साझा नागरिक सहायता केन्द्र

साझा नागरिक सहायता केन्द्र

नेपाली नागरिकका गुनासो सुन्नेछौ ।
का?

19/07/2022

प्रेस विज्ञप्ति:
‘विचारभन्दा माथि देश’ राजसंस्था, संघीयता खारेजी र हिन्दु-बौद्ध राष्ट्रको माग सहित पुस्तकका रूपमा आउँदै


काठमाडौं। राजनीतिकर्मी, परोपकारी, लेखक तथा बीबीसी नेपाली सेवाका पूर्वप्रमुख रवीन्द्र मिश्रको पाँचौं पुस्तक ‘विचारभन्दा माथि देश’ प्रकाशन हुने भएको छ। पुस्तक छिट्टै बजारमा उपलब्ध हुनेछ।

‘विचारभन्दा माथि देश’मा मिश्रले गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिनप्रतिदिन संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण ती विषय नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्ष निकालेका छन्।

उनले ढिलो नगरीकन नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना तथा सङ्घीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’मा रूपान्तरण गर्नुपर्ने बताएका छन्। उनी भन्छन्, ‘कुनै विषय सैद्धान्तिक रूपमा राम्रो भएर मात्र हुँदैन, त्यसले धरातलीय यथार्थसँग तादात्म्य राख्नुपर्छ।’

नेपाललाई इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्ने हो भने अब पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ र बिपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’लाई समायोजित रूपमा अङ्गीकार गर्नुको विकल्प नभएको उनको निष्कर्ष छ।

‘हामीभन्दा माथिको पुस्ताले स्वार्थकेन्द्रित नभई राष्ट्र–केन्द्रित राजनीति गरिदिएको भए आज देशको अर्थतन्त्र, सहर–बजार र स्वाभिमानको स्थिति यति नाजुक हुने थिएन। ६०-७० लाख युवा बिदेसिन बाध्य हुने थिएनन्। आफ्नो सुविधा, लाभ, पद, प्रतिष्ठा र आसन्न चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्रघात हो। आफ्नै लागि त जीवनमा गर्न सकिने अरू धेरै काम छन्, राजनीति गर्न पर्दैन। राजनीति भनेको देशकै लागि गर्ने हो। त्यसैले, कम्तीमा ३० वर्षपछिको नेपाललाई मनन गरेर यी विषय उठाएको हुँ,’ मिश्रले पुस्तकमा लेखेका छन्।

मिश्रले गत वर्ष विवेकशील साझा पार्टीको अध्यक्ष हुँदा सङ्घीयता खारेजी र धर्म निरपेक्षताबारे जनमतसङ्ग्रह नेपालका लागि अत्यावश्यक रहेको बताउँदै ‘बहस र छलफल’का लागि एउटा दस्तावेज सार्वजनिक गरेका थिए। उक्त दस्तावेजमाथि देशभरबाट आम रूपमा प्राप्त प्रतिक्रिया, भएका छलफल र बहस तथा बढ्दै गएको देशको भूराजनीतिक र आन्तरिक संवेदशीलतालाई मनन गरेर त्यसलाई परिमार्जन र विस्तार गरी पुस्तकको रूप दिएको मिश्रले बताएका छन्।

फाइनप्रिन्टले प्रकाशन गर्न लागेको यस पुस्तकबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व (रोयल्टी) राजनीतिक शुद्धीकरणको अभियानमा जाने मिश्रले उल्लेख गरेका छन्। यसअघि प्रकाशित उनको पुस्तक ‘राजनीतिसँगै राजकाज’को लेखकस्व पनि उनले राजानीतिक सुधारकै प्रयासका लागि प्रदान गर्दै आएका छन्। उनका अन्य तीन पुस्तकको लेखकस्व विपन्न चेपाङ समुदायमा कार्यरत मितेरी फाउन्डेशनलाई प्रदान गरिँदै आएको छ।

पुस्तक नेपाल र विदेशबाट किताबयात्रा डटकममा गएर, ०१–५२४५०८८ मा फोन या ९८११२८४८२१ मा भाइबर गरेर बुकिङ गर्न सकिनेछ।


फाइनप्रिन्ट बुक्स
विशालनगर, काठमाडौं
फोन : ०१–४४४३२६३
ई–मेल : [email protected]

18/07/2022
सडक बालबालिकालाई भारत लगेर मिर्गौला बेच्‍ने ५ पक्राउ 18/07/2022

सडक बालबालिकालाई भारत लगेर मिर्गौला बेच्‍ने ५ पक्राउ काठमाडौंको सडकपेटीमा बस्ने सडक बालबालिकाहरुलाई फकाएर भारतको कोलकाता पुर्‍याई मिर्गौला बिक्री गर्ने गरेको आरो.....

