Khadka Dairy खड्का डेरी

Available pure fresh and organic cow milk products.

शुध्द गाईको दुध, दही, घिउ, पनिर लगायतका उत्पादन साथै पुजापाठका लागि आवश्यकपर्ने गहुँत, गाेबरकाे लागि पनि ढुक्क भई हामीलाई सम्झनुहाेस्।

दुध किसानले पाएनन् ७ महिनादेखि दुध बिक्रीको भुक्तानी (भिडियो) 25/02/2024

सार्है दुखद छ यो सत्य घटना हो #खड्काडेरी #खड्का_डेरी_उद्योग #गोकर्णेश्वर_5

दुध किसानले पाएनन् ७ महिनादेखि दुध बिक्रीको भुक्तानी (भिडियो) १२ फागुन २०८० काठमाडौं : दुग्ध उत्पादक किसानले विगत ७ महिनादेखि दुध बिक्री गरेको पैसा पाएका छैनन् । डेरी उद्योगीह....

19/01/2024

सामाजिक र सहयाेगी भावका हाक्की स्वभाव भएका प्रिय अधिकारी बा " रामशरण अधिकारी " दिवंगत हुनुभएकाे खबरले मर्माहित बनाएकाे छ। बुबाप्रति हार्दिक श्रद्धाञ्जली साथै परिवारजनमा शाेकलाइ शक्तिमा बदल्ने उर्जा मिलाेस् भन्ने कामना गर्दछाैं। - Khadka Dairy खड्का डेरी, खड्का स्टाेर - Khadka And Sons Kirana Store परिवार।

14/01/2024

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

14/01/2024

Good morning everyone 🙏

खड्का डेरी - Khadka Dairy would love your feedback 13/12/2023

Good morning everyone 🙏

खड्का डेरी - Khadka Dairy would love your feedback Post a review to our profile on Google

23/11/2023

Welcome to

04/07/2023

Khadka Dairy Kathmandu, Nepal. Order Organic Dairy Products... Free Home Delivery. Call +977 1 4912981

Khadka Dairy खड्का डेरी उद्योग on TikTok 23/06/2023

आफ्नै फर्ममा उत्पादित शुध्द गाईको अर्गानिक #दुध का परिकारको लागि #खड्काडेरी #दही #खड्का_डेरी #दही_जमाउने_तरिका #घ्यू__बनाउने_सजिलो_तरिका_

Khadka Dairy खड्का डेरी उद्योग on TikTok Check out Khadka Dairy खड्का डेरी उद्योग's video.

23/06/2023

हाम्रो नयाँ शाखाबाट सेवा विस्तार अब शिव चोक, सेलिब्रेसन स्कुल जाने बाटोमा

Khadka Dairy खड्का डेरी उद्योग on TikTok 13/05/2023

Good morning everyone...

Khadka Dairy खड्का डेरी उद्योग on TikTok #होम_डेलिभरी #घ्यू__बनाउने_सजिलो_तरिका_ #दही #दही_जमाउने_तरिका #खड्का_डेरी #छाली #घ्यू__बनाउने_सजिलो_तरि....

डा. पण्डित - Pandit MD on TikTok 22/04/2023

डा. पण्डित - Pandit MD on TikTok अब एउटा BF ब्वाइफेर्न पनि बनाउन नभनी अब #वरीपरी२०२३ #वरीपरी #दिदीभन्नुहुन्छ #आमाभन्नुहुन्छ #जग्गु....

15/04/2023

Happy new year 2080 B.S everyone

खड्का स्टोर - Khadka And Sons Kirana Store ( KASKS ) would love your feedback 04/04/2023

Welcome everyone

खड्का स्टोर - Khadka And Sons Kirana Store ( KASKS ) would love your feedback Post a review to our profile on Google

15/03/2023

#पनिर #खड्का_डेरी_उद्योग #गोकर्णेश्वर_5 #खड्का_डेरी #खड्काडेरी #दही_जमाउने_तरिका

President Haris हरिश्चन्द्र 🔭 on TikTok 11/12/2022

🥺🥺🥺

President Haris हरिश्चन्द्र 🔭 on TikTok Replying to आज बिहान गोकर्णेश्वरको शिव चोकमा फोहोरको डंगुरमा भेटिएको यो नवजात शिशुको #शव अ.....

