योग चिकित्सा निरजसँग Yoga Therapy with Niraj

सु-स्वास्थ्यको संरक्षण-सम्बर्धन;
नसर्ने, जीवनशैलीसँग सम्बन्धित र जीर्ण/दीर्घ रोगका व्यवस्थापन-उपचार ।

People seek me for :
- learning yogic tools & techniques for their own well-being.
- management & treatment of non-communicable diseases, lifestyle disorders & chronic illness/pain conditions through yoga, marma & panchgavya therapy. In short, you can contact me for mind-body healing & fitness.

12/11/2023

🌺🌸🌼🪔 दिपावली एवं तिहार २०८० को हार्दिक मंगलमय शुभकामना! ज्ञान-गुण-शक्तिद्वारा आत्मामा खुशीको ज्योति बाली आफ्नो साथै अरुको जीवनमा अज्ञानता-अवगुण-आशक्तिबाट छाएको दुःखको अन्धकारलाई मेटाउनुहोला।🪔🌼🌸🌺

24/10/2023

🌺🏵🌼🌾विजयादशमी २०८० को हार्दिक मंगलमय शुभकामना! ज्ञान-योगद्वारा आफूभित्रको राम अर्थात् गुण-शक्तिलाई जगाउनुहोस्, रावण अर्थात् अवगुण-आशक्ति आफै मर्नेछ।🌾🌼🏵🌺

25/07/2023

⛈️☔💦 वर्षा ऋतुचर्या भाग २ - पथ्य-अपथ्य आहार विहार 💦☔⛈️

✖️ अपथ्य आहार विहार : ✖️
👹👹👹👹👹👹👹👹👹
वर्षाऋतुमा शरीरको अग्निलाई मन्द र वातलाई प्रकुपित गराउनेवाला सबै खानेकुरा र कर्मलाई त्यागेर निरोगी रहन सकिन्छ।

- वर्षाऋतुमा चिसो पानी, सरबत, लौका, घिरौंला आदि जस्ता अग्नि कम गराउनेवाला खानेकुरा निषेधित छ। दिउँसो सुत्नाले कफ बढ्दछ जसकारण अग्नि झन् मन्द हुन्छ, त्यसैले यो याममा दिउँसोमा सुत्न निषेध गरिएको छ।

- वर्षाऋतुमा मैथुन(सम्भोग) गर्नाले वायुको प्रकोप हुन्छ र ज्वरो आउँछ, त्यसैले मैथुनक्रिया पनि यो याममा गर्न अत्यन्तै घातक हुन्छ।

- अत्याधिक व्यायाम गर्नाले पनि वायु प्रकुपित हुन्छ, त्यसैले व्यायाम र दौडधूपबाट बच्नु पनि राम्रो हुन्छ।

✔️ पथ्य आहार विहार : ✔️
😃😃😃😃😃😃😃😃
यो ऋतुमा वात(वायु)लाई शान्त पार्ने र जठराग्नि बढाउने कार्य गरेर रोगबाट बच्न धेरै सजिलो हुन्छ, त्यसैले वर्षायाममा खट्टो-अमिलो, नुनिलो र चिल्लो खानेकुरा खाँदा शरीर निरोगी रहन्छ।

- भारी वर्षाको दिनमा तेलमा तारेको पकौडा खाँदा जठराग्नि प्रबल हुन्छ, त्यसैले स्वभाविक रूपमा पकौडा खान जिब्रो लालयित हुन्छ। तर शुद्ध तोरी या तिलको तेलमा मात्रै पकौडा बनाउनु राम्रो हुन्छ। रिफाइन्ड तेलमा बनेको पकौडाले उल्टै नकारात्मक असर गरेर बिरामी बनाउँछ, त्यसैले भुलेर पनि रिफाइन्ड तेल प्रयोग गर्नुहुँदैन।

- अग्निलाई प्रबल गराउने अदुवा, खुर्सानी र खट्टो करौंदा खाँदा अग्नि प्रबल हुन्छ, त्यसैले यस ऋतुमा उपरोक्त सबै चिजहरू खानासँगै खानुपर्छ।

- ज्वरो आइहालेमा गौमूत्र(काठे गाईको), अदुवा, तुलसी तीनवटै मिसाएर एकसाथ सेवन गरेर प्राकृतिक रूपमा ज्वरोलाई निको पार्न सकिन्छ। किनकी उपरोक्त तीनवटै औषधीले वायुलाई क्षमन(शमन) र अग्निलाई प्रबल गर्छ।

मंदाग्निलाई प्रबल र वातरोग दुवैलाई एकसाथ शान्त पार्ने लघु(हलुका), स्निग्ध(चिल्लो) र उष्ण(गरम्) खानेकुराको सेवन गर्नु अतिउत्तम हुन्छ।

- बोक्रासहितको मूंगको दाल र मसूरो कालो दाल पच्नमा लघु(हल्का) र अग्निवर्धक(अग्नि बढाउने) हुनाले उत्तम हुन्छ। यिनको यूष(सूप/रस)मा शुद्ध गौघृत(काठे गाईको) मिसाएर पिउनाले अग्निवर्धन हुन्छ।

- षड्-रस(६ वटा स्वाद)मध्ये खट्टो, नुनिलो र थोरै तीतो उत्तम हुन्छ। यसै कारणले वर्षाऋतुमा खट्टो करौंदा एवं थोरै हरियो खुर्सानी हालेर खानासित खाँदा मंदाग्निको दीपन भएर त्यसको प्रकोप कम हुन्छ। अग्निलाई प्रबल गराएर उपरोक्त लिखित बिमारीहरूबाट सजिलैसंग बच्न सकिन्छ।

- वर्षाऋतुमा पुरानो जौ, गहुँ र चामल जस्ता अन्नहरू सधैं खानुपर्छ किनभने तिनीहरू नयाँ अन्नभन्दा पचाउन लघु(हल्का) हुन्छन्।

- वर्षायाममा महीको सेवन गर्नु सर्वोत्तम कार्य हो किनकी मही लघु एवं अग्निलाई बढाउने अतिउत्तम पदार्थ हो। महीलाई झन् बढी अग्निवर्धक बनाउन त्यसमा जीरा, सींधेनुन र शुद्ध हींगले झाने हुन्छ। यसरी बनाइएको महीमा अग्निलाई दीपन गरेर वर्षाबाट हुने सबै रोगबाट बचाउने र रोग लागिहालेमा तिनलाई जित्ने अजेयशक्ति हुन्छ।

- जसको जठराग्नि(भोक) अलि तेज छ, उनले यो ऋतुमा थोरै मात्रामा दही(उष्ण प्रकृतिको हुनाले)को सेवन पनि गर्नसक्छन्। यत्ति ध्यान रहोस् कि दहीलाई कहिल्यै पनि सात दिनसम्म लगातार खानुहुन्न, नत्र त्यसले कब्जियत गराउँछ।

- नीम, चिराइतो र गिलोय(चिनीलहरो) जस्ता तीतो र टर्रो औषधिको सट्टा उष्ण(गरम्) प्रकृतिको तुलसी, अदुवा, सोंठ, गौमूत्र(काठे गाईको) आदि सेवन गर्नु राम्रो हुन्छ। उपरोक्त विचार ऋतुजन्य रोगहरुलाई ध्यानमा राखेर लेखिएको हो।

- यो ऋतुमा उष्ण प्रकृतिको गौमूत्र(काठे गाईको) पिउनाले अग्नि बलियो हुन्छ, साथै वायुनाशक हुनाले गौमूत्रको सेवन यस मौसममा हुने रोगहरुको लागि अतिउत्तम मानिन्छ।

महर्षि वाग्भट्टले बताएको वर्षायामको पथ्य गर्नेहरूले नियमहरूलाई ध्यानमा राख्दै यस ऋतुमा पनि परम्आनन्द लिंदै स्वस्थ शरीरको कल्पना एवं धारण गर्न निकै सजिलो छ। आयुर्वेदमा आधारित दिनचर्या अपनाए जीवनमा आनन्द बढ्दछ र शरीरलाई निरोगी राख्दै अकालमृत्युबाट बच्न सकिन्छ।

हजुरको स्वास्थ्यको शुभ-चिन्तक,
योग विशेषज्ञ निरज पौडेल

25/07/2023

⛈️☔💦 वर्षा ऋतुचर्या - भाग १ 💦☔⛈️

वर्षाऋतु : साउन र भदौ दुई महिना।
🔸🔸🔸🔸🔸🔹🔹🔹🔹🔹

🌺"एकोत्तरं मृत्युशतमथर्वाण: प्रचक्षते ।
तत्रैकः कालसंज्ञस्तु शेषास्त्वागन्तवः स्मृताः ।।"🌺

