Tamu Pye Lhu Sangh

Tamu Pye Lhu Sangh

Nearby places of worship

Apostolic Church
Apostolic Church
Gandaki

This page has been opened to protect, promote and promote the fundamental culture, culture, religion, language, costumes of the Gurung people.

This page is also opened to showcase your true identity to the world. This page is also opened to spread the pro

18/06/2024

तमु प्ये ल्हु संघ केन्द्रीय समिति को निवर्तमान वरिष्ठ उपाध्यक्ष आदर्णिय आई बहादुर ल्हेगे तमु ज्यु लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।। 🙏

अध्यक्ष एवम्
तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिती परिवार

17/06/2024

💐🙏हार्दिक बधाई एवं शुभकामना🙏💐

मिति २०८१ जेठ २ गते तदानुसार जुन १६, २०२४ को दिनमा सम्पन्न तमु प्ये ल्हु संघ प्रवास शाखा युएईको पाँचौ अधिवेशनबाट श्री खेम प्हच्यु तमुज्यु अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत निर्वाचित हुनु भएकामा हार्दिक बधाईका साथै सम्पुर्ण नव निर्वाचित कार्य समितिलाइ हार्दिक बधाइ एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौँ ।

सुकबहादुर सर्बुजा तमु (शुक्रराज)
अध्यक्ष एव सम्पूर्ण
तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति परिवार

24/05/2024

🙏🌹तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिको
२३ औं स्थापना दिवसको हार्दिक शुभकामना 💐🙏

तमु जातिको संस्कार, संस्कृति, धर्म, भाषा र भेषभुषाको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्नको लागि स्थापना भएको तमु प्ये ल्हु संघ केन्द्रीय महिला समिति २२ औं बसन्त पार गरि आजको दिनदेखी २३औं बसन्तमा प्रवेश गरेको पवन अवसरमा सम्पुर्णमा सुख, शान्ति, समृद्धि, सु-स्वस्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

शुक्रराज सर्बुजा तमु
अध्यक्ष एवं सम्पुर्ण
तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति परिवार
पोखरा, नेपाल

07/05/2024

बोंन धर्म मान्नेको संख्या वृद्धि...

नेपालमा मानिएको १० धर्म माध्यको बोंन धर्म पनि एक हो । जसमा बोंन धर्म मान्नलाइ परापुर्वकालदेखी नै मान्दै आएको त पनि यस बोंन धर्मलाइ धर्मको रुपमा मानिएको थिएन । बोँन एक जातिले मात्र नभएर यस धर्तिमा रहेको हरेकले मानिएको छ । तर यसलाइ धर्ममा नमानिएको मात्र हो । नेपालमा मात्र नभएर बिश्वमा जस जसले प्रकृतिलाई मान्दछ त्यही जातिले बोँन धर्म मान्दछ । बोँन धर्मको स्वरुप नै प्रकृति हो । बोँन धर्म र प्रकृति धर्म एक्कै हो । हामिले बोँन धर्म किन मान्यो भन्दा प्रकृतिलाई पुजापाठ गर्दा विभिन्न परिकार एवं शास्त्रीय वचन गरि पुजा गर्ने भएर मात्र हामी तमु (गुरुङ) जातिले बोँन धर्म भनेको मात्र हो । यो पुजा गुरुङ जातिले मात्र नभएर पृथ्वीको सबै जातिले गर्दा जसमा प्रकृति भनेको खोलानाला, रुख, ढुंगा, भिरपाखा, ओढार, घाम, हावा र पानी आदि नै हो । यो कुनै कृतिम नभएर प्रकृति स्वरुप हो । यी कुराहरुलाइ मान्नेको लागि परापुर्वकालदेखी नै हाम्रो पुर्खाहरुले यसलाइ संस्कारको रुपमा लिएको थियो तर अहिले पछिल्लो समयमा यसलाइ पनि धर्मको रुपमा मान्न लागिएको हो । जसमा नेपालको जनगणना अनुसार नेपालमा मानिने १० धर्ममा बोँन धर्म ७ औं स्थानमा छ । जसमा बोँन धर्मले २०६८ सालदेखी नेपालमा अधिकारिक रुपमा बोँन धर्म मान्ने तथ्यांक सार्वजनिक भएको हो । जसमा ११औं जनगणना २०६८ मा बोँन धर्म १३००६ ले मानेको तथ्यांक सार्वजनिक भएको थियो । जसमा बोँन धर्म मान्ने जातिमा तमु (गुरुङ) जाती देखियो । त्यस तथ्यांकलाई आत्मसात गर्दै तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिले "हाम्रो अभियान बोँन धर्मको पहिचान" भन्ने नाराका साथमा २०७६ भदौ २८ गतेका दिनमा पोखराको सिटि हलमा स-फुँ-ती=क्ह्याल्स साँस्कृतिक सांझ कार्यक्रम गरेर अभियानलाई अगाडि बढयौँ । जसमा नेपालको १२औं जनगणना-२०७८ लाई ताकेता गरेर विभिन्न गाउँ, ठाँउ, समाज र जिल्लाहरुमा अभियान नै चलायो । अभियान चलाएको फलस्वरूप जनगणना-२०७८ मा उल्लेखिय संख्या बढाउन सफल भयो । जनगणना २०७८ सालमा बोँन धर्म मान्नेको संख्या ६७२२३ ले मानेको तथ्यांक सार्वजनिक भयो । यस अभियान शुरूवात गर्न कुनै न कुनै गर्नु पर्ने थियो । त्यही फलस्वरूप तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिले गरेको मात्र हो । अभियान अनुसारको बोँन धर्म मान्नेको संख्या बढाउन सफल भयो । संख्या बढाउन सफलमा तपाईं हामी सबैले आ-आफ्नो ठाँउबाट सहयोग गर्नु भएकोले पनि यो हासिल भएको हो । बोँन धर्मको बढाउन र लेखाउनमा सहयोग गर्नु हुने सम्पुर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं । अबको १० बर्ष पछि हुने जनगणनालाई ताकेता गरेर अहिले देखि नै हामी जुटौं उठौँ र लागि परौं । हामिले हाम्रो जन्मदर्ता, नागरिकता र परिचयपत्र जस्तै अन्य डाटाहरु भर्दा बोँन धर्म भर्नुस यदि भर्दाखेरी हाम्रो बोँन धर्म पाएन भने अन्यमा भएपनी भर्न नभुल्नु होला । तमु जातिको बुद्धिजीवी या ज्ञाताहरुले ध्यान दिन जरुरी देखिन्छ किनभने कुनै डाटाहरु भर्दा प्रकृति धर्मसम्म डाटा भर्दा आउँछ त्यो भन्द तलको आउदैन त्यसैले सबैले यसको लागि अहिले देखि नै लाग्न जरुरी देखिन्छ ।

