Kadel Associates, Registred Auditors

Statutory Audit, Tax Audit, Accounting services, Advisory Services, Proposal writing, Tax and VAT etc

15/07/2023
16/05/2023

डिजेलको मूल्य १० रुपैयाँले घटेको अबस्थामा सरकारले सार्बजनिक सवारी साधनको भाडा दर पनि यथाशीघ्र घटाइयोस। यो बिषयमा सरकारको ध्यानाकर्षण गराउदछु। तपाईं पनि यहि आवाज उठाउन नडराउनुस है?

Photos from B***n's post 08/04/2023

प्रहरीले आफैं फुटपाथ कब्जा गरेपछी , बटुवाले मोटरबाटो प्रयोग गर्नै पर्यो अनि कसरी आवागमन सहज होस?

08/04/2023

Good decision Mr. B***n

टुकुचा उत्खनन नगर्न उच्च अदालतको आदेश 01/02/2023

टुकुचा उत्खनन नगर्न उच्च अदालतको आदेश

टुकुचा उत्खनन नगर्न उच्च अदालतको आदेश काठमाडौं महानगरपालिकाले हात्तीसार क्षेत्रमा गरिरहेको टुकुचा उत्खनन कार्यमा उच्च अदालत पाटनले रोक लगाएको छ।

Photos from Kadel Associates, Registred Auditors's post 01/02/2023

भान्जीको बिहेमा आज बुङ्चुङ धादिङमा।

11/09/2022

यसपटक राजनीतिक दलले उम्मेदवार छनौट गर्दा सर्बसम्मत गर्न सकेन भने आफ्नै अन्तरकलहको कारण ठुला पार्टीका उम्मेदवारले चुनाव हार्नेछन।

28/08/2022

असफल संघीय सम्सद। जनबिरोधी सम्सद।

19/08/2022

गल्छी धादिङ नजिकैको दृश्य । मनमोहक।

15/08/2022

कटहरिया बजार रौतहट , बेलुकाको समय।

15/08/2022

रास्ट्रपतिद्वारा नागरिकता विधेयक संसदमै फिर्ता

11/08/2022

स्थानिय निकायमा जसले जितेपनी कार्यशैली नेपालभरको एउटै छ, जनप्रतिनिधिले काम जानेका छैनन, कर्मचारीले जे भन्यो त्यही उनिहरुले गर्ने हो। सबै काम गर्ने तिनै पुराना कर्मचारी नै हुन। अनि ब्यक्ति परिवर्तन हुदैमा कसरी हुन्छ परिवर्तन ? त्यसैले ब्यबस्था परिवर्तन जरुरी छ।

10/08/2022

महामहिम रास्ट्रपति ज्युले ईतिहास रच्ने अबसर। रास्ट्र र जनताले सधै सम्झिन मनलाग्ने योगदान गर्ने अवसर। पक्कै पनि महामहिम रास्ट्रपति ज्युले नेपाली जनताको आवाज, यो माटोको आवाज बुझ्नु हुनेछ। जनताले सम्झनलायक काम गर्नु हुनेमा म बिश्वस्त छु। नागरिकता बिध्यक प्रमाणीकरण नगरी फिर्ता गर्नुहुनेछ भन्नेमा आशाबादी छु। नेपाली जनता आशाबादी छन।

10/08/2022

पाँच बर्षमा एक पटक चुनाब हुन्छ, पार्टीको जिल्ला कमिटी सदस्यले भत्ता, रक्सी र मासु नपाएमा भोट दिन्न समेत भन्छ, पार्टी सदस्यता शुल्क समेत कसले तिरी दिएको हुन्छ थाहा छैन फेरि उहि घुर्की लगाउछ भने यो कस्तो राजनीतिक सङ्स्कार पार्टीले सिकायो? पार्टीले के प्रशिक्षण दिन पर्ने हो? कस्तो अनुशासन नीति बनाउने हो त्यो पनि सोच्न नेताहरुलाइ आग्रह गर्दछु। अर्को गम्भीर बिषय पार्टी अब मास बेस्ड भयो त्यसैले जसले पैसा खर्च गर्छ उसैले टिकट पाउनु पर्छ भन्ने हो भने गरिबले साम्सद बन्नै नपाउने? पार्टी सदस्य, सङ्गठन, बैठक भेला आदि किन ब्यवस्था गर्ने? पार्टीले चुनाब जित्ने हो वा ब्यक्तिले? ब्यक्तिले चुनाब जित्ने हो भने पार्टीको टिकट लिन किन मरिहत्ते? ब्यक्ति स्वयम् स्वतन्त्र उम्मेदवार बनेर चुनाब जिते भै हाल्यो नि? कि कसो हो??