अथर्वेदको उपरोक्त सूत्रबाट थाहा हुन्छ कि मानव जीवनको अन्त्य १०१ प्रकारका मृत्युबाट हुन्छ, जसमध्ये एउटा मात्र मृत्यु काल अर्थात समयोचित छ, त्यसलाई कालमृत्यु भनिन्छ, बाँकी सय मृत्युलाई आगन्तुक अर्थात् अकालमृत्यु भनिन्छ। ती सय मृत्युबाट बच्न आयुर्वेदको उपदेशहरूको उच्च सम्मानका साथ पालना गर्नुपर्छ।

🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿

यी उपदेशहरूमा ऋतुचर्याको अति महत्व छ।
महर्षि वाग्भट्ट र महर्षि चरक दुबैले ऋतुचर्या अध्यायलाई विस्तारमा लेखेर मानव जीवनमा रोगी नबन्ने देखि लिएर परम स्वास्थ्य प्राप्त गर्ने सम्मका उपायहरू वर्णन गरेका छन्।

ग्रीष्मऋतु(जेठ-असार महिना)मा सूर्यदेवताको प्रकोपले पृथ्वी र यसका सबै जीवजन्तुका तेज अथवा शक्ति घट्छ। धुलोले भरिएको लू वाला हावाहुरी चल्नाले प्रकृति र यसका सबै प्राणी नीरस जस्तै बन्छन्।

🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

यो नीरसता हटाउन र जीवनमा उमंग भर्न वर्षायामको आगमन हुन्छ। सुख्खा माटो र तिर्खाले छटपटिएका प्राणीका लागि प्रकृतिले वर्षाकालको लीला रच्दछ।

तर उमंग-उत्साहको आगमनसँगै वात, पित्त र कफरूपी दोषहरूमा परिवर्तन भई शरीर रोगी हुने सम्भावना एकदम प्रबल हुन्छ।

🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

महर्षि चरकले बताउनुभएको छ :
"वर्षास्वागनिबले क्षीणे कुप्यन्ति पवनादयः ।।"

अर्थात् वर्षायाममा पृथ्वीबाट निस्कने वाफका कारण वर्षा हुँदा जलको खट्टो परिपाक हुनाले अग्नि कमजोर भएर वात आदि दोषहरू कुपित हुन्छन्।

✍️ वर्षाऋतुको गणित :
👉 वात : प्रकोप, अर्थात् वायुको प्रकोप हुन्छ, यसलाई कम गर्ने उचित प्रयास गर्नुपर्छ।
👉 पित्त : संचय हुन्छ, त्यसैले यसको कुनै दुष्परिणाम हुँदैन।
👉 कफ : ग्रीष्मले सुकेको कफ पानी परेपछि सम-स्थितिमा आउँछ र धेरै पानी परेमा अलिकति बढ्छ, त्यसैकारण ग्रीष्मले निरुत्साहित प्राणी वर्षामा उल्लास र ऊर्जाले भरिएको हुन्छ।
👉 जठराग्नि : एकदमै मन्द अर्थात् मंदाग्नि, यसलाई बढाउन अति आवश्यक छ।

सरल शब्दमा भन्नुपर्दा वर्षायाममा पेटको अग्नि मन्द हुनाले खाएको खानाको पाचन राम्ररी हुँदैन, त्यसैले वर्षायाममा गरिष्ठ भोजन अथवा ढिलो पच्ने खाना खानुहुँदैन।

यो मंदाग्निले र शरीरमा कफरूपी जलको प्रकोप बढ्नाले भाइरसरूपी सूक्ष्मजीवका लागि अनुकूल वातावरण सिर्जना भई रुघाखोकी, ज्वरोजस्ता भाइरल इन्फेक्सन हुने गर्दछ।

👹👹👹👹👹👹👹👹👹👹👹👹👹👹👹

ग्रीष्मऋतुको मंद जठराग्नि वर्षाऋतुमा झन् बढ्ता मंद भएर मंदाग्निको कोप उत्पन्न गर्दछ। यस मंदाग्निका कारण ज्वर (जसलाई भाइरल ज्वरो भनिन्छ), अपच, अतिसार (पखाला), संग्रहणी (खानेबित्तिकै शौच जाने), भोक नलाग्ने, पेट दुख्ने, कब्जियत हुने जस्ता वर्षाऋतुजन्य व्याधिहरू उत्पन्न भई जीवन कष्टकर बनाउँछ।

ओसिलो हावा चल्नाले वायुको प्रकोप भएर घुँडा र ढाड दुख्ने जस्ता गम्भीर वातरोगहरू यो ऋतुमा एकदम प्रबल हुन्छन्।

यी दुई मुख्य कुरा - पहिलो मंदाग्नि र दोस्रो वात-प्रकोपलाई ध्यानमा राखेर वर्षाऋतुको चर्यालाई पालना गर्नु लाभदायक हुन्छ।

हजुरको स्वास्थ्यको शुभ-चिन्तक,
योग विशेषज्ञ निरज पौडेल
संचालक : योग चिकित्सा केंद्र, चन्द्रनगर, बुटवल-६

03/07/2023

गुरु पूर्णिमाको शुभ-कामना 🌼🌸🌺🌿
गुशब्दस्त्वन्धकारः स्यात् रूशब्दस्तन्निरोधकः।
अन्धकारनिरोधित्वात् गुरूरित्यभिधीयते॥
जसले जीवनलाई औंसीको जस्तो अंधकार(अर्थात् अज्ञानता, अवगुण, आशक्ति)बाट पूर्णिमाको जस्तो उज्यालो प्रकाश(अर्थात् ज्ञान, गुण, शक्ति)तर्फ लैजान्छ, त्यहीं नै गुरु हो।

Teacher teaches,
Guru(Preceptor) transforms.
Teachings are for the outer world,
Precepts are for the inner world.
Teachings for the body maintenance,
Precepts for the soul realisation.
Teachings, the source of desires,
Precepts, the source of desirelessness & bliss.
Teachings lead to pains & pleasures,
Precepts liberate from the grips of pains & pleasures.
Teachings to prepare you for the life,
Precepts to prepare you for the death.
Teachings to make you human,
Precepts to make you divine.
🪷Happy Guru Purnima🪷

02/02/2023

कुनै पनि प्रकारका नसर्ने तथा पुराना रोग छन् भने - अहिलेको समयमा खानपान, जीवनशैली, प्रदूषण, हर्मोनको असन्तुलन, मेटाबोलिजममा गडबडी, अटो-इम्युनिटी, आदि जस्ता अनेक कारणहरुले गर्दा एलोपेथिक या आयुर्वेदिक चिकित्साले मात्र उपचार पर्याप्त हुँदैन। छिटोभन्दा छिटो सफल उपचार गराउनु छ भने संगसंगै योग चिकित्साको पनि सहारा लिन अनिवार्य हुन्छ, किनकि यसले -
औषधीलाई प्रभावकारी ढंगले काम गराउन सहयोग गर्छ,
औषधीका साइड-इफेक्ट घटाउन सहयोग गर्छ,
औषधीमा निर्भरता अथवा त्यसको मात्रा घटाउन या त्यसबाट मुक्त हुन सहयोग गर्छ,
रोगलाई जटिल हुनबाट रोक्छ,
रोगसंगै आउने मानसिक भावनात्मक समस्याको पनि व्यवस्थापन गर्छ,
सहनै नपर्ने खालको दुःखपीडा छ भने त्यसको उपचार गर्छ, र यदि त्यो उपचार गर्नै नसकिने खालको छ भने त्यसलाई सह्य बनाउंछ,
रोगको कारण पत्ता लगाई त्यसलाई जरैबाट उखेल्न सहयोग गर्छ, र
भविष्यमा ती समस्याहरु पुनः दोहोरिनबाट र अनेक नयाँथरीका रोग आउनबाट रोक्छ।

बुटवलमा योग चिकित्सा गराउनु छ भने भारतको बेंगलोर शहरबाट योग चिकित्सा अध्ययन गरेर आउनुभएको अनुभवी योग चिकित्सक निरज पौडेलजी लाई सम्पर्क गर्न सक्नुहुन्छ।

05/10/2022

🌺🏵🌼🌾विजयादशमी २०७९ को हार्दिक मंगलमय शुभकामना! ज्ञान-योगद्वारा आफूभित्रको राम अर्थात् गुण-शक्तिलाई जगाउनुहोस्, रावण अर्थात् अवगुण-आशक्ति आफै मर्नेछ।🌾🌼🏵🌺