जनगणना २०७८ सालको बोँन धर्म मान्नेमा गण्डकी प्रदेश भित्रको जिल्लाहरु सकृयता देखिएको छ । जसमा २०६८ र २०७८ सालको बोँन धर्मको संख्या तल उल्लेख अनुसार रहेको छ ।

02/05/2024

🙏💐हार्दिक श्रद्धाञ्जली एवं समबेदना💐🙏

गुरुङ फिल्म एशोसिएशन नेपाल जिफानको अध्यक्ष गुन्ज बहादुर गुरुङको प्रात: स्मरणीय ममतामयी आमा रनमाया गुरुङको पोखरा अस्तपतालमा उपचारको क्रममा असमायिक निधन भएको खबरले यस संस्थाको सम्पुर्ण परिवार स्तब्ध भएका छौँ । उहाँको दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै आची:खे आची:मांसंग लिन होस भनी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

यस दुःखद् घडिमा शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति उहीँ क्ल्हे-स्वोंदी प्र्हे-स्वोंदी, आची-खे आची-माँँ र सिल्दो नाल्दोका साथै स्याए:ल्होए:न्होंए:च्होए:गुरु ह्रिमराक्ष्येले प्रदान गरून् भन्दै हार्दिक समबेदना व्यक्त गर्दछौं ।

शुक्र राज सर्बुजा तमु
अध्यक्ष एवं सम्पूर्ण
तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति परिवार
फ-लि-ना-क्होइबो-क्होइबो, शक्तिघाट, रानिपौवा,
वडा नं. ११, पोखरा , कास्की

Photos from Tamu Pye Lhu Sangh's post 24/04/2024

💐🙏हार्दिक बधाई एवं शुभकामना🙏💐

मिति २०८१ बैशाख १२ गते, बुधबारको दिनमा सम्पन्न तमु प्ये ल्हु संघ गण्डकी प्रदेश समिति प्रथम अधिवेशनबाट अध्यक्ष श्री कुल प्रसाद सर्बुजा तमुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन हुन सफल भएकोमा अध्यक्ष लगायत सम्पुर्ण नव निर्वाचित कार्य समितिलाइ हार्दिक बधाइ एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।

सुकबहादुर सर्बुजा तमु (शुक्रराज)
अध्यक्ष एव सम्पूर्ण
तमु प्ये ल्हु केन्द्रीय युवा समिति परिवार

Photos from Tamu Pye Lhu Sangh's post 23/04/2024

बर्दिया र रोल्पामा निर्माणर्थ क्होइबोलाई आर्थिक सहयोग ...

