Dr. Ishwar Gyawali

Official Page of Dr. Ishwar Gyawali
MD TCM, BAMS

27/12/2022

केही दिन यता देशभर चिसो बढेको छ, चिसो बाट आफू पनि बचौ र अरूलाई नि बचाउ ।

23/12/2022

🌼🌼अकुपन्चर सम्बन्धी जानकारी🍄🍄

🌿☘️के अकुपन्चर गर्दा दुख्छ ?🍀🌿

07/12/2022

Job opportunities for Radiologists, Acupuncture Assistant, Staff nurse at Central Ayurveda Hospital Nardevi

01/12/2022

अकु अर्थात सियो र पञ्चर अर्थात घोचाई । यस अर्थमा स साना सियोेवाट छालामा गरिने घोचाई नै सामान्य अर्थमा अकुपञ्चर हो ।

अकुपञ्चर चिकित्सा पूर्विय चिकित्सा पद्धतिहरु मध्येको महत्पूर्ण चिनियाँ चिकित्सा पद्धति (TCM) अन्तर्गतको प्रमुख चिकित्सा विधी हो ।

30/11/2022

'हामीले खाने नुन विचार गरेर प्रयोग गरौँ'

'काटेको घाउमा नुन चुक' लगाउनुको अर्थ दुःखी मान्छेलाई झन् दु:खी पार्नु भन्ने अर्थ लाग्छ। राजाको नुन खानु को अर्थ सरकारी सेवा गरेको भन्ने बुझिन्छ । ‘नुन खाएको कुखुरा’ जस्तो भन्दा कुनै समस्या परेर उदास भएको मान्छे भन्ने बुझिन्छ।
नुन सँग यस्ता धेरै उखान टुक्का गाँसिएका छन् । नुन भान्छामा नभई हुँदैन तर धेरै पनि हुनुहुँदैन भन्ने विचार गर्नुपर्छ ।
नुन नभएको खाना कति बेस्वादिलो हुन्छ विचार गर्नुस् त ?। तर धेरै नुन भएपछि फेरि अनेक समस्या आइपर्छन्।
मैले दुइ वर्षअघि देखि नै ढिके नुनको प्रयोग गर्न सुरु गरेकी थिएँ । एकजना पोषणविदले मलाई ‘आयो नुन’ मा हाम्रो शरीरलाई चाहिने भन्दा आयोडिन हालिएको छ भनेपछि मेरो भान्छाबाट 'आयो नुनु' हट्यो
टि.भी विज्ञापनमा कहिलेकँही आउँछ–'के तपाईको मञ्जनमा नुन छ' ? मञ्जनमा नुनको प्रयोग हुने कुरालाई धेरै जनाले अचम्मको रुपमा लिन्थे होला । तर दाँत स्वस्थ राख्न नुन एउटा औषधी मानिन्छ । भन्ने कसैलाई थाहा छैन । गिजा दुखेको बेला मनतातो पानी र नुनले कुल्ला गर्न भन्नेकुरा यही कारणले हो।
प्राचीनकालदेखि नै मासु र खानेकुरालाई लामो समयसम्म सुरक्षित राख्न नुन प्रयोग गरिन्थ्यो । ग्रीक सम्यतामा नुनलाई यति धेरै महत्व दिएको थियो कि दासहरूका किनबेच पनि नुनमा हुन्थ्यो । प्राचीनकालमा पनि रोमन सिपाहीहरूलाई तलब दिंदा नुन पनि सँगै दिइन्थ्यो भन्ने कथन पाइन्छ।
मंगोलियामा मानिसहरू आफ्ना सुन, चाँदीसँग नुन साट्थे । नेपालमा पनि पहिले पहिले मानिसहरू भोटबाट नुन ल्याउँथे भन्ने सुनिएको हो।
प्राय : प्याकेटका खानेकुरामा नुने धेरै लुकेकोे हुन्छ । तर हामीलाई थाहा हुँदैन । स्वास्थकर्मीहरू भन्छन् नुनको बढी प्रयोग गर्न हुन्न ।
विशेष गरी प्याकेटमा राखिएका खानेकुराहरुमा नुन बढी भएकोले यस्ता खाना नखाएकै बेस । तर खानेकुरा बनाउने कम्पनीहरू चाही यो कुरालाई स्वीकार्दैनन् । खानेकुरामा नुनको बढी प्रयोग गर्दा नुन नै विष बन्न पुग्छ ।
एकतिर बढी नुनले स्वास्थ समस्या ल्याउछ तर नुन चिनी पानीले फेरी पखाला लाग्दा जीवन बचाउँछ भन्ने कुरा त सर्वविदितै छ । त्यसैगरी लामो समय हिडेपछि बढी थकाई लागेका बेलामा, पसिना धेरै गएका बेलामा नुन र कागती पानीको प्रयोग गरिन्छ ।