02/07/2022

आफ्नो नेता हो भन्न पनि गर्ब लागोस्!!
१)मेरो नेताले भ्रस्टाचार गर्दैन
२)मेरो नेताले छोराछोरी पाल्न देश र नागरिक लुट्न पर्दैन
३)मेरो नेता ईमानको कमाई खान्छ
४)मेरो नेता विभिन्न बादको दुहाइ दिएर बिदेशी राजदुतको ढोका चहार्दैन
५)मेरो नेता सत्ताको चास्निमा डुब्न अबैध साठगाठ गर्दैन कसैको तलुवा चाड्दैन
६)मेरो नेता अध्यनशिल,हसमुख,सदाचारि र सत्य छ
७)मेरो नेताले देश र नागरिकलाई आफ्नो स्वार्थको लागी बेच्दैन
८)मेरो नेताले अन्तर्राष्ट्रिय कुटनैतिक सम्बन्ध बुझेको छ
८)मेरो नेताले आरोपको राजनीति गर्दैन
९)मेरो नेता बिज्ञ र विद्वानलाई सधै संमान गर्छ
१०)मेरो नेताले समाजसेवाको काम गरेको अनुभव छ
११)मेरो नेताले मुलुकको भुगोल,सस्कार सस्कृति राम्रोसँग बुझेको छ।
१२)मेरो नेताले नारिलाइ धेरै संमान गर्छ
१३)मेरो नेताले झुटको खेती गर्दैन
१४)मेरो नेतामा देश बदल्ने अठोट छ
१५)मेरो नेता राश्ट्र र राश्टृयता प्रति जिम्मेवार छ
१६)मेरो नेता बिश्वसामु शिर ठडाएर देश र नागरिकको हितमा काम गर्ने हैसियत राख्छ
१७)मेरो नेताले किसानको पिर मर्का बुझेको छ
१८)मेरो नेताले पर्यटन बुझेको छ
१९)मेरो नेताले उध्यमि र व्यावसायिको समस्या बुझेको छ
२०)मेरो नेतामा देश बदल्ने खाका र योजना छ
२१)मेरो नेताले ईमानदार भएर राज्यलाई tax तिर्छ

मलाई मेरो नेता प्रति गौरव छ बिश्वास छ तपाईंलाई तपाईंको नेता प्रति नि?मुखले हैन आफ्नो ब्रम्हलाइ सोधेर जबाफ दिनुस है।

Photos from साझा नागरिक सहायता केन्द्र's post 08/12/2021
03/12/2021

मिति: शनिबार मंसिर १८ गते, समय: दिनको एक बजे
स्थान: जाउलाखेल चौकसँगैको खुला ठाऊँ

त्यो दिन हाम्रो हौसला बढाउन कृपया आइदिनुहोला। हामी बृहत्, रूपान्तरणकारी शक्ति निर्माण अभियानको पहिलो कदममा विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबीच एकता घोषणा गर्दैछौँ। https://t.co/io786u51z5