तमु जातिको मौलिक संस्कार, संस्कृति, धर्म, भाषा र भेषभुषाको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्नको स्थापित संस्था तमु प्ये ल्हु संघ केन्द्रीय समितिको आयोजनामा बर्दिया र रोल्पामा निर्माणधिन क्होइबोलाई आर्थिक संकलन कार्य सम्पन्न भयो । जसमा तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिले नैतिक, भौतिक एवं आर्थिक सहयोग गरिएको थियो । सो आर्थिक संकलन कार्यक्रम युवा समितिद्वारा क्या.डेमबहादुर योज तमु र गमबहादुर योज तमुद्वारा रचित एवं क्या.डेमबहादुर योज तमुबाट निर्माण गरिएको क्होइबो धिं लल तुमु क्होइबो धिं तल तुमु भन्ने गितमा आफ्नो सांस्कृतिक प्रस्तुती प्रस्तुत गरिएको थियो । तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति नेपालभरी तमु जातिको अस्तित्व र पहिचान बोकेको क्होइबो बनेको अवस्थामा आफ्नो तर्फबाट सक्दो आर्थिक, नैतिक र भौतिक सहयोग गर्दै आइरहेको छ । यहि फलस्वरूप युवा समितिले तमु प्ये ल्हु संघ जिल्ला समिति बर्दिया र रोल्पालाइ प्रती-क्होइबो रु..१५,१३१/- का दरले आर्थिक सहयोग समेत गरिएको थियो ।

21/04/2024

💐🙏हार्दिक बधाई एवं शुभकामना🙏💐

आज मिति २०८१ बैशाख ८ गते शनिबारको दिनमा सम्पन्न तमु प्ये ल्हु संघ जिल्ला युवा समिति नवलपरासीको प्रथम साधारणसभा एव अधिवेशनबाट अध्यक्ष श्री श्रीलाल केप्चै तमुको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन हुन सफलभएकोमा अध्यक्ष लगायत सम्पुर्ण नव निर्वाचित कार्यसमितिलाइ हार्दिक बधाइ एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।

अध्यक्ष एव सम्पूर्ण
तमु प्ये ल्हु केन्द्रीय युवा समिति परिवार

11/04/2024

हार्दिक निमन्त्रणा।।।

09/04/2024

तमु जातिको प्ये ताँ ल्हु ताँ(संस्कार, संस्कृति, धर्म र भेषभुषा )आदिको संरक्षण र सम्वर्दॄनमा तमु खेगीहरुको महत्वपुर्ण भुमिका रहन्छ । भावी पुस्ता पुस्ता सम्म पुर्र्‍याउनमा युवा खेगीको ठुलो जिम्मेवारी रहन्छ। गण्डकी प्रदेश कास्की जिल्ला माछापुच्छे गाउँपालिका वडा नं ९ कुइबाङ निवासी तमु प्ये ल्हु संघ केन्द्रिय युवा समितिको अध्यक्ष श्री सुक ब. तमु (शुक्रराज)ज्यु ले मिति २०८०-१२-२७ गतेका दिनमा तमु जातिको प्ये ताँ ल्हु ताँ अन्तर्गत पच्यु ज्ञान हासिल गरि अभिभार वहन गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ।

तमु प्ये ल्हु संघ केन्द्रिय युवा समिति

Photos from Tamu Pye Lhu Sangh's post 21/03/2024

तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको ३१ औं स्थापना दिवस कार्यक्रम सम्पन्न ।

तमु जातिको मौलिकतालाई जोगाउने भनेर स्थापित संस्था तमु प्ये ल्हु संघको पहिलो भातृसंगठनको रुपमा स्थापित भातृसंगठन तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको ३१औं स्थापना दिवस कार्यक्रम आज एक कार्यक्रम बिचमा सम्पन्न भएको थियो । जसमा यस संस्थाको ३१औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान, बधाई एवं सम्मान कार्यक्रम गरि मनाइएको थियो । तमु प्ये ल्हु संघको उद्देश्यलाई परिपुर्ति गर्नको निम्ति मिति २०४९ चैत ७ गतेको दिनमा स्थापित भएको भातृसंगठनले विभिन्न कार्यक्रम गरेर संस्थाको उद्देश्य पूरा गर्दै आएको छ । युवा समितीकाे ३१औं स्थापना दिवस मनाइ रहदा हालसम्म ९ अध्यक्षले नेतृत्व गरिसकेको कार्यक्रममा जानकारी गराइएको थियो ।