थाकिने, पिडौँला बाँउडिने जस्तो हुँदा हुन्छ । त्यो बेलामा अलिकता पानीमा अलिकति नुन र कागतीको रस हालेर खाए शरीरमा फुर्ती आउँछ।
त्यसैगरी गाउँघरमा पनि आधुनिक (औषधीहरु नपाउँदा )मनतातो पानीमा नुन हालेर त्यसैले घाउ सफा गर्ने चलन छ । रुघाखोकी लाग्दा, घाँटी दुख्दा मनतातो पानीमा नुन हालेर दिनमा ४–५ चोटी घाँटीमा गार्गल गर्दा दुख्न कम हुने धेरैको अनुभव छ । दाँत गन्हाउँदा, गिजाबाट रगत आउँदा, नुन बेसार र अलिकता तोरीको तेल लिएर मुख कुल्ला गर्ने र मिदुणले गिजा सफा गर्ने गर्दा धेरै मानिसलाई फाइदा पुगेको छ ।
नुन एकतिर औषधी पनि हो । तर प्रयोग गर्न नजान्दा विषको काम पनि यसले गर्छ।
नुनको विभिन्न किसिमका प्याकेटहरुका खानेकुरा चिफ, चाउचाउ, बिस्कुट आदिमा पनि पर्याप्त मात्रामा हुन्छन र यस्ता खानेकुराहरुको प्रयोगले शरीरमा बढी नुन पुर्‍याउँछन् ।
अनि विभिन्न रक्तचाप, मिर्गौलाका समस्या भएका व्यक्तिहरू घरमा खाना खाँदा चाही खानेकुरामा नुन कम खान्छन् । तर बाहिरका खानेकुरामा भएका नुनको चाहीँ वास्तै गर्दैनन् र त्यसैले समस्या पनि बढाउँछ ।
टिनका विभिन्न बट्टामा राखेका खानेकुरा लामो समय सुरक्षित राख्न पनि नुनको प्रयोग गरिन्छ । त्यस्ता खानेकुराको प्रयोगले हानी त पुर्‍याउँछ नै पहिलेदेखि नै मिगौलाको समस्या रहेकामानिसलाई त झन बढी समस्या पर्छ
औषधी
कहिले काही केही तातो खानेकुरा खाएपछि मुख भित्र पोल्छ । त्यो बेलामा मन तातो पानीमा अलिकति नुन हालेर एक दुई घण्टामा कुल्ला गर्नाले त्यो दुखाई आराम हुन्छ । नाक बन्द भएको बेलामा मनतातो पानीमा अलिकता नुन (नुनको स्वाद आफ्नो स्वाद जति मात्र हुनुपर्छ ।
नाकमा थोपा थोपा गरेर हाले नाक चाडैं खुल्छ । यो आँसुको स्वाद जस्तो भएको पानी साना नानीहरुको नाकमा हाल्दा फाइदा हुन्छ ।
त्यसैगरी मोजा र खुट्टा गनाउने व्यक्तिका लागि पनि नुनको प्रयोगले धेरै मद्दत गर्न सक्छ । मोजा फुकालेपछि मनतातो पानीमा नुन हालेर खुट्टा भिजाउने र औँलाको कापकापमा समेत नुन दल्ने र केही बेर तातो पानीमा खुट्टा राखेपछि सुख्खा पार्नाले खुट्टा गनाउन कम हुन्छ ।
जुका लाग्ने ठाउँमा जानुभन्दा अघि टिमुर र नुनको धुलो हात खुट्टामा दल्नाले जुका लाग्न धेरै कम हुन्छ । एकदिन धेरै थाकेर आउँदा पनि मातातो पानीमा नुन हालेर नुहाउनाले शरीरको दुखाई कम हुने अनुभव धेरै जनाले सुनाएका छन्।
रुघाखोकी लाग्दा तातोपानीमा नुन हालेर वाफ लिँदा शरीर हलुको हुन्छ । नाक बन्द भएको खुल्छ भन्ने कुरा पनि धेरैले अनुभव गरेकै हो ।
गर्भवती महिलाले वाकवाक लाग्दा कागती र अलिकति नुन चाट्नाले वाकवाक कम हुन्छ । त्यसैगरी बसमा जाँदा वाकवाक आउने व्यक्तिलाई पनि कागती र नुन खानाले वाकवाक केही कम हुन्छ ।
जानेर चाहिने मात्र प्रयोग गर्दा नुन औंषधी बन्न सक्छ
Aruna Uprety बाट साभार