06/06/2021

आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरू लकडाउनले समस्यामा परेका नेपाली दाजुभाइ दिदिबहिनीहरु लाई सहयोग गर्नु हाम्रो कर्तव्य हो। महामारी र अनिकालमा गाँस काटेर खुवाउने पुरानो नेपाली संस्कारको जगेर्ना गर्नसके थोपा-थोपा मिलेर समुद्र बन्छ भन्ने उक्तिलाई वास्तवमै व्यवहारमा उतार्न सकिन्छ।
बन्दाबन्दीले अशक्त र दैनिक ज्यालादारी गरेर खानुपर्ने वर्गको चुलो दिनप्रतिदिन निभिरहेको छ। त्यसमा पनि बिरामी परेर हस्पिटल बस्दा बिरामी र कुरुवाले खानाको लागि समस्या भोगेको कुरालाई मध्य नजर गरि नागरिक सहायता कक्ष बाट " सफा भान्सा, तातो भात अभियान " सुरुवात गरेका छौं।
विवेकशील साझा पार्टी लुम्बिनी प्रदेश तुलसिपुर दाङले कोरोना अस्पतालमा सुरु गरेको "सफा भान्सा , तातो भात" अभियानलाई पोखरा स्थायी घर भै हाल बेलायतमा बस्ने नेपाल डेन्टल हाइजेनिष्ट एसोसिएसनका सस्थापक अध्यक्ष केशर नाथ पौडेल र उहाँको परिवारको तर्फबाट हाम्रो यो अभियानलाई थप उत्साह प्रदान भएको छ l उहाँ र उहाँको परिवारलाई सु- स्वास्थ र दिर्घायुको कामना गर्दै सहयोगको हार्दिक आभार प्रकट गर्दछौं।
हजुरहरु पनि यो पुण्य कार्यमा सहभागी हुन चाहनु हुन्छ भने तलको ब्यानरको नम्बरहरुमा सम्पर्क गर्न सक्नु हुनेछ।

30/05/2021

सफा भान्सा तातो भात अभियानको चौथो दिन ।
यो तातो भात अभियान केबल तातो भात मात्र होईन र भोकाई मेटने भौतीक आहार मात्र पनी होईन । यो त प्रेम हो, मानवताको सम्बन्ध हो, नेपालीपनको भावना हो । यो युगौ युग संग जोडीने हाम्रो सम्बन्ध हो । तुलसीपुर मेट्रो कोभिड अस्पतालमा भर्ना भएका सम्पूर्ण बिरामीको सुस्वास्थ्य तथा दीर्घायुको शुभकामना ।

29/05/2021

आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरू लकडाउनले समस्यामा परेका नेपाली दाजुभाइ दिदिबहिनीहरु लाई सहयोग गर्नु हाम्रो कर्तव्य हो। महामारी र अनिकालमा गाँस काटेर खुवाउने पुरानो नेपाली संस्कारको जगेर्ना गर्नसके थोपा-थोपा मिलेर समुद्र बन्छ भन्ने उक्तिलाई वास्तवमै व्यवहारमा उतार्न सकिन्छ।
बन्दाबन्दीले अशक्त र दैनिक ज्यालादारी गरेर खानुपर्ने वर्गको चुलो दिनप्रतिदिन निभिरहेको छ। त्यसमा पनि बिरामी परेर हस्पिटल बस्दा बिरामी र कुरुवाले खानाको लागि समस्या भोगेको कुरालाई मध्य नजर गरि नागरिक सहायता कक्ष बाट " सफा भान्सा, तातो भात अभियान " सुरुवात गरेका छौं।
विवेकशील साझा पार्टी लुम्बिनी प्रदेश तुलसिपुर दाङले कोरोना अस्पतालमा सुरु गरेको "सफा भान्सा , तातो भात" अभियानलाई युवा ब्यवसायी ,समाजसेवी शिव कुमार चौधरीले पुण्य कार्यका लागि ७०००/- नगद सहयोग गरि हाम्रो यो अभियानलाई थप उत्साह प्रदान भएको छ l उहाँ र उहाँको परिवारलाई सु- स्वास्थ र दिर्घायुको कामना गर्दै सहयोगको हार्दिक आभार प्रकट गर्दछौं।
हजुरहरु पनि यो पुण्य कार्यमा सहभागी हुन चाहनु हुन्छ भने तलको ब्यानरको नम्बरहरुमा सम्पर्क गर्न सक्नु हुनेछ।

