Namchi update

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Namchi update, Broadcasting & media production company, Namchi.

Photos from Namchi update's post 16/05/2022

दक्षिण सिक्किम नाम्ची स्थित किसान बाजार परिसरमा सप्ताहव्यापी श्रीमद भागवत माहापुराण कथा साप्तह ज्ञान यज्ञ पुजाकाे मुख्य मंन्त्रीका धर्मपत्नी कृष्ण कुमारी राईकाे करकमलबाट विधिवत रूपमा उद्घाटन गर्नु भयाे। पुजा समिति, नाम्ची द्वारा आयाेजित श्रीमत भागवत पुजा आज देखि आरम्भ भएर आउँदाें २२ मई २०२२ मा समापन हुने आयाेजक समितिले जानकारी गराए। कार्यक्रमकाे प्रारम्भीक सत्रमा शद्धालु भक्तजनहरू द्वारा कलाश यात्रा निकालीएकाे थियाे जाे बुम्टार पानी धारा देखि आरम्भ भएर नाम्ची पुजा मंण्डपमा समाप्त भएकाे थियाे। प्रथमतः मुख्य अथितिकाे बाहुलीबाट अखण्ड ज्याेति प्रज्वालन साथै उद्घाटन दिपक प्रज्वालन गरि पुजाकाे शाेभा बडाइन्। यसै क्रममा मुख्य अतिथिले आफ्नाे छाेटाे सम्बाेधनमा अखण्ड ज्याेतिकाे विशेषता विषयमा प्रकाश पर्दै मानिस पत्दतीमा हुने दाेष तथा समस्यकाे निवारण गर्ने क्षमता निर्माण गर्न सक्षम हुनु पर्ने बताइन्। सप्ताहव्यापी पुजा कार्यक्रममा सिलिगुडीबाट आउनु भएका प्रमुख वाचक देवराज महाराज साथै गान्टाेकका उप वाचक प० रूपनारायण तिमसिनाबाट कथा ज्ञान प्रस्तुत गर्नेछ। यसै क्रममा पुजा समितिका प्रमुख सल्लाहकार भाेजराज राई, प्रमुख संरक्षक गणेश राई, सल्लाहकार सतीस चन्द्र राई, एसजि लेप्चा, अध्यक्ष छिरिङ डेम भुटिया, नारी शक्ति प्रभारी कला सुब्बा, एनएमसि उप अध्यक्ष सबित्री तामाङ, बाल अधिकार संरक्षण सिक्किम आयाेगका अध्यक्ष राेमा तामाङ, एनएमसिका सम्पुर्ण पारषदगण, वरिष्ठ पार्टी कर्याकर्तागण साथै नाम्ची वरिपरिका शद्धालु भक्तजनहरूकाे विशेष उपस्थिति रहेकाे थियाे। साेहि दिन मुख्य मंन्त्रीका धर्मपत्नी कृष्ण कुमारी राई आसाङथाङ्ग ग्राम पन्चयत इकाई अन्तगत सामबुङ्ग पञ्च्यात वार्डमा सामछाेईलिङ्ग गुम्बा साथै सिहं देवी मंन्दिरकाे उद्घाटन कार्यक्रममा औपाचारिक भ्रमण गर्नु भयाे। भ्रमणकाे क्रममा श्रीमती राईले स्थानीय जनताहरू संघ भेटवार्ता गरिन्।

Photos from Namchi update's post 15/05/2022

दक्षिण सिक्किम नाम्ची स्थित ताङसाङ्ग आरचरी खुल मैदानमा २०औं मुख्य मंन्त्री स्वर्ण कप पारम्पारिक आरचरी प्रतियोगिता २०२२ काे समापन समाराेह सम्पन्न भयाे। सिक्किम आरचरी संघकाे सहयाेगमा टेण्डाेङ आरचरी संघले आयाेजना गरेकाे उक्त आरचरी प्रतियोगिता मा सिक्किम सरकारका शहरी विकास तथा अवास विभाग साथै खाद्य एवं नागरिक आपूर्ति विभाग मंन्त्री अरूण उप्रेती प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। मुख्य अतिथिकाे आसानशबाट बाेल्दैं मंन्त्री ले ताङसाङ्ग आरचरी खेल मैदान आरचरी संघलाई दान गरिएकाेमा शुभकामना साथै धन्यवाद दिए। सम्बाेधन गर्ने क्रममा मंन्त्रीले वर्तमान ताङसाङ्ग आरचरी खेल मैदानलाई स्वर्गीय जिक्मी वाङ्गचुक लासाेपा इस्मृती आरचरी खेल मैदान नामले नामकरण सर्व सहमति द्वारा पारित गरियाे। स्मरण गराइन्छ् कि लगभग १२ वटा आरचरी टाेलीहरूले सहभागिता जनाएकाे प्रतियोगिता गत १ मई २०२२ देखि आरम्भ भएकाे थियाे भने आज समापन समाराेह सम्पन्न भयाे। आजकाे फाइनल खेलकाे कार्यक्रममा मुख्य अतिथिकाे बाहुलीबाट विभिन्न व्यक्तितत्वहरू जाेली वाङ्गयाल लासाेपा, साेनाम पिञ्साे ईथेन्पा, आदेन भुटिया, एनटि भुटिया साथै चाेङ्गडा शेर्पालाई
प्रसन्नता पत्र दिएर सम्मान जनाए।
आज खेलिएकाे फाइनल खेल सिच्चे मारभरिक्स गान्टाेककाे भिडन्त ग्रिन तारा गान्टाेक माझमा भएकाे थियाे। २०औं मुख्य मंन्त्री स्वर्ण कप पारम्पारिक आरचरी प्रतियोगिता २०२२ काे उपाधि भिडन्तमा सिच्चे मारभरिक्स गान्टाेकले ग्रीन तारा गान्टाेकलाई २८ काे विरुद्ध ४६ अंक लिएर विजय भए। आज खेलिएकाे फाइनल भिडन्तमा मुख्य अतिथिले विजेता दल साथै उप विजेता दल लाई विजेता ट्रफी साथै उप विजेता ट्रफीकाे नगद रू० दुई लाख अनि रू० एक लाख प्रधान गरे। यसैगरि समापन समाराेहमा वरिष्ठ पार्टी उप अध्यक्ष भाेज राज राई, एनएमसि अध्यक्ष गणेश राई, भवन तथा अवास विभाग अध्यक्ष टाशी दोर्जी तामाङ, सडक तथा पुल विभाग अध्यक्ष साइमन कुलुङ्ग, जिल्ला अध्यक्ष छिरिङ डेम भुटिया, वन तथा पर्यावरन विभाग सल्लाहकार गाेदेन छिरिङ भुटिया, क्षमता काैशल विकास विभाग सल्लाहकार सतिश चन्द्र राई, एनएमसिका सम्पुर्ण पाषदगण, पार्टीका कर्याकर्तागण साथै ११- नाम्ची सिगीथाङ्ग समष्टिका दर्शकहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे। उक्त समापन समाराेहमा स्थानिय विद्यार्थीहरू द्वारा रंगारग संस्कृतिक नित्यहरू पनि प्रस्तुत गरेका थिए। आयाेजक समिति द्वारा मुख्य अतिथि साथै अन्य वरिष्ठ अतिथिहरूलाई इस्मृती चिन्ह प्रधान गरेर सम्मान जनाए।

