जीवनमा पढेरभन्दा परेर भोगिन्छ भन्ने जीवन्त उदाहरण हुन उनी । औपचारिक शिक्षा विश्वविद्यालयको डिग्रीको प्रमाणपत्र हातमा नभएर के भो ? अनेक ठक्कर र हण्डरले खारिएर आज उनी व्यवसायको क्षेत्रमा अकवरी सुन बनेका छन् अर्थात अब्बल छन् । नयाँ प्रविधिसँग खेल्न रुचाउने र उद्यममा सदैव नयाँ प्रयोग गरिरहन चाहने तिनै उद्यमी ललित जोधनीको जीवन संघर्ष उनकै शव्दमा
कटन फ्याक्ट्रीदेखि सिको वाचसम्म
जीवनको पहिलो जागिर थियो त्यो सम्झन्छन् उनी त्यो कटन उद्योग । जहाँ फ्याक्ट्री इन्चार्जको रुपमा काम सुरु गर्दैथिए । तर समस्या के थियो भने कटनको उद्योग जाडोको समयमा अर्थात वर्षको ६ महिना मात्रै चालु हुन्थ्यो,बाँकी ६ महिना बन्द । त्यहाँ पनि रमेन उनको मन । फर्किए काठमाडौं । राहदानी बनाएर उनी हानिए युनाइटेव अरब इमिरेट्स (दुबइ) ।
भन्छन् नि वर्मा गए पनि कर्म सँगै । त्यहाँ कार्गो कम्पनीमा काम गर्दथें । केही समय त्यहाँ काम गर्दै थिए । त्यहाँ छाडेर उनी पुगे अफ्रिकाको नाइजेरिया,जहाँ काकाको साथी हुनुहुन्थ्यो । र,भतिजकै दर्जामा त्यहाँ एकाउण्टेडको रुपमा काम सम्हाले काकाको साथीको कम्पनीमा ।
मनमा लाग्थ्यो केही सिकौं केही गरौं । त्यही कारण नयाँ नयाँ सिप सिक्न उनी सदैव अग्रसर हुन्थे । अफ्रिकाको केही वर्षको बसाई पछाडि उनी दुबई फर्के । त्यहाँ (सिको वाच) व्राण्डेड घडी कम्पनीमा काम पाए । त्यहाँ रहँदा अल्फुटियम, एजिइ इन्टरनेशनल र सगोला ग्रुपका तीन छुट्टाछुट्टै कम्पनीमा काम गरे । उनले एउटै कम्पनीमा ४/५ विधामा तालिम लिए । ती कम्पनीहरुमा काम गर्ने क्रममा आत्मनिर्भर हुने खालको कामहरु धेरै सिके । तर,सन् ००८ मा विश्वमा ठूलो आर्थिक मन्दी लाग्यो । दुबई पनि यसको प्रत्यक्ष प्रभावमा नपरिरहन सकेन । कम्पनीहरुले धमाधम कामदार कटौती गर्दैथिए । ठूलो पदको जागिर क्रमशः गुम्दै थिए । यही कारण उनको पनि जागिर धरापमा प¥र्यो । कामका लागि अब विदेश नजाने प्रण गर्दै उनी फर्किए आफनै देश । मनमा लाग्दथ्यो विदेशमा गरेको दुःख र पसिना स्वदेशमै बगाउने हो भने नेपाल कायापलट हुन्छ । यही स्वर्ग हो र यही फल्छ सुन ।
स्वदेशमै उद्यम
स्वदेश त फर्किए तर गर्ने के ? भर्खरै माओवादीहरु शान्तीप्रक्रियामा आएको समय थियो त्यो । उनी चाहन्थे बेकरी सप खोल्न । तर आर्थिक अवस्था उति मजबुत थिएन । बेकरी सप खोल्ने योजना केवल योजनामै सीमित भयो ।
राजधानीको महाबौँद्ध । जो व्यापार व्यवसायका लागि अव्वल ठाँउ हो । पहिला उनले यही ठाँउ रोजे र चार लाखको लागतमा सुरु भयो मोबाइल एसेसोरिज,जुन संयुक्त लगानीमा सुरु गरिएको व्यवसाय थियो । ३ जना साथीभाइ मिलेर सुरु गरिएको व्यवसाय । मनभरी थियो उत्साह र केही गरौं भन्ने जोश । उनी आफैं हिड्दथे मार्केटिङ गर्न । थोरै (मार्जिन) नाफा राखेर मेहनतकासाथ काम गर्दथे त्यतिवेला अहिलेको जस्तो अस्वस्थ प्रतिष्पर्धा थिएन् । व्यापार गर्ने वातावरण पनि राम्रो थियो । दुःख धेरै नाफा कम हुनेभए पछाडि साथीहरु व्यापार छोट्ने मनस्थितीमा थिए । त्यो पाटर्नरसिप त्यहीँ टुट्यो ।
