Bheri Gas Udhyog Pvt.Ltd.

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bheri Gas Udhyog Pvt.Ltd., Industrial Company, Lumbini.

30/11/2023

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल २ रुपैयाँ र डिजेल/मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ घटाइएको हो ।
नयाँ मूल्य बिहीबार मध्यरातिदेखि लागू हुनेछ ।
आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढेको छ । तर निगमले ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखेको छ । हाल ग्यास प्रतिसिलिन्डर १८ सय ९५ रुपैयाँ छ । यो मूल्यमा बिक्री गर्दा निगमलाई प्रतिलिसिन्डर ३ सय रुपैयाँ नोक्सानी रहेको प्रवक्ता मनोज ठाकुरले जारी विज्ञप्तिमा उल्लेख छ ।
लामो समय घाटामा रहेको आयल निगम मंगलबारदेखि ऋणमुक्त भएको छ ।

31/10/2023

नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको छ । निगमले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।
स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ । यसअघि भने काठमाडौं उपत्यका, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६८ रुपैयाँ थियो ।
निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको जनाएको छ । यसअघि निगमले असोज २८ गते पेट्रोलको भाउ लिटरमै ११ रुपैयाँ घटाएको थियो ।

22/10/2023

विजया दशमी २०८० को हार्दिक मंगलमय शुभकामना🎊🎉🙏

15/10/2023

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो ।
स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखेको छ

01/10/2023

प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनअनुरुप आइतबार राति १२ बजेपछि मात्रै पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लागू हुने भएको छ । नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि लागू हुनेगरी मूल्यवृद्धि फिर्ता लिइएको जानकारी गराएको छ ।
यद्यपि स्वचालित मूल्य प्रणालीको लागू भने भइरहने निगमले स्पष्ट पारेको छ । त्यस्तै घटाइएको मूल्यबाट पर्ने नोक्सानी मूल्य स्थिरिकरण कोषबाट ब्यहोर्ने निगमले जनाएको छ । ‘नजिकिँदै गरेको चाडपर्व तथा उपभोक्ताको हितलाई ध्यानमा राखी प्रधानमन्त्री पुष्पकमल दाहालबाट निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत हुनेगरी हाल भएको मूल्यवृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्नेगरी मूल्यवृद्धि राति १२ बजेबाट लागू हुनेगरी फिर्ता गरिएको छ’ निगमको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि शनिबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ तथा डिजेल/मट्टितेल ६ रुपैयाँ, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको थियो । जुन मूल्यवृद्धि आइतबार राति १२ बजेपछि फिर्ता हुने भएको हो । मूल्यवृद्धिका कारण आइतबार काठमाडौंमा पेट्रोल प्रतिलिटर १८५ रुपैयाँ, डिजेल/मट्टितेल १७९ रुपैयाँ र ग्यास प्रतिसिलिण्डर २११० रुपैयाँमा बिक्री भएको छ ।

30/09/2023

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समिति बैठकले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो।
जसअनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेलमा ६ रुपैयाँले वृद्धि भएको हो। त्यस्तै ग्यासको मूल्य पनि २१५ रुपैयाँले वृद्धि भएको छ।

Photos from Bheri Gas Udhyog Pvt.Ltd.'s post 18/09/2023

विश्वकर्मा पूजा २०८० 🙏🙏🙏

31/08/2023

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समिति बैठकले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो।
जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँले वृद्धि भएको हो। त्यस्तै ग्यासको मूल्य पनि २३५ रुपैयाँले वृद्धि भएको छ।
एनओसीले बिहीबार नयाँ मूल्यसूची पठाउँदै पेट्रोलमा ३.१७ रुपैयाँ र डिजेलमा २.४८ रुपैयाँ र ग्यासमा १८६.४५ रुपैयाँ वृद्धि गरेको थियो। आज राति १२ बजेपछि मूल्यवृद्धि हुने निगमले जनाएको छ।
यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १८२ रुपैयाँ, डिजेलको १७० रुपैयाँ पुगेको छ। त्यस्तै ग्यासको मूल्य वृद्धि भएर १८९५ रुपैयाँ पुगेको छ।

15/08/2023

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
नयाँ तोकिएको मूल्य आज राति १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
मूल्यवृद्धि सँगै अब उपभोक्ताले प्रतिलिटर पेट्रोलको मूल्य १७८ र मट्टितेल/डिजेलको १६७ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १७३ र डिजेल/मट्टितेल १५३ रुपैयाँ थियो । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखेको छ ।

01/08/2023

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।
पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । ठाउँअनुसार मूल्य फरक फरक छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटेको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ । भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको जनाएको छ ।

16/07/2023

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको छ ।
ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ । त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ । पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक फरक दर कायम भएको छ । डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । अब उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ ।
यसैबीच निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ । भारतबाट १५/१५ दिनमा इन्धनको मूल्य सूची आउँछ । भारतीय आयल कर्पोरेसन आईओसीको ३१ अर्ब बक्याैता रकम भुक्तानी गरेसँगै निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको हो ।

