Sungava Vet Pharma
Sungava Vet Pharma is a veterinary pharmaceuticals, feed supplement and vaccines importer/distributor.
ब्यवशाय र संघ प्रतिको मेरो भूमिका
नेपाल पशुपन्छी औषधी व्यवसायी संघ भनेको नेपाल भरी छरीएर रहेका भेटेरिनरी व्यवसाय गर्ने व्यवसायी हरुको साझा घर हो । २०४६ सालदेखी राज्य व्यवस्थामा आएको परिर्वतनपछि संघ संस्था खोल्न पाउने अधिकार प्राप्त भएसंगै हाम्रा अग्रज पशुपन्छी औषधी व्यवसायी हरुले पनि व्यवसायीक समस्या समाधान र व्यवस्थीत व्यवसाय संचालननार्थ २०४७ सालमा गोबिन्दराम श्रेष्ठको अध्यक्षतामा संघको सुत्रपात गरीएको थियो तर वहाले संघलाई चलायमान बनाउन सक्नु भएन र त्यसपछी श्री तप्तराज वन्त का अध्यक्षतामा पुन संघको केन्द्रीय कार्यसमिति गठन गरियो तर २०५७ साल सम्म संघले कुनै कृयाकलाप संचालन गर्न र अफिस स्थापना गर्न पनि सकेका थिएनन् । हाम्रो संघ निस्कृय रुपमा थियो । २०५७ सालमा विराटनगरमा भएको अधिवेशन पछी हाम्रोंसंघ सकृय रुपमा अघि वढेको थियो । त्यसवेलाको कार्यसमितीले संघलाइ अगाडी अफीस खडा गरि संस्थागत रुपमा अगाडी वढाउन सफल भएको इतिहास जिवितै छ ।
आज २०८० सालमा आइपुग्दा हाम्रो पशुपन्छी औषधी व्यवसायी संघले पनि ३३ सौ वसन्त पार गर्दैछ । यसरी हातमा गन्न मिल्ने केही व्यवसायीहरु मिलेर रोपेको सानो विरुवाले आज घना वृक्षको रुप लिदै मेची देखि महाकाली सम्म आफ्नो जरा फैलाउंदै हामी व्यवसायीलाई सितल छहारी प्रदान गर्दै आइरहेको सर्वविदीतै छ । यसै वृक्षको मुनी हामी सवैलाइ एकाकार गर्दै यो संघले हाम्रो अविभावकत्वको भुमिका खेलीरहेको छ ।
यो संघको मातहतमा धेरै काम कार्यहरु भए । जस्तै औषधी व्यवसायी संघको तालीम कार्यक्रम , व्यवसायीको नवीकरणमा सहजीकरण , विभिन्न विभाग तथा भंसारमा एक्यवद्ध रुपमा आफ्नो प्रस्तुतीकरण, सरकारी स्तरमा नीति र्निमाण र कार्य विधिमा वयवसायी अनुकुल बुदा राख्न सफल । हाम्रो संघ अल्झीदै, लड्दै, फेरी उठेर समालीदै यो संघवाट जे जती काम यस संघलाई व्यवस्थीत गर्ने पादुर्भाव त्यस वेलाका अध्यक्ष श्री भरत वहादुर पाण्डेज्यूले गर्नुभएको थियो ।
उहांको श्रीमती भएको नाताले , उहांले गर्नुभएको काममा मेरो पूर्णसाथ र सर्मथन त्यसवेलादेखि नै र हेको थियो । उहाको अध्यक्षता रहेको कार्यसमितीले नै यो औषधी जस्तो व्यवसाय गर्ने व्यवसायीमा औषधी सम्वन्धी ज्ञान हुनु पर्दछ भनी डि डि ए र पशुसेवा विभागलाइ संयोजन गर्दै पशुपन्छी औषधी सम्वन्धी ३५ दिने व्यवसायी ओरिन्टेशन तालीम को सुत्रपात भएको हो । उपरोक्त व्यवस्था मिलाउन तत्कालीन डि डि ए का निर्देशक डा. श्री भुपेन्द्र थापालाई अनौपचारीका भेटघाट गर्ने सिलसिलामा म पनि संलग्न हुने गर्दथे । यही ओरिन्टेशन तालीमको कारण हाम्रो संस्था विस्तार गर्न र संघलाइ केही आर्थिक व्यवस्था गर्न पनि सहज भएको कुरा यहांहरु समक्ष जगजाहेर नै छ ।
साथै एक व्यवसायीले औषधी आयात गरि रहेको र आयात गरि वजारिकरण गर्दा उस्लाइ धेरै परिश्रम र खर्च गर्नुपर्ने हुन्छ, उत्पादक कम्पनीको स्वार्थवस उक्त व्यक्तिवाट
स्टकिष्टसिप (वितरक) हटाइ अर्कालाई दिदा वितरण गरि रहेको व्यवसायीलाई धेरै क्षती र अन्याय हुने कारण, एक वितरकवाट अर्को