08/12/2022

Homemade milk paneer ghee and dahi

21/05/2022

दूध बेच्ने केटी

आज त्यस्तो व्यक्तिसँग भेट भयो, जसको नजरमा तीर थियो । मुटुमा चस्का पस्यो । मलाई पटक्कै विश्वास थिएन, पहिलो झलकमै प्रेम बस्छ । तर कताकता ऊप्रतिको आकर्षणले मलाई चुम्बक झैं तान्यो । ऊ फरक र रहस्यमय लागी । ऊ उति रहस्यमय थिई वा थिइन, म के जानौं ! तर उसका जुनकीरी जस्ता आँखा रहस्यका उपमेय थिए ।

उसले गुलाबी रंगको टिसर्ट र निलो सुरुवाल लगाएकी थिई । हातमा दूधको ठेकी हल्लाउँदै ऊ तल झर्दै थिई । बाथरुमबाट म निस्कँदै गर्दा आँखा-आँखा जम्काभेट भएथे । ऊ अपूर्व मुस्कुराई ।

‘नमस्ते सर !’

यो कुनै परिचित आवाज होइन । तथापि त्यो आवाजले मन बेस्सरी हुँडल्यो ।

बान्किला ओठ । मृदुल मुहार । स्थूल आँखा ।

म किंकर्तव्यविमूढ थिएँ । रहिरहन सकिनँ ।

म सोचमग्न भएँ-

आज म किन छिटो उठें ? मनमा प्रश्न छालझैं बन्यो ।

सायद उसैलाई देख्न पो हो कि ? अर्को मनले उत्तर दियो ।

मेरो दिमागले विश्राम पाएको छैन । अनेक सोच्छु । तर्कना गर्छु । मनमा कुरा खेलाउँछु । मनमा अनेकन् काल्पनिक चित्राकृति खडा हुन्छन् । आमालाई धेरै कुरा थाहा थियो उसका बारेमा । तर कसरी के भनेर सोधुँ ? मलाई साहस जुट्दैन । खै उसमा के आकर्षण थियो त्यो त म यसै भन्न सक्दिनँ । तर म उसकै बारेमा यतिविघ्न किन सोचमग्न छु ! प्रयोजन नखुल्दा आफैं छक्क पर्छु ।

हिजोजस्तै ऊ आज पनि आई, गई । बोल्ने मौका नै दिइन । हुन त बोल्ने मौका नै दिएको भए पनि मेरो ओठ कसरी उघ्रन्थ्यो, म यसै भन्न सक्दिनँ ।

“म यही दूध बेचेरै पढें । घर आएका बेलामा यति काम गर्न किन लाज मान्नू, अरूले के भन्लान् भन्ने सोच्ने हो भने आफ्नो जिन्दगी त्यतै छुट्छ । बाँच्नै बिर्सन्छ मानिसले । पहिले पहिले कसैले ‘तिम्रा बाले के काम गर्नुहुन्छ नि’ भन्ने प्रश्न कसैले नगरून् भन्ने लाग्थ्यो । तर अचेल म खुलेरै कृषक हो भन्छु । कामको सम्मान गर्न सक्ने भएँ । सायद धेरै कुरा बुझें पनि । अहिले त म माटोलाई प्रेम गर्ने भएकी छु । आफैंले उब्जाएका बालीनालीसँग मितेरी लगाएकी छु । गाईवस्तुसँग मीठो संवाद गर्ने भएकी छु । यो आनन्दको अनुभव बटुल्न पाउँदा दंग छु ।”
म इन्ट्रोभर्ट हुँ । अन्तरमुखी भन्छन् नि, हो त्यही । अझ सिए पढ्न भारत गएपछि मलाई झन् नबोल्ने बानी पर्‍यो । पढाइको रापचापमा साथी-संगातीहरूसँगको सम्बन्ध पातलिंदै गयो । पछिपछि त परिवारसँग बाहेक गफगाफै हुन छोड्यो । बोल्ने आदत पछि पर्‍यो । बच्चामा निकै फरासिलो म अहिले अत्यन्त कम बोल्छु । समयसँगै बानीहरूले बाटो बदल्दा रहेछन् । कुन बानी छाड्ने, कसलाई पछ्याउने, कुन आदतको ओत लाग्ने वास्तवमै आफ्नो हातमा नहुने रहेछ । अझ भनौं, समयसँग सम्बन्धित हुने रहेछ ।

