Disabled Dipak Nepali
एउटा त्यस्तो दिन आउनेछ जुन दिन मेरो नाम मात्र पनि तिम्रो सम्पूर्ण जिन्दगीको परिचय बन्नेछ
# ुच्ची
बिर्सन खोज्दा खोज्दै पनि सम्झनाहरु असीना जस्तै वर्सीदा रहेछन्
मनको आगनमा छोड्न खोज्दा खोज्दै पनि स्मृतिका पानाहरु छाँया जस्तै हिड्दा रहेछन् आफू सँगै ...
मन जलेर पनि,मन गलेर पनि खुसिहरुलाई आफूसँग अगालेर बाच्न कोसिस गरे पनि ..
जीवनमा घट्ने घटनाहरु यति विकराल र पीडादायी हुदा रहेछन् जसबाट जति छुट्न खोज्यो मान्छेको जीन्दगी मृत्यु जस्तै एकै चोटि छुट्टिदा रहेछ
कहिले काहीँ त मैले जिन्दगीको त्यो दोबाटोमा हिड्दा हिड्दै सोच्छु मान्छेलाई सपना देख्ने कुरा किन दियो होला ईश्वरले , मान्छे किन अरु जनावर जस्तो बाच्न सकेन होला ? दु:खले पिडाले ,घातले प्रतिघातले जब मान्छेको मन छिया छिया हुन्छ त्यति बेला उ बेसाहारा हुन्छ । अनि साहाराको खोजिमा निरन्तर भड्कि रहन्छ । जब उ कसैको साहारा लिनको लागि छाहारिमा पुग्छ र त्यसपछि जब उसवाट सारा कुराहरु प्राप्त गर्छ अनि फेरि छुट्टियर जान्छ धोकैधोकाको जिन्दगी ,स्वार्थै स्वार्थको यो जिन्दगी काहावाट सुरु भयो होला...
हुन त हरेक मान्छेको अतितहरु एउटा सपना जस्तो विलाएरै जान्छ विलाएर जाने सपनाहरुलाई शब्दमा कैद गर्न सकिदैन रहेछ सम्झना मात्र सकिन्छ
हरेक परिस्थितिमा साथ निभाउन फुलसग सिक्नुस जन्ती होस या मलामी साथ दुबैलाई दिन्छ
महोदय,
तपाई ज्यान दिनेको मनसम्म राख्नुहुन्न,
हामी त चामल पखालेर फाल्ने चौलानी पनि राख्छौ दालका लागी
# िन्दगी
मान्छेहरु संसारै छाडेर जान्छन र त चित्त बुझाउनुपर्छ
जिउँदा मान्छेहरूले घात गरेर बाटो फेर्दा केको बिलम्व हुनु? मज्जाले उत्सव मनाउनुपर्छ
कमसेकम जीवन अनुभवको सँगालोमा थप एउटा अनुभव समेटिन्छ
र नयाँ संसारमा थप डुबुल्की मार्न पाइन्छ भन्नेतिर तुरुन्तै प्रस्थान हुनुपर्छ
# #शुभदिन
Everyone
आजकल मनको एक भाग
धेरै दु:खी छ...
EveryoneHighlights Myanmar 2@followers
यो जिन्दगीको कहानी साच्चिकै कोर्ने हो भने कुनै सुपरहिट चलचित्र भन्दा कम छैन ……….महोदय 😏🙏❤️😄 छ त हजुरहरुको हिम्मत चलचित्र बनाउने?
मुक्तक💛
हिजाको शत्रु पनि मित्र बनोस् यो जरूरी छैन,
सधैं खेदो खन्नेले बाटो खनोस् यो जरूरी छैन,
बरू म जस्तो छु उस्तै बुझोस् यो दुनियाँ साच्चै,
मलाई हर कोहीले राम्रो भनोस् यो जरूरी छैन,
✍️ सर्मिला सुनार ।
नेपालका ८०% महिलाको विवाह
पुरुष संग होइन
पुरुषको जागिर अनि पुरुषको
सम्पत्ति संग भएको हुन्छ।
(आफुत समाजको यथार्थ लेख्ने मान्छे
गाली गरे गर्नुस् कुरा यही हो।)
#कामजिज्ञासु_लेखक #लैलै ममता अर्याल लैलै
# िन्दगी
कर्कलाको पातमा अडिएको शितको थोपाजस्तो मेरो सास जिन्दगीभर कसरी फेरीरहेको छु म आफैलाई थाहा छैन
जिन्दगीलाई समालेर हिडिरहनेहरु कहाबाट कहा पुगे
तर म एउटै ठेस बाट यसरी दलदलमा गाडिए की...अब कहिल्यै उठ्न सक्ने छैन म यो दलदलबाट,
यो भासबाट जिन्दगी उम्किएर अगाडी जाला की नजाल मेरो....