हण्डर र ठक्कर
एउटा पाटर्नरसँग छुटेका उनी अर्काे पाटर्नरको खोजीमा लागे । भन्छन् नि माग पाइन्छ,खोज भेटिन्छ । भेटिहालियो । उनको नशा नशामा व्यापार थियो । व्यापारको गहिरो लत लागिसकेकोथ्यो उनलाई । यहाँबाट उनी भाग्न सक्ने अवस्था थिएन् । फेरि उनले पार्टनसिपसंग मिलेर बृहत रुपमा काम गर्न सुरु गरे । उनीहरु आफै चीनसम्म गएर सामान सप्लाई गर्ने गर्दथे ।
अनि जन्मियो रिद्धि ट्रेड
📷
महाबौद्धमा आफ्नै व्यापार चलिरहेको थियो । त्यतिवेला फुपुको छोराले उनलाई केही नयाँ प्रविधिको व्यापार गर्ने प्रस्ताव तेर्साए । आखिर उनी पनि चाहन्थे यही । त्यो नयाँ प्रविधि थियो सिसि क्यामराको विक्री । सुरुमा पाँच पिस मगाएर फिट गर्ने काम भयो । सामान ढुवानी गर्न सहज थियो फूपुको विवाह चाइनामै भएकोथ्यो । उहाँमार्फत हामीले सामान ढुवानी गर्दथ्यौं । उहाँलाइ पैसा पठाउथें उताबाट दिदीले हामीलाई सामान पठाइदिनुहुन्थ्यो । त्यतिवेला सिसि क्यामेराको व्यापार गर्ने २÷४ जनामात्रै थिए । पछाडि नयाँ नयाँ लगानीकर्ताहरु भित्रिए । सुरुमा १ लाख ३५ हजारबाट यो व्यापार सुरु गरिएको हो उनले सुनाए । पाँच पिसबाट सुरु भएको व्यापार ५० पिसमा पुग्यो । त्यो सामान दुई महिना लगाएर कटाइयो । त्यसपछि ३०० पिस क्यामेरा ल्याइयो । यो व्यवसाय पनि पाटर्नरसिपमै गर्दैथे उनी यही बीचमा विवाह र उपचारमा खर्च भयो । व्यापारको शिखरमा पुगेका उनी साथीहरुको धोखाधडीका कारण फेरि शून्यमा आइपुगे ।
पाटर्नरको दिल
उनले सुरु देखिनै साझेदारी व्यवसाय गरे । कतिपय वेला उचाइमा पुग्दथे त कतिसमय शुन्यमा झर्दथें । परिस्थितीजस्तो सुकै भए पनि उनको मनस्थिती बदलिएन । उनी आफ्नो ठाँउमा अविचलित थिए । मन दह्रो बनाँउथे । पार्टनरमा काम गर्दा धेरै पटक धोका खाएका छन् । उनको पार्टनरसिपको समय केही समयको लागि मात्रै टिक्ने गर्दथे । उनको अनुभवले भन्छ, पार्टनरसिपमा काम गर्दा धेरै कारण साथीहरुबीच मनमुटावको स्थिती पैदा हुन्छ । पहिलो कुरा पार्टनरसिप गर्दा सबै साथीभाइहरु उस्तै हुनुपर्छ,दक्ष र कामप्रति लगाव । दोश्रो,पाटर्नरसिपमा कहिल्यै पनि अर्काको भरमा काम छोड्नुहुदैन । कुनै पनि काम र निर्णयगर्दा सबै पार्टनरबीच आपसमा सल्लाह गरेर मात्र निर्णय भयो भने पाटर्नरसिप धेरै लामो समयसम्म टिक्छ ।
शिखरबाट शून्यमा
भर्खरै विवाह भएकोथ्यो । तर उनी शिखरबाट शून्यमा थिए । काम थिएन् । तर यो कुरा उनले आफ्नो परिवारलाई समेत भनेका थिएनन् । बरु उनी सदाझैं विहानै निष्कन्थे र साँझ फर्कन्थे । परिवार सोच्दथें सबै ठीकठाक चलिरहेकै छ । तर उनको हातमा केही थिएन । व्यापार गुमेको समय थियो त्यो । दिनभर दरवारस्क्वाएर क्षेत्रमा गएर बिताउथें । दरवारस्क्वायरमा टहलिरहेका थिए । अकस्मात खबर आयो छोरी बिरामी भएकोे । व्यापार गर्न छोडेको कुरा परिवारलाई थाहा नभए पनि नजिकैको एक जना दाजुलाई थाहा थियो । उनैले छोरीको उपचार खर्च सापटी दिएको कुरा उनी जीवनमा बिर्सन पनि सक्दैनन् ती दुखद दिनहरु । कहिलेकाँही यस्तै पीडाका दिनहरु सम्झन्छन् र थप उर्जा प्राप्त गर्दछन् केही गरेर देखाउने जोश बटुल्छन् ।