04/10/2022

✍️ शरद ऋतुचर्या भाग ३ - नवरात्री व्रत/उपवास क्रम

"लंघनं परम औषधं"- अर्थात् लंघन(व्रत/उपवास) बस्नुभन्दा ठूलो अरू कुनै औषधि छैन।

🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

अघिल्लो लेखमा हामीले जानेका थियौं कि - "रोगाणाम शारदी माता:" अर्थात् सबै ऋतुमध्ये यदि सबैभन्दा अधिक रोग‌ कुनै ऋतुमा आउँछन् भने त्यो शरद ऋतुमा नै आउँछन्, र यदि यो ऋतुमा दिनचर्या र ऋतुचर्यामा ध्यान दिइएन भने यसबेला जन्मिने रोगहरू chronic (स्थायी, दीर्घकालीन) एवं जटिल बनेर जीवनभरी सताउनेछन्।

त्यसैले यस ऋतुमा ऋषिमुनिहरुले लामो व्रत अर्थात नौ दिनको व्रत बस्ने परम्परा बनाए। पित्तको स्वभाविक वृद्धिका कारण काम-दोष पनि स्वभाविक रूपमा बढ्छ, त्यसैले यसलाई धर्ममार्गसंग जोडेर नौ दिनसम्मको ब्रह्मचर्यसँग मात्र जोडेनन्, यसलाई झन् ऊर्जाको ९-देवीहरूको पूजा-आराधना गर्ने कार्यसंग जोडेर जीवनको दिशा परिवर्तन गर्न सुन्दर नियम बनाइदिए।

जहाँ एकातिर एउटो ऋतु स्वाभाविक रूपमा रोगहरूको जननी बन्दा बित्तिकै त्यस विज्ञानलाई बुझेर ऋषिमुनिहरूले केही नियम बनाएर त्यसलाई ऊर्जाको ऋतुमा परिवर्तन गरे, यस्तो नेपाल-भारतको विज्ञानमा मात्रै सम्भव हुनसक्छ।

नवरात्रिको व्रतलाई आयुर्वेद विज्ञान सम्मत गरियो भने शरीर रोगहरूबाट टाढा रहेर उर्जाले भरिनेछ, अन्यथा यो भन्दा नराम्रा रोगहरू जीवनमा कहिल्यै पनि जन्मने छैनन्।

🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿

ऋतु दोष : पित्त वृद्धि
ऋतु दोष निवारण : पित्त बढाउने वाला चर्या, आहार र क्रियाकलाप नगर्ने
षट् रस (६ स्वाद) : पित्त वृद्धि रस(खट्टो-अमिलो, नुनिलो र पिरो) नलिने, पित्त क्षमन रस(गुलियो, तितो र टर्रो) लिनु राम्रो।

तपाईंको प्रकृति(वात,पित्त,कफ) को आधारमा व्रत -

ध्यान रहोस् यी नौ दिन नून, खट्टो-अमिलो र पीरो नखानु अति उत्तम हुन्छ।
साना बच्चाहरू, रोगी, गर्भवती एवं कठोर श्रम गर्नेहरूले यस्तो व्रत नबस्ने।
बाँकी लगभग सबैले यो व्रतको क्रमलाई मानेर आफ्ना इन्द्रियहरू माथि जीत प्राप्त गर्न सक्छन्।

🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
बिहान : थोरै सुक्खा फल (dryfruit~ड्राईफ्रुट)
दिउँसो : केही फलफूल
साँझ/राति : दूध र गुलियो
🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌

"वात प्रकृति" - मध्यम अग्निबल
बिहान : भिजेको बदाम बोक्रा फालेर १०, भिजेको मुनक्का/किसमिस १०, अन्जीर १-२, मखाना आदि
दिउँसो : केरा, नरिवल, अनार आदि जस्ता गुलिया फलहरू
साँझ/राति : काठे गाईको दूध एक-दुई चम्चा घ्यू हालेर।

"पित्त प्रकृति" - तीव्र अग्निबल हुनाले अलि बढी
बिहान : भिजेको बदाम बोक्रा फालेर १०-१५, भिजेको मुनक्का/किसमिस १०-१५, अन्जीर २, मखाना, भोक धेरै लागेमा पानी-सिङ्गडाको पिठोबाट बनेको हलुवामा काठे गाईको घ्यू र खाण्ड मिसाएर खानु राम्रो
दिउँसो : केरा, नरिवल, मेवा, अनार आदि जस्ता गुलिया फलहरू
साँझ/राति : काठे गाईको एक-दुई गिलास दूधमा दुई चम्चा काठे गाईकै घ्यू र लौका-खुवाबाट बनेको बर्फी आदि मिठाईसंग।

"कफ प्रकृति" - मन्द अग्निबल
बिहान : बदाम ४-५, मुनक्का/किशमिश ४-५, थोरै मखाना
दिउँसो : बेलौती, मेवा र केरा नखानु
साँझ : काठे गाईको दूधमा थोरै सोंठ मिसाएर पिउनु।

नवरात्री व्रतमा नुन, खट्टो खट्टाई/अचार र तीक्ष्ण हींग, खुर्सानी आदि खानु राम्रो होइन।

उपरोक्त विज्ञान अनुसार नवरात्रीमा व्रत बस्दा पित्तको वृद्धि हुंदैन, शरीरका सबै स्रोत(channels) खुल्छन् र नयाँ कोशिकाहरूको निर्माण हुन्छ जसले गर्दा नवजीवनको सञ्चार भएर नयाँ ऊर्जा प्राप्त हुनेछ।

हजुरको स्वास्थ्यको शुभ-चिन्तक,
योग विशेषज्ञ निरज पौडेल
संचालक : योग चिकित्सा केंद्र, चन्द्रनगर, बुटवल-६

Send a message to learn more

03/10/2022

✍️ शरद ऋतुचर्या भाग २ - पथ्य-अपथ्य आहार विहार

शरद ऋतुमा पित्त बढाउने सबै चिजको उपभोग बन्द गरे वा एकदमै न्यून गरे कुनै पनि ऋतु-प्रदत्त (मौसमी) रोग लाग्दैन, जस्तै -
✖️अपथ्य आहार विहार :✖️
👹👹👹👹👹👹👹👹👹👹👹👹👹👹👹
१. दही : उष्ण गुणका कारण शरद ऋतुमा दही एकदम वर्जित छ।
२. तेल : सरसिउं(तोरी), तिल, मूंगफली जस्ता समस्त खाद्य तेलहरू उष्ण गुणका कारण पित्तवर्धक छन्, त्यसैले शरद ऋतुमा तेलमा बनेको दाल, तरकारी, पुरी जस्ता खानेकुरा निषेध गरिएको छ।
👉 विशेष : त्यसैले पितृ पक्षमा तेलहरूको प्रयोग निषेधित छ।
👉 नोट : कृपया रिफाइन्ड तेलको तुलना खाद्य तेलसंग नगर्नुहोला, यी ३६५ दिन नै अभक्ष्य(खान अयोग्य) छन्। रिफाइन्ड तेलहरू खाद्य तेलहरूको सूचीमा नै पर्दैनन्, त्यसैले यी विषाक्त तेलहरूलाई विकल्पको रूपमा पनि नसोच्नुहोला।
३. उष्ण प्रकृतिको भान्टा र त्यसका अनेक तरकारी परिकारहरू पनि शरद ऋतुमा खानु हुँदैन।
४. यो ऋतुमा पेट भरेर खानु पनि राम्रो होइन, भोक मेटिनु भन्दा एक रोटी या २-४ गास कम खानु फाइदाजनक हुन्छ।
५. दिउँसोमा सुत्दा कफ र पित्त विकृत हुन्छन्, त्यसैले शरद ऋतुमा दिउँसोमा सुत्नु हुँदैन।
६. दिउँसो घाममा र राति खुल्ला ठाउँमा सुत्नबाट एकदम बच्नुपर्छ किनकी दिउँसोको गर्मीले पित्त बढाउँछ र रातको शीत चाहिँ रुघा र ज्वरोको जननी हो।
७. मैथुन क्रिया पनि यस ऋतुमा त्याज्य छ किनकी ओज रूपी स्निग्धताको हानि हुनाले पित्त विकृत हुन्छ।
८. पित्तवर्धक(पित्त बढाउने) तीनवटा रस : खट्टो-अमिलो, नुनिलो र कटुक(पिरो) स्वादका चिज कम भन्दा कम खानुपर्छ।
९. खट्टो-अमिलो रस वाला फलफूलहरू, जस्तै - मौसमी, सुन्तला, इमिलीबाट बन्ने परिकारहरू, गोलगप्पा/पानीपुरीले पित्तको वृद्धि गर्छन्, त्यसैले यस ऋतुमा यी सब त्याज्य छन्।
१०. धेरै नुन प्रयोग गर्दा पनि पित्त बढ्छ।
११. कटूक(पीरो) रस वाला औषधि(भान्साको मसला) - खुर्सानी(हरियो, रातो, कालो), मरीच, सोंठ, हींग, लसुन, तुलसी, गौमूत्र इत्यादिको प्रयोग बन्द गर्नु नै राम्रो हुन्छ।