नेपालमा पहिलोपटक मनाइयो विश्व अकुपञ्चर दिवस - Health TV Online 22/11/2022

आज नेपालमा पहिलोपल्ट विश्व अकुपन्चर दिवस मनाइयो

नेपालमा पहिलोपटक मनाइयो विश्व अकुपञ्चर दिवस - Health TV Online हेल्थ टिभी अनलाइन काठमाडौं : नेपालमा पहिलोपटक विश्व अकुपञ्चर दिवस मनाइएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभ...

04/10/2022

वडादशै २०७९को पुनीत अवसरमा सु-स्वास्थ्य,दीर्घायु एवम समृद्धिको हार्दिक मंगलमय शुभकामना ।

Acupuncture May Help Prevent Type 2 Diabetes, Study Shows 30/09/2022

Good news, acupuncture is beneficial for diabetes also.

Acupuncture May Help Prevent Type 2 Diabetes, Study Shows New research suggests that acupuncture may reduce the risk of developing prediabetes, a condition that can eventually lead to type 2 diabetes, but more rigorous studies are still. needed.

13/09/2022

#जनहितमा_जारी!!
ज्वरो आएको छ र जिउ पनि दुखेको छ भने यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनअघि आफैँ चैँ सिटामोलमात्र खानुस्, प्रसस्त पानी पिउनुहोस्, आराम गर्नुहोस् तर एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखानूस् ! ब्रुफेन, निमुसलाड, एस्प्रिन जस्ता NSAIDS ग्रुपका दवाईले रगत पातलो बनाउने र रक्तस्राव बढाउने भएकोले झन खतरा हुन्छ।
डेंगु-ज्वरोमा मरिने भनेकै रक्तस्राव भएर हो र NSAID ग्रुपका दवाईले त्यो संभावना बढाउँछ।
• #डेँगु मा के हुन्छ?
- डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ |
• #परिचय :
- डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।
• #मुख्य_लक्षणहरु :
- अचानक उच्च ज्वरो आउनु,
- आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,
- सबै शरीर दुख्नु,
- घांटी बस्नु,
- साना बिमिरा आउनु,
- शरीर चिलाउनु,
- वाकवाकी लाग्नु / वान्ता आउनु,
- छटपटी हुनु,
- रिंगटा लाग्नु,
- निद्रा नलाग्नु,
- हड्डी तथा मांशपेशी निकै दुख्नु
- आँखा तथा घांटी रातो हुनु
- छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
- ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।
- १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ |
प्लेटलेट घटेमा मेवाको पात बाट वनेको आयुर्वेद औषधि आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह अनुसार खाउँ। तर आफै मेवाको पात जथाभावी नखानु होला। मेवाको पात डेङ्गु को औषधि होईन।
• #बिशेष_सतर्कता :
- ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।
- आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
- बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।
- जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल आदि।
जानकारी का लागि Copied