अप्स एण्ड डाउन
📷
व्यापार गर्ने क्रममा कहिले मनग्यै कमाँउथे त कहिले धेरै गुमाउनेक्रम चलिनै रह्यो । महाबौद्धमा आफ्नो व्यापार चौपट भएपछि उनी काठमाण्डौ दरबार क्षेत्रमा गएर दिनभर त्यक्तिकै समय बिताउने गर्दथे । त्यो समय उनको लागि कालो दिन जस्तै थिया । उनी निरासनै निरासमा त्यहाँ गएर समय बिताउने गर्दथे । त्यतिवेला उनले सिसी क्यामेरा सम्बन्धि केही जानकारी बटुलेका थिए । उनले सामान्य जोरजाम गर्न सक्दथे । उनका काकाको श्रीकृष्ण ज्वेलर्स भर्खरै खुलेका थियो । त्यहाँ सिसी क्यामेरा चाहिएको थियो । त्यतिवेला उनले काकाको पसलमा आफैले सिसी क्यामेरा जडान गरे । उनले सिधै चाइनाबाट क्यामेरा मगाए । उनले थप सामानको लागि समेत आफ्नो काकासंग केही रकम सापटी लिए । सामान ल्याएर बेचेपछि उनले काकाको ऋण तिर्ने गर्दथे । फाइनान्सबाट समेत ऋण लिएर आफ्नो उद्यम चलाए । अनेक ठक्कर र हण्डरले खारिएर उनले रिद्धी ट्रेडिङ प्राइभेट लिमिटेड दर्ता गराए । ७० सालमा , अहिले यही कम्पनीमार्फत काम गरिरहेका छन् । यो बीचमा नेपाल प्रहरीसंगको सहकार्यमा नयाँसडकमा ५ वटा सिसिक्यामेरा जडान भएको छ । उक्त क्यामरा सरकारले लागू गरिसकेको इम्बोस्ट नम्बरको लागि समेत काम गर्ने आधुनिक खालको हो । उनको अनुभवले भन्छ्,नेपालमा धेरै सीसी क्यामेरा जडान भएकाछन् यद्यपि अत्याधुनिक खालको भने न्यून मात्रामा छन् । हामीकहाँ जडान भएका अधिकांश क्यामरा पूराना प्रविधिकाछन् । यस्ता क्यामेराहरु जडान गरेको केही समयमानै बिग्रने गर्दछ । हाल नेपालमा सिसि क्यामराको ठूला व्यापारी १५ जनाजति मात्रै छन् तर, ५ सय भन्दा बढीको हाराहारीमा यसको खुद्रा व्यापारी कार्यरत छन् । हामीले हाल मासिक ५ सयको हाराहारीमा क्यामेरा सप्लाई गरिरहेका छौ । र डिट्रिब्युटर्स गर्ने जिम्बेवारी समेत दिएका छौ । काठमाण्डौ उपत्यका बाहेक पोखारा, भैरहवा, वीरगंञ्ज लगायत स्थानहरुमा सप्लाई गर्दै आएको उनले सुनाए ।
सेफ्टीको सबाल
व्यापारमा सदैव नयाँ नयाँ प्रयोग र प्रविधि भित्राउने उनको अवको जोड भनेको सेफ्टी एण्ड सेक्युरेटीसम्बन्धी सम्पूर्ण सेवाहरु दिने रहेको छ । उनको हाल वाकी ट्वाकी, डोर लक लगायत सेफ्टी एण्ड सेक्युरेटी सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएका छन् ।
उद्योग यात्रामा रिद्धि टे«र्डस
📷