वितरकर्लाइ आयत गलर्नेअधिकार दिदा ल्इ इद्यव्भ्ऋत्क्ष्इल् ीभ्त्त्भ्च् लिनु पर्ने व्यवस्था पनि यसै समय वाट भएको थियो ,जसले व्यवसायीको संरक्षण गरेको थियो ।
यस संघलाई वृहत रुपमा विस्तार गर्न पूर्व अध्यक्ष र अग्रजहरुका ेठुलो देन भएको स्मरण गर्न
चाहन्छु । अपवादको रुपमा केही दुषित र कुत्सीत मनसाय वोकेका नेतृत्वको कारणले व्यक्तीगत स्वार्थवस ल्इऋ व्यवस्था हटाएर सम्र्पुण आयात कर्ताहरुको सुरक्षामा खलल पुर्याएको कुरा सर्वविदीतै छ । हालको अवस्थामा वैदेशीक उत्पादक कम्पनीहरुको मनोमानीमा चलेको र े आयात कर्ताहरुका सुरक्षा नभएकोले व्यवसायीहरु विभाजीत मनस्थीतीमा रहेका छन् । जसको कारणले व्यवसाय नै केन्द्रीकृत हुदै गएको र संगठनको स्थायीत्वमा नै प्रश्न चिन्ह खडा भएको अवस्था
छ । मेरो यस पेशामा लामो समयको संलग्नताले पेशामा भएका विविध समस्याहरुको कमि कमजोरी र समस्याको वारेमा मलाई जानकारी भयो । यस्ता पेशागत समस्याको समाधानको लागी संगठनको नेतृत्वमा जानपर्ने महुसुस भई, यस संस्थाको व्यवस्थीत र सुदृणीकरण गर्नुपर्दछ भन्ने हेतुले नेपाल पशुपन्छी औषधी व्यवसायी संघको वागमती शाखाको कार्यसमितीमा कार्यकारीणी सदस्य हुदै, पहिलो महिला केन्दीय सदस्य, पहिलो महिला केन्द्रिय कोषाध्यक्ष र हाल पहिलो महिला केन्द्रीय उपाध्यक्षमा हुंदा पनि नेतृत्व दायी भुमीका नहुदा मैले देखेका समस्याहरु सोचे जस्तो निराकरण गर्न सकिन । त्यसैले मैले देखेका भोगेका समस्या समाधान गर्न र पेशालाइ र्मयादीत वनाउन नेतृत्वदायी भुमिकामा नै हुनु पर्दो रहेछ भन्ने महसुस भएकोले मैले आउदै गरेको १४ औ महाअधिवेशन नेतृत्व चयन गर्ने महाधीवेशन पनि भएको हँुदा मैले केन्द्रिय अध्यक्ष पदमा आफ्नो उमेद्वारी दिने घोषणा गरेको छु ।
सम्पूर्ण व्यवसायीहरुमा मेरो प्रतिवद्धता ः
१.नेपाल पशुपन्छी औषधी व्यवसायी संघको ३३ वर्षको अवधिसम्म आइपुग्दा संघको आफ्नै भवन नहुदा देशैभरि रहेका सदस्यहरुले भोग्नुपरेको कठिनाईलाई मध्यनजर गर्दै संगठनलाई सुदृढ, व्यवस्थित, र मर्यादित वनाउन मेरो तर्फबाट जग्गा उपलब्ध गराई मेरै अगुवाईमा कार्यालय भवन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्ने अठोट समेत लिएको छु ।
२. यस व्यवसायलाई नाफामुलक मात्र नवनाई व्यवसायीलाई इमान्दारी र समाजसेवी बन्न अभिप्रेरित गर्दै सम्मानित व्यवसाय र सम्मानित एवं कदरमुलक संस्था वनाउन हरदम प्रयत्न गर्ने छु ।
३. दुरदराजमा भेटेरीनरी औषधी पसल संचालनको लागि दर्ता प्रकृया सहज र सरल वनाउन व्यवसायीहरुलाई ओरिएन्टेसन तालीम दिलाउन विशेष पहल गर्नेछु ।
४. स्थापीत व्यवसायलाइ विस्तापित हुन नदिन एकाघरको परिवारलाई बैकल्पीक व्यवसायी बन्ने व्यवस्था गराउन लाग्नेछु ।
५. नारामा मात्र सिमीत भएको तहगत व्यापार (आयात,थोक,खुद्रा ) को समस्यालाई मेरो कार्यकालमा गम्भीरतापूर्वक छलफल गरि सदाको लागि अन्त्य गर्नेछु ।
६. व्यवसायीहरुले औषधी तथा फीडसप्लीमेन्ट आयात गर्दा व्यहोर्नु परेको झन्झटीलो दर्ता प्रकृयालाई सहज र सरल वनाउन सम्वन्धीत निकाय समक्ष विशेष पहल गर्ने छु ।
७. औषधी ऐन, नियम तथा कार्यवीधी र पशुसेवा ऐन नियम तथा कार्यवीधीलाई समयानुकुल परिमार्जन गरि व्यवसायी मैत्री वनाउन मैले विशेष भुमिका खेल्नेछु ।