08/09/2022

गुगल डेंगी र वास्तविक डेंगी ....................................................
- अहिले जतासुकै डेंगीको चर्चा छ | उपदेशको बाढी आएको छ | हाम्रोमा डेंगी कस्तो देखिएको छ त ? यो महत्वपूर्ण हो |
- सुरुमा उच्च ज्वरो आउने, टाउको / आँखाका गेडी, हातखुट्टा तथा ढाड एकदम दुख्नु यी लक्षण देखिएकाछन् | यो अवस्थाको केहि दिनपछि वाकवाकी लाग्ने, बान्ता हुने, पखाला लाग्ने, मुख तितो हुने लक्षण देखिएका छन् | यी लक्षणपछि शरीरमा राता बिमिरा आउने, बिमिरा बिनापनि रातो एलर्जीजस्तो आउने, चिलाउने, असाध्यै गल्ने देखिएको छ |
- रगतको जांच गर्दा सुरुमा Dengi NS1 Ag – Positive देखिन्छ | प्लेट्लेट्स नर्मल वा अलिकति घटेको देखिन्छ | त्यसपछि प्लेट्लेट्स घट्दै जान्छ | त्यसैले सके दैनिक नभए १ दिन बिराएर प्लेट्लेट्स जांच गरिरहनु पर्दछ | डेंगी लागेको ५-६ दिनमा IgM Positive , धेरै केसमा NS1 Ag र IgM दुवै पोजिटिभ देखिन्छ | यो अवस्थामा प्लेट्लेट्स निकै घटेको हुनसक्छ | डेंगी निको भएर शरीरमा एन्टिबोडी बनेपछि IgG पोजिटिभ देखिन्छ | Blood CBC दैनिक वा १ दिन बिराएर गरेपनि डेंगी र्यापिड टेस्ट फेरी गर्नु जरुरी छैन | CBC मा टोटल काउन्ट अर्थात WBC घटेको, हेमोग्लोबिन बढेको पनि हुन्छ, धेरै केसमा | त्यस्तै लिभर इन्जाइम SGOT, SGPT पनि बढेको हुनसक्छ | कलेजो र फियो सुन्निएको हुनसक्छ |
- डेंगीमा के बार्ने भनेर धेरै टाउको दुखाउनु पर्दैन | Ibuprofen, Nimuselide, Aceclofenac, Diclofenac, Aspirin लगायतका पेन किलर खानु हुँदैन | ज्वरो आएपनि, टाउको दुखे पनि, ढाड दुखेपनि खाने paracetamol मात्र हो | रक्सी खानु भएन | धेरै गुलियो नखाने | आफूलाई पच्नेगरी, Gastritis नहुने गरी नर्मल खाना, फलफूल, झोलिलो खाना, ब्लडप्रेसर लो भए जीवनजल मजाले खान सकिन्छ | हामीले जति पोषिलो खाना खान्छौं, त्यति छिटो हामीलाई निको हुन्छ | महंगा भिटामिन, फुड सप्लिमेन्टको जरुरी पर्दैन | खाना खान नसक्ने व्यक्तिलाई भिटामिन, सलाइन अवस्था हेरेर दिन सकिन्छ |
- धैर्य गरेर पोषिलो खाना खाएमा अस्पताल जानु पर्दैन | यदि ज्वरो नियन्त्रणमा नआएमा, बिरामीले खाना / पानी सेवन गर्न नसके / नखाए, नाक/मुख/गिंजा लगायत कुनै पनि अंगबाट रगत आएमा, Bleeding disorder का बिरामी, गर्भवती, शिशु, जोखिम स्वास्थ्य भएका व्यक्ति, प्लेट्लेट्स ७० हजारबाट घटेमा, पेट धेरै दुखेमा, पेट वा अन्य अंगमा पानी जम्मा भएमा, कलेजो सुन्निएमा ... तत्काल अस्पताल जानुपर्दछ | हेरौं भनेर हेर्नु हुँदैन |
- डेंगीसंग धेरै डर मान्ने / आत्तिने गर्नु जरुरी छैन | ९० % भन्दा धेरैलाई सामान्य उपचारले निको हुन्छ | अस्पतालबाट निको हुने प्रतिशत धेरै छ | यसको मृत्युदर निकै कम छ |
- जुत्ता, लामो मोजा, हातखुट्टा छोप्ने कपडा लगाउने, हात तथा घाँटीमा ओडोमस क्रीम हल्का लगाउने, घरमा पानी जम्न नदिने / सुख्खा राख्ने, लामखुट्टेलाई खोज र नष्ट गर अभियान चलाउने, स्प्रे/धुप/झोल /झुल दिउँसो पनि प्रयोग गर्ने र कार्यस्थल पनि लामखुट्टेमुक्त बनाउने हो भने डेंगी सर्दैन |
Dr. Rabindra Pandey बाट साभार

08/09/2022

स्वास्थ्य बीमा बोर्ड अन्तर्गत उपलब्ध आयुर्वेद औषधिहरु

Photos from Dr. Ishwar Gyawali's post 01/09/2022

डेंगीका 🦟 केसहरू बढ्दै गएका छन् । डेंगीबाट सुरक्षित हुन कुन सरल उपायहरु अपनाउन मिल्छ ?

कोभिड-१९ संग यसले पनि स्वास्थ्य सेवाहरूमा 🏥 थप भार थप्न सक्छ । त्यसैले, डेंगीबाट सुरक्षित रहौं ! डेंगीको रोकथाम गरौं ! डेंगीको नियन्त्रण गरौं

26/08/2022

💜PC 5 is a great acupuncture point to transform Phlegm in the Heart Mind, for manic depressive patients, irritability and incoherent speech. But also for palpitations and chest pain, and epilepsy. PC 5 harmonizes the Stomach for nausea, vomiting and stomachache. And it's used for acute febrile diseases especially malaria like symptoms (alternating chills and fever).