हाल सिसी क्यामेरा मात्रै सप्लाई गरिरहेको रिद्धि टे«र्डस आफैं सिसी क्यामेरा सम्बन्धि विभिन्न पाटपूर्जाहरुको नेपालमै उत्पादन गर्ने लक्ष्य बोकेको छ । सोही लक्ष्य र उदेश्य बमोजिम उद्योग समेत दर्ता भइसकेको छ । उनले सुनाए अबको हाम्रो मुख्य योजना भनेको उद्योगमा परिणत हुने हो । कम्पनीमा थप लगानी गरेर यसको स्वरुपलाई अझैं ठूलो बनाउन चाहन्छन् उनी । अहिले पनि रिद्धि टे«र्डसमा १८ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने अप्रत्यक्ष रुपमा ५० भन्दा बढीले रोजगारी पाइरहेको उनको भनाई छ । यस्को अलवा अहिले हामी विभिन्न ठाँउमा सप्लाइ गरिरहेका छौ । हामीले नेपाल मात्रै नभएर चीनका विभिन्न ठाँउमा समेत काम गरिरहेका छौ । हामीले सिसी क्यामेरा सम्बन्धि सम्पूर्ण पाटपूर्जा यहि जडान गर्ने योजना बनाइरहेका छौं । अहिलेसम्म विदेशीकै भर पर्नुपर्ने अवस्था छ । त्यसलाई चिर्न मात्र खोजिएको हो । स्वदेशमा उत्पादन गर्न सकियो भने हाम्रो पूँजी विदेशिन पाँउदैनथ्यो । मूल्य पनि धेरै हदसम्म सस्तोमा हुन्थ्यो । सिसी क्यामराका मुख्य बोर्डदेखि सर्किटहरु हामी आफैं बनाउन सक्छौं । अहिले हामी सिसी क्यामराको हाउजिङ यहि बनाउने हिसाबले काम गरिरहेका छौं । वार्षिक पाँच हजारभन्दा बढी सिसी क्यामरा सप्लाई गर्दै आएका छौं । जसमध्य ६० प्रतिशत हिस्सा चाइनाको र ४० प्रतिशत भारतबाट आउने गरेको छ ।यस्तै उद्योगको स्थापना गरिसकेपछि सिसी क्यामरासम्बन्धि तालिम दिने एउटा इन्स्टिच्युट समेत खोल्ने उनको योजना छ । पृथकता
हाम्रो क्षेत्र सिसी क्यामेरा मात्रै रहेको छैन । हाम्रो मुख्य टार्गेट भनेकै सेफ्टी एण्ड सेक्युरिटी सम्बन्धि सम्पूर्ण काम यसभित्र पर्दछ । जसअन्र्तगत सुरक्षा सम्बन्धि सिसी क्यामेरा, डोर लक,फायर फाइटिङ सिस्टम यसैभित्र पर्दछ । हाल नेपालमा सेफ्टी र सेक्युरिटी छुट्टाछुट्टै रहेको छ । अहिले पनि काम गर्नुपर्दा दुबै टोलीलाइ बोलाएर काम गर्नु पर्ने अवस्था छ । यो अवस्थाको अन्त्य गर्न चाहन्छ रिद्धि टे«र्ड । जस्को सुरुवात भइसकेको छ । अबको सवाल निरन्तरताको मात्र हो ।
जान्नेलाई श्रीखण्ड
सिसी क्यामेरा सुरक्षा सम्बन्धि आधुनिक प्रविधि हो । यसले मूलत विभिन्न स्थान, कार्यालय, घर, टोल आदीको सुरक्षाको लागि राख्ने गरिन्छ । यसको फुटेज हेरेर यसैको आधारमा चोरी नियन्त्रण गर्ने मात्र नभई चोरहरु पक्रन सकिन्छ । प्रहरीले गर्ने काम कतिपय अवस्थामा सिसी क्यामेराले गरिरहेको पाइन्छ । यसले प्रहरीको पहु्चँ नपुगेको स्थानहरुमा यसको जडान गरि सुरक्षा प्रदान गर्न सकिन्छ । विदेशमा अधिकतम प्रयोग भएको यो प्रविधि नेपालमा भने थोरै मात्रामा मात्रै प्रयोग भएको पाइन्छ ।
गुणस्तरविहिनको विगविगी
हामीकहाँ सरकारी कार्यालयहरुमा सिसी क्यामेराहरु जडान भएको पाइन्छ । यद्यपि ती क्वालिटी विहिन क्यमराहरु हुन । जडान गरेको केही समय चल्ने र छोटो अवधिमानै यी क्यमराहरु बिग्रने गरेका छन् । विदेशमा सरकारी निकायले यो सम्बन्धि काम गर्न जिम्मा छुट्टै कम्पनीहरुलाई दिइएको पाइन्छ तर हाम्रोमा त्यस्तो छैन । जता बढीकमिसन आँउछ त्यही संस्थाले सिसी क्यामरा जडान गरिरहेका छन् । यही कमिसन मोहका कारण गुणस्तरीय नभई गुणस्तरहीन क्यामरा जडान भइरहेको छ ।
पहुँचवालालाई मात्र ?
