Dr. Chandra Karki
Consultant Ayurveda Physician
Royal Ayurveda, Jawalakhel, Lalitpur
BAMS, MD, IOM, TU
बुबाको मुख हेर्ने दिन/ कुशे औसीको अवसरमा त्यागका प्रतीक बुबाहरुप्रती हार्दिक श्रद्धा एवं सम्मान ।
विज्ञापनले बिगार्यो बानी: ‘कर्नफ्लेक्स’ हैन मकै-भटमास खाउँ
अहिलेका केटाकेटीहरुले भोक लाग्दा आलु चिप्स, चाउचाउ या ‘एक्सट्रा इनर्जी’ आदि लेखिएका सप्लिमेन्टहरु खाएको देख्दा म आफ्नो बाल्यकाल सम्झन्छु । मकै-भटमाससँग चिया या मोही खाँदा हाम्रो पेट टम्म भरिन्थ्यो । बाहिरको बिस्कुट या चाउचाउ केही खानै पर्दैनथ्यो ।
मकै हाम्रो भान्सामा पाइने सस्तो तर ऊर्जा दिने खाना हो । हिजोआज भ्रामक विज्ञापनको प्रभावका कारण बालबालिका ‘मकै पनि खाजा खाने हो र ?’ भनेर नाक खुम्च्याउँछन् । अनि त्यही मकैलाई अचेल मल्टिप्लेक्स हलहरुमा ‘पप कर्न’का रुपमा बेच्न राखिएको हुन्छ । हाम्रा बालबालिका दुई मुठी मकैलाई दुई-तीन सय रुपैयाँसम्म तिर्छन् । किनकी, पप कर्न खाँदै फिल्म हेरेको दृश्य पनि विज्ञापनहरुमै देखाइन्छ ।
मैले चिनेकी एक महिला मित्र छिन् । एक दिन उनले बडो गर्वका साथ आफ्नो छोराले विहानको खाजामा कर्नफ्लेक्सबाहेक केही नखाने बताइन् ।
‘किन यस्तो महगो खाना दिएको । फेरी कर्नफ्लेक्स बनाउँदा त त्यसमा भएका धेरै पौष्टिक तत्व हराइसक्छ । बरु मकैको च्याखलादिनुस् न’, मैले भनें ।
‘ओहो , मेरो छोराको घाँटीबाट मकैको च्याँखला कसरी जान्थ्यो होला ? मकै त नुरुले पचाउन पनि सक्दैन नि’, ति महिलाले मलाई कर्के नजरले हेरीन् ।
ति महिलालाई थाहा रहेनछ, आखिर कर्न फलेक्स मकैबाटै बन्छ । उनी पनि पत्रपत्रिका र टिभीमा आउने विज्ञापनबाट प्रभावित थिइन् । उनलाई वास्तविकता थाहा थिएन र महँगो मूल्य तिरेर सुक्ष्म पोषकतत्व नभएको कर्न फलेक्स् घोरालाई खुवाइरहेकै थिइन् ।
फर्सी फालेर ‘पम्कीन केक’ !