29/05/2021

आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरू लकडाउनले समस्यामा परेका नेपाली दाजुभाइ दिदिबहिनीहरु लाई सहयोग गर्नु हाम्रो कर्तव्य हो। महामारी र अनिकालमा गाँस काटेर खुवाउने पुरानो नेपाली संस्कारको जगेर्ना गर्नसके थोपा-थोपा मिलेर समुद्र बन्छ भन्ने उक्तिलाई वास्तवमै व्यवहारमा उतार्न सकिन्छ।
बन्दाबन्दीले अशक्त र दैनिक ज्यालादारी गरेर खानुपर्ने वर्गको चुलो दिनप्रतिदिन निभिरहेको छ। त्यसमा पनि बिरामी परेर हस्पिटल बस्दा बिरामी र कुरुवाले खानाको लागि समस्या भोगेको कुरालाई मध्य नजर गरि नागरिक सहायता कक्ष बाट " सफा भान्सा, तातो भात अभियान " सुरुवात गरेका छौं।
विवेकशील साझा पार्टी लुम्बिनी प्रदेश तुलसिपुर दाङले कोरोना अस्पतालमा सुरु गरेको "सफा भान्सा , तातो भात" अभियानलाई दाङ तुलसीपुर हात्ती खौवा श्री आमा समूह बाट पुण्य कार्यका लागि ५०००/- नगद सहयोग गरि हाम्रो यो अभियानलाई थप उत्साह प्रदान भएको छ l उहाँ र उहाँको परिवारलाई सु- स्वास्थ र दिर्घायुको कामना गर्दै सहयोगको हार्दिक आभार प्रकट गर्दछौं।
हजुरहरु पनि यो पुण्य कार्यमा सहभागी हुन चाहनु हुन्छ भने तलको ब्यानरको नम्बरहरुमा सम्पर्क गर्न सक्नु हुनेछ।

27/05/2021

महामारी र अनिकालमा गाँस काटेर खुवाउने पुरानो नेपाली संस्कारको जगेर्ना गर्नसके थोपा-थोपा मिलेर समुद्र बन्छ भन्ने उक्तिलाई वास्तवमै व्यवहारमा उतार्न सकिन्छ।
बन्दाबन्दीले अशक्त र दैनिक ज्यालादारी गरेर खानुपर्ने वर्गको चुलो दिनप्रतिदिन निभिरहेको छ। त्यसमा पनि बिरामी परेर हस्पिटल बस्दा बिरामी र कुरुवाले खानाको लागि समस्या भोगेको कुरालाई मध्य नजर गरि नागरिक सहायता कक्ष बाट " सफा भान्सा, तातो भात अभियान " सुरुवात गरेका छौं।

आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरू लकडाउनले समस्यामा परेका नेपाली दाजुभाइ दिदिबहिनीहरु लाई सहयोगको लागि अपिल गर्दछौं। मानवीय कल्याणको लागि कर्म गर्नु हाम्रो कर्तव्य हो।

विवेकशील साझा पार्टी लुम्बिनी प्रदेश तुलसिपुर दाङले कोरोना अस्पतालमा सुरु गरेको "सफा भान्सा , तातो भात" अभियानलाई सुष्मा चौधरीले आफ्नो आमा कमला चौधरीको जन्मदिनको शुभकामना सहित पुण्य कार्यका लागि रु २२२२ /- नगद सहयोग गरि हाम्रो यो अभियानलाई थप उत्साह प्रदान भएको छ l उहाँ आमा र उहाँको परिवारलाई सु- स्वास्थ र दिर्घायुको कामना गर्दै सहयोगको हार्दिक आभार प्रकट गर्दछौं।
हजुरहरु पनि यो पुण्य कार्यमा सहभागी हुन चाहनु हुन्छ भने तलको ब्यानरको नम्बरहरुमा सम्पर्क गर्न सक्नु हुनेछ।

27/05/2021

महामारी र अनिकालमा गाँस काटेर खुवाउने पुरानो नेपाली संस्कारको जगेर्ना गर्नसके थोपा-थोपा मिलेर समुद्र बन्छ भन्ने उक्तिलाई वास्तवमै व्यवहारमा उतार्न सकिन्छ।
बन्दाबन्दीले अशक्त र दैनिक ज्यालादारी गरेर खानुपर्ने वर्गको चुलो दिनप्रतिदिन निभिरहेको छ। त्यसमा पनि बिरामी परेर हस्पिटल बस्दा बिरामी र कुरुवाले खानाको लागि समस्या भोगेको कुरालाई मध्य नजर गरि नागरिक सहायता कक्ष बाट " सफा भान्सा, तातो भात अभियान " सुरुवात गरेका छौं।

आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरू लकडाउनले समस्यामा परेका नेपाली दाजुभाइ दिदिबहिनीहरु लाई सहयोगको लागि अपिल गर्दछौं। मानवीय कल्याणको लागि कर्म गर्नु हाम्रो कर्तव्य हो।