नेपालमा सार्वजनिक स्थानमा सिसी क्यामेरा जडान गर्न पाइदैन । कुनै पनि सामान्य नागरिकले आफ्नो घर अगाडि क्यामरा जडान गर्नुपरेमा सरकारी निकायमा अनुमति लिनु पर्ने प्रावधान बनेको छ । यो अत्यन्तै झन्झटिलो प्रक्रिया हो । यसले गर्दा थप समस्या निम्ताएको छ । यही कारण सिसी क्यामेरा जडानको व्यापारमा समेत गिरावट आएको पाइन्छ । विगत पाँच वर्षदेखि उनी यो व्यवसायमा सक्रिय छन् । चक्रपथको लागि ३०० क्यामेरा जडान गर्ने हो भने सुरक्षाको दृष्ट्रिकोणले धेरै सहज हुन्थ्यो । राजधानीको कुना कन्दरामा सिसी क्यामेरा जडान गर्ने हो भने विभिन्न समयमा हुने अपराधिक घटनाहरुको न्युनीकरण गर्न सकिन्छ । यसले कोही दुर्घटना,चोरीदेखि जघन्य अपराध गरेर भागेमा सजिलैसंग क्यामेराको फुटेज हेरेर समाउन सकिन्छ । यसलाइ सरकारले प्राथमिकताकामा राख्न सकेको छैन । यदि सिसी क्यामरा जडानलाई अगाडि लैजाने हो भने सुरक्षा मजबुत बनाउन सकिन्छ ।
गुनासो
📷
सरकारले यस पेशालाई व्यवसायीकता बनाउन सकेका छैन् । न त सिसी क्यामरा जडानलाई सही ढंगले जडान र सञ्चालन गर्न नै सकिएको छ । नीति निर्माण गर्दा समेत राज्य चुकेको छ । सही नीति नियम बनाउन सकिएको छैन । विभिन्न स्थानमा सिसी क्यामेरा जडान गर्न नपाउने सरकारी मापडण्ड रहेको छ । सर्वसाधरणले आफूले चाहेको खण्डमा आफ्नो घर अगाडि समेत सिसी क्यामेरा जडान गर्न पाइदैन । यसको लागि पहिले सम्बन्धित निकायसँग स्वीकृति लिन अनिवार्य गरिएको छ । सरकारले यो पाटोमा पनि ध्यान दिनु जरुरी छ । यस्को आवश्यक्ता र महत्व बुझ्नु आवश्यक छ । तर राज्यका जिम्मेवार निकाय कानमा तेल हालेर सुतिरहेको छ । वर्षदिन अगाडि सरकारले जुन खालको नीति ल्यायो त्यो सर्वसारधणदेखि व्यवसायीसम्मको हितमा छैन । सिसी क्यामेरा जडान गर्न निकै कठिन खालको नीति आएको छ । यसमा अलि व्यवस्थित र सहज बनाइनुपर्दछ भन्ने हाम्रो माग हो । विदेशमा जस्तै कुनै एक निकायलाइ यस्को जिम्मा दिनुपर्छ । जानकारीको लागि सरकारी वेवसाइटमा राखिनुपर्ने यी उद्यमीको भनाई छ ।