विज्ञापनको प्रभाव कस्तो भने मानिसहरु तरकारी पसलबाट गोलभेंडा ल्याएर अचार बनाउन जाँगर गर्दैनन्, फर्सीको लेदो मिसाइएको ‘टोम्याटो केचप’ किनेर घरमा ल्याउँछन् । भित्र चिज के छ थाहा हुँदैन, बाहिरको झिलीमीली लेबलबाटै प्रभावित भइहाल्छन् । आफ्नै बारीमा फलेको फर्सी नखानेहरु विज्ञापनको भाउँतोमा सभ्य, शिक्षित र आधुनिक बन्ने नाममा डिपार्टमेन्ट स्टोरबाट ‘पम्पकिन केक’ या ‘पम्पकिन सुप’ खान चाँही अघि नै सर्छन ।
फर्सी त सस्तो तरकारी भयो, त्यसको के मूल्य ? शहरीयाहरु शिक्षित र आधुनिक त भएका छन्, तर फर्सीको हलुवा बनाएर खाने चेतना भने उनीहरुमा पटक्कै जागेन । अँग्रेजी नाम भएकाले फर्सीमाभन्दा बढी पौष्टिक तत्व ‘पम्पकिन केक’मै हुन्छ जस्तो गलत ठम्याइ ।
हो, विहानदेखि बेलुकासम्मको हाम्रो खानामा विज्ञापनले नकारात्मक असर पारिरहेको छ । ‘सर्ट कमर्शीयल ब्रेक’मा आउने विज्ञापनहरुले हाम्रो ‘हेल्थ ब्रेक’ गरिरहेका छन् । विज्ञापनको चमक धमकमा हामी दृष्टिविहीन भएका छौं ।
कहाँसम्म भने बालबालिकालाई सकेसम्म चिनीले बनेका पदार्थ नखुवाउन चिकित्सकहरुको सल्लाह हुने गर्छ । तर, विज्ञापनले दूधमा पनि चकलेट हालेर खुवाउनुपर्ने अवस्थामा मानिसहरुलाई पुर्याइदिएको छ । त्यस्ता विज्ञापन हेर्ने बच्चाहरु पनि विशुद्ध दूधको साटो चकलेट हालेको दूध खान झगडा गर्छन् । चकलेट हालिएको दूध खाँदा सानैदेखि बच्चाको दाँत बिग्रन्छ, मोटोपन बढ्छ ।
सबैको मुखमा बुझो
यस्ता भ्रामक विज्ञापन रोक्न मैले र अधिवक्ता विष्णु तिमल्सिनाले अदालतमा मुद्दा दायर गरेका थियौँ । सर्वोच्च अदालतले कानुनको दायरामा रहेर मात्रै विज्ञापन दिन र चाउचाउ, औषधिलगायतमा भ्रामक विज्ञापनलाई नियमन गर्न सरकारको नाममा आदेश जारी गरेको थियो, तर त्यसलाई सरकारले सुनेन । अदालतको आदेश कुनै पत्रिकाको समाचार पनि बनेन । ति पत्रिकाका मुख पनि त तिनै विज्ञापनले बुझो लगाएका छन् ।
ब्रिटेनमा बालबालिकाको स्वास्थ्यको ख्याल गर्दै ‘एक्सन अन जंक फुड मार्केटिङ’ नामक समूहले सरकारलाई खानाका बारेमा भ्रामक जानकारी दिने विज्ञापनमाथि रोक लगाउन या ‘प्राइम टाइम’मा ति विज्ञापन प्रशारण गर्न नदिन दबाव दिइरहेको छ । नेपालमा भने गलत विज्ञापनकविरुद्ध बोल्ने कुनै समूह छैन । विज्ञापनदाता कम्पनी र व्यापारीक घरानाले सबैको मुखमा बुझो लगाइदिएका छन् ।
टीआरपीको यो होडमा हामी विज्ञापन प्रशारण गर्ने टेलिभिजन च्यानललाई त केही भन्न सक्दैनौं, तर दर्शकहरु नै विवेक प्रयोग गरेर त्यस्ता विज्ञापनको प्रभावमा पर्नुहुँदैन । अब जाग्न बेला भएन ? अब स्कुलका शिक्षक-शिक्षिका, आमा, बुबा, बाजे बज्यैहरु नै यस्ता विज्ञापनको चंगुलबाट बच्नुपर्छ र आफ्ना बालबालिकाहरुलाई स्वस्थ र पौष्टिक घरकै खाना खान प्रेरित गर्नुपर्छ ।
पोषणविद Dr. Aruna Upreti
ढाड दुखाईको लागि अत्यन्तै प्रभावकारी कटि वस्ति !
घुडा दुखाईको लागि प्रभावकारी आयुर्वेदिक उपचार !
कुन कुन रोगको कारणले घुडा दुख्छ?
मधुमेहको बिरामीलाई सुतेको ठाउबाट उठ्दा चक्कर किन लाग्छ?
मधुमेहको कारण !
मधुमेहको बिरामीमा गरिने जाँच HbA1C को level कति हुनुपर्छ ?
के आयुर्वेदिक औषधि खाएर मधुमेह ठिक हुन्छ ?!
मधुमेह लागिहाल्यो भने के गर्नुपर्छ?
मधुमेहको कारणले उत्पन्न हुने जटिलताहरु!
complications of diabetes !
prevalence of diabetes in Nepal and in the world...
मधुमेहका लक्षणहरु के के हुन? लक्षणबिना पनि मधुमेह हुनसक्छ ?
कस्ता व्यक्तिलाई मधुमेहको जोखिम धेरै हुन्छ?