जसमा संस्थापक अध्यक्षको रुपमा ल्वाङघलेल, कास्की निवासी इन्द्रबहादुर तेल्मे तमु रहेको कार्यक्रमको बीच सार्वजनिक गरिएको थियो । भने दोश्रो कार्यकाल अध्यक्ष अर्मला, कास्कीको स्व. खुसिमान टु तमु, तेस्रो कार्यकाल अध्यक्ष घान्द्रुक, कास्कीको भिमबहादुर पाल्चैं तमु, चौथो कार्यकाल अध्यक्ष पसगाउँ, लमजुङको गोरे किदुमे तमु, पाँचौ कार्यकाल अध्यक्ष ताङतिङ कास्कीको थमनजंग प्हच्यु तमु, छैटौं कार्यकाल अध्यक्ष माझकोट शिवालय स्याङ्जा लोकेन प्हच्यु तमु, सातौं कार्यकाल अध्यक्ष बाँगे फड्के, स्याङ्जाको सृजना प्हच्यु तमुले समाली सकेको थियो । आठौं र नवौं कार्यकाल कुइबाङ कास्कीको सुकबहदुर सर्बुजा तमुले गरेको कुरा सभामा भन्नू भएको थियो ।

तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिती स्थापना भएदेखी विभिन्न कार्यक्रम गर्दै यहाँसम्म आइपुगेको कुरा जानकारी गराइएको थियो । जसमा संस्थाले ९ दिनसम्म संचालन गरेको थेवा-त्हेँ, रजत जयन्ती, संस्थालाई प्रचारप्रसार गर्नको लागि विभिन्न जिल्ला गाउँहरुमा साँस्कृतिक अभियान गरेर संस्थालाइ चिनाउने काम समेत गरेको छ । युवाहरु भनेको संस्थाको भाबी पुस्ता हो त्यसैले संस्थामा युवाहरुको चासो र सहभागी बढाउनको लागि संस्थामा आवद्ध अभिभावकहरुले पनि ठुलो भुमिका खेल्नु पर्दछ भन्ने कुरा समेत कार्यक्रम राखिएको थियो ।

कार्यक्रममा युवा समितिको अध्यक्ष सुकबहादुर सर्बुजा तमुको अध्यक्षतामा रहेको थियो भने प्रमुख अतिथिको रुपमा तमु प्ये ल्हु संघ केन्द्रीय समितिको अध्यक्ष ओमबहादुर थिम्चै तमु रहनु भएको थियो । भने अतिथिको रुपमा तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको भुपु अध्यक्ष एवं सल्लाहकार संयोजक थमनजंग प्हच्यु तमु, तमु प्ये ल्हु संघ केन्द्रिय क्ल्हेप्री समितिको अध्यक्ष लोकबहादुर टु तमु, तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिका प्रथम उपाध्यक्ष शान्ती टु तमु, तमु प्ये ल्हु संघ गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष कुलप्रसाद सर्बुजा तमु, कास्की जिल्ला समितिको प्रथम उपाध्यक्ष र कास्की जिल्ला महिला समितिको अध्यक्ष तिलमाया प्ल्हे तमुको उपस्थित रहेको थियो भने कार्यक्रम संचालन सचिब हिमाल प्हच्युले गरेको थियो ।

20/03/2024

तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको ३१औं स्थापन दिवसको अवसरमा शुभकामना आदानप्रदान, बधाई एवं सम्मान कार्यक्रम निम्न मिति, समय र स्थानमा हुन गैरहेको छ ।

कार्यक्रम :
मिति : २०८० चैत ७ गते, बुधबार
समय : दिउँसो ठिक २:०० बजे
स्थान : तमु प्ये ल्हु संघको परिसरमा

18/03/2024

सम्पुर्णमा अत्यन्तै जरुरी सूचना ! सूचना !! सूचना !!!

तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको
३१औं स्थापना दिवसको सादर निमन्त्रणा🙏

महोदय,
उपरोक्त सम्बन्धमा तमु प्ये ल्हु संघको प्रथम भातृसंगठनको रुपमा स्थापित तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति मिति २०४९ चैत ७ गते, शनिबारको दिन स्थापित भै तमु जातिको मौलिक संस्कार, संस्कृति, धर्म, भाषा र भेषभुषाको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्दै यहाँसम्म आइपुगेको कुरा सहर्ष जानकारी गराउन चाहन्छु ।