विवेकशील साझा पार्टी लुम्बिनी प्रदेश तुलसिपुर दाङले कोरोना अस्पतालमा सुरु गरेको "सफा भान्सा , तातो भात" अभियानलाई प्याप्सन दाङका सचिव तथा शान्ति निकेतन बोर्डिङ स्कुलका प्रीन्सिपल[{ खगेश्वर पौडेल }]बाट रु ३५०० /- नगद सहयोग गरि हाम्रो यो अभियानलाई थप उत्साह प्रदान भएको छ l उहाँ र उहाँको परिवारलाई सु- स्वास्थ र दिर्घायुको कामना गर्दै सहयोगको हार्दिक आभार प्रकट गर्दछौं l
हजुरहरु पनि यो पुण्य कार्यमा सहभागी हुन चाहनु हुन्छ भने तलको ब्यानरको नम्बरहरुमा सम्पर्क गर्न सक्नु हुनेछ।

27/05/2021

महामारी र अनिकालमा गाँस काटेर खुवाउने पुरानो नेपाली संस्कारको जगेर्ना गर्नसके थोपा-थोपा मिलेर समुद्र बन्छ भन्ने उक्तिलाई वास्तवमै व्यवहारमा उतार्न सकिन्छ।
बन्दाबन्दीले अशक्त र दैनिक ज्यालादारी गरेर खानुपर्ने वर्गको चुलो दिनप्रतिदिन निभिरहेको छ। त्यसमा पनि बिरामी परेर हस्पिटल बस्दा बिरामी र कुरुवाले खानाको लागि समस्या भोगेको कुरालाई मध्य नजर गरि नागरिक सहायता कक्ष बाट " सफा भान्सा, तातो भात अभियान " सुरुवात गरेका छौं।

आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरू लकडाउनले समस्यामा परेका नेपाली दाजुभाइ दिदिबहिनीहरु लाई सहयोगको लागि अपिल गर्दछौं। मानवीय कल्याणको लागि कर्म गर्नु हाम्रो कर्तव्य हो।

विवेकशील साझा पार्टी लुम्बिनी प्रदेश तुलसिपुर दाङले कोरोना अस्पतालमा सुरु गरेको "सफा भान्सा , तातो भात" अभियानलाई पोखराका {[ महेन्द्र राणाभाट ]} ले अमेरिका बाट रु ११४०७ /- नगद सहयोग गरि हाम्रो यो अभियानलाई थप उत्साह प्रदान भएको छ l उहाँ र उहाँको परिवारलाई सु- स्वास्थ र दिर्घायुको कामना गर्दै सहयोगको हार्दिक आभार प्रकट गर्दछौं l
हजुरहरु पनि यो पुण्य कार्यमा सहभागी हुन चाहनु हुन्छ भने तलको ब्यानरको नम्बरहरुमा सम्पर्क गर्न सक्नु हुनेछ।

27/05/2021

विवेकशील साझा पार्टी लुम्बिनी प्रदेश तुलसिपुर दाङमा शुरु भएको "सफा भान्सा , तातो भात" अभियानलाई सफलताको शुभकामना सहित गणेशमान कृष्णप्यारी सैंजु स्मृति प्रतिस्ठान बुटवलबाट प्रतिष्ठान संरक्षक रारा सैजु मार्फत एकदिनको सम्पुर्ण खर्च स्वरुप रु ७०००/- नगद सहयोग गरि हाम्रो यो अभियानलाई थप उत्साह प्रदान भएको छ l

सहयोगको हार्दिक आभार प्रकट गर्दछौं l

Photos from साझा नागरिक सहायता केन्द्र's post 23/05/2021

आज रुपन्देहीको तामनगर स्थित अति बिपन्न ५ परिवारलाई हामीले खानाको लागि समस्यामा रहेको पहिचान गरि खाद्य बस्तुहरु प्रदान गरेका छौं। जसमा एकजना बुढी आमाको जसको परिवारको एक मात्रै छोरा गुमाएर पीडामा हुनुहुदो रहेछ।बुढा बुवा र आमालाई कम्तीमा १५ दिन खान पुग्ने गरि प्रदान गरेका छौं। त्यस्तै ९ महिनाको गर्भवती महिला जसले सिलाउने काम गरेर खानाको जोहो गर्नु हुन्थ्यो उहाँलाई प्रदान गरेका छौं। त्यस्तै सानो बच्चाहरु सङ्ग ज्यालादारी गरेर खाने ३ परिवार लाई खानाको लागि खाद्य बस्तु प्रदान गरेका छौ। उहाँहरु लाई सहयोग गरेर देखिएको आखामा आसुले भावबिहल बनाएको थियो। हामीलाई यो कर्म गर्न अवसर दिने सम्पुर्ण साथीहरूलाई हृदय देखि नमन गर्दछौं। उहाँहरुको हृदयले दिएको आशीर्वाद हामी सङ्गै हजुरहरु सहयोगकर्ता लाई पनि लागोस।
सुखले खान पुगोस्,खुशीले दिन पुगोस्। जय होस् ।