उससँगको आसक्ति दुई दिनमै हृवात्तै बढेको थियो । त्यसैले त, आमा म एकछिन बाहिर निस्कें है भन्दै स्कुटरको चाबी बोकेर तल झरें । उसैलाई पछ्याउँदै अघि बढें । मैले पछ्याएको उसले भेउ नै पाइन । पाओस् पनि कसरी ? उसको हल्का गुलाबी रंगकै साइकल थियो । अगाडिको टोकरीमा ठेकी राखेर वायु वेगमा बत्ताई । मैले सोचें- गुलाबी रङ र साइकलमा बत्तिन उसलाई खुब मन पर्छ । हावाले फरफर सल्लाझैं हल्लाइरहेका केशराशि । हावाको साउती उसलाई मजा लाग्दो हो । आफैंसँग हराउँदै, केश हल्लाउँदै, साइकल बत्ताउँदै ऊ सायद गीत पनि गुनगुनाउँदै अघि बढिरहेकी छे । सायद उसले मज्जा मानिरहेकी थिई । यो देखेर म भित्रैबाट गद्गद् भएँ । अनुहारमा खुसीको आभा चढ्यो ।
अलिक पर पुगेपछि साइकल पसलअगाडि अडिई । पम्प मिलाई । टायरमा हावा भर्ने उपक्रममा लागी । हावाले टायरको आकार दिलाइरहँदा मेरा आँखा उसको शरीरमा अडिइरहेको थियो । उसको शरीरको लचकता वणर्ानातीत र चित्ताकर्षक थियो । यसैयसै मलाई हेरिरहन मन लाग्यो । ऊ आफ्नो काममा दत्तचित्त देखिई । काममा एकाग्र उसले मलाई हेरेकी भए देख्दी हो । तर, त्यो जमर्को गरिन । हावा हाल्ने कृत्य सकेपछि ऊ त्यही रफ्तारमा अघि बढी । जसरी ऊ हावाको वेगमा बत्तिएर आएकी थिई । अनि म घर फर्कें ।

गीतु गैरे
घर पुग्दासम्म सम्झना छिप्पिइसकेको थियो । आँखामा ऊ नै नाचिरही । सम्झनाको वृक्ष कति चाँडो हुर्कंदोरहेछ ? मैले अनुमानसम्म गर्न नसेकेकोमा आश्चर्यमा परें ।

उसका स्थूल आँखा । मृदुल अनुहार । उसको सरलता । काम प्रतिको प्रेम । कल्पना गर्दा पनि मलाई विछट्टै आनन्द हुन थाल्यो । झन् उसले नमस्ते सर भन्दै बोलेको शब्द । धन्न दाइ भनिन मोरीले !

कुन कुरा चुम्बकीय गुणयुक्त थियो, म यसै भन्न सक्दिनँ । खै किन भन्न सक्दिनँ त्यो पनि भन्न सक्दिनँ । मेरा निम्ति ऊ साधारण सौन्दर्य थिइन । असाधारण, अद्वितीय सौन्दर्यले भरिएकी थिई ऊ ।

मनमा बेचैन सघन बन्दैथियो । मनमा ज्वरो बढेको थियो । अनुहारबाट पसिना निःसृत भइरहेको हुँदो हो । फेसबुकमा स्टाटस लेखेर मन चिस्याउने जमर्को गरें- ‘हर रहरको सामीप्यतामा नै पुग्न जरूरी हुँदैन । केही केही टाढै बसेर नियाल्नु छ ।’