✔️पथ्य आहार विहार :✔️
🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿
१. दूध शीतवीर्य (शितल गुणवाला) हो, त्यसैले शरद ऋतुमा खुब दूध पिउनुपर्छ। शरद ऋतुको प्रारम्भ नै श्राद्धबाट हुन्छ र पितृ पक्षमा दूधमा चामल र खाण्ड (दुवै शितवीर्य हुन्) मिसाएर खीर बनाउने र खाने विधान छ, जसले दूधलाई झन् गुणवान बनाएर पित्तलाई क्षमन(शमन/शान्त) गरी रोगहरूबाट बचाउँछ।
👉 विशेष : श्राद्धको खीर शुद्ध काठे गाईको दूध, प्राकृतिक चामल, खाण्ड र सुकमेल(सानो अलैंची) जस्ता शितल गुणवाला चीजहरूबाट नै बनाउनुपर्छ। यस खीरमा बदाम, पिस्ता आदि जस्ता उष्ण प्रकृतिका सुख्खा-फल(ड्राईफ्रुट्स) र विषले भरिएको अम्लीय चिनीको प्रयोग गर्नु हुँदैन।
⚠️ रुघाखोकी र ज्वरो हुंदा दूध एवं खीरको प्रयोग वर्जित छ।
२. खाना बनाउन शुद्ध घृत/घ्यू (स्वदेशी नश्लको अर्थात् काठे गाईको दुधबाट बनेको उत्तम)को प्रयोग गर्नुपर्छ, किनकी घ्यू शितवीर्य(शितल गुणवाला) हुँनाले पित्तलाई शमन(शान्त) गर्छ। श्राद्धमा ब्रह्मभोजको पूरी-कचौरी आदि पनि शुद्ध घ्यूमा बनाउनुपर्छ। किनकी तेल उष्ण हुनाले पित्तवर्धक हुन्छ।
विधिले बनेको शुद्ध गौघृत सर्वोत्तम हुन्छ।
👉 विशेष : घरमा ८-१०-१५ दिन दूधको तरलाई सडाएर बनाइएको घ्यु या बजारको घ्युलाई विधि-निर्मित ताजा घ्युसंग तुलना र त्यस बराबरको लाभको अपेक्षा नगर्नुहोला।
३. शीतल प्रकृतिका लौका, घिरौंला, परवल आदि तरकारीहरूको प्रयोग गर्नु राम्रो हुन्छ।
४. शितल प्रकृतिका चामल, याव (जौ), गोधुम (गहुँ) आदि अन्नको सेवन गर्नु राम्रो हुन्छ।
५. गुडको सट्टा शितल प्रकृतिको खाण्ड, खाण्डबाट बनेको बूरा र मिश्रीको प्रयोग गर्नु राम्रो हुन्छ।
६. पित्तलाई शान्त पार्ने तीन रस : गुलियो, तितो एवं टर्रोको बढी प्रयोग गर्नुपर्छ।
७. खाण्ड र दूधबाट बनेका घरेलु मिठाईहरू खानु अर्थात् पित्तलाई शांत पार्ने सबैभन्दा स्वादिष्ट तरीका हो। यस ऋतुमा खाना खानुअघि खीर, पेडा, बर्फी खानु श्रेष्ठ कर्म हो।
८. तितो नीमको दत्युन, ज्वरो आएमा तितो रसले प्रधान(भरिएको) चिराइता, कुटकी, गिलोय(चिनीलहरो), अदुवाबाट बनेका काढाको प्रयोग अति उत्तम हुन्छ। तितो रसयुक्त औषधिले ज्वरो, रुघाखोकीलाई मात्र नभएर यस ऋतुमा पित्तलाई पनि जितेर समाप्त गर्दिन्छ।
९. टर्रो रसवाला सौंफ एवं धनियाको दैनिक सेवन गर्दा पित्त शान्त रहन्छ र संक्रामक डेंगु, चिकनगुनिया, भाइरल रोगबाट बचाउँछ।
१०. यस ऋतुमा हलुका, सजिलरी पच्ने र टन्न घ्यू हालेको खाना सबै रोगलाई ठीक पार्ने रामबाण उपाय हो।

⚠️ विशेष सावधानी : ऋतुचर्याको नियम स्वस्थ र सामान्य व्यक्तिहरूको लागि हो।

महर्षि वाग्भट्ट र महर्षि चरकद्वारा बताइएका शरद ऋतुका पथ्य-अपथ्यलाई पालना गरेमा रोग कहिल्यै आउँदैन र भूलवश आइहाल्यो भने पनि तितो र टर्रो भान्साका औषधीहरू प्रयोग गरेर अस्पताल र डाक्टरछिम नगईकन सहजै नि:शुल्क रूपमा ठीक पार्न सकिन्छ।

हजुरको स्वास्थ्यको शुभ-चिन्तक,
योग विशेषज्ञ निरज पौडेल
संचालक : योग चिकित्सा केंद्र, चन्द्रनगर, बुटवल-६

Send a message to learn more

02/10/2022

✍️ शरद ऋतुचर्या भाग १ - डेंगु, चिकनगुनिया वा भाइरल ज्वरो लामखुट्टे मारेर होइन, गुलियो खीर, तितो दत्युन र टर्रो सौंफ खाए भाग्छ।

शरद ऋतु - असोज र कार्तिक दुई महिना।
🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

परिवर्तन नै संसारमा शाश्वत छ, अर्थात् यो संसार परिवर्तनशील छ। दिन पछि रात, रात पछि दिन, सुख पछि दु:ख, दु:ख पछि सुख आउने निश्चित छ; त्यसैगरी ग्रीष्म ऋतु पछि वर्षा, र वर्षा ऋतु पछि शरदको आगमन शाश्वत छ। महर्षि चरक, वाग्भट्ट आदि सबै ऋषिहरूले ऋतु परिवर्तन हुंदा सबै प्रकृति, दोष र व्यवहार माथि गहन अध्ययन गरेर आफूद्वारा लिखित महान् ग्रन्थहरू (चरक संहिता, अष्टांगहृदय) को सूत्रस्थानमा ऋतुचर्यामाथि पूरा अध्याय लेखेर प्रकृति सम्मत व्यवहार या आचरण गर्दै सारा संसारको स्वास्थ्यका लागि कामना गरेका र नियम बताएका छन्।
यदि हामीले यिनै नियमहरूको पालना गर्यौं भने ऋतु परिवर्तनका कारण लाग्ने सानातिना रोगहरू, जुन विगत आठ-दश वर्षदेखि महामारी बनेका छन्, तिनलाई परास्त गर्ने बायाँ हातको खेल हुनेछ।
कुनै वर्ष डेंगु, कुनै वर्ष चिकुनगुनिया, कुनै वर्ष भाइरल, कहिले मलेरिया त कहिले दुई-तीन रोग मिलेर, यसरी उपरोक्त नामका रोगहरूले शरद्ऋतुमा देशभर हाहाकार मच्चाउँछन्।
करोडौं रुपैयाँको टर्नओभर, ट्याक्स, जि.डि.पि. बढाउने यी रोगहरूले एलोप्याथिक डाक्टरहरू, औषधि कम्पनीहरू, डायग्नोस्टिक ल्याबहरू, अस्पतालहरू र सरकारलाई एकै सिजनमा मालामाल बनाउंछन्, र असहाय जनताले आफ्नो मेहनतको कमाइ लुटाउने मात्र होईन, हजारौंले ज्यान पनि गुमाउंछन्।

जबकि यसको विपरित आयुर्वेदमा यसको रोकथाम र उपचार एकदमै सरल, घरेलु र निःशुल्क जस्तै छ।

