E Store
A complete online store for Technology, Test and Measurement, Electrical & Electronics Instruments and Equipment.
मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन)को सम्पूर्ण आमाहरुलाई शुभकामना !!
मातृदेवो भव ।
पितृदेवो भव ।।
आचार्यदेवो भव ।।।
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’
Happy International Labour Day !!
Happy Ram Navami !!
#2080
२०८० नयाँ सालको शुभकामना !!
साल २०८१ मा प्रवेश गर्दै, ई .स्टोर प्रा.लि परिवारबाट सबैलाई हार्दिक शुभकामना बेक्त गर्दछौं।
यो नयाँ वर्षमा तपाईं र तपाईंका प्रियजनहरूको लागि एक नयाँ सुरुवात होस्, जसले अनेक अवसरहरू, मजबूत स्वास्थ्य, र असीमित सुखले भरिएको होस। हामीले संयुक्त भविष्यको निर्माणमा अद्भुत प्रगति र अविष्कार गर्नेछौं, र हजुरको सहभागितामा गहिरो भावना राख्दछौं।
आगामी दिनहरूमा हजुरको व्यवसायलाई उचाइमा पुराउन गर्नको लागि निरन्तर सहकार्यको आशा गर्दछौं।
#2080
Eid Al Fitr Mubarak !!
#2080
२०८० घोडेजात्राको शभकामना !!
घोडे जात्रा अत्यन्त पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीन कालदेखि काठमाडौँ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । आज चैत्र कृष्णपक्षको औँसी, यो दिन काठमाडौँको टुँडिखेलमा हजारौँ सर्वसाधारणकाबीच नेपाली सेना र नेपाल प्रहरीले घोडे जात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरू प्रदर्शन गर्ने गर्छन् । घोडे जात्राकै दिन बिहानै नेपाली सेनाले जुद्धसडकस्थित रेवन्त पीठमा बोकाको बली दिएर जात्रा सुरु भएको जनाउ दिने गर्छन् । यसरी जनाऊँ दिएपछि क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारका विभिन्न कलाकौशलहरूको प्रदर्शनी सुरु हुन्छ ।
#2080
होलीको शुभकामना !!
फागु, होली, फागु पूर्णे अनेक नामले यो पर्व चिनिन्छ। परापूर्व कालदेखि चलिआएको यो पावन पर्वको कृपाले हामी सबैका श्यामस्वेत सपनाहरूले रङ्ग पाउन्, उमङ्ग पाउन् अनि नयाँ ढङ्ग पाउन् । विशिष्ट रङ्गिन पर्व, होलीको शुभकामना ।
#2080
Product: Digital Clamp meter
Brand: Sonel
Model: CMM 400/401
Product: Digital Clamp meter
Brand: Sonel
Model: CMP 1006
Product: Digital Multimeter
Brand: Sonel
Model: CMM 10
Do visit www.estore.com.np for more details
ग्याल्पो ल्होसारको शुभकामना !
ल्हो अर्थात् वर्ष अनि छार अर्थात् नयाँ, यो ग्याल्पो ल्होसारलाई हर्षका साथ स्वागत गरौँ ।नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन् । शेर्पा समुदायले ल्होसार सुरु हुनु एक महिना अघि नै आ-आफ्नो घर रङ्गाउने, फोहोरहरू फाल्ने, सफा गर्ने र नयाँ लुगाफाटो किन्ने गर्दछन् । उनीहरूले सम्बोटा लिपिलाई सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी देलेकु भन्ने वाक्यांश र अष्ट मङ्गलका चिन्हहरूले घर सजाउने गर्दछन् ।
यस वर्षको ग्याल्पो ल्होसारको सबैलाई शुभकामना दिएर सुरु गर्न चाह्यौ आज ।
नारी दिवसको शुभकामना !
२०२४ को नारी दिवसको नारा चाहिँ 'Inspire inclusion' अर्थात् लैगिंक् समावेशितालाई प्रेरित गरौँ भन्ने अर्थ लाग्छ । समानतालाई ईक्वालिटी भन्दै पैरवी गरिएको पछिल्ला वर्षहरूमा निकै समानताका लहर चर्चा गरिन्थ्यो भने अब नारी पुरुषको समान हिस्सेदारीको पैरवी गर्न थालिएको छ । नारी र पुरुषले समान ऊर्जा र हिस्साका साथ अघि बढ्ने वातावरणका लागि विश्व समुदायको यस पहल साकार रहोस् ।
महाशिवरात्रिको मंगलमय शुभकामना !
चन्द्र मासको चौधौँ दिन अर्थात् नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्रि भनिन्छ, यस अर्थमा वर्ष दिनभरि १२ वटा शिवरात्रि रहनेमा हरेक वर्षको फाल्गुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रिको आध्यात्मिक अनि सांस्कृतिक महत्त्व अतुलनीय छ । यस रात वैज्ञानिक रूपमै पनि पृथ्वीको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरूमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहन जाने प्रमाणित गरिएको छ । शायद यसै कारणले होला यस दिन प्रकृति लेनै मानिसलाई आध्यात्मिक पक्षतर्फ तान्ने विश्वास गरिन्छ ।
Had A Great Time with the E.Store Pvt. Ltd. Family.
राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना !
Happy Saraswati Puja! May goddess of knowledge bless us all also with good thinkings and positivity
माघे सङ्क्रान्तिको मंगलमय शुभकामना !!
आज माघे सङ्क्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिउँदको एउटा महत्त्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सङ्क्रान्ति , तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ-आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथै मनाइने गरिन्छ ।
पृथ्वी जयन्ती तथा
राष्ट्रिय एकता दिवसको शुभकामना !!!!