Photos from Namchi update's post 15/05/2022

दक्षिण सिक्किम नाम्ची स्थित ३०- मिखाेला सिगीथाङ ग्राम पन्चायत इकाई अन्तगत लाेवर मिखाेला वार्ड नम्बर ०२ र अप्पर मिखाेला वार्ड नम्बर ०१मा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकाे बुथ स्तरीय समिति गठन साथै वार्ड स्तरीय समीक्षा सभा सम्पन्न भयाे। यस सभामा लाेवर मिखाेलाका वरिष्ठ नागारीक एवं राष्ट्रिय पुरस्कार द्वारा पुरस्कृित कमल दास राई सभा अध्यक्षकाे रूपमा उपस्थित रहेका थिए। समष्टि स्तरीय समितिकाे तत्वधानमा आयाेजित उक्त समीक्षा सभामा ११- नाम्ची सिगीथाङ समष्टिका प्रभारी गणेश राई, सिएलसि अध्यक्ष टाशी दोर्जी तामाङ्ग, सल्लाहकार गाेदेन छिरिङ भुटिया, दक्षिण सिक्किम महा सचिव प्रभारी एसजे लेप्चा, दक्षिण सिक्किम दक्षिण सिक्किम नारी शक्ति उप अध्यक्ष एवं प्रभारी कला सुब्बा, एनएमसि संयाेजक राजु तामाङ, सिएलसि महा सचिव एवं पारषद नोर्बु भुटिया, सिएलसि नारी शक्ति महा सचिव लासाेङ तामाङ, जिल्ला पञ्च्यात सुरेश राई, सिएलसि संयाेजक दावा तामाङ, नारी शक्ति संयाेजा रिमा गुरूङ साथै स्थानीय गाउँलेहरूकाे विशेष उपस्थिति रहेकाे थियाे। कार्यक्रममा जिल्ला पञ्च्यातले सम्पुर्ण अतिथिगणलाई स्वागत जनाउँदैं अप्पर तथा लाेवर मिखाेला वार्डमा जिल्ला पञ्च्यात काेषबाट गरिएका विभिन्न विकासहरूकाे संक्षिप्तमा जानकारी गराए। सभालाई सम्बाेधन गर्ने क्रममा प्रभारी कला राईले उक्त सभा एसकेएम पार्टी अध्यक्ष प्रेम सिहं तामाङ गाेलेकाे दिशा निर्देश साथै समावेसी राजनीतिक भएकाे कारणले आज समस्त जनताहरूले हक अधिकार एवं सुरक्षा पाएकाे बताइन्। व्यक्तिगत विचारले वार्ड साथै पार्टीलाई
नराम्रो प्रभाव पर्नेछ भन्ने कुरालाई जनसभामा राखिइन्। अब आउँदाें २०२४ काे आम चुनावमा एसकेएम पार्टीले दोश्रो पटक सरकार गठन गर्न संगक्षम भएकाे बताउँदैं बुथ स्तरीय समिति साथै वार्ड स्तरीय समितिका सदस्यहरू पार्टीकाे एक अभिन्न अंग रहेकाे अवगात गराइन्। पार्टी अध्यक्षले नारी शक्तिहरूकाे निम्ति विभिन्न प्रकारकाे लाभदायक याेजनाहरू ल्याएकाे जानकारी गराइन्। सम्बाेधनकाे क्रममा सिएलसि संयाेजकले बुथ स्तरीय समिति तथा वार्ड स्तरीय समिति संगठनकाे महत्वपुर्ण अंग रहेकाे बताए। थप जानकारी गराउँदैं पार्टीकाे हित साथै पार्टी अध्यक्षकाे नेत्त्रित्वलाई आत्मासाथ गरेर पार्टीकाे काम गरिदिने अवाहन गरे। बुथ स्तरीय समितिकाे भुमिका बारे बाेल्दै संयाेजकले वार्डका हरेक मतदाताहरूकाे नामवाली सूची तयार गरिनु पर्ने बताए। अध्यक्ष तामाङले सम्बाेधन गर्दै बुथ स्तरीय समितिकाे उद्देश्य विषयमा आफ्नाे विचार राख्दैं सदस्यहरूले आफ्नाे वार्डकाे प्रतेक मतदाताहरूकाे डाटा सङ्ग्रह गर्नु पर्ने भनी सभामा जानकारी गराए। पच्चीस वर्षकाे शासनकालमा थातीमा रहेकाे विकास कार्यहरू तीन वर्ष नबित्दैं एसकेएम सरकारले पूरा गरि रहेकाे जनसभालाई जानकारी गराए। थप बताउँदैं नयाँ पुरानाे भन्ने विचार नराखेर एक जुट भएर समष्टि तथा पार्टीकाे निम्ति काम गरिदिने अवाहन गरे।कार्यक्रमलाई सम्बाेधन गर्दै छेत्र प्रभारी गणेश राईले सरकारबाट उप्लब्द हुने धेरै प्रकारकाे सहुलियतहरूकाे छाेटकारीमा सभालाई जानकारी गराए। वार्ड स्तरीय समितिका सदस्यहरूलाई सरकारी सहुलियतकाे लाभार्थीहरूकाे सहि तरिकामा शुचि बनाई दिने अवाहन गरे। सिक्किम गरीब अवास याेजना विषय माथि प्रकाश पर्दै अध्यक्षले वार्डमा पाउँनु पर्ने जनताहरूलाई दिने प्रतिवदाता जनाए। नारी सशक्तीकरणकाे महत्व बारे अवागत गराउँदैं गाउँकाे चेली नारीहरूलाई अघि आई विभिन्न प्रकारकाे याेजनाहरूकाे लाभ उठाउने सम्पुर्णलाई अवाहन अध्यक्षले गरे। उक्त सभामा लाेवर मिखाेलाका वर्तमान पञ्च्यात बुद्ध राज राईले विपक्षी एसडिएफ पार्टी त्यागी सत्तारूढ एसकेएम पार्टीमा आधिकारिक रूपमा सामेल भए। अप्पर मिखाेला साथै लाेवर मिखाेला पञ्च्यात वार्डबाट बुथ स्तरीय समितिकाे निम्ति कुल छ जना सदस्यहरूलाई मनाेनित गरे। कार्यक्रममा जनताजनारधन समक्ष अन्तरक्रिया कार्यक्रम पनि राखेकाे थियाे।