यस संस्थाको ३१औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदानका साथै नव निर्वाचित केन्द्रीय समितिलाइ समेत बधाई एवं सम्मान कार्यक्रम निम्न मिति, समय र स्थानमा हुन गैरहेको हुँदा तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको सम्पुर्ण कार्यसमिति, युवा समितिका संस्थापक ज्युहरु, युवा समितिका भुपु अध्यक्ष ज्युहरु, युवा समितिको भुपु साथीहरू साथै तमु प्ये ल्हु संघसंग आवद्ध रहनु भएको केन्द्रीय समिती, भातृसंगठनहरु, गण्डकी प्रदेश समिति र जिल्ला समिति कास्की, जिल्ला महिला समिति कास्की लाई पत्रसमेत पठाइ सकेको छौं यदि पत्र नपाएको खण्डमा यहि सूचनालाई आधार मानेर यहाँहरुको गरिमामय उपस्थितले कार्यक्रमको शोभा बढाइ दिनको लागि हार्दिक अनुरोध गरिन्छ ।

कार्यक्रम :
मिति : २०८० चैत्र ७ गते, बुधबार
समय : दिनको २:३० बजे
स्थान : तमु प्ये ल्हु संघ परिसर

सुकबहादुर सर्बुजा तमु (शुक्रराज)
अध्यक्ष
तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति, नेपाल

05/03/2024

🙏💐हार्दिक बधाई एवं शुभकामना💐🙏

बि.स. 2080 फागुन 19 गते, शनिबार तदानुसर इ.स. 2 मार्च 2024 मा सम्पन्न तमु प्ये ल्हु संघको दोश्रो प्रवास शाखाको रुपमा स्थापित तमु प्ये ल्हु संघ युकेको १८औं साधारणसभा तथा ७औं महाधिवेशनबाट आदरणीय श्री यम प्हच्यु तमुज्यु कोषाध्यक्ष जस्तो गारिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

शुक्रराज सर्बुजा तमु
अध्यक्ष एवं सम्पुर्ण
तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति परिवार

05/03/2024

🙏💐हार्दिक बधाई एवं शुभकामना💐🙏

बि.स. 2080 फागुन 19 गते, शनिबार तदानुसर इ.स. 2 मार्च 2024 मा सम्पन्न तमु प्ये ल्हु संघको दोश्रो प्रवास शाखाको रुपमा स्थापित तमु प्ये ल्हु संघ युकेको १८औं साधारणसभा तथा ७औं महाधिवेशनबाट आदरणीय श्री पुर्णवीर प्हच्यु तमुज्यु उपाध्यक्ष जस्तो गारिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

शुक्रराज सर्बुजा तमु
अध्यक्ष एवं सम्पुर्ण
तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति परिवार

05/03/2024

🙏💐हार्दिक बधाई एवं शुभकामना💐🙏

बि.स. 2080 फागुन 19 गते, शनिबार तदानुसर इ.स. 2 मार्च 2024 मा सम्पन्न तमु प्ये ल्हु संघको दोश्रो प्रवास शाखाको रुपमा स्थापित तमु प्ये ल्हु संघ युकेको १८औं साधारणसभा तथा ७औं महाधिवेशनबाट आदरणीय श्री डम्बर टु तमुज्यु उपाध्यक्ष जस्तो गारिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

शुक्रराज सर्बुजा तमु
अध्यक्ष एवं सम्पुर्ण
तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति परिवार

05/03/2024

🙏💐हार्दिक बधाई एवं शुभकामना💐🙏

बि.स. 2080 फागुन 19 गते, शनिबार तदानुसर इ.स. 2 मार्च 2024 मा सम्पन्न तमु प्ये ल्हु संघको दोश्रो प्रवास शाखाको रुपमा स्थापित तमु प्ये ल्हु संघ युकेको १८औं साधारणसभा तथा ७औं महाधिवेशनबाट आदरणीय श्री क्या. डेमबहादुर योज तमुज्यु अध्यक्ष जस्तो गारिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

शुक्रराज सर्बुजा तमु
अध्यक्ष एवं सम्पुर्ण
तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति परिवार

05/03/2024

🙏💐🌹हार्दिक बधाई एवं शुभकामना🌹💐🙏

इ.स. २ मार्च २०२४ को दिनमा तमु प्ये ल्हु संघ युकेको १८औं साधारणसभा तथा ७औं महाधिवेशन सम्पन्नबाट क्या. डेम बहादुर योज तमु अध्यक्ष जस्तो गारिमामय पदमा निर्वाचित हुनु भएकोमा अध्यक्ष लगायत सम्पूर्ण निर्वाचितमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

शुक्रराज सर्बुजा तमु
अध्यक्ष एवं सम्पुर्ण
तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति परिवार