यसपछि मलाई मोबाइलमा हराउनु उपयुक्त लागेन । कल्पनाबाट आस्वादित हुनु नै स्वर्गीय आनन्द अनुभूत भयो ।

उसको उमेर । उसको जिजीविषा साँच्चै नै कल्पनातीत थियो । उसले साइकलको अगाडिपट्टि टोकरीमा राखेको दूधको ठेकी साँच्चै नै संघर्षको विम्ब थियो । त्यसले ऊ हुनुको परिचय दिएको थियो । मानिसको सौन्दर्य उसको कर्म न हो ।

जीवनको यात्रामा धेरै अनुहारसँग यी आँखा ठोक्किए । स्कुल, कलेज हुँदै भारतसम्मको यात्रामा कति कामिनी फेला परे होला । तर, उसको दाँजोमा ती सबै फिक्का थिए । यो उमेरमा यति साधारण केटीसँग आकषिर्त हुँला भन्ने लागेको थिएन ।

आकर्षण वस्तुसँग हुन्छ कि भावना ? या यसको पछाडि कुनै इन्जायम हुन्छ म अहिले यसै भन्न सक्दिनँ । हो, सायदै कहिल्यै भन्न सक्दिनँ ।

अहो ! उसले बोकेको ठेकी ! उसको रापिलो मुहार । त्यो खुला अधर । सपक्क मिलेका आँखी भौं । म अहिले पनि उसको सौन्दर्यमा मोहित होइन, सम्मोहित नै हुन्छु । जीवनमा कहिल्यै प्रेममा नपरेको म, प्रेमबाट भागी-भागी हिंडेको म अचानक कस्तो सम्मोहनमा परें । सम्मोहित भएँ ? कसरी भएँ त्यो पनि म भन्न सक्दिनँ ।

यस्तो सोच्छु- समयमा प्रेम हुन्छ कि प्रेम समयमा हुन्छ ?

मभित्र कुनै उत्तरले जन्म लिंदैन ।

सोच्दासोच्दै रात ढल्किगयो । निद्रा खज्मजियो । बिथोलिएन छ ।

आश्चर्य, सपनामा पनि उसकै रजगज थियो ।

हिजोको झलकको धीत मरेको रहेनछ । विपना उसकै खोजीमा थियो । नढाँटी भनुँ, उसलाई देख्न पाइन्छ भन्ने लोभैले म चाँडो उठ्न पुगेछु ।

उठेर फ्रेस भएर भान्छामा के छिरेको थिएँ । आमा र ऊ चिया पिउँदै गफ गरिरहेको देखें ।

एक छिन त अलमलमा परें ।

छिट्टै उठेको देखेर आमा पनि छक्क पर्नुभएछ, मुखै फोरेर भन्नुभयो- ‘हैन तँलाई अचेल निद्रा लाग्दैन कि कसो ?

एकै सासमा पानी घुट्क्याउँदै भनें- ‘कति सुतिरहनु ? भर्खरै उठेको ।’

भान्छामा चिया चिसो भइसकेछ । आमाले मेरो कुरा बेवास्ता गर्दै भन्नुभयो, ‘तताएर खा !’

‘म तताइदिन्छु नि !’

उसको कुरा सुनेर म आश्चर्यमा परें । लौ उसले घरको बुहारीझैं पो कुरो गरी ।

चिया तताउन खोज्दै थिई । आमाले रोक्नुभयो ।

‘यसको बिहे गर्ने बेला भइसक्यो, बुहारीलाई सघाउने बनाउनु परेन । बानी पार्नु परेन ?’ आमाको तर्क थियो ।
ऊ मुस्कुराउँदै बसी । मैले चिया ल्याएर ऊछेउको कुर्सी समातेर बसें । म बसेपछि जान्छु भन्दै अड्डी कसी । बस न बस भन्न मन थियो भनिनँ ।

आमाले कुरा बुझेझैं भन्नुभयो, ‘किन हतार गरेको ?’

‘अँ कति काम छ घरमा, फुर्सत नै हुँदैन घर आउँदा त ?’

‘घर आउँदा ? हँ..’ ‘भनेसि के माइत नि छ र ?’