03/07/2023

नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ ।
सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले सो मूल्य घटाउने निर्णय गरेको हो । यसपटक भने निगमले वैज्ञानिक प्रणालीबाट मूल्य निर्धारण गरेको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।
यसपटक तराई (चारअली‚ विराटनगर‚ जनकपुर‚ वीरगन्ज‚ अमलेखगन्ज‚ भलवारी‚ नेपालगन्ज र धनगढी) लाई पहिलो वर्गमा राखिएको छ भने दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ रहेका छन् । त्यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौं‚ पोखरा र दीपायल परेका छन् ।
अब काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०/१५० रुपैयाँ पर्नेछ । त्यस्तै तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७.५/१४७.५ रुपैयाँ पर्नेछ । सुर्खेतको र दाङमा भने पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९/१४९ रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखेको छ ।

14/04/2023
03/04/2023

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।
सोमबार नेपाल आयल निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोलको मूल्य लिटरमा ३ रूपैयाँ घटेको हो।
यसअघि प्रतिलिटर १७८ रूपैयाँ रहेको पेट्रोलको मूल्य १७५ रूपैयाँ पुगेको छ।
यस्तै डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रूपैयाँ घटेको छ।
यसअघि डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १७५ रूपैयाँ थियो। अब भने १६५ रूपैयाँ प्रतिलिटर हुने निगमले जनाएको छ।
सोमबार राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जनाएको छ।

01/03/2023

नेपाल आयल निगमले इन्धनको भाउ हाललाई यथावत् राख्ने जनाएको छ । एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटेर आए पनि ग्यासको मूल्य अत्याधिक बढेर आएकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने जनाएको हो ।
बुधबार मात्रै निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसा, डिजेल ५ रुपैयाँ ५ पैसा, मट्टितेल ३ रुपैयाँ ४० पैसा र हवाई इन्धन ७ रुपैयाँ ३ पैसा घटाएर नयाँ सूची पठाएको थियो । तर ग्यासमा भने प्रतिसिलिण्डर ३३९ रुपैयाँ ६ पैसा बढेर आएको निगमले जनाएको छ । अब ग्यासमा मात्रै प्रतिसिलिण्डर ६३५ रुपैयाँ नोक्सान रहेको निगमले जनाएको छ । निगमका अनुसार सरकारलाई तिर्नुपर्ने ऋण र आईओसीलाई तिर्नुपर्ने बक्यौता १६ अर्ब छ ।

08/01/2023

नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँ घटाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ । ग्यासमा उच्च घाटा रहेकाले निगमले मूल्य घटाउन नसकिएको जनाएको छ ।

05/10/2022

हिन्दुहरुको महान चाड बिजया दशमीको अबसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सामाजिक सदभाव, सम्बृद्विको लागि नबदुर्गा मातासॅग प्राथना गर्दछु।🙏 बिजया दशमी २०७९ को हार्दिक मंगलमय शुभकामना 🙏।

02/09/2022

बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ ।
जसअनुसार अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १७८ रुपैयाँ पर्नेछ । निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

17/08/2022

पेट्राेल/डिजेलको भाउ तत्काल नघट्ने
नयाँ सूचीअनुसार अहिलेको बिक्री मूल्यबाट निगमलाई पेट्रोलमा ४ रुपैयाँ ७४ पैसा नाफा छ । हवाई इन्धन आन्तरिकमा प्रतिलिटर ४५ रुपैयाँ र मट्टीतेलमा २२ रुपैयाँ नाफा छ । डिजेलमा ४ रुपैयाँ ५० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय ९९ रुपैयाँ ५७ पैसा घाटा छ।

04/07/2022

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।
खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

29/06/2022

आज दही-चिउरा खाने दिन
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।यसबर्ष पनि अरु बर्षहरु जस्तै काला बादलका मेघमलाहार , हिलो अनि हरियोका साथ असार आइपुगेको छ।

25/06/2022

पेट्रोलमा २० रुपैयाँले घटाएर १७९ पुर्‍याएको छ। यस्तै डिजेल मट्टीतेलको मूल्यमा २९ रुपैयाँले घटाएर १६३ रुपैयाँ पुर्‍याएको हो। सरकारले लिँदै आएको कर कटौती गरेर मूल्य घटाएको हो। नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ।
खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

20/06/2022

नेपाल आयल निगमले आइतबार राति १२:०० बजे देखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ भारी वृद्धि गरेको हाे । निगमका अनुसार पेट्रोल प्रतिलिटर १९९ रूपैयाँँ' डिजेल र मट्टितेल प्रतिलिटर १९२ रूपैया पुगेकाे छ । निगमले पेट्रोलमा २१ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २७ रुपैयाँ मूल्य बढाएको हो।
खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

18/06/2022

🔥🔥

Want your business to be the top-listed Engineering Company in Lumbini?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Lumbini

Other Industrial Companies in Lumbini (show all)
Prabhu Manufacturing Pvt. Ltd. Prabhu Manufacturing Pvt. Ltd.
Siyari/06 Rupandehi
Lumbini, 44600

Mayur Facutes Pvt.Ltd Mayur Facutes Pvt.Ltd
Nepalgunj/18
Lumbini

Authorized distributors of panchakanya Group

Lumbini Fiberland Pvt.Ltd Lumbini Fiberland Pvt.Ltd
Ramgram
Lumbini, 33000

Manufacturer of all kinds glass fiber items Products