21/05/2021

हजुरहरुको नजिकै वा कहिँ कतै खानाको लागि समस्यामा परेको कोहि हुनुहुन्छ भने कृपया हामीलाई सम्पर्कमा ल्याइदिनुस न है ।
हामीले सक्दो सहयोग गर्नेछौं।

16/02/2021

साझा नागरिक सहायता केन्द्र बाट सन्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरको समाचार नवजागृति बुलेटिनमा प्रकाशित भएको छ। धन्यवाद नवजागृति बुलेटिनलाई ।

Photos from श्री सिद्धबाबा दुगाँ भवानी शिवकुमारी सैजु वृद्धाश्रम - Elders' Home's post 30/01/2021
Want your organization to be the top-listed Government Service in Butwal?
Click here to claim your Sponsored Listing.

Videos (show all)

मिति: शनिबार मंसिर १८ गते, समय: दिनको एक बजेस्थान: जाउलाखेल चौकसँगैको खुला ठाऊँत्यो दिन हाम्रो हौसला बढाउन कृपया आइदिनुह...
मिति: शनिबार मंसिर १८ गते, समय: दिनको एक बजेस्थान: जाउलाखेल चौकसँगैको खुला ठाऊँत्यो दिन हाम्रो हौसला बढाउन कृपया आइदिनुह...
सफा भान्सा तातो भात अभियानको चौथो दिन । यो तातो भात अभियान केबल  तातो भात मात्र होईन र  भोकाई मेटने भौतीक आहार मात्र पनी...

Category

Telephone

Address


Butwal

Other Public Services in Butwal (show all)
Umesh Regmi Umesh Regmi
Suddhodhan 4
Butwal, 32907

Rosan puri Rosan puri
Kalikanagar
Butwal

Scorpio Reserve service Butwal Scorpio Reserve service Butwal
Butwal

बुटवल देखि नेपालको जुनसुकै ठाउँ जान क?

Tilottama Multi-Technical Service "AleBro" Tilottama Multi-Technical Service "AleBro"
Butwal, 32904

We Undertake All Kinds of Electrical and Plumbing Works. - Domestic and Industrial Wiring & Plumbing - Commercial & Residential House Wiring & Plumbing - Panel Board & Three Phase ...

Umesh Regmi Hindi Umesh Regmi Hindi
Suddhodhan 4
Butwal, 32907

Hamro naya nepal k.k.c Hamro naya nepal k.k.c
Kanchan Gaupalika
Butwal, 32900

public sarvice and saport

Karma Tasi Chhuling Gumba Karma Tasi Chhuling Gumba
Kanchan-4-Gargare
Butwal

Namaste�

The Kingdom Of God Ministries - Umesh Regmi The Kingdom Of God Ministries - Umesh Regmi
Suddhodhan 4
Butwal, 32907

Butwal Belbas Driving License Form - बुटवल बेलबास ड्राइभिङ्ग लाइसेन्स फर्म Butwal Belbas Driving License Form - बुटवल बेलबास ड्राइभिङ्ग लाइसेन्स फर्म
Butwal
Butwal

बुटवल बेलबास बाट ड्राइभिङ्ग लाइसेन्स फर्म भर्न परेमा हामिलाई सिधै मेसेन्जर मा मेसेज गर्नु होला

Mahesh Shrestha Mahesh Shrestha
Butwal, 32900

Organic Product

IPO broker and Tms IPO broker and Tms
Butwal

IPO परेको तर Broker/ TMS नभएको कारण बेच्न नमिलेको भए हामीलाई सम्पर्क गर्नुहोला

हाम्रो बुटवल राम्रो बुटवल हाम्रो बुटवल राम्रो बुटवल
Butwal

यो संसारै भरी रहनु भएका बुटवल र आसपास?