10/05/2022

दक्षिण सिक्किमकाे १२- मल्ली समष्टि अन्तर्गत भिमबिरे ७ माइल सुम्बुकमा ४७ औं अन्तर राज्य हात्तेभकुण्डाे प्रतियोगिता २०२२ सम्पन्न भई रहेकाे छ। सुम्बुकका युवाहरू द्वारा आयाेजित उक्त प्रतियोगिता "ड्रग्स मुक्त सिक्किम" विषयवस्तुलाई समिटेर आयाेजना गरिएकाे जानकारी गराए। आज खेलिएकाे प्रतियोगिताकाे खेलमा राज्य स्तरीय संगठनका माह सचिव प्रवित्र मानव मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। यसै गरि भवन तथा अवास विभागका अध्यक्ष टाशी दोर्जी तामाङ विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए भने छेत्र प्रभारी तिलक बस्नेतकाे विशेष उपस्थिति थियाे। आज खेलिएकाे हात्तेभकुण्डाे खेल अजय XI काे भिडन्त वाईएसविसि दरमदिनकाे माझमा खेलिएकाे थियाे। जसमा वाईएसविसि दरमदिनले अजय XI लाई १ सेटकाे विरुद्ध ३ सेट हासिल गरि विजय बने। यस्तै प्रकारले खेलिएकाे खेलमा बिडिओ निलकण्ड भन्डारी, ड० राेशन प्रधान, दक्षिण सिक्किम युवा प्रकोष्टका महा सचिव बन्दन तामाङ, पञ्च्यातगण साथै गाउँहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे। उक्त प्रतियोगिता गत ३ मई देखि आरम्भ भएकाे थियाे भने आउँदाे १६ मईकाे दिन फाइनल खेल खेलिने आयाेजक समितिले जानकारी दिए। कार्यक्रममा रंगारंङ्ग संस्कृतिक नित्यहरू पनि प्रस्तुत गरेका थिए।

Photos from Namchi update's post 07/05/2022

दक्षिण सिक्किम २८- मणिराम फालीडाँडा ग्राम पन्चायत इकाई अन्तगत भञ्जयाङ्ग वार्ड नम्बर ०५ मा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकाे बुथ स्तरीय समिति गठन साथै वार्ड स्तरीय समीक्षा सभा सम्पन्न भयाे। यस सभामा भञ्जयाङ्ग वार्डका वरिष्ठ नागारीक मदन कुमार प्रधान सभा अध्यक्षकाे रूपमा उपस्थित रहेका थिए। उक्त समीक्षा सभामा ११- नाम्ची सिगीथाङ समष्टिका प्रभारी गणेश राई, सिएलसि अध्यक्ष टाशी दोर्जी तामाङ्ग, सल्लाहकार गाेदेन छिरिङ भुटिया, दक्षिण सिक्किम महा सचिव प्रभारी एसजे लेप्चा, दक्षिण सिक्किम खेलकुद प्रकोष्टका उप अध्यक्ष निमा शेर्पा, सिएलसि नारी शक्ति महा सचिव लासाेङ तामाङ, सिएलसि संयाेजक दावा तामाङ, चालाक मोर्चा उप अध्यक्ष सुबास तामाङ, मणि प्रताप तामाङ,सिएलसि संयाेजक स्याम सुब्बा साथै स्थानीय गाउँलेहरूकाे विशेष उपस्थिति रहेकाे थियाे। सभालाई स्वागत जनाउँदैं वार्ड अध्यक्ष प्रदीप मंगरले वार्डमा भएकाे गतिविधि माथि आफ्नाे विचार राखे। यस्तै प्रकारले सिएलसि नारी शक्ति संयाेजा रिमा गुरूङले भञ्जयाङ्ग वार्ड नारी शक्ति कर्याकर्ताहरूलाई अघि आई पार्टीकाे काम गरिदिने अवाहन गरिन्। एसकेएम पार्टीकाे उदेश्य तथा नीति सिद्धान्त बारे बताउँदैं पार्टी हारेमा सम्पुर्ण कर्याकर्ताहरू हारेकाे सभालाई जानकारी गराईन्। सभालाई सम्बाेधन गर्दै दक्षिण सिक्किम महा सचिव प्रभारी एसजे लेप्चाले प्रजातान्त्रिक ढाँचामा बुथ स्तरीय समितिकाे एकधमै महत्वपुर्ण भुमिका रहेकाे बताए। हाेशयारीपुर्वक बुथ स्तरीय समितिले काम गर्नु पर्ने सभालाई जनाए।सिक्किम सरकारले सिक्किमे जनताकाे स्वस्थ्यलाई ध्यानमा राखेर धेरै प्रकारकाे स्वस्थ्य सुविधाहरू शुरू गरेकाे बताए। सिएलसि अध्यक्ष टाशी दोर्जी तामाङ्गले आफ्नाे सम्बाेधनमा बुथ स्तरीय समिति गठन गरिनुकाे उदेश्यमा बाेल्दैं पार्टी अध्यक्षकाे दिशा निर्देशनमा गाउँ घरका जनताहरूकाे समस्याकाे हल गर्न हेतु सभाहरू सम्पन्न भई रहेकाे बताए। थप जानकारी गराउँदैं बुथ स्तरीय समितिका सदस्यहरूकाे निम्ति दुई दिने प्रशिक्षण शिविर आयाेजना गरिने बताए। पार्टी तथा पार्टी अध्यक्षकाे निर्णयलाई शिराेपर गरि काम गर्नु नै समितिकाे कर्तव्य तथा जिम्मेवारी हाे भनी बताए। बुथ स्तरीय समितिकाे सदस्यहरूले आफ्नाे वार्डकाे प्रतेक मतदाताहरूकाे समस्यहरूकाे समाधान गर्नु नै समितिकाे मूल उदेश्य हाे भनी बताए। वार्डकाे गुणस्तरीय विकास गर्न वार्ड पन्च्यात संग मिलेर काम गर्ने वार्ड स्तरीय समितिलाई अवाहन गरे। समष्टि प्रभारी गणेश राईले जनसभालाई सम्बाेधन गर्दै नव गठित समितिका सदस्यहरूलाई पञ्च्यात भन्दा अधिक राम्रो काम गरिदिने अवाहन गरे। विभिन्न प्रकारकाे सरकारी सहुलियतहरूकाे विषयमा संक्षिप्तमा बताउँदैं आउने भविष्यमा सम्पुर्ण जनता जनारधनहरूले क्रमशैले सरकारी सहुलियतकाे लाभ उठाउँनु पाउने जानकारी गराए। सिड सेल प्रकोष्टकाे विषयमा बताउँदैं शिक्षित युवाहरूलाई अघि आई लाभ उठाउने सुझाव राखे। कार्यक्रममा भञ्जयाङ्ग वार्डबाट कुल तीन जना सदस्यहरू बुथ स्तरीय समितिका निम्ति मनाेनित गरे। यस्तै प्रकारले उक्तसभामा अन्तरक्रिया कार्यक्रम पनि आयाेजना गरिएकाे थियाे।

Photos from Namchi update's post 06/05/2022

A fifth day of 20th Chief Minister Gold Cup Traditional Archery Tournament (Compound) 2022 was held at Tangsang Archery Field, Namchi, South Sikkim. The archery match was grace by SKM Vice President Lobzang Bhutia as chief guest. He was also accompanied by CLC President BP Sharma, CLC Nari Shakti Joint Sect. Yasodha Chettri, CLC Coordinator Karma Gyamtso Lama, Tourism Wing Coordinator Phungsung Bhutia, members of organising committee and presence of local villagers. The event was organised by Tendong Archery Club under the banner of Sikkim Archery Association. The fifth day archery match was played between Sichey Mavericks and Tathangchen ( White). The match was played on knockout basis. In the 20 round game both the archery team score equal point 42 - 42 points. In the end of the game Sichey Mavericks was declared winner of the game against Tathangchen white by scoring 2 more point in the panelty shotout. Now, Sichey Mavericks of Gangtok was selected for the next round of the tournament. The final match of the tournament will played on 15th of May 2022 here at Tangshang Archery Field.