८. भेटेरिनरी औषधीहरुको हकमा अत्यावश्यक औषधीहरुको सुची तयार गर्न विज्ञहरु सम्मीलीत भगीनी संस्थाहरुसंग अन्र्तकृया गर्दै औषधी व्यवस्था विभाग संग सहकार्य गर्नेछु ।
९. पसल दर्ता र नविकरणलाई सहज वनाउन औषधी व्यावस्था विभाग धाउनुपर्ने परिपाटीको अन्त्य गर्दै अनलाइनको माध्यमवाट गर्न सकिने व्यवस्था मिलाउन जोडदार पहल गर्नेछु ।
१०. व्यवसायीहरुलाई नयाँ नयाँ औषधी सम्बन्धी जानकारी दिन, प्रयोग गर्न गराउन, नयाँ नयाँ भेटेरीनरी सम्बन्धी ऐन, नियम, कानुन, मापदण्ड लगायतका जानकारी गराउन रिफ्रेसर तालिमको व्यवस्था गराउने छु,
११. दर्ता नभई आयात भएका भेटेरीनरी औषधीहरुलाई दर्ता प्रक्रियामा लेराउन सम्वन्धीत निकायमा विशेष पहल गर्नेछु ।
१२. देशैभरि पसलदर्ता भएका तर ओरिएन्टेसन तालीम लीन नपाएका व्यवसायीहरुको तथ्यांक स ’कलन गरि नवीकरण नभएका व्यवसायीको पसल नविकरण गर्न अविलम्व तालिमको व्यवस्था गर्न पहल गर्ने छु।
१३. विनादर्ता संचालन भइरहेका पसलहरुलाई दर्ता गराउन पहलकदमी लिदै त्यस्ता व्यवसायीहरुलाई संघको छातामुनी एकतावद्ध गराउदै ती व्यवसायीहरुलाई प्राथमिकतामा राखेर ओरिएन्टेशन तालिमको व्यवस्था मिलाउने छु ।
१४. वजारमा देखा परेका अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहित गर्दै पेशा, व्यवसायलाई सम्मानजनक र मर्यादीत वनाउन मैले विशेष भुमिका खेल्नेछु ।
१५. केन्द्र, प्रदेश र शाखा विच छ छ महिनामा अर्न्तकृयात्मक कार्यक्रमहरु संचालन गरी सम्पुर्ण व्यवसायीहरु विचका समस्याहरुको बारेमा बर्गिकरण गरी प्राथमिकताको आधारमा समाधानको लागि उचीत पहल गर्नेछु ।
१६. अत्यावश्यक सेवाको सुचीमा समावेश भएको पशुपन्छी औषधी व्यवसायलाई राज्यवाट पाउने
सहुलियत ऋणवाट वन्चीत हुनुपरेको अवस्थालाई मध्यनजर गर्दै अविलम्व सहुलियत ऋणको व्यवस्था
मिलाउन पहल गर्नेछु
१७. पशुपन्छीमा प्रयोग हुने औषधी तथा फिडसप्लीमेन्टहरु गुणस्तरियताको मापदण्ड विपरित मेरो कार्यकालमा कुनै प्रकारको सम्झौता हुने छैन ।
१८. औषधी सल्लाहकार समितीमा पशुपन्छी औषधी व्यवसायी संघवाट प्रतिनिधित्व गर्ने व्यवस्थाको लागि दवाव सृर्जना गर्नेछु ।
१९. संघको हरेक काम कारवाही गर्दा अग्रजहरुको राय, सल्लाह र मातहतका कमिटीहरुको भावनालाई समेट्दै, व्यक्तीगत स्वार्थभन्दा माथी उठेर सामुहिकतामा आधारित रहेर कार्य गर्नेछु ।
२०. संघको मातहतमा रहेका प्रदेश तथा जिल्ला शाखाहरुले गरेका राम्रा कार्यहरुको अपनत्व लिदैं त्यस्ता प्रदेश तथा शाखाहरुलाई सम्मान तथा प्रोत्साहन गदैं अभिनन्दन गर्नेछु ।
२१. ७ प्रदेश र २२ जिल्लामा फैलिएर रहेका लगभग २२०० को हाराहरीमा रहेका मेरा व्यवसायी साथीहरुलाई परेका हरेक दुख सुख तथा समस्याहरुमा साथमै रहेर अभिभावकत्वको महशुस गराउनेछु ।
२२. सरोकार निकायहरुमा हाम्रो पहुच कमजोर रहेकोले निति, नियम तथा कार्यविधी तयार गर्दा समेत हामीलाई बेवास्था गरिएको पाइन्छ । यस्ता खालका समस्याहरुलाई निराकरण गर्न मेरो अधिकतम प्रयास हुनेछ ।
२३. सम्पुर्ण व्यवसायीहरुलार्इ एकतावद्ध गराउदै सामुहिक नेतृत्वको विकासलाई जोड दिदै अघि बढने बाचा गर्दछु ।