🌿If you enjoy my graphic, check out my illustrated guide for acupuncture points here: https://bit.ly/2XdY4Zs

23/08/2022

💛SP 6 (Three Yin Crossing) is truly a ROCK STAR Acupuncture point! 🤩
Because it crosses 3 main meridians (SP, LV and KD), it's a strong point that can be used for TCM Sp, LV and KD patterns of diagnosis. It has many many many functions!
- ANY reproductive system issues: from fertility, to menopause.
- Menstruation issues: Irregular me**es, amenorrhea, dysmenorrhea...
- Organ prolapse (especially combined with REN 6 and DU 20) such as Uterus, bladder, and re**um.
- Digestive system issues: diarrhea, constipation, IBS, nausea and more.
- It calms the mind for worry, overthinking, irritability, anxiety, insomnia, and fears/phobias.
- It nourishes blood and Yin.
- It's contraindicated for pregnancy, unless it is needed for difficult labour at the end.
SP6 Rocks!

🌱 If you like this graphic, check out my illustrated guide for acupuncture points here: https://bit.ly/2XdY4Zs

16/08/2022

जनचेतनाको लागि

10/08/2022

🖤 KD Qi deficiency in Chinese medicine.
- Symptoms are usually as follows: Chronic low back aches, chronic knee pain, fatigue, amenorrhea, low back aches at during menstruation, incontinence, frequent urination, enuresis (getting up often at night to urinate), premature ej*******on, nocturnal emission, a pale tongue and deep-weak pulse (especially at the rear position).

Great acupuncture points for KD QI Deficiency:
- Tonify QI: St 36, Ren 6, Du 20
- Tonify KD: KD 3, KD 6, Sp 6, KD 10
- Low Bach aches: BL 40

Herbal Formula: Jin Gui Shen Qi Wan

If you enjoyed my graphic, check out my "Chinese Medicine Made Easy" PDF or hard copy (an illustrated guide to TCM foundation & Diagnosis) here: https://bit.ly/3h7xn32

02/08/2022

Acupuncture studies in Nepal. acupuncture सम्बन्धि अध्ययन गर्नको लागी नेपालको एक मात्र वैधानिक संस्था

!!!! भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो !!! 2079 सालको शैक्षिक सत्रको अकुपन्चर बिषयको भर्ना खुल्यो / फारम भर्ने अन्तिम मिती 2079/04/26 FOR MORE INFORMATION CONTACT US 9818367099, 9808508035 9841259917

20/07/2022

Anxiety/Depression/Mental Illness
नभएकाले बुझ्दैनन्
ब्रो psychiatrist को मा नजाउ, औषदी ख्वाउँछन्
ब्रो w**d तान ठिक हुन्छ
ब्रो meditate
ब्रो go to the wild सब ठिक हुन्छ
ब्रो धेरै नसोच
ब्रो टेन्सन नलिउ
शारीरिक रोगजस्तै मानसिक रोग पनि जसलाई पनि लाग्न सक्छ
रोग लाग्ने भएर नै psychiatrist/psychologist बनेका हुन् , औषधीहरु बनेका हुन्
malaria भएको मान्छेलाई ज्वरो आउँदा नतात् भनेजस्तै हो , anxiety भएका ब्यक्तिलाई धेरै tension नलि भन्नु , depression भएका ब्यक्तिलाई धेर नकारात्मक नसोच् भन्नु । आत्तिन्छु भनेर कोहि आत्तिएको हैन , निराश हुन्छु भनेर कोहि निराश भएको हैन । सब biological-psychological-social तत्वहरुको खेल हो , दिमागमा chemical हरुको लोचा हो ।
मुटु ढुकढुक भयो भने ५ जना मुटुको डाक्टरलाई भेट्ने , पर्दैन भन्दाभन्दै ecg,echo ,thyroid level देखि हजारौँ जाँच गराउने , अनि मानसिक तनाबले मुटु ढुकढुक भएको होला , psychiatrist लाई भेट भनेर डाक्टरले भन्दा "psychiatrist लाई भेट्ने त पागलले हो" भन्ने सोचेर नभेट्ने हाम्रो बानी नै छ ।
मुटु हुनेलाई मुटुको रोग लाग्न सक्छ ,त्यस्तै मन हुने जिउँदो मान्छेलाई मनको रोग लाग्न सक्छ , सबै मनोरोग पागलपन हैन । आज सामान्य मनोरोग को जाँच गर्न psychiatrist लाई भेट्न नजाँदा उपचार नगराउँदा भोलि कडा रोग लागेर आत्महत्या गर्न बाध्य पार्ने कडा मनोरोग लाग्न सक्छ।
समयमा कुरा बुझौँ ।
Dr. Pradeep Pandey