Photos from Namchi update's post 05/05/2022

आज २० औं मुख्य मंन्त्री स्वर्ण कप पारम्परिक आरचरी प्रतियोगिता (कम्पाउण्ड) २०२२ काे चाैथाें दिनकाे खेल नाम्ची स्थित ताङसाङ आरचरी खेल मैदानमा सम्पन्न भयाे। टेण्डाेङ आरचरी कल्ब साथै सिक्किम आरचरी संघकाे संयुक्त आयाेजनामा आयाेजित प्रतियोगितामा राभाङ्ग निवासी सरकारी ठिकेदार एंव समाज सेवक साेनाम थिंनले मुख्य अतिथिका रूपमा उपस्थिति रहेका थिए। यस्तै प्रकारले उक्त खेलका ११-नाम्ची सिगीथाङ समष्टिका प्रभारी गणेश राई, वरिष्ठ नागारीक केबि राई, पुर्व अध्यक्ष साेनाम भुटिया, आयाेजक समितिका सदस्यगण साथै गाउँलेहरूकाे विशेष उपस्थिति रहेकाे थियाे। चाैंथाे दिनकाे खेल मेनामला राबाङकाे सामना नाभे समेताक गान्टाेककाे माझमा भिडन्त भएकाे थियाे। जसमा नाभे समेताक गान्टाेकले मेनामला राबाङ्गलाई ०४ विरुद्ध ४६ लिएर अघिलाे चरनमा पुगेकाे छ। आयाेजा समिति द्वारा मुख्य अतिथिलाई इस्मृती चिन्ह प्रधान गरेका थिए।

Photos from Namchi update's post 05/05/2022

टेण्डाेङ्ग आरचरी क्लब, नाम्चीकाे तत्वधानमा आयाेजित २० औं मुख्य मंन्त्री स्वर्ण कप परम्परागत आरचरी प्रतियोगिता (यौगिक) २०२२ काे तेस्रो दिनकाे खेलमा सि एल सि काेषाध्क्षय के बि तामाङ्ग मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। नाम्ची स्थित ताङसाङ्ग आरचरी खेल मैदानमा खेलाएकाे प्रतियोगितामा सडक तथा पुल विभागका डि ई वसन्त गुरूङ्ग, जे ई साङ्गे भुटिया, सिक्किम आरचरी संघका महा सचिव ग्यालछेन भुटिया, आयाेजक समितिका सदस्यगण साथै गाउँलेहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे। सिक्किम आरचरी संघकाे देखरेखमा समपन्न प्रतियोगितामा सिक्किम साथै प० बंगालबाट कुल १२ वटा दलहरूले सहभागिता जनाएकाे छ। यस प्रतियोगितामा टेण्डाेङ्ग आरचरी क्लबले विजेता दललाई नगद राशी रू० दुई लाख अनि उप विजेता दललाई रू० एक लाखकाे साथमा आकर्षक ट्रफी पनि प्रधान गरिने आयाेजक समितिले जानकारी गराए। प्रतियोगिताकाे तेस्रो दिनकाे खेल ताथाङ्गचेन (रेड) काे भिडन्त सेराबाे (मंगन) काे माझमा भएकाे थियाे। बीस राउण्डकाे खेलमा ताथाङ्गचेन (रेड)ले सिराबाे (मंगन) लाई ३६ अंककाे विरुद्ध ४६ अंक लिएर अघिलाे चरणकाे निम्ति चयन भएका छन्।

02/05/2022

दक्षिण सिक्किमकाे ११- नाम्ची सिगीथाङ्ग समष्टि अन्तरगत् २८- मनिराण फालीडाँरा ग्राम पन्चायत इकाईकाे मणिराम वार्ड साथै आले वार्ड सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकाे बुथ स्तरीय समिति गठन साथै वार्ड स्तरीय समीक्षा सभा मणिराममा सम्पन्न भयाे। यस समिति गठन सभामा मणिराम वार्ड साथै आले वार्डका वरिष्ठ नागारीक साेम छिरिङ तामाङ तथा नाकथाङ्ग भुटिया सभा अध्यक्षकाे रूपमा उपस्थित रहेका थिए। यसैगरी सभामा नाम्ची नगर परिषदका अध्यक्ष एवं छेत्र प्रभारी गणेश राई, सि एल सि अध्यक्ष टासी दोर्जी तामाङ्ग, सल्लाहकार गाेदेन छिरिङ भुटिया, दक्षिण सिक्किम नारी शक्ति उप अध्यक्ष कला सुब्बा,दक्षिण सिक्किम महा सचिव उपस्थिति रहेकाे। कार्यक्रमलाई सम्बाेधन गर्दै सि एल सि अध्यक्ष टासी दोर्जी तामाङ्गले पार्टीलाई बलियाे बनाउन युवाहरूकाे एकधमै महत्वपूर्ण भुमिका रहेकाे बताउँदैं आफ्नाे पन्ञ्यात वार्डकाे विकास गर्न हेतु प्रकारकाे कार्यक्रमहरू तयार गरेर राख्ने अवाहन गरे। शिक्षित युवाहरूलाई सरकारबाट उप्लब्द हुने सरकारी याेजनाहरूकाे लाभ उठाउने जानकारी गराए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकाे समावेसी राजनैतिक नै पार्टीकाे मूल सिद्धान्त रहेकाे बताउँदैं वार्ड पन्चायतहरू पार्टी संग मिलेर जनताकाे काम गर्ने अवाहन गरे। छेत्र प्रभारी गणेश राईले नव गठित समितिका सदस्यहरूलाई राम्रो प्रकारले पार्टीकाे काम गरिदिने अवाहन गरे। सभालाई विभिन्न सरकारी सुलियतहरूकाे जानकारी गराउँदैं बुथ स्तरीय समिति तथा वार्ड स्तरीय समितिकाे विशेषता तथा उदेश्य बारे संक्षिपमा अवगात गराए। कार्यक्रममा मिडल फालीडाँडा निवासी धिताश तामाङ्गले विपक्षी पार्टी त्यागेर सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल भए। यस सभामा महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम पनि राखिएकाे थियाे।