उसले मुख बिगारी । ठेकी हल्लाउँदै उही रफ्तारमा गई ।

मैले त केही सोधेकै थिइनँ । आमा डियरले आफैं पो उसको गुणगान गाउन थाल्नुभो ।

‘यसको नाम गीताञ्जली हो । तैंले चिनिस् कि नाइँ हरि अंकल क्या त.., उहाँकै कान्छी छोरी हो के । साह्रै सुन्दर र असल छे । हेर न कति साधारण छे तैपनि यति सुन्दर देखिन्छे । पढ्न पनि सानैदेखि तेज थिई । अहिले पुल्चोक क्याम्पसमा इन्जिनियरिङ गर्दैछे त्यो पनि स्कलरसिपमा । साह्रै व्यावहारिक छे । अस्ति मैले केही त भनेको थिइनँ, खै के सोची आफैंले केही कुरा गरी ।’

उसले भन्दै थिई ‘म यही दूध बेचेरै पढें । म घर आएका बेलामा यति काम गर्न किन लाज मान्नू, अरूले के भन्लान् भन्ने सोच्ने हो भने आफ्नो जिन्दगी त्यतै छुट्छ । बाँच्नै बिर्सन्छ मानिसले । पहिले पहिले कसैले तिम्रा बाले के काम गर्नुहुन्छ नि भन्ने प्रश्न कसैले नगरून् भन्ने लाग्थ्यो । तर अचेल म खुलेरै कृषक हो भन्छु । कामको सम्मान गर्न सक्ने भएँ । सायद धेरै कुरा बुझें पनि । अहिले त म माटोलाई प्रेम गर्ने भएकी छु । आफैंले उब्जाएका बालीनालीसँग मितेरी लगाएकी छु । गाईवस्तुसँग मीठो संवाद गर्ने भएकी छु । यो आनन्दको अनुभव बटुल्न पाउँदा दंग छु ।’

त्यही दिनदेखि आमाले उसलाई बुहारीको रूपमा देख्न थाल्नुभएछ ।

‘यस्तो बुझकी र व्यावहारिक केटी त भेटिन्नन् केटा आजकालको जमानामा । विचार गर है ।’ आमाले मुख खोली हाल्नुभयो ।

अहो ! म त छक्कै । रोजाइ त एउटै नै पो परेछ । आखिर म आमाकै दूध खाएर हुर्किएको छोरो न परें !

Photos from Khadka Dairy खड्का डेरी's post 28/02/2022

आज जन्मदिन परेका सबैमा हार्दिक शुभकामना साथै जन्मदिनको उपलक्ष्यमा १० प्रतिशत छुट हुने जानकारी गराउँदछौ। - खड्का डेरी, 01-4912981 नारायणटार, जाेरपाटी, काठमाण्डाै।

Photos from Khadka Dairy खड्का डेरी's post 13/01/2022

मामा-भान्जाको बन्जारा एग्रो : लगानी ५० करोड, लक्ष्य दैनिक ५ हजार लिटर दूध उत्पादन

नाताले मामा–भान्जा रहेका चौलागाई र बन्जारा होटल क्षेत्रमा थिए । बन्जारा चीनमा होटल क्षेत्रमै कार्यरत छन् । चौलागाई फर्मको रेखदेख गर्न विराटनगरमा छन् ।

मामा–भान्जाले काठमाडौंको होटल प्याराडाइज प्लाजामा सँगै काम पनि गरे । होटलको काम छाडेर अनामनगरमा द ढावा काठमाडौं सञ्चालन गरे । चौलागाईका अनुसार २०५९ सालमा ढावामा दैनिक बिक्री ५० हजार बराबरको थियो । ६ वर्ष ढावा सञ्चालनपछि बन्जारा विदेश गए । स्वीजरल्याण्डमा होटल म्यानेजमेन्ट पढेका चौलागाई चीनको बेइजिङमा रहेको होटल हिल्टन र कोन्ड्राइट होटलको जिएम छन् ।