05/03/2024

🙏💐हार्दिक बधाई एवं शुभकामना💐🙏

बि.स. 2080 फागुन 19 गते, शनिबार तदानुसर इ.स. 2 मार्च 2024 मा सम्पन्न तमु प्ये ल्हु संघको दोश्रो प्रवास शाखाको रुपमा स्थापित तमु प्ये ल्हु संघ युकेको १८औं साधारणसभा तथा ७औं महाधिवेशनबाट आदरणीय श्री बबिता प्हच्यु तमुस्योज्यु आमा समितिको अध्यक्ष जस्तो गारिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

शुक्रराज सर्बुजा तमु
अध्यक्ष एवं सम्पुर्ण
तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति परिवार

05/03/2024

🙏💐हार्दिक बधाई एवं शुभकामना💐🙏

बि.स. 2080 फागुन 19 गते, शनिबार तदानुसर इ.स. 2 मार्च 2024 मा सम्पन्न तमु प्ये ल्हु संघको दोश्रो प्रवास शाखाको रुपमा स्थापित तमु प्ये ल्हु संघ युकेको १८औं साधारणसभा तथा ७औं महाधिवेशनबाट आदरणीय पच्यु पैँडी चिवा श्री जित क्रोम्छे तमुज्यु खेगी समितिको अध्यक्ष जस्तो गारिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

शुक्रराज सर्बुजा तमु
अध्यक्ष एवं सम्पुर्ण
तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति परिवार

05/03/2024

🙏💐हार्दिक बधाई एवं शुभकामना💐🙏

बि.स. 2080 फागुन 19 गते, शनिबार तदानुसर इ.स. 2 मार्च 2024 मा सम्पन्न तमु प्ये ल्हु संघको दोश्रो प्रवास शाखाको रुपमा स्थापित तमु प्ये ल्हु संघ युकेको १८औं साधारणसभा तथा ७औं महाधिवेशनबाट आदरणीय श्री अमर सिं त्होर्जे तमुज्यु उपाध्यक्ष जस्तो गारिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

शुक्रराज सर्बुजा तमु
अध्यक्ष एवं सम्पुर्ण
तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति परिवार

05/03/2024

🙏💐हार्दिक बधाई एवं शुभकामना💐🙏

बि.स. 2080 फागुन 19 गते, शनिबार तदानुसर इ.स. 2 मार्च 2024 मा सम्पन्न तमु प्ये ल्हु संघको दोश्रो प्रवास शाखाको रुपमा स्थापित तमु प्ये ल्हु संघ युकेको १८औं साधारणसभा तथा ७औं महाधिवेशनबाट आदरणीय श्री भेगलाल च्हाक्ली तमुज्यु सचिब जस्तो गारिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

शुक्रराज सर्बुजा तमु
अध्यक्ष एवं सम्पुर्ण
तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति परिवार

Photos from Tamu Pye Lhu Sangh's post 01/03/2024

🌹🌹🌹हार्दिक बधाई एवम् शुभकामना 🌹🌹🌹

तमु प्ये ल्हु संघ केन्द्रीय समितिको अध्यक्षमा ओम बहादुर तमु निर्वाचित

१७ फागुन, पोखरा । तमु प्ये ल्हु संघ केन्द्रीय समितिको अध्यक्षमा ओम बहादुर तमु निर्वाचित भएका छन् । बिहिवार पोखरामा रहेको केन्द्रीय कार्यालय परिसरमा सम्पन्न ३१ औं साधारण सभा तथा छैठौं अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

यस्तैगरी नवनिर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा एकाजंङ्ग तमु, गण्डकी प्रदेश उपाध्य्क्षमा महेन्द्र जंग तमु, कोशी प्रदेश उपाध्यक्षमा धर्मराज तमु, बागमती प्रदेश उपाध्यक्षमा तुलाराम तमु,
कर्णाली प्रदेश उपाध्यक्षमा राम बहादुर तमु, लुम्बिनी प्रदेश उपाध्यक्षमा सुबेदार देवी बहादुर तमु, महासचिवमा हर्क तमु, उपमहासचिवमा अर्जुन तमु, सहमहासचिवमा ईन्द्र कुमारी तमु, सचिवमा बम बहादुर तमु, कोषाध्यक्षमा मन्जु तमु, सह कोषाध्यक्षमा शेखर ल्हेगे तमु निर्वाचित भएका छन् ।

सदस्यहरुमा जमुना तमु, देव कुमार तमु, मोम प्रसाद तमु, कुल प्रसाद तमु, लालजित तमु, सोमराज तमु, छत्र तमु, दिल बहादुर तमु, रमा तमु, लोककृष्ण तमु, माया तमु, बन्दना तमु, तिल प्रसाद तमु, पुष्प कला तमु, अमर तमु, क्या. भिम बहादुर तमु निर्वाचित भएका हुन् ।