02/05/2022

अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे उप्लक्ष्यमा नाम्ची नगर परिषद्ले श्रमिक दिवस भव्यताका साथ पालन गयाे। उक्त दिवसमा
सहायक नर्सिङ अधीक्षक हेमाला राई मुख्य अतिथिका रूपमा उपस्थित रहेकी थिइन्। यसैगरि दिवसमा नाम्ची नगर परिषद्का अध्यक्ष गणेश राई, उप अध्यक्ष सबित्री तामाङ्ग, दक्षिण सिक्किम नमरी शक्ति महा सचिव एंव प्रभारी कला सुब्बा, नाम्ची नगर परिषद्का सम्पुर्ण पारषद्गगण साथ साथै नाम्ची नगर परिषद्का सम्पुर्ण सफाई कर्मचारीहरूकाे विशेष उपस्थिति रहेकाे थियाे। कार्यक्रमलाई स्वागत जनाउँदैं प्रमुख कार्यकारी अधिकृत लाक्पा ग्याल्पाे शेर्पाले श्रम दिवसकाे इतिहास बारे जागारूक गराउँदैं मुख्य मंन्त्रीका धर्मपत्नि श्रीमती कृष्ण राई प्रति आभार प्रकट गरे। सफाई कर्मचारीहरूलाई बधाई दिदैं कर्मचारीहरूकाे काम प्रतिकाे लगनशीलता साथै महत्व एंव उदेश्य बारे कार्यक्रममा जानकारी गराए। सफाई कर्मचारीहरूकाे जिम्मेवारी विषयमा बाेल्दैं नाम्ची परिसरलाई सफा राख्न ईमानदारीपूर्वक आफ्नाे काम गरिदिने कार्यक्रमलाई अवाहन गरे। यस्तै प्रकारले पालन गरिएकाे श्रम दिवसमा हरेक सफाई कर्मचारीहरूलाई एक एकवटा न्यानाे ब्ल्याङकेट साथै केही नगद राशी मुख्य अतिथिकाे बाहुलीकाे वितरण गरियाे। लगभग ३४ जना सफाई कर्मचारीले प्राप्त गरेकाे सम्पुर्ण ब्ल्याङकेटहरू मुख्य मंन्त्रीका धर्मपत्नि श्रीमती कृष्ण राईकाे मायाकाे प्रतिक स्वरूप प्राधन गरिएकाे थियाे।

02/05/2022

टेण्डाेङ्ग आरचरी क्लब, नाम्ची साथै सिक्किम आरचरी संघकाे संयुक्त आयाेजनामा २०औं मुख्य मंन्त्री परम्परागत आरचरी प्रतियोगिता (यौगिक) २०२२ काे नाम्ची स्थित सिगीथाङ्ग ताङसाङ्ग क्षेत्रमा शुआरम्भ भयाे। आजकाे पहिलाे दिनका प्रतियोगितामा ०९- रालाङ्ग बरफुङ्ग समष्टिकाे विधायक टाशी थेन्डुप भुटिया मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। यस्तै प्रकारले आरचरी प्रतियोगितामा ११-नाम्ची सिगीथाङ छेत्रका प्रभारी गणेश राई, भवन तथा अवास विभागका अध्यक्ष टाशी दोर्जी तामाङ, पुर्व अध्यक्ष साेनाम पिन्साे भुटिया, पारषद् पेम नोर्बु भुटिया, दक्षिण सिक्किम नारी शक्ति महा सचिव कला सुब्बा, दक्षिण सिक्किम महा सचिव अरूण राई, लसुङ्ग नामसुङ्ग समितिका सम्पुर्ण सदस्यगणका साथ साथै स्थानिय गाउँलेहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे। आरचरी प्रतियोगिताकाे प्रथम दिन खेलिएकाे खेल ताथाङ्गचेन व्हाइट, गान्ताेककाे भिडन्त के आर जि रालाङ्ग माझमा खेलिएकाे थियाे। जसमा ताथाङ्गचेन व्हाइट, गान्ताेकले के आर जि रालाङ्गलाई १२ अंककाे विरुद्ध ६० अंक लिएर अघिलाे चरणकाे निम्ति चयन भएका छन्। टेण्डाेङ्ग आरचरी क्लब, नाम्चीले यस वर्ष २५ वर्ष पुगेकाे खुशयालीमा रजत जयन्ती मनाएकाे जानकारी गराए। आयाेजक समिति द्वारा मुख्य अतिथि साथै सम्पुर्ण अतिथिगणहरूलाई इस्मृती चिन्ह गरेर सम्मान जनाए।

Photos from Namchi update's post 30/04/2022

दक्षिण सिक्किमकाे ११- नाम्ची सिगीथाङ्ग समष्टि अन्तरगत् ३१- बुम्टार सल्लेबुङ्ग ग्राम पन्चायत इकाईकाे तिन्जीर वार्डमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकाे बुथ स्तरीय समिति गठन साथै वार्ड स्तरीय समीक्षा सभा तिन्जीरमा सम्पन्न भयाे। यस समिति गठन सभामा तिन्जीर वार्डका वरिष्ठ नागारीक तुलसी दरनाल सभा अध्यक्षकाे रूपमा उपस्थित रहेका थिए।
यसैगरी सभामा नाम्ची नगर परिषदका अध्यक्ष एवं छेत्र प्रभारी गणेश राई, सि एल सि अध्यक्ष टासी दोर्जी तामाङ्ग, दक्षिण सिक्किम नारी शक्ति उप अध्यक्ष कला सुब्बा,दक्षिण सिक्किम महा सचिव अरूण राई, समष्टि नारी शक्ति महा सचिव लासाेङ तामाङ, पन्चायत सभमपति प्रेम सिला राई, पन्चायत सदस्य इनाेश राई, सि एल सि संयाेजक दावा तामाङ्ग, पार्टी कर्याकर्तागण साथै तिन्जीर वार्डका जनताहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे।सभालाई सम्बाेधन गर्दै स्थानीय नागारीकले गाउँ घरले देखेकाे समस्याकाे हल गर्न हेतु सरकार समक्ष केही महत्वपूर्ण मांगहरू राखे जस्तै तिन्जीर वार्डकाे सामुहिक विकास साथै तिन्जीर देखि देन्चुङ सम्म सडक विस्तार गरिनु पर्ने जस्ता मांगहरू राखे। तिन्जीर वार्डका सम्पुर्ण जनताहरूलाई सामुहिक विकासकाे निम्ति अघि आउने अवाहन गरे।कला सुब्बाले आफ्नाे सम्बाेधनमा बाेल्दैं बुथ स्तरीय समिति गठन साथै वार्ड स्तरीय समीक्षा सभा एक महत्वपुर्ण सभा रहेकाे बताइन्। "आमा साथै बहिनी" जस्ताे महत्वपूर्ण याेजनाहरू विषयमा सभालाई जागारूक गराइन्। सि एल सि अध्यक्ष टासी दोर्जी तामाङ्गले सभालाई सम्बाेधन गर्दै प्रतेक समष्टिकाे पार्टी कर्याकर्ताहरूकाे दहित्वलाई बाेध गराउदैं पन्चायत वार्डका जनताहरूकाे मांगहरू साथै समस्यहरूलाई पार्टी अध्यक्ष समक्ष पुराउने एक महत्त्वपूर्ण कर्तब्य हाे भनी बताए। बुथ स्तरीय समितिकाे उद्देश्य विषयमा आफ्नाे विचार राख्दैं सदस्यहरूले आफ्नाे वार्डकाे प्रतेक मतदाताहरूकाे डाटा सङ्ग्रह गर्नु पर्ने भनी सभामा जानकारी गराए। हालैमा एस के एम सरकारले गठन गरिएकाे सिड सेलकाे अवधारणा सभा समक्ष सि एल सि अध्यक्षले राखे। समिति गठन सभालाई सम्बाेधन गर्दै नाम्ची नगर परिषदका अध्यक्ष एवं छेत्र प्रभारी गणेश राईले सरकारबाट उप्लब्द हुने धेरै प्रकारकाे सहुलियतहरूकाे छाेटकारीमा सभालाई जानकारी गराए। नारी सशक्तीकरणकाे महत्व बारे अवागत गराउँदैं गाउँकाे चेली नारीहरूलाई अघि आई विभिन्न प्रकारकाे याेजनाहरूकाे लाभ उठाउने सम्पुर्णलाई अवाहन अध्यक्षले गरे। एस के एम सरकार साथै विभागकाे संयुक्त तत्वधानमा तिन्जीर पन्चायत वार्डका लगभग ३५ परिवारहरूलाई २-२ मन गरि उच्च प्रजातीकाे अदुवा वितरण गरियाे।