कहिलेकाही म सोच्छु जिन्दगीका यि अनगिन्ती दुखहरुमा यी अनगिन्ती पिडाहरुमा
जब जब जिन्दगीदेखी अत्यास लाग्छ , म नराम्रोसँग निचोरिन्छु
# ुच्ची
पोखरीमा जमेर बसेको लेउ जस्तो दुख बर्खाको भेल जस्तो आशुले बगाउँदो रहेनछ
आशुका यि भेल जति बढे पनि जिवनका यि लेउहरु टासिदै जान्छन यि मुटुका ढुङ्गाहरुमा
आशुका यि भल बग्दैबग्दै खहरे खोला बन्यो ,खोला नदी बन्यो, नदी बगेर सागर पुग्यो तर मेरो जिवनको कुनै किनारा किन लागेन??
Everyone
Highlights Myanmar 2
अन्तरिक्षा राई
Ratnaraj Pun Magar
Ashish Kalpabriksha
@
# ुच्ची
भन्न नसकेका कति कुराहरु छन मनभित्र
तर मैले आफुभित्र र आफ्नै वरिपरि तिमीलाई नपाएको क्षण हुदैन
हृदय खोलेर देखाउन नसकेको प्रेम उम्लिएर पोखिएला भन्ने डर भो मलाई
जे होस प्रणय दिवसको शुभकामना दिए तिमीलाई फेरी पनि
सम्झिरहेछु तिमीलाई...
Everyone
Highlights Myanmar 2
सहीमा आज तिम्रो हालखबर थाहा पाउन फेसबुकका अन्य मानिसको सहारा लिन परेको छ
तिम्रो प्रेमले त म बाचेको छु
तिमी साथ नभएर के भयो त मेरो प्यारो मान्छे तिम्रो प्रेमले मेरो नसानसा बसेको छ
अब आफै भन त तिमीलाई चटक्कै भुलेर म अरुलाइ अंगाल्न कहाँ सकुला र??
मेरो काखमा शिर अड्याएर
म त तिम्रो राधिका तिमी हजारौको कृष्ण बन तर राधिका एउटैको मात्रै हुन्छे बन्छे बाचुन्जेल पर्खन्छे
तिमीलाई कुरेर भनेको याद आउछ...
# .
Everyone
Highlights Myanmar 2
सोच्दिन भन्दा पनि कहिलेकाहिँ दिमागमा आई दिन्छ म अपाङ्ग छु कसैको अधिन र भरोसामा बाच्नुपरेको छ भन्ने कुरा आँखा अगाडी डुलि दिन्छ र पनि जिवन प्रतिको मोह कत्ति हराएको छैन,
फेरि
जिन्दगी प्रति गुनासो नहुने को नै होला र
तर पनि
मैले मलाई चिनेको छु मेरो हिम्मतमा हौसला भरिदिनेहरु चिनेको छु पुग्छ तेति भए...
स्वीकार गर्न सक्ने हिम्मत अनि सुधार गर्ने नियत छ भने भुलबाट पनि मानिसले धेरै कुरा सिक्न सक्छ
Cp by
Maya kuwar khadka
अक्सर जिन्दगीका लागी महंगा शिक्षा सस्ता मान्छेहरुबाटै सिकिन्छ....
भाबिले लेखेको
कसले छ देखेको
जन्म र मृत्यु बिचको कुरा
हुँदैनन् सबै चाहेको पूरा
खबर पठाई आइदिए काल
आउनु है भन्थे म अर्को साल.....
घामको भन्दा जुनको तारिफ धेरै हुन्छ किन थाहा छ..??
किनकि दिनको उज्यालोलाई हैन रातको अधेरीलाई चिरेर निस्कन्छ जुन...
त्यसैले भन्ने गर्छु हरेक अन्धकारलाई छिचोल्दै निस्कन सिक यसै नै तारिफ गर्छन साराले
#शुभ_दिन_सम्पुर्ण_आत्मीयहरुलाई
Everyone
अरु भन्या त्यस्तै हो यो जात हेरेर सम्बन्ध खोज्ने केटा होस या केटी यी दुबैले हजार जुनी सम्म पनि जोडी नभेटुन...I
भन्नुहुन्छ उहाँ 👉👉👉👉
# ुच्ची
यो समय जो चल्दै छ,अर्को समय आउला अनि फेरिएला
जीन्दगीका रङ्ग
कुनै एउटा मोडले त जिन्दगीका परिभाषाहरु पक्कै बदलिदिने छ
तर
पनि समय र जीवनसङ्ग गाँसिएका तितामिठा स्मृतिहरु सधै उस्तै रहने छन ,
के अतित के भबिस्य जिन्दगी हरेक पल प्रतिपलहरु याद बनेर बसि रहने छन प्रिय
कुनै सम्झिनका लागि त कुनै सम्झनाका लागि....
# #तिम्रो_याद_यसरी_नै_आईरहोस
न हिजो छुटेका थिए
न भोली छुट्ने छन
यदि केही छुट्छ भने
त्यो हो
जिन्दगी जिउने बहाना....