होटल व्यावसाय सञ्चालनका लागि विराटनगर आएका चौलागाईले होटल खोल्न सकेनन् । सानो लगानीमा कृषि फर्म सञ्चालन गरिरहेका चौलागाईले मामा गजेन्द्र छुट्टीमा आएपछि ५० करोड लगानी गर्ने लक्ष्यसहित बन्जारा एग्रोको काम सुरु गरे । एक वर्षयता सुरु भएको फर्मका लागि पाँच विगाहा जग्गा खरिद, टनेल निर्माण, गाई फर्म निर्माण, गाई र मेसिन खरिदमा ८ करोड लगानी भइसकेको छ ।

दुई सय गाई पालेर दैनिक पाँच हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य राखेका चौलागाईले हाल दैनिक ६ सय लिटर दूध उत्पादन भइरहेको बताउँछन् । दैनिक पाँच हजार किलो तरकारी पनि उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए ।

दुई सयवटा गाई पालनका लागि आधुनिक गोठ पनि तयार भएको छ । गोठमा होलिस्टेन जर्सी जातका ५० गाई छन् । दैनिक ४० लिटरसम्म दूध दिने गाईबाट ६ सय लिटर दूध उत्पादन भइरहेको उनले बताए ।

दुई सय गाईका लागि अटोमेटिक फर्म र अटोमेटिक दूध प्रशोधन केन्द्र सञ्चालन गर्ने तयारी रहेको उनले बताए । ‘प्रोजेक्ट तयार भएपछि गोबर सोहोर्ने, दुहुनेदेखि घाँस हाल्ने काम मेसिनले गर्छ,’ चौलागाई भन्छन्, ‘गाईका लागि तापक्रम मेन्टेन गर्नका लागि अटोमेटिक कुलिङ सिस्टम राखेका छौं ।’ गाईका लागि दाना पानी दिने, गोबर सोहोर्ने, दूध दुहुने सबै काम स्वचालित मेसिनहरुबाट गर्दा काम छिटो र लागत कम हुने उनको तर्क छ ।
यसरी उत्पादन भएको दूध सिसाको बोतलमा ब्रान्डिङ गरेर उपभोक्ताको घरसम्म पुर्याउने लक्ष्य छ । बोतल पुनः प्रयोग गर्ने तयारी पनि छ ।

गाईका लागि साइलेज (घासको गुन्द्रुक) बनाउने उद्योग पनि सञ्चालनमा ल्याएका चौलागाईले सुनसरीको देवानगञ्जका किसानलाई पनि रोजगारी दिएका छन् । साइलेजका लागि सुनसरीको देवानगञ्जमा किसानसँग ५० बिघा खेतमा मकैखेती गर्ने सम्झौता गरेका छन् । खेतमा रोपेको मकै ८५ औं दिनमा काटेर साइलेज बनाउने चौलागाईले बताए । यसरी खेती गर्ने किसानले प्रति क्वीन्टल ३५० रुपैयाँ पाउँछन् ।

तीन चरणमा ५० करोड लगानी गर्ने लक्ष्य राखेको बताउँदै चौलागाई फर्मको काम सकिएपछि देशकै नमुना फर्म बन्ने दाबी गरे । फर्म पूर्णरुपमा सञ्चालनमा आएपछि दैनिक ५ हजार लिटर दूध र ५ हजार किलो अर्गानिक तरकारी उत्पादन हुने उनले बताए । फर्मबाट दूधसँगै उन्नत जातका गाईको नश्ल उत्पादन गरेर किसानलाई बिक्री गर्ने लक्ष्य रहेको उनले बताए ।

फार्मको पहिलो चरणको काम सकिएपछि वैशाखबाट दैनिक १५ सय लिटर दूध उत्पादन गर्ने चौलागाईले बताए । १६ वटा होलिस्टेन जर्सी गाई आउने क्रममा रहेकाले ती गाई आएपछि दूध उत्पादन बढ्ने उनले बताए ।

21/12/2021

Very easy way to make dumplings at home

26/11/2021

चियाका पारखीका लागि #खड्का_डेरी नामै काफी छ 🙏☺️

Photos from Khadka Dairy खड्का डेरी's post 21/10/2021

An article focused on "An Opportunity and Challenges of Dairy Sector Development" in Nepal was published at by Monthly the Newspaper from Agriculture and Information Training Center, Hariharbhawan, Nepal

28/09/2021

गाई लिलाम सम्बन्धि सुचना!!