03/08/2022

गठबन्धनका नेता निर्लज्ज लम्पसारवादी भइसके, देश जोगाउन ओलीले नेतृत्व गरुन् : सीपी मैनाली

02/08/2022

चर्चा गोरखा को ५ करोड ३९ लाखको मोटरेबल पुल
एकातिर चट्टानी पहरा, त्यस्को १०० मिटर भित्र पक्की सडक, अर्कोतिर धान रोपिएको फाँट, ३०० मिटर भित्र अर्को मुल सडक । दुवैतर्फ ट्र्याक, सडक नजोडीई पुल बनाउनु गलत नै हो ।
तर मुल कुरो त्यहाँका स्थानीयको आवश्यकता र सहमति थिएन भने त्यत्रो पुल बन्ने सामाग्री ढुवानी कहाँ बाट, कुन बाटो बाट भयो ? पुल जग खन्न देखि तयार हुँदासम्म विरोध किन भएन ? स्थानीयले किन रोक्न खोजेनन ? गलत थियो भने पहिल्यै रोक्न पनि सकिन्थ्यो कि ?
तर वास्तविकता बुझ्दा धान रोपिएको स्थानमा पहिल्यै ट्र्याक बनाइएको, त्यहीँबाट ढुवानी भएको, पहाडतर्फ ट्र्याक खोल्न समयमै काम नभएको हुँदा पुल सञ्चालनमा आउन सकेन र जनताले ट्र्याक खोलिएको जग्गामा धान रोपिदिए ।
तस्बिर/पोस्ट : सामाजिक सञ्जाल

31/07/2022

राजनीतिक स्वार्थको लागि के के गर्ने रहेछन। आज देखियो। सत्ता दुरुपयोग गर्ने नेपाली काङ्ग्रेस यो देशको लागी अभिसाप नै हो।
१) सत्ताको लागि बिदेशीले जे भने पनि खुरुखुरु काम गर्ने! एम सी सी, पिसीसी, नागरिकता र असङ्लग्न परराष्ट्र नीति मिचेर बक्तब्य।
२) सत्ताको लागी नीति कार्यक्रम सिध्दान्त र मन केही नमिलेपनी एउटै उदेश्य धन कमाउने रहेछ।
३) सत्ताको लागि लोकत्न्त्रको हिमायतीहरुले मतपत्र चपाएको साक्षी बस्ने, सिसिटिभी फुटाएको नदेख्ने, मन्त्रालयमा करको दर ब्यापारीले हेरेफेर गर्दा सम्म अंशीयार बनेर पक्षपोषण।

यो लोकतन्त्र समाप्त पार्नु पर्छ।
यस्तो ब्यबस्था ध्वस्त हुनुपर्छ ।
बिकल्प खोज्नुपर्छ ।
जनता जाग्नुपर्छ।

31/07/2022

जनर्दन शर्माले अब झन सहजै धनार्जन गर्ने भए। चुनाब आउदैछ, देशको अबस्था बिग्रदो छ, देशको अदालत, अख्तियार कुनै कानुनले नछुने रहेछ। यो देशलाई बास्तबमा बिदेशीले कुनै सहयोग दिन नहुने हो, नागरिकले कर तिर्न नहुने हो, बास्तबमा कसैले नितिगत भ्रष्टाचार गरे कसैले, नीति मिचेर भ्रस्टाचार गरे जसरी गरे पनि यी देश भ्रस्टाचार गर्ने हरुले नै समाप्त गरे। हामी गरिब होइनौ गरिब बनाइयो।