Photos from Namchi update's post 29/04/2022

सिक्किम सरकारी महाविद्यालय, नाम्ची साथै उच्च शिक्षा निर्देशनालय,शिक्षा विभाग, सिक्किम सरकारकाे संयुक्त तत्वाधानमा महिना व्यापी बहु-विषयक शैक्षिक समागमकाे सिक्किम सरकारका संसद सदस्य इन्द्र हाङ सुब्बाले विधिवत रूपमा उद्घाटन गरे। पहिलाे दिनकाे समागम कार्यक्रममा संसद सदस्य मुख्य अथितिका रूपमा उपस्थित रहेका थिए। राष्ट्रिय उच्चतर शिक्षा अभियान द्वारा वित्त पोषित गरिएकाे समागमलाई राष्ट्रिय मूल्याङ्कन तथा प्रत्यायन परिषद्ले बि श्रेणी द्वारा मान्यता प्राप्त हाे। यस्तै प्रकारले पहिलाे दिनकाे समागम कार्यक्रममा अध्यक्ष सैमन कुलुङ राई, अध्यक्ष के बि राई, अध्यक्ष फुरदेन लेप्चा, सल्लाहकार भगिरथ राई, सचिव शिक्षा विभाग अनिल राज राई, मुख्य मंन्त्रीका शिक्षा सल्लाहकार एम पि सुब्बा, सिक्किम सरकारी महाविद्यालयका प्राचार्य दिपक तिवारी, महाविद्यालयका शिक्षक शिक्षिकागण साथै महाविद्यालयका विद्यार्थीहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे। सर्वप्रथम मुख्य अतिथि साथै अन्य विशिस्ट अतिथि द्वारा दिप प्रज्वालन गरि कार्यक्रमलाई स्वागत जनाए। प्राचार्य दिपक तिवारीले महाविद्यालयकाे उद्देश्य साथै कार्यक्रमकाे विशेषता सम्बन्धि कार्यक्रमलाई अवागत गराए। थप बताउँदैं शैक्षिक समागम जस्ताे कार्यक्रमले विद्यार्थी हरूलाई शिक्षाकाे छेत्रमा कुशल बनाउन सहयाेग पुराउने बताए। सम्बाेधनकाे क्रममा सचिव अनिल राज राई आयाेजक समितिलाई महिना व्यापी कार्यशाला आयाेजना गरेकाेमा बधाई दिदैं
महाविद्यालयका सम्पुर्ण विद्यार्थीहरूलाई शैक्षिक समागम जस्ताे प्रतेक कार्यशालाहरूमा आफ्नाे सक्रिय सहभागिता जनाउने अवाहन गरे। मुख्य अतिथिकाे आसनबाट बाेल्दैं संसाद सदस्य इन्द्र हाङ सुब्बाले शिक्षा प्रणालीमा समागम तथा शिक्षा कार्यशालाले विद्यार्थीहरूकाे शिक्षालाई बढवा दिन एकधमै महत्वपुर्ण भुमिका निवाह गर्ने गरेकाे बताए। युवाहरूकाे दाहित्वलाई वाेध गराउँदैं नियम र नियमन, दिशानिर्देश तथा फ्रेमवर्क जस्ता शिक्षा प्रणाली तत्वले इच्छा शक्ति संचारित गर्न सहयाेग पुराउने सम्पुर्ण जनसभालाई जानकारी गराए। एस के एम सरकारले स्वास्थ्य छेत्र साथै शिक्षा छेत्रमा पुर्ण रूपले प्राथमिकता दिरहेकाे बताए। कार्यक्रम अवाधीमा मुख्य अतिथि द्वारा उच्च प्राविधिक भूगोल प्रयोगशालाकाे पनि विधिवत् रूपमा उद्घाटन गरे। महाविद्यालय का प्राचार्य द्वारा मुख्य अतिथि समक्ष महाविद्यालयका मागंहरू पेश गरेका थिए। आयाेजक समिति द्वारा मुख्य अतिथिलाई अभिनन्दन जनाएका थिए। समागम कार्यक्रममा महाविद्यालयका विद्यार्थी द्वारा संस्कृतिक प्रस्तुति पनि दिएकका थिए।

Photos from Namchi update's post 24/04/2022

७५ औं आजादी का अमृत महाउत्सवलाई मध्यनजर राखेर ३१- बुम्टार सल्लेबुङ्ग ग्राम पन्चायत इकाईले राष्ट्रिय पन्च्याती राज दिवस भव्य रूपमा पालन गयाे। पन्चायत सभापति प्रेम सिला राईकाे मुख्य अतिथित्वमा सप्पन्न उत्सवमा अप्पर सल्लेबुङ्ग पन्चायत सदस्य इनाेश राई, लाेवर सल्लेबुङ्ग पन्चायत सदस्य सन्चामान सुब्बा, बुम्टार तादुङ्ग पन्चायत सदस्य सन्चा रानी राई, जुनियर भा राजु तामाङ्ग, सम्पुर्ण भि ए सी का कर्मचारीगण साथै सबै पन्चायत वार्डका जनताहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे। सर्वप्रथमत राष्ट्रिय पन्च्याती राज दिवसकाे उप्लक्ष्यमा अतिथिगणलाई खादा लगाएर स्वागत जनाउदैं केक काटेर उत्सवलाई स्वागत जनाए। भिएसी कर्मचारी मणिराज राई द्वारा स्वागत सम्बोधन राखेका थिए भने जुनियर भा द्वारा राष्ट्रिय पन्च्याती राज दिवसकाे महत्त्व तथा विषेशता बारे सभामा जानकारी गराएका थिए। थप जानकारी गराउदैं पन्च्यात सदस्यहरूकाे भुमिका तथा २९ विषयहरूमा इकाईकाे विकास गर्नु पर्ने बताए। पन्चायत सदस्य इनाेश राईले आफ्नाे अनुभव साझा गर्दै राष्ट्रिय पन्च्याती राज दिवसकाे विषेशता माथि आफ्नाे विचार राखे।

Photos from Namchi update's post 26/03/2022

A coordination meeting cm Felicitation program was organised by Education Department Sumbuk Bac today .The program was chaired by the Joint Director Education Department South District .The Sr. Graduate teachers and Primary teachers were felicitate for their outstanding support to the school and the department during Covid 19 pendemic and lockdown taking full responsibility of school Heads.
On this occasion ,they all were awarded a Letters of Appreciation by the chief guest .
Joint Director Shri .G P. Sharma and Assistant Director Shri. T.B.Rai congratulated to the felicitated teachers .
Education Department Sumbuk Bac congratulated both the head Masters who have been promoted to the post of Assistant Directors .Mr.Pranay Pradhan and Mr.M.P. Rai and also to Shri GP Sharma Joint Director South .