खाना खाएपछि गरिने जाचमा सुगर कति हुनुपर्छ ?
खाली पेटमा सुगर कति हुनुपर्छ ? कति छ भने prediabetes र कति छ भने diabetes?
what is random blood sugar?
मधुमेह (diabetes mellitus) भनेको के हो?
मधुमेह रोगको बारेमा जानकारीको लागि यो भिडियो हेर्नुहोला ।
Failure doesn't exist, there is always a learning....
लक्ष किन जरुरी छ हेर्नुस् !!
मानसिक समस्यालाई यसरी बुझौं ।
एक्कासी ज्वरो आउँदा के गर्नुपर्छ ?
१. मानसिक र शारीरिक परिश्रम गर्नु हुन्न। पूर्ण रूपमा विश्राम गर्नुपर्छ ।
२. मनतातो पानी थोरै थोरै शरीरको आवश्यकता अनुसार खाइराख्ने । दालचिनी ल्वाङ तेजपात जस्ता मसला थोरै राखेर पकाएको पानी गर्मीमा पनि खान सकिञ्छ । अरु चीसा पदार्थ गर्मी छ भनेर पनि खाने बिल्कुलै गर्नुहुन्न। दाहयुक्त वा शरीर भतभति पोल्ने लक्षण भएको ज्वरोमा पनि उमालेर सेलाएको पानी नै खानुपर्छ ।
३. चीसो बतास लाग्ने ठाउँमा नबस्ने। स्नान पनि नगर्ने। स्नान ज्वरो पुरा ठीक नभैञ्जेल गर्नुहुन्न।
४. भोक नभएमा (विशेष रूपमा कमजोरी भएका व्यक्ति, बालक, वृद्ध, गर्भवती बाहेक) अरुले १-२ दिन मनतातो ज्वरोमा हित गर्ने तरल बाहेक भोजन नगर्ने, भोक नलागको अवस्थामा सामन्यतया भोजन नगर्दा नै रोगसित लड्न धेरै सजिलो हुञ्छ।पाचनप्रणालीमा विश्राम दिएमा सङ्क्रमणसित लड्न सजिलो पर्छ भोक भएमा सुपाच्य( सजिलै पच्ने) भोजन गर्ने। सजिलोसँग पच्ने मुङको दाल वा मुङको जाउलो जस्ता कुरा थोरै दिन उपयुक्त छ। चिनी वा चिनीयुक्त कुनैपनि पदार्थ वा फलफुलका रस भनेर बेचिने पदार्थ आदि खानु अति हानिकारक छ। रगतमा चिनीको मात्रा बढि हुँदा सङ्क्रमण कडा हुन सजिलो पर्ने र उपयुक्त रूपमा कम हुँदा नै सङ्क्रमण गर्ने किटाणु वा विषाणुविरुद्ध शरीरका सेता रक्तकोषहरुको लड्ने कार्य राम्रोसित भै सङ्क्रमण सजिलोसित ठिक हुन सक्ने कुरा आधुनिक अध्ययनले पनि प्रमाणित गरेको छ। ज्वरोसित लड्न धेरै खाने र पोषिलो खाने भन्ने हानिकारक भ्रम फैलिएको छ जस्ले झन् हानि गर्ने सम्भावना हुञ्छ।
५. ज्वरो घटाउनमा अत्यधिक बल गर्ने वा सिटामोल खाने कार्य सकेसम्म उच्च ज्वरोमा बाहेक नगर्ने। गलित वृद्धावस्था मधुमेह उच्च रक्तचाप दम मुटुको रोग जस्ता रोगीका निम्ति सिटामोलको प्रयोगले हानि गर्ने र रोगप्रतिरोध क्षमता घटाएर सिकिस्त पार्ने सम्भावना अरुमा भन्दा बढी हुने हुनाले सावधान हुनु आवश्यक छ। ज्वरो आँफैमा सङ्क्रमणसित लड्ने हतियार हो भन्ने कुरा आयुर्वेद र आधुनिक विज्ञान दुवैले बुझेको कुरा हो । कलिला बालबालिका बाहेक अरुमा अत्यधिक भएमा बाहेक घटाइहाल्न आवश्यक हुन्न।
६. थप लक्षण नभएमा धैर्य गर्ने। केवल शरीर र टाउको दुख्ने हुँदैमा अरु कडा लक्षण केइ नभएमा ज्वरोबाट मात्र आत्तिनु पर्दैन। बल र भोक आउन २ देखि ३ हप्तासम्म सामान्यतया लाग्छ। ज्वरो हराए पनि बल नआउञ्जेल विश्राम गर्नु अत्यावश्यक छ।
जनै पुर्णिामा एवं रक्षा बन्धनको अवसरमा रोयल आयुर्वेद परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