सबै ६ ऋतुहरू (ग्रीष्म, वर्षा, शरद, हेमन्त, शिशिर, बसन्त) मध्ये शरद ऋतुमा धेरैजसो सरुवा रोगको जोखिम स्वाभाविक रूपमा बढ्दछ। त्यसैले भनिने पनि गरिन्छ - "रोगाणाम शारदी माताः", अर्थात् शरद ऋतु रोगहरूको जननी हो। यसमा पनि विशेष गरी ऋतुसन्धि अर्थात् दुई ऋतुको मिलन - पहिलो ऋतुको अन्तिम साता र दोस्रो ऋतुको आगमनको पहिलो हप्तालाई ऋतुसन्धि भनिन्छ। उदाहरणका लागि, वर्षा ऋतुको अन्तिम सात दिन र शरद ऋतुको प्रारम्भको सात दिन जोडेर यी चौध दिन ऋतुसन्धि बन्छ।
वर्षा र शरद ऋतुको सन्धिकाल अधिकांश संक्रामक रोगहरूको जननी हो।

तर यसबाट आत्तिनु पर्ने, डराउनु पर्ने कुनै आवश्यकता छैन; यदि शरद ऋतुको स्वभावलाई बुझेर आफ्नो कर्म, खानपान र चर्यामा परिवर्तन गर्‍यौं भने ऋतु परिवर्तनका रोग आउँदैनन्, र आफ्नो गल्तीबाट आईहाले भने पनि निदान पनि सरल छन्।

शरद ऋतुको स्वभावको बारेमा महर्षि वाग्भट्टले अष्टांगहृदयको सूत्रस्थानको तृतीय अध्यायको एक श्लोकमा बताउनुभएको छ -

"वर्षाशीतोचिताङ्ंगानां सहसैवार्करश्मिभि: ।
तप्तानां संच्चितं वृष्टौ पित्तं शरदि कुप्यती ।।"
******************************************
अर्थात् वर्षा ऋतुको शीतलता अनुकूल हुंदा बित्तिकै शरद ऋतुको सूर्यको किरणहरू द्वारा तपायमान अंग हुनाले वर्षामा सञ्चित भएको पित्त शरद ऋतुमा प्रकुपित हुन्छ।

त्रिदोषको गणित:
🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔

वात : वातको क्षमन(समाप्ति) अर्थात् कुनै दोष हुन्न, यो ऋतु सर्वसाधारणको लागि पीडारहित हुने ऋतु हो।

पित्त : पित्तको भयंकर प्रकोप, अमिलो डकार, पेटमा जलन, बान्ता-पखाला, अम्लपित्त(एसिडिटी), पित्तजन्य ज्वरो आदि हुन्छ। अर्थात् पित्तलाई सम (सन्तुलित) गराउने परम लक्ष्य हुनुपर्छ।

कफ : अलिकति कम हुन्छ, अर्थात् अलिकति बढाउनु राम्रो हो।

अग्नि : मध्यम बलवाला हुन्छ, अर्थात् हल्का देखि अलिकति भारी खाना खानु राम्रो हो।

सरल शब्दमा भन्नुपर्दा वर्षाऋतुमा जम्मा भएको पित्त शरद ऋतुको सूर्यको गर्मी पाएर प्रकुपित(भड्किने) हुन्छ।
तसर्थ, शरद ऋतुमा बढेको पित्तलाई जित्ने उपायहरू अपनाउनु पर्छ।

आयुर्वेदमा कारण (वात, पित्त, कफ) को महत्त्व हुन्छ, कर्ता (जस्तै भाइरस, ब्याक्टेरिया जस्ता सूक्ष्मजीव) को कुनै महत्त्व हुंदैन। जबकि एलोप्याथी जस्ता आधुनिक चिकित्साले कर्ता (ब्याक्टेरिया र भाइरस) नष्ट गर्नमा जोड दिन्छन्, तर तिनीहरूका लागि कारण महत्त्वपूर्ण छैन।
सरल शब्दमा भन्नुपर्दा, बढेको पित्त (बिरामी गराउने कारण) लाई ठीक गरियो भने कर्ता (सूक्ष्मजीव) शरीरमा कहिल्यै बढ्न सक्दैन र रोग आउँदैन। र यदि आइहाल्यो भने पनि शरद ऋतुमा बढेको पित्तलाई घटाए रोग स्वतः हट्छ, अर्थात् पित्तको कमीले चिकनगुनिया, डेंगु, मलेरियाका भाइरस आफै मर्छन्।

शरद ऋतुसँग सम्बन्धित अनौठा एवं रोचक जानकारीका लागि शरद ऋतुचर्याका अन्य भागहरू पढ्न नभुल्नुहोला।

हजुरको स्वास्थ्यको शुभ-चिन्तक,
योग विशेषज्ञ निरज पौडेल
संचालक : योग चिकित्सा केंद्र, चन्द्रनगर, बुटवल-६

Send a message to learn more

18/06/2022

✍ योग दिवसको सार्थकता

हरेक वर्षझैं यस वर्ष पनि आउँदो २१ जुनमा मनाईने अन्तर्राष्ट्रीय योग दिवसको सबैलाई अग्रिम शुभकामना।💐🌸🌺🌼🌹🌷
एक दिन मात्र प्रतीकात्मक रूपमा मनाउनुभन्दा आफ्नो हरेक दिनको दिनचर्यामा राखेर हामीले योगलाई जीवनमा अपनाउनुपर्छ। पश्चिमको ठीक उल्टो नेपाल-भारतमा लगातार ऋतु-परिवर्तन भईराख्छ। जबकि पश्चिमा देशहरूमा ६-६ महिनासम्म जाडो हुन्छ, त्यसैले त्यहाँ हेभी-जिमवाला वर्कआउट गर्न सुहाउँछ तर नेपाल-भारतमा ३ ऋतु गर्मी र ३ ऋतु चिसोवाला हुन्छ, त्यसैले ऋषिहरूले देशको भूगोल अनुसार योग(आसन-प्राणायाम-ध्यान)को खोज गरे।
आज पश्चिमको चमकधमकवाला हेभी-वर्कआउटले युवापुस्ताको टाउकोमा चढेर बोलिरहेको छ, जुनचाँहि ग्रीष्म ऋतुवाला हाम्रो देशमा एकदम नुक्सानदायक छ।

हेभी-वर्कआउट गर्नाले शरीरमा वात(वायु) प्रकुपित भएर जोर्नीहरूको ल्युब्रिकेन्ट्सलाई सुकाईदिन्छ जसले गर्दा आर्थराइटिस/गठिया जस्ता रोगका कारण घुँडा खराब भईरहेको छ, अनि हृदयघात, ब्रेन-ह्यामरेज जस्ता प्राणघातक समस्याहरू पनि उत्पन्न भईरहेका छन्। यो कुपित वायुले बाललाई समयभन्दा पहिला सेतो गराउँदै छ, र छालालाई छिटो बूढो देखिने बनाईरहेको छ। स्लिपडिस्क, सरभाइकल जस्ता समस्याहरूमा पनि यो कुपित वायुको योगदान छ।

तसर्थ यो योग दिवसको अवसरमा हामीले हेभी-वर्कआउटवाला पश्चिमा सिद्धान्तलाई छाडेर आफ्नै भूगोलको योगलाई अपनाउने दृढ संकल्प लिनुपर्छ। र हामी सबै गृहस्थी(दाम्पत्य जीवन जिउने)हरूले योगसँगै काठे गाईको शुद्ध घ्यू पनि दैनिक जीवनमा खानासित लिनुपर्छ किनकी यो सित्तल र स्निग्धं(चिल्लो) हुनाले शरीरको पित्त र वायु दुवैलाई क्षमन(दमन/शमन) गर्छ र कफरूपी ऊर्जालाई पनि बढाउँछ।

योग(आसन-प्राणायाम) गर्नाले शरीरको अलिकति पित्त र वायु बढ्छ, र कफको पनि क्षमन हुन्छ। त्यसैले योगबाट पाईने लाभ पूर्ण रूपमा लिनका लागि संगसंगै काठे गाईको शुद्ध घ्यू खाएर शरीरको वात-पित्त-कफ दोषहरूलाई सम(सन्तुलित) राख्नुपर्छ।

महर्षि सुश्रुतले पनि स्वस्थ व्यक्तिलाई परिभाषित गर्दै भन्नुभएको छ -
"समदोषः,समअग्निश्च,समधातुमलःक्रिया"
अर्थात् आफ्नो दोषहरूलाई सधैं सन्तुलनमा राख्नुपर्छ।