# ुच्ची
यो बर्षिरहेको वर्षामा,त्यो गर्जिरहेको आकाशमा म मेरो बादलको आकार खोज्दैछु
यो साँझमा अनि यही एकान्त रातमा यो जलिरहेको मनका यी मुस्कानहरुमा म "तिम्रै" प्रकाश हेरिरहेछु
एक्लोपनको अध्याय,आफ्नोपनको मझेरीमा यो सम्झौताको थकाई र बदलिदो सुर्यको अस्तमा म मेरो स्मृति र लहडपनको ठक्करमा जिइरहेछु
# #तिमिले_छोडेपछिका_दिनहरु
# ुच्ची
मैले थाहा पाएजस्तै
तिमीले पनि थाहा पायौ भने
मलाई हेर्दा तिमीले भुँई बिर्सिन सक्छौ
याद गर्दा किताब बिर्सिन सक्छौ
म चाहान्न,
तिम्रो पैतालामा खिल बिझोस
मेरै सम्झनाले तिम्रो सिरानी भिझोस
मेरो मौनतालाई बुझ
र
हिँड, एक सुर एक लक्ष्य
किनकी
मलाई तिमीभन्दा प्यारो तिम्रो भबिष्य लाग्छ
तिमीलाई शुभकामना
तेरो लागी जे पर्छ गर्छु भन्ने आफन्त हुनु भन्दा ल योजना यस्तो रहेछ यसरी काम गर भनेर मार्गदर्शन र सल्लाह दिने ब्यक्तिलाई आफन्त सम्झने हो भने केही प्रगति हुने रहेछ
# #यो_अनुभव_मेरो_मात्र_हो_की??_तपाईहरुको_पनि_छ????
Everyone
सकारात्मक सोच,चिन्तनको विकास होस
अनुहारमा खुसि सधै भइ रहोस
जीवन उर्जाशिल बन्दै अघि बढोस
लक्ष्य उद्देश्यले मुर्तरुप पाउदै जाउनु
पाइलाहरु सफलताका सिँढि लम्किरहुन
जीवनका हरेक पल सुखमय बितोस
स्वास्थ्य र आरोग्यताको कामना
सम्पुर्ण प्रियजनहरुमा
# #शुभबिहानी_शुभदिनको_कामना
जिन्दगी पनि बादलजस्तै हो...कोहि आए शितलता अनि कोही गए घामजस्तै उज्यालो....
@सुमि ना
"दार्शनिकहरूले संसारलाई छुट्टाछुट्टै तरिकाले व्याख्या मात्रै गरेका छन् , मुख्य कुरा भनेको बदल्नु पो हो त"
मार्क्स को यो कोटेसन आजभोली म अलि ज्यादा नै सम्झने गरेकी हुन्छु ।
- जब कोहि 'विद्रोही कवि' भनेर चिनिएको व्यक्ति ग्रह दशा कटाउन भनी एक पन्डितको कुटिमा पुग्छ । जवकी उसको कविताले अन्धविश्वास र पुरातनवाद माथी कटाक्ष बारम्बार गरिरहेको हुन्छ ।
- जब कोहि क्रान्तिकारी नेतृत्व भनेर चिनिएको व्यक्ति पाप पखाल्न र धर्म गर्न भनेर कुनै मन्दिरको सिँडी उक्लिरहेको हुन्छ । जब कि उसको परिवर्तनकारी भाषणले पटक पटक मन्च उफारिसकेको हुन्छ ।
- जब कोहि महिला लेखक हातभरी चुरा र गरगहनाले सजिएर पतीको दिर्घायु भन्दै उपासक बसिरहेकी हुन्छिन् । जवकी उनको लेखले पटक पटक दासत्व माथी विद्रोह मागिरहेको हुन्छ ।
तब म साँच्चिकै गम खान्छु । ओहो कति धेरै पाखन्डी अनुहारहरू । जसले मिठा मिठा र उत्तेजक क्रान्तिकारी शब्दजालहरू बुनेर आफू सँगैको पुस्तालाई गुमराह पार्न सफल भै रहेका छन् ।
खासमा उनिहरूले लेखिरहेको बोलिरहेको र भनिरहेको प्रगतिशील विचार तब पो बाँच्ला जब ऊ व्यवहारको कसीमा खरो उत्रन्छ । नभए ढोँगिहरूको यहाँ के को अभाव ?
मुख्य कुरा - जो स्वयं बद्लिन सक्दैन र बद्लिन पहल नै गर्दैन त्यस्ताले समाज बदल्ने कुरा गर्नु भनेको एकदम हाँस्यास्पद र लज्जापुर्ण कुरा नै हो ।
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the business
Telephone
Website
Address
Lamjung
सुर्य र चन्द्रमाको चम्किने समय भिन्ना भिन्नै हुन्छ हजुर पनि आफ्नो समयमा पक्कै चम्किनु हुने छ 🥀🇳🇵❣️
Rainas
Lamjung, 33608
Hi friends follow me for more informative videos and fact videos love you all
Nepal
Lamjung, 33600
You can follow me in youtube:https://www.youtube.com/channel/UCgVLB78OCKHEpdgEhOlM36w
Lamjung
was hello friends My name is Sujan, this is a game related video on my page, please like and follow
Besishahar
Lamjung, 33600
ॐ नमः शिवाय 🙏🔱 . . . . . . . Jay Mahakal ���Jay Ma Kali � Please support me by following my page🙏