#तालिमप्राप्त थेरापिस्टबाट जडिबुटीयुक्त तेल प्रयोग गरी #आयुर्वेदिक #मसाज गर्नको लागि सम्पर्क गर्नुहोला ।
#रोयल आयुर्वेद, मानभवन चोक, जावलाखेल, ललितपुर ।
#सम्पर्क: 015530464, 9849627867
#मालिस गर्नुपर्ने अवस्थाहरु:
-हाडजोर्नी तथा माम्सपेशीको दुखाई
-ढाड-कम्मर-गर्धन दुख्ने समस्या
-गर्धन वा ढाडको नसा च्यापिएर हात-खुट्टा दुख्ने, पोल्ने, झम्झमाउने अवस्था
- हड्डी खिइएको कारणले हुने दुखाई
- तनावमुक्त भई स्वस्थ र खुशी अनुभव गर्न
- Depression, Anxiety, अनिद्राको समस्यामा अति उपयोगी ।
अग्निकर्म उपयोगिता:
- हड्डी खिएएको समस्या
- माम्सपेशी कडा भएर हुने ढाड कम्मर एवं गर्धनको दुखाई
- टेन्डोन, लिगामेन्टको समस्याको कारण उत्पन्न दुखाई
- हाडजोर्नी तथा नसाको समस्याको कारणले हुने अन्य प्रकारका दुखाई आदि ।
जानु वस्ती उपयोगिता:
- घुडा दुख्ने समस्या
-घुडाको हड्डी खिइएको अवस्था
-लिगामेन्ट एवं टेन्डोनको समस्याको कारणले हुने घुडा दुखाई
कटि वस्तिको उपयोगिता :
- कम्मर/ ढाड दुख्ने
- हड्डी खिइएको अवस्था
- माम्सपेशी कडा भएर हुने ढाड दुखाई
- ढाडको नशा च्यापिएको कारण खुटा दुख्ने, पोल्ने, झम्झमाउने, लाटो हुने समस्या
- कमरको लचकता बढाउन
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the practice
Telephone
Website
Address
Opening Hours
Monday | 09:00 - 19:00 |
Tuesday | 09:00 - 19:00 |
Wednesday | 09:00 - 19:00 |
Thursday | 09:00 - 19:00 |
Friday | 09:00 - 19:00 |
Sunday | 09:00 - 19:00 |
Balkumari
Lalitpur
works in Punarjeevan hospital, Balkumari, lalitpur.
Bhaisepati
Lalitpur, 44700
Lecturer at Department of Ophthalmology, Maharajgunj Medical Campus, IOM, Maharajgunj (BPKLCOS)
Ring Road
Lalitpur, POBOX8218KATHMANDU,
Dear All, Happy Dashain to all of you and your family wherever you are in this World! I do humbly request to take necessary high precautions during celebrating this Festival this y...
Lalitpur
Doctor of Physical Therapy, USA Master of Orthopaedic and Sports Physical Therapy, Bangalore Bachelor of Physical Therapy, India Certified Manual Therapy Certified Dry Needling
B & B Hospital
Lalitpur, 44600
ᴅʀ. ꜱᴜᴅɪᴘ ᴛʜᴀᴘᴀ ᴍᴅ, ᴘʜ.ᴅ. (ᴍᴇᴅɪᴄᴀʟ ᴏɴᴄᴏʟᴏɢʏ) ᴍᴇᴅɪᴄᴀʟ ᴏɴᴄᴏʟᴏɢɪꜱᴛ
Kumaripati Near Utca F. O Opposite KKFC
Lalitpur, 00977
A complete oral and Dental solutions we provide with Dental Experts .
Kumaripati/Mahalaxmisthan Road
Lalitpur, 44600
In service of your mind Mental health Matters #mentalhealthspecialist #psychiatristinnepal #drkenison
Tikathali
Lalitpur
This page is about latest updates for medicos and for general public counseling regarding health and wellness.