31/07/2022

आज खीर खाने दिन भनेर म जस्तै धेरैले आज शुभकामना दिएका छन। तर मलाइ पनि बास्तबमा आजको दिनको महत्वको बारेमा खासै थाहा छैन। नेपालमा हरेक दिन उत्सबको रुपमा मनाइन्छ। यो नै हिन्दु सस्कृतिको हरेक पुस्तान्तरण उपहार हो। तपाइँहरुलाइ आज श्राबण पन्धको दिनको खास महत्त्व केही छकी जानकारी गराइदिनु हुन अनुरोध छ। सवैलाइ खीरखाने दिवसको शुभकामना !

31/07/2022

नेपालको हरेक समस्याको समाधान छ तर समाधान तर्फ कसैको रुचि छैन। सम्सदिय ब्यबस्था नेपालको लागि घातक छ।

30/07/2022

सत्ताको चरम दुरुपयोग भनेको के हो भनेर कसैले प्रश्न गरेमा भनी दिनुस "सिंहदरबारमा करको दर मिलाउने ब्यापारी। प्रमाण मेटाएर प्रमाण भेटिएन भनेर उनैका ठुला स्वर। मतलब जो चोर उसैका ठुला स्वर। " जनार्दनलाई पुनः अर्थमन्त्री बनाउनु भनेको काङ्ग्रेस सति जानू हो।

