of Kufr Bit Taghut & Al wala wal Bara

Sydney Islamic Marriage Sydney Islamic Marriage
43-47 Harrow Road
Sydney, 2144

One of the leading Sydney Nikah service organisations that has helped hundreds of Muslim get married.

Nikah Service for Sri Lankans living in Australia and New Zealand Nikah Service for Sri Lankans living in Australia and New Zealand
Sydney

This page is to help Sri Lankan Muslim families settled in Australia and New Zealand for finding groom/bride for their family members so please do not advertise on this group exce...

IAMM IAMM
Suite A15, 24 Lexington Drive, Bella Vista
Sydney, 2153

Indian Australian Match Makers

Cody Butler Cody Butler
91b Grose Street
Sydney

Better Marriage is about helping you to have a passionate, loving, and successful marriage. You can

Amanda Hallam Couples Counselling Amanda Hallam Couples Counselling
Sydney

I’m a Couples Therapist and am passionate about supporting couples to feel more connected

haji rafiq khan astrologer. haji rafiq khan astrologer.
Sydney

love problem marriage problem busniess problem get lost love back one call can change your life

Bangladeshi matrimonial Australian Bangladeshi matrimonial Australian
Sydney

Hey! Wanna hear a story? You want to watch a new video? This is my Facebook FN page Please Follow

Love Doctor Shakazulu Love Doctor Shakazulu
Sydney, 2170

Relationship/Marriage Counselor, OAP, Content Creator, blogger and Entertainer.

Sizzlewerx: Intimacy Coaching & Couples Therapy Sizzlewerx: Intimacy Coaching & Couples Therapy
Sydney, 2011

Challenge sabotaging behaviours, discover true sexual desires & have deeper relationship connections.