अध्यक्ष एवम्
तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिती परिवार

Photos from Tamu Pye Lhu Sangh's post 02/02/2024

पूरानो गाऊँ स्याङजा, फेदीखोला गाऊँपालिका-५, सम्रेश भई हाल पोखरा महानगरपालिका, रामकृष्ण टोल-४ बस्दै आउनुभएका तमु प्ये ल्हू संघ केन्द्रीय युवा समितिका खेलकुद बिभाग प्रमुख मनोज सरब्जा तमुको बाजे स्व. धर्मसिंह तमु, बज्यै स्व. धनलक्ष्मी तमुस्यो, बाबा स्व. कुल बहादुर तमु, ठुलो आमा स्व. कालीमाया तमुस्यो र भाई स्व. रामप्रसाद तमु ज्युहरूको आज मिति २०८० माघ १९ गते तमु प्ये ल्हू संघको प्राङगणमा बत्ती बाल्ने कार्य सम्पन्न गर्नुको साथै खेलकुद बिभाग प्रमुख मनोज सरब्जा तमु, आमा सिरकुमारी तमुस्यो, श्रीमती राजमाया तमुस्यो, ठुलो बैनी रामकुमारी तमुस्यो र कान्छी बैनी तुलमाया तमुस्यो गरी सम्पूर्ण परिवारको तर्फबाट सहयोग स्वरूप रू २५,५०५ /- ( अक्षररूपी पच्चीस हजार पाँच सय पाँच रुपैंया मात्र ) तमु प्ये ल्हू संघ केन्द्रीय युवा समितिलाई प्रदान गर्नु भएको छ । स-परिवारमा सधैँ सुख शान्ति, समृद्धिको कामना संगै क्ल्हे-सोंदी प्र्हे-सोदी, आची-खे आची-माँ र सिल्दो नाल्दोले कल्याण गरुन् ।

प्रार्थी
तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति परिवार

19/01/2024

🙏💐🌹हार्दिक बधाई एवं शुभ यात्राको शुभकामना🌹💐🙏

तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको सकृय सचिब एवं गोर्खा जिल्ला धार्चे गाउँ पालिका वडा नं. ५, गुम्दा निवासी कविता कोन्मे तमुस्यो हरेक सुख दुखमा साथ दिदा दिदै आफ्नो भबिष्यको लागि भौतारी रहेको बेला भाग्यले साथ दिए जस्तै आफ्नो कडा परिश्रमले गर्दा आज आफ्नो पढाइ पूरा गर्नको लागि आज ९:४० बजे अन्तरराष्ट्रीय बिमान स्थलबाट अमेरिका प्रस्थान गर्दै हुनु हुन्छ । संस्थालाई गर्नु भएको योगदानको संधै सम्झिरहने छौ भन्दै तिम्रो अमेरिकामा जुन सपना लिएर गएको छ त्यो पूरा होस् भन्दै क्ल्हे-सोंदी प्र्हे-सोदी, आची-खे आची-माँ र सिल्दो नाल्दोले कल्याण गरुन् भन्दै यात्रा सुखद आरामदायी रहोस् यहि कामना गर्दछु ।

प्रार्थी
तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति परिवार

Photos from Tamu Pye Lhu Sangh's post 09/01/2024

🙏💐हार्दिक धन्यवाद एवं आभारी💐🙏

तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको दिदिबहिनीहरुलाइ यति राम्रो तस्बिर आउन गरि दिनु हुने तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिलाइ हार्दिक धन्यवाद एवं आभारी व्यक्त गर्दछु । जसमा केन्द्रीय महिला समितिको बाट युवा समितिको दिदिबहिनीहरुलाइ १७ वटा चोलो र क्रमु सौजन्य गर्नु भएको थियो । यसरी नै तपाइहरुको साथ सपोट पाउदै गएमा पक्कै भाबी पुस्ता तपाइहरुको पछि पछि केन्द्रीय महिला समिति नेतृत्व समाल्नमा प्रेरणा मिल्ने आसा लिएको छु ।
पुन तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिलाई हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछु ।

09/01/2024

तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिद्वारा संचालित श्री सुर्य बहादुर क्रोम्छे तमु र सिद्धी कुमारी प्हच्यु तमुस्योले बाबाआमा स्व.ले आसबहादुर तमु र चमार्नी तमुस्योको स्मृतिमा स्थापित अक्षयकोषबाट यस बर्षको मुब्प्र्हु-ल्होसारको अवसरमा ४५ बर्ष भित्रको युवा खेगिहरुलाइ यस पटकको पाँचौ संस्कारमा सम्मानित खेगी गुरुहरु क्रमशः दायाँबाट जितबहादुर क्होला तमु (गोर्खा), नारायण ङोप्छै तमु (कास्की) र श्याम बहादुर टु तमु (लमजुङ) सम्मान पछिको सामुदायिक तस्बिरको एक झलक ।