२४. संघको विधानमा भएका नितिगत अस्पष्टता हटाउदै संघै, प्रदेश र जिल्ला शाखाहरुको कार्य विभाजनलाई केन्द्रिकृत नगरि समय सापेक्ष विकेन्द्रीकृतको अवधारणा ल्याउन पहल गर्दछु ।
अन्तमा ः नेपाल पशुपन्छी औषधी व्यवसायी संघको १४औं महाधिवेशन तथा ३३आंै वार्षिक साधारण सभामा उपस्थीत हुनुभएका सम्पुर्ण व्यवसायीज्युहरुमा हार्दिक स्वागत गर्दछु । साथै व्यवसायीहरुको उत्तरोउत्तर प्रगतीको कामना गर्दै कार्यक्रम भव्य र सभ्यरुपमा सफल होस् भनी शुभ–कामना व्यक्त गर्दछु ।
२०८०साल पुस २४ र २५मा हुन गैरहेको नेपाल पशुपन्छी औषधी व्यवसायी संघको ३३औं साधारण सभा तथा १४औं केन्द्रीय महाधिवेशनमा सबैलाई हार्दिक निमन्त्रणा गर्दछु!
धन कुमारी अधिकारी पाण्डे
संचालक (सुनगाभा भेट फर्मा), हाल केन्द्रिय उपाध्यक्ष (आयात)
तथा
केन्द्रीय अध्यक्ष तर्फका उम्मेदवार
Sungava Vet Pharma Sungava Vet Pharma is a veterinary pharmaceuticals, feed supplement and vaccines importer/distributo
Happy new year 2079
May this year bring prosperity, happiness, success and joy to all of us.
Congratulations Choong Ang Vaccine Laboratory ( CAVAC ) Team
Sungava vet pharma is extremely excited to see that CAVAC has been awarded the Animal Health Award 2020 for Asia and Australasia.
We would like to congratulate the team for all the hard work and the huge accomplishment.
We are proud to call ourselves partner with CAVAC and look for another successful year 2021.
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Telephone
Website
Address
Kalanki
Kathmandu
00977
Opening Hours
Monday | 09:45 - 18:00 |
Tuesday | 09:45 - 18:00 |
Wednesday | 09:46 - 18:00 |
Thursday | 09:30 - 18:00 |
Friday | 09:30 - 18:00 |
Sunday | 09:30 - 18:00 |
Putalisadak
Kathmandu, 44600
Welcome to Bipana Pharmacy. Here, you can get every kind of legal medical drugs and beauty products as per your need. We are always eager to deliver products at your doorstep.
Kathmandu, 44600
Gargdental Pvt. Ltd is a Total Dental Solution Provider. We are the leading suppliers of Dental Produ
Sainbu, Bhainsepati
Kathmandu, 44700
A Step Toward making Health Care Essentials more accessible in Nepal.
Kathmandu, 00977
please contact at whatsapp number for special discounts for marrow subscription.
Tripureshwor
Kathmandu
Chamunda Trading deals in all kinds of surgical goods and surgical equipments all over Nepal.
Chabahil Chuchhapati
Kathmandu, 44600
This Care Pain Relief Oil is made from extract of 11 nepali local jadibuti such as Tulsi, Lasun, Jaiphal, lawang, ajwain, tarpin, dalchini, karpur gandaphura, sattpaudina and sesam...
Basundhara NS Biomedical
Kathmandu, 44600
(a.k.a. HugeMed) founded in 2014, is a high-tech company that focuses on medical equipment research
KD Tower, Tripureshwor
Kathmandu, 44600
Khilung Kalika Suppliers and General Trading Pvt. Ltd. is medical in-house corporate with well manag