योगले यदि घ्यूको साथ पायो भने सुनमा सुगन्ध हुनेछ। त्यसैले प्रत्येक दिन योगाभ्यास गर्दै काठे गाईको शुद्ध घ्यु खाँदै हरेक क्षण स्वस्थ रहनुहोस्।

योग चिकित्सा निरजसँग Yoga Therapy with Niraj Send a message to learn more

Photos from योग चिकित्सा निरजसँग Yoga Therapy with Niraj's post 10/06/2022

🌷🌴 ग्रीष्म ऋतु विशेष - जेठ-असारको गर्मीमा प्राकृतिक (स्व)देशी खाण्ड, बूरा र मिश्री कसरी बन्छन् अमृत समान 🌷🌴
🔹🔹🔹🔹🔹🔹🔹🔹🔸🔸🔸🔸🔸🔸🔸🔸

"वृष्या: क्षतक्षिणहिता रक्तपित्तानिलापहा:
मत्स्यण्डिकाखंडसिता: क्रमेण गुणवत्तमा:"
-- महर्षि वाग्भट्ट

अर्थात् (स्व)देशी खाण्ड, बूरा एवं मिश्री क्रमशः अधिक गुणवाला हुन्छन्। खाण्डभन्दा बूरा धेरै गुणवाला छ, र बूराभन्दा मिश्री धेरै गुणवाला छ।
यी तीनवटै वृष्य अर्थात वीर्य-वर्धक(बढाउने) हुन्, क्षत(क्षतिग्रस्त/घाइते) एवं क्षीण(दुब्लो-पातलो, कमजोर) रोगीहरूको लागि हितकारी छन्।
रक्तपित्त एवं वायुलाई क्षमन(दमन, शमन) गर्नेवाला हुन्।
सित्तल एवं मधुर(गुलियो) गुणका कारण पित्त र वायु रोगलाई ठीक गर्छन्, र यसै गुणका कारण कफ-वर्धक अर्थात पुष्टिकर्ता(पोषण गर्ने) हुन्।

गुण विशेष :-
१. पित्त-नाशक : पित्तनाशक हुनाले शरीरको गर्मीलाई कम गर्छन्, उच्च रक्तचापलाई सामान्य गर्नमा सहायक छन्, रिसलाई कम गर्छन्, शीतपित्त जस्ता छालाका समस्यालाई ठीक गर्छन्, शरीरमा कान्ति ल्याउँछन्। ताजापन एवं सित्तल/चिसो बनाएर राख्छन्।
२. वात-नाशक : मधुर गुण हुनाले वायुनाशक हुन् अर्थात वायु विकारहरूलाई ठीक गर्छन्, जस्तै धेरै वायु बन्ने, खट्टो डकार आउने, शरीरको विभिन्न हिस्सा दुख्ने, इत्यादि।
३. कफ-वर्धक : सित्तल एवं मधुर हुनाले कफको वृद्धि गर्छन् अर्थात वीर्य वृद्धि गरेर शरीरलाई हृष्टपुष्ट बनाउँछन्। सप्तधातु(रस-रक्त-मांस-मेद-अस्थि-मज्जा-शुक्र)लाई पोषण गर्छन्।

🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿

उपरोक्त तीनवटै गुलिया पदार्थ क्याल्सियम, आइरन, म्याग्नेसियम र फोस्फोरस आदि खनिजहरूले भरिपूर्ण छन्; यिनले शरीरमा उपरोक्त सबै खनिज प्राकृतिक रूपमा आपूर्ति गर्छन्।

🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿

⚠ सावधानी : "अति सर्वत्र वर्जयेत" उपरोक्त गुणहरूको आधारमा कुनै पनि चीजको अति गर्नु हानिकारक हुन्छ।
अधिक मोटो या मेद(बोँसो)ले भरिएका मानिसले गुलिया पदार्थहरूको उपयोग कम गर्नुपर्छ, तर दुब्ला, पित्त प्रकोप, बढी गर्मी हुने मानिसहरूले खाण्ड, बूरा एवं मिश्रीको प्रयोग राम्रोसँग गर्न सक्छन्।
बच्चाहरूको लागि उपरोक्त तीनवटै पदार्थ अत्यन्तै हितकारी छन्।
अनि वर्षा ऋतुमा गुलियो कम खानु नै श्रेयष्कर हुन्छ किनकि यो पित्तनाशक हो र वर्षामा अग्नि पनि मन्द हुन्छ।

🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

प्रयोग विधि :-
🔹🔹🔸🔸
पुष्टिवर्धन(पोषण बढाउन)को लागि :
१. दूधमा खाण्ड/बूरा/मिश्री हालेर पिउनु एकदम गुणकारी हुन्छ। दूधबाट बनेका मिठाइहरूमा प्राकृतिक बूरा हाल्नाले मिठाइहरू एकदम स्वादिष्ट र गुणकारी हुन्छन्।
२. खानाभन्दा पहिला घ्यू र बूरा/मिश्री खानाले स्वादिष्ट रसायनको काम गर्छ।

रक्तपित्त-नाशक योग : खाण्ड/बुरा/मिश्रीको सरबत अत्यन्तै उपयोगी एवं सित्तल गराउनेवाला हुन्छ।

गर्भवती महिलाहरूको लागि विशेष : आइरनको कमी आदि का लागि आइरन क्याप्सुल खानु एकदम डरलाग्दो मांसाहारी योग हो, त्यसैले शाकाहारी महिलाहरूले ९ महिना फलामको कराईमा पाकेको दूधमा खाण्ड/बूरा/मिश्री मिसाएर पिउनुपर्छ।
दहीमा गुडको शक्कर या खाण्ड/बूरा/मिश्री मिसाएर खानुपर्छ।
खाण्ड/बूरा/मिश्रीले गर्भावस्थामा पित्तको वृद्धिलाई रोक्छ र रक्तचापलाई नियन्त्रित राख्छ।

यिनका विशेषताहरू :-
१. खाण्ड : दूध एवं मिठाईहरूको लागि प्राकुतिक खनिजहरूले युक्त गुलियो पदार्थ
२. ब्राउन खाण्ड : प्राकृतिक क्याल्शियम, आइरन, म्याग्नेशियम एवं फोस्फोरसयुक्त; सरबत, घ्यू, भात एवं दहीसँग मिसाएर खानलाई उपयुक्त; गर्भवती महिलाहरूमा उपरोक्त खनिजहरूको आपूर्तिका लागि गर्भावस्था भरी खुवाउनको लागि सर्वोत्तम
३. बूरा : खाण्डबाट बनेको बूरा। यो खाण्डको सफा र शुद्ध स्वरुप हो।

बजारमा उपलब्ध चिनीबाट बनेको बूरा स्वास्थ्यको लागि एकदम हानिकारक हुन्छ तर यसको ठीक उल्टा (स्व)देशी खाण्डबाट बनेको बूरा अत्यन्तै पौष्टिक एवं स्वादिष्ट हुन्छ। मिठाई बनाउनको लागि त सर्वोत्तम गुलियो।😋👌

हजुरको स्वास्थ्यको शुभ-चिन्तक,
योग विशेषज्ञ निरज पौडेल।

10/06/2022

✍ ग्रीष्म ऋतुचर्या भाग ४ - जेठ-असारको गर्मीमा अमृतरुपी दही कसरी बन्दछ 'विष'

कतिपयले गुनासो गर्छन्, "हामी सादा, सात्विक, शाकाहारी खाना खान्छौं, तर पनि हामी किन बिरामी हुन्छौं, यति धेरै नियम पालना गरेर पनि हामीलाई किन यति धेरै रोग लाग्छ ?"