30/07/2022

ब्यबस्था राम्रो छैन, अबस्था राम्रो छैन, व्यवहार राम्रो छैन, सुशासन केही छैन।
तरपनी नेपाली जनताले पुराना पार्टीलाई भोट किन दिन्छन?
मेरो निस्पक्ष बिस्लेषण।
१) पुरानो पार्टीमा हजुर बाउ, बाउ र आफ्नो योगदान छ, योगदान भएको ठाउमा माया लाग्छ त्यसैले बाध्य भएर भोट दिन्छन।
२) पुरानो पार्टीमा भएका कार्यकर्तालाई बर्षौ देखि कर्मचारीतन्त्र, पुलिस, आर्मी, अड्डा अदालतर शिक्षक सम्म भर्ती गराएका छन। तिनैका कारण नयाँले काम गर्न सक्दैनन। वा आफ्नो पार्टीको आएमा सहयोग गर्ने, बिरोधी आएमा असहयोग गर्ने नीति राखेर ती तमाम सरकारी तलब खाएकाले आफ्नो पार्टीलाई जिताउन, भोट दिन्छन, चन्दा दिन्छन, चुनाबमा धादली गर्छन, र आफ्नालाइ जिताउछन।
३) शक्तिको पछाडि लाग्ने धेरै हुन्छन, शक्तीलाइ दुरुपयोग गरेर धन कमाउने हरु पनि पुरानै पार्टीमा लाग्ने भए, शक्तिमा पुग्नको लागि पैसाको बृफकेस बोक्नेहरु पनि शक्तिशाली पार्टीमा जाने भए, नयाँ पार्टीलाई वास्ता गर्दैनन।
४) पुराना पार्टीका नेता कार्यकर्ता गाउँ टोलसम्म जनतालाइ कतै न कतै सहयोग पुर्याउदै आएका छन। नयाँ नेता कार्यकर्ताले त्यो स्थान लिनको लागि कम्तिमा पाँच बर्ष लाग्छ। पाँच बर्ष सम्म नया नेता कार्यकर्ता टिक्नै सक्दैनन। टिक्नको लागि पैसा चाहिन्छ। पैसा आर्जन गर्ने काममा लाग्ने होभने पुरानो भन्दा फरक हुदैनन र जनताले पत्याउदैनन। त्यसैले पुरानो पार्टीले मत पाउँछन्।
५) पुरानो पार्टीले चुनाबमा पैसा जुटाउछ। पैसाको श्रोत खुल्दैन। राज्यलाइ पनि थाहा हुदैन। जनतालाइ थोरै पैसामा प्रभाबित बनाइन्छ र चुनाब जितिन्छ। जनतालाइ पैसा किन बाडिन्छ, पैसा कहाँबाट आउछ त्यो मतलब छैन, धेरैलाइ चेतना पनि छैन। पैसा लिन्छन भोट दिन्छन त्यसैले पुरानाले नै जित्छन।
६) पुरानो दलका पुराना नेता हुन्छन। उसले आफ्नो पालामा रास्ट्र निर्माण हुने बिश्वास राख्दैन। आफ्ना छोरालाई बिदेश पठाएको छ, यहाँ शिक्षा, स्वास्थ्य, जग्गामा लगानी गरेको छ। त्यसबाट आर्जित धन बिदेश पठाएको छ। हिड्न नसक्ने भएपछी बिदेशी भुमिमा मर्ने गर्छ। उसलाइ बाचिन्जेल नेता भएर पैसा कमाउनु परेको छ, जनतालाइ घाँस हालेर सत्तामा पुग्नुपरेको छ, त्यसैले स्वाभिमानी युवाले त्यो ब्वासो नेता सङ्ग प्रतिस्पर्धा गर्न सक्दैन। त्यो युवा थाक्छ र बिदेध पलायन हुन्छ वा एकल ब्यबशाय गरेर बस्छ। उसले राजनीति छोड्छ वा पुरानो दल प्रबेश गरेर स्वार्थ पूरा गर्न थाल्छ।
७) कर्मचारीतन्त्र बेकामे, घुसखोरी, कमिशनखोरी भएकोले जनताले सहजै सरकारी कार्यालयबाट काम गर्न सक्दैनन। कि त घुस खुवाउनु पर्यो नत्र नेता गुहार्नु पर्यो। नयाँ नेताले त्यो काम गर्न सक्दैन। पुरानो नेताको सहारा लिनुपर्छ र उसले त्यहिपुरानो पार्टीको झन्डा बोकेर हिड्नु पर्छ त्यसैले पनि पुरानो ले नै चुनाब जित्छ।
८) सरकारी सम्यन्त्र यस्तो छकी जागीर खानको लागि नेतालाइ नै गुहार्नु पर्छ। भनसुन नगरी काम पाइदैन त्यसैले युवाहरु बाध्य भएर पुरानै पार्टीको पछि लाग्नु परेको छ।
९) पुलिस प्रशासन जसको सरकार उसकै पार्टीको नेताको कुरा सुन्छ। साना पार्टीको पर्यो भने वा पार्टीको पछि नलागेको पर्यो पुलिसले पिटेर मार्छ त्यसपछी त्यसको परिवारले ठूलो पार्टीको नेतालाइ नभेटी उसलाइ प्रहरीले छोड्दैन वा झुटो मुद्दा लगाइदिन्छ। प्रहरी प्रशासनको कारण स्वतन्त्र ब्यक्ती समेत पार्टीको कार्यकर्ता बन्न बाध्य भएको छ। त्यसैले पुरानोले नै चुनाब जित्छ।
१०) पुरानो पार्टीले जतिसुकै गल्ती गरेपनी त्यसको बचाउ गर्ने कार्यकर्ता रहेसम्म परिवर्तन सम्भब छैन। अहिलेको कुशासन अन्त्य गर्ने सङ्कल्प लिएर रास्ट्र लाई शीरमा राखेर हिड्ने नवजवान बिना कुनै एउटा ब्यक्तिको लहडमा परिवर्तन सम्भब छैन। देश र जनताको लागि ज्यान बाजि थापेर हिडेको ब्यक्तित्वहरुले अबस्था सुधार्न सकेनन भने जागिर खाएर राजनितीमा आएकाले परिवर्तन गर्न सक्दैनन। त्यसैले नेपालमा रहेका पुराना दल मध्य कम खराबलाइ छानेर त्यसलाइ सच्याएर मात्रै यो देशको जनताले सुख पाउन सक्लान। प्रतिस्पर्धा गरेर नयाँ पार्टी खोल्नेले अबस्था परिवर्तन गर्न सक्दैनन। प्रतिक्रियाको अपेक्षा सहित धन्यवाद !