Happy New Year 2024!
तमु ल्होसारको मंगलमय शुभकमाना !!
तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ बर्षभरि प्रकारको ल्होसार मनाउने चलन छ । यी ल्होसारहरुमा तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार पर्दछन् । यसपटक तमु गुरुङ समुदायले ’हि ल्हो’ (बिरालो वर्ग) को बिदाइ गर्दै गिद्ध (मि-ल्हो) को स्वागत गरेर भव्य रूपमा मनाउने छन् ।
य:मरि पुन्हिको मंगलमय शुभकमाना !!
नयाँ धानको चामलको पिठोलाई माछाकोजस्तो स्वरूप बनाएर त्यस भित्र चाकु, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट य:मरि तयार पारिन्छ । य:मरि अत्यन्तै स्वादिष्ट हुन्छ, मैदाको पिठो भित्र तरकारी र मासुका किमा हालेर मःमः बनाए झैँ य:मरिलाई पनि पानीको बाफमा पकाइन्छ । तेल या अन्य चिल्लोपना नभएको यो परीकार स्वास्थ्यका हिसाबले हितकारी छ ।
त्यसै गरी आज काठमाण्डाै उपत्यका लगायत देशै भरी छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले य:मरि पुन्हि मनाउँदछन्
Happy Udhauli Parva 2080!!
Merry Christmas 2023! E.store Santa has a voucher gift "newyear2024" for everyone, use it on www.estore.com.np and get 5% discount and free delivery till 31st january 2024.
Happy Guru Nanak Jyanti !!
आजको दिन गुरु नानक अर्थात् शिख धर्मावलम्बीका गुरुको जन्मदिन हो । आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरु पर्व पनि भनिन्छ र संसारभरका शिख धर्मावलम्वीहरुले बडो श्रद्धाका साथ मनाउने गर्दछन् ।
Happy Chhath Puja !!
Chhath puja is dedicated to the sun god Surya. The sun is visible to every being and is the basis of life of all creatures on earth. Along with the Sun God, Chhathi Maiya is also worshipped on this day.
शुभ भाइ टिकाको हार्दिक मंगलमय शुभकामना !!
दिदी-बहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरू दिएर दसैँ पश्चात् दाजुभाइलाई भाइटिकाको निम्तो दिने चलन छ । यसरी निम्तो पाएका दाजुभाइहरू आज दिदीवहिनीसंग टिका लगाउँदछन् । टिका लगाउनु पूर्व दिदीबहिनीले दाजुभाइलाई विशेष पूजा गर्न कालागि भूँर्इमा चकटी ओछ्याएर बसेको ठाउँ वरिपरि कलशमा तेल-पानी राखेर हरियो दुवोबाट पातलो धारा बगाउँदै पाँच पटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ । त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलार्इ भुटेर तयार भएको लाभा छर्कदैं कलशको पानीलाई दुबोले अभिसेष गर्दै पूजा गर्दछन् । यमराजको प्रतीक मानेर बिमिरा (एक प्रकारको ठुलो कागती प्रजातिको फल) को पूजा गरिसकेपछि, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फुटाइ ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजुभाइको आरोग्य अनि दिर्घायूको कामना गर्ने चलन छ ।
म्ह: पूजाको शुभकामना !!
म्ह अर्थात् देह वाचक अनि चेतना प्रदायक शब्द, चेतना नभएका अनि जड वस्तुहरूमा म्ह को प्रयोग हुँदैन । यसै चेतना अनि स्व-तत्त्वलाई उजागर गर्दै नेवार समुदायमा आज म्ह पूजा मनाउने चलन रहेको छ । नेवारी समुदायमा आफ्नै शरीर भित्रको चेतना प्रदायक यस आत्मतत्व अनि परमात्मालाई पूजा गर्दै आजको दिन आफ्नै अभूतपूर्व शरीरको पूजा गरिन्छ । शरीरमा शान्ति नभईकन शान्ति नहुने विश्वास अनुरूप आजको दिन अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्म स्वरूप पूजा गरिन्छ र सोही मण्डपमाथि विभिन्न खाद्यवस्तु राखेर आफैँले आफैँलाई खुवाइन्छ । अन्य वर्षहरूमा आजकै दिन नेवार समुदायले नेपाल संवतको नयाँ वर्ष अर्थात् पहिलो दिन अर्थात् न्हुदँया भिन्तुना (नयाँ वर्षको शुभकामना आदान प्रदान) गर्ने चलन छ ।
शुभ गोवर्धन पूजाको शुभकामना !!
भगवान् श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छी औँलाले गोवर्धन पर्वतलाई उठाएर त्यस मुनी द्वारिकावासीलाई ओत लगाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ । भगवान् श्री कृष्णसँग आजकै दिन इन्द्रले आफ्नो क्रोधयुक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ । आजको दिन, श्री कृष्णले आफ्नो औँलाले उठाउनुभएको त्यही गोवर्द्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोवर्धन पर्वतको पूजाआजा गर्दा गाईवस्तु गोबरलाई नै गोवर्धन पर्वतको प्रतिकका रूपमा पुज्ने चलन रहिआएको छ । कृषि प्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरुमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्त्वका कारण सम्झिने गरिन्छ ।
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the business
Telephone
Website
Address
Near Machhapuchchhre IB World School, Damodar Marg, Thaksikhel
Lalitpur
44700
Opening Hours
Monday | 10:00 - 17:00 |
Tuesday | 10:00 - 17:00 |
Wednesday | 10:00 - 17:00 |
Thursday | 10:00 - 17:00 |
Friday | 10:00 - 17:00 |
Sunday | 10:00 - 17:00 |