09/01/2024

दीर्घ कलाकारिता सम्मान
दूध कुमारी क्रोम्छे तमुलाइ

तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिले संस्थासंग आवद्ध रहि तमु समुदायमा कला क्षेत्रबाट योगदान पुराए बापत यस पटकको दीर्घ कलाकारिता सम्मान श्रीमती दूध कुमारी क्रोम्छे तमुलाइ सम्मान गरिएको एक झलक तस्बिर । हरेक बर्ष ल्होसारको अवसरमा दिने यस सम्मान यस बर्ष मुब्प्र्हु ल्होसारमा कार्यक्रममा सम्मान गरिएको थियो ।

Photos from Tamu Pye Lhu Sangh's post 09/01/2024

तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिद्वारा मुब्प्र्हु ल्होसार बिबिध कार्यक्रममा बाह्रौँ खुल्ला तमु भाषा सामुहिक नृत्य प्रतियोगिता संचालन गरिएको थियो । बिगतमा संचालनमा ल्याएका हो तर हामिले भाषा नभनिकन खुल्ला गरेको थियो तर यो बर्षदेखि मात्र गुरुङमा हुनु पर्ने भनेको कारणले गर्दाखेरी अरु भाषाको प्रतियोगितामा सहभागी भएन भने कार्यक्रम उत्तिकै सभ्य र भब्य रुपमा सफल रहयो ।

जसमा भुजुङ युम्पो देउराली तमु समाज प्रथम, भुद्रुम पोला म्होब्जे परिवार द्वितीय, ताङतिङ दुधपोखरी तमु समाज तेस्रो, बाल बिधा बोडिङ स्कुल सान्त्वना र थिम्चै भाइखलक चेलिबेटी उत्कृष्ट भेषभुषा हुन सफल भएको थियो । जसमा प्रथम रु.५०,०००/-, द्वितीय रु.३०,०००/-, तेस्रो रु.२०,०००/-, सान्त्वना रु.१०,०००/-, उत्कृष्ट भेषभुषा रु.७,०००/- र उत्कृष्ट नृत्य निर्देशक रु.५,०००/- सहित ट्रफी र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । उत्कृष्ट निर्देशकमा भुजुङ युम्पो देउराली तमु समाजका नृत्य निर्देशक पबित्रा गुरुङ भएको थियो ।

जसमा सान्त्वना र उत्कृष्ट निर्देशक सौजन्य स्व.छोरी बिमला सर्बुजा तमुको स्मृतिमा बाबाआमा समबहादुर सर्बुजा तमु र पन्छ कुमारी योज तमुस्योले गर्नु भएको थियो भने उत्कृष्ट भेषभुषा प्रमिला क्रोम्छें तनुस्योले गर्नु भएको थियो ।

Want your place of worship to be the top-listed Place Of Worship in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

तमु प्ये ल्हु संघ केन्द्रीय समितिको ३१ औं साधारण सभा तथा छैठौं महाधिवेशन यहि असोज २२ र २३ गते हुन गैइरहेको हुदा तमु प्ये...

Telephone

Address


Fa-Li-Na-Kohibo, Shaktighat, Ranipauwa-11, Kaski
Pokhara

Other Religious Centers in Pokhara (show all)
Real Hindu Real Hindu
Pokhara

Gorakhnath Dham Pokhara/गोरखनाथ धाम पोखरा Gorakhnath Dham Pokhara/गोरखनाथ धाम पोखरा
Gorakhanath Road Pachabhaiya/31
Pokhara, 33700

Free Gurukul Education For All.

Urgen Monastery ༄། དཔལ་ཨོ་རྒྱན་ཆོས་གླིང་དགོན།། Urgen Monastery ༄། དཔལ་ཨོ་རྒྱན་ཆོས་གླིང་དགོན།།
Lakeside
Pokhara, 061

Nepal is the birth place of Lord Buddha who is known as the lord of peace so Nepal is itself a holy nation. It has its own culture, custom, religion and tradition. Nepal is known a...

Bethel Church Bethel Church
Bhandardhik/29
Pokhara, 33702

evangelize. equip. empower

Ganden Yiga Chozin Meditation Center Ganden Yiga Chozin Meditation Center
Near Kahare, Lakeside, Street No 21 A, P. O. Box 285
Pokhara

The Center is affiliated with Kopan Monastery in Kathmandu, a monastery in the Tibetan Tradition. An