Want your business to be the top-listed Food & Beverage Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Happy birthday dear #Ishan #KhadkaDairy #khadka_dairy  #Call_01_4912981 #ordernow
Very warm Welcome #khadkadairyjrp #khadka_dairy #khadkadairy Khadka Dairy
Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.Whenever yo...
काठमाडौं महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष श्री मुकुन्द रिजालको निधन #हार्दिक_श्रद्धाञ्जली अर्पण गर्दछौँ 💐💐💐 #RIP #m...
खड्का डेरी  तीजकाे शुभकामना
आफ्नै फर्ममा उत्पादित शुध्द गाईको अर्गानिक #दुध का परिकारको लागि #खड्काडेरी #khadkadairy #dairy #khadka_dairy #khadkadai...
शुध्द गाईको दूध दही चाहिएमा #खड्काडेरी #खड्का_डेरी_उद्योग #गोकर्णेश्वर_5 #Call_01_4912981
#पनिर #खड्का_डेरी_उद्योग #गोकर्णेश्वर_5 #खड्का_डेरी #Call_01_4912981 #खड्काडेरी #दही_जमाउने_तरिका
Radhe Radhe राधे राधे
Homemade milk paneer ghee and dahi
चियाका पारखीका लागि #खड्का_डेरी नामै काफी छ 🙏☺️

Telephone

Address


Prithvinagar Bagmati Corridor Marga, Narayantar, Jorpati, Gokarneshwor 5, Bagmati Bridge
Kathmandu
44600

Opening Hours

Monday 05:00 - 22:00
Tuesday 05:00 - 21:00
Wednesday 05:00 - 21:00
Thursday 05:00 - 21:00
Friday 05:00 - 21:00
Saturday 05:00 - 21:00
Sunday 05:00 - 21:00

Other Kathmandu food & beverage services (show all)
Cups n Cakes Cups n Cakes
Kathmandu
Kathmandu

Cups n Cakes by Prato is a new cupcake catering service in Kathmandu, Nepal that brings to you the most delicious cupcakes, fit for any occasion. Accessorize your party with our h...

Unique Adventure International P. Ltd. Unique Adventure International P. Ltd.
Bhagawati Bahal, Thamel
Kathmandu, 44601

Nepal's Leading local tour operator specialising in mountaineering, trekking and various cultural tours in Nepal, Tibet, Bhutan and India since 1998 for individuals and group trave...

Sukuti Time Sukuti Time
Kathmandu

Food

Maiti Ko Achar Maiti Ko Achar
Kathmandu

veg & nonveg अचारहरु हामी घरमै बनाई लिएर आउदछ?

Izzi Juice Izzi Juice
Kathmandu

Sunaulo Achar Sunaulo Achar
Jorpati
Kathmandu

Homemade pickle, Masyaura, Titaura and Gundruk

Jammy’s Bubble Tea City Centre Jammy’s Bubble Tea City Centre
Kamalpokhari
Kathmandu, 44600

We are located at city centre

Kathmandu Bakery Kathmandu Bakery
Minbhawan , New Baneshwor
Kathmandu

kathmandu Bakery is online bakery currently operating in kathmandu with delivery service in kathmandu ,Bhaktapur and lalitpur. we provide different varieties of cake designs and fl...

Nepali xoro Bikram Bogati Nepali xoro Bikram Bogati
Safebagr Achham
Kathmandu

Sabkam thikthak Sabkam thikthak
Boudha Pipalbot
Kathmandu

Verma engineering tech Verma engineering tech
Nepalgunj Banke
Kathmandu

Sushila gudpak Sushila gudpak
New Road Bhugoalpark. Juju Complex
Kathmandu, 44600

we sales diffrent kind of pau ,pustakari gudpak,international juices,and many more