12/07/2022

सबैको जानकारीको लागी

05/07/2022

बिहान ७ बजे देखि १२ बजे सम्म मलाई यहा भेट्न सक्नुहुनेछ |

गुजुल्टिएको गुन्द्रुक गाथा 03/07/2022

गुजुल्टिएको गुन्द्रुक गाथा एउटा पुरानो उखान छ, ‘गुन्द्रुकलाई पकाउनु पर्दैन, सालीलाई फकाउनु पर्दैन ।’ उखानको पछिल्लो पदांशले स्त्रीद्वेषी .....

03/07/2022

आफु पनि स्वस्थ वनौ र अरूलाई पनि स्वस्थ बनाऔ।
1. दैनिक ८ गिलास पानी पिउने
2. दैनिक रूपमा साग खाने
3. खानामा सलाद समावेश गर्ने
4. टुसा उम्रेका अनाज खाने
5. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
6. मौसमअनुसारका फलफूल खाने
7. चिसो पेयपदार्थ नपिउने
8. चिया÷कफी धेरै नपिउने
9. रेसायुक्त तरकारी खाने
10. नुन कम खाने बढी गुलियो नखाने
11. तारेको र डढेको नखाने
12. तरकारीको बोक्रा नफाल्ने
13. भुटेको भटमास, मकै, चना खाने
14. रातीको खाना ७ बजेभन्दा ढिलो नखाने
15. खाना खानेबित्तिकै नसुत्ने
16. चाँडै सुत्ने र चाँडै उठ्ने
17. ८ घण्टा मस्त सुत्ने
18. रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने
19. बिहान कम्तिमा ३० मिनेट हिड्ने,
20. व्यायाम गर्ने तनावमा काम नगर्ने
21. सुख/दुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने
22. प्रार्थना, पुजापाठ गर्ने
23. जंकफुड, फास्टफुड सेवन नगर्ने
24. बेलाबेलामा मनोरञ्जन गर्ने
25. हरेक कुरामा चित्त बुझाउने
26. धेरै नमोटाउने
27. ६/६ महिनामा शरीर चेकअप गराउने
28. ३/३ महिनामा ब्लडप्रेसर जाँच्ने
29. शाकाहारी खानपान शैली अपनाउने
30. दिनहुँ एकपटक मजाले हाँस्ने
31. आफूलाई कमजोर नसम्झने
32. सकारात्मक सोचाई राख्ने
33. ध्यान गर्ने

29/06/2022
Photos from Dr. Ishwar Gyawali's post 26/06/2022
26/06/2022

जनहितमा जारी...

13/04/2022

नवबर्ष २०७९को सबैलाई शुभकामना

Episode- 45 Acupuncture (अकुपञ्चर चिकित्सा कस्तो उपचार पद्धती हो ?) Dr.Jaya Satyal (Acupuncturist), 03/04/2022

अकुपञ्चर चिकित्सा कस्तो उपचार पद्धती हो ? अकुपञ्चर सम्बन्धी जानकारीको लागी एक पटक सबैले हेर्नैपर्ने .....

Episode- 45 Acupuncture (अकुपञ्चर चिकित्सा कस्तो उपचार पद्धती हो ?) Dr.Jaya Satyal (Acupuncturist), Acupuncture is a form of alternative medicine and a component of traditional Chinese medicine in which thin needles are inserted into the body. Acupuncture i...

01/04/2022

सावधान_ आयुर्वेदको नाममा हुने ठगीबाट (डा. अरूणा उप्रेतिको वालबाट)