यसको समाधान ऋतुचर्यामा छ। तर हामीले आफ्नो विशुद्ध आयुर्वेद, प्रकृति र रस विज्ञानलाई छोडेर युरोप-अमेरिकाबाट आएको भिटामिन, प्रोटिन, प्रोबायोटिक्स आदि सिद्धान्तको दुष्टचक्रमा फसेर झन् समस्या थपिरहेका छौं। अझ त्यसमाथि हामीले ती विदेशी सिद्धान्तका प्राकृतिक, शाकाहारी, स्वदेशी विकल्प खोजेर स्वयंलाई झन् विनाशतर्फ धकेलिरहेका छौं। उता युरोपेलीले "आँखाका लागि भिटामिन-ए धेरै राम्रो हुन्छ, छालाका लागि भिटामिन-सी धेरै राम्रो हुन्छ, त्यसैले यिनका एक-एक ट्याब्लेट दैनिक खानुस्" भन्दा बित्तिकै यताको नेपाली साथीभाइले "गाजरमा भिटामिन-ए धेरै हुन्छ, त्यसैले बाह्रै महिना यो स्वभाविक रुपमा खान मिल्छ, अनि कागती, सुन्तला, मौसम्बीमा भिटामिन-सी प्रशस्त हुन्छ, यी पनि दिनहुँ खानुस्" भनेर चिच्याउन थाल्छन्। हो यही खिचडी सिद्धान्तले सादा, सात्विक, शाकाहारी मानिसहरुको जीवनमा समस्याहरु बढाइरहेको छ।

👹 ग्रीष्म ऋतु अर्थात् जेठ-असारको गर्मीमा सबैभन्दा ठूलो विष हो - दही !!! कसरी ?
जसरी पूरा युरोप-अमेरीकामा मान्यता छ कि "दही क्याल्शियमले भरिपूर्ण छ र यसका प्रोबायोटिक्सले शरीरको गुड-गट ब्याक्टेरियालाई बढाउने हुनाले शरीरको मेटाबोलिज्मको लागि यो अमृत हो", त्यसरी नै दहीको उद्गमस्थल नेपाल-भारतमा पनि त्यही सिद्धान्त अहिले लागू गराइएको छ।

आयुर्वेदमा दहीका गुणबारे चर्चा गर्दै महर्षि वाग्भट्टज्यूले आफ्नो सूत्रस्थानको दधिवर्ग अध्यायको सूत्रमा भन्नुभएको छ -
"अम्लपाकरसं ग्राही गुरुष्णं दधि वातजित"।।

अर्थात् दही पाक र रस(स्वाद)मा अम्ल(अमिलो) छ, ग्राही(मललाई बाँध्छ), गुरु(पच्नमा धेरै भारी या अडिलो), उष्ण(गर्मी या पित्त बढाउँछ), वायुलाई जित्छ।

उपरोक्त सूत्रबाट थाहा हुन्छ कि गर्मी मौसममा स्वभाविक रुपमा पित्तको वृद्धि शुरुदेखि नै हुने हुनाले दही खाँदा पित्त धेरै गुना वृद्धि भएर पित्तजन्य गम्भीर व्याधिहरूले शरीरलाई घेर्छन्। अर्थात् गर्मीमा दही खाँदा सुकिरहेको कफको वृद्धि त हुन्छ तर ऋतुजन्य बढेको पित्त झन् बढ्दै जान्छ। त्यसैले गर्मीमा दही निषेधित छ।

गर्मीमा दहीमा नून मिसाएर खानु भनेको विषलाई झन् विषालु बनाउनु बराबर हो किनकी नूनले पनि पित्तलाई वृद्धि गर्छ। जो-जसले ऋतुचर्याको यो नियमविपरीत क्याल्सियम, प्रोबायोटिक्सको सिद्धान्त अनुसार दही र त्यसमा पनि नून हालेर खान्छन्, तिनीहरूलाई भयङ्कर पित्त वृद्धिका कारण शरीरमा जलन, दाज, चिलाउने जस्ता चर्मरोग, उच्च रक्तचाप, डण्डीफोर, समयभन्दा पहिला बाल फूल्ने, यौन-दुर्बलता, रिस उठ्ने, झर्किने, युरिक-एसिड बढ्ने, पित्तथैलीमा पत्थरी, फ्याटि लिभर जस्ता गम्भीर रोगहरू आउनेछन्, अनि फेरी शाकाहारीले भन्न थाल्छन् - "म दूध-दही खाने मान्छे यति बिरामी किन भाछु ?"

त्यसोभए गर्मी मौसममा दही कसरी खाने त ? 🤔
आयुर्वेदिक समाधान - यदि अझै पनि दही खानु छ भने त्यसको उष्णतालाई कम गर्नुपर्छ। र अमिलोको साटो नअमिलिएको दहीलाई खानाभन्दा पहिले प्रयोग गर्नुपर्छ।
१. पहिलो उपाय : अर्थात् जति दही छ, त्यो बराबर या त्योभन्दा अधिक, त्यसमा चिसो पानी हाल्नुहोस्, त्यसलाई मन्थन गरेर त्यसमा सित्तल प्रकृति(गुण)को देशी खाण्ड/बूरा/मिश्री हालेर पिउनुहोस्। अर्थात नौनीवाला पातलो, गुलियो लस्सी पिउनुहोस्।
२. दोस्रो उपाय : शुद्ध स्वदेशी नश्ल अर्थात काठे गाईको घ्यू अत्यन्तै सित्तल हुनाले त्यसको उष्णतालाई कम गर्नेछ। दहीलाई पातलो गराएर घ्यू मिसाएर, खाण्ड/बूरा/मिश्री मिसाएर पिउनुहोस्।
३. अन्य उपाय : पातलो दहीमा मूंगको दालको सूप, अमलाको चूर्ण या मह (तीनवटै सित्तल हुनाको कारण) मिसाएर पनि पिउन सकिन्छ।
⚠ विशेष सावधानी : मोटो-गह्रुङ्गो मान्छेहरूले ग्रीष्म, शरद र वसन्त ऋतुमा लगातार सात दिनसम्म रातिको बेला तातो गराएर दही खानुहुँदैन।

आयुर्वेद अनुसार उपरोक्त आधारमा नै दही खानु हितकारी हुन्छ अन्यथा उष्ण प्रकृतिको दहीले गर्मी मौसममा पित्त वृद्धि गरेर जीवनलाई नर्क पनि बनाउन सक्छ।

हजुरको स्वास्थ्यको शुभ-चिन्तक,
योग विशेषज्ञ निरज पौडेल।

योग चिकित्सा निरजसँग Yoga Therapy with Niraj Send a message to learn more

08/06/2022

✍ ग्रीष्म ऋतुचर्या भाग ३ - जेठ-असारको गर्मीमा कुन स्वाद स्वास्थ्यको लागि उत्तम हुन्छ र त्यसको विज्ञान

लामो दिन, छोटो रात, सूर्यको प्रचण्डता एवं अधिक निन्द्राबाटै थाहा हुन्छ कि शरीरमा कफको ह्रास(सुक्नु/घट्नु) दिन प्रतिदिन बढिरहेको छ,
र गर्मीका कारण पित्तको वृद्धि पनि भईरहेको छ।

🍉🍉🍉🍉🍉🍋🍋🍋🍋🍋🍌🍌🍌🍌🍌🍑🍑🍑🍑

त्यसोभए त्यस्ता कुन-कुन रस(स्वाद) छन् जसले पित्त नबढाईकन यो हराईरहेको कफलाई बढाउन सक्छन् ? वाग्भट्टज्यूले सूत्रस्थानको तृतीय अध्यायको २८औं श्लोकमा यसको समाधान बताउँदै भन्नुभएको छ -
"भजेन्मधुरमेवान्नम लघु स्निग्धं हिमं द्रवं"

अर्थात् मधुर रसयुक्त (गुलियो स्वादवाला) खानेकुरा विशेषगरी खानुपर्छ, हल्का, चिल्ला, सित्तल(चिसो) एवं दूध, सरबत आदि पातला पदार्थहरूको विशेष उपभोग गर्नुपर्छ।

उपरोक्त सूत्रबाट थाहा हुन्छ कि गुलियो स्वाद नै एकमात्र यस्तो स्वाद हो जसले कफरुपी बललाई तीव्रताले बढाउँछ र पित्तलाई बढ्न दिदैँन।
यसमा विशेष ध्यान दिनुपर्ने कुरा के छ भने गुलियो पनि त्यस्तो होस् जुन रसले भरिएको होस्, जसमा पृथ्वी-तत्व(बाक्लो हिस्सा) कम होस् र जल-तत्व बढी होस्, उदाहरणका लागि - तरबुजा, खरबुजा, आरु, लिच्ची आदि जस्ता फलफूल। अनि जब ग्रीष्म ऋतु अर्थात् गर्मी मौसम जेठपछि (चरम अवस्थामा पुगेर) असारमा ढल्न शुरू हुन्छ तब आँप जस्ता धेरै पृथ्वी-तत्व र कम जल-तत्व भएका फलफूल खानुपर्छ।
गुलिया पातला सरबत, सात्तुपानी आदिको उपभोग अत्याधिक हितकारी हुन्छ।

गुलियोमा बाक्लो दूधको बर्फि, गुलाबजामुन जस्ता गुरु(पच्नमा भारी/अडिलो) एवं तातो गुलियो पदार्थ कम खानु, तर चिसा बङ्गाली रसगुल्ला, रसमलाई जस्ता लघु(पच्नमा हल्का) मिठाईहरू खान बढी उपयुक्त हुन्छ।

💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪

शुद्ध गौघृत(शुद्ध स्वदेशी नश्लको अर्थात काठे गाईको घ्यू) सर्वोत्तम, स्निग्ध(चिल्लो) एवं सित्तल, मधुर स्वाद हुनाले गर्मी मौसमको लागि उत्तम कफ-वर्धक खाद्यपदार्थ हो जसले पित्त र वातको एकैसाथ क्षमन(दमन) गर्दछ।
त्यसैले गर्मी मौसममा नहिचकिचाइकन शुद्ध गौघृत खानुपर्छ।
गर्मी मौसममा उष्ण प्रकृतिको अर्थात गर्मी गराउने तेल(सरसिंउ/तोरी, तिल इत्यादि) खानाले पित्तको वृद्धि हुन्छ र चर्म रोग(दाज, चिलाउने, एक्जिमा इत्यादि), उच्च रक्तचाप, पेटमा जलन, दाह, झाडा-पखाला, वाकवाकी लाग्ने, मूर्छा/बेहोशी आदि पित्तजन्य व्याधिहरू उत्पन्न हुन्छन्, त्यसैले गर्मी मौसममा खानामा तेलको सट्टा शुद्ध गौघृतको प्रयोग गर्नु एकदम उचित हुन्छ।

🌞🌞🌞🌞🌞🌞🌞🌞🌞🌞🌞🌞🌞🌞🌞🌞🌞🌞🌞

देशी खांड या खांडबाट बनेको बूरा (चीनी वाला बूरा होईन) या मिश्रीलाई सरबत/शिकंजीमा हालेर पिउनुपर्छ। र Glucon-D/C इत्यादि अप्राकृतिक केमिकलवाला गुलियोबाट सधैं बच्नुपर्छ।

खट्टो-अमिलो र नुनिलो स्वाद कफवर्धक हुनुको साथै पित्तवर्धक पनि छ तर गर्मीमा हामीले कफ वृद्धि एवं पित्त शान्ति गर्नुपर्छ, त्यसैले खट्टो-अमिलो एवं नुनिलो स्वादमा गुलियो स्वाद मिसाएर र चिसो पानीले त्यसलाई पातलो गराएर कफ वृद्धि एवं पित्त शान्ति गर्नुपर्छ, जस्तै - कागती पानी/सरबत, खट्टो आँपको पना(पेय), खट्टो इमिलीको पातलो स्वाद। अर्थात् कागती, आँप र इमिली एक्लै खाँदा कफवर्धक छ तर पित्त व्याधि बढाउँछ, त्यसैले यिनमा देशी खांड/बूरा/मिश्री र केही गुना चिसो पानी मिसाउनाले पित्त विकार पनि शान्त हुन्छ र कफ वृद्धि पनि हुन्छ।
तसर्थ गर्मी मौसममा खट्टो-अमिलो, पिरो एवं नूनयुक्त अचार खान निषेधित छ तर खट्टो-अमिलो एवं नुनिलो स्वादमा गुलियो(खांड/बूरा/मिश्री) एवं चिसो पानी मिसाएर सरबत/शिकंजी पिउनु एकदम उपयुक्त हुन्छ।

आधुनिक विज्ञानको भिटामिन, प्रोटिन एवं क्यालोरीवाला सिद्धान्त यहाँ पूर्ण रुपमा असफल हुन जान्छ किनकी तिनीहरूले कुनै वस्तुमा प्रोटिन र भिटामिन त देख्छन् तर कुन मौसममा के पच्छ र कसरी पच्छ भन्नेबारे तिनीहरूलाई अलिकति पनि थाहा छैन।
उनीहरूले कागती, आँप, र इमिली टन्न भिटामिन-सी ले भरिएको त देख्छन् तर गर्मीमा यदि यसमा गुलियो र पानी मिसाइएन भने यसले घोर पित्तजन्य व्याधिहरू निम्त्याउँछ भन्ने बुद्धि उनीहरूमा छैन। भिटामिन-सी ले भरिएका फलफूल गलत विधिले खाए गर्मी मौसमले जीवनभरीको लागि गम्भीर रोगहरू उत्पन्न गरेर जीवनलाई नर्क बनाउने काम गर्नेछ, तर आयुर्वेदको ज्ञानमार्फत यी खट्टा-अमिला स्वादवाला फलहरूले जीवनमा उमंग भरिदिन्छन्।

तसर्थ आधुनिक विज्ञानको भिटामिन-प्रोटिनबाट बाहिर निस्किनुहोस् र प्राचीन आयुर्वेदिक विज्ञानको रस-ऋतु-प्रकृति विज्ञानमा प्रवेश गर्नुहोस्।

🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿

अन्तिममा सबैभन्दा महत्त्वपूर्ण कुरो - यी गुलिया फलफूल एवं मिठाईहरू सधैं खानाभन्दा पहिले खानुपर्छ र कहिल्यै पनि यिनलाई खानापछि खानुहुँदैन।
किनकी महर्षि वाग्भट्टज्यूले अष्टांग हृदयको सूत्रस्थानको प्रथम अध्यायमा ६ रस(स्वाद)को जानकारी दिँदै लेख्नुभएको छ -
"रसा: स्वादुम्ललवणतिक्तोषणकषायका: ।
षडू द्रव्यमाश्रितास्ते तु यथापूर्वे बलावहा: ।। २१।।

अर्थात् खानामा सबैभन्दा पहिले सबैभन्दा बलकारक(शक्तिशाली) गुलियो स्वाद खानुपर्छ, त्यसपछि खट्टो, अनि नुनिलो, अनि तितो, त्यसपछि पिरो र सबैभन्दा अन्तिममा टर्रो।

तसर्थ गर्मी मौसममा गुलियो सर्वोत्तम स्वाद हो र यसलाई उपभोग गर्नु उपयुक्त हुन्छ तर आयुर्वेद नियम अनुसार सबैभन्दा पहिले खानुपर्यो।
ग्रीष्म ऋतुको उष्णतालाई गुलियो स्वादले शान्त गरेर रसयुक्त फलफूल, तरकारी, सरबतको आनन्द लिएर यो गर्मीलाई सुमधुर बनाउनुहोस्।
अर्को विषयमा ग्रीष्मको अन्न, दाल एवं अन्य धान्य माथि वैज्ञानिक चर्चा गर्नेछु।

हजुरको स्वास्थ्यको शुभ-चिन्तक,
योग विशेषज्ञ निरज पौडेल।

योग चिकित्सा निरजसँग Yoga Therapy with Niraj Send a message to learn more

Want your business to be the top-listed Health & Beauty Business in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Ghumti Path, Chandra Nagar (also Known As Chaad Baari), Ward No. 6 [just 2. 5 Minutes Walking Distance Towards East(HillPark's Northern Gate) From Bhudki-chowk Of Hospital Line]
Butwal
32907

Opening Hours

Monday 04:00 - 20:00
Tuesday 04:00 - 20:00
Wednesday 04:00 - 20:00
Thursday 04:00 - 20:00
Friday 04:00 - 20:00
Saturday 04:00 - 20:00
Sunday 04:00 - 20:00

Other Alternative & Holistic Health in Butwal (show all)
Jhaiphal Massage Oil Jhaiphal Massage Oil
Butwal
Butwal

Civil Medical Hall, Butwal सिभिल मेडिकल हल Civil Medical Hall, Butwal सिभिल मेडिकल हल
TILOTTOMA PATH
Butwal

Civil Medical Hall is a renowned clinic and medical for the Cancer Specialist along with Head, Neuro Diseases situtated at Tilottama Path,Butwal,Rupandehi

Vestige in nepal butwal Vestige in nepal butwal
Butwal

join us

Chirayu Health Care Center Chirayu Health Care Center
Butwal-4 Aadharsanagar, Rupandehi
Butwal, 32907

Lumbini Jyotish / लुम्बिनी ज्योतिष Lumbini Jyotish / लुम्बिनी ज्योतिष
Trafic Chowak Butwal
Butwal

ज्योतिष एवम् वास्तु क्षेत्रको नेपालमै एकमात्र CTEVT बाट मान्यता प्राप्त ISO certified संस्था

Sakriya pharmacy Sakriya pharmacy
Hospital Line Shutter No13
Butwal

sakriya pharmacy is clinical pharmacy where different services are provided wid regular doctor checkup, pathology, ecg, endoscopy,and many more