Photos from Namchi update's post 12/03/2022

दक्षिण सिक्किम, नाम्चि स्थित भाइचुङ्ग खेल मैदानमा ५ अाैं स्वर्गीय इस्टिभ फिपाेण मेमोरियल भेटेरियन फुटबल टुरनामेन्ट २०२२ काे फाइनल खेल समपन्न भयाे। नाम्ची सिन्लचु फुटबल क्लब द्वारा आयाेजित भेटेरियन फुटबल टुरनामेन्टमा नयाँबाजार जाेरथाङ नगर परिषदका अध्क्षय प्रवित्र मानव प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। यसैगरि समापन कार्यक्रममा नाम्ची नगर परिषदका अध्क्षय गणेश राई, भवन तथा अवास विभागका अध्क्षय टाशी दोर्जी तामाङ्ग, दक्षिण सिक्किम पार्टी उप अध्क्षय सतिश चन्द्र राई, दक्षिण सिक्किम महा सचिव एस जे लेप्चा, नाक्ची प्रहरी निरीक्षक दावा लमु तामाङ्ग, नाम्ची नगर परिषदका उप अध्क्षय सबित्री तामाङ्ग, पारषद् नोर्बु भुटिया, पारषद् सैलेन्द्रा छेत्री, पन्चयातगण, पार्टी कर्याकर्तागण, आयाेजक समितिका सदस्यगण साथै दर्शकहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे। स्वर्गीय इस्टिभ फिपाेण मेमोरियल भेटेरियन फुटबल टुरनामेन्ट २०२२ काे फाइनल खेल सिक्किम ब्याेइसकाे भिडन्त नाम्चेबुङ्गकाे माझमा खेलिएकाे थियाे। खेलकाे पहिलाे हाफमा सिक्किम ब्याेइसले लगातर रूपमा तीन गाेल गर्नमा सक्षम बनेका थिए भने दोश्रो हाफमा पनि सिक्किम ब्याेइसले चाैंथाे गरे। अन्तिम चरणमा विपक्षी दलबाट पहिलाे गाेल गर्न सफल बनेका थिए जवाफमा सिक्किम ब्याेइसबाट पाचाैं गाेल गरे। खेलकाे अन्तमा सिक्किम ब्याेइसले नाम्चेबुङ्ग टाेलीलाई १ काे विरुद्ध ५ गाेल गरेर ५ अाैं स्वर्गीय इस्टिभ फिपाेण मेमोरियल भेटेरियन फुटबल टुरनामेन्ट २०२२ काे खिताब आफ्नाे नाममा गरे। आज प्रतियोगिताको समापन कार्यक्रममा दुईवटा प्रदर्शनी खेल पनि खेलिएकाे थियाे। पहिलाे प्रदर्शनी खेल सिक्किम XI महिलाकाे भिडन्त दार्जिलिङ पुलिस महिलाकाे माझमा खेलिएकाे थियाे जसमा सिक्किम XI महिलाले दार्जिलिङ पुलिस महिलालाई ० काे विरुद्ध २ गाेल गरेर विजय बनेका थिए। प्रतियोगिताको दोश्रो प्रदर्शनी खेल अध्क्षय XI काे भिडन्त अफिसर XI काे माझमा खेलिएकाे थियाे। खेलकाे अन्तमा अफिसर XI ले अध्क्षय XI लाई १ काे विरुद्ध २ गाेल गरेर विजय बने। मुख्य अतिथिकाे बाहुलीबाट विजेता तथा उप विजेता टाेलीलाई आकर्षक ट्रफी प्रधान गर्नु भयाे। समापन कार्यक्रममा विभिन्न संस्कृतिक नित्यहरू प्रस्तुत गरेका थिए।

Photos from Namchi update's post 11/03/2022

नाम्ची सिन्लचु फुटबल क्लबकाे तव्वाधानमा आयाेजित स्वर्गीय इस्टिभ फिपाेण मेमोरियल भेटेरियन फुटबल टुरनामेन्ट २०२२ काे दुईवटा सेमि फाइनल खेल समपन्न भयाे। उक्त प्रतियोगिता नाम्चीकाे भाइचुङ्ग खेल मैदानमा समपन्न भएकाे थियाे। आज खेलिएकाे दुईवटा सेमि फाइनल खेलमा दक्षिण सिक्किम युवा संयाेजक वसन्त तामाङ्ग मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। यसरी नै प्रख्यात फुटबल खेलाडी निरमल छेत्री, सन्जु प्रधान, रविन गुरूङ्ग, तुरूकबाट नवामित लेप्चा साथै दर्शकहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे। आज खेलिएकाे पहिलाे सेमि फाइनल खेल सिक्किम बाेइस बनाम बतासे दार्जिलिङकाे माझमा भिडन्त भएकाे थियाे जसमा सिक्किम बाेइसले बतासे दार्जिलिङलाई १ काे विरुद्ध ४ गाेल गरेर फाइनलकाे निम्ति छनाैट भएका छन्। यसरी नै दोश्रो सेमि फाइनल खेल नामचेबुङ्गकाे भिडन्त यु के एफ सि खरसाङकाे माझमा खेलिएकाे थियाे। यस रोमान्चक खेलमा दुई दलबाट ३-३ गाेल गरेर बराबरीमा समाप्त भएकाे थियाे भने अन्तमा टाई ब्रेकर मर्फत नामचेबुङ्गले यु के एफ सि खरसाङलाई ० काे विरुद्ध ३ गाेल गरेर फाइनलकाे निम्ति छनाैट भएका छन्। आउँदाें १२ मार्च २०२२ काे दिन उक्त प्रतियोगिताको फाइनल खेल खेलिने बताएकाे छ।