७० वर्षीया महिलाले टेलिभिजनमा आयुर्वेदिक मलमले ‘दुखेको घुँडा ठीक पार्ने र नपारे पैसा फिर्ता’ भन्ने विज्ञापन देखेर रु. ६ हजारको औषधि मगाइन् । त्यो मलम लगाएपछि पनि उनको दुखेको घुँडा २० को १९ नभएपछि उनले पैसा फिर्ता मागिन् तर कुनै जवाफ आएन ।
नेपाल र भारतीय टेलिभिजनमा अहिले पनि बिहान–बिहान यस्ता अनेक ठग आयुर्वेदिक मलमको विज्ञापन प्रसारण भएको देखिन्छ । यसै गरी अर्की एक ४७ वर्षीया महिलाले त्यस्तै प्रचारका भरमा हाड–जोर्नीको दुखाइको उपचार गर्ने भनिएका नजिकैका तथाकथित आयुर्वेदिक डाक्टरकहाँ गएर आफ्नो हात–खु्ट्टाको जोर्नी दुखेको गुनासो गरिन् ।
ती तथाकथित डाक्टरले पोको पारेर कुनै नाम नलेखिएको औषधि दिए । त्यो खाएपछि उनको हाड–जोर्नी दुख्ने समस्या त कम भयो तर उनको weight एकाएक निकै बढ्यो ।
त्यसपछि उनी पाटन अस्पतालमा जँचाउन गइन् । साथै उनले त्यो तथाकथित डाक्टरले दिएको नाम नभएको आयुर्वेदिक औषधि पनि लगिन् । पाटन अस्पतालमा उनको जोर्नी दुख्ने समस्याको साथै उक्त नाम नखुलेको औषधिको पनि परीक्षण गरियो । परीक्षण गर्दा आयुर्वेदिक भनिएको उक्त औषधिमा प्रेडनिजलोन नामक तत्व (औषधि) फेला प-यो । यो औषधि आधुनिक चिकित्सा विज्ञानमा बाथको समस्याको लागि प्रयोग गरिन्छ । तर यो औषधि सम्बन्धित डाक्टरको निगरानीमा मात्रै दिइन्छ र डाक्टरको सल्लाह अनुसार बिस्तारै कम गर्दै हटाइन्छ ।

ती महिलालाई ‘पहिला नै पाटन अस्पतालमा नआएर किन पोकोमा औषधि दिने डाक्टरकहाँ गएको ?’ भनेर प्रश्न गर्दा उनले ‘आयुर्वेदिक औषधिले शरीरमा कुनै नकारात्मक असर पु-याउँदैन भनेर त्यता लागेको’ बताइन् । वास्तवमा आयुर्वेदिक औषधि पनि जथाभावी प्रयोग गर्दा साइड इफेक्टचाहिँ हुन्छ । त्यसमा पनि नाम नलेखिएको औषधिमा त के–के राखिएको छ भन्ने थाहा हुँदैन ।
वैद्यको नाममा ठगी गर्नेमध्ये कतिपयले पे्रडनिजलोन नामको आधुनिक औषधि पसलबाट किनेर आयुर्वेदिक औषधिमा मिसाएको पाएका थिए । विशेष गरी हाड–जोर्नी दुखेका र दम भएकालाई यस्तो औषधि दिँदा केही समय ठीक भएको जस्तो हुन्छ तर पछि तौल बढ्ने, जोर्नी सुन्निने समस्या हुन्छ ।
केही समयअघि भारतको मुम्बईमा केही डाक्टरहरुले आयुर्वेदिक औषधिको नाममा दिइने नामविनाका औषधिको अनुगमन गरेका थिए । यस क्रममा २४४ वटा औषधिको रसायन जाँच गर्दा ९६ प्रतिशतमा ‘स्टेरोइड’ (आधुनिक चिकित्सामा प्रयोग गरिने कडा औषधि) को मात्रा भएको फेला प-यो ।
यस अध्ययनमा संलग्न डा. कल्याण आयुर्वेदिक भनिएको औषधिको जाँच गर्दा त्यसमा अनेक खालका आधुनिक औषधि मिसाइएको पाइएको छ । पोको पारेर यसरी ठगी गर्ने कुनै–कुनै औषधिमा त दुई–तीन थरीका स्टेरोइड पनि मिसाइएको पाइएको छ । आयुर्वेदको नाममा यसरी दिइने त्यस्ता औषधिहरुबाट होसियार हुनुपर्दछ

आयुर्वेद र आधुनिक औषधि दुवैले स्वास्थ्य रक्षा गर्छन् । कुनै समस्या परे वैद्यको औषधि दिँदा पनि प्याकेटमा राम्रोसँग नाम लेखिएको औषधि दिइन्छ । तर नाम थाहा नभएको, ग्यारेन्टी ठीक पार्ने, विनाशल्यक्रिया हाड–जोर्नी भाँचिएको ठीक पार्ने भन्ने विज्ञापनमा विश्वास नगर्नु नै हितकर हुन्छ ।

आयुर्वेदिक भनेर बेचिएको नाम नलेखिएको पुरिया औषधि!!