30/07/2022

जबसम्म जनताले चुनाबको बेला पैसा लिएर भोट दिने अबस्था अन्त्य हुँदैन तबसम्म जुनसुकै राम्रो पार्टी आएपनी दलाल, कालोबजारीया, माफिया, भ्रस्टाचारी, कमशनखोरलाइ उम्मेदवार खडा गरेर चुनाब जित्ने रणनीति लिनै पर्छ। नयाँ शिक्षीत पुस्ताले दु:ख नपाएसम्म परिवर्तन सम्भब छैन। एउटा युगले एउटा परिवर्तन ल्याउछ त्यसैको प्रतीक्षा गरौ।

29/07/2022

नेपाली चेलिले भारतिय सङ्ग बिहे गरेको भोलिपल्ट रासन कार्ड पाउछिन भनेर भाषण गरेका छन दलालहरुले। रासनकार्ड र नागरिकता एउटै कागजात हो?

29/07/2022

पुर्ब सचीब, सामाजिक अभियान्ता भिम पाध्यको काम।।

https://fb.watch/ezCr3dfQTt/

29/07/2022

काङ्ग्रेसले माओबादीले भनेको धेरै एजेन्डा मानेर एम सी सी, नागरिकता पास गर्यो , सिसिटिभी फुटेज मेटाइदियो, अब काङ्ग्रेसले माओबादी र समाजबादीलाइ फकाएर संघीयता फाल्ने हो भने बाकी सबै काम क्षम्य हुने थियो। लौन काङ्ग्रेस साथीहरु यति काम गर्न देउवा दाइलाइ भन्नू पर्यो? संघीयता फालेमा जनताले भोट रुखमा ठोक्छन। यो काम गरेमा म पनी काङ्ग्रेसलाई भोट दिने बाचा गर्छु। "जय नेपाल" भन्छौ भने यति काम गरौ, सकिँदैन भने अब "जय हिन्द" भन्न शुरु गरौं।

29/07/2022

सिसिटिभी फुटेज रक्षा गर्ने निकायलाई केरकार गर्ने हो भने सबै सत्यतथ्य बाहिर निस्किनेछ I तर सरकारले नै चोरि गर्छ भने चौकीदारले के गरोस ? संसदीय समितिले कारबाही गर्ने निर्णय गरेपनि कसले गर्ने कारबाही? नाटक बन्द गर I

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Anamnagar
Kathmandu
46200

Other Digital creator in Kathmandu (show all)
The Overthinker The Overthinker
Thamel
Kathmandu

Online showroom for New and Used Cars in Nepal.

Islamic Short Islamic Short
Kathmandu, NEPAL

Rajan Khadka Rajan Khadka
New Road
Kathmandu

A passionate Digital Creator from the beautiful country Nepal. 🇳🇵❤️

Chitra Bimba Chitra Bimba
Kathmandu
Kathmandu

We are here to give the best service possible for your business.

ashok_bhusal_7 ashok_bhusal_7
Kathmandu

photography��

Khanakokatha Khanakokatha
Kathmandu

Live. Love. Eat

Dipeshhamal_Official Dipeshhamal_Official
Kathmandu, 44600

I am a Digital Marketing Trainer and Professional Consultant in Kathmandu, Specializing in Web Desig

Guru Prasad Ghimire Guru Prasad Ghimire
Pepsicola
Kathmandu

An optimist with big dreams.

Gyan Ganga Gyan Ganga
Kathmandu

Welcome the page of Gyan Ganga Media Pvt. Ltd. Nature Mother is our life. �

Nepal Khabar Nepal Khabar
Purneshwor
Kathmandu

एस्तै अरु नेपाली समाचारहरुको लागि नेपाल खबर को पेज लाइ like and follow गर्नु होला 🇳🇵🇳🇵🙏🙏🙏🙏

स्वतन्त्र -independent स्वतन्त्र -independent
Kathmandu

New Page support "म स्वतन्त्र हो म स्वतन्त्र तरिकाले नै post राख्ने छु "