11/03/2022

कृषि विभाग, बागवानी, पशुपालन विभाग तथा मत्स्य पालन सेवा निर्देशनालय, सिक्किम सरकार साथै स्टेट बैंक अफ इन्डियाकाे संयुक्त तव्तवाधानमा एक दिने क्रेडिट मार्फत व्यापक जागरूकता सह वितरण कार्यक्रम दक्षिण सिक्किम जिल्ला पन्चयात भवनमा आयाेजना गरिएकाे थियाे। उक्त कार्यक्रम क्रेडिट मार्फत विकास विषयवस्तु माथि आधारीत कार्यक्रममा कृषि विभाग, बागवानी, पशुपालन विभाग तथा सुचना तथा जनसम्पर्क विभागका मंन्त्री लाेक नाथ शर्मा मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। यसैगरी कार्यक्रममा नाम्ची नगर परिषदका अध्क्षय गणेश राई, अध्क्षय टाशी दोर्जीज तामाङ्ग, सल्लाहकार गाेदेन छिरिङ भुटिया, अध्क्षय फुरदेन लेप्चा, दक्षिण जिल्ला जिल्ला उप अध्क्षय भिम लाखे, सचिव एवं प्रमुख निर्देशक(बागवानी) एस के तामाङ्ग, प्रमुख निर्देशक जि एस शर्मा, निर्देशक (मत्स्य विभाग) एन जे सिंह, सचिव (कृषि विभाग) ड० आर सि भुटिया, विभागीय उच्च पदअधिकारीगण, नाम्ची नगर परिषदका पारषदगण, जिल्ला पन्चयात, पन्चयातगण साथै ११- नाम्ची सिगीथाङ्ग छेत्रका लाभार्थीहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे। विभाग द्वारा मुख्य अतिथिलाई स्वागत जनाउँदैं प्रमुख निर्देशक जि एस शर्माले विभागले उप्लब्ध गराउने याेजना साथै सुङ्गुर पशुहरूमा देखा पर्ने विभिन्न प्रकारकाे बिमारी समस्याहरू बारे विस्तृत रूपमा कार्यक्रमलाई जानकारी गराए। निर्देशक (मत्स्य विभाग) एन जे सिंहले माछा पालन विषयमा जागारूकता गराउँदैं विभागबाट उप्लब्द विभिन्न प्रकारकाे याेजना माथि आफ्नाे विचार राखे। विभिन्न प्रजातीकाे माछाहरूबाट कसरी लाभ उठाउन सकिन्छ साथै केज कल्चर विषयमा जानकारी गराए। मुख्य अतिथिकाे आसनबाट बाेल्दैं मंन्त्री शर्माले प्रगतिशील कृषकहरूलाई कम मेहेन्त गरेर धेर फसल गर्न सक्ने विभिन्न विभागीय याेजनाहरू विषयमा जनसभामा जानकारी गराए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकाे सरकारमा मुख्य मंन्त्रीकाे दिशा निर्देशनमा प्रगतिशील कृषकहरूलाई कुल १३ वटा जैविक उत्पादनहरूमा प्रोत्साहन राशी प्रधान गर्ने गरेकाे थप जानकारी गराए। मुख्य मंन्त्री पशुधन याेजना अन्तरगत दूध उत्पादनमा सिक्किम सरकारले प्रति लिटर रूपियाँ ८ काे दरले कृषकहरूलाई सहयाेग राशी प्रधान गर्ने गरेकाे थप जानकारी गराए। मुख्य मंन्त्रीले कर्मचारीलाई भन्दा गाउँ बस्तीका प्रगतिशील कृषकहरूलाई विभिन्न याेजना अन्तरगत सिधै पैसा पुराउने गरेकाे सभालाई अवगात गराए। मंन्त्रीले जनसाधारणहरूलाई व्यवासाहिक रूपमा जैविक खेती गर्ने अवाहन गरे। मुख्य अतिथिले विभिन्न सरकारी याेजनाहरूकाे पनि विस्तृतमा विचार साझा गरे। यसरी नै ११- नाम्ची सिगीथाङ्ग समष्टि का लगभक ११२ भनदा अधिक लाभार्थीहरूलाई विभिन्न प्रकारकाे सहुलियत तथा लाेन सुविधाहरू हस्तान्तरण गरे। उक्त वितरण कार्यक्रममा विभागीय अधिकारीहरूले पनि आफ्नाे आफ्नाे विचार राखे।

Photos from Namchi update's post 08/03/2022

दक्षिण सिक्किम नाम्चीकाे भाईचुङ्ग रंगशालामा स्वर्गीय इस्टिभ फिपाेण मेमोरियल भेटेरियन फुटबल टुरनामेन्ट २०२२ काे साताैं दिन दुईवटा क्वाटर फाइनल खेल समपन्न भयाे। नाम्चीकाे सिन्लचु फुटबल क्लबकाे तत्वाधानमा आयाेजना गरिएकाे प्रतियोगितामा कृषि कल्याण शाखाका अध्क्षय फुरदेन लेप्चा मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। यसैगरि समपन्न खेलमा भूमि प्रयोग र वातावरण विभागका सल्लाहकार भगिरथ राई विशिष्ट अतिथि रहेका थिए भने अखिल सिक्किम इसाई संगठणका अध्क्षय लानम सेरेङ्ग, सयुक्त निदेशक अंङ्गमु भुटिया, अमर थापा, आशिष राई लगायत फुटबल प्रेमीहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे। जानकारी गराइन्छ कि उक्त प्रतियोगिता गत २ मार्च २०२२ देखि आरम्भ भएकाे थियाे भने आउँदाें १२ मार्च २०२२ काे दिन यस प्रतियोगिताकाे समापन फाइनल खेल खेलिने बताएकाे छ। सिक्किम, दार्जिलिङ, कालेङ्गपुङ्ग, सिलीगुडी साथै खरस्याङ्गबाट कुल १८ दलहरूले सहभागिता जनाएकाे प्रतियोगितामा आज खेलिएकाे तेस्रो क्वाटर फाइनल खेल फ्रेन्डस युनाटेट गान्टाेककाे भिडन्त सिक्किम ब्याेइसकाे माझमा खेलिएकाे थियाे। साताैं दिनकाे तेस्रो क्वाटर फाइनल खेलमा सिक्किम ब्याेइसले पहिलाे हाफमा तीन गाेल गरेका थिए भने दोश्रो हाफमा दुवै दलबाट १ एक गाेल गरेका थिए। तेस्रो क्वाटर फाइनल खेलकाे अन्तमा सिक्किम ब्याेइसले फ्रेन्डस युनाटेट गान्टाेकलाई १ काे विरुद्ध ४ गाेल गरेर सेमि फाइनलकाे निम्ति चयन भएका छन्। यसरीनै चाैंथाे क्वाटर फाइनल खेल देनजाेङ्ग ब्याेइस गान्टाेककाे भिडन्त यु के एफ सि खरस्याङ्गकाे माझमा भएकाे थियाे। खेलकाे अन्तमा यु के एफ सि खरस्याङ्गले देनजाेङ्ग ब्याेइस गान्टाेकलाई १ काे विरुद्ध ५ गाेल गरेर सेमिफाइनलकाे निम्ति चयन भएका छन्। यस प्रतियोगिताकाे दुईवटा सेमी फाइनल खेल आउँदाें १० मार्च २०२२ काे दिन खेलिने जानकारी गराएकाे छ।

Want your business to be the top-listed Media Company in Namchi?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Namchi
737126

Other Broadcasting & media production in Namchi (show all)
LIGHT HOUSE Sikkim LIGHT HOUSE Sikkim
Namchi, 737126

light house sikkim is a totally non political news channel. those any one need help feel free to con