17/03/2022

रंगहरुको पर्व फागु पुर्णिमाको अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना

Timeline photos 24/01/2022

यस्ता छन् ओमिक्रोन संक्रमितमा देखिन सक्ने २० लक्षण, जानी राखौ , सचेत रहौ....

यस्ता छन् ओमिक्रोन संक्रमितमा देखिन सक्ने २० लक्षण
https://swasthyakhabar.com/story/44224

20/01/2022

याद राखौ कोभीड-१९ बिरुद्धको खोप सरकारले नि:शुल्क लगाईरहेको छ यसको लागि कुनै शुल्क तिर्नु पर्दैन |

20/01/2022

विभिन्न कोभिड-१९ का लक्षणहरु जानकारीका लागी ...

19/01/2022

सरकारले सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ। साथै मंगलबारदेखि सुरु भएको बुस्टर डोज खोप लगाउन पनि कार्ड अनिवार्य गरिएको छ।

१८ वर्ष पूरा भएका विद्यार्थीलाई आजबाट कोरोना खोप, ४० वर्ष माथिकाले पनि पाउने 20/08/2021

१८ वर्ष उमेर पूरा भएका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका अन्य व्यक्तिलाई आजदेखि कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाइँदै छ ।

१८ वर्ष पूरा भएका विद्यार्थीलाई आजबाट कोरोना खोप, ४० वर्ष माथिकाले पनि पाउने ४ भदौ, काठमाडौं । १८ वर्ष उमेर पूरा भएका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका अन्य व्यक्तिलाई आजदेखि क.....

12/05/2021

oxygen gas को लागि सम्पर्क नम्बरहरु

Want your practice to be the top-listed Clinic in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address

Kathmandu

Other Acupuncture in Kathmandu (show all)
Acubliss Acupuncture &Wellness Centre Acubliss Acupuncture &Wellness Centre
Kathmandu

The purpose of establishment of this centre is to provide quality service in Acupuncture, Acupressu

Nirvaan Health Home Nirvaan Health Home
Bagbazar
Kathmandu, 44600

centre for neuro-acupuncture

Dr. Aditya's Acupuncture Clinic Dr. Aditya's Acupuncture Clinic
CityScape Apartment, TIA1003, Hattiban, Shadobato
Kathmandu

Acupuncture, Cupping , Moxibustion and Tuina are types of Chinese Traditional Medicine used to fix t

Sushwastha Hospital Sushwastha Hospital
NK Singh Marga Minbhawan Ukalo
Kathmandu

Sushwastha Hospital offers medical services based on naturopathy such as Ayurveda, acupuncture, physi

Good Life Physiotherapy & Sports Injury Clinic Good Life Physiotherapy & Sports Injury Clinic
Sangam Chowk/31
Kathmandu, 01

Physiotherapy Clinic & Rehabilitation Center HOME PHYSIOTHERAPY :- Patient those who are not able to

Kantipur Homeopathy Kantipur Homeopathy
Chahabel , Chuchepati
Kathmandu

Kantipur Homeopathy is a health care service working on the treatment of different surgical and non-

Revive Physiotherapy & Rehabilitation Centre Revive Physiotherapy & Rehabilitation Centre
Basundhara, Sundarmarg
Kathmandu, 44600

RPRC is a medical establishment that provides excellence in physical rehabilitation in wide range of

Subham Acupuncture Clinic. Subham Acupuncture Clinic.
Yerahiti, Banasthali
Kathmandu

Chinese Medicine Across Borders Nepal Chinese Medicine Across Borders Nepal
Kathmandu

Mission: To provide health care in the form of Traditional Chinese Medicine to poor and at-risk populations locally in Nepal, as well as provide access to education for local healt...

Ortho-Neuro Therapy Ortho-Neuro Therapy
Bagbazar
Kathmandu, 44600

Ortho-Neuro Therapy, Physiotherapy, Acupuncture, Massage Therapy, Laser therapy, Exercise, Doctor Co

Safal upachar kendra Safal upachar kendra
Sukhedhara 4, Near Rajdhani Petrol Pump, Opp To Gopikrishna Cinema Hall
Kathmandu

Safal upachar Kendra provides treatment to the patient with every kinds of joints and nerve problem

Dynamic Health Care & Rehabilitation Centre Dynamic Health Care & Rehabilitation Centre
Saraswatinagar Marg
Kathmandu

Dynamic Health Care & Rehabilitation Centre is an authorized centre registered in Nepal Government,